Home / फोटो फिचर (page 3)

फोटो फिचर

बडा दसैँ को छुट्टी मा चन्द्रागिरि मा आन्तरिक पर्यटक को भिड ( फोटो फिचर )

chandragiri-13

२७ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी पुगेर २७ हजारले दशैंको विदा मनाएका छन् । केही समयअघि देखि खुलेको केबलकार चढेर झण्डै २७ हजारभन्दा बढीले चन्द्रागिरीको यात्रा गरेको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

चन्द्रागिरीमा रहेको भालेश्वर महादेव मन्दिर सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको छ । सँगै चन्द्रागिरीको प्राकृतिक सौन्दर्यता, ऐतिहासिकता र त्यहाबाट दखिने काठममाडौं उपत्यका तथा चित्लाङ गाउँको मनोरम दृश्यावलकेनका लागि दशैंको विदा मनाउनेको भीड लागेको हो ।

Chandragiri_1140
चन्द्रागिरीमा अब काठमाडौंमा नयाँ पर्यटकीय गन्तब्य बनको छ । झन दशैंमा लागेको भीडले चन्द्रागिरी अब थप चम्किने संकेत गरेको छ । चन्द्रागिरी पुग्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हिल्सकी सेल्स एण्ड मार्केटिङ एक्जिक्युटिभ इन्दिरा पौडेलले जानकारी दिइन् ।

चन्द्रागिरी दशैंको टिकाको दिन मात्रै बन्द भएको थियो । चन्द्रागिरीमा फुलपाति, महाअष्टमी, महानवामी र एकादशीको दिनमा कुल २० हजारले भ्रमण गरेका छन् । बिहिबार पनि ७ हजारभन्दा बढीले चन्द्रागिरी भ्रमण गरेको उनले बताइन् ।

chandragiri-12
दशैंको अवसरमा कोजाग्रत पूणिर्मासम्म विदा सदुपयोग गर्नेहरु अझै ठूलो संख्यामा पर्यटक त्यहाँ पुग्ने कम्पनीका विश्वास छ । चन्द्रागिरी रिफ्रेसमेन्टको उपयुक्त गन्तव्य भएकोले पनि त्यहाँ जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

थानकोटबाट नौदेखि १४ मिनेटमा चन्द्रागिरीको चुचुरोमा पुगिने केबलकार यात्राको लागि ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

स्रोत : अनलाइन खबर

बडा दशै टिका को दिन काठमाण्डौ मा जे देखियो फोटो फिचर

आश्विन २५, २०७३- दशैं लागेपछि सुनसान देखिएको काठमाडौंको सडकमा भने मंगलबार चहल पहल देखिएको छ । सवारी साधनको सामान्य चाप छ । टीकाको दिन भएकाले बिहानैदेखि सर्वसाधारण मान्यजनकोमा ओहोर दोहर थालेपछि सडकमा चहलपहल बढेको देखिएको छ ।

लाखौं मानिस काठमाडौंबाट बाहिरिएका बेला काठमाडौं बेहुली अन्माएको घर जस्तै चकमन्न देखिएको बेला आज भने युवा, युवाती, बालबालिका, प्रौढ देखि वृद्ध वद्धा नै निधारमा रातो टिका लगाएर सडकमा ओहोर दोहर गरिरहँदा शहर रंगिन देखिएको छ । सबैलाई आफन्तजन र मान्यजनबाट टिका थाप्ने हतारो देखिएको छ । मोटरसाइकलमा ५/५ जनासम्म चढेर गन्तव्य तर्फ गइरहेको देखिएका छन् ।
हेर्नुस तस्विरमा मंगलबारको काठमाडौंको सडकको दृश्य…

साभार : कान्तिपुर

राजधानीका शक्तिपीठमा नातिसँगै पूर्वराजा ज्ञानेन्द्र शाह (फोटोफिचर)

gynendra-saha3-57fb854703aeb3-03390337

काठमाडौँ: वडादसैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानीका विभिन्न शक्तिपीठमा पुगेर पूजापाठ तथा दर्शन गरेका छन् ।

राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन र पूजापाठ गरेलगत्तै पूर्वराजा ज्ञानेन्द्र राजधानीका शक्तिपीठमा पुगेका हुन् ।Gynendra-saha4

राष्ट्रपति भण्डारीले छोरीहरुसँग नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा र नरदेवी दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटालगायतका शक्तिपीठमा पुगेर पूजाअर्चन तथा दर्शन गरेकी थिइन् ।

राष्ट्रपति जस्तै पूर्वराजा ज्ञानेन्द्र नातिसँग राजधानीका सबै शक्तिपीठमा पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्रले सबै शक्तिपीठमा पूजाअर्चना र दर्शन गरेका छन्।Gynendra-shah

Gynendra-saha2

स्रोत : अन्नपुर्ण पोस्ट

दशैंलाई यसरी गिज्याउँदैछ काठमाडौं सहर (फोटो फिचर )

dirty road (10)

२३ काठमाडौं । शरद ऋतु लागेपछि हिलो र मैलो हट्छ भन्ने कवि लेखनाथ पौड्याल अहिलेसम्म बाँचेका भए पक्कै पनि उनले ऋतुविचारमा यस्तो लेख्ने थिएनन् होला । अलिकति पानी पर्नासाथ काठमाडौंको दशा कस्तो हुन्छ ? हामीले केही तस्वीरहरु देखाउने प्रयास गरेका छौंं ।

काठमाडौंका कतिपय सडक एवं गल्लीहरु राम्रा लुगा र जुत्ता लगाएर हिँड्ने अवस्थामा छैनन् ।

dirty road (1)

यहाँका बासिन्दाले गाउँ घरमा जस्तो दशैंका बेलामा आफ्नो घर अगाडिको बाटो सफा पर्ने वा झारहरु उखेल्ने चलन पनि छैन ।Bato ktm 2

राजधानीमा पक्कै पनि राज्य गैरजिम्मेवार र स्वार्थी छ, तर जनता पनि दशैंमा बाटो र सार्वजनिक स्थलहरु सफा गर्नुपर्छ भन्ने सामुहिकतामा खासै ध्यान दिँदैनन् । कतिपय मानिसहरु राज्यले कर्णालीलाई वा मधेसलाई वा गाँउवस्तीलाई हेरेन भनेर गुनासो गर्छन् । तर, एकपटक यी तस्वीरहरु हेर्नोस् त, राज्यले काठमाडौंलाई पनि हेरेको छैन ।

dirty road (3)

dirty road (5)

bato ktm

dirty road (6)

dirty road (9)

हामीले यो फोहोरकै वीचमा  ‘हिलोमा कमल’ भनेजस्तो तलको एउटा तस्वीर पनि फेला पार्याैं, जहाँ बानेश्वर खरीबाेटका प्रहरीहरू स्थानीयबासीसँग मिलेर दशैंको अवसरमा सरसफाइ अभियान चलाउने तयारी गरिरहेका भेटिए ।

 

KTM dashain

अन्तिममा याे अर्काे एउटा तस्वीर पनि । जसले गाउँको परम्परा र दशैंको विशेष झल्को गराउँछ । दशैंमा मार हान्नका लागि यसैगरी हतियारमा सान लगाउने  प्रचलन छ नेपाली समाजमा । बानेश्वरमा भेटिएका यी दुर्इ शिल्पीहरू खसी काट्ने खुकुरी उध्याइरहेका छन् ।

dasain ktm

स्रोत : अनलाइन खबर

हत्यालाई आत्माहत्या बनाउदै प्रहरी, इलका प्रहरी कार्यालय टिकापुरले ढाकछोप गर्दै किटानि जाहेर दर्ता गर्न अस्वीकार गर्यो (प्रमाण-तस्विर सहित)

टिकापुर १५ असोज  । असोज ६ गते राति टिकापुर नगरपालिका वाडा ९ स्थित पुर्व प्रहरी जवान नविन सोडारीले मालिका विकास वैङक हालको महालक्ष्मी विकास वैङकको टिकापुर शाखामा कार्यरत्त आफ्नी श्रीमति खमा वोगटी (सोडारी) लाइ घरको झ्यालमा झुन्डीएको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको भएपनि मृतक वोगटीका माइति पक्षलाई कुनै खबर नगरी मृतक वोगटीको फोटोलाइ प्रमाण वनाइ माइति पक्षलाइ झुडिएको हो भन्दै विश्वास दिलाउने काम गरेको माइति पक्षको दावि रहेको छ ।

घटनाको स्थल र प्रकृति हेर्दा र सोडारीको परिवार र प्रहरीको कायैशैलि पछि माईति पक्षले मृतक वोगटीको आत्माहत्या नभइ कुटपिट गरि हत्या गरिएको मृतक वोगटीका भाइ खेम वोगटीले वताए ।

माइति पक्षले किटानि जाहेर दिन खोज्दा इलका प्रहरी कार्यालय टिकापुरले प्रथम चरणमा घटनालाई ढाकछोप गर्दै किटानि जाहेर दर्ता गर्न अस्वीकार गर्दा गर्दै पनि माइति पक्ष र स्थानिय महिला अगुवाइ र दवाव पछि असोज ७ गते साझ ६ वजे पछि मात्र इलका प्रहरी कार्यल टिकापुरले किटानि जाहेर दार्ता गरेका माइति पक्षको दावि रहेको छ ।

इलका प्रहरी कार्याल टिकापुरको मुचुल्का र टिकापुर अस्पतालको पोष्ट माटम रिपोट पनि एक आपासमा वाझिएपछि माईति पक्ष आक्रोश हुदै असोज ९ गते आईतवार टिकापुरमा पत्रकार सम्मेलन गरेर मृतक वोगटीको हत्या नभई आत्माहत्या भएको भन्दै प्रहरी प्रशासनले प्रमाण जुटउन आफु लागी परेको भन्दै पत्रकार सम्मेलनमा सप्रमाणहरुका साथ माइति पक्षले पत्रकार सम्मेलनमा प्रमाण सहित हत्यमा संलग रहका आरोपित सोडारीका दाइ भाउजुको पनि संलग्नता रहेको भन्दै किटानि जाहेरी दिदा पनि प्रहरी प्रशासनले सोडारीका दाजु भाउजुलाइ आफ्नो निगरानिमा नराखेको भन्दै प्रत्रकार सम्मेलनमा माइति पक्ष गुनासो राखेका थिए ।

यता नेपाल प्रहरीका प्रहरी नायक निरीक्षक गौतम मिश्रका अनुसार हत्या अभियोगमा प्रकाउ परेका सोडारीलाई अहिले अनुसन्धान जारी रहेको र दशै लगतै अदालतमा पेश गर्ने भन्दै अहिले केहि भन्न नसकिने भन्दै पन्छीएका छन् ।

यस्ता छन् मृतक वोगटीको घटनास्थलमा देखिएका दृष्हरु :

1

भाचिएको खाट : नेपाल प्रहरीले घटना भएको कोठामा रहेको भाचिएको खाटलाइ आफु चड्दा खाट भाचिएको भन्दै ढाकछोप गरेको माइति पक्षको दावि ।

2

मृतक खमा वोगटीले लेखिएको हस्तालेखित निवेदन

3

सुसाइड पत्र : मृतक वोगटीलाइ जल्लाउदै गर्दा चिहान घाटमा पोष्टमटमको भोलि पल्ट टिकापुर दौलतघाटमा भेटिएको वनावटी सुसाइट नोट

4

माइति पक्ष र स्थानिय अगुवाइको दवाव पछि प्रहरीले दिइएको तस्विर : मृतक वोगटीको गालाको दाया साइटमा कालो रातो निलडाम र आँखामा कालो निलडाम देखिएको छ । यो घटनाको सवै भन्दा ठुलो कुटपिट पछिको हत्या र प्रहरीको संलग्नता रहेका माइति पक्षको दावि गर्ने प्रमाणका आधार सहितको तस्विर

5

माइतिपक्ष पुगेपछि मृतक वोगटीको तस्विर : माइतिपक्ष पुगेपछि मृतकको अवस्था देखिएको अवस्था हो जुन वास्तविक फोटो भन्दा र वनाउटी फोटो जस्तै रहेको छ पहिलेको फोटोमा रहेका रातो निलडाम भेटिदैन्

श्रोत स्वोतन्त्र खबर बाट 

 

चीनले ब्रम्हपुत्रको सहायक नदी रोक्यो भारत मा पानि को संकट आउन सक्ने ..

एजेन्सी । चीनले तिब्बतमा जलविद्युत परियोजनाका लागि ब्रम्हपुत्रको सहायक नदीको पानी रोकिदिएको छ ।

brahmaputra nadi

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले यो पानीबाट बिजुली निकाल्नुका साथै सिंचाईका लागि प्रयोग गर्नेछ । तर भारत र बंगलादेशका कयौं नागरिकमा पानीको आपूर्ती प्रभावित हुने भन्दै दुबै देश चिन्तित भएका छन् ।

brahmaputra_ap

पाकिस्तानमाथि भारतले बढाएको दबाबको विरोधमा चीनले यो कदम चालेको हुनसक्ने भारतीय संचारमाध्यमहरुले विश्लेषण गरेका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्धु जल सम्झौताको रिभ्यू गर्ने बताएका थिए ।

brahmaputra

उनले भनेका थिए, रगत र पानी एकसाथ बग्न सक्दैन । भारतले सिन्धूको पानी रोके पाकिस्तान प्रभावित हुनेछ । यस्तैगरी चीनले आफ्नो भूभाग हुदैँ बग्ने नदी रोकेमा भारत तथा बंगलादेशका केही क्षेत्र प्रभावित हुनेछन् ।

गिरान्चौरमा घर बनाएर बिदा भयो नेपाली सेना, धुर्मुसले यसरी विदाई गरे (फोटो फिचर)

काठमाडौं, १३ असोज । धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ ।

नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर आज बिदा भएको हो । सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो ।

nepali-sena-house-making

पूर्वनिर्धारित योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिएका छन् । ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेका हुन् । नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ ।

भूकम्प पीडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खुशि व्यक्त गरेका छन् ।

‘सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारीत समयमा नै पुरा भएको छ । अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ,’ कट्टेलले भने ।

सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहायता गर्नु र नेपाली सेनाले हामीले गरेको डिजाइन अनुसारका घर बनाएर सहयोग गर्नु गौरवको कुरा रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छन् ।

nepali-sena-bidai basti-2

स्रोत : दैनिक नेपाल

सेलिब्रेटी भन्दा बढी चर्चित चिनियाँ गाउँले युवती ( फोटो फिचर )

११ असोज, एजेन्सी ।

गाउँका युवती भन्नै वित्तिकै हाम्रो मनमा सिधा सादा युवतीको तस्विर आउँछ । गाउँले युवतीहरुको सुन्दरता उनीहरुको सादगीमा नै हुन्छ ।

 

गाउँले युवतीहरुलाई शहरी मोडलसँग तुलना गर्नु निरर्थक मानिन्छ । तर चीनको एक गाउँकी युवती भने यतिबेला सेलिब्रेटी मोडल भन्दा चर्चित बनेकी छन् ।

 

उनका तस्विर चिनियाँ सञ्चार माध्यम हुँदै संसारभरी भाइरल बनेका छन् । चीनको एक गाउँमा बस्ने बताइएकी यी युवती कुनै सुपर मोडल भन्दा कम छैनन् ।

Chinese girl beautiful 1चीनको एक गाउँमा बस्ने यी युवतीको विषयमा धेरै विवरण सार्वजनिक भएको छैन ।

तस्विर हेर्नुस्ः

Chinese girl beautiful 5

Chinese girl beautiful 2

Chinese girl beautiful 3

अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकुशल …. ( फोटो फिचर )

फाइल फोटो

फाइल फोटो

८ असोज, भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सकुशल छन् ।

अवतरणका क्रममा विमान रनवेबाट घासे मैदानमा पुगेको थियो । यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ ।

केही यात्रुलाई समान्य चोट लागेको र उनीहरुलाई युनिभर्सल मेडिकल कलेज अफ साइन्स लगिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेले विमान दुर्घटनामा परेको खबर आएको पुष्टि गरे ।

तस्विर  : हेमन्त सागर केसी  को  फेसबुक  वाल  बाट

14469690_1814288085451409_1668432496148221926_n

14463267_1814287892118095_5068782413916399391_n

14479709_1814287865451431_7236992277274151723_n14358842_1814282275451990_7835946003408672052_n14470501_1814282238785327_3454342507470390296_n

दाइजो नपाएको झोंकमा श्रीमानले काटे श्रीमतीको नाक ( फोटो फिचर )

kamlesh-dowry-issue-2

कहिँ नभएको अचम्म  चिज  हरु  हुने  भारत  मा  फेरी  एउटा  एस्तो दर्दनाक  घटना  भएको  छ  जहाँ संगै  जिउने  संगै  मर्ने  कसम खाएर  अग्नि  को  सात  फेरा  लगाएर  गरेका  बाचा  दाइजो  को  नाम  मा  श्रीमान  ले  एती  सम्म  घृणित  काम  गरेका  छन उन  ले  आफुले  भने  अनुसार  दाइजो  नपाएको  र  दाइजो  नदिय  जे  पनि  गर्छु  भन्ने  आफ्नै  श्रीमान ले  श्रीमती  को  नाक  काटी  दिएका  छन्

उत्तर भारतस्थित उत्तर प्रदेशको सज्जनपुरकी कमलेश राथोर, २५, लाई उनका श्रीमान् संजीव राथोर, २७, ले दाइजो स्वरुप ८० हजार नदिएको रिसमा उनको नाक काटिएको हो ।kamlesh-dowry-issue-3

कमलेश भन्छिन्, ‘दाइजोका लागि उनले मलाई दैनिक सताउने गर्दथे । उनले तारन्तार मसँग ८० हजार रुपैयाँ दाइजो मागिरहन्थे ।’

‘मैले निरन्तर भन्थें कि मेरो बुवा निकै गरिब हुनुहुन्छ त्यसकारण उहाँले तपाईंलाई यति रकम दिन सक्नुहुन्न । उनले मेरा केही कुरा सुनेनन् । मेरो नाक काटिदिने भनी सधैं धम्की दिन्थे,’ उनी भन्छिन् । ‘यहि निउँमा उनले मलाई वर्षौंदेखि कुट्दै आएका छन् ।’

‘उनले मलाई बेल्ट, जुत्ता, लट्ठीले कुट्दथे । मलाई यौनकर्मीको रुपमा काम गरिरहेको आरोप लगाउँदै मलाई बेचिदिने धम्की पनि दिन्थे । दिनदिनै रक्सी खाएर आउने मेरो श्रीमानसँगको ८ वर्ष बसाईं मेरो लागि निकै कष्टकर रह्यो, ’ उनले डेली मेललाई बताइन् ।kamlesh-dowry-issue-4

गत सेप्टेम्बर १४ तारिखमा कमलेस खाना बनाइरहेकी थिइन् जब संजीवले पुनः ८० हजारको माग राखी उनीमाथि कराए । उनका अनुसार त्यस दिन घरका अन्य परिवारले उनलाई पछाडिबाट समाते र भुइँमा लडाए, त्यतिबेला उनको श्रीमान् उनको नाक काटिदिए । उनले भनिन्, ‘मलाई उनीहरुले निकै बेस्सरी च्यापेका थिए, म चलमल गर्ने अवस्थामा थिइनँ ।’

६ वर्षीया छोरीकी आमा कमलेसको नाक काटेपछि उनको श्रीमानसहित परिवारका अन्य सदस्य सम्पर्कबिहिन छन् । नाक काटिसकेपछि श्रीमानको अन्तिम वाक्य थियो, ‘अब तँ जिन्दगीभर यस्तै हुन्छेस् ।’kamlesh-dowry-issue-1

घटनापश्चात् कमलेशले उनको घर नजिकै रहेको आफ्नो माइतीपक्षलाई बोलाइन्, उनीहरुले कमलेशलाई नजिकैको अस्पताल पुर्याए । डाक्टरहरुले उनको नाकलाई पुनः जोड्न सकेनन् किनभने नाकको टुक्रालाई संजीवले आफूसँगै लिएर गएका थिए । नाकको शल्यक्रिया गर्न कमलेशको माइतीपक्षको आर्थिक स्थिती निकै कमजोर रहेको उनले बताइन् ।

पुलिसका अनुसार उनीहरुले घटनामा संलग्न कमलेशका श्रीमान्, सासू, ससूरा, नन्द र देवरको खोजी गरिरहेका छन् ।