Home / दुर्घटना / दाङमा बस दुर्घटना तीन जनाको मृत्यु, २४ घाइते (अपडेट)
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

दाङमा बस दुर्घटना तीन जनाको मृत्यु, २४ घाइते (अपडेट)

bus-accident-dang-585b94c236b2c6-48989171

दाङः दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट बुटबल जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस लमही–घोराही सडकखण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा परी घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य एकजनाको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन् ।

Loading...
x

Check Also

makalu-air-58254148ef2429-36066777

मकालु एयरको विमान सिमिकोटमा दुर्घटना

काठमाडौं: मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको ...