Home / रास्ट्रिय खबर / चन्दाको पैसाले विप्लवले किने छोरालाई ५० लाखको बाइक
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

चन्दाको पैसाले विप्लवले किने छोरालाई ५० लाखको बाइक

received_1807037526228001-1

मंसिर १३  दाङ। नयाँ जनयुद्धका लागि चन्दा असुलिरहेको नेकपा (माअोवादी) का महासचिव नेत्रबिक्रम चन्द (बिप्लव) ले चन्दाको पैसाले अाफ्नो छोरा प्रकाश चन्दलाई ५० लाखको बाइक किनिदिएका छन्।

चन्दाको पैसाले चन्दले छोरा प्रकाशलाई ५० लाखको हार्ले डेभिड्सन माेटरसाइकल किनिदिएपछि चन्द माअाेवादीमा खैलाबैला मच्चिएको छ। विप्लव माअाेवादीका नेता माइला लामाले ४० लाख खाएको घटना सेलाउन नपाउँदै सबैले भराेसा गरेका चन्दको नयाँ काण्ड सार्वजनिक भएको हो। माअाेवादी नेता अनिल बिरहीका अनुसार यतिबेला बिप्लव पैसा जम्मा गरेर अर्को चुनावमा लड्ने सोच बनाएका छन्।

चन्दले कार्यकर्ताले उठाएको चन्दाले यस अघि नै दाङ, देउखुरि-७ मा कित्ता नम्वर ४५३४ र ४५४८ का गरि ६ राेपनी जग्गा किनिसकेका छन्। विप्लव माअाेवादीको नयाँ जनयुद्धको धम्कीलाई कतिपयले चन्दको चन्दा धन्दा भन्न थालेका छन्। बाहिर जनयुद्धको कुरा गरेपनि विप्लव माअाेवादीका सबै नेता, कार्यकर्ता चन्दा उठाउनै व्यस्त छन्।

विप्लव माअाेवादीका नेता सन्ताेष बुढामगरले चन्दले जग्गा किनेकाे समाचार हल्ला मात्र भएको बताए। तर अर्का नेता प्रज्जलनले चन्दका पछिल्ला क्रियाकलाप शंकास्पद भएको बताए। प्रज्जवलले भने, उहाँले पनि गरिखाने देखिएन, छोरालाई पचास लाखको बाइक, सालीको नाममा ८ राेपनी जग्गा किनेर कसरी हुन्छ ? उनले प्रश्न गरे।

चन्दले छोरा प्रकाशलाई ५० लाखको बाइक किनिदिएपछि चन्दभित्रका इमान्दार कार्यकर्तामा बेचैनी बढेको र लाेपी पापीहरु विप्लवलाई देखाएर ठगी धन्दामा व्यस्त भएको नेतृ उमा भुजेलले गुनासो गरिन्।

स्रोत : फुर्सद न्युज

Loading...
x

Check Also

Prachanda-3

युएईबाट फर्केर प्रचण्डले भने- मलाई बडो नमिठो लागेको छ ! ‘आखिर दुई दिन नै त हो विदेश गएको !’

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै ...