Home / धर्म दर्शन

धर्म दर्शन

आज सरस्वती पूजाः कसरी उत्पन्न भइन् सरस्वती ? पूजाको साइत बिहान ७ बजेदेखि १२ बजेसम्म

shree-panchami

१९ माघ, काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।

सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।

कसरी उत्पन्न भइन् सरस्वती माता ?

यस्तो मानिन्छ कि, सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए ।

त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीकी प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।

किन वाणीकी देवी भनिएको ?

ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफुले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहिन पायो, तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फू्टन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ ।

यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रशन्न भएर सरस्वतीको वाणीको देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।

बसन्त ऋतुको आगमन

यसलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रीतको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।

पूजा मुर्हूत

बिहान ७ बजेर १७ मिनेटदेखि १० बजेर ४ मिनेटसम्म ।

बिहान ११ बजेर २८ मिनेटदेखि १२ बजेदेखि ५० मिनेटसम्म ।

यस पूजाको शुभ समय बिहान ७ बजेर ५० मिनेटदेखि ११ बजेर ५६ मिनेटसम्म रहेको छ ।

कसरी मनाउने ?

घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलस स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहका विधिवत पूजा गरिन्छ ।

सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।

‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।

 

आज गोबर्द्धन तथा म्हः पूजा

govardhan-pooja1

१५ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।

के लक्ष्मी माता ले धन दिने हो ? बल्लभ चैतन्य दास

के लक्ष्मी माताले धन दिने हो? किन लक्ष्मी माताले कहिल्यै उनलाई नपूज्ने, उनको नाम समेत थाहा नपाएका विल गेट्सलाई अथाहा सम्पत्ति दिनछिन तर सधै पूज्ने मलाई त्यति सम्पत्ति दिदैनिन?

fb_img_1477803758077-बल्लभ चैतन्य दास

सर्वप्रथम त आजको दीपावलि अनि लक्ष्मी-पूजाको दिनमा यहाँहरू सबैलाई शुभकामना…

हामी सनातन धर्मीको विडम्बना…. शास्त्र कोही पढ़दैनन। देवी-देवताहरूलाई त धर्मको नाममा माँग्ने वस्तुको रूपमा अज्ञानीहरूले परीभाषित गरिदिए। मंदिर यदि कोही जांछ त माग्न, आजको यति ठूलो मातालक्ष्मीको दिन लक्ष्मीपूजामा माताको कोही आराधना गर्छ त माग्न, कति ठूलो त्रुटी? सामाजिक कू-संस्कारमाथि प्रकाश छर्ने वेद-शास्त्र अर्थात सनातन धर्मले दिएका यी प्रश्नहरूको प्रष्टयाई हेरौं:

👉के लक्ष्मी माताले धन दिने हो?
-यो प्रश्नको उत्तर दिनु पहिले यो प्रतिप्रश्न अाफैलाई गर्नुहोस, के तपाईलाई तपाईको शिक्षकले तपाईले दिएको परीक्षा वापत नम्बर दिने हो?अवश्य पनि तपाईलाई बिधालयमा तपाईको परीक्षाको फल वापत नम्बर दिने त शिक्षक नै हो त्यसैगरी तपाईलाई धन दिने पनि लक्ष्मी माता नै हो।

👉किन लक्ष्मी माताले कहिल्यै उनलाई नपूज्ने, यहाँसम्म की उनको नाम समेत थाहा नपाएका जस्तै विल गेट्सलाई अथाहा सम्पत्ति दिन्छिन तर सधै उनलाई पूज्ने मलाई भने त्यति सम्पत्ति दिदैनिन?
– के तपाईको बिधालयमा तपाईका शिक्षकले उनको चाकड़ी गर्ने, उनको पूजा गर्ने विद्यार्थीलाई धेरै नम्बर दिन्थे अनि तपाई धेरै मेहनत गरी पढ़नेलाई थोरै नम्बर दिन्थे? हो… जसरी तपाईका शिक्षकले चाहे बिद्यार्थी चिनेका होउन वा नहोस, चाहे मनपर्ने बिद्यार्थी होस वा न होस, चाहे आफ्नै छोरा-छोरी नै किन न होस वा चिन्दै न चिनेको नै किन न होस, परीक्षाको नम्बर बिध्यार्थीले परीक्षामा गरेको उत्तर झै नै दिने गर्दछन त्यसैगरी यस सम्पूर्ण ब्रम्हाण्डकी धन, ऐश्वर्यकी स्वामीनी माता लक्ष्मीले तपाई को हो यसको पूर्वाग्रहविना तपाईको मेहनत, लगन अर्थात तपाईको यस अथवा पूर्व-जन्मको कर्मानुशार नै धन-ऐश्वर्य दिन्छिन।

👉त्यसोभए माता लक्ष्मीले दिने धन, मात्र मेरो कर्ममा निर्भर गर्दछ हो?
-अवश्यपनि। जसरी शिक्षकले चाहे शिक्षकको पूजा गर्नुहोस वा नगर्नुहोस, तपाईको परीक्षाको लेखाई अनुसार नै तपाईलाई परीक्षाको नम्बर दिन्छन त्यसैगरी माता लक्ष्मीले पनि चाहे तपाई उनको पूजा गर्नुहोस वा न गर्नुहोस, व्रत बस्नुहोस वा नबस्नुहोस, तपाईको मेहनत,लगन अनुसार नै तपाईलाई धन ऐश्वर्य दिन्छिन। जसरी चाहे तपाई जति नै चाकडी गर्नुहोस, याचना गर्नुहोस वा टाउको नै फोड्नुहोस, एक ईमानदार शिक्षकको तपाई प्रिय बन्न सक्नुहोला तर परीक्षाको नम्बर त उनले तपाईलाई तपाईको परीक्षाको लेखाई अनुरूप नै दिन्छन त्यसैगरी माता लक्ष्मीले पनि तपाई चाहे उनको जति नै पूजन अर्चन गर्नुहोस, व्रत बस्नुहोस, लम्पसार पर्नुहोस या धनको लागि याचना गर्नुहोस, तपाई लक्ष्मी माताको प्रिय बन्न सक्नुहोला तर धन त माताले तपाईको यस वा पूर्वजन्मको कर्मानुशार नै दिन्छिन।

👉यदि माता लक्ष्मीले मेरो कर्मानुशार नै धन-ऐश्वर्य मलाई दिन्छिन भने म मातालक्ष्मीको किन पूजा गरू?
– तपाईको परीक्षाको लेखाई अनुसार नै तपाईको शिक्षकले तपाईलाई परीक्षाको नम्बर दिन्छन भन्ने कुराको कारणले गर्दा के तपाईले तपाईको शिक्षकको अनादर गर्नुहुन्थ्यो? “मैले पाउने ज्ञानको स्रोत नै शिक्षक हो, शिक्षक नै मेरा ज्ञानरूपी भविष्य हुन” भन्ने तथ्यको आत्मसात गरी, परीक्षा नम्बर त शिक्षकले दिने मेरै कर्मको फल मात्र हो भन्ने भावना राखेर तपाईले आफ्नो शिक्षकको पूजा गर्नुहुन्थ्यो, ईज्जत गर्नुहुन्थ्यो हैन र? हो त्यसैगरी सम्पूर्ण धन, सम्पत्ति ऐश्वर्यकी स्वामिनी माता लक्ष्मीको कुनै फलको कामना बिना(फल त तपाईको कर्मानुशार माताले दिन्छिन नै) पूजा-अर्चना गरी व्रत बस्नु हामी सबैको कर्तब्य हो, सनातन धर्मको मूल मर्म हो, तपाईको धर्म हो।

हरे कृष्ण …

आज लक्ष्मीपूजा, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै

laxmi-puja-1

१४ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।

आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको छ ।

आजदेखि तिहार सुरु, काग तिहार मनाइँदै

crow

१२ कात्तिक, काठमाडौँ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।

आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

तिहारको अन्तिम दिन कात्तिक १६ गते मङ्गलबार कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । ।

यस वर्ष कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाईटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत शुभ रहेको अध्यक्ष प्रा डा गौतमले बताए ।

भगवान शिब, किन भाङ्ग/धतुरो खान्छन, मानब कंकालको माला, चिता भष्म किन लगाउछन ?

14222184_10154598752259729_5440565575189496636_n

                  -बल्लभ चैतन्य दास

भगवान आदि शंकराचार्यद्वारा प्रतिपादित “अद्वैत” शिद्धान्त के सही छ ?
न्याय दर्शन, बैशेशिक दर्शन, मीमांसा दर्शन, चार्बाक दर्शन के सही छ ?
(कृपया सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूले ध्यान दिएर पढ्नु होला)

भगवान श्री कृष्णका कलियुगी अवतार जो यस कलियुगमा राधारानीको भावमा यस संसारमा आए त्यस्ता भगवान श्री चैतन्य महाप्रभुको कमलरुपी चरणमा म सादर प्रणाम गर्दछु |
यस लेखमा उल्लेखित तथ्यहरूको रहस्योद्घाटन भगवान श्री चैतन्य महाप्रभुले प्रकाशानन्द सरस्वति र अन्य बनारसका मायाबादी सन्यासीहरूसंगको बहसमा बताउनु भएको थियो |
भगवान भोले शंकरको कमलरूपी चरणकमलमा यस तुच्छ जीवको शिर सधै रही रहोस।

पदमा पुराणबाट प्रस्तुत गरिएका यी श्लोकहरूले:
क) भगवान शिब किन त्यस्तो तामसिक भेषमा रहन्छन भन्ने प्रष्ट्याई गर्दछ | भगवान शिवको नक्कल गरी भगवान शिब झैँ नक्कल गर्नेहरू मूर्ख हुन् र नरकमा खस्ने बताउदछ |

ख) श्रीपद शंकराचार्य(जो भगवान शिब कै अवतार हुन्) द्वारा प्रतिपादित बेदान्त शुत्रको शंकरा भाष्य जसले अद्वैत शिद्धान्त (बेद मन्त्र “अहम ब्राम्हास्मी” को गलत अर्थ लगाई “म नै ब्रह्म हु” अर्थात “म भगवान हु”) प्रस्तुत गरे, एक तामसिक आसुरी शिद्धान्त भएको प्रमाणीत गर्दछ|

ग) अन्य ऋषिहरूद्वारा प्रतिपादित दर्शनहरू: न्याय दर्शन, बैशेशिक दर्शन, मीमांसा दर्शन, चार्बाक दर्शन आसुरी, नास्तिक दर्शन भएको प्रमाणित गर्दछ|

घ) मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण तमो गुणी पुराण भएको प्रमाणित गर्दछ।

कृपया ध्यान दिएर अध्ययन गर्नुहोला।

ॐॐॐ
पदम पुराण, उत्तरा खण्ड अध्याय (२३५-२३६):
देबी पार्वती भन्नुहुन्छ ” हे भगवान शिब, हजुरले मलाई एकपल्ट भन्नुहुन्थ्यो कि कुनैपनि व्यक्तिले पाखन्डिको संगत नगरोस, पाखन्डिको संगत चण्डाल(शुद्र भन्दा तल्लो श्रेणी जसले कुकुर खान्छ)संगको संगतभन्दा पनि खतरनाक हुन्छ. कृपया भनिबक्स्योस की यस्ता पाखन्डिको लक्षण के हुन्, तिनीहरुले के लगाउछन र कस्तो ब्यबहार गर्दछन?”
भगवान शिब भन्नुहुन्छ “ती व्यक्ति जो अज्ञानतामा भगवान श्रीबिष्णु जो ब्रम्हाण्डको मालिक हुनुहुन्छ, उनलाई छोडेर अन्यलाई उच्च मान्दछ, तिनीहरु नै पाखन्डि हुन्| तिनीहरू जो बानप्रस्थ आश्रममा छैनन् तर मानब खोपडीको प्रयोग गर्छन, आफ्नो शरीरलाई चिता भष्म, हड्डीले सजाउछन, जसले अबैदिक संकेत प्रयोग गर्छन, जगल्टा राख्छन र ब्रीक्षका पात/बोक्राका लुगा लगाउछन , तिनीहरू नै पाखन्डि हुन् | तिनीहरू जसले भगवान श्रीबिष्णु प्यारा चिन्हहरू शंख, चक्र, गदा, पदमा, निधारमा ठाडो तिलकको उपेक्षा गर्छन, तिनीहरू नै पाखन्डि हुन् | ती व्यक्तिहरु जसले शास्त्रीय निर्देशनको पालना गर्दैनन्, तिनीहरू नै पाखन्डि हुन्, र त्यस्ता व्यक्तिहरूलाई सबैले उपेक्षा गर्नुपर्दछ| तिनीहरू जसले भगवान श्रीबिष्णु प्रति कुनै भाव राख्दैन तिनीहरु नै पाखन्डि हुन् | तिनीहरू जसले भगवान श्रीबिष्णुलाई ब्रम्हाजी वा म(रुद्र) बराबर ठान्छन, तिनीहरू नै पाखन्डि हुन् | भगवान श्रीबिष्णु नै अन्तिम भोक्ता हुनुहुन्छ | ती ब्राम्हणहरू जसले आफ्नो बचन, शरीर र क्रियाद्वारा भगवान श्रीबिष्णुलाई चिन्दैनन्, तिनीहरु नै पाखन्डि हुन्| यसको बारेमा अरु के भनु? ती ब्राम्हणहरू जो भगवान श्रीबिष्णुका भक्त होइनन, त्यस्तालाई कुनै प्रश्न नगर्नु, कुनै बचन नबोल्नु र संग पनि नगर्नु”
देबी पार्वती भन्नुहुन्छ ” हे भगवान, हे देबाधिदेब महादेव, म केहि गोप्य प्रश्न गर्न चाहन्छु, कृपया मेरो प्रेमलाई जानेर मलाई उत्तर दिनुहोला, म मा ठुलो शंका उब्जिएको छ | शाश्त्रले कंकाल/खोपडी/चिता भष्मले शरीर सजाउनु, पशु-छालाको बस्त्र लगाउनु, नशालु पदार्थको सेवन आदिको निषेध गरेको छ तर हजुरले यी सबै कार्यहरू गर्नुहुन्छ | किन यी कार्यहरूको निषेध गरिएको छ? हे देबाधिदेब, हे ज्ञानी, स्त्रीमा हुने प्राकृतिक अज्ञानी गुणले बशिभुत भै म यी प्रश्न गर्दैछु| शायद हजुर देबाधिदेब, शक्तिशाली भएर यी सबै बर्जित कार्य गर्न कुनै शाश्त्रिय निर्देशनको पालन गर्नु पर्दैन होला तर हजुरले मलाई यस बारेमा केहि बताउनु भएको छैन त्यसैले हे प्रभु कृपया मलाई उत्तर दिनुहोला|”

देबी पार्वतीबाट त्यस शान्त एक्लो स्थानमा यस प्रकारबाट प्रश्न सोधिएपछि भगवान शिबबाट आफ्नो त्यस प्रकारको गोप्य ब्यबहारको रहस्योद्घाटन गर्दै यसरी व्याख्या भयो| भगवान शिब भन्नुहुन्छ “हे देबी! ध्यान दिएर सुन, म तिमीलाई यस गोप्य कारण बताउदछु| यस गोप्य रहस्य साधारण व्यक्तिलाई नभन्नु| तिमी र म एकै हु, एकै शरीर हौ त्यसैले म यो गोप्य रहस्य भन्नेछु|
धेरै पहिले, ब्रह्माजीको यस कल्पको पहिलो मन्वन्तरमा (ब्रह्माजिको एक दिनमा १४ मन्वन्तर हुन्छ र अहिले सातौ मन्वन्तर चलि रहेको छ) जब स्वयम्भुवा मनु थिए, त्यसबेला धेरै शक्तिशाली दैत्यहरु सहित नामुची (यस नामुची दैत्यको बारेमा श्रीमद भागवतम ८.११.२३-४० मा पनि उल्लेख छ) नाम गरेको दैत्य थियो| ती दैत्यहरु भगवान श्रीबिष्णुका भक्त थिए | भगवान श्रीबिष्णुका भक्त स्वभावैले सतो गुणी, शास्त्रीय निर्देशनको पालना गरेका, पापरहित, शुद्ध हुन्छन| यो देखि देवता ईन्द्र सहित अन्य सबै देवताहरू डराए र भगवान श्रीबिष्णुको शरणमा गए|”

देबताहरुले भने “हे केशब, हजुरले मात्र हामीहरूलाई यी राक्षसहरूबाट बचाउन सक्नुहुन्छ| यी राक्षसहरूलाई कसैले पनि हराउन सक्दैनन् किनभने यी देवताहरू हजुरका भक्त भएका छन्, शाश्त्रिय निर्देशनको पालना गर्दछन र शुद्ध छन् | ”

भगवान शिब भन्नुहुन्छ, “यसरी देवताहरुको डरलाग्दो(आसुरी जीबात्माहरूले सतो गुणी कवच पहिरिएकाले) बचन सुनी भगवान श्रीबिष्णु, पुरुषोत्तम, ले मलाई भन्नुभयो ” हे रुद्र, हे महादेव, हे दयालु भगवान, हे मेरो सबैभन्दा प्रिय भगवान, यी पाखन्डिहरुलाई भ्रमित गर्न कुनै यस्तो पाठ्यक्रम तैयार गर जुन यिनीहरुले सजिलै पछ्याउलान | यस्तो कालो पुराणको परिकल्पना गर जसले यी पाखन्डिहरुलाई भट्काओस| हे ज्ञानी भगवान, तिमि यस्तो भ्रमित पार्ने अपबित्र शाश्त्रको रचना गर कि यी आसुरी पाखन्डिहरु भ्रमित भै जाउन र यिनीहरूको बिनाश सजिलो होस |”
“मेरो भक्तिको कारण तथा सृष्टिको भलोको लागि तिमी यी ऋषिहरू कन्नड ऋषि, गौतमा ऋषि, शक्ति ऋषि, उपमंयु ऋषि, जेमिनी ऋषि, कपिला ऋषि (महाभारतका अग्नि बंशका कपिला [देबहुतिका छोरा होइनन]), दुर्बाषा ऋषि, मृकंदु ऋषि, बृहस्पति ऋषि, भर्गभा ऋषि र जमदग्नि ऋषि कहा जाउ| यी ऋषीहरूलाई आफ्नो शक्ति र सुझावले बशिभुत गर| तिम्रो शक्तिबाट बशिभुत भै यी ऋषीहरू शक्तिशाली पाखन्डि बन्नेछन, यसमा कुनै संशय छैन| तिम्रो शक्तिको मदमा यी ऋषिहरूले संसारका लागि तामसिक पुरणादिको रचना गर्नेछन|
हे शिब तिमी पनि यसैको समर्थन गर्दै मानब खोपडी,कंकाल, चिता भष्म, मानब हड्डी जस्ता चिन्हले आफ्नो शरीर सजाउनु, भांग/धतुरो जस्ता नशालु पदार्थको सेवन गरेको नाटक मन्चन गरी तीनै लोकलाई भ्रमित बनाउ | तिमीले पाशुपत धर्मको पनि शुरुवात गर्नु जसका कन्कला, शैब, पसंडा र महाशैब जस्ता शाखा हुनेछन| यसरी आसुरी तामसिक व्यक्ति तिमीप्रति आकर्षित भै अबैदिक कार्य गर्नेछन्,यसरी तिनीहरू उच्च चेतनाको अभावमा तिमीलाई नै सबैभन्दा ठुलो भगवान सम्झनेछन|

यसरी सम्पुर्ण आसुरी, तामसिक गुणका व्यक्तिहरू म बिष्णुबाट बिमुख हुनेछन, यसमा कुनै शंका छैन| हे शक्तिशाली रुद्र, मेरा विभिन्न अवतारहरूमा म पनि तिमीलाई नै पूजा गरी यी पाखन्डिहरूलाई अझ भ्रमित पार्नेछु| यस्तो प्रकारको कार्यबाट यी पाखन्डिहरू अवश्य नै खस्नेछन् र यिनीहरुको नाश हुनेछ|”

त्यसपछि भगवान शिबले पार्वतीलाई भन्नुहुन्छ, “हे सुन्दरी, भगवान श्रीबिष्णुका यी बचन सुनी म राम्रो बक्ता भएता पनि असहाय भै चुप लागे | त्यसपछि भगवान श्रीबिष्णुमा आफ्नो भेट चढाई मैले भने “हे भगवान, यदि मैले हजुरले भनेको झैँ बचन पालना गरेमा यसले मेरो दुर्भाग्य निम्ताउनेछ तैपनि सृष्टिको हितको लागि हजुरको यस निर्देशनको पालना म गर्नेछु|”

मेरा यी शब्द सुनी भगवान श्रीबिष्णुले मेरो खुशीको लागि यी बचन बोल्नुभयो, “यस्ता क्रियाकलापले तिम्रो कुनै हानि हुने छैन, देवता र लोक हितार्थ मेरा यी निर्देशनको पालना गर | म तिमीलाई तिम्रो रक्षाको लागि केहि तरीका पनि बताउनेछु जुन तिमी यी पाखन्डिहरूलाई भ्रमित गर्दा प्रयोग गर्नु| त्यसपछि भगवान श्रीबिष्णुले मलाई प्रेम सहित बिष्णु सहस्र नाम को प्रार्थना सिकाउनुभयो | भगवान श्रीबिष्णुले भन्नुभयो, मलाई आफ्नो हृदयमा स्थापना गरी यो बिष्णु सहस्रनाम मन्त्रको मन्त्रोच्चारण गर्नु | यो धेरै नै शक्तिशाली मन्त्र हो | जसले यो मन्त्रको उच्चारण प्रेमपूर्बक मेरै लागि गर्दछ त्यसको रक्षा हुनेछ र त्यसले मोक्ष प्राप्त गर्दछ, यसमा कुनै शंका छैन| ”

त्यसपछि भगवान शिबले देबी पार्वतीलाई भन्नुहुन्छ, ” हे लक्षिणकी देबी, देवता तथा तीनै लोक हितार्थ यसरी मैले पनि पाखन्डिहरूको जीवनचर्या पालना गर्न शुरु गरे| यसरी मैले पनि मानब खप्पर, चिता भष्म, मानब हड्डी, भांग/धतुरो आदिको प्रयोग गर्न थाले| मैले तामसिक पुराणादी मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराणको रचना गर्न लगाए| हे पाप रहित देबी, गौतमा ऋषी मार्फत मैले न्याय दर्शनको रचना गर्न लगाए, त्यस्तै कन्नड ऋषि मार्फत बैशेषिक दर्शन, जेमिनी ऋषि मार्फत मिमांश दर्शन, ब्रृहस्पति द्वारा चार्बाक दर्शन गर्दै यी विभिन्न ऋषिहरु मार्फत अबैदिक शाश्त्रको रचना गर्न लगाए र यसरी यी सबै आसुरी भुत,प्रेत, बेताल, राक्षस र तामसिक प्रबृत्तिका जिबात्माहरुलाई श्रीबिष्णुबाट बिमुख बनाए र मेरै भक्त बनाए| यसरी शरीरमा चिता भष्म, मेरो नक्कल गरी बिभिन्न नशालु पदार्थको सेवन गराई, यी तमो गुणी जीबात्माहरूलाई मैले भगवान श्रीबिष्णुको आश्रयबाट बिमुख गराए|”

“यसरी मबाट बरदान प्राप्त गरी यी राक्षसीय तमोगुणी जीबात्माहरु शक्तिको अहंकारमा चूर भए, ईन्द्रिय तृप्तिको नशामा मदहोश भै काम,क्रोध,लोभ,मोहमा फसे| यसरी सत्यताको अभावमा यिनीहरुको नाश त हुनु नै थियो, देवताहरुद्वारा हराइए| यसरी तामसिक प्रबृत्तिका जीबात्माहरूलाई मेरो नक्कल गराई असत्य,अबैदिक पथको अनुशरण गराई नर्कमा खसाइञ्छ|

हे देबी, तसर्थ मेरा यी तमोगुणी क्रियाकलापहरू म बाट मात्र देवताहरू र तीनै लोक हितार्थ हुन्छन| भगवान श्रीबिष्णुको आदेशानुशार म आफुलाई चिता भष्म, खप्पर, हड्डी आदिबाट सजाउछु ता कि यस्तै विचारका जीबात्मा म प्रति आकर्षित होउन | मेरा यी बाहिरी सजावट मात्र राक्षसीय प्रबृत्तिका जीबात्माहरूलाई भ्रमित गर्नको लागि हो| मेरो हृदयमा सधै भगवान श्रीबिष्णु विराजमान हुनुहुन्छ र मेरो मनले सधै श्रीबिष्णु कै मन्त्रोच्चारण गरिरहेको हुन्छ| भगवान श्री बिष्णुको सहस्रनाम मत्रोच्चारणले मलाई मेरा यी तमोगुणी क्रियाकलापले कुनै हानि पुर्याउदैनन| हे देबी, मैले तिम्र सबै प्रश्नको उत्तर दिए, कृपा गरेर अरु के सोध्न चाहन्छु कृपया सोध|”

देबी पार्वती भन्नुहुन्छ, ” हे भगवान, कृपया मलाई हजुरको प्रभावमा ती नास्तिक ब्राम्हणहरूद्वारा पाखन्डिहरुलाई भ्रमित गराउन रचित शाश्त्रहरुको जानकारी गराईबक्स्योस| कृपया मलाई तिनीहरुको नाम सिलसिलेवार ढंगमा बताइदिनुहोस|”

भगवान शिब भन्नुहुन्छ,” हे देबी, कृपया सुन| म सिल्सिलेवार ढंगमा ती तामसिक शाश्त्रहरूको जानकारी दिनेछु| यी शाश्त्रहरुको नाममात्रले ज्ञानी व्यक्ति पनि भ्रमित हुन्छन|
मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण आदि मैले आफैले रचना गराए| मेरो शक्तिबाट भ्रमित भै त्यसपछि कन्नडा ऋषिले बैशेषिक दर्शनको रचना गरे| त्यस्तै गौतम ऋषिले न्याय दर्शनको रचना गरे| त्यस्तै कपिलाले (महाभारतका अग्नि बंशका) नास्तिक साँख्य(कर्दम ऋषि र देबहुतीका छोरा कपिलले गरेको साँख्य दर्शन होइन) दर्शनको रचना गरे| ब्रृहस्पतिले त्यसपछि चार्बाक दर्शनको रचना गरे| त्यसैगरी बुद्धले असुरहरूको बिनाशका लागि बुद्ध धर्मको प्रचार गरे|”

यो त भयो पद्मपुराणमा उल्लेखित कथा भाव, अब माथिका तथ्यलाई प्रमाणित गर्ने केही पद्म पुराण कै श्लोकहरु पनि हेरौ। वास्ताबिक संस्कृत श्लोक तल चित्रमा हेर्नुहोला।14702280_10154739703844729_5477820342607354161_n

प्रमाण:
“रूद्र ऊवाच। श्रुणु देवि प्रवक्ष्यामि तामसानि यथाक्रमम।
येषां श्रवणमात्रेण पातित्यम ज्ञानिनामपि।।”
-भगवान शंकर पद्मपुराण ६-२३६-२
अर्थात
“रूद्र(शंकर) भन्छन। सुन देबी, म तामसीहरूलाई यो दर्शन भन्छु जसलाई सुनेपछि ज्ञानी पनि पतित हुंछ।”
[श्लोकले प्रष्ट भन्छ की भगवान शिवबाट कुनै यस्तो दर्शनको शुरूवात भएको छ जुन यति मोहीत गराउने खालको छ की ज्ञानी पनि पतित भै जाओस]

“बौद्ध शास्त्रम महतप्रोत्तं नगन्नीलफटादिकम।
मायावाद असतशास्त्र प्रचछन्न बौद्धमेव च।।”
-भगवान शंकर पद्मपुराण ६-२३६-६
अर्थात
“बौद्ध शास्त्रको खंडिकरणको लागि बौद्ध दर्शनसंग मेल खाने मायाबादी सिद्धांत असत र भ्रमित शिद्धांत हो।”
[श्रीपद शंकराचार्यले पेश गरेको अद्वैत दर्शन बौद्ध मतसंग मेल खांछ। बौद्ध दर्शनले त्यस परम सत्यलाई शून्य भन्छ भने शंकराचार्यको मायावादी अद्वैत शिद्धांतले त्यस “शून्य”लाई “ब्रह्म”ले प्रतिस्थापन मात्र गरे अन्य सबै लगभग उस्तै। यो श्लोकले यी दुबै दर्शन असत अर्थात असत्य हुन भनेर भन्छ।]

“मयैव कथित देवि कलौ ब्राह्मणरुपिणा।”
अपार्थ श्रुतिवाक्यानां दर्शयल्लोकगर्हितम।।
-भगवान शंकर पद्मपुराण ६-२३६-७
अर्थात
“हे देवि, म नै कलि युगमा ब्राह्मणको रुपमा मृत्युलोकमा जानेछु र श्रुतिआदि शास्त्रको वाक्यको ग़लत अर्थ गरी लोक गर्हित गर्नेछु।”
[यस श्लोकमा शिवजीले प्रष्टसंग आफु कलियुगमा ब्राह्मण भै मृत्युलोकमा गै श्रुतिशास्त्रको ग़लत अर्थको मत प्रचार गर्ने कुरा गर्दैछन। यो श्लोकमा उल्लेख गरिएको ब्राह्मण नै आदि शंकराचार्य थिए जो भगवान शिब नै थिए ज़सले भगवान श्रीकृष्णकै निर्देशन बमोज़िम बौद्धमार्गीहरूलाई सनातन धर्मको छत्रछायामाँ ल्याउने उद्देश्यले जसरी भएपनि अर्थात शास्त्रको ग़लत अर्थ लगाएर नै भएपनि नया मायाबादी अद्वैत दर्शनको प्रतिपादन गरे]

“कर्मस्वरूपत्याज्यत्वं अत्र च प्रतिपाध्यते।।
सर्व कर्म परिभ्रशान नैष्कमय तत्र चोच्यते।”
-भगवान शंकर पद्मपुराण ६-२३६-८
“आफ्नो मूलकर्म त्याग गरी, मूल कर्मबाट भ्रष्ट भएकाहरूले यो(अद्वैत दर्शन)लाई नै धर्म र आधार मान्नेछन।”
[आदि शंकराचार्यद्वारा प्रतिपादित यस मायाबादी अद्वैत सिद्धांत यति शक्तिशाली छ की सबै पथ भ्रष्ट भै गएकाहरूलाई सुन्दर लाग्नेछ।]

“परात्मा जीवयोरैक्यं मयात्र प्रतिपध्यते।
ब्रह्मणोचपरं रुपं निर्गुणं वक्ष्यतेमया।।
-भगवान शंकर पद्मपुराण ६-२३६-९
अर्थात
“नास्तिकहरूलाई भ्रमित पार्न कलियुगमा मैले(आदि शंकराचार्यको रुपमा अवतरित भै) परमात्मा र जीव एक भएको शिद्धांत प्रस्तुत गर्नेछु। सर्बोच्च सत्य निराकार-निर्गुण-निर्बिशेष हो भनि प्रचार गर्नेछु।”
[परमात्मा र जीब एक हुन भन्ने शिद्धांत कसको हो? सर्बोच्च सत्य निराकार-निर्गुण-निर्बिशेष हो भनि प्रचार गर्ने कुन शिद्धांत हो? यहाँ यस श्लोकले प्रष्टसंग आदि शंकराचार्यको अद्वैत सिद्धांतलाई नै इंगित गरेको छ।]

“सर्वस्य जगतो व्याप्ते मोहनार्थ कलौ युगे।
वेदार्थवनमहाशास्त्रम मायावादमवैदिकम।।”
-भगवान शंकर पद्मपुराण ६-२३६-१०
अर्थात
“यसरी कलियुगमा सर्वत्र मद्वारा प्रतिपादित अनि मोहीत गराउने मायाबादी तर वैदिक दर्शन प्रचलित हुनेछ। ”

त्यसैगरी:
पदम पुराण (उत्तरा २३६. १९-२१,१८)
“वैश्नावं नारादियम च
तथा भागवतम शुभम
गरुडम च तथा पद्मं
वरहम शुभ-दर्शने”
अर्थात
भगवान शिब देबी पार्वतीलाई भन्नुहुन्छ, “बिष्णु पुराण, नारद पुराण, शुभ भागवत पुराण, गरुड पुराण, पदमा पुराण र बराह पुराण, सतो गुणी पुराण हुन् र ती शुभ पुराण हुन्”

“ब्रह्मंडम ब्रह्म -वैवर्तम
मर्कंदेयम तथैवा च
भविष्यम वामनम ब्रह्मं
रजसनी निबोधता”
अर्थात्
भगवान शिब देबी पार्वतीलाई भन्नुहुन्छ, “ज्ञान रहोस कि ब्रह्माण्ड पुराण, ब्रम्ह-वैवरता पुराण, मार्केण्डेय पुराण, भबिष्य पुराण, वामन पुराण र ब्रह्मा पुराण, रजो गुणी पुराण हुन् ”

“मत्स्यम कौर्माम तथा लिंगम
शैवं स्कंदम तथैवा च
अग्नेयम छ सहाद एतनी
तमासनी निबोधता”
अर्थात
भगवान शिब देबी पार्वतीलाई भन्नुहुन्छ, “ज्ञान रहोस कि मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण, तमो गुणी पुराण हुन् |”
हरे कृष्ण …

हरे कृष्ण …

के देबि दुर्गा को नाम मा पशु बलि गर्दै हुनुहुन्छ ? सनातन धर्म शास्त्र ले के भन्छ त ??

बडा दशैको शुभकामना..

के देबी दुर्गाको नाममा पशु बलि गर्दै हुनुहुन्छ? सनातन धर्म शास्त्रले के भन्छ त? के तपाईको चाही घैंटोमा घाम लाग्ला त?
*********************
-बल्लभ चैतन्य दासfb_img_1476079347214

पद्मपुराण पद्मोत्तरखण्ड अध्याय १०४ मा करुणामयी माता दुर्गा भगवान् शिवसंग भन्नुहुन्छ-

“यूपे बद्ध्वा पशून् हत्वा करोति रक्तकर्दम ।
तेन चेत् प्राप्यते स्वर्गो नरकं केन गम्यते ।।
मद्व्याजेन पशून् हत्वा यो भक्षेत् सह बन्धुभिः ।
तद्गात्रलोमसंख्याब्दैरसिपत्रबने बसेत् ।।”
अर्थात:
“हे प्रभु! मौलोमा पशुलाई बांधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त ? भगवन्! जसले मेरो नाम बेचेर पशु मारी बन्धुहरूको साथमा खान्छ उसले मारिएको पशुको शरीरमा जति रौँ छन् त्यति वर्षसम्म असिपत्रबन नामक नरकमा बास गरी तलबारका धारको प्रहारका साथमा घोर यातना भोग्नेछ ।।”

“पिशाच” शब्दको अर्थ धेरैले भुत-प्रेत भन्ने बुझेका छन तर “पिशाच” शब्दको वास्तबिक अर्थ के तपाईलाई थाहा छ? “पिशाच” शब्दको वास्तबिक अर्थ हुंछ “मांश भक्षण गर्नेवाला”। पिशाच दुई शब्दहरूले बनेकाे हुंछ “पिशित=मांस र अस=खानेवाला” अर्थात “मासु खाने वाला”।

यदि मासु खानु नै छ भने आफ्नै जोखिममा (मृत्यु पश्चात हुने दैबीय न्याय भोग्न तैयार रहि) आफनै घर टोलमा हत्या गर्नुहोस, र खानुहोस, देवी-मंदिरमा किन?

शाष्त्र न-पढी देबी-देबताको नाममा पशुहत्या गर्ने हे पापी, सनातन धर्मका कू-पुत्र हो… दुर्गा वा अन्य देबी-देबतालाई हत्या जस्तो ठुलो अपराधमा बीचमा ल्याउने दुष्प्रयास कृपया न-गर्नुहोला, न-गर्नुहोला, न-गर्नुहोला…….

शाष्त्रले अरु के भन्छ त?
“यस्मिन्त्सर्वाणि भूतान्यात्मैवाभूद्विजानत:।
तत्र को मोहः कः शोक एकत्वमनुपश्यत:।।”
– यजुर्वेद ४०।७
अर्थात
“जसले सबै जीवहरुमा अाफु झै अात्मा नै देख्छ, तिनीहरूको मनमा न शाेक हुंछ न माेह नै हुंछ। त्यस्ता मनुष्यले सबैमा अाफना अनुभुति गर्दछ। जसले अात्मा नष्ट नहुने शाश्वत रहेको बुझेका छन र जसले पुनर्जन्ममा बुझेका छन तिनीहरुले कसरी यज्ञमा पशु-वधको बारेमा साेच्न पनि सक्लान? बलिको नाममा हत्या गरीन लागिएको जनावर कुनै यज्ञकर्ताकै पुर्खाको पुनर्जन्म पनि हुन सक्छ । जसले सबै जीवमा अाफ्नो प्रियजन देख्छ त्यसले पशु-बलि दिन सक्दैन।”
——–

“अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः।
-मनुस्मृति ५।५१
अर्थात
“जनावरलाई बधको लागि अाज्ञा दिने, पशुलाई बधको लागि ल्याउने वाला, पशुलाई बेच्ने वाला, पशुको हत्या गर्ने वाला, जनावरको मासु खरीद गर्ने वाला, त्यो मासु पकाउने वाला र त्यो जनावरको मासु खाने वाला, यिनीहरू सबै नर्क जाने पापी हत्यारा हुन् ।”
——–

“ब्रीरीहिमत्तं यवमत्तमथो माषमथो तिलम् ।
एष वां भागो निहितो रत्नधेयाय दान्तौ मा हिंसिष्टं पितरं मातरं च ।”
-अथर्ववेद ६।१४०।२
अर्थात
“हे ! दाँतका दुबै पंक्तिहरु ! चामल खाऊ, जाै खाऊ, उर्दको दाल खाऊ । यो अनाज तिमीहरुकै लागि नै बनाइएको हो । तिनी जीव-जन्तुहरूलाई कहिले न मार जो तिम्रा माता-पिता बन्ने याेग्य छन्। तिनीहरूलाई मार्नु अपराध हो।”
——–

“अनागोहत्या वै भीमा कृत्ये ।
मा नो गामश्वं पुरुषं वधीः।।”
-अथर्ववेद १०।१।२९
अर्थात
“निर्दाेस पशुहरूको हत्या निश्चित नै महा-पाप हो । हाम्रो गाई, घाेडा र पुरुषहरूको हत्या नगर्नु।”
——–

“य आमं मांसमदन्ति पौरुषेयं च ये क्रविः ।
गर्भान् खादन्ति केशवास्तानितो नाशयामसि ।।”
-अथर्ववेद ८। ६।२३
अर्थात
“त्याे मनुष्य जसले नर र मादा, भ्रुण र अण्डा नाश गरेर तिनको काँचो या पकाएको मासु खान्छ त्यस्ता मनुष्यहरू नष्ट हुन्छन।”
——–

“अघ्न्या यजमानस्य पशून्पाहि।।”
-यजुर्वेद १।१
अर्थात
“हे मनुष्य ! पशु अघ्न्य हुन्छ । – कहिले न मारिने योग्य, पशुहरूको रक्षा गर्नु नै तिमीहरूको कर्तब्य हो।”
संस्कृत शब्द “अघ्न्या” काे अर्थ हुन्छ “जसको कुनैपनि हालतमा हत्या गर्ने अनुमति हुदैन”। गाईलाई संस्कृतमा “अध्न्य” पनि भनिन्छ, तसर्थ वेद-निर्देशन अनुरूप अनुसार गौ-हत्या हुनु हुदैन।
——–

“विपादव चतुष्पात् पाहि ।।”
-यजुर्वेद १४।८
अर्थात
“हे मनुष्य ! दुई र चार पाद(पाउ) भएका सबै जीव-जन्तुहरूको रक्षा गर।”
———

“अध्वर इति यज्ञानाम ।
ध्वरतिहिंसा कर्मा तत्प्रतिषेधः।”
-निरुक्त २।७
अर्थात
निरुक्त वा वैदिक-शब्द व्युत्पत्ति शास्त्र ऋषि यास्काचार्यले भन्छन कि “यज्ञको अर्को नाम “अध्वर” पनि हो। “ध्वर” काे अर्थ हुन्छ हिसां सहित गरिने काम। “अध्वर” काे अर्थ भयो “हिसां रहित काम” अर्थात त्यस्तो कार्य जसमा कुनै पनि हालतमा कुनै जनावर या मानवको हत्या-हिसां नगरिएको होस।”
———-

“अग्ने यं यज्ञमध्वरं विश्वत: परि भूरसि ।
। स इद देवेषु गच्छति ।।”
-ऋग्वेद १।१।४
अर्थात
“हे दैदीप्यमान प्रभु ! हजुरद्वारा व्याप्त हिंसा रहित यज्ञ सबैको लागि लाभप्रद अनि गुणयुक्त छ र बिद्धान मनुष्यहरूद्वारा स्वीकार पनि गरिएको छ।”
———

“इमं मा हिंसीरेकशफं पशुं कनिक्रदं वाजिनं वाजिनेषु ।।”
-यजुर्वेद १३।४८
अर्थात
“एक खुरवाला, हिनहिनाउने वाला(जस्तै धाेडा) तथा प्राणीहरुको वध न गर्नु ।”
————

अश्वमेध यज्ञ:- संस्कृत शब्द “अश्व”को अर्थ धाेडा मात्र हुदैन। “अश्व”को अर्थ “राष्ट्र वा सम्राज्य” पनि हुन्छ र “मेध”को अर्थ “हत्या” मात्र हुदैन, “मेध” काे अर्थ हुन्छ “बुद्धिपूर्वक गरीने कर्म”। त्यसैले “अश्वमेध यज्ञ”को अर्थ हुन्छ “राष्ट्र वा सम्राज्यको बैभव, कल्याण र समृद्धिको लागी गरीने यज्ञ । भगवान श्रीरामचन्द्रले पनि अश्वमेध यज्ञ गरेर देशको गाैरभ फैलाएका थिए।
———-

गाैमेध यज्ञ :- यो परिप्रेक्षमा “गौ” शब्दको अर्थ “पृथ्वी” हुन्छ । पृथ्वी तथा पर्यावरणको शुद्धताको लागी समर्पित यज्ञलाई नै “गाैमेध यज्ञ” भनिन्छ । अन्न, इन्द्रिय, किरण, पृथ्वी अादिलाई पवित्र राख्नु नै “गाैमेध” यज्ञ हाे ।
———

नरमेध यज्ञ :- जब मनुष्यको मृत्यु हुंछ तब मृत्युपरांत बिधिपूर्वक दाह संस्कार गर्नुलाई नै “नरमेध” यज्ञ भनिन्छ ।
———-

“राष्ट्रं वा अश्वमेध:।
। अन्नं हि गौ: ।।
। अग्निर्वा अश्व: ।
। आज्यं मेधा: ।।”
-शतपथ १३।१।६।३
अर्थात
“राष्ट्र वा रामराज्य खातिर वैभब, कल्याण र समृद्धिको लागि समर्पित यज्ञ नै अश्वमेध यज्ञ हाे । “गाै” शब्दको अर्थ “पृथ्वी” पनि हुन्छ । पृथ्वी तथा पर्यावरणको शुद्धताको लागि समर्पित यज्ञलाई “गाैमेध यज्ञ” भनिन्छ । अन्न, इन्द्रिय, किरण, पृथ्वी अादि लाई पवित्र राख्नु नै “गाैमेध” हो र जब मनुष्यको मृत्यु हुंछ मृत्युपरांत “बिधिपुर्वक दाह संस्कार गर्नुलाई” नै “नरमेध” यज्ञ भनिन्छ ।”
————–

“घृतं दुहानामदितिं जनायाग्ने मा हिंसी: ।।”
-यजुर्वेद १३।४९
अर्थात
“गाई र गाेरुहरूको संधै रक्षा गर्नुपर्छ । गाई-गाेरुको हत्या कहिले गर्नु हुन्न ।”

“आरे गोहा नृहा वधो वो अस्तु ।”
-ऋग्वेद ७।५६।१७
अर्थात
“ऋग्वेदले गौ-हत्यालाई जघन्य अपराध ठान्छ । वेदले गाै-हत्या र मनुष्य-हत्यालाई समान महापाप भन्छ।”
——-

“सूयवसाद भगवती हि भूया अथो वयं भगवन्तः स्याम ।
। अद्धि तर्णमघ्न्ये विश्वदानीं पिब शुद्धमुदकमाचरन्ती ।।”
-ऋग्वेद १।१६४।४०
अर्थात
“अध्न्या अर्थात गाई जो कुनै पनि हालतमा मारीने याेग्य छैनन, तिनीहरु हरियाे घाँस र शुद्ध जलको सेवनले स्वस्थ रहुन । त्यस गाईको दुध पिएर हामी उत्तम-उत्तम सद-गुण, ज्ञान र एेश्वर्य युक्त बनौ ।”
———-

“यः पौरुषेयेण क्रविषा समङ्क्ते यो अश्व्येन पशुना यातुधानः ।
। यो अघ्न्याया भरति क्षीरमग्ने तेषां शीर्षाणि हरसापि वृश्च ।।”
-ऋग्वेद १०।८७।१६
अर्थात
“मनुष्य, अश्व वा अन्य पशुको मांसले पेट भरनेवाला तथा दुध दिने वाला गाई हत्या गरि खाने वाला पापी मनुष्यहरूलाई कडा दण्ड दिने ईश्वरीय बिधान छ ।”
——–

“मा गामनागामदितिं वधिष्ट ।।”
-ऋग्वेद ८।१०१।१५
अर्थात
“गौ हत्या कहिल्यै नगर्नु। गाई निष्पाप र अदिति(अखंडनिय) छ।”
————

“यदि नो गां हंसि यद्यश्वम् यदि पूरुषं ।
। तं त्वा सीसेन विध्यामो यथा नो सो अवीरहा ।।
-अर्थववेद १।१६।४
अर्थात
“यदि कसैले गाई, घोडा वा कुनै मनुष्यको जानेर हत्या गर्छ भने त्यो पापीलाई “सिसा” काे गाेली ले उडाइ देउ ।”
———-

ऋग्वेद मंडल ६ सुक्त ८ :-
“आ गावो अग्मन्नुत भद्रमक्रन्त्सीदन्तु ।।”
अर्थात
“सबैले याे सुनिश्चित गर्नुपर्छ की “गाईले कहिले यातना नपाओस र संधै स्वस्थ रहोस।”

“भूयोभूयो रयिमिदस्य वर्धयन्नभिन्ने ।।”
अर्थात
“गौ सेवा गर्नेलाई इश्वरको अाशीर्वाद प्राप्त हुन्छ।”

“न ता नशन्ति न दभाति तस्करो नासामामित्रो व्यथिरा दधर्षति।”
अर्थात
“गाईमाथि शत्रुले पनि हतियारको प्रयाेग नगरोस।”

“न ता अर्वा रेनुककाटो अश्नुते न संस्कृत्रमुप यन्ति ता अभि ।”
अर्थात
“कसैले पनि गो-बध नगरोस।”
———

“सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा
धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते”
-महाभारत
अर्थात्
“मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त (फटाहा) हरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन ।”
———-

“अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातका: ।।”
– मनुस्मृति ५.५१
अर्थात्
“जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्रि गर्छ र जो खरीद गर्छ, जो यसलाई पकाउछ र जसले मासुको भक्षण गर्छ तिनीहरू सबैको बिनाश हुन्छ |”
———

“य: अहिंसकानि भूतानि हिनस्ति आत्मसुखेच्छया ।
स जीवंश्च मृतश्चैव न क्वचित् सुखमेधते ।।”
– मनुस्मृति ५.५४
अर्थात्
“त्यो मनुष्य जो अबोध पशुको कुनै पनि कारणले हत्या गर्दछ त्यसको मृत्यु पछिको गति भयावह हुञ्छ |”
———

“ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
अर्थात
“धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।”
——–

“अहिंसा परमो धर्म” नै बैदिक सनातन धर्मको मूल नारा हो | मांस भक्षण गर्नु अरुलाई हत्या गर्न उक्साउनु हो तसर्थ मांस भक्षण गर्ने ब्यक्ति हिंसाबादी पापी हो।
———

श्रीमद भागवतममा उल्लेख भए अनुशार भगवान बुद्ध स्वयम् भगवान कृष्ण हुन् | मानिसहरूले वेदको गलत अर्थ लगाएर पशुहत्या शुरु गरे, जसको बचाऊ गर्न भगवान श्री कृष्ण, बुद्धको रुपमा यस धरातलमा आएका थिए |

यति भंदा भन्दै पनि, शास्त्रको निर्देशन देखाउँदा देखाउँदै पनि घैंटोमा घाम नलाग्ने घ्याम्पेहरूलाई “राम राम” मात्र भन्न सकिन्छ।

हरे कृष्ण…

आज महानवमी पर्व, तलेजु भवानीको मन्दिर खुल्ने

dashai

२४ असोज, काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

<

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदै

chandraghanta-devi

१७ असोज, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

अम्बा, दुर्गा, पार्वती, काली आदि एक हुन् वा अलग-अलग ? नवरात्रकाे सन्दर्भमा जानी राखाैँ

नवरात्रि उत्सवलार्इ नवदुर्गा उत्सव पनि भनिन्छ भने नेपालमा यस पर्वलार्इ बडादशैँका रूपमा मान्ने गरिन्छ । यस नाैरथामा दुर्गा, अम्बा, जगदम्बा, सर्वेश्वरी आदि सबैलार्इ भगवान शंकरका पत्नी मानेर पूजा गरिन्छ भन्ने एउटा मत छ जुन उचित छ कि छैन ? अाउनुहाेस् जान देवी रहस्य को। 
माता अम्बिका काे हुन् : शिवपुराणका अनुसार त्यस अविनाशी परब्रह्म (काल) ले केही कालपछि द्वितीयकाे इच्छा प्रकट गरे। त्यस परब्रह्मभित्र एकबाट अनेक हुने संकल्प उदित भयाे। तब त्यस निराकार परमात्माले अाफ्नाे लीला शक्तिबाट आकारकाे कल्पना गरे, जुन मूर्तिरहित परम ब्रह्म हुन्। परम ब्रह्म अर्थात एकाक्षर ब्रह्म। परम अक्षर ब्रह्म। ती परम ब्रह्म भगवान सदाशिव हुन्। एकांकी भएर पनि स्वेच्छाले सबैतिर विहार गर्ने ती सदाशिवले अाफ्नाे विग्रह (शरीर) बाट शक्तिकाे सृष्टि गरे, जुन उनकाे अाफ्नाे श्रीअंगबाट कहिल्यै अलग हुँदैनथ्याे। सदाशिवकाे त्यस पराशक्तिलार्इ प्रधान प्रकृति, गुणवती माया, बुद्धि तत्वकाे जननी तथा विकाररहित बताइएकाे छ।
त्याे शक्तिलार्इ अम्बिका (पार्वती वा सती हाेइनन्) भनिएकाे छ । त्यसकाे प्रकृति, सर्वेश्वरी, त्रिदेव जननी (ब्रह्मा, विष्णु र महेशकी माता), नित्या र मूल कारण पनि भनिन्छ। सदाशिवद्वारा प्रकट गरिएकाे ती शक्तिका ८ भुजाहरू छन्। पराशक्ति जगतजननी ती देवी नाना प्रकारका गतिहरूले सम्पन्न छिन् र अनेक प्रकारका अस्त्रशस्त्र शक्ति धारण गर्दछिन्। एकांकिनी भएर पनि तिनी माया शक्ति संयोगवशात अनेक हुन जान्छिन्। तिनी कालरूप सदाशिवकी अर्द्धांगिनी हुन् । र तिनै शक्ति जसलार्इ जगदम्बा पनि भनिन्छ ।
काे हुन् देवी दुर्गा : हिरण्याक्षकाे वंशमा उत्पन्न एक महा शक्तिशाली दैत्य थियाे, जुन रुरुकाे पुत्र थियाे र त्यसकाे नाम दुर्गमासुर थियाे। दुर्गमासुरसँग सबै देवता त्रस्त हुने गर्थे। त्यसले इन्द्रकाे नगरी अमरावतीलार्इ घेरेकाे थियाे। देवता शक्तिले हीन भएका थिए, फलस्वरूप उनीहरूले स्वर्गबाट भाग्नु नै श्रेष्ठ ठानेर भागेर उनीहरू पर्वतका कन्दरा र गुफाहरूमा गएर लुके र सहायता हेतु आदि शक्ति अम्बिकाकाे आराधना गर्न थाले। देवीले प्रकट भएर देवताहरूलार्इ निर्भिक भएर जान आशीर्वाद दिइन्। एक दूतले दुर्गमासुरलार्इ यी सबै वृतान्तका साथै देवताहरूकाे रक्षण गर्नका लागि छिटै एक अवतार हुने कुरा पनि बतायाे। याे सुनेर तक्षण नै दुर्गमासुर क्रोधित भएर अाफ्ना समस्त सेनालार्इ अस्त्र-शस्त्रसहित भएर युद्धमा जाने अादेश दियाे । त्यसपछि देवता र दानवहरूमा अघोर युद्ध भयाे र देवीले दुर्गमासुर सहित त्यसका समस्त सेनालार्इ नष्ट गरिदिइन् । त्यसबेला देखि  देवी दुर्गाका रूपमा विख्यात भइन्।
माता सती : भगवान शंकरलार्इ महेश र महादेव पनि भनिन्छ। उनै शंकरकाे सर्वप्रथम दक्ष प्रजापति पुत्री दक्षायनीसँग विवाह भएकाे थियाे। यी दक्षायनीलार्इ नै सती भनिन्छ। अाफ्ना पति शंकरकाे अपमान भएकाे कारण सतीले अाफ्ना पिता दक्षकाे यज्ञमा फाल हालेर अाफ्नाे देहलीला समाप्त गरेकी थिइन्। माता सतीकाे मृत देहलार्इ बाेकेर नै भगवान शंकर ठाउँ-ठाउँमा घुम्दै हिंड्न थाले। जहाँ-जहाँ देवी सतीका अंग र आभूषण खसे, त्यहाँ-त्यहाँ शक्तिपीठ निर्मित हुँदै गए। त्यसपछि माता सतीले पार्वतीका रूपमा हिमालयराजका घरमा जन्म लिएर भगवान शिवकाे घोर तपस्या गरिन् र फेरि शिवलार्इ प्राप्त गरी पार्वतीका रूपमा जगतमा विख्यात भइन्।
माता पार्वती  : माता पार्वती शंकरकाे अर्की पत्नीं थिइन्। देवी पार्वतीका पिताकाे नाम हिमवान र माताकाे नाम रानी मैनावती थियाे। माता पार्वतीलार्इ नै गौरी, महागौरी, पर्वतपुत्री र शेरावाली भनिन्छ। माता पार्वतीलार्इ पनि दुर्गा स्वरूप मानिएकाे तर वास्तवमा उनी दुर्गा हाेइनन्। यिनै माता पार्वतीका दुर्इ पुत्र एक श्रीगणेश र अर्का कार्तिकेय मानिएका छन्।
नवदुर्गा रहस्य : यी नवदुर्गा हुन्- १.शैलपुत्री २.ब्रह्मचारिणी ३.चन्द्रघण्टा ४.कुष्माण्डा ५.स्कन्दमाता ६.कात्यायनी ७.कालरात्रि ८.महागौरी र, ९.सिद्धिदात्री। पर्वतराज हिमालयकी पुत्री भएकी कारण पार्वती मातालार्इ शैलपुत्री पनि भनिन्छ। ब्रह्मचारिणी अर्थात उनले तपश्चर्याद्वारा शिवलार्इ पाएकी हुनाले उनै शैलपुत्री पार्वतीलार्इ नै ब्रह्मचारिणी भनिएकाे हाे। चन्द्रघण्टा अर्थात जसले अाफ्नाे मस्तकमा चन्द्र आकारकाे तिलक धारण गरेकी छिन्। ब्रह्माण्डलार्इ उत्पन्न गर्ने शक्ति प्राप्त गरेपछि उनै भगवतीलार्इ नै कुष्माण्डा भन्न थालिएकाे हाे।वास्तवमा अाफ्नाे उदरभित्र अण्डसमान उनले सिंगाे  ब्रह्माण्ड समेटेकी हुनाले उनलार्इ कुष्‍माण्डा भनिएकाे हाे। केही मानिसहरूका अनुसार उनी कुष्माण्डा नामकाे एक समाजद्वारा पूजित भएकी कारणले कुष्माण्डा कहलाएकी हुन्। पार्वतीका पुत्र कार्तिकेयकाे नाम स्कन्दकुमार पनि हाे । त्यसैले स्कन्दकी माता भनिएकी हुन्।
महर्षि कात्यायनकाे तपस्याबाट प्रसन्न भएर उनी उनकाे घरमा पुत्री रूपमा जन्मेकी थिइन् । त्यसैले उनी कात्यायनी पनि भनिन थालिन्। यहाँ उल्लेखनीय के छ भने जसरी भगवान विष्णुका अवतार हुन्छन् त्यसरी नै माताका पनि अनेक अवतार भएका छन्। कात्यायन ऋषिकी कन्याले नै महिषासुरकाे वध गरेकी थिइन्। त्यसकाे वध गरेपछि उनी महिषसुर मर्दिनी कहलाइन्। कुनै समयमा कत नमक एक विख्यात महर्षि थिए, उनका पुत्र कात्य भए तथा यिनै कात्यकाे गोत्रमा नै प्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए।
माता पार्वती देवी काल अर्थात हरेक खालका संकट नाश गर्न समर्थ छिन् । त्यसैले उनलार्इ कालरात्रि भनिएकाे हाे। माताकाे वर्ण पूर्णत: गौर अर्थात गाेराे (श्वेत) छ, त्यसैले उनी महागौरी भनिइन्। यद्यपि केही पुराणहरूका अनुसार कठोर तप गरेकाे कारणले जब उनकाे वर्ण कालाे भयाे तब शिवले प्रसन्न भएर उनकाे शरीरलार्इ गंगाजीकाे पवित्र जलले पखालिदिए तब उनी विद्युत प्रभा समान अत्यन्त कान्तिमान-गाेरी भइन्। त्यही बेलादेखि यिनकाे नाम महागौरी भयाे। जुन भक्त पूर्णत: उनी प्रति समर्पित हुने गर्छ त्यसलार्इ उनी हर प्रकारका सिद्धि दिन्छिन् । त्यसैले उनलार्इ सिद्धिदात्री भनिन्छ।
दस महाविद्याहरूकाे नाम र रहस्य : काली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वरी, त्रिपुरभैरवी, धूमावती, बगलामुखी, मातंगी र कमला। कतै कतै यिनीहरूकाे नाम यस क्रममा राखिएकाे पाइन्छ:-१.काली, २.तारा, ३.त्रिपुरसुन्दरी, ४.भुवनेश्वरी, ५.छिन्नमस्ता, ६.त्रिपुरभैरवी, ७.धूमावती, ८.बगलामुखी, ९.मातंगी र १०.कमला।
काे हुन् चामुण्डा  : देवी अम्बिकाका बारेमा हामी उल्लेख गरिसकेका छाैँ। अम्बिकाबाट नै चण्डिकाकाे जन्म भयाे। चण्ड र मुण्ड नामक असुरहरूकाे वध गरेकाे कारणले उनी चामुण्डा कहलाएकी हुन्। महाकाली पनि देवी अम्बाकी पुत्री थिइन्।

मधु र कैटभ वध गर्ने देवी : पद्मपुराण अनुसार देवासुर संग्राममा मधु र कैटभ नामका दुबै भाइ हिरण्याक्षका तर्फबाट लडेका थिए । मार्कण्डेय पुराणका अनुसार उमाले कैटभलार्इ मारेकी थिइन् जसबाट उनी ‘कैटभा’ कहलाइन्। दुर्गा सप्तसती अनुसार अम्बिकाकी शक्ति महामायाले अाफ्नाे योग बलले दुबैकाे वध गरेकी थिइन्। वेबदुनियाबाट नेपालीमा रूपान्तर गरिएकाे ।

 #ॐकार दर्पण