Home / रास्ट्रिय खबर / ओलीले प्रचण्डलाई प्रहार गरेको नयाँ अस्त्रः धारा २७४
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

ओलीले प्रचण्डलाई प्रहार गरेको नयाँ अस्त्रः धारा २७४

संविधान संसोधन गरेर सर्वस्वीकार्य बनाउने कसम खाँदै प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई संसोधनको विषय फलामको चिउरा समान भएको छ ।

प्रमुख प्रतिपक्षी पार्टी तथा संसदको दोश्रो ठूलो दल नेकपा एमालेले कुनै हालतमा संविधान संसोधन गर्न नदिने अड्डी कसेपछि प्रधानमन्त्री प्रचण्ड समस्यामा परेका छन् । संसोधनका लागि एमाले अध्यक्ष ओलीलाई मनाउने प्रयास विफल भएपछि प्रचण्डलाई तनाव थपिएको हो । यी दुई नेताबीच विहीबार साँझ बालुवाटारमा चर्काचर्की भएको खवर शुक्रबार सबै जसो राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ ।

oli-prachanda-baluwatar

एमालेको नयाँ अस्त्रः धारा २७४

विहीबार प्रधानमन्त्री प्रचण्डले संविधान संसोधनका लागि प्रस्ताव पेश गर्न सहयोग नगरेपनि विरोध नगर्न आग्रह गरेका थिए । तर जवाफमा उनले ओलीबाट पाए नयाँ चेतावनी । प्रचण्डको आग्रह अस्वीकार गर्दै जवाफमा ओलीले सीमांकन हेरफेरको अधिकार संविधानको धारा २७४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसदसँगग त्यो संवैधानिक हैसियत नै नभएको भन्दै प्रदेश हेरफेर गर्नेगरी संसोधन प्रस्ताव ल्याए अदालत जाने चेतावनी दिएपछि बालुवाटारमा सन्नाटा छाएको बताइएको छ । प्रचण्डले हठले संविधान कार्यान्वयन असम्भव रहेको प्रस्ट देखिएकाले ‘यथार्थको धरातलमा आउन’ ओलीलाई सम्झाउन खोजेका थिए ।

kp oli samsad after resigning prachanda subash

तर ओलीले कुनै हालतमा एमाले संविधान संसोधन गर्न तयार नहुने र चुनावमा जानु पर्ने अडानमा देखिए । ओलीको चेतावनीपछि प्रचण्डले पनि काउन्टर चेतावनी दिए ।प्रचण्डले संविधानको धारामा २७४ मा सीमांकन हेरफेर गर्न संसद्ले नपाउने अवस्था सिर्जना भएमा उक्त धारा नै खारेज गरिदिने चेतावनी ओलीलाई दिएपछि बालुवाटारमा केहीबेर तनावपूर्ण बनेको बताइएको छ । प्रचण्डको चेतावनीपछि एमाले नेताहरुले भने त्यसो गर्न खोजिए संसद नै चल्न नदिने बताएपछि तनावपूर्ण अवस्थामै बैठक सकिएको थियो ।

मधेसी मोर्चासँग छलफलपछि संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा रहेका सत्तारूढ कांग्रेस र माओवादी केन्द्रलाई दोस्रो ठूलो दल एमालेको यस प्रतिक्रियाले अप्ठ्यारोमा पार्ने मात्र होइन संसदमै भिडन्त आउने संकेत समेत देखिएको छ ।

के हो धारा २७४

विधानको धारा २७४ मा संघीय सीमाङ्कनको विषयमा संविधान संशोधन सम्वन्धी व्यवस्था गरिएको छ । यो धाराले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकुल हुने गरी संविधान संशोधन गर्न प्रतिबन्ध गरेको छ ।

dhara-274

धारा ७४ को उपधारा ४ मा कुनै प्रदेशको सीमाना परिवर्तन वा अनुसूची ६ -प्रदेशको अधिकार सूचीमा उल्लेख भएको विषय सम्वन्धी संशोधन भएमा विधेयक संघीय संसदमा प्रस्तुत भएको ३० दिनभित्र सहमतिका लागि प्रदेश सभामा पठाउनु पर्छ भनेर लेखिएको छ । उपधारा ५ मा कुनै प्रदेश सभा कायम नभए गठन गरेर पहिलो बैठक बसेको ३० दिनभित्र स्वीकृत वा अस्वीकृत गरेर पठाउनु पर्ने भन्ने उल्लेख छ ।

प्रतिपक्षी एमालेले संविधानको यही धारामा टेकेर अदालत जाने चेतावनी दिएको छ । एमालेको चेतावनी पछि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका शीर्ष नेता र केही कानुनका जानकारसँग यसको सम्भावना बारे छलफल गरेको बुझिएको छ । प्रधानमन्त्रीले कानुन सचिव टेकप्रसाद ढुंगाना, प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव लगायतलाई बोलाएर यसबारे सोधेका छन् ।

अव के हुन्छ ?
एमालेले संसद चल्नै नदिने र संसोधन गरे अदालत जाने चेतावनी दिएको एक दिनपछि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनको विधेयक आइतबार दर्ता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चार वटा विषयमा संविधान संशोधनको विधेयक दर्ता गर्ने निर्णय लिदै मस्यौदालाई समेत अन्तिम रुप दिइएको नेताहरुले जानकारी दिएका छन् । शुक्रबार नै संसोधन गर्ने भनिएपनि प्रदेश सीमाङ्कन हेरफेरका लागि गरिएको प्रस्तावमा सत्तारुढ पार्टी भित्रै समेत विरोधका आवाज सुनिएपछि आइतबार सम्मका लागि छलफलको समय राखिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड संशोधन विधेयक दर्ता गर्नुअघि सत्तारुढ राप्रपासहित अन्य साना राजनीतिक दलसँग पनि छलफल गर्ने तयारीमा छन् । त्यस्तै ५ नम्वर प्रदेशका जनप्रतिनिधि र पार्टी प्रमुखहरुसँग कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दलभित्र छलफल गर्ने छन् ।

Prachanda and deuwa 322526811

उता शुक्रबार एमाले अध्यक्ष ओलीले अनुचित उद्धेश्यका लागि संविधान संसोधन गर्न खोजिए त्यसलाई रोक्न ज्यान बलिदान गर्न पनि तयार रहेको बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, “‘प्रधानमन्त्रीले प्रस्ताव गर्ता गरे पनि पारित हुँदैन । प्रस्ताव दर्ता जसले जतिबेला पनि गर्न सक्छ । तर, समस्या समाधान गर्नेगरी पारित गर्नका लागि भए बेग्लै हो, नत्र दर्ता के का लागि गर्ने भन्ने हुनुपर्छ,’ ओलीले भने, ‘त्यसको विरोध गर्दा आवश्यक परेमा जीवन बलिदान दिनसमेत तयार छु।’”

Loading...
x

Check Also

Prachanda-3

युएईबाट फर्केर प्रचण्डले भने- मलाई बडो नमिठो लागेको छ ! ‘आखिर दुई दिन नै त हो विदेश गएको !’

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै ...