Home / मनोरंजन / ‘प्रचण्ड-केपी’को भैलीः मुखर्जी आउलान् आँगन, खोलानाला माग न…
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

‘प्रचण्ड-केपी’को भैलीः मुखर्जी आउलान् आँगन, खोलानाला माग न…

१४ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रेक्षालयमा लक्ष्मीपूजाको दिउँसो बेग्लै माहौल देखियो । झकिझकाउ बत्ती र हलभरि भरिभराउ मान्छे । राजनीति, कलाकारिता, साहित्य र विभिन्न पेशागत क्षेत्रका गन्यमान्य व्यक्तिहरुदेखि सर्वसाधारणको घुइँचोले ‘प्रज्ञा-सिस्नुपानी देउसी’लाई जोश थपेको थियो ।

हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालका कवि-कलाकारहरुको देउसी भाकापछि उनीहरुका लागि सिदा र दक्षिणा बोकेर मञ्चको दुई कुनाबाट दुई नेता प्रकट भए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली ।

सुरक्षागार्डसहित झुल्किएका दुई नेता खासमा सक्कली प्रचण्ड र ओली थिएनन् । मनोज गजुरेल प्रचण्डको भेषमा र सीताराम कट्टेल ‘धुर्मुस’ ओलीको भेषमा ठाँटिएका थिए ।

sisnu-pani-deusi-bhailo

उनीहरुलाई मञ्चमा हेरेर रमाइलो मानिरहेको दर्शकदीर्घाको अग्रभागमा सक्कली प्रचण्ड र ओली पनि थिए । आफ्नै नक्कली अवतार देखेर दुवै नेता मुस्कान पोखिरहेका देखिन्थे ।

सक्कलीकै जस्तो भेषभूषा, हाउभाउ र बोलीचालीमा देखिएका नक्कली प्रचण्ड र ओली देउसी-भैलीमा दोहोरी खेल्न कस्सिए ।

ओलीले भट्याउन सुरु गरे –
‘हे, मुखर्जी आउलान् आँगन, खोलानाला माग न । हे भैंसी ब्यारो, गाई थारो राम्ररी बान्दिऊँ थैलो ।’
सरकार प्रमुखका रुपमा छिमेकी देशका राष्ट्रपतिलाई स्वागत गर्न लागिरहेको आफूलाई सेकेपछि प्रचण्ड पनि के चुप लाग्थे ! उनले जवाफ फर्काए –
‘हे उत्तरतिर फर्केर दक्षिणतिर झर्केर । दुःख पाइस् मंगले, मने निश्चित रुपमा आफ्नै ढंगले ।’

फेरि ओलीले थपे –
‘हे छानामाथि घिरौंला, कति जित्छौ हेरौंला । हे देउवाजीको दया भया, नत्र काशी गया ।’

प्रचण्डले आफ्नै शैलीमा कुम हल्लाउँदै बूढी औंला घुमाउँदै भट्याए –
‘जसले दिन्छ मने पाथी, तिनै मेरा साथी । मने कुकुर भुकिरहन्छ, लम्किरहन्छ मने निश्चित रुपमा हात्ती ।’

राजनीतिक वृत्तमा व्यङ्ग्यको खानी भनेर कहलिएका ओली प्रचण्ड सामु अझै घोचपेचकै मुडमा देखिए, ‘हे एउटाले अर्कालाई बोक्यौ, कुर्सीको मिति तोक्यौ । कुरा बुझिनँ मैले, चुनाव गर्छौ कैले ?’

यसपछि नक्कली प्रचण्डलाई के बोलूँ के भनूँ भयो । जवाफ फर्काउनुपर्ने परिबन्दमा भैलोको भाकामा यत्तिकै गुनगुनाउँछन्, तर ओठ टम्म बाँधेर ।

दुई नेता नक्कली अवतार लिएर मञ्चमा पस्दा सक्कली नेताद्वयबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई झल्काउने गरी ‘निर जहिले रिसाउने’ गीत बजेको थियो । देउसी भाका विसर्जन हुँदा ‘यसपालि त घरबार होला कि’ गीतमा दुवै जना हात समाएर छमछमी नाच्दै नेताहरुले आपसी तिक्तता भुल्दै मिलेर बढ्नुपर्ने सन्देश दिइएको थियो ।

Loading...
x

Check Also

SnapShot

नेपालि कमेडी खास खुस भाग – २२

Loading... शुभबिहानी . कम