Home / रास्ट्रिय खबर / आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !

nepal-academy

१४ मंसिर, काठमाडौं । विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेका वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ ।

सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन् ।

प्रज्ञा प्रतिष्ठानले आफैँले प्रकाशन गरको नेपाली बृहत् शब्दकोष २०७२ लाई त्यसमा प्रयोग भएको वर्णविन्यास अव्यावहारिक भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

विद्यालय स्तरमा सोही वर्णविन्यास प्रयोग गरिएका पुस्तक दुई वर्षदेखि पाठ्यपुस्तकका रुपमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

आगमी शैक्षिक सत्रमा पनि सोही वर्णविन्यास प्रयोग भएका पाठ्यपुस्तक बजारमा लैजाने तयारी भएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए । उनका अनुसार आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुरानै वर्णविन्यास प्रयोग गरी छाप्न सुरु भइसकेको छ ।
यो वर्ष सच्याउन असम्भव भएको उनले बताए ।

Loading...
x

Check Also

Prachanda-3

युएईबाट फर्केर प्रचण्डले भने- मलाई बडो नमिठो लागेको छ ! ‘आखिर दुई दिन नै त हो विदेश गएको !’

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै ...