Home / अन्तर्राष्ट्रिय खबर / रसियाद्वारा आफ्ना राजदूतहरुको सुरक्षा बढाउन निर्देशन टर्कीमा रसियाली राजदूतको गोली हानी हत्या
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

रसियाद्वारा आफ्ना राजदूतहरुको सुरक्षा बढाउन निर्देशन टर्कीमा रसियाली राजदूतको गोली हानी हत्या

पुस ५, २०७३- टर्कीका लागि रसियाका राजदूत अन्द्रेयी कार्लोवको अंकारामा एक कार्यक्रममा भाषण गरी रहेको बेला गोली हानी हत्या गरिएको छ । अाफ्नाे राजदूतकाे हत्या भएसँगै रसियाका राष्ट्रपति भ्लादिमिर पुटीनले सबै देशमा राजदूतहरुको सुरक्षा व्यवस्था बढाउन निर्देशन दिएका छन् ।

अंकाराका २२ वर्षीय प्रहरी मेभलुट मेट्र एल्टिन्टासले राजदूत कार्लोवले भाषण गरिरहेको बेला पछाडिबाट गोली प्रहार गरेका थिए । उनले सिरियाको अल्लेप्पोमा रसियाको नीतिको विरोध गर्दै गोली कान्ड मच्चाएको बताइएको छ । एल्टिन्टासलाई टर्की प्रहरीले घटनाको केही बेरपछि गोली हानी मारेका थिए ।

टर्कीका राष्ट्रपति रिसेप तैयीप एर्डोगानले टर्कीको रसियासँगको सम्बन्धलाई बिगार्न उक्त हत्या भएको प्रतिक्रिया दिएका छन् ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटीनले भने उक्त हत्या सिरियामा जारी शान्ति प्रक्रियालाई प्रभावित पार्न गरिएको टिप्पणी गरेका छन् ।

यस्तै उक्त हत्याको पछाडिको तथ्यको अनुसन्धान गर्न रसियाले पनि आफ्नो अनुसन्धानकर्ताहरुलाई टर्की पठाएको छ । रसियाली राजदूतको हत्या गर्ने एल्टिन्टासको कुनै आतंकवादी समूहसँग साँठगाँठ भने हालसम्म नदेखिएको बताइएको छ ।

Loading...
x

Check Also

hijacked-libyan-plane

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, अपहरणकारीले आत्मसमर्पण गरे

८ पुस, काठमाडौं । अपहरणमा परेको लिबियन एक विमानका सबै सबै यात्रु शकुशल रिहा भएका ...