Home / प्रवास / सुडानको डार्फरबाट युएनएचसीआरमा कार्यरत दुई नेपाली अपहरित
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

सुडानको डार्फरबाट युएनएचसीआरमा कार्यरत दुई नेपाली अपहरित

sudan-dafar-583c23de6ce373-82079052

काठमाडौंः सुडानको डार्फरबाट संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)मा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिक अपहरणमा परेका छन्।

हतियारधारी समूहले सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरको राजधानी जिनियानाबाट दुई नेपालीसहित एक सुडानी नागरिकलाई अपहरण गरेको रोयटर्सले जनाएको छ।

पश्चिमी डार्फर राज्यका प्रवक्ता अब्दुल्ला गर अल-नबीले दुई नेपाली र एक सुडानी नागरिक अपहरणमा परेको पुष्टि गरेका छन्।  प्रवक्ता अब्दुल्लाका अनुसार प्रहरीले अपहरित तीनजनाको खोजी गरिरहेको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) का अधिकारीहरुले भने अपहरित नागरिकबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २००३ यता चर्किएको गृहयुद्धमा परी अहिलेसम्म तीन लाख मानिसले ज्यान गुमाइसकेका छन् भने २५ लाख मानिस विस्थापित भएका छन्।

Loading...
x

Check Also

हङकङमा बाबुरामले भनेः एउटा चोर देखाएर हजार चोरलाई छोड्नु हुँदैन

काठमाडौंः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई ...