Home / फोटो फिचर

फोटो फिचर

केन्द्रीय सदस्य लिम्बुलाई ओलीले दिए अन्तिम श्रद्धाञ्जलि (तस्बिरसहित)

धरान, ११ असार । एमालेका अध्यक्ष केपी ओलीले सांसद एवम् केन्द्रीय सदस्य महिम लिम्बुप्रति अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

धरानस्थित लिम्बुको निवासमा राखिएको शवमा आइतबार बिहान ओलीसहितका एमालेका नेताहरूले अन्तिम श्रद्धाञ्जलि दिएका हुन् । ओलीले लिम्बुको पार्थिव शरीरमा एमालेको झण्डासमेत ओढाएका थिए ।

लिम्बुको शनिबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

‘उ होचो भएर के भो, हाम्रो प्रेम अग्लो छ’

क्लोई लसेड र जेम्स नवविवाहित दम्पत्ति हुन् । दुवै एक-अर्काको साथ पाएर रमाइरहेका छन् ।

 

तर, २९ वषर्ीय जेम्ससँगको प्रेमलाई लिएर २३ वर्षीया क्लोईले सुरुमा आफ्नो परिवारबाट ठूलै विरोधको सामना गर्नुपरेको थियो । यसको कारण थियो, जेम्स एउटा असाधारण आनुबंशीक बिमारीले गर्दा होचोपनाको शिकार हुनु ।

क्लाईले बताउँदैछिन् कसरी उनी एउटा होचो व्यक्तिसँग प्रेममा परिन्ः

फोनको घन्टी बज्दा म डराएँ । म आमालाई आफ्नो नयाँ ब्वाइफ्रेण्डको विषयमा बताउने योजनामा थिएँ ।

जब मैले आमालाई आफ्नो नयाँ ब्वाइफ्रेण्डको नाम सुनाएँ, उहाँ आक्रोशित बन्नुभयो ।

उहाँले भन्नुभयो, ‘किन ? जेम्स त पुड्को छ । उसँग तिम्रो जोडी मिल्दैन ।’

मेरी आमा यो कुरा महसुस गर्न सक्नुहुन्नथ्यो कि जेम्समा मैले के देखेकी छु । जेम्स जन्मजात डायसट्रोफिक डिसप्लेजिया नामको रोगबाट पीडित थियो । यो एउटा असाधारण आनुवंशीक स्थिति हो जसमा मानिस पुड्कोपनाको चपेटामा पर्छन् ।

जेम्सका बुवा र आमा दुवैको उचाई ठीकठाक छ । जेम्स केवल तीन फुट सात इन्चको छ, जबकि म पाँच फिट सात इन्चकी छु । आमाको प्रतिक्रिया सुनेर मलाई रिस उठ्यो । आखिर किन उहाँले जेम्सलाई स्वीकार गर्न सक्नुहुन्न ?

मैले धेरै केटाहरु देखेकी छु तर, मेरो मनमा सँधै लामो समयको पार्टनरको चाहना रह्यो । पाँच वर्षको उमेरमा नै म चर्चमा हुर्किएँ । यस्तोमा सँधै नै मेरो लागि विवाह महत्वपूर्ण थियो । मलाई लाग्छ कि म यस विषयमा पारम्परिक छु ।

म कसैसँग केवल डेटिङमा हिँड्न चाहन्नथेँ । म आफैंलाई सोध्ने गर्थेँ, के यो केटा मसँग बिहेका लागि योग्य छ ? यदि छैन भने म उसँग के गरिरहेकी छु ? साँचो कुरा यही हो कि जब हामी पहिलोपटक भेट्यौं, मलाई लागेको थिएन कि जेम्स मेरो ब्वाइप|mेन्ड बन्न योग्य छ । उसको जस्तो अवस्था थियो, यस्तो लाग्दैनथ्यो कि हामी एक हुन सक्छौं ।

उ मेरो साथीको साथी थियो । र, हामी एक-अर्कालाई चिन्थ्यौं । तर, हामी सन् २०१२ को मेमा साथी बन्यौं, जब उ ओलम्पिक टर्च लिएर वेल्स आयो । उसले ओलम्पिक टर्च यसकारण उठायो ताकि अक्षम मानिने व्यक्तिहरु पनि खेलतर्फ आकषिर्त हुन सकुन् ।

उ ड्वार्फ स्पोर्टस एसोसियसनमा नौ वर्ष ब्रिटिश क्लास वान ब्याडमिन्टन च्याम्पियन थियो । पछि ब्रिटिश प्रतिनिधिको रुपमा २००८ मा चीन गएपछि ओलम्पिक टर्च उठाउनका लागि उसको चयन स्वभाविक थियो । म उसका साथीहरुसँग त्यो हेर्न गएकी थिएँ ।

त्यहाँ मेरो उसँग भेट भयो । उसको परिवारलाई पनि भेटेँ । मैले उसलाई यसकारण मन पराएँ कि उ हरतरहले बिन्दास व्यक्ति हो । यसका साथै उ एक सकारात्मक सोच भएको मान्छे पनि हो ।

यद्यपि, त्यतिबेला म अरु कसैसँग डेट गरिरहेकी थिएँ । जबसम्म जेम्सले मलाई प्रस्ताव राखेन, मैले आफ्नो प्रेमीसँग ब्रेकअप लिइनँ ।

त्यतिबेला म कार्डिफमा पढिरहेकी थिएँ । त्यसैले उसले मलाई टेक्स्ट म्यासेज गरेर आफूसँग डेट गर्ने प्रस्ताव राख्यो । मैले सकारात्मक जवाफ दिएँ । उ निकै खुशी भयो । हाम्रो पहिलो डेटिङ मे २०१३ मा भयो र विवाहसम्म पुग्न लामो समय लाग्यो । किनकी हामी दुवै आ-आफ्नो जिन्दगीमा व्यस्त थियौं ।

केही समयसम्म हामीले यो सम्वन्धलाई गोप्य राख्यौं । यो सम्वन्धलाई लिएर मभित्र एक किसिमको उथलपुथल चलिरहेको थियो । कहिले लाग्थ्यो, मानिसहरुले के सोच्लान्, के भन्लान् ? खासगरी मेरी आमाले के भन्लिन् ?

मलाई यो सम्वन्धलाई अघि बढाउन निकै चुनौति थियो । तर, मैले अगाडि बढ्ने निर्णय गरेँ । एक दिन म आफ्नी आमा र बहिनीसँग सपिङमा गएँ र अचानक जेम्स त्यहीँ भेटियो । म त्यतिबेला कत्ति पनि लजाइनँ, तर मसँग कुनै शब्द पनि थिएन ।

म सेप्टेम्बरमा यूनिभर्सिटी फर्किएपछि यो सम्वन्धलाई सार्वजनिक गरिदिएँ ।

मेरी आमा सिंगल मदर हुन् । उनी म र मेरी दुई बहिनीको विषयमा ज्यादै सतर्क छिन् । पछि मेरी आमाले पनि कुरा बुझिन् । अब उनलाई जेम्सको विषयमा कुनै दुखेसो छैन ।

 

विषय केवल लुक्सको होइन । जेम्स मेरो लागि सँधै आकर्षक छ र म उसको लागि ।

अघिल्लो वर्षको अगष्टमा हाम्रो बिहे भयो । यो मेरो जीवनकै सबैभन्दा खुशीको पल थियो । म उसँग आफ्नो सिंगो जीवन बिताउनका लागि निकै उत्साहित छु । हामी दुवै मिलेर काम गर्छौं । एक-अर्कालाई ज्यादै माया गर्छौं । उ होचो भएर के भो, हाम्रो प्रेम अग्लो छ ।

राप्रपा आन्दोलन फोटो फिचर

७ चैत्र काठमाण्डौ ,

निर्वाचन आयोगले विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाइदिएपछि राप्रपाले आज आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्नामा उपप्रधानमन्त्री कमल थापा सहित राप्रपाका अन्य मन्त्रीहरु पनि सहभागी थिए । सहभागीले प्रहरीको घेरा तोड्न खोजेपछि आयोग परिसर बाहिर निकै तनाव भयो । प्रहरीको कुटाइ र अश्रुग्याँस प्रहारबार पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणा सहित केही घाइते भए । बाँकी हेर्नुस् तस्बिरमा:

आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राज संस्थासम्बन्धी शब्दहरु हटाइएको विरोधमा निर्वाचन आयोग अगाडि सोमबार भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्ताको साथमा नेता पशुपति शम्शेर राणा ।
विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुदाँ सो पार्टीका कार्यकर्ताले प्रहार गरेको इँटा लागेर घाइते भएका सुरक्षाकर्मीलाई उठाएर लग्दै सुरक्षाकर्मी ।
आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राज संस्था खारेजीको निर्णयको विरोधमा सोमबार निर्वाचन आयोग अगाडि प्रदर्शनमा सहभागी राप्रपाका नेता बुद्धिमान तामाङलाई सुरक्षित स्थानमा लगिँदै
आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राज संस्था खारेजीको निर्णय विरोधमा सोमबार निर्वाचन आयोग अगाडि प्रदर्शनमा सहभागी राप्रपाका नेता तथा कार्यकर्ता
घाइते भएकी कोमल वली अस्पतालमा

 

पहाड पल्टाउने डम्बरसिंहः अर्थात नेपाली ‘माउन्टेन म्यान’ शोकलाई शक्तिमा बदल्दै ९० वर्षीय हजुरबा

१५ फागुन । जब तपाई इलामको माइपोखरीबाट उत्तर-पश्चिमतर्फ मोडिनुहुनेछ, तपाईको आँखामा भारतीय फिल्म ‘माझीः द माउन्टेन म्यान’ को सजीव दृश्य नाच्न थाल्छ । अथवा तपाईलाई याद आउँछ, चिनियाँ लोक उखानमा चर्चित ‘पहाड पल्टाउने मूर्ख बूढो’ को ।

 

भारतको विकट गाउँका ‘दशरथ माझी’ले २५ फुट अग्लो पहाड काटेर मोटरबाटो बनाए, पत्नी वियोगको पीडा भुल्न । चट्टाने पहरामा काम गरिरहेको माझीलाई खाना पुर्‍याउन गएकी गर्भवती पत्नी जब ढुंगामा चिप्लिएर ज्यान गुमाइन्, तब दशरथ माझी पहाड छेड्न तम्सिए । उनले निरन्तर २५ वर्ष त्यही ढुंगे पहरामा छिनो र हतौडा चलाइरहे । अन्ततः ३६० फुट लामो मोटरबाटो तयार भयो । यो मोटरबाटो नै माझीको विकट गाउँलाई शहरसँग जोड्ने सेतु बन्यो ।

दशरथ माझीको यही जीवनगाथालाई फिल्मांकन गरिएको छ, माझी द माउन्टेन म्यानमा । नवाजुद्दीन सिद्दीकी अभिनित यो सिनेमा हेरेपछि इलामका डम्बरसिंह सुनुवारको सम्झना ताजा बनेर आउँछ ।

चिनियाँ नेता माओले आफ्नो रचनामा ‘पहाड पल्टाउने मूर्ख बूढो’ को चर्चा गरेका छन् ।

एक वृद्धले निरन्तर पहाड खोस्रिइरहन्छन् । अचम्म मानेर मान्छेले सोध्छन्, यसरी साबेलले एक्लै किन पहाड खोस्रेको ? वृद्धले जवाफ दिन्छन्- यो डाँडाले मेरो घरको घाम छेकेको हुनाले खनेको हुँ ।  प्रश्न उठ्छ- यसरी खनेर पहाड सम्याउन सकिन्छ त ? जवाफ आउँछ- म यसैगरी खनिरहन्छु, मेरा छोराहरुले खन्छन् । सन्तानहरुले खन्छन् । त्यसपछि एक दिन भगवानले सर्लक्कै यो पहाड उठाएर हटाइदिन्छन् ।

एक्लै पहाड पल्टाइरहेका डम्बरसिंहलाई देख्दा यस्तो लाग्छ- चिनियाँ नेता माओले उधृत गरेका ‘पहाड पल्टाउने मूर्ख बूढो’ यिनै हुन् ।

नेपाली ‘माउन्टेन म्यान’

यो दृश्य इलाम जिल्लाको हो । ९० हिउँद खेपेको कुप्रो ज्यान । जो, पत्रे चट्टानमाथि छिनो र हथौडाले एकनास ठुंगिरहेको छ । तिनले छाड्दै गएको पदचापमा सुन्दर बाटो छ, सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार-आकृति छ । र, नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडो छ ।

यो बुकी फूल्ने रुखो डाँडाले अब कस्तो रुप धारण गर्ला ?

यसको खास आकृति केवल डम्बरसिंह सुनुवारको उर्बर मस्तिष्कमा मात्र छ । र, त्यसैलाई साकार रुप दिन हो, उनले रातदिन खटेको । भोक तीर्खा सहेको । चर्को घाम र कठ्यागि्रँदो चिसो झेलेको ।

तिनका खस्रा हातले पटक्कै विश्राम लिएका छैनन् । चाहुरिएर मुजा-मुजा परेको अनुहारमा थकानको कुनै संकेत देखिँदैन । यी बुढा दृढ छन्ः चट्टान फोरेर त्यसमा आफ्ना लालाबालाको आकृति कुँद्न । आफ्नै आँखाको सामुन्ने गोली लागेर रत्ताम्मे भई ढलेका सन्तानलाई उनी जीवन्त तुल्याउन चाहन्छन्, ढुंगामै भए पनि ।

चट्टान फोरिरहेका कुप्रा बा

इलामको माइपोखरीबाट देउराली बजारसम्म जाने एउटा सहायक बाटो छ, जसलाई पछ्याउँदै जाँदा डम्बरसिंह सुनुवार भेटिन्छन् ।

उनी या त चोयाले बनाइएको सानो झकमा माटो भर्दै बाटोको खाल्डा पुरिरहेका हुनेछन्, या धारिलो छिनोले ढुंगा चोइट्याइरहेको अवस्थामा भेटिनेछन् । या त झम्पल र साबेलले एक्लै डाँडो कोट्याइरहेका हुनेछन् । अथवा, मार्तोलको सहारामा पर्खाल ठड्याइरहेका हुनेछन् ।

बिहानको उज्यालो नपोखिँदै सुरु हुने डम्बरसिंहको यस्तो दिनचर्या साँझ साखेजुङमाथिको डाँडाबाट घाम नडुबेसम्म जारी रहन्छ । यो उनको पाँच दशक यताको नियमित दैनिकी हो ।

यो ५० वर्षको अवधिमा उनले एउटा सिंगो डाँडालाई कलात्मक रुप दिइसकेका छन् । कतै मन्दिर बनाएका छन्, कतै घुमाउरो बाटो । कतै ढुंगाको मूर्ति राखेका छन् । कतै शिलालेख छ ।

माइपोखरी-देउराली जोड्ने करिव तीन किलोमिटर बाटो उनैले खिपेका हुन्, जो लगभग डेढ मिटर चौडा छ ।

यही बाटोको मध्यतिर डम्बरसिंहको बासस्थान छ, चित्राले बारेको गोठजस्तो । त्यही अध्याँरो कटेरामा उनले रात गुजार्छन् ।

कटेराको पूर्वतिर एउटा मन्दिर छ, छानो हाल्न बाँकी रहेको । त्यससँगैको ढुंगामा दुई मानव आकृति छन्, ती डम्बरसिंहका दुई दिवंगत छोराछोरीको आकृति हो ।

बीचमा उनले एउटा बमको आकृति पनि कुँदेका छन्, टुईञ्च । ‘यही बम हो’ डम्बरसिंहले झर्को मान्दै सुनाए, ‘कहाँबाट उडेर आयो र आँगनमा खेलिरहेका छोराछोरीलाई लाग्यो । उनीहरु रगतको आहालमा छटपटाउन थाले ।’

यसो भनिरहँदा उनका भासिएको आँखा रसाउन पुग्छन् । ‘छोराछोरी मरेपछि विरक्त लाग्यो’ डम्बरसिंह थप्छन्, ‘अनि उनीहरुकै नाममा यी सब कामहरु गरें, गरिरहेको छु ।’

खाएको स्वाद छैन, लगाएको आनन्द छैन

जब नावालक छोराछोरी गुमाए, त्यहीबेलादेखि हो उनको जिब्रोले मीठो-मसिनोको स्वाद पाउन छाडेको । ‘के मीठो, के नमिठो’ डम्बरसिंह भन्छन्, ‘खाना खान बस्दा छोराछोरी सम्झेर मन नै अमिलो हुन्छ ।’

न उनी राम्रो लगाउँछन्, न रमाइलो गर्छन् । घुम्ने, डुल्ने, रमाइलो गर्ने केही इच्छा बाँकी छैन, उनीसँग ।

मैलोले कलेटी परेको एउटा कोट, फाटेको दौरा-सुरुवाल र ढाका टोपीले वर्षौंदेखि उनको आङ ढाकेको छ ।

साँझ कसरी छाक टार्ने भन्ने चिन्ता छैन, न लुगाफाटोको सौख नै । चार/पाँच गास भात एक छाक खान पाए उनलाई पुग्छ । त्यसैले त हो, उनी अविछिन्न आफ्नो कर्ममा लिन हुन सकेको ।

जिल्ला विकास समिति इलामले उनलाई बस्नका लागि घर बनाइदिएको छ । तर, डम्बरसिंह कटेरोमै बस्छन् ।

‘यहाँ सुतेका बेला छोराछोरीलाई सपनामा देख्छु,’ डम्बरसिंह भन्छन्, ‘उनीहरु मसँग खेल्न आउँछन्, पोखरीमा गएर माछासँग खेल्छन् ।’

अनि पहाड खस्यो

पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिको कुनै लिनु-दिनु थिएन । तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । घटना थियो, २०१८ सालमा नेपाली कांग्रेसले चर्काएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को ।

सुवर्णशमसेरको कमान्डमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो ।

डम्बरसिंहका १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममाया आँगनमा खेलिरहेका थिए । त्यहीबेला कतैबाट बत्तिएर आएको बम आँगनमा पड्कियो र आँखै अगाडि दुई छोराछोरीलाई क्षतबिक्षत बनाइदियो । २०१८ माघ २ गतेको यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो । ‘हामी छेवैको बारीमा काम गर्दै थियौं,’ डम्बरसिंहले सम्झिए, ‘हेर्दाहेर्दै नानीहरु रगतपच्छे भएर ढले ।’

यसरी सन्तान गुमाउनुको पीडालाई उनले मनमा संगाल्न सकेनन् । अन्ततः ठूल-ठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत नावालक सन्तानको आकृति कुँद्न थाले । यो क्रम अझै जारी छ ।

सबै अधुरो रहला कि ?

शरीर झन्-झन् कुप्रिँदै गएको छ । आँखा मधुरो हुँदै गएका छन् । हातगोडा चाँडै थाक्न थालेका छन् । खिइँदै गएको ज्यानमा तागत हराउँदै गएको छ । यतिबेला उनलाई कताकता डर लाग्छ, ‘कतै आफुले थालेको काम पूरा गर्न नसकिएला कि ?’

‘मन्दिरमा छानो हाल्न बाँकी छ, मूर्तिलाई रंग रोगन गर्न पाएकै छैन’ डम्बरसिंह सुनाउँछन्, ‘कतै कामै पूरा नगरी मरिने पो हो कि ?’

शोकलाई शक्तिमा

राजनीतिक दलहरुले भाषणमा दोहोर्‍याइरहन्छन्, ‘शोकमा शक्तिलाई बदल्नुपर्छ ।’ तर, कसरी ? उनीहरुसँग जवाफ छैन । जवाफ छ त, डम्बरसिंहसँग ।

यदि सन्तान वियोगकै पीडामा रुमल्लिएका भए उनले यति धेरै कर्म गर्ने थिए होलान् ? यति सुन्दर रचना गर्ने थिए होलान् ?

सन्तान वियोगको पीडा भुल्न उनले आफूलाई त्यही काममा खर्चिए, जसले उनलाई सिजर्नशील बनायो । डम्बरसिंहको जीवनबाट के पनि आँकलन गर्न सकिन्छ भने, एउटा मान्छेले जीवनभर आफ्नो ऊर्जा राम्रो काममा खर्चियो भने कतिसम्म गर्न सक्छन् ।

जुन राजनीतिक उथल-पुथलले डम्बरसिंहलाई यसतर्फ डोहोर्‍यायो, त्यही राजनीतिको नसामा लट्ठीएका तन्नेरीहरु अझै नेताको घर-दैलो चाहर्दैमा आफ्नो उर्बर समय व्यर्थ नष्ट गरिरहेका पो होलान् कि ?

अनलाइन खबर बाट

शीतलनिवासबाट यसरी अन्माइयो निशाकुशुमलाई (तस्बिरसहित)

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छी छोरीको शीतलनिवासमा धुमधामसँग विवाह गरेर कन्यादान गरेकी छन् ।

सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारीले कान्छी छोरीको विवाह गरिदिएकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. निशाकुशुम भण्डारीले ई. अभिषेक यादवलाई स्वयमंवर ग्रहण गर्नुभयो । विहान १० बजेको शुभ साइतमा स्वयमंवर समारोहमा ई. अभिषेक यादवको साथमा उहाँका पिता ई. मुनीलाल यादव तथा माता किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आउनुभएको थियो ।’

विज्ञप्तिमा भनिएको छ, ‘सो अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू एवम् उहाँका परिवार र आफन्तजनहरु समेतको उपस्थिति रहेको थियो ।’

विवाह कार्यक्रममा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति जनाइएको छ ।



स्रोत : दैनिक नेपाल

रक्सीले मातेका विद्यार्थीले उत्पात मच्चाएपछि… (हेर्नुस् फोटो फिचर)

एजेन्सी । रमाईलो गर्नु प्रायः सबैको इच्छा हुन्छ । तर रमाइलो गर्दा आफैंलाई बिर्सिइयो भने चाहिँ त्यसले क्षणिक रमाइलो दिए पनि दीर्घकालमा समस्या र तनाव मात्रै पैदा गर्छ ।

10_1479709131-1

यस्तै भएको छ अष्ट्रेलियामा । सर्फर्स प्याराडाइजमा आयोजित एउटा पार्टीमा स्कुले विद्यार्थीहरुले जमेर उत्पात मच्चाए । स्कूलको बार्षिकोत्सवका अवसरमा पार्टी चलिरहेका बेला विद्यार्थीहरुले रक्सी खाएर बबाल मच्चाएका हुन् ।

नशामा लठ्ठिएपछि विद्यार्थीहरुले हंगामा मच्चाए । छात्राहरुले त सडकमै उत्रिएर उत्पात मच्चाएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । विद्यार्थीको उत्पात मच्चिएपछि प्रहरी पुग्यो र उनीहरुलाई पक्राउ गरेर लगेको थियो । प्रहरी पुग्दा कोही बान्ता गरिरहेका थिए, कोही नाचिरहेका थिए भने कोही सडकमै सुतिरहेका थिए । (हेर्नुस् तस्वीर)

5_147970912711_147970913112_14797091321_1479709124

नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक फोटो फिचर

bimals-goal-celebraion-2

२७ कात्तिक, काठमाडौं । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३-० ले विजयी भएको छ ।

after-penalty-win-2

यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।

तर, दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् ।

दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १-१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २-१ अग्रता दिलाए ।

तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

after-penalty-win-1

फाइनलमा मकाउ प्रतिद्वन्द्वी पायो

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पाएको छ । शनिबार नै भएको दोस्रो अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ३-१ ले हराएको छ ।

यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो ।

९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

ananta-goal-celebration-1bimals-goal-celebraion-1nepal-vs-lawos-1nepal-vs-lawos-2
स्रोत : अनलाइन खबर

सूर्यलाई अर्घ दिइ छठ समापन (फोटो फिचरसहित)

२२ कात्तिक, काठमाडौं । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज  उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् ।

छठका अवसरमा बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा श्रद्धालुले उदाउँदो सूर्यलार्इ अर्घ्य दिएका हुन् । राजधानीको कमलपोखरी, गाैरीघाट लगायतका स्थानमा जम्मा भएर सूर्यलार्इ अर्घ्य दिएका थिए । त्यस्तै तरार्इका विभिन्न पोखरी, कुण्डमा ब्रतालुले उदाउँदो सूर्यलार्इ अर्घ्य दिएका थिए ।

मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

chath-6व्रतालुले जनकपुरको गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

 

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

chath-19सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।  धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

chath-5छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
chath-17chath-10

स्रोत : अनलाइन खबर

यसरी गरियो राजधानीमा ‘छठी मैया’को उपासना (फोटो कथा)

chhat-5

२१ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य तथा तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यको विशेष पूजा गरिएको छ । परिवारसहित ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठीमैयाको विशेष आराधना गरेका हुन् ।

यसका लागि काठमाडौंको कमलपोखरीलगायत विभिन्न पोखरीहरुमा बेलुकी श्रदालु भक्तजनको घुइँचो लागेको थियो । पाखेरीहरुमा पुगेर श्रद्धालुहरुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइलगायतका प्रसाद अर्पण गरेका छन् ।

काठमाडौंको कमलपोखरीलाई छठका लागि विशेष रुपमा सजाइएको छ । यसवर्ष रानीपोखरी पुनर्निर्माण भइरहेकाले प्रायः भक्तजनहरु छठको मुल पुजाका लागि कमलपोखरीमा पुगे ।

 

chhat-puja-photo-14
दिउँसैदेखि पुजाको तयारीका लागि धेरै भक्तजनहरु कमलपोखरी पुगेका थिए । बेलुकीको समयमा कमलपोखरीमा भक्तजनको ठूलो भीड थियो ।

अन्य ठाउँमा पनि साँझ सुर्यास्त हुने सयमा अर्घ्य दिन भक्तजनहरु नदी, तलाउ र पोखरी किनारमा आफ्ना पुजा सामग्रीसहित पुगेका थिए ।

छठको चौथो तथा अन्तिम दिन भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर छठपर्ब सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ ।

मिथिलाञ्चलको पवित्र आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा समेत धुमधामका साथ मनाइन्छ । छठ पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो ।chhat-puja-photo-1

chhat-puja-photo-2

chhat-4chhat-puja-photo-3

chhat-puja-photo-4

chhat-puja-photo-7

chhat-puja-photo-9

chhat-puja-photo-10

chhat-puja-photo-11

chhat-puja-photo-13

chhat-puja-photo-20


chhat-puja-photo-22chhat-puja-photo-23

chhat-1

chhat-2

chhat-3
chhat-6

chhat-7

स्रोत : अनलाइन खबर

‘तरकारीवाली’ कै शैलीमा आए यी पनि सामाजिक संजालमा

काठमाडौं– गोरखाकी युवती कुसुम श्रेष्ठ ‘तरकारीवाली’ का रुपमा यतिबेला चर्चामा छिन् ।

पहिला सोसल मिडियापछि उनी रातारात सेलिव्रेटी बनेकी छिन् ।

कुसुमको तस्वीर बाहिर आएलगत्तै मानिसहरुले रमाइला तस्वीर सामाजिक संजालमा अपलोड गरिरहेका छन् ।

snapshot

facebook-mozilla-firefox-1152016-31701-pm

1-facebook-google-chrome-1152016-24826-pm

1-facebook-google-chrome-1152016-24712-pm

2-nabin-dhungana-mozilla-firefox-1152016-23103-pm

2-surendra-suman-mozilla-firefox-1152016-23132-pm

2-nabin-dhungana-mozilla-firefox-1152016-23207-pm

mechanicwali

ghaswala

 

 

 

 

 

 

 

 

facebook-mozilla-firefox-1152016-20729-pm-1

ashok-dahal-mozilla-firefox-1152016-20514-pm

1-happy-dhakal-mozilla-firefox-1152016-22114-pm

1-bishnu-pokhrel-mozilla-firefox-1152016-21948-pm

1-laxman-karki-mozilla-firefox-1152016-21917-pm

shambhu-dangal-mozilla-firefox-1152016-20545-pm

 

 

 

 

 

 

मिडियाकर्मी यस्तोमा अगाडि छन् ।

रातो पाटी बाट साभार