Home / बिचार/ब्लग

बिचार/ब्लग

मोदीले गुमाए, पाकिस्तानले जित्दा नेपालमा खुशीयाली प्रदीप गिरीदेखि पशुपति समशेरसम्म, कसले भारतीयलाई के भने ?

६ साउन, काठमाडौं । भारतका चर्चित पूर्वसांसद मणिशंकर ऐयर दोस्रो चरणको स्थानीय निर्वाचन हुनै लाग्दा सुटुक्क काठमाडौं आएका थिए । ऐयरले नेपालमा विभिन्न दलका नेताहरु र बुद्धिजीवीसँग भेटघाट गरे । दोस्रो चरणको निर्वाचन हुने दिन दिल्ली फर्किएका उनले हालै एउटा सनसनीपूर्ण ‘काठमाडौं डायरी’ सार्वजनिक गरेका छन् ।

 

एनडीटीभीमा प्रकाशित लामो लेखमा ऐयरले मधेसी दलको कडा आलोचना गरेका छन् । नेपाल-भारत सम्बन्धबारे चर्चा गर्दै उनले मोदी सरकारले विगतमा लगाएको नाकाबन्दीको चर्को विरोध गरेका छन् । मोलीले नेपालमा सदभावना गुमाएको उनको निश्कर्ष छ ।

आफूसँगको भेटमा कुन नेपाली नेताले भारत र चीनबारे के कस्ता कुराहरु गरे भन्नेबारे यी भारतीय नेताले फेहरिस्थ नै उतारेका छन् । ऐयरको उक्त लेखकको नेपाली अनुवाद यस्तो छः

अनिल झाले केके भने…

मधेसी नेता अनिलकुमार झाले मुख फोरेर भने, ‘तपाईं काठमाडौं पक्षधर र मधेसी विरोधी हो ।’

नेपालमा मोदी सरकारले लगाएको नाकाबन्दीको आलोचना गर्दै २०१५ को डिसेम्बरमा राज्यसभामा मैले गरेको भाषणलाई उनी ईंगित गर्दै थिए । उक्त भाषणले मलाई नेपालमा क्षणिक लोकप्रियता दिलाएको थियो, जसलाई स्थानीय मिडियाहरुले व्यापक कभरेज गरेका थिए भने सामाजिक सञ्जालमा पनि निकै सेयर भएको थियो ।

त्यसैको परिणामस्वरुप अघिल्ला उपप्रधानमन्त्री तथा अहिले नेपाली कांग्रेसका एक प्रमुख नेता विमलेन्द्र निधिले मलाई नेपाली राजनीतिबारे विचार आदान-प्रदानमा एक साता बिताउने गरी आफ्नो देशमा निम्तो गरे ।

राजनीतिको एउटा ध्रुवमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) देखि अर्को ध्रुवमा नेकपा एमालेसम्म तथा तिनीहरुका बीचमा अलिकति देब्रेतिर ढल्किएको नेकपा माओवादी केन्द्र र अलिकति दाहिनेतिर ढल्किएको नेपाली कांग्रेससँग समेत मैले (काठमाडौंमा) छलफल गरेँ । साथै केही साना पार्टीहरु, पत्रकारहरु, टिप्पणीकारहरु तथा बुद्धिजीवीसँग पनि म बसेँ ।

मोदीले सन् २०१४ को नोभेम्बरमा सार्क सम्मेलनका लागि नेपाल आउने क्रममा जनकपुरमा आयोजित एउटा विशाल सभालाई सम्वोधन गरेपश्चात मधेसी केटीहरु (उनीहरुमध्ये धेरैले बिहारी पति पाउने सम्भावना रहन्छ) लाई हजारौंको संख्यामा साइकल वितरण गरेर बिहारको चुनावलाई प्रभाव पार्ने अवसर नेपालको सरकारले तुहाइदिएको झोक निकाल्न खोजे

झालाई मैले लुलो जवाफ दिएँ, ‘होइन, होइन, म नेपाल पक्षधर मात्र हुँ ।’

तर, झाले मुख चपाएर कुरा गरिरहेका थिएनन् । उनले तराईका मानिसहरुलाई भेदभाव गरिएको, एउटै आवाजमा बोल्न नदिएर विभाजित गरिएको, उनीहरु छिमेकी भारतसँग रोटी-बेटीको सम्वन्धमा भएकै कारणले समान प्रजातान्त्रिक अधिकारबाट वञ्चित गरिएको, जनसंख्याको अनुपातमा प्रतिनिधित्वको सिद्धान्तलाई लत्याएर उनीहरुलाई संसदमा उचित स्थान नदिइएको, मधेसी आवाजलाई विभाजित गर्न प्रान्तहरुको जातीय संरचनामा एकरुपतालाई इन्कार गरिएको र प्रशासनिक तथा कूटनीतिक क्षेत्रका उच्च पदहरुमा समानुपातिक प्रतिनिधित्व हासिल गर्ने उनीहरुको प्रयासलाई असफल पारिएको जस्ता कुराहरु गरे ।

यसका अतिरिक्त अंगीकृत नागरिकहरुलाई न्यायिक तथा सुरक्षा बल लगायत राजनीतिक र संवैधानिक कार्यालयका प्रमुख पदहरुमा जानबाट रोक्न संवैधानिक प्रावधान लागू गरिएको पनि उनले उल्लेख गरे । उनले यो पनि भने कि नेपाली नागरिकसँग बिहे गर्ने भारतीयहरुले नेपाली नागरिकता प्राप्त गर्न नयाँ शर्तहरु लागू गरिएको छ ।
‘हाम्रा यी मानवीय चिन्ताहरुलाई भारतले मात्रै बुझ्न सक्छ, तर तपाईं तराईका नागरिकहरुमाथि दमनमा जिम्मेवार काठमाडौंका नेता तथा पहाडिहरुको मतियार बन्नुभएको छ,’ उनले भने ।

झा बोल्दै गए, ‘नेपाल राष्ट्रहरु र राष्ट्रियताहरुको एउटा समूह हो र राजपाका विरोधीहरु शक्तिमा रहिरहनका लागि यी राष्ट्रियताहरुलाई एक आपसमा द्वन्द्वरत राख्न तल्लीन छन् ।’

मधेसीहरु देशको विभाजन चाहँदैनन् भन्नेमा झाले जोड दिए । उनीहरुको पार्टीको नाममै नेपाल जोडिएको र नेपाली झण्डा फहराइएको उनले उल्लेख गरे । ‘तर अहिले लागू गरिएको संविधान हामीलाई पूर्णरुपमा अस्वीकार्य छ,’ झाले भने, ‘हामी अहिले आफ्ना चासोहरुको सम्वोधनका लागि संविधान संशोधनको माग गरिरहेका छौं । तर मधेसीका मागहरुलाई पन्छाएर संविधानको कार्यान्वयन द्रुत गतिमा अगाडि बढिरहेको छ ।’

उदाहरणका रुपमा झाले दाबी गरे कि ५ नम्बर प्रदेशमा स्थानीय जनसंख्याभन्दा बढी सुरक्षाकर्मीहरु खटिएका छन् (यद्यपि, मेरा अन्य वार्तालापहरुमा यो दाबी झूटो ठहरियो) ।

झाका अनुसार मधेसीले राखेका मागहरु न्यूनतम हुन् । यी मागहरुको सम्वोधन गर्ने बाटो भनेको संविधान संशोधन नै हो । ‘संविधान संशोधनको बाटो एकदमै सरल र सहज छ,’ उनले भने, ‘तैपनि यो काम किन हुन सकेको छैन ?’

अहिलेको देउवा सरकारसँग दुई तिहाई बहुमत नभएकाले संविधान संशोधन हुन सक्दैन भन्ने तर्क बकवास भएको झाले बताए । यदि देउवा र प्रचण्ड गम्भीर भएर लागे भने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउन सक्ने झाको भनाइ थियो ।

‘यदि आउँदो माघ ७ भित्रै स्थानीय तह, प्रदेश र संसदको चुनाव भएको खण्डमा संविधान संशोधनको ढोका नै बन्द हुन्छ भन्ने चिन्ता मधेसी दलहरुलाई छ,’ झाले भने, ‘त्यसैले राजपाले निर्वाचन बहिष्कार गर्ने र आफ्ना समर्थकहरुलाई भोट नहाल्न आह्वान गर्ने निर्णय लिएको हो ।’

प्रदीप गिरीले लगाएको आरोप

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मलाई भने कि नेपालमा प्रत्यक्ष हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेर मैले आधारभूत रुपमा गल्ती गरेँ । उनले भने, ‘यो असम्भव छ । भारत हाम्रो निकट छ, यसले हामीलाई प्रभावमा राखेको छ, त्यसैले उ हाम्रो मामलाबाट अलग हुनै सक्दैन ।’

‘आफैंले सुरु गरेको प्रक्रियाबाट भारत अहिले कसरी भाग्न सक्छ ?’ गिरीले प्रश्न गरे ।

उनले यो पनि भने कि नेपालमा २००३ सालदेखि जेजति महत्वपूर्ण घटना भएका छन्, सबैमा भारत संलग्न छ । (उनले २००३ साल नै किन भने भन्ने लागेको थियो, तर मैले सोधिनँ ।)

साथै उनले विगतमा नेपाल र भारतबीच एक किसिमको ‘सम्झौता’ भएको उल्लेख गर्दै भने, ‘यसलाई भारतले अहिले इन्कार गर्न पाउँदैन ।’

गिरी बोल्दै गए, ‘उक्त सम्झौतालाई राजा महेन्द्रले १७ सालमा फ्याँकिदिए (जब भारत सरकारसँग महेन्द्रको टकराव परेको थियो) । तर, नेपालमा गणतन्त्र ल्याउने क्रममा भारतसहित हामी सबै एकै ठाउँमा आयौं ।’

मैले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थिएँ, जसले संसदमा दुई तिहाई बहुमत जुटाएर संविधान संसोधन गर्न आफू इच्छुक रहेको बताए । यो काम अहिले सम्भव नभए चुनावपछि हुने उनको भनाइ थियो ।

यसैगरी मैले माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेँ । उनले भने कि समझदारीको बिन्दू पत्ता लगाउन एमाले र मधेसीहरुलाई एक ठाउँमा ल्याउने चुनौति छ, जसले संविधान संशोधनलाई सहजीकरण गर्नेछ ।

एमालेको विचार बुझ्दा

मैले मधेसीको विचार पहिल्यै बुझिसकेको थिएँ । अब मेरो सबैभन्दा टड्कारो आवश्यकता भनेको एमाले नेतृत्वलाई भेट्नु थियो । तर, दुर्भाग्यवस त्यतिबेला दोस्रा चरणको चुनाव नजिकै आएको थियो र एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेताहरु काठमाडौं बाहिर थिए ।

यद्यपि, यसबीचमा मैले एमाले महासचिव ईश्वर पोखरेलको अन्तरवार्ता एउटा अंग्रेजी दैनिकमा पढ्न पाएँ । अन्तरवार्तामा उनले एमालेलाई मधेसविरोधी भनेर लाग्ने गरेको आरोपको खण्डन गरेका थिए ।

‘एमाले मधेसमै जन्मिएको र हुर्किएको पार्टी हो,’ पोखरेलले भनेका थिए । उनले मधेस र मधेसी जनताको हितमा एमालेको सरकारले के-के काम गर्‍यो भनेर लामो फेहरिस्त पनि प्रस्तुत गरेका थिए । ‘हामी एउटा कुरामा स्पष्ट छौं,’ उनले भनेका थिए, ‘मधेसका जनताहरु राष्ट्रवादी छन् र नेपालको दक्षिणतर्फको सीमा रक्षा गरेर बसेका छन् ।’

संविधान संशोधनको विषयमा उनले भने, ‘हामीले संविधान संशोधन गर्नै हुँदैन भनेका छैनौं, यति मात्र भनेका छौं कि संशोधनको औचित्य पुष्टि हुनुपर्छ ।’

समस्याको चुरो के छ भने एमाले बाहेकका शक्तिहरु संविधान संशोधनको औचित्य देख्छन् तर एमाले देख्दैन । तर, पोखरेलका शब्दमा, एमाले संविधान एउटा गतिशील र परिवर्तनीय दस्तावेज हो भनेर मान्छ ।

साइकल बाँड्न वञ्चित मोदी

विदेश सचिव र सुरक्षा सल्लाहकारको कथित टिप्पणीको आधिकारिकता जे भए पनि तथ्य के हो भने मोदीले आफ्नो सपथग्रहण लगत्तै नेपाल भ्रमण गर्दा यहाँको संसदमा चिप्लो भाषण गरेर कमाएको लोकप्रियता नाकाबन्दी चकनाचुर पारिदिएको छ

त्यसोभए भारतले यो विषयलाई केलाउने र सल्टाउने जिम्मा नेपालीहरुकै हातमा छोडिदिनुपर्ने होइन ?

यसको जवाफ हुन्छ, ‘हो’, यदि हामीले नेपाल एउटा सार्वभौम, स्वतन्त्र राज्य हो भन्ने तथ्य बिर्सिएनौं भने । तर, मोदीले सन् २०१४ को नोभेम्बरमा सार्क सम्मेलनका लागि नेपाल आउने क्रममा जनकपुरमा आयोजित एउटा विशाल सभालाई सम्वोधन गरेपश्चात मधेसी केटीहरु (उनीहरुमध्ये धेरैले बिहारी पति पाउने सम्भावना रहन्छ) लाई हजारौंको संख्यामा साइकल वितरण गरेर बिहारको चुनावलाई प्रभाव पार्ने अवसर नेपालको सरकारले तुहाइदिएको झोक निकाल्न खोजे ।

संविधानसभामा रहेका मधेसी सदस्यहरुको अत्यधिक बहुमतले भोट हालेको संविधानलाई मधेसीहरुको मागको प्रतिरक्षा गर्ने बहानामा उनले रोक्न खोजे र विधिपूर्वक संविधान पारित भइसकेपछि आफ्ना विदेश सचिव एस जयशंकरलाई संविधान जारी गर्न रोक्ने कार्यभारका साथ विशेष दूत बनाएर नेपाल पठाए ।

नेपालमा जयशंकरको व्यवाहार र शैली ‘लर्ड कुर्जोन’ को जस्तो देखियो । हामी कल्पना गर्न सक्छौं, यदि २६ जनवरीमा लर्ड माउन्ट ब्याटन भारत फर्केर दुई दिनअघि २४ जनवरी १९५० मा यहाँ जारी भएको संविधानको घोषणा रोक्नलाई आदेश दिएको भए हामी के गथ्र्यौं ?

नेपालले आफ्नो आदेश नमानेको झोंक उतार्न मोदीले हठधर्मी र चुनावमा पराजित मधेसी शक्तिहरुसँग मिलेर नेपालमाथि ‘अमानवीय’ नाकाबन्दी थोपरे । यसले भारतबाट नेपाल आउने अत्यावश्यक सामानहरु महिनौंसम्म अवरुद्ध भए । तर, अन्ततः यो नाकाबन्दी बाफ बनेर उड्यो ।

नेपाल र भारत सम्वन्धका जानकार हरी शर्माले विश्वस्त सूत्रलाई उद्वृत गर्दै मसँग भने, ‘जयशंकरले नेपालका प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेका थिए, मोदीलाई मनमोहन सिंह जस्तो नसम्झिनुस् ।’

यसैगरी मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले जनकपुरको प्रस्तावित सभा रद्द गरिएबाट मोदी क्रुद्ध बनेको जानकारी गराएका थिए । शर्माले निस्कर्ष सुनाए, ‘मोदी ठुस्किरहेका छन् ।’

मोदीको साख गिर्‍यो

नेपालीहरुले नाकाबन्दीको पीडा अझै भूलेका छैनन् । मैले सुनेअनुसार हालै सम्पन्न भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराउँदा नेपालमा व्यापकरुपमा खुशी मनाइयो ।

विदेश सचिव र सुरक्षा सल्लाहकारको कथित टिप्पणीको आधिकारिकता जे भए पनि तथ्य के हो भने मोदीले आफ्नो सपथग्रहण लगत्तै नेपाल भ्रमण गर्दा यहाँको संसदमा चिप्लो भाषण गरेर कमाएको लोकप्रियता नाकाबन्दी चकनाचुर पारिदिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर राणाले भने कि मोदीको असाधारण रुपमा सफल भ्रमण तथा भूकम्पपछिको शिघ्र र आक्रामक सहायताले नेपालमा पारेको प्रभावलाई नाकाबन्दीले खण्डित तुल्याइदिएको छ । नाकाबन्दीको आक्रोश तराईमा बिस्तारै मत्थर भए पनि पहाडमा भने नघटेको उनले बताए ।

पूर्वप्रधानमन्त्री तथा माओवादीबाट निस्केर आफ्नै पार्टी नयाँ शक्ति गठन गरेका नेता डा. बाबुराम भट्टराईले बीपी कोइराला र जवाहरलाल नेहरुका दिनहरु सम्झिए, जब नेपाली नेताहरुको भारतीय समकक्षीसँग सुमधुर सम्वन्ध थियो । तर, राजतन्त्रले यो सम्वन्ध भत्काइदिएको उनले बताए ।

भट्टराईले दुःख मान्दै भने कि नेपाली नेताहरुको अहिले मोदीसँग कुनै सम्वन्ध छैन । ‘मोदी राम्रो नियतले काठमाडौं आउनुभएको थियो र संसदमा उत्कृष्ट भाषण गर्नुभयो । तर, त्यसपछिका उहाँ नेपालको धरातलीय यथार्थप्रति बेखबरजस्तो देखिनुभयो । त्यसैले उहाँले मधेसीहरुको इस्यूमा माइक्रोम्यानेजमेन्ट गर्न खोजेर एक वर्ष समय खेर फाल्नुभयो । अन्त्यमा मधेसीहरुले पनि उहाँबाट धोका पाएको महसुस गरे,’ भट्टराईले भने ।

राजपालाई पैसा र सल्लाह !

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार भारतले नेपालमा नाकाबन्दी लगाउनु गम्भीर भुल थियो भन्ने महसुस गरेको छ । तर, भारतीय एजेन्सीहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिनका लागि राजपालाई पैसा र सल्लाह दिइरहेका छन् । ‘राजपा दिल्लीको सल्लाहमा चल्दै आएको छ, तर दिल्ली आफैंमा विभाजित छ,’ उनले भने ।

नयाँ आएका भारतीय राजदूत विगतका राजदूतहरुभन्दा कम हस्तक्षेपकारी छन् भन्ने विश्वासले नेपालीहरुलाई अलिकति राहत दिएको छ । नयाँ राजदूतले राजपाको बहिष्कारका बाबजुद मधेसीहरुलाई स्थानीय चुनावमा भाग लिन प्रोत्साहन गरेका थिए ।

सिक्किम-भुटान-चीनको त्रिदेशीय सिमानामा हाल जारी तनावका बीच अहिले हाम्रो सबैभन्दा चिन्ताको विषय भनेको नेपाल र चीनको सम्वन्धमाथि मोदीको ‘गेम’ ले निम्त्याउन सक्ने प्रभाव हो । नेपालका प्रधानमन्त्री देउवा भन्छन्, ‘चीनसँग नेपालको सम्वन्ध राम्रो छ तर, विशेष छैन ।’ उनी थप्छन् कि चीनसँगको राम्रो सम्वन्धले नेपालको सुरक्षालाई मजबुत बनाउँछ तर, यो सम्वन्ध कहिल्यै नेपाल र भारतको सम्वन्धजस्तो न्यानो हुन सक्दैन ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि आश्वस्त पार्छन्, ‘भारतविरोधी सेन्टिमेन्टलाई प्रयोग गरेर नेपालले चीनसँगको सम्वन्धलाई बढी मजबुत बनाउन वा भारतसँगको सम्बन्धलाई कमजोर बनाउन खोज्ने छैन ।’

उनी थप्छन्, ‘हामी सबैसँग राम्रो सम्बन्ध कायम गर्न इच्छुक छौं, तर भारतसँगको सम्वन्ध बढी महत्वपूर्ण र अनिवार्य ठान्छौं ।’

सी जिनपिन हस्तक्षेपकारी ?

राप्रपा नेता पशुपतिशम्शेर राणाको नजरमा चिनियाँ राष्ट्रपति सी जिनपिन अलि हस्तक्षेपकारी छन् । र, यो नेपालसँगको सम्वन्धमा झल्किएको छ ।

‘पहिले चीनले नेपालको आन्तरिक मामलामा कहिले पनि हस्तक्षेप गर्थेन,’ राणाले भने, ‘तर अहिले यो विस्तारै परिवर्तन हुँदैछ । तिब्बतको रेल्वे सिगात्सेसम्म आइसकेको छ र अबको तीनदेखि चार वर्षमा यो काठमाडौं नजिकसम्म आउनेछ । पछि सायद लुम्बिनीसम्म पुग्ला । नेपालमा चीनको लगानी भारतको भन्दा बढी छ र नेपालीहरुलाई चिनियाँ भाषा तथा संस्कृति सिकाउने स्कुलहरु बढिरहेका छन् । (यो पनि जोड्नु आवश्यक छ कि नेपालको चीनसँग दैनिक हवाई सम्पर्क भारतसँगको भन्दा निकै बढी छ ।) त्यसैले बदलिएको परिप्रेक्षमा भारतले नेपालमा आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ । यो अहिलेको प्रमुख आवश्यकता हो ।’

अन्ततः म एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेट्न सफल भएँ । उनले आफ्नो भनाइ प्रष्ट शब्दमा राखे, ‘हामी प्रो-चाइना वा एन्टी इन्डियन होइनौं । तर, हामी भारतको हातमा चाहिँ छैनौं ।’

उनले भनेको सही हो । भुपरिवेष्ठित नेपाललाई भारतले तीन साइडबाट घेरेको छ, तर चौथो साइडमा चीन छ ।

‘हामी स्वतन्त्र हौं । हाम्रो आफ्नो सार्वभौमसत्ता छ । हाम्रो आफ्ना अन्तर्राष्ट्रिय अधिकारहरु छन् । हामी ‘ल्यान्ड लक्ड’ हौं, तर, अब ‘ल्यान्ड लिंक्ड’ हुन चाहन्छौं । हामी किन चीनसँग व्यापार तथा पारवहन सन्धि गर्न सक्दैनौं ?’ पोखरेलले प्रश्न गरे ।

अन्त्यमा उनले भारत र नेपाल मिलेर अघि बढ्नुपर्ने, एक-अर्काप्रति खुलस्त हुनुपर्ने, दुवैले दुवै पक्षको कुरा सुन्नुपर्ने र एक-अर्काको संवेदनशीलतालाई ख्याल राख्नुपर्नेमा जोड दिए ।

बुद्धीजीवीहरुको राय

म सोच्छु कि यसले नेपालसँग परिपक्वताको सम्वन्ध विकास गर्नुपर्छ, जसले नेपाललाई एउटा संरक्षित राज्य वा चीनका विरुद्ध बफरको रुपमा होइन कि आफ्नो स्वार्थ राम्रोसँग बुझेको, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्छ र जसले विश्वास गर्छ कि यो भारतको अधीनमा रहेको नेपाल होइन, यो नेपाल हो, जसले भारतको उत्तरतिर रहेको सच्चा साथीका रुपमा आफ्नो शीर उच्च राख्छ ।

राजनीतिज्ञहरुभन्दा विश्लेषकहरु खुलेर कुरा गर्छन् ।

राजनीतिक विश्लेषक सिके लालले भने, ‘भारत नेपालीहरुलाई अनादर गर्छ । विशेष गरी राजनीतिज्ञहरुलाई । भारत सोच्छ कि उनीहरुलाई खरिद गर्न सकिन्छ ।’

हरि शर्मा यसमा थप्छन्, ‘भारत-नेपालका हरेक अन्तरक्रिया नेपालको मुद्दामा केन्द्रित हुन्छन्, जुन हाम्रो लागि शर्मनाक अनुभव हो ।’

युवराज घिमिरे अझै अगाडि बढ्दै भन्छन्, ‘नेपालको चीनसँग बढ्दो निकटता भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाउनुको एउटा कारण हो ।’

‘भारतले के बुझ्नु आवश्यक छ भने,’ हरि शर्मा भन्छन्, ‘नेपाल र चीनबीचको सम्वन्धलाई ठूलो प्रक्रियाको सन्दर्भमा हेरिनु आवश्यक छ, जसमा नेपाल चीनको वान बेल्ट वान रोड परियोजनाबाट लाभान्वित हुन चाहन्छ, चाहे यसमा भारतको रिजर्भेसन किन नहोस् ।’

नेपाली कांग्रेसका पूर्वमन्त्री नविन्द्रराज जोशी भन्छन्, ‘बटमलाइन के हो भने, हामीसँग संविधान छ र यो कार्यान्वयन भइरहेको छ । यसका अतिरिक्त, संविधान लचिलो छ र आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ ।’

सबैको कुरा सुन्दा मोदीले मधेसीको रक्षक बनेर बुरुक्क उफ्रिनुपर्ने कुनै कारण छैन । नेपालीहरु आफैं उनीहरुका कामबारे सचेत छन् ।

चुनावी परिणामको सन्देश

म फर्केको दिन २८ जूनमा नेपालमा दोस्रो चरणको स्थानीय चुनाव भयो । उक्त चुनावमा ७३.७ प्रतिशत मत खस्यो । जबकि राजपाले चुनाव बहिष्कारको आह्वान गरेको थियो । राजपाका थुप्रै राष्ट्रिय तथा स्थानीय नेताहरुले आफ्नो नेतृत्वको आदेश उल्लंघन गरे र चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा खडा भए ।

यो चुनाव एमालेको पक्षमा गयो । मधेसमा पनि एमाले पहिलो पार्टी भयो, जून ठूलो आश्चर्य थियो । कांग्रेस दोस्रो स्थानमा धकेलियो भने माओवादी केन्द्र तेस्रो स्थानमा ।

भारतले अब हरुवाहरुलाई बोकेर हिँड्ने मोदीको अभ्यासलाई निरन्तरता दिइरहने होइन कि नयाँ जनमतलाई आत्मसात गर्दै आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।

कुन बाटो रोज्ने ?

प्रदीप गिरीले आरोप लगाएजस्तो म नेपालप्रति भारतले आफ्नो पिठ्यूँ फर्काउनुपर्छ भन्ने विश्वास राख्दिनँ । तर, म सोच्छु कि यसले नेपालसँग परिपक्वताको सम्वन्ध विकास गर्नुपर्छ, जसले नेपाललाई एउटा संरक्षित राज्य वा चीनका विरुद्ध बफरको रुपमा होइन कि आफ्नो स्वार्थ राम्रोसँग बुझेको, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्छ र जसले विश्वास गर्छ कि यो भारतको अधीनमा रहेको नेपाल होइन, यो नेपाल हो जसले भारतको उत्तरतिर रहेको सच्चा साथीका रुपमा आफ्नो शीर उच्च राख्छ ।

यहाँबाट हामी कता जान्छौं ? मैले रोबर्ट फोर्स्टको  प्रख्यात कविताको पङ्ती सम्झिएको छुः ‘एउटा जंगलमा दुईवटा बाटा छुट्टिन्छन् र म त्यो बाटो रोज्छु, जुनमा कम यात्रा गरिएको छ र यसले सबै फरक पार्‍यो । र, यसले सबै फरक पार्नेछ ।

source :onlinekhabar

‘राष्ट्रिय एकताको प्रतीक मास्न क्रिश्चियनहरु लागेका छन्’

dr-ramesh-dhungel_810

लोकतन्त्र आएपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाड्यो । यो वर्ष पनि सरकारले कुनै औपचारिक कार्याक्रम गरेन । तर, क्रिसमसमा विदा दिने सरकारले पृथ्वी जयन्तीलाई चटक्कै विर्सिएको भन्दै आलोचना भएको छ ।

यसै सन्दर्भमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिका सह-संयोजक समेत रहेका इतिहासविद् तथा संस्कृतिविद् डा. रमेश ढुंगेलसँग अनलाइनखबरका लागि जोतारे धाइबाले गरेको कुराकानीः

पृथ्वीनारायण शाहबारे हामीकहाँ वस्तुगत मूल्यांकन कत्तिको भएको छ ?

– हुँदै नभएको त होइन । एक तप्काबाट भएको छ । तर, राष्ट्रिय स्तरमा धेरै कुरा चिन्तन नै नगरीकन भावावेश र हुलमुलमा बिगार्ने हाम्रो प्रवृत्ति बढेको छ । विगत एक-दुई दशयताको राजनीतिक परिवर्तनको क्रममै यस्तो भयो । एउटा तप्काले पृथ्वीनारायण शाहको योगदानलाई भुल्नु हुँदैन भनेर आवाज उठाइरहेको छ । तर, राष्ट्रले हुलमुलवादलाई प्रश्रय दियो । जनतामा बहसै नगरीकन पृथ्वी जयन्ती र एकता दिवस हटाइयो ।

युद्ध र आन्दोलनको बेला पृथ्वीनारायणलाई नै मुख्य तारो बनाएर सालिकहरु ढालियो । जसले राष्ट्र निर्माण गर्‍यो र हामीलाई हाम्रो देश भन्ने जग दियो, त्यो जग नै भत्काउन थालियो । जुन राष्ट्रियताको लागि घातक थियो । पृथ्वीनारायण शाह ऐतिहासिक आवश्यकता थिए, उनी राजा मात्र नभई राष्ट्रनिर्माता थिए भन्ने व्याख्या पहिल्यैदेखि हुनुपथ्र्यो । जुन नहुँदा आज इतिहासको अपव्याख्या गर्ने ठाउँ बनिरहेको छ । एकता दिवस नै नामेट पार्ने काम भएको छ ।

नेपाल देश नरहोस् भन्नेले जरामा धमिरा छोडेको छ, पृथ्वीनारायणलाई सम्झिनु भनेको त्यो धमिरा मार्नु हो

उनी एकीकरणका अभियन्ता र राष्ट्रनिर्माता हुन् कि होइनन् भनेर पछिल्लो समय बहस भइरहेको छ, यो अवस्थामा राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने आधारहरू के छन् त ?

– पृथ्वीनारायणलाई सम्झनु र उनलाई सम्मान गर्दै राष्ट्रिय दिवस मान्नु भनेको अहिले धमिरा लाग्दै गरेको नेपाली राष्ट्रियताको जुन जरा छ, त्यसमा फेरि नयाँ अंकुरण गराउनु हो । विरोधी तत्वहरुले त्यही कुरा बुझेर विरोध गरिरहेका छन् । नेपाल देश नरहोस् भन्नेले जरामा धमिरा छोडेको छ, पृथ्वीनारायणलाई सम्झिनु भनेको त्यो धमिरा मार्नु हो । त्यसैले धमिरा लगाउने तत्वले अनेक बहाना गरेर भरिशक्य अवरोध गर्छ । तर, हामीले एकता दिवसको मर्म छोड्नु हुँदैन । हामीले छोड्यौं भने नेपाल राष्ट्रको मुख्य जग नै बिर्से जस्तो हुन्छ । त्यो नभई न आजका हामी रहन्थ्यौं, न विभिन्न दलहरु हुन्थे, न त आजको अग्रगामी राजनीतिक फड्को मानिएको गणतन्त्र नै आउँथ्यो ।

कुनै देशलाई चट पार्नु छ भने सबैभन्दा पहिले त्यहाँको सांस्कृतिक र धार्मिक धरोहरमाथि नै आक्रमण हुने हो । त्यही कुरा अहिले भइरहेको छ । त्यसभित्रका संवर्द्धनकर्ता र निर्माणकर्ता पृथ्वीनारायण भएकाले उनीमाथि प्रहार भइरहेको छ ।

पृथ्वीनारायणको सालिक भत्काउने र एकता दिवसै नमान्ने कुरा के बाट प्रेरित भए जस्तो लाग्छ ?

– मानव स्वभाव परिवर्तन चाहन्छ, जुन स्वाभाविक पनि हो । दुई सय ५० वर्षयता धेरै शासकहरुले शासन गरे । मान्छेहरुमा एक किसिमको मनोटोनस पैदा भयो । शासकहरु नै खराब भएर देशको विकास भएन, हामी गरिब भयौं भन्ने धेरैलाई लाग्यो । विरोधमा व्यक्ति, समूह र राजनीतिक पार्टी आन्दोलित भए ।

परिवर्तन खोज्ने क्रममा पहिले गरेको योगदानलाई हुलमुलमा पारेर बिर्सने काम भयो । सोच्दै नसोची आज पृथ्वी जयन्ती बन्द गर्दिउ“m, भोलि पशुपतिनाथमा पूजारी फेर्दिउ“m, बहुमत भएको जातजातिलाई शासकसँग लगेर तिनीहरुको गलत परिभाषा जोडिदिऊँ भन्ने लहर चल्यो । सबै दोष शासक र तिनको संस्थापकमा लगेर हाल्दिने प्रवृत्ति हावी भयो । त्यही घानमा पृथ्वीनारायण परे । जुन पूर्णरुपमा गलत हो । सोचविचार तथा अध्ययन नगरी र इतिहास नबुझी गरियो । त्यसमा हामीले पुनर्विचार गर्नुपर्ने अवस्था छ ।

हामीले पृथ्वीनारायणलाई सम्झिनुपर्ने कारणहरु चाहिँ के हुन् ?

– पृथ्वीनारायण शाह नभएको भए अहिलेको नेपाल हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा जानुपर्ने हुन्छ । जन्मन त अर्को कोही जन्मन्थ्यो होला, कहिले जन्मन्थ्यो, धेरै समय पनि लाग्न सक्थ्यो । उनी सुरुमा त ठूलो देशको राजा हुन्छु भन्ने सोचले नै महत्वाकांक्षी भएर राज्य विस्तारमा निस्किए । सामन्ती युगमा त्यस्तो आवश्यकता थियो । तर, स्रोतहरु अध्ययन गर्दा उनी त तुलनात्मक रुपमा सन्तुलित, पक्षपातरहित देखिन्छन् ।

पाँच दर्जनभन्दा धेरै भुरेटाकुरे राज्यमा गोर्खा त जम्मा १२ हजार घर भएको सानो राज्य थियो । त्यति सानो राज्यले आफू हाराहारीको र आफूभन्दा ठूला राज्यलाई जित्दै जाने भिजन निकाल्यो । पछि राज्य विस्तार हुँदै जाँदा पृथ्वीनारायणलाई यसरी त राज्य ठूलो र बलियो बन्ने रहेछ, यो क्षेत्रका धर्म-संस्कृति र सभ्यताहरु पनि बच्ने रैछन् भनेर सोच आएको देखिन्छ ।

उनी निश्चित धर्म र जातिको मात्र रक्षक बनेनन् । लडाइँका क्रममा आफ्नै सगोत्री समेत मार्नुपर्छ भनेर उनले आफ्नो गोत्र समेत परिवर्तन गरेका थिए । फेरि एकीकरणको अभियानमा उनको मार्ने र मिच्ने मात्र प्रवृत्ति थिएन । मेरो छत्र मान्नू, स्थानीय अधिकार तिमीहरुकै हुन्छ भनेर उनले सम्झौताको नीति पनि अपनाए । यस्ता भयंकर भिजन लिएर नेपाल राष्ट्र निर्माण गरेकोले उनको योगदान उच्च छ ।

सारा विश्वमा नै सामन्ती र साम्राज्यवादी शासन व्याप्त भएको समयमा पृथ्वीनारायण चाहिँ कसरी फरक थिए ?

– सामन्त युगमा तुलना गर्‍यो भने उनी साझा संस्कृतिका परिचायक थिए । उनले मसँग खस छन्, खाँडहरु छन्, मगर छन्, गुरुङ छन्, यिनैलाई सदाएर मैले राज्य अघि बढाउनुपर्छ भनेका छन् । जो पहुँचमा छन्, उनीहरुलाई नै प्रयोग गर्ने हो । उनले गोर्खाबाट राज्य विस्तार अभियान सुरु गरे, त्यतिखेर एकैचोटि किराँत वा नेवारलाई सेना नायक त कसरी बनाउँथे ?

काठमाडौं उपत्यका जितेपछि यहाँ नेवारहरुको संस्कृतिको सबैभन्दा प्रशंसा गर्ने उनै हुन् । उनले राजनीतिक रुपमा विजय हासिल गरे पनि र सांस्कृतिक रुपले आत्मसमर्पण गरे । डबलीमा बोलाएर भारदारहरुले तीन वटै शहरका झाँकीहरु हेर्नू, मुजरा हेर्न नजानू भन्थे । सबै संस्कृति जस्ताको तस्तै संरक्षण गरेर राख्दिएको हुनाले उपत्यकाको नेवारी सभ्यता जीवित रह्यो ।

कुमारी प्रथा, सम्यक पूजा, कार्तिक नाच लगायतका कुरामा फेरबदल गरेनन् । सांस्कृतिक क्षेत्रमा जस्तै आर्थिक क्षेत्रमा पनि उनले आत्मनिर्भरतामा जोड दिए । बरु उनका पछिका सन्तानबाट केही कमजोरी भएका छन् । उनी साझा संस्कृतिकै परिचायक हुन् ।

त्यसो भए उनलाई निश्चित जातिको पृष्ठपोषक भए भनेर किन आरोप लगाइन्छ त ?

– त्यो त पछिल्लो समयमा अध्ययन बिना लगाइएको आरोप हो । पृथ्वीनारायणले राज्य विस्तार गर्ने क्रममा सबैभन्दा पहिले आफ्नै गोत्रको राजामाथि युद्ध गर्दै सुरु गरे । पहिले मकवानपुरको सेन राज्य जितेका हुन्, जुन उनको आफ्नै ससुराली थियो । त्यस क्रममा आफ्नै जेठान दिगबन्धन सेनलाई मारे । उनले पहिले नेवार र किराँत राज्य त जितेका होइनन् । कुनै पनि जातीय राज्य जितेका होइनन् । किराँत राज्य भन्ने नै थिएन, त्यो त सेनहरुले पहिल्यै लिइसकेका राज्य थिए । त्यतिबेला कुनै जातीय राज्य नभई चौदण्डी, विजयपुर, मकवानपुर जस्ता राज्य थिए । त्यही राज्य जितेका हुन् उनले ।

कीर्तिपुरमा उनले गोर्खाको विरोध गर्‍यो भने यस्तै हुन्छ भनेर देखाउन केहीको नाक काटेकै हुन्, यति धार्नी भयो भन्ने फाल्तु कुरा चाहिँ क्रिश्चियनहरुले फैलाएको अतिशयोक्ति हो, किनकि क्रिश्चियनको साँच्चै विरोधी थिए पृथ्वीनारायण

हाम्रो राज्य खोसियो, हामीलाई दमन गरियो भनेर अपव्याख्या गरिएकै हो । अन्तर्राष्ट्रिय जगतमा अपव्याख्या पनि भएको छ यहाँ । नेपालको अपव्याख्या गर्न युरोप र अमेरिकासम्मका विश्वविद्यालयका फोरमहरु प्रयोग गरिएको छ । अहिले पृथ्वीनारायणले जातीय हिसाबमा मान्छे मार्दै हिँड्यो भन्ने कुराको जवाफ खोज्नुपर्छ हामीले । इतिहास कसैको मनपरी गर्ने ठेक्का होइन । यसमा त वास्तविकताको विश्लेषण गरिनुपर्छ । उनीबारे बोल्न हामीले सेन्टिमेन्टल हुनु जरुरी छैन, प्रमाण र प्रमेयले नै स्पष्ट बोल्छन् ।

उनीबारे अफवाह फैलिनुको कारण के हो ?

– उनले कीर्तिपुरेको नाक काटे, जातीय रुपमा थिचोमिचो गरे भनिएको पाइन्छ । कीर्तिपुरमा उनले गोर्खाको विरोध गर्‍यो भने यस्तै हुन्छ भनेर देखाउन केहीको नाक काटेकै हुन् । यति धार्नी भयो भन्ने फाल्तु कुरा चाहिँ क्रिश्चियनहरुले फैलाएको अतिशयोक्ति हो । किनकि क्रिश्चियनको साँच्चै विरोधी थिए पृथ्वीनारायण । उतिबेला क्रिश्चियनहरुलाई सात दिनभित्र निस्किएर जान उनले आदेश दिएका थिए ।

यहाँ कति क्रिश्चियन पनि बनेका थिए, उनीहरु पनि सँगै भागेका थिए । त्यसपछि नै क्रिश्चियनहरु शाह राजाको विरोधमा लागेका हुन् । अहिले पनि नेपालमा इसाईकरणको प्रयास स्पष्ट देखिन्छ । त्यो चाहिँ नेपालको दुर्भाग्य हो ।

त्यसको अर्थ पृथ्वीनारायणप्रति पूर्वाग्रही भावना विकास हुनुमा पश्चिमा मुलुकहरुको पनि हात छ ?

– क्रिश्चियनहरुमा क्याथोलिकहरु आफूभित्रै रमाउने खालमा भए पनि प्रोस्टेस्टेन्टहरु चाहिँ संसारै क्रिश्चियनको साम्राज्य हुनुपर्छ भनेर कुदिरहेका छन् । क्रिश्चियानिटी भनेको मिसिनरी रिलिजन हो ।

dr-ramesh-dhungel

हिन्दूहरुलाई तल-वितल पार्ने क्रिश्चियनहरुको सोच पक्कै छ । प्रोस्टेस्टेन्ट अन्तर्गत नयाँ किसिमका खेलहरु भइरहेका छन् । यहाँनेर चर्चहरु सशक्त छन् । तिनले पृथ्वीनारायणलाई एउटा शत्रुका रुपमा लिए । नेपालमा र भारतमा रहेका हिन्दूका संस्थाहरुलाई निशाना बनाए ।

युरोपेली सभ्यतामा विकास भएका कुरा हाम्रो न्याय प्रणालीमा पसेका छन् । हाम्रो परम्परा, स्थानीय मान्यता, हिन्दू धर्मका कुरा अब कम हुँदै गए । तिनलाई अझ मास्न क्रिश्चियनहरुको भित्रभित्रै जोड छ । अंग्रेजको शासनले भारतमा धर्म-संस्कृतिको गि्रप कमजोर भए पनि नेपालभित्र भने गि्रप बाँकी छ भनेर तहसनहस पार्न उनीहरु लागेका छन् ।

त्यसमाथि पृथ्वीनारायण राष्ट्रिय एकता र सांस्कृतिक धरोहरका प्रतीक भए । उनी हिन्दुपति नभए पनि ‘यो त असली हिन्दुस्ताना रहेछ’ भनेर क्रिश्चियनबाट पीडितहरु यहाँ आऊ, ओत पाउँछौ भने । त्यसैले क्रिश्चियनहरुले विभिन्न जातजातिमा उनी नै मुख्य शत्रु हो, उनले आक्रामक नीति लिएर तिमीहरुलाई दमन गरेर खाए भन्ने व्याख्या गरे । जनता परिवर्तनको क्रममा भएको बेला त्यस्तो भ्रम पारियो । त्यसबाट उनी आक्रमणको तारोमा परे ।

क्रिश्चियनहरुको प्रभाव बढिरहँदा राजनीतिक परिवर्तनको क्रममा हाम्रो इतिहास मेट्न यहाँका नेताहरु पनि प्रयोग भएको देखिन्छ ?

– अवश्य भए र प्रष्ट रुपमा भए । कतिपय नेता त क्रिश्चियनको पैंतालाको धूलो भइरहेका छन् । यहाँ त क्रिश्चियनहरुको जग्गा जमिन किन्दिनुपर्‍यो भने उनीहरु नै पछि-पछि लाग्छन् । ठूला-ठूला पदमा र पोलिसी मेकिङमा पुगेका मान्छेहरु प्रष्ट रुपमा बिकेका छन् यहाँ । यो देशलाई धर्म निरपेक्ष भनेर राख्नु त्यसैको एउटा उपक्रम हो । नत्र किन धर्मनिरपेक्ष भनेर संविधानमा राख्नुपर्‍यो ?

पृथ्वीनारायणले पनि त्यही साझा संस्कृतिकै कुरा गरेका थिए । क्रिश्चियनले पैसा दिएर, बोकेर मन्त्री बनाइदिन्छन् यहाँ । अनेकथरि ढाँट र छलका समूहको नाम दिएको छ, भित्रभित्रै क्रिश्चियनको गतिविधि छ । कुनै भोटै नआउने पार्टी बनाइदिएको छ, त्यसबाट फुतुफुतु फुल मन्त्री भएर खाए अस्तिसम्म । तिनको काम के छ भने, क्रिश्चियन फैलाउने, चर्च बनाउने ।

अहिले जातीय-सांस्कृतिक विविधताको एकता खलबलिएको जुन अवस्था छ, यो बेला पृथ्वीनारायणलाई सम्भिmनुपर्ने आवश्यकता झन् प्रबल भएको हो ?

– हो । उनले ‘चारै वर्ण छत्तीसै जातको साझा फूलबारी हो, चेतना भया’ भनेर दिव्योपदेशमा भनेका छन् । चेतना भया भनेर उनले आदेश पनि दिएका हैनन् । कतिले अपव्याख्या गर्छन् । यदि तिमीलाई यो देशप्रति अलिकता गम्भीरता छ भने यो देश चारै वर्ण छत्तीस जातको साझा फूलबारी हो भनेको हो ।

पछिल्लो समय जनजाति भन्ने शब्दलाई गलत रुपमा प्रयोग गरिएको छ । जनजाति टर्म बाह्य शक्तिबाट निर्देशित हो । जन भनेको जनता, जाति भनेको आम समुदाय भएकोले हामी सबै जनजाति हौं । पहिलेको समयमा एउटा रुलिङ क्लास हुन्थ्यो, अर्को जनता हुन्थ्यो । जनजाति भनेको त्यही थियो । अहिले चाहिँ क्षेत्री, बाहुन र ठकुरीलाई सर्लक्क झिकेर अलग्याएपछि बाँकी जनजाति हुने भए । कलुषित दृष्टिकोणले बनाइएको हो त्यो चिज । अरु चाहिँ शासक हुन् त ? त्यसलाई बकाइदा छाती खोलेरै संविधानमै उल्लेख गर्न थालियो । गलत त्यहीँ छ । पृथ्वीनारायणको सालिक ठोक्न थालियो, गलत त्यहीँ छ ।

उनले विभिन्न जातलाई हाने भनिएको पाइन्छ । त्यसको लागि कसैले प्रमाण अघि सारोस् । उनले आफ्ना जात च्यापेर अरुलाई पूर्वाग्रहवश हानेका छैनन् । उनले त आफ्नै ससुरालीलाई पनि बाँकी राखेनन् । बरु किराँत र लिम्बूसँग सम्झौता गरे । कुनै पनि एउटा जातलाई थिचोमिचो गरौं भन्ने उनको सोच थिएन । त्यो बेकारको कुरा हो । सबैको साथ लिएर एकता अभियान सफल पारेकोले अहिलेको संवेदनशील समयमा त्यो मर्म झन् महत्वपूर्ण भएको छ ।

अहिले नयाँ परिवर्तनकारी उनले गरेको भूराजनीतिको व्याख्यालाई गलत व्याख्या गरेर नेपाल भनेको त दुई ढुंगाको बीचको डाइनामाइट हो भने

पृथ्वीनारायणले ‘नेपाल दुई ढुंगा बीचको तरुल रहेछ’ भनेका छन् । यसबाट उनमा भूराजनीतिक चेत कस्तो रहेछ भन्ने बुझिन्छ ?

– उनले राज्य जितेर विस्तार गर्दै गए । जित्दै जाँदा कतिसम्म फैलिने भन्ने कुरा आयो । कतिसम्म जाने र बनाएको कुरालाई कसरी बचाएर लैजाने भनेर उनीभित्र प्रश्न उठ्न थाल्यो । उनले सोचे, उत्तरमा त्यत्रो ठूलो बादशाह छ, सजग भएन भने नेपाललाई सर्लक्कै किचिदिन सक्छ । दक्षिणको बादशाह अंग्रेज झन् महाचतुर छ, छुद्र बुद्धि लगाएर खाइदिन सक्छ भनेका छन् उनले ।

यी दुइटा ठूला ढुंगा हुन्, ढुंगो लड्यो भने तरुल त किचिन्छ । तर, तलकोसँग सजग भयो र माथिको सँग पनि जोगिएर बस्यो भने तरुल बाँचे जस्तो बाँच्न सकिन्छ भन्ने धारणा उनले बनाए । उनमा भूराजनीतिक स्थितिको ज्ञान रहेछ । आज पनि अंग्रेजले उपनिवेश बनाएको दक्षिणको छिमेकीसँग सावधान भएर बस्नुपर्ने अवस्था छ ।

डाइनामाइट भएर चीन र भारतलाई पनि समस्या सिर्जना गरिदिनु त दुस्साहस मात्र हो, हामी आफैंलाई भष्म बनाउने कुरा हो

अहिले नयाँ परिवर्तनकारी उनले गरेको भूराजनीतिको व्याख्यालाई गलत व्याख्या गरेर नेपाल भनेको त दुई ढुंगाको बीचको डाइनामाइट हो भने । माओवादीबाट सुरु भएको डाइनामाइट भन्ने कन्सेप्ट निकै क्याची भयो । डाइनामाइट भएर दुइटै ढुंगालाई फोडेर हामी त विशेष हुन सक्छौं भनेर धेरैले गजब माने । तर, अहिलेको युगमा त्यसमा पनि यति सानो मुलुक डाइनामाइट हुन सम्भव छैन । डाइनामाइट भएर चीन र भारतलाई पनि समस्या सिर्जना गरिदिनु त दुस्साहस मात्र हो । हामी आफैंलाई भष्म बनाउने कुरा हो । अहिले कूटनीति चल्छ । कूटनीतिमा डाइनामाइटको नीति चल्दैन । पृथ्वीनारायणले चाहिँ सुरक्षा र संवर्द्धन गर्ने कुरा गरे । उनकै नीति बरु उपयोगी हुन्छ ।

उनी साम्राज्यवादी शक्ति विरुद्ध लडे, उनलाई नै साम्राज्यवादी पनि भनियो । साम्राज्य खडा गर्ने उनको त्यस्तो योजना देखिन्छ ?

– एकदम अन्याय हो त्यो आरोप । त्यतिबेलाको दृष्टिकोणबाट हेरौं, यदि पृथ्वीनारायणले स-साना भुरे टाकुरे राज्यलाई एकीकरण गर्ने अभियानको सूत्रपात नगरेको भए तिनलाई टुक्रा-टुक्रा गर्दै अंग्रेजले खाइदिन सक्थ्यो । राज्यहरुको बीचमा आन्तरिक द्वन्द्व थियो । एउटाको झुन्ड बटुलेर अर्को राज्यमा पाकिरहेको धान लुट्न जान्थे, त्यस्तो तल्लो स्तर थियो । कुनै जनता सुरक्षित थिएनन् । जनताले नै एउटा भरपर्दो र बलियो शासक खोजिरहेको अवस्था थियो । एकातिर आफैंभित्र द्वन्द्व थियो भने अर्कोतिर त्यस्तो कमजोर अवस्थामा बाहिरको ठूलो शक्ति सहयोग गर्न राज्यहरुमा पसिरहेको थियो ।

पृथ्वीनारायणले दूरदर्शिता देखाएर अंग्रेज फौज राज्यहरुमा पस्नु अगावै आक्रमण गरेर भगाए । अंग्रेज फौज पसेको भए आजको नेपाल नरहन सक्थ्यो । अहिलेको जस्तो नेपाल कुनै हालतमा बन्ने थिएन । इतिहास नै अर्कै हुन्थ्यो ।

सैन्य ‘कु’ : सधैको त्रास

nepal-army2015-5856145e7b5494-79541504

विष्णु सुवेदी

नेपालमा जब राजनीतिक संक्रमणले एउटा कठिन मोड लिन्छ, त्यतिबेला सहरमा एउटा हल्ला चल्छ, अब सेना ‘मुभ’ हुन्छ। एउटा कुनाबाट सेनालाई अघि सार्ने कसरत सुरु हुन्छ। एक हद अगाडि बढेर यसलाई सैनिक कु रुपमा पनि चर्चा गर्ने गरिएको छ। बजारमा यो निकै भाइरल हुन्छ तर यसको वास्तविकता भने सधै कमजोर।

पछिल्लोपटक गत ८–९ मंसिरमा जंगीअड्डामा जर्नेल सम्मेलन ( पृतनापति समन्वयात्मक बैठक) भयो। बैठकले मुलुकको अवस्था निकै अस्थिर र जटिल रहेको निश्कर्ष निकाल्यो। जर्नेलहरूको एउटा बैठकको निश्कर्ष नै सेनाको भावी भूमिकालाई निर्देशित गर्ने पर्याप्त आधार नहुनसक्छ। तर यसले राजनीतिक वृत्तमा पनि एउटा तरंग पैदा गरिदियो। यसले स्पष्ट संकेत के दिएको छ भने जंगीअड्डा मुलुकको यो भद्रगोल राजनीतिको सुक्ष्म अवलोकन मात्रै गरिरहेको छैन, उसले त्यसमा आफ्नो स्पेस पनि खोजिरहेको छ।

राजनीतिक प्रक्रिया र परिवर्तनलाई व्यवस्थापन गर्न दलहरु असक्षम भएको, राज्य असफल हुन थालेका लक्षण देखिन थालेको र मुलुक एउटा भयानक गृहयुद्धतर्फ धकेलिनसक्ने चिन्ता जंगीअड्डाको आन्तरिक बैठकमा पटकपटक व्यक्त हुने गरेको छ। संविधानप्रति मधेस तथा अन्य समुदायको निरन्तर असन्तुष्टी, नयाँ संविधानको छिमेकीको अलोचनात्मक दृष्टि, मुख्य दलहरुबीचको ध्रुवीकरण, संवैधानिक निकायहरुबीचको टकराव, तीनवटा चुनावको संभावना कमजोर बन्दै गएको अवस्थालाई सेनाले निकै नजिकबाट नियालिरहेको छ।

७ माघ २०७४सम्म स्थानीय, प्रादेशिक र संघीय चुनाव हुनुपर्ने संवैधानिक डेडलाइन छ। अबको १३ महिनामा यी चुनाव गर्न प्राविधिक, राजनीतिक र कानुनी हिसाबले निकै कठिन छ । राजनीतिक वातावरण बन्न सकेको छैन, कानुन निर्माण भएका छैनन्। चुनाव हुन नसकेको अवस्थामा माघ ०७४ पछि मुलुकमा एउटा डरलाग्दो ‘भ्याकुम’ सिर्जना हुने र मुलुकमा राजनीतिक नेतृत्वले समेत नियन्त्रण गुमाउनसक्ने विश्लेषण गर्दै त्यो अवस्थामा आफ्नो भूमिका के हुने भन्नेबारेमा जंगीअड्डा अहिलेदेखि नै निकै सचेत र सतर्क भएर बसेको छ।

भरोसा र भय

नेपालको राजनीतिक विकासक्रम नियाल्दा संकटको हरेक मोडमा सेनाको भूमिकाबारे अनेक आशंका र अनुमान हुने गरेका छन्। ००७ सालको परिवर्तन देखि ०७२ सालमा संविधानसभाले संविधान लेखिसकेपछिको अवस्थामा पनि सेनाको भूमिकालाई भय र भरोसा दुवै कोणबाट हेर्ने गरेको पाइन्छ।

नेपालको भूराजनीतिक अवस्थिति तथा सामाजिक परिवेशका हिसाबले सैनिक ‘कु’ वा राज्य संचालनमा सेनाको प्रत्यक्ष भूमिका त्यति सहज संभावनाका रुपमा हेर्न सकिदैन । तर नेपालमा यो असंभव छ भन्ने निश्कर्ष निकाल्ने अवस्था अझै बनेको छैन।

१ पुस २०१७ मा महेन्द्रले सेनाकै आडमा निर्वाचित संसद् र सरकारलाई भंग गरेर निरकुंश पंचायत लादेको थिए । प्रत्यक्ष रुपमा सेनाले सत्ता नलिए पनि यो पनि एक प्रकारको सैन्य ‘कु’ थियो । तत्कालीन सेनापति रुक्मांगद कटवाललाई हटाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’को निर्णयलाई राष्टपतिले उल्ट्याएको प्रकरण, ०४७ मा अन्तरिम सरकारले संविधान ल्याउनुअघि बैकल्पिक मस्यौदा बोकेर जर्नेलहरू दरबार पुगेको घटना होस् वा संविधानसभाले संविधान जारी गर्न ढिलाइ गर्दाको अवस्था होस्, संक्रमणको हरेक संवेदनशिल मोडमा सेनालाई जबरजस्ती तान्ने प्रयास हुन्छ, अनि राजनीतिक वृत्तमा भयको एउटा मनोविज्ञान सिर्जना गरिन्छ।

‘देश खत्तम भो’ भन्ने आम निराशाको एउटा ‘क्लाइमेक्स’सँगै प्रकट हुने आसको केन्द्रमा पनि सेना देखिन्छ । ‘दलहरूले बिगारे’, ‘लोकतन्त्र र गणतन्त्र ल्याएर के भयो’, ‘सबैतिर अराजकता बढ्यो’, ‘अनुशासन कतै भएन’, ‘भ्रष्टाचार बढ्यो’, यस्ता थुप्रै निराशा र कुण्ठासँगै सेना आयो भने केही गर्छ कि भन्ने झिनो आसा देखिन्छ ।
यो भद्रगोललाई सेनाले ‘लिक ’मा ल्याउँछ कि भन्ने भरोसा एकातिर छ भने अर्कोतिर सेना हावी भए नागरिक सर्वोच्चता सधैका लागि समाप्त हुने र शक्ति र स्रोतको संस्थागत दुरुपयोग हुने , सुशासनमा खिया लाग्ने र अन्ततः संक्रमणको अर्को कहालीलाग्दो शृखंला सुरु हुने आशंका पनि छ।

सुरक्षा मामिला विज्ञ डा. दीपकप्रकाश भट्ट राजनीतिक मामिलामा सेनाको सक्रियता झन् पत्युत्पादक हुने बताउँछन् । उनी भन्छन् , ‘दलहरूले बिगारेकोले यसलाई सच्चाउने वा सपार्ने मौका पनि उनीहरूलाई दिनुपर्छ । सेनाले साथ र सहयोग दिने मात्र हो ।’

शक्तिशाली जंगीअड्डा

मुलुकभित्र र बाहिर पनि राज्य संचालनको एउटा स्थायी शक्ति र स्रोतका रुपमा सेनालाई हेर्न थालिएको छ। पछिल्ला घटनाक्रमलाई सुक्ष्म रुपमा अध्ययन गर्दा स्पष्ट देखिन्छ, राजनीतिक तहबाट वा राज्यबाट हुने राष्ट्रिय महत्वका संवेदनशील निर्णय तथा कदममा पनि जंगीअड्डाको आशय र अभिरुचिलाई ख्याल गर्न थालिएको छ ।दुवै छिमेकी र अन्य विदेशीले पनि राजनीतिक तथा प्रशासनिक तहमा डिल गर्नुअघि आफ्नो सरोकार तथा स्वार्थ पुरा गर्नका लागि सेनालाई विश्वासमा लिनुपर्ने वाध्यता छ। सेनासँगको सम्बन्धलाई कुटनीतिको महत्वपूर्ण पाटो बनाएका छन् । अदृश्य शक्तिको रुपमा सेना फेरि उदाउने क्रममा छ ।

Nepal-army1

जंगीअड्डा मुलुकको यो भद्रगोल राजनीतिको सुक्ष्म अवलोकन मात्रै गरिरहेको छैन, उसले त्यसमा आफ्नो स्पेस पनि खोजिरहेको छ।चुनाव हुन नसकेको अवस्थामा माघ ०७४ पछि मुलुकमा एउटा डरलाग्दो ‘भ्याकुम’ सिर्जना हुने र मुलुकमा राजनीतिक नेतृत्वले समेत नियन्त्रण गुमाउनसक्ने विश्लेषण गर्दै त्यो अवस्थामा आफ्नो भूमिका के हुने भन्नेबारेमा जंगीअड्डा अहिलेदेखि नै निकै सचेत र सतर्क भएर बसेको छ।

झन्डै एक लाखको हाराहारीमा रहेको एउटै मात्र संगठित र स्रोत साधनले पनि सम्पन्न शक्ति हो सेना। जनशक्ति, साधनस्रोत, नेटवर्क, पहुँच र प्रविधि सबै हिसाबले सेना आफैमा सिंहदरबारभन्दा बढी शक्तिशाली र संगठित देखिन्छ।दृश्यमा भूमिका नदेखिए पनि राज्य संचालनमा सेनाको मनोवैज्ञानिक प्रभाव घटेको छैन, पछिल्लो समयमा झन् बढेको छ । अहिले सबैको आसा र भरोसाको केन्द्र जस्तै बनेको छ सेना । शान्ति प्रक्रियामा फर्किएपछि अपमानजनक शब्दसहित सेनालाई दस हजारमा झार्ने अभिव्यक्ति दिने प्रचण्डलगायतका माओवादी नेताहरु पनि अहिले सेनासँगको सम्बन्धलाई निकै सम्मान र महत्व दिन थालेका छन्।

लामो समय दरबारको छत्रछाँयामा रमाएको सेना अहिले पनि प्रणालीप्रति भन्दा पनि कुनै परमाधिपतिप्रति जवाफदेही वा बफदार हुन रुचाउने मनोविज्ञानबाट निर्देशित देखिन्छ । सुरक्षा संवेदनशिलताका नाममा सेनाले आफूलाई सकभर अपारदर्शी वा रहस्यमय भूमिकामा राख्न चाहन्छ ।

अहिलेको संक्रमण र जटिलता राजनीतिक समस्या भएकोले यसको समाधान सैन्य प्रयोगबाट हुन नसक्ने सुरक्षा मामिला विज्ञ गेजा शर्मा वाग्ले बताउँछन् । उनी भन्छन् , ‘राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति राम्रोसँग बुझेको व्यवसायिक सेनासँग त्यस्तो खालको राजनीतिक महत्वकांक्षा छ जस्तो मलाई लाग्दैन । राष्ट्रिय सेनाको भूमिकामा अनावश्यक आशंका र अनुमान गर्नु ठीक होइन ।’

सैन्य सक्रियताको सिलसिला

करिब साढे चार सय वर्षको इतिहास बोकेको सेना नेपालको राजनीतिक इतिहासको एउटा अभिन्न अंगका रूपमा रहेको छ । सैनिक ‘कु’ को चर्चा ००७ सालपछि पटक–पटक भएको छ । आफ्नो सत्ता जोगाउन राणा शासकदेखि अहिलेका जननिर्वाचित प्रधानमन्त्रीसम्मले सेनाको साथ र सहयोग लिन खोजेको पाइन्छ।

२००७ सालको क्रान्तिपछिको लामो संक्रमणमा सेनाको भूमिका शक्तिशाली थियो । जननिर्वाचित संसद्लाई भंग गरेर ०१७ सालमा महेन्द्रले ‘कु’ गर्दा महत्वपूर्ण साथ सेनाले नै दियो । ०४६ को परिवर्तनअघि पनि सैनिक ‘कु’ को चर्चा भयो । आन्दोलनले निर्णायक मोड लिंदै गर्दा सेनाको सक्रियता बढेको थियो तर परिवर्तन रोक्न सम्भव भएन ।
२०४७ सालमा संविधान घोषणा गर्नुअघि सेनाले हस्तक्षेपको प्रयास गरेको थियो । जर्नेलहरूको टोली संविधानको मस्यौदा नै बोकेर दरबार पुगेका थिए । तर, अन्तरिम प्रधानमन्त्री भट्टराईको साहस र सुझबुझले गर्दा कुनै दुर्घटना भएन र संविधान आयो। ०५८ सालमा होलेरीमा सेना परिचालन गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आग्रह गर्दा राजा वीरेन्द्रले अनुमति दिएनन् । होलेरी कान्डसँगै सैनिक ‘कु’ को चर्चा पनि भयो।

यस्तै, १९ जेठ ०५८ मा राजदरबार हत्याकाण्डपछिको निकै संवेदनशील संक्रमणको अवस्थामा पनि सेनाको सक्रियताको चर्चा नभएको होइन । १८ असोज ०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदमुक्त गर्दा र १९ माघ ०६१ को शाही घोषणापछिको राजाको प्रत्यक्ष शासनको अवस्थामा पनि सेनाले ‘कु’ गर्ने चर्चा चलिरह्यो ।

संविधानसभा निर्वाचनको मिति पटक–पटक स्थगित भएको, पहिलो संविधानसभा निर्वाचनपछि र संविधानसभाको पहिलो बैठक बस्नुअघिको संक्रमण, संविधानसभा संविधान लेख्न असफल भएर स्वतः विघटन भएको घट्नाक्रम, प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार गठन भएपछिको अन्योलको अवस्था, नयाँ संविधान जारी हुने पूर्वसन्ध्या, संविधान जारी भएपछि चर्केको मधेश आन्दोलन र नाकाबन्दीको अवस्थामा सेना ‘मुभ’ हुने चर्चा चलिरह्यो ।

उचाल्ने मनोविज्ञान

व्यवसायिक चरित्र नगुमाएको, राजनीतिमा नमुछिएको र ‘चेन अफ कमान्ड ’का हिसाबले ’इनट्याक्ट’ रहेको एउटै मात्र राज्यको निकाय सेना हो । उसलाई विवादमा तान्ने, उचाल्ने र कमजोर बनाउने प्रयास संक्रमणका बेला धेरै कोणबाट हुन्छन् र भएका छन्।

जंगीअड्डा वा सेनापतिको स्वभाविक अभिव्यक्तिमा पनि आफू अनुकुलका अनेक अस्वभाविक आशय जोडेर अनुमान र आशंका गर्ने गरिएको छ । मधेश आन्दोलन तह लगाउन पनि सेनालाई ल्याउनुपर्छ भनेर चर्चा चलाइयो। मधेसी दलहरुले सेनामा मधेसी समुदायको सहभागितालाई एउटा मुद्दाको रुपमा अघि सारेको अवस्थामा मधेश र सेनाबीच दुरी बढाउन पनि सेनालाई मधेसतर्फ धकेल्ने प्रयास एउटा कुनाबाट भयो।

यस्तै सेनालाई हिन्दु धर्मको प्रतिक बताउँदै एकथरीले निरपेक्षताविरुद्धको अभियानमा पनि जबरजस्ती उचाल्ने प्रयास गरिरहेका छन् । तर, सेनाले भने यसमा आफ्नो व्यवसायिक सुझबुझ र संयम देखाएको छ।

आफूलाई राष्ट्रवादी र देशभक्त ठान्ने एकथरीले पछिल्ला दिनमा सेना सक्रिय हुनुपर्‍यो भनेर निकै चिन्ता गर्ने गरेको पाइन्छ। उनीहरु नितान्त आफ्नो स्वार्थका लागि सेनालाई प्रिय र पवित्र निकाय भन्दै ढाडस दिन खोज्दैछन्।

आवरणमा सेनाप्रति भारी समर्थन, शुभचिन्ता र भक्तिजस्तो देखिए पनि त्यो जमातको नियत सेनालाई नै बलियो बनाउने भने होइन। यसतर्फ सैनिक नेतृत्व पनि सचेत देखिएको छ । एउटा जमात अहिले पनि मधेश, संघीयता, हिन्दु धर्मलगायतका अन्य लफडा झिकेर अवस्थालाई अझै उत्तेजित र हिंसात्मक बनाउने र सेनालाई जबरजस्ती फिल्डमा तान्ने दाउमा छ । यदि यो प्रयास सफल भएमा मुलुकमा एउटा अराजक संक्रमण पैदा हुने, त्यसले नयाँ संविधानको यात्रा नै धरापमा पर्ने र ०६३ पछिको परिवर्तन नै उल्टिनसक्ने भ्रमबाट त्यो जमात निर्देशित देखिन्छ ।

नेपाली सेनाले अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो व्यवसायिक चरित्र र संयम गुमाएको छैन । आफ्नो परमाधिपति (तत्कालीन राजा) हट्दा पनि अनेक अपमान, आक्षेप, आशंका र असहिष्णु व्यवहार सहेर पनि सेनाले परिवर्तनलाई साथ दियो र नागरिक लगामलाई कहिल्यै उपेक्षा गरेन। ०६२र ६३ पछिको केही समय दलहरूको शंका र उपेक्षाको शिकार बनेको त्यही सेना निकै छोटो समयमा दलहरुका लागि सबैभन्दो भरपर्दो र विश्वसनीय संस्था बन्यो र आमजनमानसमा त्यही छवि स्थापित गर्न सफल भयो।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्की नेपाली सेनाको भूमिका र दायित्व संविधानले निर्देशित गरेको बताउँछन् । उनी भन्छन्, ‘जस्तोसुकै परिस्थिति आइपरे पनि त्यो भूमिका र दायित्व निर्वाह गर्न सेना तयार छ ।’कार्कीको भनाइ छ, ‘मुलुकको समग्र वस्तुस्थितिको सेनाले सुक्ष्म अवलोकन गरिरहेको छ । जनभावना बुझेर हरेक परिवर्तनलाई आत्मसात् गर्दै आएको पनि छ ।’

यस्तो क्षेत्रीय परिवेश

हाम्रा छिमेकी र क्षेत्रीय परिवेश हेर्ने हो भने राज्यमा सेना सबैतिर हाबी देखिन्छ। चीन, बंगलादेश, श्रीलंका, बर्मा, थाइल्यान्ड र पाकिस्तानमा सेनाको भूमिका राज्य सञ्चालनमै हस्तक्षेपकारी हैसियतमा देखिन्छ।

छिमेकी भारतमा सेनाको सक्रियता राज्य सञ्चालनको तहमा नभए पनि उसको भूमिकामा प्रश्न उठाउने अवस्था छैन । नागरिक नेतृत्वले सेनालाई विश्वासमा राख्न सकेको छ भने सेनाले पनि राजनीतिक नेतृत्वलाई सम्मान गरेको छ । तर, सेनाको स्वार्थ र सरोकारलाई उपेक्षा वा इन्कार गर्नसक्ने हैसियतमा भारतको राजनीतिक नेतृत्व पनि छैन ।

एसियाली मुलुकमा देखिने राजनीतिक, आर्थिक तथा सामाजिक उच्छृखलता र द्वन्द्व समाधानमा सेनाको सक्रियता बढी नै देखिने गरेको नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा बताउँछन्। भन्छन्, ‘क्षेत्रीय परिवेशलाई हेर्ने हो भने सेनाले ठीक पार्छ भन्ने मनोविज्ञानबाट हामी पनि टाढा छैनौं ।’

सक्रियता र शासनका तीन मोडल

सैन्य सक्रियता तथा शासनको इतिहास हेर्ने हो भने सामान्य रूपमा तीन वटा मोडेल सामुन्नेमा आउँछन्, प्रत्यक्ष, निर्देशित र मनोवैज्ञानिक शासन । प्रत्यक्ष शासनको मोडेलमा सेना आफैंले सत्ता र सरकार चलाउँछ । र, सम्पूर्ण जवाफदेहिता आफैं लिन्छ। नागरिक संयन्त्र र नागरिक जवाफदेहिता सुषुप्त हुन्छ । कार्यकारी पदमा सेनाका जर्नेल आफैं बस्छन् ।
अर्को मोडेल सेनाबाट निर्देशित शासन हो, जहाँ सेनाले अप्रत्यक्ष शासन चलाउँछ। उसको इच्छाअनुसारका पात्रहरू कार्यकारी पदमा हुन्छन् तर निर्णय र कार्यान्वयन प्रक्रियामा सेनाको सिधा हस्तक्षेप हुन्छ । बंगलादेश र पाकिस्तानमा यो अवस्था धेरै पटक दोहोरिएको छ।

Sena Highlights

 

मनोवैज्ञानिक शासनमा सेनाले मनोवैज्ञानिक रूपमै आफूलाई शक्तिशाली बनाउने प्रयास गर्छ। राजनीतिक शक्तिहरू सेनालाई खुशी पार्ने वा उसको इच्छा बुझेर अगाडि बढ्ने प्रयास गर्छन् । यो मोडलमा सेनाले केही गरिहाल्छ कि भन्ने त्रास हुन्छ । भित्र त्यस्तो केही योजना र तयारी नभए पनि सेनाले भयको मनोविज्ञान सिर्जना गर्न खोज्छ । र, आमजनतामा पनि दलहरूले बिगारे सेनाले ठीक पार्छ भन्ने भावना ‘इन्जेक्ट’ गर्ने प्रयास हुन्छ । पछिल्ला दिनमा नेपालमा सेनाको सक्रियताको चर्चा धेरै हदसम्म यही मोडेलसँग मिल्दोजुल्दो छ ।

जोखिमभन्दा ‘पावर इन्जोय’

नेपाली सेनाको कमजोर पक्ष नै अपजस, जवाफदेहिता र प्रतिक्रियाबाट छिटो डराउनु हो। पहिले सेनाको नेतृत्व पंक्तिमा काजी खलकको प्रभुत्व थियो । जनशक्ति र भावना नबुझेका उनीहरू जोखिम मोलेर अगाडि बढ्न बेला–बेलामा तम्सिन्थे । शासकीय शान र स्वभाव देखाउँथे । ०६३ को परिवर्तन अघिसम्म पनि सेनामा भारदार वा काजी खलक (थापा, बस्न्यात, पाँडे, कुँवर, राणा र शाह) को बेग्लै राप र रवाफ थियो । अब त्यो अवस्था बा“की छैन।

पछिल्लो समयमा जर्नेल वृत्तमा काजी खलकको प्रभुत्व कमजोर हुँदै गएको देखिन्छ । सेनाको नेतृत्व तहमा जनजाति तथा मध्यम परिवारका ब्राह्मण र क्षत्रीको बाहुल्यता बढ्दै गएको छ । जनतालाई जानेका र बुझेका जर्नेलहरूको जमात बढ्दै गएकाले पनि ‘कु’ को मनोविज्ञानबाट जंगीअड्डा टाढा हुँदै गएको विश्लेषण एउटा कोणबाट गर्न सकिन्छ । राजनीतिक रूपमा सक्रिय भएर उपलब्ध फुली र शानलाई जोखिममा पार्नेभन्दा पनि चुपचाप शक्तिको आनन्द लिंदै सद्दे बनेर बस्ने मुडमा देखिन्छन्, अहिलेका जरसा’पहरू ।

अपजस र जवाफदेहिता लिनु नपर्ने गरी‘पावर इन्जोय’मानसिकताबाट अहिले पनि सेना निर्देशित छ । ‘कु’ गरेर राज्यसत्ता नै आफ्नो हातमा लिने महत्वाकांक्षा र त्योस्तरको हिम्मत अहिले जंगीअड्डाका जर्नेलहरूमा देखि“दैन । तर, यस्ता चर्चा र हल्ला चलाएर आफूलाई एउटा शक्तिका रूपमा प्रस्तुत गर्ने तथा मनोवैज्ञानिक त्रास दिइरहने रणनीतिबाट जंगीअड्डा टाढा छैन । यस्ता चर्चा हुँदा जंगीअड्डाका जर्नेलहरूलाई पीडा हुँदैन, उनीहरू ‘इन्जोय’ गर्छन् । किनकी, यस्ता चर्चाका पछाडि सेनाको गुप्तचरी ‘फिडब्याक’ रहने गरेको आमबुझाइ छ ।

‘मुलुकलाई लिकमा ल्याउन सेना सक्रिय हुनसक्छ’

बालानन्द शर्मा, पूर्वरथी, नेपाली सेना

balananda-sharma_20101103091956_1

प्रजातान्त्रिक मुलुकमा सेनाको राजनीतिक सक्रियता शोभनीय हुँदैन । सेनाको त्यो चाहना पनि छैन होला । तर, मुलुक नै नरहने वा गृहयुद्ध हुने अवस्था आएमा सेना चुप लागेर बस्नु हुँदैन भन्ने हो । त्यो दायित्वमा सेना सचेत हुनुपर्छ।

२०६३ को परिवर्तनपछि अहिलेसम्मको यात्रामा दलहरूले जे जे गर्न सक्नुपथ्र्यो, त्यसो हुन सकेन । उनीहरू एक हिसाबले असफल देखिए । नयाँ संविधान बन्यो तर त्यसले गति लिन सकेन । चुनाव हुनसक्ने सम्भावना छैन । आर्थिक विशृंखलताले सीमा नाघेको छ, दण्डहीनता बढेको छ । राजनीतिक संक्रमण झन् जटिल बन्दै छ । यस्तो अवस्थामा राजनीतिक प्रक्रिया र राज्य सञ्चालनलाई लिक ल्याउनका लागि सेनाको सकारात्मक सक्रियता हुनुपर्छ भन्ने खालका कुरा अहिले उठेका छन्, जुन अस्वाभाविक होइन ।

मुलुक नै नरहने अवस्थामा सेना आफ्नो दायित्व निर्वाह गर्न सक्रिय हुनुपर्छ । त्यसको अर्थ सैनिक ‘कु’ वा राज्यसत्ता नै आफ्नो हातमा लिएर सेनाले सत्ता नछाड्ने भन्ने होइन । सेनाको पहलमा छोटो समयका लागि मुलुकलाई ‘लिक’मा ल्याउन केही न केही हुनसक्छ । त्यसका लागि सेनाले राज्यका अन्य निकाय, राजनीतिक शक्तिहरू र नागरिक समुदायसँग समेत सल्लाह र समन्वय गर्नसक्छ। यो एउटा विकल्प हुनसक्छ । पहिले पनि दलहरूले एक पटक आफूले नसकेर अरुलाई जिम्मा लगाएको अवस्था हो । त्यो काम फेरि सेनाले गर्छ भन्ने के फरक पर्छ त भन्ने धेरै छन् ।

तर, त्यसका लागि पनि सेनाले एउटा विन्दुसम्म धैर्य लिनुपर्छ, पर्खिनुपर्छ । जब मुलुक पछाडि फर्किन नसक्ने अवस्थामा पुग्छ, अनि बल्ल सेना अगाडि सर्छ । मुलुक तथा राज्य नै नियन्त्रणबाहिर जान थालेपछि सेनाले पर्खिने अवस्था हुँदैन।

यही अवस्थालाई लथालिंग छाडिदिने हो भने यहाँ नसोचेको अवस्था आउँछ र गृहयुद्ध पनि हुनसक्छ । सेना ब्यारेकमा चुपचाप बसेर मुलुकलाई गृहयुद्धसम्म जान दिने कि पहिले नै अवस्थालाई नियन्त्रणमा ल्याउन उसलाई अगाडि बढ्न दिने ? यो गम्भीर प्रश्न हो ।

मुलुक नै नरहने अवस्थामा सेना आफ्नो दायित्व निर्वाह गर्न सक्रिय हुनुपर्छ । त्यसको अर्थ सैनिक ‘कु’ वा राज्यसत्ता नै आफ्नो हातमा लिएर सेनाले सत्ता नछाड्ने भन्ने होइन । सेनाको पहलमा छोटो समयका लागि मुलुकलाई ‘लिक’मा ल्याउन केही न केही हुनसक्छ । त्यसका लागि सेनाले राज्यका अन्य निकाय, राजनीतिक शक्तिहरू र नागरिक समुदायसँग समेत सल्लाह र समन्वय गर्नसक्छ। यो एउटा विकल्प हुनसक्छ ।

अहिले दलहरू असफल मात्रै होइन, कमजोर देखिए। राजनीतिक नेतृत्वले निर्णय क्षमता गुमाइसकेको अवस्था छ । आफैं निर्णय गरेर अडिने अवस्था छैन । दलहरूबीच हानथाप छ । राज्यका अरु निकाय पनि कमजोर छन्। यस्तो अवस्थामा सबैलाई ठीक पार्ने तथा यो भद्रगोललाई नियन्त्रणमा ल्याउने काम सेनाले गर्न सक्छ कि भन्ने आशा धेरै देखिन्छ । भन्न नसकेको मात्र हो, धेरैको मनमा सेना आइदिए हुन्थ्यो भन्ने छ। यसो भन्दैमा सेनाले आफ्नो मर्यादा र परिधि बिर्सेर उत्साहित वा उत्तेजित हुनु हुँदैन । प्रक्रिया र सीमाभित्र बसेर नै उसले मुलुकलाई लिकमा ल्याउन सघाउने वा पहल गर्ने काम गर्नुपर्छ । त्यसमा धेरैको आपत्ति पनि नहोला ।

मेरो सुझाव के हो भने, सकेसम्म सच्चाउने तथा समाधान खोज्ने थुप्रै मौका अझै पनि राजनीतिक नेतृत्वलाई दिइनुपर्छ। पार नलाग्ने अवस्था आएमा मात्र सेना ‘मुभ’ हुने हो ।
सेनाको साथ र निष्ठामा दलहरूले अब प्रश्न उठाउने ठाउँ छैन । परमाधिपति हट्दा पनि सेना चुपचाप सहेर बस्यो र राजनीतिक परिवर्तनलाई आत्मसात गर्‍यो। सेनाले राजाले भनेको मानेन, दलहरूले भनेको मान्यो । त्यसैले अब सेनालाई दोष दिने वा शंका गर्ने ठाउँ छैन । सेनाले नचाहेको भए वा सहयोग नगरेको भए राजनीतिक प्रक्रिया यहाँसम्म आइपुग्ने नै थिएन ।
(रथी शर्मासँग कुराकानीमा आधारित)

पाँचौं प्रदेशको विखण्डन: कुरा त्यहींसम्म मात्र सीमित रहने छैन

pradesh-no-5-5855f9ec1f1826-25124914

अहिले सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएपछि त्यो राष्ट्रिय चर्चा र सामान्यतः देशव्यापी र विशेषतः पाँच नम्बर प्रदेशमा व्यापक आन्दोलनको विषय बनेको छ । त्यो विधेयकले नागरिकता र भाषासम्बन्धी नीतिलाई अरू खुकुलो बनाउनेछ र राष्ट्रिय सभामा मधेसवादीहरूको बहुमत बनाउन उनीहरूलाई अरू मद्दत पुर्‌याउनेछ । तर त्यो विधेयकको मुख्य र सबैभन्दा विवादास्पद र आपत्तिजनक राष्ट्रघाती पक्ष पाँच नम्बर प्रदेशको विखण्डन नै हो ।

रूपले हेर्दा त्यो सामान्य प्रादेशिक विषयजस्तो देखिन्छ, तर सारमा त्यसले राष्ट्रिय महत्त्व राख्छ र त्यसका दुरगामी दुष्परिणाम हुनेछन् । त्यो विधेयकको तात्कालिक उद्देश्य पाँच नम्बर प्रदेशका तराईका जिल्लालाई अलग गरेर बेग्लै मधेस प्रदेश बनाउनु हो । त्यसरी त्यो प्रदेशको निर्माणले पहाडबाट अलग गरेर तराईमा बेग्लै प्रदेशहरूको निर्माण गर्ने सिलसिलामा जसरी दुई नम्बर प्रदेशको निर्माण गरियो, त्यो सिलसिलालाई अरू एक कदम अगाडि बढाउनेछ ।

भारत, नेपाली कांग्रेस वा मधेसवादीहरूले प्रचण्डलाई उधारोमा प्रधानमन्त्री बनाएका होइनन् । त्यसको बदलामा उनीहरूलाई हातहातै र नगद प्रतिफल चाहिन्छ । उनको प्रधानमन्त्री बनिरहने अवधि पनि लामो छैन । त्यसैले उनको प्रधानमन्त्रीको अल्पअवधिमै उनीबाट उनीहरूले काम लिन चाहन्छन् । उनीहरूको त्यो आवश्यकता पूरा गर्न नै प्रचण्डले वर्तमान संशोधन विधेयक संसद्मा दर्ता गराएका हुन् । प्रचण्डले उनीहरूको काम नगरिदिएमा उनीहरूले उनलाई दिएको समर्थनसमेत फिर्ता लिने धम्की दिएका छन् । मधेसवादीद्वारा समर्थन फिर्ताको अर्थ प्रकारान्तरले भारतले पनि समर्थन फिर्ता गर्नुहुनेछ । त्यसैले प्रचण्डका अगाडि छिट्टै त्यो संशोधन विधेयक दर्ता गर्नु आवश्यक हुन गयो ।

तर स्पष्ट छ । त्यो विधेयक भारत वा मधेसवादीहरूको पूरै आवश्यकताअनुसार छैन । त्यो कुराले यसको पनि संकेत गर्दछ, प्रचण्डले जुन कदम उठाइरहेका छन्, त्यसबाट साँच्चिकै राष्ट्रघात हुने त होइन ? त्यसबारे उनका मनमा केही हिच्किचाहटको भावना पनि छ । अर्को शब्दमा उनमा देशभक्तिको भावना वा देश र जनताप्रतिको जिम्मेवारीको भावना पूरै समाप्त नभइसकेको संकेत पनि त्यो विधेयकले दिन्छ ।

त्यसैले उनले त्यो विधेयकमा मधेसवादीका सबै माग सामेल गरेका छैनन् । यो सम्भावना पनि अस्वीकार गर्न सकिन्न, केही महिनाभित्र प्रधानमन्त्री पदबाट हटेपछि पुनः उनीभित्र दबेर बसेको देशभक्तिको भावना पुनः जागेर आउने त होइन ? त्यो बेला उनले पुनः आफ्नो गल्तीबारे आत्मालोचना गर्ने त होइनन् ?

जे होस्, अहिलेको संशोधन विधेयकमा भारत वा मधेसवादीहरूले प्रस्तुत गरेका सबै माग समेटिएका छैनन् । त्यसैले मधेसवादीहरू त्यो विधेयकलाई पूरै समर्थन गर्न तयार भएका छैनन् । उनीहरूले संसद्मा त्यसको विरोध गर्नेसमेत बताएका थिए । तर त्यसबारे भारतीय सरकारले बढी व्यावहारिक (? ) दृष्टिकोण अपनाएको छ —पाएको जति लिइहाल्ने र बाँकीका लागि प्रयास जारी गर्दै जाने । त्यही नीतिअनुसार भारत सरकारले त्यो विधेयकलाई स्वागत गरेको छ ।

भारतीय दूतावासले सबै मधेसवादी नेताहरूलाई बोलाएर विधेयकबाट जेजति प्राप्त हुन्छ, त्यसलाई सुदृढ र समर्थन गर्न निर्देशन पनि दिएको छ ।

संविधान संशोधन विधेयकले प्रचण्डलाई अप्ठ्यारो अवस्थामा पुर्‌याएको छ । उनले यो पनि बताएका छन्, त्यो विधेयक पारित नभएमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् । अर्कोतिर, त्यो विधेयक पारित हुन पनि धेरै कठिन छ । मधेसवादीहरूले पनि उनलाई पूरा समर्थन नगरेकाले उनको कठिनाइ बढेको छ । उनीहरूलाई मेचीदेखि कन्चनपुरसम्म पूरै तराई चाहिएको छ । पाँच नम्बर प्रदेशका तराईका पाँच जिल्ला उनीहरूको आवश्यकताका तुलनामा धेरै कम छन् ।

सरकारको आशाको विपरीत पाँच नम्बर प्रदेशका जनता व्यापक रूपमा त्यो विधेयकविरुद्ध उत्रे । त्यति मात्र होइन, स्वयं सत्ता पक्षका, माओवादी केन्द्र र कांग्रेसका सांसदहरू, उनीहरूका आमकार्यकर्ता र समर्थकहरू पनि खुलारूपले त्यो संशोधनविरुद्ध उत्रे ।

प्रचण्डले बारम्बार कुनै पनि अवस्थामा त्यो विधेयक फिर्ता नलिने बताएका छन् । तर अब यो करिब-करिब निश्चित भइसकेको छ कि त्यो विधेयकको पक्षमा दुईतिहाई बहुमत प्राप्त गराउन उनका लागि सम्भव देखिन्न । त्यो विधेयक पारित हुन सक्दैन भन्ने शेरबहादुर देउवाले पनि बुझेका छन् । त्यसैले उनले त्यो विधेयकलाई मतदानमा लैजानुपर्नेमा जोड दिइरहेका छन् । त्यसका पछाडि उनको यो दृष्टिकोणले काम गरेको बुझ्न गाह्रो पर्दैनः संसद्ले विधेयकलाई अस्वीकार गरेपछि आफ्नो घोषणाअनुसार प्रचण्डले तुरुन्त राजीनामा दिनेछन् र त्यसपछि उन (शेरबहादुर) लाई छिट्टै प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुनेछ ।

प्रचण्डको योजनाअनुसार पाँच नम्बर प्रदेशको विखण्डन भयो भने पनि कुरा त्यहीँसम्म सीमित रहने छैन । त्यो कार्य सम्पूर्ण तराईमा पहाडी भूभागलाई अलग गरेर मधेस प्रदेश बनाउने योजनाको अंग मात्र हुनेछ । त्यसरी पाँच नम्बर प्रदेशको समस्या खालि एउटा प्रादेशिक समस्या नभएर एउटा राष्ट्रिय समस्या हो । त्यसकारण पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने योजना असफल पार्न राष्ट्रिय दृष्टिले नै निर्णयात्मक महत्त्वको कार्य बन्न गएको छ ।

मधेसको समस्या वा देशको राजनीतिलाई हामीले अहिले प्रस्तुत भएको संविधान संशोधन विधेयक वा पाँच नम्बर प्रदेशको विखण्डनको सीमाभन्दा माथि उठेर हेर्नुपर्ने आवश्यकता छ । अहिलेको विधेयक संसद्बाट पारित भयो भने त्यसका गम्भीर दुष्परिणाम हुनेछन् । त्यसको परिणामस्वरूप खालि पाँच नम्बर प्रदेशको मात्र विखण्डन हुने छैन । त्यसले प्रथम चरणमा सम्पूर्ण तराईमा पहाडी भूभागबाट अलग गरेर मधेस प्रदेश निर्माणको लागि आधार तयार पार्नेछ । त्यसको परिणाम कति दूरगामी हुनेछ ? कसैले पनि सजिलैसित अन्दाज गर्न सक्छ ।

अर्कोतिर त्यो विधेयक फिर्ता लिइयो वा पारित भएन भने पनि भारतको विस्तारवादी नीति वा मधेसवादीका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा जुन गम्भीर खतरा उत्पन्न भएको छ, त्यसको अन्त्य हुने छैन । मधेसवादीहरूले दुवै अवस्थामा तराईलाई नेपालबाट अलग गराउने आफ्नो प्रयत्न जारी राख्न सक्नेछन् । त्यो संशोधन विधेयक पारित भएमा उनीहरूले त्यो प्रक्रिया अगाडि बढाएर तराईलाई नेपालबाट अलग वा स्वतन्त्र बनाउन प्रयत्न गर्नेछ ।

त्यो विधेयक पारित नभएमा मधेस नेपालबाट अलग हुने धम्की दिन थालेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा भारतीय विस्तारवाद वा मधेसवादीका कारणले उत्पन्न खतरालाई सबै देशभक्त नेपाली र राजनीतिक शक्तिहरूले गम्भीर रूपले लिनुपर्नेछ ।

तराईका मधेसी र थारू देशभक्त छन् र उनीहरू नेपालको कुनै पनि प्रकारको विघटनविरुद्ध छन् । तर मधेसवादीहरूले स्पष्ट रूपले नै भारतीय विस्तारवादी स्वार्थ पूरा गर्ने काम गरिरहेका छन् । हाम्रो नीति तराईका मधेसी र थारू जनतासित घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध सुदृढ पार्ने र मधेसवादीका पृथकतावादी नीतिहरूविरुद्ध सम्झौताहीन संघर्ष गर्ने हुनुपर्छ । मधेसवादीहरूप्रति देशका प्रमुख राजनीतिक शक्ति वा सरकारहरूले अपनाएका सम्झौतापरस्त नीतिहरूका कारणले देशको राष्ट्रियतामा बारम्बार गम्भीर प्रकारको आँच पुग्ने गरेको छ । त्यही क्रममा नेपालमा संघीयता अपनाइयो ।

त्यसको परिणामस्वरूप झन्पछि झन् देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति सिर्जना हुँदै गइरहेको छ । नागरिकतासम्बन्धी नीतिलाई झन्पछि झन् उठाएर वा खुकुलो पार्दै लगिएको छ, जसको परिणामस्वरूप ठूलो संख्यामा भारतीयहरू नेपालको नागरिक बन्ने प्रक्रिया तीव्र गतिले अगाडि बढिरहेको छ । दुई नम्बर प्रदेशको निर्माण पनि भारतीय दबाब वा मधेसवादीहरूप्रतिको सम्झौतापरस्त नीतिकै परिणाम हो ।

अहिले प्रस्तुत संशोधन विधेयक पनि त्यही दिशातिर लक्षित छ । त्यो विधेयक पनि मधेसवादीहरूको आवश्यकतानुसार नभएकाले त्यसलाई परिमार्जन गर्ने कुरा उठिरहेको छ । ‘परिमार्जन’ को अर्थ अरू बढी राष्ट्रघात हुनेछ ।

अहिले प्रचण्ड आफ्नो सम्पूर्ण राजनीतिक प्रतिष्ठालाई वा भविष्यलाई दाउमा लगाएर प्रधानमन्त्री बनेका छन् । यो कार्यबारे स्वयं प्रचण्डले नै आत्मचिन्तन गर्नुपर्नेछ— त्यसरी प्रधानमन्त्री बन्न उनी किन तयार भए ? उनले यो कुराप्रति थोरै पनि ध्यान दिएको पाइन्न— उनको त्यस प्रकारको कदम देश र स्वयं राजनीतिक भविष्यको लागि पनि कति धेरै आत्मघाती सावित हुनेछ ? त्यसले उनमा गम्भीर प्रकारको राजनीतिक अपरिपक्वता र अदूरदर्शिता भएको पनि बताउँछ ।

प्रचण्ड वा उनीहरूको संगठनका नेता–कार्यकर्ताहरूले यसबारे गम्भीर प्रकारले पुनर्विचार गर्नुपर्नेछ । प्रचण्डले आफ्ना गत कालका कयौँ गल्तीबारे आत्मालोचना गरेको लामो सूची छ । अहिलेको कदमबारे पनि उनले कहिले आत्मालोचना गर्नेछन् ? समय छँदै वा देशलाई र उनलाई पनि धेरै क्षति पुगिसकेपछि ? वा क्षतिको पूर्ति हुनै नसक्ने अवस्थामा पुगेपछि मात्र ? पहिले मधेवादीहरूको नारा थियो— मधेस एक प्रदेश ।

पाँच नम्बर प्रदेशको समस्या खालि एउटा प्रादेशिक समस्या नभएर एउटा राष्ट्रिय समस्या हो । त्यसकारण पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने योजना असफल पार्न राष्ट्रिय दृष्टिले नै निर्णयात्मक महत्त्वको कार्य बन्न गएको छ ।

तर पश्चिम तराईमा थारूहरूले आफ्नो लागि बेग्लै प्रदेशको माग गरेपछि उनीहरूले दुई प्रदेशको कुरा गरिरहेका छन् । त्यसरी पहाडबाट अलग गरेर दुई प्रदेश बनेपछि उनीहरूको आगामी कदम हुनेछ— तराईलाई नेपालबाट अलग गराउने । त्यसका साथै उनीहरूले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रहरूको निर्धारण, उदार नागरिकता नीति, अंगीकृत नागरिकतालाई वंशज नागरिकसरह सबै उच्च संवैधानिक पदहरूमा पुग्ने अधिकारसमेतमा जोड दिइरहेका छन् । त्यसका पछाडिको उनीहरूको उद्देश्य हो, संसद्मा आफ्नो बहुमत गराउने र सबै उच्च संवैधानिक पदहरूमा पुग्ने बाटो खोल्नु ।

त्यसपछि सिक्किमको संविधानसभाले बहुमतद्वारा भारतमा मिल्नको लागि निर्णय गरेजस्तै नेपाललाई भारतमा मिलाउन निर्णय गर्न पनि उनीहरूलाई कुनै गाह्रो पर्ने छैन । त्यसैले उनीहरूले त्यस प्रकारको संशोधन प्रस्तावको कार्यान्वयनमा धेरै जोड दिइरहेका छन् । मधेसवादीहरूले उनीहरूका माग पूरा नभएसम्म संविधान कार्यान्वयन गर्न वा कुनै पनि प्रकारको चुनाव हुन नदिने धम्की दिइरहेका छन् ।

त्यसरी स्थिति कस्तो तयार भएको छ भने या त नेपालले पूरै भारतीय विस्तारवाद वा मधेसवादीहरूका अगाडि आत्मसमर्पण गर्नुपर्नेछ, जसको अर्थ हुनेछ नेपालको राष्ट्रियतासमेतको आत्मसमर्पण वा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता तथा गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाको लागि अगाडि बढ्नुपर्नेछ ।

सामान्यतः नेपालको राजनीतिलाई विशेषतः संविधान संशोधनको समस्यालाई ठीकसित बुझ्न मधेसवादीहरूको राजनीतिक चरित्र र भूमिकालाई सही प्रकारले बुझ्नुपर्नेछ । उनीहरूले आफूलाई मधेसी वा थारू जनताका प्रतिनिधिका रूपमा प्रस्तुत गर्दैछन् । तर वास्तवमा उनीहरूले तराईका मधेसी वा थारू जनताको होइन, भारतीय विस्तारवादका स्वार्थहरूको प्रतिनिधित्व गर्दछन् । आफ्नो त्यस प्रकारको चरित्रअनुसार नै उनीहरूले भारतको नेपालप्रतिको विस्तारवादी स्वार्थ पूरा गर्न भूमिका खेल्दै आएका छन् ।

त्यही नीतिअनुसार नै भारतले अगाडि सारेको संविधानमा संशोधनको प्रस्ताव पूरा गराउन पनि उनीहरूले आन्दोलन गर्ने गरेका छन् । तराईका मधेसीसहित त्यहाँका शोषित जनताका माग पूरा गराउन वा उनीहरूमाथि हुने सामन्ती शोषण र उत्पीडन अन्त्यको लागि कम्युनिस्ट पार्टीले लामो समयदेखि संघर्ष गर्दै आएको छ । त्यस सिलसिलामा तराईमा चलेका किसान आन्दोलनको लामो पृष्ठभूमि छ ।

तर मधेसवादीहरूको तराईका शोषित, उत्पीडित जनताका मागसित टाढाको पनि सम्बन्ध छैन । उनीहरूले भारतीय विस्तारवादी स्वार्थ र तराईका ठूला जमिनदारहरूको सामन्ती स्वार्थहरूको प्रतिनिधित्व गर्छन् । त्यसैले उनीहरूको मुख्य प्रयत्न तराईका जनतामाथिको सामन्ती शोषणको अन्त्य गर्ने होइन, त्यसलाई अरू मजबुत पार्ने नै हुन्छ । उनीहरूले प्रारम्भदेखि नै पृथकतावादी नीतिमा जोड दिँदै आएका छन् । उनीहरूको त्यस प्रकारको नीति वा भूमिकाबाट देशलाई बचाउन सबै देशभक्तका बीचमा उच्च प्रकारको सतर्कता र ऐक्यबद्धता आवश्यक छ ।

मधेसवादीभन्दा बेग्लै मधेसी वा थारू जनतामा उच्च प्रकारको देशभक्तिको भावना छ । २०७० को संविधानसभाको चुनावमा उनीहरूले ठूलो मात्रामा पृथकतावादी मधेसवादीविरुद्ध मतदान गरेको र सप्तरीको तिलाथीमा नेपालको सीमा रक्षाको लागि मधेसीले गरेको संघर्षसमेतका उदाहरणबाट पनि त्यो प्रस्ट भएको छ । हामीले तराईमा मधेसी र थारू जनता तथा मधेसवादीहरूका बीचमा भएको त्यो आधारभूत प्रकारको भिन्नतालाई सधैँ ध्यानमा राख्नुपर्छ ।

स्रोत : अन्नपुर्ण पोष्ट

भारतीय गोर्खा र १९५० को सन्धि

india-58536efbd2dd90-14881730

दार्जिलिङ-सिक्किम-आसाम-देहरादुनमा जातीय महामारी फैलिँदै

भारतमा नेपाली भाषालाई मातृ भाषा मानेर बोल्ने र बसोवास गर्ने दुईथरी समुदाय छन् । प्रथम- भारतमै दसकौंअघि जन्मेका र यहीँका नागरिक भएर भारतीय राष्ट्रियता भएका जसलाई धेरैले भारतीय गोर्खा वा भारतीय नेपाली भन्छन् । दोस्रो नेपालबाट आएका नेपाली नागरिक र नेपाली राष्ट्रियता भएका जसलाई प्रायः नै नेपाली भनी सम्बोधन गरिन्छ । प्रायः नेपाली नागरिक सन् १९५० को नेपाल भारत शान्ति एवं मैत्री सन्धिअन्तर्गत भारतमा आउने गर्छन्, कतिपय यहीँ बसोवास गर्छन् र धेरैजना आफ्नो जन्मथलो नै फर्केर जान्छन् ।

भारतीय गोर्खाहरूका आधुनिक भारत निर्माणमा गहिरो एवं गहकिलो योगदान छ । साहित्य, शिक्षा, संस्कृति, खेलकुद, राष्ट्रिय सुरक्षा, राजनीति, संगीत प्रायः सबै क्षेत्रमै भारतीय गोर्खाहरूले व्यापक योगदान दिएका छन् । भारत स्वतन्त्रता संग्राममा भारतीय गोर्खाहरूले दिएको योगदानलाई महत्त्व दिँदै भारतको संसद्परिसरमा सहिद दुर्गा मल्लको मूर्ति राखिएको छ । भारतीय राष्ट्रिय कांग्रेसको सन् १९६० को दसकमै पण्डित नेहरूसँग नजिक रहेर र कांग्रेसको एक महामन्त्री भएर थियोडर मेननले कार्यभार सम्हालेका थिए ।

राष्ट्रिय सुरक्षा क्षेत्रमा परमवीर चक्र प्राप्त गर्ने धनसिंह थापादेखि लिएर ओएस भण्डारी, शक्ति गुरुङसम्म धेरैले जनरल र ब्रिगेडियर भएर राष्ट्रको सेवा पुर्‌याए । यसरी नै उच्च सेवाहरू आईएएस, आईपीएस सबैसबैमा भारतीय गोर्खाहरू अघि आए । उच्च न्यायालयहरूका न्यायाधीश बने, विश्वविद्यालयका कुलपति, ओलम्पिक खेलाडी, साहित्य एकेडेमी पुरस्कारले पुरस्कृत, राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य, राज्यका मुख्यमन्त्री, संसद् सदस्य, फिल्म अभिनेता र निर्माता, व्यापार वाणिज्य उद्योगधन्धाका मालिक सबैसबै क्षेत्रमा भारतीय गोर्खाहरूले अघि आएर राष्ट्रिय ध्वजा सम्हाले ।

भारत सरकारले पनि भारतीय गोर्खाहरूलाई धेरै दिए । भारतीय गोर्खाहरूभित्र पर्ने कोही जातलाई अनुसूचित जाति, कसैलाई अनुसूचित जनजाति र कसैलाई पछिल्लो वर्गको सूचीमा हाले । भारतीय संविधानमा नेपाली भाषालाई राष्ट्रिय भाषाको स्थान दिँदै आठौं अनुसूचीमा अन्र्तभुक्त गरे । कसैलाई राष्ट्रिय पुरस्कारहरूले शृंगार गरे र कसैलाई सरकारको उच्च राजनीतिक ओहोदासम्म दिए ।

यी सबै हुँदाहुँदै भारतीय गोर्खाहरूले आफ्नो चिनारीको लडाइँ एवं संघर्ष जारी राखेका छन् । भारतीय गोर्खाहरूका चिनारीका दुई पक्ष छन् । प्रथमतः भारतमा अरू जाति, समुदायले पाएका राजनीतिक अधिकार र राष्ट्रिय स्थान पाउनुपर्छ भन्ने एउटा गहिरो सोच, जसमा आफ्नै अलग राज्य हुनुपर्छ भन्ने माग । उडिया, बंगाली, तमिल, पन्जाबी, मराठी, गुजराती आदिले आफ्नै भाषा, जाति, समुदायको नाममा अ-आफ्ना राज्यहरू बनाए । भारतीय गोर्खाहरूको पनि आफ्नै राज्य हुनुपर्छ भन्ने माग संघर्ष जारी नै छ ।

तर चिनारीको खोजमा अति नै महत्वपूर्ण दोस्रो पक्ष हो । कसरी भारतीय गोर्खा र नेपालका नागरिकलाई भारतमा अलग्गै राख्ने ? सन् १९५० मा हस्ताक्षर गरिएको नेपाल भारत सन्धिअन्तर्गत भारतमा आवतजावत गर्ने नेपाली नगारिकसँग भारतीय गोर्खाहरूका प्रायः सबैसबै कुरो नै मिल्छ । भाषा, भेषभूषा, लवाइखवाइ, संस्कृति, अनुहार र सामाजिक आचरण । तर राजनीतिक र राष्ट्रियताको आधार भने अति नै भिन्न छ ।

खुला सिमाना रहेकाले नेपाली र भारतीय नागरिकहरू एकअर्काको राष्ट्रमा रोकटोकबिना नै जान सक्छन् । यस किसिमको गहिरो आदानप्रदानले एकापट्टि दुई राष्ट्रहरूको सम्बन्धलाई सदृढ एवं सबल बनाउँछ । तर अर्कोतिर भारतीय गोर्खाहरूको आफ्नो राष्ट्रिय चिनारीहरूमा भने निकै ठूलो आघात पुर्‌याउँछ । भारतीय गोर्खाहरूले सामना गर्नुपरेमा चिनारीको प्रश्नलाई पाँच मुख्य बुँदामा केलाउन सकिन्छ ।

प्रथमत, भारतीय गोर्खा र नेपाली नगारिकका भाषा, संस्कृति, अनुहार आदि एकै भएकाले भारतमा रहेका अन्य जाति, समुदायले सोच्छन्- यिनीहरू सबै नेपालबाट आएका नेपाली नगारिक हुन् । अनि सबैलाई बहादुर, कान्छा र दरबानको उपाधि दिएर एउटै डोकोमा हालिदिन्छन् । भारतभरि नै भारतीय गोर्खाहरू छरिएर बसेका तथ्य र सत्य विषय प्रायः साधारण भारतीय र अन्य जातजातिका नागरिकहरू अनभिज्ञ छन् ।

दोस्रो- भारतका विभिन्न कुनामा विशेषतः पूर्वोत्तर क्षेत्रमा जब पनि विदेशीको विरोधमा आवाज उठ्छ, त्यहाँ अरू विदेशीहरूसँगसँगै भारतीय गोर्खाहरू पनि मुछिन्छन् । डेढदुई सय वर्षअघिदेखि बसोवास गरेका भारतीय गोर्खाहरूलाई हिजोअस्ति आएर बसोबास गर्ने नेपाली नागरिकसँगसँगै उठिबास लगाइदिन्छन्, घर खेत जलाइदिन्छन् ।

आसाम र मेघालयमा सन् १९८० र सन् १९९० को दसकमा यस्तै भयो । नेपालका नागरिकहरूसँगसँगै भारतीय गोर्खाहरू खेदिए, हिंसाको सिकार बने ।

तेस्रो- कतिपय राज्यहरूमा भारतीय गोर्खाहरू निकै जमेर बसेका छन् । ठूला-ठूला राजनीतिक र प्रशासनिक ओहोदाहरूमा आफूलाई राखेका छन् । उदाहरणार्थ आसाममा विधानसभाको अध्यक्ष, मिजोरममा राज्य जनसेवा आयोगका सचिव, मेघालयमा पुलिसको अधिक्षक एवं आन्ध्र प्रदेशका मुख्य सचिव सबै भारतीय गोर्खाहरू थिए र छन् । तर यी सबै राज्यहरूमा स्थिति द्रूत गतिमा परिवर्तन हुँदैछ । भारतीय गोर्खाहरूलाई भूमिपुत्र नमान्ने अप्रिय घटना हुँदैछन् । नोकरी धन्धा आदिमा भेदभाव सुरु भइसकेको छ । यसको एउटा मूल कारण यही हो । उनीहरू सोच्छन्- यी भारतीय गोर्खाहरू पनि नेपालबाटै केही वर्षअघि आएर हाम्रो भाग खोसेका छन् ।

चौथो- नेपाल भारत सन्धि राष्ट्रिय स्तरमा हस्ताक्षर गरिएको भए पनि धेरै राज्यहरूमा र त्यहाँका सरकार अधिकारी आदिमा यस सन्धिबारे ठीक जानकारी नहुँदा विभिन्न राज्य सरकारहरूले भारतीय गोर्खाहरूलाई राष्ट्रको नागरिकले पाउनुपर्ने सुविधाहरूबाट वञ्चित राखेका तथ्य र घटनाहरू प्रशस्तै मात्रामा अगाडि आउने गर्छ ।

जब पनि कुनै प्राकृतिक प्रकोप हुन्छ, जस्तै- गुजरातको भूजको भुइँचालो, उत्तरखण्डको बाढी र पहिरो र मेघालयको असिना-पानी यी सबैमा क्षति पुगेका आफ्ना राज्यका वासिन्दाहरूलाई जो राहत र सुविधा दिइन्छ, त्यो भारतीय गोर्खाहरूले धेरैवटा स्थितिमा प्राप्त गर्दैनन् । किनकि त्यहाँका अधिकारीले सोच्छन्- यिनीहरू विदेशी हुन् र उसकै आफ्नो सरकार विदेशले हेरचाह गर्नुपर्छ । यस्तो कुराले धेरै भारतीय गोर्खाहरू सताइएका छन् ।

पाँचौं- कतिपय राज्य सरकारले नै यस्ता कुरा गर्छन् । मणिपुर राज्य सरकारले तीनवटा कानुन ल्याउने तरखर गर्‌यो, जसमा प्रत्यक्ष रूपमा त्यहीकै वासिन्दा भारतीय गोर्खा र हिजोअस्ति आएका अन्य विदेशीलाई एउटै खोरभित्र हाली भेदभाव गर्ने । भाग्यवश, भारत सरकारले यो कानुन पारित गर्न दएन । यही सन्धिबाट उब्जेको अन्योलताको फाइदा उठाएर जब पनि दार्जिलिङमा छुट्टै राज्यको मागको आवाज उठ्छ, तल सिलिगुढीका आमरा बंगाली जस्तै साम्प्रदायिक संस्थाले माइक लगाएर भन्छन्, ‘यी नेपाली सबै नेपालबाट आएका हुन् र यिनीहरूलाई नेपाल फर्काइदिनुपर्छ र फर्कन लाउनुपर्छ ।’ खुलमखुला यति भयानक आरोप लगाउँदा पनि बंगालका पुलिस र सरकार चुपचाप बस्छन् । यो संस्था बारम्बार सन् १९५० को सन्धिको कुरा गर्छ र यसलाई चाँडो शेष गरिनुपर्छ भन्छ । सिलिगुडी नै एकपटक भारतीय गोर्खाहरूको थियो ।

पढेलेखेको स्तरमा भारतीय गोर्खाहरूले यस्तो भेदभाव कम देखे या पाए पनि तल्लो स्तरमा ‘तुम कहाँ से-नेपाल से’ भन्ने आपत्तिपूर्ण आक्षेपले भारतीय गोर्खाहरू सदैव सताइन्छ । धेरैले यसलाई अनभिज्ञता हो भन्छन् तर अझै धेरैले यस चिनारीको प्रश्नलाई नेपाली नगारिकको खुला सिमानासँग सम्बन्धित आवतजावतको कारणले नै हो भन्छन् ।

अब के गर्ने ? सन् १९५० को सन्धिबाट उब्जेका चिनारीको प्रश्नलाई र राजनीतिक अस्तित्वको खोजलाई समाधान दिन भारतीय गोर्खाहरूले विभिन्न मार्ग अपनाए । सन् १९८७ मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा सन् १९५० को सन्धिलाई जलाउँदा नै कैयन् मानिसहरूमाथि बर्बरता देखाउँदै सुरक्षाकर्मीहरूले गोली चलाए । धेरै मरे, धेरै जीवनभरका लागि विकलांग भए ।

कालिम्पोङको यो घटनामा कुनै जाँच नै भएन, पशु मर्‌यो कि मान्छे सिकार भयो, कसैले पर्वाह नै गरेन । यस्ता भेदभावका कुरा भारत स्वतन्त्र हुनुअघि पनि आएको थियो । अखिल भारतीय गोर्खा लिगका तिनताकाका अध्यक्ष एवं भारतको संविधानसभाका सदस्य डम्बरसिंह गुरुङले १८ डिसेम्बर १९४६ मा संविधानसभामा यी कुरा उठाएका थिए ।

सन् १९५० को नेपाल भारत शान्ति एवं मैत्री सन्धि दुई राष्ट्रबीचको हितको विषयमा आधारित छ । यसैले दुवै देशमा यस सन्धिको सर्वोच्च स्थान छ । तर एउटा अद्वितीय स्थिति केवल भारतीय गोर्खाहरूका निम्ति यस सन्धिका कतिपय धाराले आघात पुर्‌यायो । त्यो आघातलाई भारत सरकारले राष्ट्रिय स्तरमै नीति बनाएर सुल्झाउनुपर्छ ।

नेपाल र भारतको सन्धि राष्ट्रिय स्तरको हो । यी दुई राष्ट्रहरूबीचको यो सन्धि दुवै राष्ट्रको हितमा गरिएको हो । यसमा भारतीय गोर्खाहरू पूर्ण सहमति जनाउँछन् । तर यस सन्धिको कतिपय धाराले भारतीय गोर्खाहरूका भारतीय चिनारी, भारतीय राष्ट्रियता र भारतीय नागरिकतामाथि निकै आघात पनि पुर्‌याएका छन् । गाउँगाउँ, सहरसहर, राज्य र नगरहरूमा भारतीय गोर्खाहरूले विदेशी भनेर यातनाका सामना गर्नुपरेको छ ।

यसले उनीहरूको मनोविज्ञानमा आघात पुर्‌याएको छ र नै भारतीय गोर्खाहरू जहाँ गए पनि नेपाली नागरिकबाट छुट्टै चिनारी राख्न माग गर्छन् । आफ्नै संघसंस्थाहरू बनाउँछन्, आफ्नै प्रकारले माग राख्छन् । नेपालमा माओवादीले गरेको आन्दोलनमा, भारतीय गोर्खाका संस्थाहरू अन्य भारतीय संस्थाहरूझैं अमूक भएर बसे पनि धेरै क्षेत्र, संस्थाहरूमा भारतीय सुरक्षाकर्मीहरूले तीखो नजर राखेर बसेका थिए । फेरि त्यही प्रश्न- कहीँ यिनीहरू पनि माओवादी आन्दोलनमा ओतप्रोत भएका त छैनन् ?

भारतीय गोर्खाहरू के चाहन्छन् । सन्धि दुई राष्ट्रबीचको हो र राष्ट्र हितको विषय हो । सन्धिको सर्वोच्च स्थान छ । तर एउटा अद्वितीय स्थिति केवल भारतीय गोर्खाहरूका निम्ति यो सन्धिको कतिपय धाराले अघि ल्यायो । भारतीय गोर्खाहरू चाहन्छन्- यी धाराबाट निस्केको प्रभाव, आघातलाई भारत सरकारले राष्ट्रिय स्तरमै नीति बनाएर सुल्झाउनुपर्छ ।
अनि यो नीति बनाउने प्रक्रियामा भारत सरकारले तीनचारवटा पाइलाहरू चाल्नुपर्छ । प्रथम हो भारतीय गोर्खाहरूका लागि छुट्टै राज्य जसका निम्ति लगभग एक सय २० वर्षदेखि यिनीहरू लड्दै आएका छन् ।

सबैले पाए, किन भारतीय गोर्खाहरूले पाउँदैनन्, व्यापक रूपमा योगदान दिएर पनि । दोस्रो, सबै भारतीय गोर्खाहरूलाई अनुसूचित जनजातिको दर्जा सबै राज्यहरूमा दिइएको खण्डमा अहिलेसम्म भएका भेदभाव फेरि नदोहोरिएला । तेस्रो, भारतीय गोर्खाहरूलाई नेपाली नागरिकसँग छुट्ट्याउन, एउटा विशेष पहिचानपत्र दिएको खण्डमा यस किसिमको भेदभाव फेरि नहोला । भेदभाव भएको खण्डमा यसलाई विशेष न्यायालयमा अघि राखेर सुल्झाउनुपर्नेछ वा भेदभाव गर्नेहरूलाई सजाय दिइनुपर्नेछ ।

अनि चौथो, संविधानअन्तर्गत नै भारतीय गोर्खाहरूलाई एउटा भाषिक अल्पसंख्यकको दर्जा दिइनुपर्नेछ । आधुनिक भारत निर्माणमा भारतीय गोर्खाहरूले दिएको बलिदान र योगदानको मूल्यांकन हुन बाँकी छ । यसको एउटा प्रमुख कारण हो, भारतीय गोर्खाहरू धेरैवटा राज्यहरूमा छरपस्टै भएर बसेका छन् र जहाँ अधिकांश वा बहुसंख्यक छन्, त्यहाँका राजनीतिक दलले राष्ट्रिय स्तरमा यस विषय केही गर्न नसक्नु हो ।

अर्को कारण हो, भारतीय गोर्खाहरू अझै पनि शिक्षा क्षेत्रमा अति नै पछाडि छन् । नीति निर्धारण गर्ने संस्था नै छैन र राष्ट्रिय नेतृत्व नै छैन । नेताहरू सबै टुक्रे, सोच, बोक्रे काम र धोक्रे आडम्बर बोकेर हिँड्ने भएरै अर्को अझै घिनलाग्दो र भयानक प्रकोपले गोर्खाहरूलाई खान लाग्यो । त्यो हो जात-जात टुक्रा हुनु । दार्जिलिङ-सिक्किम -आसाम-देहरादुन यस रोगले विस्तारै प्रभावित बन्दैछ ।

पृथ्वीनारायणको दिव्योपदेश र राष्ट्रिय हित

prithivinarayan-shah-5852080695f227-20741053

नेपाललाई हृदयबाटै आफ्नो देश ठान्नेहरू जसले आफूलाई नेपाली हुनुमा गर्व गर्छन्, तिनले राष्ट्र, राष्ट्रनिर्माण प्रक्रिया र राष्ट्रनिर्माताप्रति सकारात्मक भाव राख्न पक्कै गाह्रो मान्दैनन् । जसले इमान धर्म बेचिसकेका छन्, विदेशीका एजेन्डामा काम गर्छन् वा पराइको सोझो गर्छन्, तिनलाई यो देशको नाम, झन्डा, राष्ट्रिय एकता, सामाजिक सम्बन्ध र संस्कृतिप्रति मनमा इख हुन सक्छ । अझ ती पराइ जसले आफ्नो विश्वास प्रणाली वा सोच पद्धतिमार्फत दासता लाद्न चाहन्छन्, तिनका मनमा त स्थानीय सभ्यता, संस्कृति, भाषा, लिपि, सामाजिक सद्भावको संयोजन पद्धतिप्रति विष हुन सक्छ । यी इखालु र विखालुको मिलाप राष्ट्र, राज्य, समाज, सभ्यता, संस्कृति र सामाजिक सम्बन्धको लागि कति खतरनाक होला ?

विगतमा कतिपयले उपनिवेश कायम गर्न र टिकाउन त्यही देशका बिकाउहरूलाई खरिद गरेर प्रयोग गरिएका उदाहरण छन् । क्रूरता, समग्र शोषण, संस्कृति र सभ्यतामाथि आक्रमण, मानवधिकारको गम्भीर उल्लंघन, शिक्षा, कानुन र नीतिमार्फत आक्रमण आदि अभौतिक र भौतिक हतियारको प्रयोग उनीहरूको प्रवृत्ति थियो । उसबेला प्रत्यक्ष उपनिवेशका लागि स्थानीय बिकाउहरूलाई साना पद वा अन्य लाभ दिइन्थ्यो । अहिले छायाँ उपनिवेशका निम्ति साना र गरिब देशमा विदेशी गैरसरकारी संस्थाको भरमग्दुर प्रयोग गरिन्छ । तिनका एजेन्डामा काम गर्न राज्यका अंग, निकाय, स्थानीय संस्था र सञ्चारमाध्यममा बिकाउ एजेन्ट राखेर आफ्ना कुरा लाद्ने प्रयास गरिन्छ । ती बिकाउहरू छाया दासता स्विकार्छन् ।

पराइका औजार यी सफेद्पोसी छाया दासहरू सञ्जाल बनाएर मुलुकको आफ्नोपन नष्ट गर्न, जनतामा राज्यप्रति कुण्ठा पैदा गर्न र आआफ्ना दातालाई अवतार प्रमाणित गर्न तल्लीन हुन्छन् । मुलुकमा त्यस्ता लोभीपापीहरूको संख्या बढ्नु र राज्यको महत्त्वपूर्ण नेतृत्व तहमा तिनको प्रभाव बढ्नु राष्ट्रिय हितको दृष्टिले खतरनाक हुन्छ । राष्ट्र, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान मात्र होइन, राज्य पनि खतरामा पर्न सक्छ । सन्दर्भतः राष्ट्र र राज्य निर्माणमा योगदान पुर्‌याउने ऐतिहासिक व्यक्तित्वहरूलाई अगाडि सारेर सम्मान दिनु छायाँ उपनिवेशवादविरुद्ध एउटा सानो उपाय हुन सक्छ । त्यसैले यो आलेखमा दिव्योपदेशका आधारमा बडामहाराज पृथ्वीनारायण शाहबारे चर्चा गरिनेछ ।

कतिपय विदेशी इतिहासकारले नेपालको राष्ट्र र राज्य निर्माण अभियानलाई अमर्यादित तरिकाबाट प्रस्तुत गरेका छन्, तर आफ्नो देशले विगतमा उपनिवेश निर्माण र विस्तारका निम्ति केके क्रूर, अमानवीय, अन्यायपूर्ण कार्य गरे, त्यो लुकाउन प्रयत्न गर्छन् । अरू मुलुक र त्यहाँका मानिसलाई सभ्यता सिकाउन भन्दै दास बनाएको, स्रोत र साधन दोहन गरेको, सभ्यता र संस्कृतिमाथि आक्रमण गरेकोमा पनि गर्व गर्छन् । सन्दर्भतः गत वर्ष एकजना भारतीय राजनीतिज्ञ तथा कूटनैयिक शशी थरुरले बेलायतको एउटा विश्वविद्यालयमा दिएको करिब १५ मिनेटको प्रभावशाली र सुन्नैपर्ने भाषणबाट यो पुष्टि हुन्छ ।

उपनिवेशका कारण नेपालले मेचीपूर्व र महाकालीपश्चिमको जमिन मात्र गुमाउनुपरेन, समुद्रपारिकासँग आफ्नै भूमिमा पटकपटक लड्नुपर्‌यो, उनीहरूलाई पश्चिमा इतिहासकारले आक्रमणकारी भन्दैनन् । तर कर्कप्याट्रिकलगायतका पश्चिमा इतिहासकार मात्र होइन, मानवशास्त्री र समाजशास्त्रीको भेषमा आएका कतिपयले आपसमा लोलीबोली मिलाउँछन् । उनीहरूको राज्य र राष्ट्र निर्माणकालमा भएका घटना सानदार र अनुकरणीय हुन्, तर हामीकहाँ भएको राष्ट्र निर्माण अभियानलाई विस्तारवाद र उपनिवेशीकरण भनी शिक्षादीक्षा दिन सदावहार देखिन्छन् ।

पराइका स्थानीय पुर्जाहरूलाई पनि सायद नेपाल निर्माण अभियान, नेपाल, नेपालका सभ्यता, संस्कृति, भाषा, लिपि, प्रचलित संवत् मन पर्दैनन् । नेपालका ‘राष्ट्रनिर्माता’ मन नपर्नुको कारण त मुखाग्र नै बनाउन लगाइएको छ पुर्जाहरूलाई । त्यसैले उनको सालिक ढालियो, संविधानमा संवत् लेखिएन, शब्दकोशमाथि आक्रमण भयो, संविधान निर्माणकालमा झन्डामाथि पनि आक्रमण भयो । सेना र न्यायपालिकालाई कमजोर पार्ने प्रयास भए । राष्ट्रिय पहिचानलाई जातीयताले विस्थापन गर्ने प्रयत्न भए । एकाथरीलाई अर्कोथरीविरुद्ध उचाल्न अनेकथरी लगानी भए । पराइका पुर्जालाई ठाउँठाउँमा नियुक्ति दिने प्रयास भए आदि आदि । पृथ्वीनारायणका पालामा पादरीको पहिरनमा आएका दुईजना जासुस बेतीया पठाउनुको बदला पृथ्वीनारायणसँग मात्र होइन, हाम्रा सभ्यता, संस्कृति, प्रतीक, भाषा, लिपि, पहिरन र राष्ट्रिय एकतासँग पनि लिइँदैछ ।

पृथ्वीनारायण कुनै विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका व्यक्ति थिएनन्, उनका पालामा मानवाधिकारका नाममा जारी भएका कुनै घोषणापत्र र महासन्धि जारी भएका थिएनन्, तथापि पृथ्वीनारायणको पालाको राष्ट्रिय एकता अभियानलाई दुई विश्वयुद्ध तथा त्यसपूर्व र पश्चात्का युद्ध र आक्रमणका ज्यादतीभन्दा अन्यायपूर्ण भन्न लगाएर आफूहरूलाई ढाक्ने प्रयत्न गरिँदै त छैन ?

पृथ्वीनारायणले आफ्नो राष्ट्रिय एकता अभियानमा आफैँ पैदल हिँडी ठाउँठाउँमा पुग्ने गरेको दिव्योपदेशबाट देखिन्छ । गोरखाबाट धादिङ, काठमाडौँ, मकवानपुर र बनारस पुगेको देखिन्छ । पृथ्वीनारायण राष्ट्र निर्माणका क्रममा दिनरात नभनी हिँडेको, गाउँका चौतारामा थर्पु हालेर बसेको भन्ने सिमलचौरको वासको प्रसंगबाट पनि देखिन्छ ।

उनले लिगलिगको आड गरी रणजित बस्नेत, मानसिंह रोकाहा र वीरभद्र पाठक जस्ता वीरहरूलाई राखिछोडेका थिए । अर्थात् राष्ट्रवादी मानिसहरूलाई राष्ट्र निर्माणका निम्ति जिम्मेवारी दिएका थिए । आफू एकता अभियानमा छत्रभंग गर्न एकातिर जाँदा अरूले आफ्नो राज्यमाथि आक्रमण गर्न सक्नेमा उनी सचेत थिए । राष्ट्र निर्माणमा कसले कताबाट कसरी आक्रमण गर्न सक्छ भन्नेबारे सतर्क हुनुपर्ने सन्देश यो प्रसंगले दिन्छ ।

आजभोलि हामी ससाना फाइदाको लागि राष्ट्र, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सभ्यता र संस्कृति भत्काउन आएका पराइका कतिपय संस्थालाई ठाउँ दिएका मात्र छैनौं, कतिले त उक्साइरहेका पनि छौं । दिव्योपदेशमा पृथ्वीनारायणले आफ्नो सेनामा चार जातका सिपाही छन्, यिनमा कसको सवार गर्‌यो भने (मुख्य जिम्मेवारी दियो भने) चाँडो काम फत्ते होला भनी जिज्ञासा राखेको देखिन्छ । अर्थात् राष्ट्रिय सेनामा राष्ट्रिय चरित्र देखिन्छ र तीमध्ये उद्देश्य प्राप्तिका निम्ति कसलाई प्राथमिकता दिनु उपयुक्त हुने भन्दै योग्यता र क्षमतालाई प्र श्रय दिन खोजेको देखिन्छ ।

उनी कसैप्रति पक्षपाती र प्रवृत्त देखिादैनन्। यही प्रसंगमा उनलाई धेरैले बाहुनको सवार भनेको बयल हो र पाप लाग्छ, ठकुरी बाघ हो दगा (धोका) हुन्छ, मगर टागन घोडा हो ढिलो हुन्छ र खस भनेको ताजी तुर्की घोडा हो यसको सवार गरे चाँडो होला भनी अर्ती दिएकाले उनैका अर्ती लिएको भन्ने देखिन्छ । यसरी पृथ्वीनारायण राष्ट्र निर्माणकालमा अरूको अर्ती सुन्थे र उपयुक्त लागे ग्रहण गर्थे तर आजजस्तो ती अर्ती दिनेहरू विदेशी भने थिएनन् उनी राज्यभित्रैबाट अर्ती लिन्थे ।

राष्ट्र र राज्य निर्माण अभियानमा उनले कालु पाँडेलाई जिम्मेवारी दिँदाको प्रसंग आउँछ । उनी लमजुङका राजासँग छलफल गर्न गएको बेलामा कालु पाँडेले आफ्नो मनको कुरा बोलेकाले उनी प्रभावितचाहिँ थिए । शास्त्रमा भने दुनियाँ जोसँग राजी हुन्छन्, उसलाई कजाई दिनू भन्ने लेखेको पनि थाहा थियो । उनको मनमा बिराज बषेतिलाई कजाई दिने कुराको अठोट थियो । दुनियाँदारले कालु पाँडेलाई कजाई दिन सल्लाह दिएकाले उनले ज्यादा बुद्धि भएका कालु पाँडेलाई कजाई दिए अर्थात् उनी हठी थिएनन्, राष्ट्रको काम गर्दा योग्यता, क्षमता र जनताको इच्छालाई ध्यानमा राख्न उनी संकल्पित थिए । योग्य र सक्षम व्यक्तिबाट नै राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न मद्दत पुग्छ भन्नेमा उनको विश्वास थियो । क्षमता देखाएर पहिचान बनाउनु नै उनको लागि वास्तविक पहिचान थियो ।

उनले राष्ट्र निर्माणमा सहयोग पुगोस् भनी पाँडे परिवार र बस्नेत परिवारबीच वैवाहिक सम्बन्ध कायम गर्न लगाएका थिए । यसलाई उनले काठमाडौँ उपत्यका जित्न पाँडेको ढाल र बस्नेतको तरबारको रूपमा चित्रित गरेका छन् ।
पृथ्वीनारायण स्थानीय देवीदेवताको दर्शन गर्थे र मन्दिरका परम्परा मान्दथे भन्ने दिव्योपदेशको सल्यानकोटको देवीको मन्दिरमा बाहिरबाटै दर्शन र पूजाआजा गरेकोबाट पुष्टि हुन्छ । साथै इन्द्रायणी भैरवीको पनि ध्यान गर्थे । उनी धर्म र पूजाको लागि उनी परनिर्भर थिएनन्, आफ्नै धर्ती धार्मिक दृष्टिले पवित्र र आत्मनिर्भर दुवै छ भन्ने उनलाई लाग्दो हो ।

उनी यही माटोका देवीदेवतामा र खासगरी दैवी शक्तिमा विश्वास गर्थे, आस्था राख्थे । त्यसबेला बेतीयाबाट आएका पादरीको पहिरनमा आएका दुईजना जासुसहरूलाई यो कुरा मन पर्दैनथ्यो होला । त्यसैले उनीहरूको र पराजित सैनिकको प्रतिवेदनका आधारमा नेपालको इतिहास लेख्ने र त्यहीं इतिहासको प्रचार गर्न खाइपिइ गर्नेहरूलाई पृथ्वीनारायणको यो पक्ष मन पर्दैन होला ?

पृथ्वीनारायणले चीनका बादशाहसँग राम्रो सम्बन्ध बनाइराख्न प्रेरित गरेका छन् । दक्षिणको समुद्रका बादशाहसित सम्बन्ध त राख्नुपर्ने तर ऊ अति चतुर भएकाले सतर्क रहनुपर्ने बताएका छन् । उनले दिव्योपदेशमा अंग्रेजले हिन्दुस्थाना (भारत) लाई दबाइरहेको कुरा बताएका छन् । अंग्रेज सरजमिनमा रहेको र भारतीयहरू जागेका दिन अंग्रेज नेपालतिर बढ्न सक्नेतर्फ सचेत गराएका छन् । साथै अंग्रेजको आक्रमण रोक्न आफ्नो सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशित गरेका छन् । उनले अंग्रेजलाई जाई कटक नगर्न तर झिकी कटक गर्न सुझाव दिएका छन् ।

अंग्रेज आक्रमण गर्न आए चुरे शृंखलामा नै लडाइँ लड्न भनेका छन् । अंग्रेज लड्न आएन भने लोलोपोतो गर्न आउने, अनेक कल र छल गर्न आउने उनको मत देखिन्छ । सिन्धुलीगढी, बटौली र नालापानीमा नेपाल प्रत्यक्ष लडाइँमा होमिन बाध्य पारियो । सुगौली सन्धि गर्न बाध्य बनाइयो । मेची र महाकालीपारि र दक्षिणतर्फको जमिन अंग्रेजका कालमा गुमाउन नेपाल बाध्य भयो । राष्ट्र हितमा उनले गरेको भविष्यवाणी करिब-करिब मिलेकै देखिन्छ । सायद त्यसैले होला, कतिपय पराइ र पराइजीवीलाई उनको यो दृष्टिकोण आजसम्म पनि पचेको छैन । त्यो तुस मौका पर्दा सार्वजनिक गरिरहन्छन् ।

पृथ्वीनारायण आफ्नो मुलुकको कानुन निर्माण गर्न आफ्नो समाज र इतिहासप्रति उत्तरदायी देखिन्छन् । यसैले होला उनले राम शाह, जयस्थिति मल्ल र महेन्द्र मल्लले बाँधेका थिति (कानुन) अध्ययन गरेको र ईश्वरले दिए म पनि १२ हजार (त्यसबेला गोरखाका घरधुरी ? ) को थिति बाँधी जाउँला भन्ने कामना गर्छन् । यसरी उनी १२ हजार घरधुरीका जनतालाई समानरूपमा हेर्दथे भन्ने देखिन्छ । साथै थिति बाँधेर न्याय दिने उनको अभिलाषा देखिन्छ । विश्वका कतिपय देशमा राजा र राजसंस्था मिलेर अत्याचार गरको, अत्यधिक कर लगाएको एवं न्याय प्रणाली नै हातमा लिएको इतिहास छन् । तर नेपालको कुनै कन्दरामा राष्ट्रनिर्माताले राष्ट्र निर्माण मात्र होइन, न्यायका निम्ति थिति बाँध्ने सोच बनाएकोमा जलन हुँदो हो । त्यसैले उनको व्यक्तित्व भत्काउन उनीहरू उद्यत् देखिन्छन् र हाम्रा परजीवी तिनका गोटी बन्छन् ।

विदेशी महाजनलाई गोडप्रसाहदेखि माथि आउन नदिनू, विदेशी महाजन आफ्नो मुलुकमा आए भने जनतालाई कंगाल गरिछोड्छन् भन्ने उनको दृष्टिकोण देखिन्छ । यसरी विदेशीहरूलाई कहाँसम्म आउन दिने र कहाँ राख्ने भन्नेबारे उनी स्पष्ट देखिन्छन् । साथै आफ्ना देशका कपडा बुन्न जान्नेलाई नमुना देखाई कपडा बुन्न लगाउनुपर्ने, विदेशी कपडा लगाउन मनाही गर्नुपर्ने र यसो गरे नगद विदेश नजाने उनको धारणा देखिन्छ । आज विदेशी कपडा मनाही गर्ने कुरा अचम्म हुन सक्छ ।

त्यसको धेरै वर्षपछि अंग्रेजलाई लखेट्न महात्मा गान्धीले अंग्रेजी कपडा नलगाउने मात्र होइन, अंग्रेज कम्पनीको नुनसमेत बहिष्कार गराएका थिए । यहाँ पृथ्वीनारायणले उपनिवेशको रूपमा दैलामा आई भारतलाई गाँजेर बसेको, बेलाबेलामा नेपालसँग निहुँ खोज्ने, पादरीको पहिरनमा जासुस खटाउने, सिन्धुलीगढीमा आक्रमण गर्ने र नेपाल एकीकरणविरुद्ध सहयोग गर्ने बेलायतलाई भनेका थिए ।

‘प्रजा मोटा भया दर्बार बलियो रहन्छ’, ‘राजाका भण्डार भनेका रैतानहरू हुन्’, ‘मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो चेतना भया’ । जनताप्रतिको पृथ्वीनारायणको दृष्टिकोण कस्तो थियो भन्नेका लागि यी पंक्ति पर्याप्त छन् । कसैलाई यहाँ प्रजा र रैतान शब्दको बालको खाल निकाल्न मन लाग्न सक्छ । तर त्यसबेला जनता शब्द शब्दकोशमा थियो या थिएन, भाषाविद्ले बताउलान् । बेलायतमा अझै पनि प्रजा (सब्जेक्ट) र नोकर (सर्वेन्ट) भनिन्छ । नेपालमा नागरिक शब्द पहिले नगरवासीको लागि मात्र प्रयोग हुन्थ्यो ।

पृथ्वीनारायणले उसबेला अंग्रेजसँग लडाइँ गरेर जिते, देश बनाए, देश जोगाए, तर आज उनको सालिक कसको लागि ढालियो ? उनको अपमानका निम्ति कसले लगानी गर्छ ? उनको नेतृत्वमा एकीकरण भएको र उनले पराइ आक्रमणबाट जोगाएको नेपालको नेपाली हुनमा गर्व गर्नेले यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने कि ?

‘पाँडे, बस्न्यात, पन्थ, भैयाद, मगर’ लाई मराताप दिनू, ठकुरी जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थप्नू, कचहरीपिच्छे यक् यक् पण्डित राषी न्यायशास्त्रबमोजिम अदालत चलाउनू, गुरुङ, मगर, खान्ज्यादा, भैयाद, भारदार, मिर, उमराउ, थरघर पुराना-पुराना जाँची गौँडा-गौँडामा राख्नू, सुखसयलका लागि विदेशीको चलखेल हुन नदिनू, तीनै सहर नेपालका नेवारहरूको नाच झिकाई हेर्नू भन्ने उनको कथन रहेको पाइन्छ । अर्थात् उनी आफ्ना सबै जनताप्रति, न्यायप्रति र संस्कृतिप्रति पूर्ण लगाव र समभाव राख्थे । उनले पूर्व-पश्चिमका खस बाहुनलाई दरबारमा पैठ हुन नदिनू किनभने बाहिरिया मान्छेले दरबारमा बेथिति गराउँछन् भनेका छन् । अर्थात् पूर्वपश्चिम याने टाढा-टाढाका व्यक्ति जोसुकै भए पनि दरबारमा ठूलो पदमा राख्न नहुने उनको आशय हुन सक्छ ।

जयप्रकाश मल्लले मतलबको लागि दक्षिणतिरबाट नागा झिकाए र पछाडि दगा दिए । तिनीहरूलाई नेपालभित्र (उपत्यका) छिर्न नदिई सात गाउँ भित्रैमा पठाएँ । कश्मीरको नवाब मकवानपुर आक्रमण गर्न आयो, उसलाई पनि सिमाना कटाई आएँ सिन्धुलीगढीमा ‘हाँडीसाहेब’ (हार्डिङ ? ) चढ्यो, उसलाई पनि काटी पत्थरकाला च्याति ल्याएँ भन्ने कथन पनि दिव्योपदेशमा रहेका छन् । यो मुलुक बनाउन र जोगाउन उनी कसैसँग झुकेको देखिँदैन । सायद यी षड्यन्त्र र लडाइँ जितेकाले उनको अपमानका निम्ति लगानी हुन्छ र पुर्जाहरूले त्यही लगानीबाट ऊर्जा प्राप्त गर्छन् ।

पृथ्वीनारायणले उसबेला नागालाई डाँडा कटाए, कश्मिरी नवाबलाई सिमाना कटाए, अंग्रेजसँग सिन्धुलीगढीमा लडाइँ गरे र जिते, देश बनाए, देश जोगाए, मुलुकसापेक्ष कानुन र न्याय प्रणालीको प्रयास गरे, राष्ट्रिय र सीमा सुरक्षाका उपाय गरे, योग्यता प्रणालीलाई प्रधानता दिए, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता देखाए, तर आज उनको सालिक कसको लागि ढालियो ? उनलाई स्मृतिबाट बाहिर पठाउने तानाबाना कसको लागि बुनिँदै छ ? उनको अपमानका निम्ति कसले लगानी गर्छ ?

उनको नेतृत्वमा एकीकरण भएको र उनले पराइ आक्रमणबाट जोगाएको नेपालको नेपाली हुनमा गर्व गर्नेले यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने कि ? उनका प्रति इख राख्नेले पनि दिव्योपदेशका सन्दर्भबाट आफ्ना धारणामा पुनर्विचार गर्ने कि ? मर्जी आआफ्नो तर पराइले सुम्पेको विषमन, मष्तिस्क र मुखमा लिएर हिँड्नेलाई भने के भन्ने खोइ ?

source : annapurnapost

सासुको खुट्टा नढोग्ने महिलाले श्रीमानको बिस्तारामा किन जाने ?

samjhana

                                  सम्झना पौडेल

‘जब पर्खालले नछोपिने दृश्यहरु बिचारका धर्काहरुले छोपिदिन्छन तब मस्तिष्कहरु भ्रमित हुन्छन् ।’ त्यस्तै नेपालीको धर्म, कर्म र संस्कारलाई पाखा लगाएर आमा समानकी सासु आमालाई किन ढोग्ने भनेर आफुलाई अपमानित सोच्ने कलियुगका बुहारीहरु कुर्लन्छन तब सोच्नुस त्यहि नारी श्रीमानको बिस्तारामा किन जाने गर्छन ? केहि दिन अघि एक महिलाको आर्टिकल अनलाइनमा आयो मैले सासुको खुट्टा किन ढोग्नु भनेर जसले मलाई बडो अचम्मित तुल्यायो । त्यसकारण यहाँ मैले सर्वप्रथमत मैले अहिलेका उत्ताउला र उरनठाउला बुहारीहरुलाई नमस्कार गर्नु र ढोग्नुको परिभाषा बुझाउन उचित ठाँने ।

dhog

किनकि यहाँ ढोग्नु जस्तो एक नेपालीको संस्कार र परम्परालाई नै धज्जि उडाएको मैले पाए । हिन्दू मान्यताका अनुसार जब आफूभन्दा कुनै ठूलो आफन्त वा मानिसलाई भेट्छन्। आपसमा ढोगभेट गर्ने गर्छन् । जुन एक सासुलाई मात्रै नभए हामी आफुभन्दा ठुलालाई गर्ने गरेका छौं । हामिले हामा्रे संस्कार अनुसार बाल्यकालमै यो कुरा सिकेर आएका हुन्छौं । दशैमा पनि टिका लगाउदा छोरा बुहारीले आमाबाबुको खुट्टा ढोग्ने परम्परा रहेको छ । मैलेत ढोग गर्नुलाई गौरवको साथ हेरेकि छु ।

मलाई त ढोग्न पाउदा आत्मसम्मानको साथ आत्म गौरवको महशुस हुने गरको छ ।  मेरो मनमा आत्म गौरव र आत्माशान्ति मिल्दछ । आफुभन्दा ठुलाई ढोगेर आदर गर्ने हो अनि उहाँहरु बाट आशिर्वाद थाप्ने हाम्रो परम्परा हो । त्यस्तै हाम्रै संस्कार नमस्कार र ढोग गर्नुलाइ बैज्ञानिकहरुले मानिसको मष्तिष्कबाट निस्किने उर्जा हातमा तथा खुट्टाको अगाडिसम्म आइपुग्दा एक चक्कर लगाउँछ। यसले कस्मिक उर्जाको सञ्चार हुन्छ । जसमा दुई प्रकारको उर्जा आउँछ । एउटा सानोदेखि ठूलोको खुट्टामा र ठूलोको हातदेखि सानाको शीरमा उर्जा उत्पन्न हुन्छ । यसले एकअर्कामा भावनात्मक सम्बन्ध बनाउँछ ।

जब हिन्दू परम्परामा हामी कसैलाई हात जोडेर नमस्ते वा नमस्कार गर्छौ। यो पनि वैज्ञानिकहरुले उचित मानेका छन्।किनकी जब कुनै व्यक्ति दुई हात जोडेर नमस्कार गर्छ उसको औलाहरुको सम्पर्क एकअर्कासँग हुन्छ र आखाँ, कान तथा दिमागमा एकै पटक चाप पर्छ। जसले सधैभरी नमस्कार गर्ने व्यक्तिलाई सम्झिरहने क्षमताको विकास हुन्छ। हामी उक्त व्यक्तिलाई धेरै समयसम्म सम्झिरहन्छौ।जब कुनै संस्कारमा कुनै धार्मिक वा पारिवारिक अनुष्ठान हुन्छ।

अनिवार्य छैन सासु वा कसैको खुट्टा ढोग्न । तर सासु आमा सरह माननीय हो, पूज्यनीय हो । यसैले सासुलाइ आदर गर्नुहोस । आदर, गौरवमा श्रद्धा हुन्छ ।

त्यसमा भोजनको सुरुवात तीतोपिरो मसालेदारबाट हुन्छ भने अन्त्यमा गुलियो वा मिठो खाएर सकिन्छ। गाउँ र सहरको बीचमा फरक बिचार र चेतनाका धर्काहरु कोरिएका छन् । ति धर्काहरु मेट्न हामीले कहिल्यै आवाज उठाएनौ । हाम्रो समाजको चेतनास्तर कति छ हामी आफैले नाप्न सक्छौ । आखिर समस्या कहाँ छ ?सोचाइमा ?नितिमा या नियतमा ? चित्रमा या चरित्रमा यदि अब का महिलाहरुले आफुले चर्चा कमाउनकै लागि अनावश्यक टिक्का टिप्पणि गर्ने हो भने बिहे नै गरेर बच्चा किन जन्माउने ? किन लोग्ने नै चाहियो ? जो सगं मन लाग्यो उसै सगं बच्चा जन्माए भैगोनि ।

आफु भन्दा ठुलो लाई कसरी आदर गर्ने भन्ने बिचारलाई भष्म पार्ने सोच वास्तममै आप्पतिजनक छ । धन्दा मान्नु पर्दैन जस्तो फल रोप्नु हुन्छ त्यस्तै फल फल्छ । अझ रासायनीक मल परे पछी त अझ त्यो भन्दा नी उन्नत फल्छ । देखावटी ढोग मात्र हो सधै हृदय बाट ढोग कार्य राम्रो गर त्यो नै सबै भन्दा ठूलो ढोग र धर्म हो तपाईं पनि सासू बन्नु हुन्छ । अनिवार्य छैन सासु वा कसैको खुट्टा ढोग्न । तर सासु आमा सरह माननीय हो, पूज्यनीय हो । यसैले सासुलाइ आदर गर्नुहोस । आदर, गौरवमा श्रद्धा हुन्छ । बुद्ध शिक्षामा श्रद्धालाइ कुशल चित्त मानिन्छ । आफु भन्दा ठुला बड़ा बृद्ध हरुलाई ढोग्नु र आशिर्वाद लिनु राम्रै हो ।

महिलाहरुले आफ्नो मुक्तिका लागि संघर्ष गर्ने सिलसिलामा स्वयं आफुभित्र भएका रुढिवादी र प्रतिक्रियावादी सोचाईहरुबाट पनि मुक्तिका लागि संघर्ष गुर्न पर्ने आवश्यक छ ।

बन्दुक बोकेकी सुन्दरी

a-girl-with-gun-5842447b189055-98802249

टन्टलापुर घाम । रातमाटे जंगलको निर्जन र ठाडे उकालो । सिरानी गाउँका रैथानेहरू पनि यो उकालो भनेपछि तल दोभानको ठूलो ढुंगामा पाइला नराख्दै मास्तिर हेरेर आङ सिरिंग पार्छन् र ज्यान फतक्क गलेको अनुभूति गर्छन् । त्यसमाथि गृष्मकालीन यामको प्रचण्ड घामसँग जुधेर उकालो चढ्नु भनेको आगोको भुंग्रोमा पैताला राख्नुजत्तिकै हुन्छ । मानिसहरू त्यस क्षणलाई दन्त्यकथामा यमराजको यातना गृहभित्र भयंकर पाशविकता खेपिरहेझैं अनुभूत गर्छन् ।

पहिले-पहिले तोक्माले भारी अड्याउँदै तर्तरी पसिना चुहाएर यो उकालो उक्लिनेहरूको एउटा गजबकै लर्को लाग्थ्यो । अब त त्यस्तो लर्को हजुरबाले आँगनमा घाम ताप्दै नाति-नातिनालाई सुनाउने आफ्नो युगको कथा मात्र बन्न सक्छ । यद्यपि अहिले पनि बर्खामा बाढीले छेक्दा र गृष्मयाममा घामले पोल्दाबाहेकको बखत फाट्टफुट्ट तोक्माधारी भरियाहरू भेट्न पाइन्छन्, यो उकालोमा । तर, घनघोर बन्दै गएको जंगल र असुरक्षित हुँदै गएको समयका कारण बटुवाहरू यो उकालोमा हमेशा एक्लै हिँड्न चाहँदैनन् ।

आज कम्ब्याट ड्रेस लगाएका पाँच युवती र दुई युवक आङभरि उकुसमुकुस गर्मी बोकेर यही उकालो उक्लिरहेका छन् । मध्याह्नको चकमन्नता, घामको चरम उष्णता र जंगलको अस्वाभाविक निर्जनतासँग अभ्यस्त हुँदै उनीहरू अविराम लम्किरहेका छन् । उनीहरूका गोडा मेसिनका फित्ता घुमेझैं एकतमास घुमिरहेका छन् ।

नजिकै खोल्साबाट फागुखोला बगिरहेको छ एकतमास । त्यही फागुखोला साङ्ले छाँगाको छंगाछुर पहरोबाट वेगवान् गतिले तल हाम्फाल्दा आउने निरन्तर छङ्छङ्बाहेक उनीहरूको कानमा अरू कुनै आवाज छैन । मध्याह्नको चकमन्नताले हावालाई स्वात्तै निलिदिँदा गोब्रे सल्लाका ठूलठूला रूखहरू यस्तो स्थिर र शान्त भएका छन् कि मानौं, पृथ्वी आफ्नो कक्षमा एक छिन घुम्न छोडेर टक्क अडिएको छ ।

निरन्तरको ठाडो उकालो र त्यसपछि नागबेली तीनघुम्ती पार गरेर माथि जामुनको रूखमुनि पुग्दासम्म पनि बाटोमा उनीहरूको कसैसँग भेट भएन । दुई युवकको निम्ति यो उकालो बिरानो नभए तापनि फौजी टोलीका पाँच युवतीलाई भने यो एक प्रकारको सास्ती नै थियो । उनीहरूलाई जंगलको एकतमास निर्जनताले अत्यासलाग्दो बनाउँदै लगिरहेको थियो । यसकारणले कि आँखा तन्काएर हेर्दा पनि सिरानी गाउँको फाट्टफुट्ट घरबाहेक अरू केही नदेखिने त्यो नीरव जंगल मुर्दाजस्तै पल्टिएर सुतिरहेको थियो ।

सशस्त्र प्रहरीमा भर्ती भएका महिलाको यो टोली सायद पहिलो थियो । ६ महिनाअघि तालिम केन्द्रमा भर्ना भएका नौ जनामध्ये चार जना तालिम लिँदालिँदै भागिसकेका थिए । इन्स्पेक्टर रश्मिलाको यो टोली अक्सर सहज कार्यक्षेत्रमा मात्रै खटाइन्थ्यो । तर, युद्धविरामको सहज परिस्थिति र महिला जवानहरूको जिद्दीका कारण इन्स्पेक्टर रणवीर आज यो टोली लिएर सिरानी गाउँको गस्तीका निम्ति उकालो चढिरहेको छ ।

‘ऊ…त्याँ हेर त, पोहोरसाल वैशाखाँ हामी एम्बुसमा परी घाइते भा’को ठाउँ त्यही हो ।’, जामुनको रूखमुनि शीतलमा बस्दै रणवीरले माथिल्लो घुम्तीतर्फ औंल्याएर भन्यो । हठात् सबैले अनुहारलाई रणवीरको औंला सीधा घुम्तीतर्फ फर्काए । त्यहाँ पत्रे-ढुंगाहरू असरल्ल छरिरहेका थिए ।

‘सर, मलाई त डर लागिरहेछ ।’, अचानक शशिकला बोली ।

‘फेरि यिनीहरूले एम्बुस पनि त थाप्न सक्छन् ।’, सातजनाको सशस्त्र मण्डलीभित्रबाट कसैको सुस्त आवाज आयो ।
रणवीरले सबैको अनुहारमा एकैपल्ट डरलाग्दो दृष्टि फाल्यो । तत्काल उसको अनुहारको भाव परिवर्तन भयो र पच्चीसवर्षे तन्नेरी अनुहारमा साहस र वीरताको सहस्र भाव दगुर्‌यो ।

‘तिमेरुलाई था’छ, यो युद्धविरामको बेला हो र हामी गस्तीमा हिँडिरहेका छौं । मुटुलाई दह्रो बनाओ । जसरी पनि आज सिरानी गाउँ पुगेर फर्किनुपर्छ ।’, रणवीरले आदेशको लवजमा अन्तिम फैसला सुनाएझैं गर्‌यो ।

सबैले अनुहारलाई भुइँपट्टि फर्काए । वरिपरिका रूखहरूबाट उडेर आएका सल्लेवीरहरूले भुइँ छपक्कै थियो तर शशिकलाको अनुहार भुइँपट्टि फर्केन । उनका आँखाहरू तेज गतिमा रणवीरको अनुहारमा गएर ठोकिए । आगोको लप्का निस्केलाझैं लाग्ने उनका आँखा देखेर रणवीर झस्कियो । यसकारण कि उनको यो हेराइ अहिलेसम्मको सहकार्यमा पहिलो र अनौठो थियो ।

‘भन, तिम्लाई के भयो ? ‘
‘सर, असाध्यै तिर्खा लागिरे’छ ।’
‘अलि माथि गएर खाउँला, यो जंगलमा धेरै बेर रोकिनु बुद्धिमानी हुँदैन ।’

सबैजना एकैपटक जर्‌याकजुरुक उठे र नेतृत्व गर्दै रणवीर अगाडि बढ्यो । तर, उसको मनलाई जिज्ञासाको मुस्लोले छोप्दै लग्यो । एकै छिनअघि शशिकलाको अनुहारमा देखिएको अनपेक्षित भावले उसलाई भित्रभित्रै डरलाग्दो बनाएको थियो । उमेरको हिसाबले भन्ने हो भने शशिकलाको अनुहारमा अविच्छिन्न जोश, जाँगर र रतिरागको रुमानी मुस्कुराहट नाचिरहनुपर्ने हो । अचम्म ! उनको अनुहारमा त शिथिलता, घृणा र तीव्र आक्रोश मिसिएको अनौठो भाव पो व्यक्त भइहरेको थियो ।
सशस्त्र फौजमा भर्ना हुनुअघि ऊ गाउँकै प्राथमिक स्कुलकी शिक्षिका थिई । अझ त्यसभन्दा अघि ऊ गाउँबाट एसएलसी पास गर्ने पहिलो छात्रा र त्यसपछिको पाँच वर्षचाहिँ क्याम्पस पढ्ने सहरी हाउभाउसहितकी सम्मोहित युवती ।

यौवनको कटमिरोता भनौं या बढ्दै गएको आक्रामक सहरी सभ्यता । कलेज पढ्दाको दिनहरूमा शशिकलालाई कसैले पनि गाउँकी युवती हो भनेर अड्कल लाउन सक्दैनथे । तर, निम्नवर्गीय परिवारमा हुर्केकी शशिकलाको कलेजका अन्तिम दिनहरू भने अत्यन्त कष्टप्रद रहे । मुलुकको सीपबिनाको शिक्षा र जागिरबिनाको जीवनले पनि उसलाई त्यो परिस्थितिमा पुर्‌याइदिएको थियो । त्यसमाथि प्रेम र जीवनसम्बन्धी उसको भ्रमले जीवनको खुड्किलोबाट निराशाको मैदानमा पछारिदियो । उसले जसलाई असल प्रेमीको नाममा सर्वस्व सुम्पी, त्यसो गरेर आफैंलाई धोका दिई र अन्ततः जीवनको रामराज्यबाट ऊ नराम्ररी पराजित भई ।

त्यसपछि जीवनदेखि विरक्तिएर ऊ गाउँ फर्की । लगत्तै मन बहलाउन गाउँकै स्कुलमा शिक्षिका भई ।
त्यसपछि मात्रै उसले जीवनलाई नजिकबाट नियाली । स्कुलको आँगनमा धुलिमाटी भई खेलिरहेका स-साना बच्चाहरूलाई जीवनको पाठ सिकाउन पाउँदा र गाउँका अनपढ बुढ्यौली अनुहारहरूसँग टुकी बाल्दै अक्षर खेलाउन पाउँदा ऊ आपूmलाई निकै गौरवान्वित महसुस गर्थी । अक्सर ऊ त्यतिबेला ‘गाउँमा किन ढिला फर्किछु ? ‘ भन्ने सोचाइमा हराउँदै कलेजका अनुत्पादक दिनहरू सम्झेर पछुताउने गर्थी ।

गाउँको अवस्था बिस्तारै बिग्रिँदै गयो । उसले पढाउने स्कुलको हेडमास्टर तीनपल्ट अपहरणमा परे र करिब तीन महिना जति त स्कुलै बन्द भयो । सरकारी सुरक्षाफौजको पनि आँखाको तारो शिक्षकहरू नै बने । कहिलेकाहीँ त गाउँमा सरकारी सुरक्षाफौजको लुटपाट नै चल्थ्यो । अनाहकमा धेरैले उनीहरूबाट चुटिनुपथ्र्यो । विद्रोहीहरूलाई चन्दा र सेल्टर दिएको भन्ने उनीहरूलाई खास आरोप लाग्थ्यो ।
दिनहरू यसरी नै बितेर गए ।

यो बीचमा गाउँको हालत दु्रतगतिमा अस्वाभाविक बन्दै गयो । निर्भयताका साथ गाउँमा रहने र स्वच्छन्द जीवन डोर्‌याउने बाटाहरूमा असंख्य काँडाहरू उम्रिन थाले । हप्ताको एक दिनको तलब लेबी बुझाउनुपर्ने र आवश्यक पर्दा सुरक्षित सेल्टर दिनुपर्ने जागिरेहरूको नियति नै बन्न थाल्यो । यो, शशिकलाको ग्रामीण जीवन भोगाइप्रतिको अर्को कटु अनुभूति थियो ।
एक दिन अचानक शशिकला गाउँबाट हराई । त्यसभन्दा अगाडि नै उसको जीवनबाट ममतामयी आमाले हात हल्लाइसकेकी थिइन् र बुढ्यौलीले छोपेको उसको बुबाको शिथिल अनुहारमा दुःखका रेखाहरू बेस्सरी गड्दै गइरहेका थिए ।

त्यसपछि जीवन भोगाइको तेइसौं शिशिर बेहोर्दै गरेकी शशिकला अत्यन्तै मिल्ने तीनजना संगिनीहरूका साथ सशस्त्र तालिम केन्द्रमा देखा परी । हो, त्यही शशिकला आज सिरानी गाउँको गस्तीको निम्ति इन्स्पेक्टर रणवीरको पछिपछि रातमाटेको उकालोमा घामको प्रचण्ड तापसँगै जुध्दै छे ।
‘सर, अब मरिन्छ क्यारे !’

तिर्खाले व्याकुल बनेकी शशिकलाले सालको पात हम्काउँदै भनी ।
रणवीरले सबैको अनुहार नियाल्यो । सबै अनुहारले शशिकलाको भनाइप्रति मौन स्वीकृति दिए । त्यतिन्जेल उनीहरू सातघुम्ती पार गरेर माथि पुगिसकेका थिए । सल्लाका बडेमान रूखहरू छाडेर सालको घना जंगल हुँदै अगाडि बढिरहेका उनीहरू अर्को ठूलो जामुनको रूखमुनि गएर सुस्ताए । नजिकै फागुखोला छङ्छङ् गरिरहेको थियो ।

एकै छिन नसुस्ताइकन हतार-हतार शशिकलाको साथ लागेर तीनजना युवतीहरू काटेर पलाएका सालका स-सना बुट्यान हुँदै फागुखोलातर्फ हानिए । अरू जवानहरू भने नजिकै जामुनको रूखमुनि एकै छिन सुस्ताउने मनसुवाले सालको पात हल्लाउँदै बेवारिस पल्टे ।

एकाएक शशिकलालाई पिठौलीको झाडीभित्रबाट सुम्निमाले चियाएर हेरिरहेको झैं लाग्यो । र, उसले लामो समयपछि भेट भएको आफ्नो संगिनीको किराँत अनुहारबाट माया र सद्भावको आँसु बगिरहेको कल्पना गरी । त्यतिन्जेल उसका आँखा पनि आँसुले भिजिसकेका थिए ।

पानी खाइवरी अनुहार पखाल्न अञ्जुलीभरि पानी उठाउँदै गर्दा शशिकला यस्तरी झस्किई कि केही माथिको चुलीडाँडाबाट कम्ब्याट ड्रेस लगाएका युवतीहरू उनीहरूतिर निशाना दागिरहेका थिए । उसले स्पष्ट चिनी कि निशाना दागिरहेका तीनजनामध्ये एउटी उसकै विनयी बालसखी सुम्निमा थिई ।

शशिकलाले सतर्क हुँदै आफ्ना साथीहरूतर्फ फर्केर हेरी । उनीहरू बन्दुक ढुङ्गामाथि राखेर हातगोडा पखालिरहेका थिए । तर, उसले आफ्ना प्रहरी जवान साथीहरूलाई नजिकै आइरहेको भीमकाय संकटको बारेमा जनाउसम्म दिन चाहिन । न त उसका हातहरू स्वचालितरूपमा बन्दुकतर्फ नै अघि बढे ।
ऊ विस्मित भई उभिरही ।

एकाएक उसका आँखा चुलीमा झाडीको सहारामा उभिरहेकी सुम्निमाको आँखासँग जुध्न पुगे । नीलो गल्फक्यापमा पाँचकुने तारा चम्किरहेको प्रिय बालसखीको अनुहारभित्र उसले आफ्नै चित्र देखी । आठ कक्षासम्म सँगै पढेकी सुम्निमाले आर्थिक अभावका कारण पढाइ छाडेकी थिई । सधैं कक्षामा प्रथम र दोस्रो हुने यी बालसखीहरू एकले अर्कालाई मन साट्न नपाएको थाहै नपाई पाँच वर्ष बितिसकेछन् । कलेज सिध्याएर फर्किंदा सुम्निमा जंगल पसिसकेकी थिई ।

‘एइ ! शशि, कहिलेबाट लागिस् यो बन्दुक बोक्ने काममा ? ‘, कताकता उसलाई सुम्निमाले झाडीबाट चिच्याएर कराएझैं लाग्यो ।

‘गाउँमा त तिमेरुले बसिखान द्या भए पो त हाउ ।’ उसले मनमनै उत्तर दिएझैँ ठानी ।
‘आम्मई, बन्दुक बोक्दा त कस्ती राम्री देखेकी नि हौ यावा ! लु भन् त, के म पनि तँजस्तै स्वा’की छु ।’, सुम्निमाको स्वरझैं उसको कानमा गुन्जियो ।

‘अहो, सुमी ! तँ त झन् स्वा’की छेस् । हेर न, कलेज पढ्न गए’सि तँसँग भेटै भएन ।’, शशिकलाले आफ्नो मनको कुरा सुनाएको झैं सम्झी, ‘सम्झ त सुमी, हामी सिम्ले पँधेराँ पानी लिन जाँदा चेपागाँडालाई माछा भन्ठान्थिस् हगि ? ‘
‘के गर्ने त हाउ, आफू त पढ्न सकिएन ।’, शशिकलालाई सुम्निमाको निन्याउरो अनुहार उसकै सामुन्ने प्रकट भएझैं लाग्यो ।

छ्याप्पछ्याप्प पानी चलिरहेको आवाजले साथीहरू अझै हातगोडा धोइरहेका छन् भन्ने बताइरहेको थियो । शशिकला भने माथि चुलीतिर फर्केर एकतमास टोलाइरहेकी थिई । तर अचानक माथि चुलीबाट उनीहरूतिर सोझिरहेका बन्दुकहरू गायब भए ।

एकाएक शशिकलालाई पिठौलीको झाडीभित्रबाट सुम्निमाले चियाएर हेरिरहेको झैं लाग्यो । र, उसले लामो समयपछि भेट भएको आफ्नो संगिनीको किराँत अनुहारबाट माया र सद्भावको आँसु बगिरहेको कल्पना गरी । त्यतिन्जेल उसका आँखा पनि आँसुले भिजिसकेका थिए ।

मनमा उर्लिरहेका बेगिन्ती बहलाई रोक्न नसकी शशिकला दौडिँदै पानीछेउ पुगी र अनुहारभरि पानी छ्यापी । ठीक त्यहीबेला अचानक एउटा विस्फोटको आवाज आयो । हतार-हतार आवाज आएको दिशातर्फ शशिकलाका साथीहरूले बन्दुक सोझ्याए । उसले पनि जबर्जस्ती बन्दुक सोझ्याएझैं गरी तर आकाशमा उडिरहेको धुवाँको मुस्लोबाहेक चुलीमा केही पनि देखिएन । चुलीमा एक प्रकारको नीरवता छायो ।

एकै छिनपछि रणवीरको नेतृत्वमा तीनजनाको टोली पनि बन्दुक सोझ्याउँदै देखापर्‌यो । लगत्तै युद्धविरामको समय भएकाले प्रतीरक्षात्मक रूपमा पछाडि हट्न कमान्डर रणवीरको आदेश आयो र सबै जना चुलीडाँडातर्फ बन्दुक सोझ्याउँदै सजगताका साथ जामुनको रूखतर्फ पछाडि हटे । आकाशमा अझै धुवाँ उडिरहेको थियो ।
गस्तीबाट फर्केपछि शशिकलालाई अलिनो अनुभूति भयो ।

साँझपख ऊ तालिम केन्द्रको हरियो भवनमाथि गई अबेरसम्म टोलाइरही । उसले त्यो साँझ खाना पनि खाइन । उसको टाउको बेस्सरी दुखिरहेको थियो । साँझ अबेर इन्स्पेक्टर रश्मिलाको निर्देशनमा महिला स्वास्थ्य टोली शशिकलाको जाँचको निम्ति आइपुग्यो । उसको शरीर अस्वाभाविकरूपमा तातिरहेको थियो ।

भोलिपल्ट अस्वस्थताको कारण देखाएर ऊ गस्ती र तालिम दुवैमा गइन । दिनभरि ओछ्यानमा पल्टिरहँदा उसको मथिंगलमा सुम्निमाबारे अनगिन्ती सोचाइहरू आए ।

‘कस्ती सोझी र विनयी थिई सुम्निमा ! के उसले विवाह गरिहोली ? मोरी ! सानैमा घट्ट जाँदा लाहुरेसँग मात्रै विवाह गर्छु भन्थी । अहो ! समयले किन हाम्लाई विपरीत ध्रुवमा उभ्यायो ? ‘
अहँ, उत्तर कहीँ पनि थिएन ।

सिर्रसिर्र हावा चल्न सुरु गरेको त्यो साँझ आफूलाई सहज बनाउन ऊ तालिम भवनको छतमा गई । घाम डाँडापछाडि डुबेर बादलको अनुहारमा निन्याउरो याचना गरिरहेको थियो ।

‘खबरदार !’

सेन्ट्रीको कर्कश आवाज हावाले बत्याउँदै उसको कानसम्म ल्याइपुर्‌यायो र साथमा सेन्ट्रीलाई साथ दिइरहेको कुकुरको चर्को भुकाइ पनि । तर, उसलाई केहीको पर्वाह थिएन । ऊ हातमा सानो एफएम रेडियो लिएर यताउति टहलिरही । चिसो उत्तरी हावा बेजोडसँग चल्न सुरु गर्दै थियो ।

समाचारको धुन बज्नेबित्तिकै उसले रेडियोलाई दायाँबाट बायाँ ढल्काई । तालिम केन्द्रपारिको डाँडाले कहिलेकाहीँ फ्रिक्वेन्सीमा असर पुर्‌याउँथ्यो ।
समाचारका लागि ऊ जिज्ञासु र शान्त भई ।

अस्वस्थताले शुष्क बनाएको उसको अनुहार क्लान्त देखियो । तर, जब एकाएक रेडियो नेपालबाट समाचार आयो, त्यसले उसको अनुहारमा भुइँचालो ल्याइदियो । ऊ अचानक अवाक् बनी । मानौं, रेडियो भयंकर आसुरी गर्जन गर्जिरहेको छ ।
‘सुरक्षाफौजलाई लक्षित गरी प्रहार गर्न खोजेको ग्रिनेड हातैमा विस्फोट हुँदा सिरानी गाउँ इलाकाको रातामाटे जंगलमा आक्रमणकारी सुम्निमा राईको मृत्यु भएको समाचार छ ।’

हठात् शशिकलाको हातबाट रेडियो भुइँमा खस्यो । थर्थर काँपिरहेको हात अघि बढाउँदै उसले रेडियोलाई समात्न खोजी । उफ् ! रेडियो त झन् भयंकर राक्षसी गर्जन गर्जिंदै थियो । एकाएक उसलाई पीडाको पहाडले थिचेझैं भयो । उसका गालाबाट बर्बर्ती झरेका आँसुका थोपाहरूमा सुम्निमाको मायालु अनुहार छचल्कियो ।

‘सुम्निमा ऽऽऽ !’, ऊ बेस्सरी चिच्याई ।

उसलाई लाग्यो कि उसको चिच्याहट डाँडाकाँडा हुँदै माथि बादलसम्म पुगेको छ । घामले पोलेको निन्याउरो बादलमा सुम्निमाको चेहरा एकाकार भएझैं लाग्यो । उसले सोची कि त्यो बादलको अनुहारभित्रबाट सुम्निमाले रोएर भन्दै छे, ‘तँ पनि हार्ने, म पनि हार्ने, कस्तो लडाइँ लड्दै छौं हगि शशि हामीले ? ‘
शशिकला रोइरही ।

अन्नपूर्ण पोष्ट  बाट  साभार

‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्नेलाई १० करोडको ‘अफर’

भारतीय राष्ट्रपति प्रणव मुखर्जी गत कात्तिक १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन लागेकै बेला चिलले चल्ला टिपेझैं सुरक्षाकर्मीले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष फणीन्द्र नेपाललाई समाते । भारतीय राष्ट्रपति मुखर्जीलाई कालोझन्डा देखाउन विमानस्थल प्रवेशद्वार बाहिर पुगेका उनी ११ः५५ बजे समातिए ।

टिकट काट्ने बहानामा एक ट्राभल एजेन्सी पसेर आधा घन्टाजति आफूलाई बचाए पनि सुराकीका आधारमा समातिनासाथ उनले खल्तीबाट कालोझन्डा निकालेर ‘भारतीय विस्तारवाद मूर्दावाद’ भन्दै नारा लगाए । ‘हामीले मुखर्जीविरुद्ध कालोझन्डा देखाउन सफल भएका हौं,’ उनले खुसी व्यक्त गरे, ‘मुखर्जीलाई नै देखाउन पाएनांै । तर, कालोझन्डा देखाउनै पाएनौं भन्नेचाहिँ होइन ।’

phadindra-nepal-_greater-nepal-3
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा स्थापनासँगै उनी पक्राउ पर्दै रिहा हुने गरेका छन् । ३० पटकभन्दा बढी पक्राउ पर्दै रिहा भएका उनी किन समातिँदै छाडिन्छन् ? सुगौली सन्धिपछि नेपालले गुमाएको ६० हजार वर्गकिलोमिटर जमिन फिर्ता हुनुपर्ने मागसहित विरोध कार्यक्रम गर्दा उनी समातिन्छन् । अनि छाडिन्छन् ।

को हुन् फणीन्द्र नेपाल ?

फणीन्द्र नेपालले २०४५ देखि पाटन क्याम्पस ललितपुरमा पढाउँदै आएका छन् । नेपाली विषयमा एमए गरेका नेपाल कवि पनि हुन् । संखुवासभाको धुपू गाविस पुख्र्यौली घर भएका उनी काठमाडौंवासी हुन् ।

नेपाली साहित्यमा नयाँ धार स्थापना गर्न उनले तरलवादी आन्दोलन थालेका थिए । उनलाई कवि विनय रावल र तीर्थ श्रेष्ठले साथ दिए । ४० वर्षभन्दा कम उमेरका कविले पाउने मोती पुरस्कार (२०५०) पाएका उनको ‘फणीन्द्र नेपालका कविता’ र ‘कालरात्रिमा विम्ब खोज्दै’ कवितासंग्रह प्रकाशित छ ।

सुगौली सन्धि हुनुअघि नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म थियो । त्यतिबेला नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्गकिलोमिटर थियो । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटरमा खुम्चियो । त्यसमध्ये सीमांकनको नाममा १ हजार वर्गकिलोमिटर घटिसकेको छ ।

संवत् २०३९ मा राष्ट्रपुकार साप्ताहिकबाट पत्रकारिता थालेका उपप्राध्यापक नेपालले २०५४ बाट डेढ वर्षसम्म कान्तिपुर दैनिकको सम्पादकीय पृष्ठमा काम गरेका थिए । प्रकाशनका लागि लेख दिन कान्तिपुर दैनिक कार्यालय पुगेका उनलाई भाषा राम्रो छ भन्दै जागिरको प्रस्ताव गरिएको थियो । योगेश उपाध्याय सम्पादक रहेको त्यतिबेला कान्तिपुरको सम्पादकीय पृष्ठमा युवराज गौतमलगायत कार्यरत थिए । गौतमले लेख हेरिसकेपछि उनको भाषा प्रशंसा गर्दै जागिर प्रस्ताव गरेका थिए । प्रस्ताव स्वीकारेपछि उनी कान्तिपुरमा संलग्न भए ।

के हो ग्रेटर नेपाल ?

सुगौली सन्धि हुनुअघि नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म थियो । त्यतिबेला नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्गकिलोमिटर थियो । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटरमा खुम्चियो । त्यसमध्ये सीमांकनको नाममा १ हजार वर्गकिलोमिटर घटिसकेको छ ।

नेपालले बेलायतसँग सुगौली सन्धि गरेको थियो । बेलायतले १९४७ अगस्ट १५ मा इन्डिया नामक देश स्थापना गरेर फिर्ता भइसकेको छ । इन्डिया स्वतन्त्र भइसकेपछि नेपालको भू–भाग पनि स्वतन्त्र हुनुपर्ने हो तर सुगौली सन्धिपछि गुमेको जमिन नेपालले फिर्ता पाएन । गुमेको जमिन नेपालले फिर्ता पाउनुपर्छ भन्ने माग नै ग्रेटर नेपाल हो ।

यसरी स्थापना भयो ग्रेटर नेपाल

दार्जिलिङमा २० वर्षसम्म एकछत्र राज गरेका सुवास घिसिङले भारतीय सेनाको जागिर छाडेर ‘पृथक प्रशासनिक पहिचान’ सहितको ‘गोर्खाल्यान्ड’ माग गर्दै आन्दोलन थाले । घिसिङले १९५० को सन्धिको धारा ८ अनुसार दार्जिलिङ नेपालको भएको दाबी गरे । उनको भनाइ थियो, ‘नेपालले लिँदैन भने दार्जिलिङ भारतको हो । उसले पनि संवैधानिक रूपमा इन्कर्पोरेट गर्न सकेको छैन । संवैधानिक रूपमा दार्जिलिङ भारतले लिन उसको संविधान १ थ्रीसीअन्तर्गत आउनुपर्छ । नत्र दार्जिलिङ स्वतन्त्र रहन्छ ।’ घिसिङले बोलेका कुरा थाहा पाएपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष फणीन्द्र नेपाललाई गुमेको जमिन फिर्ता लिन पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

phadindra-nepal-_greater-nepal-4
भारतले नेपालको जलस्रोतमा एकाधिकार कायम गर्ने, सिमाना मिच्नेक्रम बढ्दै गएपछि कान्तिपुर दैनिकका पूर्वसम्पादक नारायण वाग्लेले कालापानी पुगेर कालापानी नेपालको हो भन्ने समाचार लेखे । समाचार फोटोसहित प्रकाशित भयो । त्यतिबेला कान्तिपुरमै कार्यरत उनलाई भारतप्रति झन् उग्र बनायो । लडेरै भए पनि जमिन फिर्ता लिनुपर्छ भन्ने मान्यता राख्ने उद्देश्यले ०५९ मा ग्रेटर नेपाल स्थापना भएको हो । सुनाए, ‘सुगौली सन्धिपछि गुमेको नेपालको जमिन भारतले नछाडेकोमा नेपालका राजनीतिक दलले मुद्दा बनाउन त परै जाओस्, कसैले चुँसम्म नबोलेपछि चेतनामूलक राजनीतिमा हामफालेको हुँ ।’

अगस्ट १५ (भारत स्वतन्त्र भएको दिन), जनवरी २६ (भारतको गणतन्त्र दिवस, हाम्रो जमिनमा गणतन्त्र दिवस मनाउन पाइँदैन भनेर विरोध गर्ने), डिसेम्बर २ (अंग्रेजले सुगौली सन्धि प्रस्ताव गरेको दिन) र १८१६ मार्च ४ (नेपालले सुगौली सन्धिमा सही गरेको दिन) भारतीय दूतावासअघि नेपालको भू–भाग फिर्ता गर् भन्दै विरोध कार्यक्रम गर्छ ।

को–को छन् ग्रेटर नेपालमा ?

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चामा उपप्राध्यापकदेखि बहालवाला र अवकाशप्राप्त शिक्षक छन् । पत्रकारसमेत संलग्न मोर्चामा युवाको बाहुल्य छ । पैसा होला भनेर जोडिएका व्यक्ति नभएको थाहा पाएपछि मोर्चा छाड्ने गर्छन् । योक्रमले निरन्तरता पाएको छ । जासुसका लागि मोर्चामा जोडिन चाहने पनि नभएका होइनन् ।

१२ जिल्लामा संगठन विस्तार

मोर्चाले पश्चिमका नौ जिल्लामा संगठन निर्माण गरेको छ । सेती र महाकाली अञ्चलका नौ जिल्ला र रूपन्देहीमा संगठन विस्तार गरिएको हो । यसैगरी, पूर्वमा झापा र इलाममा संगठन विस्तार गरिएको छ । मोर्चा अध्यक्ष नेपालको दाबी छ, ‘मोर्चा ढिलोचाँडो राजनीतिक दलमा परिणत हुन्छ ।’

ग्रेटर नेपालसम्बन्धमा कुराकानी गर्न बेलायत, अमेरिका र हङकङबाट निम्ता पाएको बताउँदै उनले भने, ‘संगठन विस्तार होइन, मोर्चाले चेतना फैलाउने काम गर्दै आएको छ ।’ सालिन्दा चार विरोध कार्यक्रम गर्ने मोर्चाको तालिका नै बनेको छ । उसले अगस्ट १५ (भारत स्वतन्त्र भएको दिन), जनवरी २६ (भारतको गणतन्त्र दिवस, हाम्रो जमिनमा गणतन्त्र दिवस मनाउन पाइँदैन भनेर विरोध गर्ने), डिसेम्बर २ (अंग्रेजले सुगौली सन्धि प्रस्ताव गरेको दिन) र १८१६ मार्च ४ (नेपालले सुगौली सन्धिमा सही गरेको दिन) भारतीय दूतावासअघि नेपालको भू–भाग फिर्ता गर् भन्दै विरोध कार्यक्रम गर्छ । त्यसबाहेक समय परिस्थितिअनुसार विरोध कार्यक्रम तय गरिन्छ ।

मोर्चाका चर्चित कार्यक्रम

भारत र चीनले दार्चुलाको लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सम्झौता गरे । लगत्तै मोर्चाले विरोध कार्यक्रम थाले । लिपुलेकबारे पहिलोपटक विरोध गर्ने ग्रेटर नेपाल नै हो । यही विषयमा ज्ञापनपत्र बुझाउन चिनियाँ दूतावासवास पुग्दा उनीहरू समातिएका थिए ।

यसैगरी, मेघालयमा नेपाली लखेटिँदा पनि मोर्चाले विरोध गर्यो । भारतीय एसएबीले तराईवासी नेपाली मार्यो । मोर्चाले ५० लाख क्षतिपूर्ति माग गर्यो । त्यतिबेला परराष्ट्रमन्त्री साहना प्रधान थिइन् । परराष्ट्रमन्त्री प्रधानले ज्ञापनपत्र बुझ्दै ५० लाख क्षतिपूर्ति माग्नुभयो । यत्रो त माग्न सकिँदैन भनिन् । उनले सोधे, ‘परराष्ट्रमन्त्रीज्यू म यो ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष हुँ । तपाईं नै भन्नुस् कति लाख माग्न सक्नुहुन्छ ? २५, १५ वा १० लाख । म अहिले सच्याउँछु । त्यसपछि उनी चुप लागिन् ।’

भारतीय सेनामा कार्यरत धरानका विमल तामाङ पाकिस्तानको गोलाबारीमा कास्मिरमा मारिए । तामाङको शव नेपाल ल्याउन दिइएन । भारतको रक्षार्थ नेपालीले रगत बगाउने, बदलामा नेपालमा नाकाबन्दी लगाउने ? यस्तै हो भने ग्रेटर नेपालले छिट्टै आगो बाल्छ, त्यो निभाउने तागत कसैसँग हुँदैन ।

संविधान संशोधन मस्यौदामा अंगीकृत नागरिकता लिएकाले दस वर्षपछि मुलुकको जुनसुकै पदमा बहाल हुन सक्ने उल्लेख गरिएपछि विवाद सतहमा आएको छ । यस विषयमा ग्रेटर नेपालले चर्को विरोध गर्दै आएको छ ।

कसरी चलेको छ अभियानको खर्च ?

मोर्चाको १५ सदस्यीय केन्द्रीय समिति बनेको छ । १५ जनाबाट प्रतिव्यक्ति मासिक १ हजार उठाएर खर्च जोहो गर्दै आएको छ ।

‘पैसा नभएकाले मोर्चाले भनेजस्तो कार्यक्रम गर्न सकेको छैन,’ उनले थपे, ‘मोर्चासँग पैसा भएको भए प्रभावकारी कार्यक्रम गथ्र्यौं । जुन कार्यक्रम गर्दा सरकार नै अप्ठ्यारो पर्न सक्छ । हामीसँग त्यस्ता मुद्दा छन् ।’

मोर्चाले थालेको अभियान रोक्न नेपालका लागि तात्कालिक भारतीय राजदूत राकेश सुदले १० करोड प्रस्ताव गरेको उनले खुलासा गरे । मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका तराईवासी नेतामार्फत ल्याइएको प्रस्तावमा कमिसन लोभमा परेर नेपाली पत्रकारसमेत संलग्न थिए ।

phadindra-nepal-_greater-nepal-2
यसकारण भारतसँग एलर्जी ?

भारतमा १८५७ मा सिपाही विद्रोह भयो । उनीहरू त्यसलाई पहिलो स्वतन्त्रता आन्दोलन भन्छन् । १९४७ मा भारत स्वतन्त्रता (९० वर्षपछि) भयो । त्यसअघि बेलायती उपनिवेशवादविरुद्ध लडेका उनीहरूले हतियार उठाएरै आन्दोलन नगरे पनि असहयोग आन्दोलन, भद्रअवज्ञा आन्दोलन त कहिले विदेशी पोसाक जलाएर भारत छोड भनेर आन्दोलन गरे । स्वतन्त्र भएपछि भारतले हाम्रो जमिनलाई उपनिवेश बनाए । जुन मुलुकले उपनिवेशवादविरुद्ध लडे उसले अर्को मुलुकको जमिन उपनिवेश बनाउने ? त्यो मान्य हुन्छ ?

हाम्रो सिमाना टिस्टादेखि सतलजसम्म भएको समयमा अंग्रेजले युद्ध घोषणा गर्यो । युद्धमा हामी पश्चिमपट्टिमात्रै हारेका थियौं । तर, पूर्वका भू–भाग र महाकालीपूर्वको तराई पनि कब्जा गर्यो । त्यो अन्यायपूर्ण छ ।

एक वर्षपछि कोसीदेखि राप्तीसम्मका भू–भागमात्रै फिर्ता पाइएको हो । १८५७ मा लखनउमा सिपाही आन्दोलन भयो । आन्दोलन निप्टारा लगाउन सघाएबापत बाँके, बर्दिया, कञ्चनपुर फिर्ता गरिएको भू–भाग नेपालकै भएको सुगौली सन्धिपछि बेलायतले लिएको थियो । नेपालले सुगौली सन्धि बेलायतसँग गरेको हो । भारतको कुनै प्रान्तसँग गरेको होइन । बेलायतसँग गरेको सन्धि ऊ त्यहाँबाट हिँडेपछि उसले ओगटेको जमिन कहाँ रहन्छ ?

मोहनशमशेरले १९५० मा सन्धि गर्दा यसअघि नेपाल र बेलायतबीच भएका जे–जति सन्धि छन्, सबै खारेज हुने भन्ने उल्लेख छ । त्यसमा सुगौली सन्धि पनि पर्यो ।

बीपी कोइराला, मनमोहन अधिकारी, निरञ्जन रायमाझीलगायतले भारत स्वतन्त्रता आन्दोलनमा सहभागी भए । जेल परे । उनको तर्क छ, ‘मैले तपाईंको बुवासँग लिएको ऋण काकालाई फर्काउन मिल्छ ? बुवालाई नै फर्काउनुपर्यो नि । हाम्रो जमिन बेलायतले लियो, फर्कंदा उसले भारतलाई छाड्ने ? यसमा बेलायतको पनि उत्तरदायित्व छ ।’ मोर्चाले तीन वर्षअघि बेलयाती महारानी, प्रधानमन्त्री र भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।

ज्ञापनपत्र पाएपछि बेलायतको भनाइ थियो, ‘त्यो जमिन भारतमा छ । हामीले केही बोल्न मिल्दैन । तपाईंहरूले कानुनी मुद्दा बनाएर अन्तर्राष्ट्रिय अदालत जानुस् ।’

अन्तर्राष्ट्रिय अदालत जान नसक्नुका कारण

अन्तर्राष्ट्रिय अदालत जान व्यक्ति वा संगठनमात्रै जान सक्दैन । सिंगो मुलुक जान पर्छ । अदालत जानअघि भारतसँग दुईपक्षीय वार्ता हुनुपर्छ । भारतसँग वार्ता हुँदा उसले के भन्छ ? त्यसपछि भारत, नेपाल र बेलायतबीच त्रिपक्षीय वार्तामा बस्नुपर्छ । १९६० मा संयुक्त राष्ट्रसंघले प्रस्ताव नम्बर १५१६ मा संसारभरिका उपनिवेश ध्वस्त हुनुपर्छ भनेको छ । भारत संयुक्त राष्ट्रसंघको सदस्यराष्ट्र हुने उसले भनेकोचाहिँ नमान्ने ?

१० वर्षमा ग्रेटर नेपाल कायम

देखेको सपना पूरा हुन्छ नै भन्न सकिँदैन । तर, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष नेपाल अबको दस वर्षमा ग्रेटर नेपाल कायम हुन्छ भन्ने विश्वस्त छन् । उनी दाबीसाथ भन्छन्, ‘ग्रेटर नेपाल नाटकीय ढंगमा कायम हुन्छ । ग्रेटर नेपाललाई मुद्दा नबनाउने राजनीतिक दलको भविष्य छैन ।’

धम्कीभन्दा प्रलोभन धेरै, १० करोड ‘अफर’

मोर्चाले थालेको अभियान रोक्न नेपालका लागि तात्कालिक भारतीय राजदूत राकेश सुदले १० करोड प्रस्ताव गरेको उनले खुलासा गरे । मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका तराईवासी नेतामार्फत ल्याइएको प्रस्तावमा कमिसन लोभमा परेर नेपाली पत्रकारसमेत संलग्न थिए । ‘प्रस्ताव अस्वीकार गरें,’ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष फणीन्द्र नेपालले त्यतिबेला पाएको धम्कीबारे सुनाए, ‘तराईवासी नेताले तराईमा आगो बाल्ने चेतावनी दिए । मैले पनि धम्कीकै भाषामा पहाडै–पहाड आसाम पुगौंला भनें । उनीहरूसँग पैसा थियो आगो बाले । मोर्चासँग थिएन हामी जहाँको तहीँ छौं । तर पनि दुःखी छैन । मलाई १० करोड पैसा किन चाहियो ? मोर्चाले उठाएको मुद्दा कमजोर थियो भने १० करोड रुपैयाँको प्रस्ताव किन ?’

पुसको महिना, पानी परिरहेको थियो । उनी काठमाडौंको रानीपोखरी भएर हिँडिरहेका थिए । जमलको आकाशेपुलमा पुगेपछि उनलाई दुईजना केटाले समातेर तँलाई रानीपोखरी फाल्दिन्छौं भने । त्यहीबेला बटुवाले लुटपाट हुन लाग्यो के हो भनेर हल्लाखल्ला गरेपछि तिनीहरू भागे ।

भारतीय दूतावास तात्कालिक संस्कृति विभागप्रमुख अपूर्व श्रीवास्तवले समेत भेटघाटका लागि आह्वान गरे पनि मोर्चाले वास्ता गरेन । कुइनोले पहाडसँग सिंगौरी खेल्ने भन्दै नेपालीले नै धम्की दिने गरेको उनले बताए ।

सुन्दा हो कि हो कि लाग्छ । तर, होइन । त्यो भनाइ देशसँग मिल्दैन । गोवा लिन भारतले सैनिक पठायो । उसलाई त्यसो गर्न लाज लागेन । जबर्जस्त जनमसंग्रह गराएर सिक्किम लिए । तर, हामीले हाम्रो जमिन नमिच भन्नै नपाउने ? त्यसो भन्नसाथ हामीलाई भारतविरोध भनिन्छ । उनको कथन छ, ‘हामी भारतविरोधी हुँदै होइन । गलत प्रवृत्तिको मात्रै विरोध गरेका हौं ।’

‘लेख’ रोक्न प्रधानमन्त्री सूर्यबहादुर थापासहित बालुवाटारमा बैठक

कान्तिपुर दैनिकमा काम थालेपछि फणीन्द्र नेपालले ‘नेपाल कसरी सानो भयो ?’ भन्ने शृंखलाबद्ध लेख लेख्न थाले । सुगौली सन्धिबाट नेपाल सानो भएको हो । लेख पाठकले मन पराए । दुई अंक छापिएपछि सम्पादक उपाध्यायले उनलाई बोलाएर मलाई इन्डियनहरूले टाउको खाइसके तपाईंले लेख्दै आउनुभएको आर्टिल बन्द गर्नुपर्यो भने । उनले प्रतिउत्तरमा दाइ धेरै छैन, दुई÷तीनवटा छ, त्यसपछि सकिन्छ भन्दै गए । त्यसो भन्दै ५७ वटा लेख कान्तिपुरमा प्रकाशित भयो ।
५७ वटा लेख प्रकाशित भएपछि हेमराज ज्ञवालीले बोलाएर भने, ‘चिनी पनि धेरै खाएपछि तितो हुन्छ । राम्रो विषय हुँदाहुँदै पनि यसलाई तन्काएको तन्कायै भयो अब बन्द गरौं ।’ प्रकाशकले बन्द गरौं भनेपछि लेख्न बन्द भयो ।

लेख प्रकाशन बन्द हुन साता/दस दिनअघि विजयमाणि आदीले फोन गरेर फणीन्द्रलाई भने, ‘भाइ तपाईंलाई बधाइ छ, आज भारतीय दूतावासमा बैठक बस्यो । तपाईंको लेख अब दुई हप्ताभन्दा उता प्रकाशित हुँदैन ।’

त्यसताका नेपालका लागि भारतीय राजदूत केभी राजन थिए । फणीन्द्रले किताब प्रकाशन गर्न प्रधानमन्त्री कार्यालयमा काम गर्ने उपसचिवलाई सहयोग मागे । प्रधानमन्त्री कोषमा पैसा हुन्छ रे भन्दै उनले उपसचिवलाई अलिकति रुपैयाँ जुटाइमागे । उपसचिवले कुरा खोले, ‘तपाईं प्रधानमन्त्री कोषबाट किताब निकाल्ने कुरा गर्नुहुन्छ । तपाईंको धारावाहिक लेख बन्द गर्न केभी राजन, कान्तिपुर दैनिक प्रकाशक हेमराज ज्ञवाली, प्रधानमन्त्री सूर्यबहादुर थापा बालुवाटारमा बैठक बसे । बैठक बसेर तपाईंको लेख बन्द भएको हो । अनि प्रधानमन्त्री कोषबाट पैसा पाउनुहुन्छ ?’

माओवादीले मात्रै ७००

५७ शृंखलामा छापिएको लेख संकलन गरेर उनले ‘नेपाल टिस्टादेखि सतलजसम्म’ भन्ने किताब निकाले । ०५५ सालमा छापिएको किताब माओवादी कार्यकर्ताले एकैपटक सात सय प्रति किनेर लगेका थिए । माओवादी गुमेको भू–भाग फिर्ता लिन चाहन्छन् भनेर छलफल बहस गर्दा यो कसरी सम्भव छ भनेर सोध्नेलाई माओवादीले त्यो किताब देखाउने गरेका थिए ।

फोटोकपि गरेर ७० हजार प्रति वितरण

मोर्चा स्थापनाकालदेखि अध्यक्ष रहेका फणीन्द्रले ‘घिसिङलाई नेपालको चिट्ठी’ भनेर विमर्श साप्ताहिक (०४८) मा प्रकाशित गरे । घिसिङले त्यो चिट्ठी बंगाली, हिन्दी र अंग्रेजी भाषामा अनुवाद गरेर प्रचार–प्रसार गरे । उनले तीन भाषामा अनुवाद गरिएको चिठ्ठी चुनावी प्रयोजनका लागि ७० हजार प्रति फोटोकपि गरेर बाँडेका थिए । त्यतिमात्रै होइन, उनले दार्जिलिङ नेपालले दाबी गर्दै आएको छ भनेर भारतीय सरकारलाई तर्साए ।

तीन महिनामा तीनपटक चीन

उनी मोर्चाको काममा तीनपटक चीन पुगिसकेका छन् । चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार, अन्य थिंकट्यांक, नेपाल नीति तथा निर्माण तहमा रहेकाकासँग भेटघाट गरे । उनीहरूले ग्रेटर नेपालले उठाएको मुद्दालाई आकर्षक भएको स्वीकारे । उनीहरूको भनाइ थियो, ‘नैतिक रूपमा तपाईंहरू माथि हुनुहुन्छ । हङकङ हाम्रै सिमानाभित्र रहे पनि बेलायत टाढा थियो तर तपाईंहरूले जुन जमिन दाबी गर्दै हुनुहुन्छ त्यो भारतसँग जोडिएको छ । त्यो त तपाईंहरूको हुँदै हो । तपार्इंहरूलाई केही समस्या छन् । यो विषय गम्भीर छ । यसले दक्षिण एसियामा दूरगामी महत्व राख्छ ।’

ग्रेटर नेपालका अगुवा दार्जिलिङकै

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष नेपाललाई कविताभन्दा माटो ठूलो लाग्यो । त्यसैले कविता लेख्न छाडेर अभियान बुलन्द बनाउन लागिपरेका छन् । उनी सगर्व भन्छन्, ‘ग्रेटर नेपाल मुद्दा उठाउने म पहिलो व्यक्ति होइन । १९४६ मा दार्जिलिङका डम्बरसिंह गुरुङ दार्जिलिङ नेपालमा मिलाउनुपर्यो भनेर मेमोरेन्डम लिएर नेपाल आउनुभएको थियो ।’ कुमाउबाट गोविन्द बल्लभ पन्त (पछि गृहमन्त्री बने) ले नेपालजस्तो कंगाल देशसँग नमिल्ने भने । त्यतिबेला गुरुङले भनेका थिए, ‘राणाविरोधी आन्दोलन नगर्नुस् । पहिले दार्जिलिङ लिनुस् । दार्जिलिङमा २५ हजार भूपू लाहुरे छन् । २५ हजार लाहुरेले राणालाई एकैरातमा सिध्याइदिन्छ ।’ कांग्रेसले त्यो कुरा नेहरूलाई सुनाए । नेहरूले बीपी कोइरालाहरूलाई राणाविरोधी आन्दोलन गर्न उक्साए ।

मिडिया सहयोग पहिले धेरै

मोर्चाले थालेको अभियानको सुरुताका मिडियाले धेरै सहयोग गरे । तर, बहुराष्ट्रिय कम्पनीको विज्ञापन सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्न थालिएपछि ग्रेटर नेपालसँग सम्बन्धित समाचार विज्ञापनसँग साट्न थालियो । तैपनि सबैले त्यसो गर्न सकेनन् । छिटपुट रूपमै भए पनि समाचार प्रकाशन÷प्रसारण हुँदै आएका छन् । अनलाइन म्यागेजिनमा उनीहरूको निगरानी कम देखिन्छ ।

झन्डै मारे
उनले जतापट्टि सिरानी लगाएर सुत्थे, त्यही निशाना बनाएर कसैले सुतिरहेको अवस्थामा घरमै ढुंगा हाने । ढुंगा हानेको दिन अर्कोपट्टि सिरानी लगाएर सुतेकाका उनी बाँचे । यो पाँच/सात वर्षअघिको कुरा हो ।

पुसको महिना, पानी परिरहेको थियो । उनी काठमाडौंको रानीपोखरी भएर हिँडिरहेका थिए । जमलको आकाशेपुलमा पुगेपछि उनलाई दुईजना केटाले समातेर तँलाई रानीपोखरी फाल्दिन्छौं भने । त्यहीबेला बटुवाले लुटपाट हुन लाग्यो के हो भनेर हल्लाखल्ला गरेपछि तिनीहरू भागे ।

साभार : रातोपाटि

सुजाता कोइरालालाई एक नर्सले दिइन् उपचार खर्च जुटाउने आइडिया

156941519nurse1-jpeg

काठमाडौं– काँग्रेस नेतृ सुजाता कोइरालाले सरकारसँग १ करोड रुपैयाँ उपचार खर्च मागेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । धेरैले उनको आलोचना गरेका छन् । उनको उपचारमा १ करोड खर्च नहुने चिकित्सकहरुले नै बताएका छन् । यसैगरी उनलाई लागेको ब्रेष्ट क्यान्सरको नेपालमै उपचार हुन सक्ने पनि डाक्टरहरुको राय छ ।
यही बिचमा सुजातालाई लक्ष्य गरी शिक्ष्ण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर महाराजगञ्जमा कार्यरत नर्स प्रतिमा खत्रीले आफ्नो बिचार राखेकी छिन् । जुन सबैका लागि मननीय छ । उनको बिचार यस्तो छः

बिएन पढ्दाको कुरो हो, हेल्थ इकोनमी  बिषयको ‘इन्कम एण्ड डिष्ट्रीब्युसन’का बारेमा हामीलाई पढाउने म्यामले लिएको क्लास यति राम्रो थियो कि, आज सुजाता कोइरालाले आफ्नो उपचारको लागि सरकारसँग भिख मागेको समचार सुन्दा ताजा भएर आयो । हामी आफ्नो कमाइको आफै ब्यबस्थापन गर्दैनौं, अन्त कतै चुहाइरहन्छौ भने के काम त्यो शिक्षा, पद, नाम आदि इत्यादिको ….

रोगले मान्छे छुट्याउदैन, भोलि के हुन्छ थाहा हुँदैन, आफ्नो भबिष्यको बारेमा आफै सोच्ने हो, सरकार वा अरु कुनै दाताको मुख ताकेर हुन्छ त ?  हेल्थ इकोनमी को क्लास पछि म हरेक दिन मेरो कमाइको १० रुपैयाँ स्वास्थको लागि छुट्याउने गर्छु। हिसाब गर्दा, एक महिनामा ३०० हुन्छ अनि एक बर्षमा ३६०० । अहिलेसम्म १४,६०० भैसक्यो। उमेर र कमाइसँगै स्वास्थमा जोखिम नि बढ्दै जाला त्यही अनुसार बढाउँदै गइएला ।  हामी पहिला आफूलाई बिश्वास गर्न सिकौ अनि बल्ल अरुको आस गरौ, आफ्नो कमाई, आफ्नो क्षमता अनि आफैलाई बिश्वास गर्दैनौ भने बिमा कम्पनी, अरु दाताको के बिश्वास  ? पछि गएर बिमा कम्पनी, सरकारको वा अरु दाताहरुको मुख किन हेर्ने  ?

सहयोग त्यतिबेला मात्र लिन पर्छ जतिबेला हामी आफ्नो प्रयासबाट अन्तिम अवस्थामा पुग्छौ । जब सहयोग विना एक पाइला पनि अघि बढाउन सकिदैन जस्तो लाग्छ  ।  सहयोगको वास्तविक मज्जा बल्ल थाहा पाउन सकिन्छ।
के सुजाता कोइराला दुई छाक टार्न पनि धौधौ पर्ने मान्छे हुन र ?  कि उनी उपचार गराउँदा गराउँदै सडकमा आइसकिन् ??  होइन भने उपचारको लागि सरकार सामु हात किन फैलाइन त ?

स्रोत : स्वास्थ खबर पत्रिका