Home / प्रवास / अमेरिकामा कार दुर्घटना, चार नेपालीको मृत्यु, दुई घाइते
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

अमेरिकामा कार दुर्घटना, चार नेपालीको मृत्यु, दुई घाइते

वाशिंगटन डीसी । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार जना नेपालीको मृत्यु भएको छ ।

car-accidentगत शुक्रबार नोवेम्बर ४ तारिखमा भएको दुर्घटनामा परि घटनास्थलमै उनीहरूकाे निधन भएको हाे । उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् ।

पारिवारिक स्रोतका अनुसार  दुर्घटना निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्ने चिरन्जीबी खनाल , उनकी पत्नी तथा दुई बुहारीको घटनास्थलमा  मृत्यु भएको हाे । कारको पछाडि बस्ने  पछाडी बसेका सबैको मृत्यु भएको हो भने  गाडीको अगाडि बसेका  समिर खनाल तथा सुबास खनाल घाइते भएका छन् । उनीहरूकाे खतरा मुक्त रहेकाे जनाइएको छ ।

गाडीको पछाडि बस्ने पिता चिरन्जीवी खनाल तथा उनी पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकी प्रेमिकाको मृत्यु भएको हो ।  उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको  भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् ।  लक्ष्मी पूजाको दिन आफूसँग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै खनालका अाफन्तले बताएका छन् । उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य जानकारी दिने बताए ।

 

निसान अल्टिमा नामक कारमा सवार उनीहरू शुक्रबार राति ९ बजे दुर्घटनामा परेका हुन् ।  २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा  १८ पाङ्ग्रे ठूलो माल बाहक ट्रकसँग ठोकिन पुगेको थियो ।

प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना भएको थियो ।  माल बाहक (ट्रक )चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ । दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो ।

शवलार्इ एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ । परिवारिक श्रोतका अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका थिए ।

Loading...
x

Check Also

हङकङमा बाबुरामले भनेः एउटा चोर देखाएर हजार चोरलाई छोड्नु हुँदैन

काठमाडौंः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई ...