Home / फोटो फिचर (page 2)

फोटो फिचर

यसरी मनाइयो भाइटीका पर्व (फोटो फिचर)

bhaitika-073-6

१६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ-आफ्नो परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर मनाइएको छ ।

सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउनेका लागि मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत दिइए पनि आज दिनभर भाइटीका लगाइएको छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

bhaitika-073-1

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही नहुने धार्मिक विश्वास छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त हुन्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

bhaitika-073-4
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाएको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो,त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”–उनले भने ।

विसं ०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गत वर्षको भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्ने गरेको छ । रासस
bhaitika-073-2

bhaitiak-2073bhaitika-073-3bhaitika-073-5तस्वीर: कमल प्रसार्इ 

साभार : अनलाइन खबर

साढे दुई महिनामा १ लाख ३० हजारले चढे केबलकार- फोटो फिचर

chandragiri-cablecar-kathmandu-view-6

राजधानीको चन्द्रागिरीमा सञ्चालमा आएको केबलकार साढे दुई महिनाको अवधिमा १ लाख ३० हजार मानिसहरुले चढेका छन् । गत साउन २४ गतेबाट केबलकार सञ्चालनमा आएको थियो ।

chandragiri-cablecar-kathmandu-view-13

नेपालको दोस्रो व्यापायिक केबलकार राजधानीको चन्द्रागिरीमा सञ्चालनमा आएपछि आन्तरिक एवं बाह्य पर्यटकहरु आर्कषित भएका छन् । भूकम्प नाकाबन्दीको कारण निर्माणमा कार्यमा केही ढिलाई भएको कारण साउन अन्तिम साताबाट चन्द्रागिरीमा केबलकार सञ्चालनमा आएको थियो ।  chandragiri-cablecar-kathmandu-view-12

अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको केबलकार सञ्चालनमा आएपछि चन्द्रागिरीलाई नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने  लक्ष्य निर्माण कम्पनीले ल्याएको छ ।  chandragiri-cablecar-kathmandu-view-11

थानकोटको त्रिभुवन पार्कसँगै रहेको बटम स्टेसनबाट र टप स्टेसन पुग्न साढे दुई किलोमिटरको यात्रा गर्नको लागि केलबकारबाट जम्मा नौ मिनेट मात्र लाग्छ । बटम स्टेसनबा टप स्टेसन पुग्न नौ मिनेटमा पुग्न सकिन्छ । केबलकार निर्माणसँगै अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट, मनोरञ्जन पार्क, भ्युटावर र महादेवको मन्दिरसमेत प्रालिले निर्माण गरी आकर्षक गन्तव्यको रुपमा पहिचान दिने गरी सञ्चालमा ल्याएको छ ।  chandragiri-cablecar-kathmandu-view-10

समुद्री सहतबाट २ हजार ५ सय ४० मिटर उचाईमा रहेको चन्द्रागिरीबाट काठमाडौं उपत्यका, मकवानपुर, अन्नपूर्णदेखि सगरमाथासम्मका हिमाली श्रृङखलाहरु सहज रुपमा अवलोकन गर्न सकिन्छ । चन्द्रागिरीको सबैभन्दा उच्च भागमा भालेश्वर मन्दिर निर्माण गरिएको छ ।  chandragiri-cablecar-kathmandu-view-9

पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गर्नु अघि भालेश्वर महादेवको दर्शन गरी आशीर्वाद लिएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ । साथै यस स्थानलाई सतीदेवीको निधार पतन भएको स्थान भएकाले भालेश्वर नामकरण गरिएको स्थानीय बताउँछन ।  chandragiri-cablecar-kathmandu-view-8

केबलकारसहितको सम्पूर्ण परियोजनामा ग्लोबल आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, नवराज नेपाल र उमा जीसीको लगानी रहेको छ ।
टावरमा ३८ वटा गोन्डला (केबलकार बक्स) जडान गरिएको छ । केबलकार बक्स निकै अत्याधुनिक रहेको छ । chandragiri-cablecar-kathmandu-view-7

एउटा केबलकारमा एकै पटक आठ जना बस्न मिल्छ । प्राकृतिक रुपले सुन्दर चन्द्रागिरीलाई ऐतिहासिक र धार्मिक दृष्टिकोणले पनि महत्पूर्ण क्षेत्रको रुपमा  स्थापित छ । केबलकारका साथै  थानकोबाट १० किलोमिटर सडक यातायात मार्फत पनि चन्द्रागिरी डाँडोमा पुग्न सकिन्छ ।  chandragiri-cablecar-kathmandu-view-5नेपालमा मनकामना केलबकारपछिको चन्द्रागिरी केबलकार दोस्रो व्यावसायिक परियोजना हो । परियोजनाका अनुसार बटम स्टेसनमा दुई सय कार, चास सय मोटरसाइटक र एक सय बस पार्किङ गर्ने पार्किङस्थलको व्यवस्था गरिएको छ । लोडसेडिङको समयमा जेनेरेटर मार्फत सेवा उपलब्ध गराउदै आएको छ  ।  chandragiri-cablecar-kathmandu-view-3chandragiri-cablecar-kathmandu-view-16chandragiri-cablecar-kathmandu-view-15chandragiri-cablecar-kathmandu-view-6

स्रोत : नेपाल हेडलाइन

यी हुन् विश्वकै सबैभन्दा हट गणित शिक्षिका (फोटोफिचर सहित)

worlds-hottest-maths-teacher-1

स्कुलमा पढाउनेे सुन्दर शिक्षिकाहरुमा तन्नेरी छात्रहरुको आँखा पर्नु अस्वभाविक होइन । तर एकजना शिक्षिका यस्ती छिन् जसमाथि केवल उक्त विद्यालयका छात्रहरुको मात्र होइन सबैको आँखा लागेको छ । ती शिक्षिका दुनियाकै सबैभन्दा सुन्दर गणित शिक्षिकाको रुपमा सोसल मिडियामा छाइरहेकी छिन् ।

बेलायतको मिनिस्कमा बस्ने ओक्साना नेभेसेलाया पेशाले गणित शिक्षिका हुन् । तर उनी आफ्नो शिक्षण कलाका कारण नभै आफ्नो हट फिगर तथा सुन्दरताका कारण चर्चाको शिखरमा पुगेकी छिन् ।

worlds-hottest-maths-teacher-2ओक्सानाले हालै आफ्नो मलेसिया भ्रमणका केही तस्वीरहरु सोसल मिडियामा शेयर गरिन् । ती तस्वीर यति भाइरल बने की तस्वीरहरुमा कमेन्ट तथा लाइकको बाढी नै आयो ।

आफ्नो एक हट फोटोमा उनी सनबाथ गरिरहेको अवस्थामा देखिएकी छिन् । जसमा उनले बिकिनी लगाएकी छिन् । मानिसहरुले उनको उक्त तस्वीर खुबै रुचाएका छन् |

सोसल साइटमा यी तस्वीर भाइरल बनेसँगै ओक्सानालाई विश्वकै सबैभन्दा सुन्दर र हट गणित शिक्षिका भन्न थालिएको छ । विश्वका मानिसहरुले आफ्ना तस्वीर मन पराएकोमा र आफुलाई दुनियाकै हट शिक्षिका भनेकोमा उनी मख्ख छिन् ।worlds-hottest-maths-teacher-3worlds-hottest-maths-teacher-4worlds-hottest-maths-teacher-5

विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट, एकै फोटोग्राफरले खिचेका चकित पार्ने तस्बिरहरु

विश्वको बढ्दो एयर ट्राफिकको कारण एयरपोर्टमा पाइलटको लागि प्लेन टेकअफ र ल्याडिङ्ग गर्नु जोखिम पुर्णबन्दै छ। यहाँ विश्का सबैभन्दा व्यस्त एयर ट्राफिकका तस्बिरहरु छन्, जहाँ पाइटलको सानो गल्तिले पनि नतिजा कस्तो भयानक निस्कन्छ अनुमान लगाउन सकिन्छ।

लस एन्जल्सका फोटोग्राफर माइक केलीले दुई वर्षको मेहनत पश्चात आफनो फोटो सिरिज ‘Airportraits’प्रकासित गरेका छन्। विमानस्थलबाट उडेका र ल्याण्डिङ गर्न लागेका विमानहरुको एकै ठाउँबाट फरक फरक तस्बिर खिचि फोटोसप गरि एक साथ एकै तस्बिरमा देखाउने प्रयास गरिएको छ।air-traffic-65588910

यो तस्बिर लस एन्जल्स स्थिति अन्तर्राष्ट्रिय एयरपोर्ट आर वन Lax 24l को तस्बिर हो। तस्बिर बेलुकी ५-६ बजेको बिचमा रहने एयर ट्राफिकको हो।

air-traffic-73998210

दुबई इन्टरनेशनल एयरपोर्टबाट अन्य देशको लागि उडेका विमान

air-traffic-8778610

लण्डन हिथ्रो पनि विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट मध्येको एक हो। यो तस्बिर पनि बेलुकी पख लिइएको हो।

air-traffic-93514410

यो तस्बिर लस एन्जल्स एयरपोर्ट (LAX) को दक्षिणी रनवेबाट उडान भरेका विमानहरुको हो।

air-traffic-112518610

स्विटजरल्याण्सको ज्युरिक इन्टरनेशनल एयरपोर्टबाट फरक फरक दिशामा उडान भरेका विमान

air-traffic-122150710

लन्डम हीथ्रो 27l (टर्मिनल 5):हिथ्रो एयरपोर्टमा सफा मौसमको प्रतिक्षामा तीन पटक गएपछि फोटोग्राफरले खिचेका तस्बिर

air-traffic-133629410

हल्याण्डको एम्स्टरड्याम चिफोल अन्तर्राष्ट्रिय एयरपोर्टको एनवे १८ बाट उडान भरेका विमान

air-traffic-154670410

दुबई को अन्तर्राष्ट्रिय एयरपोर्टको रनवे ३० बाट उडेका विमान

air-traffic-163786410

जर्मनीको अन्तर्राष्ट्रिय एयरपोर्टमा जुलाई २०१५ मा खिचिएका तस्बिर

केपी वली को सपना साकार हुदै पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ? (भिडियोसहित) इमाडोलमा उद्योगमन्त्रीले यसरी गरे उदघाटन फोटो फिचर

५ कात्तिक, ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास ।

यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ ।

भलै यो कहिले र कति नेपालीको घरघरमा पुग्ला अर्को प्रश्न हो । र, यसमा सरकारको कुनै ठोस योजना पनि बनेको छैन ।

यसरी बालियो पाइपबाट ग्यास

शुक्रबार दिउँसो करिब ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीको गाडी धुलो उडाउँदै इमाडोल पुग्यो ।

pipe-line-gas-at-lalitpur-1

खानी तथा भूगर्भ विभागका कर्मचारी पाइपलाइनबाट आएको ग्यास चुल्होमा बालेर पत्रकारलाई देखाउँदै

उनी पुग्नु अघि नै सरकारी कर्मचारी, पत्रकारदेखि सुरक्षा प्रशासनको ठूलै भिड लागेको थियो । खुला चौरमा चार इन्चको पाइप लाडिएको छ । जहाँबाट पानी तानिएको छ ।

पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प पाखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ । सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ । त्यसलाई फिल्डर प्रक्रिया पूरा गर्दै रिजर्ब वायरमा जम्मा गरिएको छ ।

त्यसलाई घरघरमा कसरी वितरण गर्ने भनेर पनि मोडल बनाइएको छ । अहिले तीनवटा घरधुरीमा पठाउन मिल्ने गरी मिटर जडान गरिएको छ । त्यसमध्ये एक मिटरबाट लगिएको पाइपलाई एउटा टहरोमा लगिएको छ र ग्यास चुलोमा जडान गरिएको छ ।

मन्त्री जोशीले त्यही ग्यास बालेर सञ्चारकर्मीहरुलाई देखाए । बाहिर निस्कँदै गर्दा मन्त्री जोशीले भने, ‘आज हामी फेरि सफल भएका छौं । जमिनमुनिको ग्यास पाइपबाट तानेर बालियो ।’

भिडियो हेर्नुहोस् 

यो कसरी सम्भव भयो ?

जापानको सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भूगर्भ विभागले सन् १९७८ मा नै काठमाडौंको जमिन मुनि रहेको प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । पछिल्लो समय भने ग्यास उत्खन्न परियोजनाको काम रोकिएको थियो ।

तर, तीन वर्ष अगाडिबाट ३५ लाख रुपैयाँको लगानीमा ड्रिलिङ सुरु भयो र एक वर्ष अगाडि काम सकियो । गत असोज ३ मा नयाँ संविधान जारी भएसँगै भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो दिएपछि काम अघि बढ्यो ।

pipe-line-gas-at-lalitpur-4

पाइपबाट ग्याससँगै आएको पानीलाई छुट्टाउने मेशिन । जहाँबाट पानीलाई छुट्याएर ग्यासलाई मात्रै रिजर्भवायरसम्म पठाइन्छ ।

विभागले १५ लाखको लागतमा मेसिन जडान गरेर जमिन मुनिको ग्यास तानेर परीक्षण गर्दै आएको थियो । र, शुक्रबार उद्योगमन्त्री जोशी अझै ग्यास उत्खनन भएको स्थानमा पुगेर परीक्षण गरे ।

विभागका अनुसार यसअघि गरिएको परीक्षणमा भन्दा अहिले पानीमा ग्यासको मात्र न्यून भेटिएको छ । पहिलेको परीक्षणमा पानीमा ०.४ प्रतिशत मिथेन ग्यास मिसावट फेला परेको भएपनि अहिले भने ०.१५ प्रतिशत मात्र पाइएको छ । यद्यपि विभागले अहिले कुनै व्यवसायी योजना राखेर काम नगरेको मात्र परीक्षण गरेको जनाएको छ ।

pipe-line-gas-at-lalitpur-2

अन्तिम चरणमा फिल्टर भएको मिथेन ग्यासलाई प्रेसरको सहायतामा पाइपबाट चुल्होसम्म पुर्‍याउने मेशिन

जमिनमुनिको ग्यास रहेको कुरा नयाँ तथ्य भने होइन । २७ वर्षअघि नै जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको देखिएको थियो ।

त्यस्तै २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् । ०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।

त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ सम्भावनाको खोजी त परै जाओस, टेकुको प्लान्ट पनि बन्द भयो । सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् ।

फोटो-भिडियो- कमल प्रसाईं/अनलाइनखबर

प्रचण्ड हात मिलाउदै सीता कपाल मिलाउदै ।फोटो फिचर

काठमाडौं : भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार काठमाडौं फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै रहेकी पत्नी सीता दाहालले अन्तराष्ट्रिय विमानस्थलमा अनौठो व्यवहार देखाइन् ।sita-dahal-2

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा रहेका विशिष्ट अधिकारीहरुसँग प्रधानमन्त्रीले हात मिलाउँदै गर्दा सिता भने प्रचण्ड अघिअघि हिडेर कपाल मिलाइरहेको देखियो । उनको यो व्यवहारलाई स्वागतमा लागि उभिएका भीभीआइपीहरुले अनौठो मानेका थिए । केही तस्बिरहरु यहाँ हेर्नुस् ।

sita-dahal-3sita-dahal-4sita-dahal-4_1sita-dahal-5sita-dahal-6

तस्बिरहरु : रजेन्द्र केसी।

स्रोत : अन्नपूर्ण पोस्ट

चियापानमा पुगेका देउवालाई ओलीले सोधे- समयमै निर्वाचन हुन्छ त ? निर्वाचन हुन्छ, हुन्छ, हुन्छ’: ( देउवा फोटो फिचर )

uml-tea-party-11

२९ असोज, काठमाडौं । आज धुम्बाराहीको शंखपार्कमा नेकपा एमालेले गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निर्वाचनबारे समान्य बहस भयो । पत्रकारहरुले दुबै नेतासँगै रहेका बेला प्रश्न तेर्स्याएपछि दुबै नेताले मुख खोले ।

‘निर्वाचन समयमा हुन्छ त ?’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘‘निर्वाचन त गर्नैपर्छ नि होइन र,  सरकारको के छ धारणा र ? ’’

छेउमै बसेका ओली र अन्य नेतालाई पनि साक्षी राखेर काँग्रेस सभापति देउवाले पनि रमाइलो शैलीमा उत्तर दिए, ‘‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने गर्ने ।’’

UML tea party (10)
त्यसपछि नेता र पत्रकारबीच हाँसोको फोहोरा छुट्यो । राजनीतिक सन्देश मिल्ने स्वष्ट जवाफ नआएपछि पत्रकारले पटक÷पटक संविधान संशोधन र निर्वाचनबारे कोट्याएपछि दुई शीर्ष नेताले मुख खोले । सभापति देउवाले संविधान संशोधनको प्रस्ताव आवश्यक छैन भनेर एमालेले नभनेको बरु त्यसको औचित्य खोजिरहेको बताउँदै सहमति गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा  भएको चियापान कार्यक्रममा नेताबीच शुभकामना आदानप्रदानसहित सामान्य घोचपेच पनि चल्यो ।

‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक पक्ष विपक्षको भाषा बोल्न चाहान्न, सबै दल र पक्षलाई स्वागत भन्न चाहन्छु’’ एमाले अध्यक्ष ओलीले भने ।

‘काँग्रेसलाई सुतेको बाघजस्तो दल भन्नुहुन्थ्यो त, नजिकै बस्दा डर लाग्या छैन’ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीको छोटो जवाफ थियो, ‘‘जगाइराख्या छु ।’’

बाघलाई जगाउनु पनि खतरा होइन र  ? भन्ने प्रतिप्रश्नमा ओलीले भने, ‘‘ काँग्रेसलाई अरु सानोतिनो किन भन्ने भनेर त्यसो भनेको नि ।’’

UML tea party (1)
ब्रिक्स सम्मेलनका लागि भारतमा रहेकाले प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चियापानमा उपस्थित भएनन्।

चियापानमा सभामुख ओनसरी घर्ती, मन्त्रीगण, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले) का महासचिव सिपी मैनानीलगायत नेता सहभागी थिए ।

UML tea party (8)
कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताको खचाखच सहभागिता थियो ।
UML tea party (9)
यसअघि पुरानो पार्टी कार्यालयको साँघुरो परिसरमा भन्दा शङ्खपार्कको फराकिलो वातावरणको चियापान थप व्यवस्थित देखिएको थियो । दिउँसो १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको मूलढोकामा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरेका थिए भने पाहुनालाई पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गरेका थिए।
UML tea party (12)
UML tea party (23)साभार : अनलाइन खबर

नेपालको हङकङमाथि रोमाञ्चक जित (फोटो फिचर )

आश्विन २७, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा विहीबार आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

कउलुन क्रिकेट क्लबमा टस जितेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७५ रनको स्कोर बनायो । घरेलु टिमलाई १७.४ ओभरमा ६९ रनमा अलआउट गर्दै नेपाली महिला टिमले एसियाली छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । डबल लिगको आधारमा आयोजित छनोटमा यसअघि नेपालले चीनलाई मंगलबार २० रनले हराएको थियो ।

नेपालले सुरुका दुई खेलमा भने हङकङसँग ६ विकेट र थाइल्यान्डसँग ३ विकेटको हार बेहोरेको थियो । मंगलबारकै अर्को खेलमा चीनले शीर्षस्थानको थाल्यान्डलाई तीन विकेटले पराजित गरेपछि छनोट प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । एसियामा शीर्षस्थानमा रहने टिमले विश्वव्यापी छनोटमा अवसर पाउनेछ । लगातार दोस्रो जितसँगै नेपालले पनि शीर्षस्थानमा रहदै ‘ग्लोबल क्वालिफाइर’ खेल्ने संभावना कायमै राख्यो ।

एसियाली छनोटमा तीन जित हात पारेको थाइल्यान्ड ६ अंकसहित शीर्षस्थानमा छ । समान ४–४ अंक जोडेपनि राम्रो नेटरनरेटको आधारमा नेपालभन्दा अगाडि रहेको हङकङ दोस्रो स्थानमा यथावत् रह्यो । चौथो खेलमा आएर पहिलो जित हात पारेको चीन २ अंकसहित अन्तिम स्थानमा छ । अब नेपालले शुक्रबार हङकङ क्रिकेट क्लबमा थाइल्यान्ड र मिसन रोड मैदान, मोङ कोकमा शनिबार चीनसँग खेल्नेछ ।

‘प्राविधक रुपमा र खेलाडीको व्यक्तिगत कौशलको आधारमा सबभन्दा बलियो टिम नेपाल हो,’ नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजु बस्न्यातले भने, ‘हामीले हङकङसँग हात पारेको जित र चीनले थाइल्यान्डलाई पराजित गरेपछि एसियाली छनोटमा शीर्षस्थानको होड खुला भएको छ । लगातार दुई जितसँगै टिममा आत्मविश्वासी बन्दै गएको छ । अब ठूलो अन्तरले दुई खेल जित्दै ग्लोबल क्वालिफाइरमा पुग्न चाहन्छौं ।’

करुणाको अलराउन्ड प्रदर्शन
करुणा भण्डारीले अलराउन्ड प्रदर्शन गरेपछि हङकङविरुद्ध नेपालको जित संभव भएको हो । आठौं नम्बरमा ब्याटिङ गरेकी उनले नटआउट १९ रनको योगदान गरिन् । उनले २७ बल खेल्दै दुई चौका प्रहार गरिन् । अघिल्लो खेलमा बलिङ गर्ने अवसर नपाएकी उनले विहीबार चार ओभरको स्पेलमा १७ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । उनी वुमेन अफ दि म्याच पनि घोषित् भइन् ।

‘हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं तर हामीलाई आफ्नो बलिङ राम्रो छ भन्ने थाहा थियो । सबैले राम्रो बलिङ गरेपछि जित संभव भयो । यसले अझ राम्रो खेल्न उत्साहित बनाएको छ, आत्मविश्वास बढाएको छ,’ करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेकी करुणाले भनिन्, ‘सबैले थोरै–थोरै रन जोडेपनि राम्रै स्कोर बन्छ, जुन हङकङविरुद्ध देखियो । अब अर्को खेलमा पनि मिहिनेत गरे राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

नेपालले नौ रन जोडासम्म सीता रानामगर, काजोल श्रेष्ठ र अघिल्ला खेलमा भरपर्दा देखिएकी निर्मला शाहीलाई गुमाइसकेको थियो । इन्दु वर्मा (१५ रन) र ज्योती पाण्डे (११ रन) ले चौथो विकेटको लागि २० रनको साझेदारी गर्दै नेपाललाई २०–४ को संघर्षरत् अवस्थामा पुऱ्याएका थिए । नेरी थापा (१० रन) र सरिता मगर (५ रन) रनआउट भएपछि नेपाल ४७–६ को स्थितिमा पुगेको थियो ।

कप्तान रुबिना क्षेत्री पनि ४ रन बनाएर पवेलियन फर्केकली थिइन् । हङकङका चान का मानले तीन र किनु गिलले दुई विकेट लिएर नेपाललाई सामन्य स्कोरमा रोकेका थिए ।

रुबिनाले नेचुरल यिपलाई १ रनमा बोल्ड गरेपछि तेस्रो ओभरमा हङकङ ९–१ को अवस्थामा पुगेको थियो । तर, निर्मलाको बलमा विकेटकिपर ज्योतीले केरी चानलाई १८ रनमा आउट गरेपछि हङकङले सातौं ओभरमा दोस्रो विकेट गुमाएको थियो । त्यसबेला ३३ रन जोडेको हङकङ बलियो स्थितिमा थियो । त्यसपछि भने उसले उस्तै लय कायम राख्न सकेन । नेपाली बलिङसामु हङकङका ब्याटसउमन क्रिजमा टिक्न सकेनन् र उसले ४४ रन जोडासम्म ६ विकेट गुमायो ।

१३ रन बनाएर इनिङ्स सम्हाल्न प्रयासरत कप्तान मरिका हिललाई सरिता मगरले निर्मलाको सहयोगमा पिचबाट हटाइन् । अन्त्यतिर ६ रन जोडेकी चान का मानलाई सवनम राईले एलबीडब्लु धरापमा पारेपछि नेपालले १४ बल बाकी छंदै हङकङलाई ६९ रनमा सीमित पार्दै रोमाञ्चक जित हात पारेको हो । सीताले दुई तथा रुबिना, सबनम र निर्मलाले एक–एक विकेट हात पारे ।

सबै तस्बिरहरु: ओमप्रसाद गुरुङ

 

बडा दसैँ को छुट्टी मा चन्द्रागिरि मा आन्तरिक पर्यटक को भिड ( फोटो फिचर )

chandragiri-13

२७ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी पुगेर २७ हजारले दशैंको विदा मनाएका छन् । केही समयअघि देखि खुलेको केबलकार चढेर झण्डै २७ हजारभन्दा बढीले चन्द्रागिरीको यात्रा गरेको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

चन्द्रागिरीमा रहेको भालेश्वर महादेव मन्दिर सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको छ । सँगै चन्द्रागिरीको प्राकृतिक सौन्दर्यता, ऐतिहासिकता र त्यहाबाट दखिने काठममाडौं उपत्यका तथा चित्लाङ गाउँको मनोरम दृश्यावलकेनका लागि दशैंको विदा मनाउनेको भीड लागेको हो ।

Chandragiri_1140
चन्द्रागिरीमा अब काठमाडौंमा नयाँ पर्यटकीय गन्तब्य बनको छ । झन दशैंमा लागेको भीडले चन्द्रागिरी अब थप चम्किने संकेत गरेको छ । चन्द्रागिरी पुग्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हिल्सकी सेल्स एण्ड मार्केटिङ एक्जिक्युटिभ इन्दिरा पौडेलले जानकारी दिइन् ।

चन्द्रागिरी दशैंको टिकाको दिन मात्रै बन्द भएको थियो । चन्द्रागिरीमा फुलपाति, महाअष्टमी, महानवामी र एकादशीको दिनमा कुल २० हजारले भ्रमण गरेका छन् । बिहिबार पनि ७ हजारभन्दा बढीले चन्द्रागिरी भ्रमण गरेको उनले बताइन् ।

chandragiri-12
दशैंको अवसरमा कोजाग्रत पूणिर्मासम्म विदा सदुपयोग गर्नेहरु अझै ठूलो संख्यामा पर्यटक त्यहाँ पुग्ने कम्पनीका विश्वास छ । चन्द्रागिरी रिफ्रेसमेन्टको उपयुक्त गन्तव्य भएकोले पनि त्यहाँ जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

थानकोटबाट नौदेखि १४ मिनेटमा चन्द्रागिरीको चुचुरोमा पुगिने केबलकार यात्राको लागि ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

स्रोत : अनलाइन खबर

बडा दशै टिका को दिन काठमाण्डौ मा जे देखियो फोटो फिचर

आश्विन २५, २०७३- दशैं लागेपछि सुनसान देखिएको काठमाडौंको सडकमा भने मंगलबार चहल पहल देखिएको छ । सवारी साधनको सामान्य चाप छ । टीकाको दिन भएकाले बिहानैदेखि सर्वसाधारण मान्यजनकोमा ओहोर दोहर थालेपछि सडकमा चहलपहल बढेको देखिएको छ ।

लाखौं मानिस काठमाडौंबाट बाहिरिएका बेला काठमाडौं बेहुली अन्माएको घर जस्तै चकमन्न देखिएको बेला आज भने युवा, युवाती, बालबालिका, प्रौढ देखि वृद्ध वद्धा नै निधारमा रातो टिका लगाएर सडकमा ओहोर दोहर गरिरहँदा शहर रंगिन देखिएको छ । सबैलाई आफन्तजन र मान्यजनबाट टिका थाप्ने हतारो देखिएको छ । मोटरसाइकलमा ५/५ जनासम्म चढेर गन्तव्य तर्फ गइरहेको देखिएका छन् ।
हेर्नुस तस्विरमा मंगलबारको काठमाडौंको सडकको दृश्य…

साभार : कान्तिपुर