Home / रास्ट्रिय खबर / पोखरा पुगेर ओलीले भने- ज्यान बलिदान गर्न पनि तयार छु
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

पोखरा पुगेर ओलीले भने- ज्यान बलिदान गर्न पनि तयार छु

१० मंसिर, पोखरा ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू अनुचित संविधान संसोधन रोक्नका लागि ज्यान बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।

शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, “‘प्रधानमन्त्रीले प्रस्ताव गर्ता गरे पनि पारित हुँदैन । प्रस्ताव दर्ता जसले जतिबेला पनि गर्न सक्छ । तर, समस्या समाधान गर्नेगरी पारित गर्नका लागि भए बेग्लै हो, नत्र दर्ता के का लागि गर्ने भन्ने हुनुपर्छ,’ ओलीले भने, ‘त्यसको विरोध गर्दा आवश्यक परेमा जीवन बलिदान दिनसमेत तयार छु।’”

फाइल तस्बिर
फाइल तस्बिर

ओलीले निर्वाचन नचाहेकै कारण सरकारले संविधान संशोधनको बखेडा निकालेको दोहोर्‍याएका छन् । उनले कार्यान्वयनपछि देखिने अफ्ठेरो फुकाउन संशोधन गर्नुपर्ने भएपनि सरकारले निर्वाचन नगराउने उद्देश्यकै लागि मधेसी दललाई देखाएर संशोधनको बखेडा झिकेको टिप्पणी गरेका हुन् ।

मधेसी दललाई देखाएर सरकार अरुकै लागि संविधान संशोधनको तयारीमा लागेको ओलीको आरोप थियो । ओलीले अमुर्त माग पुरा गर्न संविधान संसोधन गर्न कुनै हालतमा नदिइने द्धृढता पनि ब्यक्त गरेका छन् ।

 

चार र पाँच नम्बर प्रदेशलाई आक्रमण गर्ने सरकारको योजना निस्तेज पार्ने दृढता व्यक्त गरेका अध्यक्ष ओलीले पुरक बजेट ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएका थिए ।

Loading...
x

Check Also

Prachanda-3

युएईबाट फर्केर प्रचण्डले भने- मलाई बडो नमिठो लागेको छ ! ‘आखिर दुई दिन नै त हो विदेश गएको !’

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै ...