Home / प्रवास / हङकङमा बाबुरामले भनेः एउटा चोर देखाएर हजार चोरलाई छोड्नु हुँदैन
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

हङकङमा बाबुरामले भनेः एउटा चोर देखाएर हजार चोरलाई छोड्नु हुँदैन

baburam-bhattari-5815c0db9799f5-33669719

काठमाडौंः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताएका छन्।

आइतबार बिहान हङकङमा आयोजित अन्तरक्रियामा बोल्दै संयोजक भट्टराईले अख्तियारले छानबिन गरेको दलका नेताहरुको भ्रष्टाचारको मुद्दा पनि अगाडि बढाइनुपर्ने बताएका हुन् ।

अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रकरणको बारेमा चर्चा गर्दै भने,‘एउटा चोर देखाएर हजार चोर उम्कन दिनु हुँदैन।’

‘लोकमानलाई पनि म ठिक भन्दिनँ, यसबारेमा सार्वभौम संसदले प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘तर चोरैचोरको बीचमा एउटा चोरलाई देखाएर हजार चोरहरु उम्कनु भएन ।’ भट्टराईले अख्तियारले अगाडि बढाएको भ्रष्टाचारको मुद्दालाई पनि अगाडि बढाउनुपर्ने र लोकमानसँगै पार्टीभित्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्नेमा जोड दिए।

भट्टराईले अख्तियारजस्तो उच्च संवैधानिक निकायमा दलहरुले भाग लगाएको प्रतिनिधि पठाउन नहुने धारणा व्यक्त गरे । उनले नेपालको राजनीति भ्रष्टाचारको अखडा बनेको भन्दै यसलाई नरोकी समृद्धि हुन नसक्ने बताए ।

‘चुहिएको भाँडोमा पानी हालेर भाँडो नभरिएजस्तै देश धनी भएर मात्र जनता धनी हुँदैनन्,’ उनले भने, ‘राजनीति भ्रष्टाचारको अखडा भयो, व्यवसायमा असफल भएर राजनीतिमा लाग्नेहरु बढे, कुनै लगानी र जोखिमबिना चाकरी गरेर रातारात नेता बन्ने र चप्पल लगाएर राजनीतिमा छिरेका मान्छे रातारात अरबपति बन्ने अवस्था सिर्जना भयो ।’

उनले राजनीतिलाई जनताको सेवा गर्ने संस्था बनाउनुपर्ने भन्दै नयाँ शक्तिले पार्टीभित्रको भ्रष्टाचार रोक्न स्वतन्त्र अनुशासन आयोग र अधिकारसम्पन्न लोकपाल बनाउन लागेको बताए । ‘हामीले सर्वोच्चका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र शक्तिशाली लोकपाल बनाउँदैछौं, यो छिट्टै घोषणा गर्ने छौं,’ उनले स्पष्ट पारे।

Loading...
x

Check Also

car-accident

अमेरिकामा कार दुर्घटना, चार नेपालीको मृत्यु, दुई घाइते

वाशिंगटन डीसी । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार ...