Home / प्रवास / मलेसियामा श्रमिकले बुझाउनु पर्ने लेबी अब रोजगारदाताले नै तिर्नुपर्ने
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

मलेसियामा श्रमिकले बुझाउनु पर्ने लेबी अब रोजगारदाताले नै तिर्नुपर्ने

kuala-lumpur_nepali_in_malaysia-58676f0a2a4735-76703361

मलेसियाः मलेसियामा आप्रवासी श्रमिकले तिर्दै आएको लेबी अब यहाँका रोजगारदाता कम्पनीले तिर्नु पर्ने भएको छ ।

मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायीद हमिदीलाई उद्धृत गर्दै यहाँका सञ्चार माध्यमले जनाए अनुसार अब श्रमिकले लेबी तिर्नु नपर्ने भएको छ ।

यहाँको सरकारले यो नियम सन् २०१७ जनवारी १ बाट लागु गर्ने भएको छ । गृहमन्त्रीको निर्देशन अनुसार आइतबार बाटै यो नियम लागुहुने सञ्चार माध्यमले बताएका छन् ।

यो निर्णयबाट पाँच लाख बढी नेपाली कामदारलाई फाइदा पुग्ने छ । मलेसियामा कार्यरत नेपाली श्रमिकले विभिन्न क्षेत्रमा काम गरे बापत वर्षको १८ सय देखि दुई हजारसम्म लेबी बुझाउनुपर्छ । अघिल्लो वर्षमात्र मलेसिया सरकारले यहाँ कार्यरत आप्रवासी श्रमिकको लेबी शुल्क दोब्बर बृद्धि गरेको थियो ।

लेबी वृद्धिपछि मलेसियाको रोजगारीमा नेपालीको रुचि समेत घटेको थियो । मलेसिया सरकारले गत वर्ष आप्रवासी श्रमिकको न्युनतम तलबमा समेत वृद्धि गरेको थियो ।

मलेसियामा आप्रवासी श्रमिकको आकर्षण घट्दै जाँदा मलेसिया सरकारले आप्रवासी श्रमिकलाई आर्षण गर्न यस्तो घोषणा गरेको अनुमान गरिएको छ ।

Loading...
x

Check Also

हङकङमा बाबुरामले भनेः एउटा चोर देखाएर हजार चोरलाई छोड्नु हुँदैन

काठमाडौंः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई ...