Home / प्रवास / साउदीमा काम गर्न गएका चम्लागाईंको मृत्यु
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

साउदीमा काम गर्न गएका चम्लागाईंको मृत्यु

saudi-arabia

काँकडभिट्टा (झापा), ६ कात्तिक । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।

इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो ।

पोल्टी फार्ममै उहाँको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो ।

मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ । रासस

Loading...
x

Check Also

Prachanda-3

युएईबाट फर्केर प्रचण्डले भने- मलाई बडो नमिठो लागेको छ ! ‘आखिर दुई दिन नै त हो विदेश गएको !’

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै ...