Home / अपराध (page 2)

अपराध

साढे ३ लाख चोरेर भागेका बोहोरा पक्राउ

१३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले चोरीको आरोपमा तीर्थ बोहोरालार्इ पक्राउ गरेको छ । लोकन्थलीबाट प्रहरी चेकजाँचको क्रममा ल्पा रिमी २ घर भई सुकेधारा बस्ने २१ वर्षीय बोहोरा पक्राउ परेका हुन् ।

chorशंका लागी चेकजाँच गर्दा गल्बन्दीमा लुकाई राखेको  २ लाख १८ हजारसहित उनलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनी १२ गते बेलुका  भाटभटेनी फुड प्रोडक्सन प्रा.लि.चुच्चेपाटी बौद्धबाट ३ लाख ५० हजार चोरी गरी भागेको भन्ने पुष्टी भएको भक्तपुर प्रहरीले जनाएको छ ।

उनलार्इ बरामद रकमसहित कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध काठमाण्डौमा पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्रोत : अनलाइन खबर

झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला

१० मंसिर, दमक । झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक, तोपगाछी र गौरादहमा दुई महिलासहित ती शव फेला परेको हो । तीन दिनदेखि बेपत्ता दमक–४ का मनकुमार कार्की आज दिउँसो दमकस्थित भालुखोलाका कल्र्भटमुनि पानीमा डुबेर घाँटी बाँधिएको अवस्था मृत फेला परेका हुन् । त्यसैगरी तोपगाछी– ५ की रोजिना राईको आफ्नै घरमा झुन्डिएको अवस्थामा शव फेला परेको छ ।

आजै गौरादह–४ क डिकमाया सुब्बा आफ्नै घरमा मृत फेला परेकी छन् । दमकको भुटानी शरणार्थी शिविर बेलडाँगी–२ छाप्रो नं १० का पदम गजमेर पनि मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । रासस

एटिएम चोरी प्रकरणः पिन नम्बर चोर्दै न्युजिल्याण्ड र अफ्रिका पठाउँदै

atm-hacker

३ मंसिर काठमाडौं । राजधानीका एटिएमबाट पैसा चोरी गर्ने गिरोहले नेपाली ग्राहकको पिन नम्बर चोरेर विभिन्न देशमा पठाउने गरेको खुलेको छ ।

अर्काको एटिएमबाट पैसा चोरेको आरोपमा दुई साताअघि पक्राउ परेका रोमानियनहरुबाट यस्तो तथ्य पत्ता लागेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

रोमानियनहरुले नेपालबाट विभिन्न बैंकका ग्राहकको पिन नम्बर चोरेर न्युजिल्याण्ड, टर्की र अफ्रिकन मुुलुकहरुमा पठाउने गरेको अनुसन्धानबाट खुलेको हो ।

ब्युरोका डिआईजी नवराज सिलवालका अनुसार पिन नम्बर चोरी गर्ने उपकरणसहित नेपाल आएका रोमानियनहरुले बैंकका ग्राहकको पिन नम्बर चोरेर पठाएको भेटिएको छ । उनीहरुले पठाएका इमेलहरू अनुसन्धान गर्दा पिन नम्बरहरू पठाएको देखिएको हो । एटिएम बुथमा विशेष उपकरण जडान गरेर उनीहरुले पिन चोर्ने गरेका थिए ।

‘त्यसरी पठाएका पिन कुन-कुन बैंकका ग्राहकका हुन्, हामी अनुसन्धान गर्दै छौं’ डिआईजी सिलवालले भने । चार हजारभन्दा बढी पिन नम्बरहरु चोरी भएको पाइएको छ ।

अनुसन्धान गर्दै राष्ट्र बैंक

सिआईबीको पछिल्लो कारबाहीमा पक्राउ परेका ६ जना रोमानियन, टर्किस तथा बुल्गेरियनहरुको साथबाट बरामद भएका एटिएम कार्डहरु र पिन नम्बरहरु राष्ट्र बैंकमा पठाइएको छ ।

ती एटिएम र पिन नम्बर कुन देशका र कुन-कुन बैंकका हुन् भनेर अनुसन्धान गर्न राष्ट्र बैंकमा पठाइएको सिआईबीले जनाएको छ । डिआईजी सिलवालका अनुसार, राष्ट्र बैंकले एटिएमहरु कुन देशका र कुन बैंकका भन्ने पत्ता लगाएपछि मात्रै कति ग्राहकको पैसा चोरी भएको छ भनेर खुल्नेछ ।

बयान नदिँदा समस्या

पछिल्लो समय पक्राउ परेका एटिएम हृयाकरहरु एउटै समूहका हुन् कि फरक-फरक समूहका भन्ने खुल्न सकेको छैन । पक्राउ परेकाहरुले बयान दिन इन्कार गरिरहेकोले विस्तृत तथ्य खुल्न नसकेको एक अनुसन्धान अधिकृतले बताए ।

तर, राष्ट्र बैंकबाट एटिएमको डिटेल आएपछि र उनीहरुबाट बरामद भएका एटिएम कार्डहरु, विभिन्न उपकरण र सिसिटिभी फुटेज लगायतले उनीहरुको धन्दाबारे धेरै कुरा पुष्टि हुने सिआईबीको दाबी छ ।

स्रोत : अनलाइन खबर

२६ लाखसहित एटिएमबाटपैसा चोरी गर्ने दुई पक्राउ

काठमाडौंः एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्केली नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई पक्राउ गरेको हो ।

प्रहरीले टर्केली नागरिक ५२ वर्षीय मुहरिम उजुन र ३२ वर्षीय सेलाहात्तिन याबरलाई जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ गरेको हो । टर्केली नागरिकको चोरी योजनाबारे पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।

ब्युरोबाट खटेको प्रहरी टोलीले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुई टर्केली नागरिकको साथबाट प्रहरीले ३६ लाख ७५ हजार नेरु, एक हजार सात सय युरो र एक हजार छ सय ६० अमेरिकी डलर तथा विभिन्न एटिएम कार्ड ११३ थान, मोबाइल फोन दुई थान, एटिएम कार्डका पिन लेखिएको कागजको पाना आठ थान तथा करिब नेरु २६ लाख पर्ने स्विस घडी बरामद गरेको छ ।

नेपालमा बल्गेरिया, टर्की, रोमानिया लगायत देशका नागरिक पर्यटकले प्रवेशाज्ञा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेको ब्युरोले जनाएको छ ।

सोमबार मात्र यस्तै आरोपमा तीन रोमानियाली पक्राउ परेका थिए । यसभन्दा पहिले २०७१ साल मङ्सिरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेरु २६ लाख सहित टर्केली र चैतमा नेरु १८ लाख सहित बल्गेरियाली र गत साउनमा नेरु दुई लाख ६४ हजार सहित रोमानियाली पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले यस्ता अपराध अब दोहोरिन नदिन पूर्वी युरोपबाट आएका नागरिकमाथि निगरानी बढाइएको बताए ।

अन्नपूर्ण पोस्ट

नेपालका ३५ लाख एटीएम कार्ड जोखिममा, पिन नम्बर तत्काल बदल्नुस् अन्तर्राष्ट्रिय ह्याकरको गिरोह नेपालमा सक्रिय

atm-hacker

२२ कात्तिक, काठमाडौं । करिब २ वर्ष अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले एक टर्किस नागरिक मेहमत गुलेनलाई नेपालका एटिएम बुथबाट झिकिएको २६ लाख रुपैयाँसहित पक्राउ गर्‍यो । नेपालमा आएर अर्काको एटीएमबाट पैसा चोरी गरेको आरोपमा गुलेन पक्राउ पर्नुलाई सीआइबीले नौलो घटनाको रुपमा लिएको थियो । यस्ता घटनालाई खासै चासो नदिएको सीआइबी तब झस्कियो जब अनधिकृत रुपमा रकम झिक्ने विदेशी नागरिकहरुको खुलासा हुँदै गयो ।

एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् ।

पछिल्लो समय एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नै नेपालमा सक्रिय रहेको खुलेको छ । नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह नै अर्काको एटीएम पीन प्रयोग गरेर रकम झिक्ने कार्यमा सक्रिय छन् । अर्काको एटीएम बुथबाट रकम झिक्ने कार्यमा संलग्न रोमानियाका तीन नागरिकहरुलाई पक्रेर सीआइबीले सोमबार मात्रै सार्बजनिक गरेको छ ।

 

यसरी समातिए रोमानियाका नागरिकहरु

गत शुक्रबार दिउँसो करिब १२ बजे इन्भेष्टमेन्ट बैंकको ठमेलस्थित एटीएम बुथमा एक विदेशी नागरिक प्रवेश गरे । कालो टिसर्ट र हाफ पाइन्ट लगाएका ति विदेशीले दायाँ बायाँ नहेरी पैसा निकाल्न थाल्छन् । तर उनले पैसा एउटा एटीएमबाट मात्रै निकालेनन् । करिब ८ मिनेट लगाएर लगातार १० वटा एटीएम प्रयोग गर्दै पैसा निकालिरहे । एक जना विदेशी नागरिकले १० वटा एटीएम प्रयोग गरेको देखेपछि इन्भेष्टमेन्ट बैंकको सीसी क्यामरा निगरानी गरिरहेका कर्मचारीले शंका गरे ।

बैंकका उपमहाप्रवन्धक बिजेन्द्र सुवालले भने, ‘एक त विदेशीले एटीएम प्रयोग गरेर पैसा निकाल्दैनन् । यदि कसैले यस्तो गर्छ भने हाम्रो शंकाको घेरामा पर्छ । तर यसले त एकैपटकमा त्यति पैसा निकालेपछि हामीले सीआइबीलाई खबर गरेका थियौं ।’

बैंकबाट खबर आएपछि सीआइबीले तत्काल अनुसन्धान सुरु गर्‍यो । दुई साता अघि मात्रै एक रोमानियन नागरिक पक्राउ गरेको सीआइबीको टोलीले शुक्रबार साँझ नै ठमेलको नर्सिङ चोकस्थित नेपाल तारा होटलबाट एक जनालाई पक्राउ गर्‍यो । उनी नै थिए पैसा निकाल्ने रोमानियन नागरिक ५२ वर्षीय गिता हुजम । उनलाई नियन्त्रणमा लिएको केहीबेरमा अरु दुई जना आइपुगे, इसोफ मोरउ र एलेक्स क्रिष्टेन । सीआइबीको टोलीले उनीहरूको कोठामा छापा मार्दा ३ सय ५३ थान नक्कली एटीएम कार्डहरु भेटिए ।

यसरी चोरी हुन्छ एटीएमबाट पैसा

तीन जना रोमानियनको साथबाट सीआइबीको टोलीले एउटा हिडन क्यामेरा पनि बरामद गरेको छ । त्यो यस्तो हिडन क्यामेरा हो जसले हामीले प्रयोग गरेको एटीएमको टाडा चोर्न सक्छ ।

atm-hacking

एटीएमबाट पैसा चोर्न रोमानियाका नागरिकहरुले प्रयोग गरेका औजारहरु र उनीहरुबाट बरामद सामाग्रीहरु । तस्वीर: सीआइबी

बिहानै एटीएमका बुथहरुमा जाने र कार्डको डाटा चोरी गर्न कार्ड स्किमिङ उपकरण र सीसी क्यामेरा एटीएम छिराउने मेसिनमा राखेर आउने उनीहरुको शैली थियो । त्यसरी कार्ड स्किमिङ र हिडन क्यामेरा राखेपछि दिनभर उक्त बुथ प्रयोग भएका एटीएमहरुको पिन नम्बरदेखि डाटासम्म चोरी हुन्थ्यो । त्यही डाटा तथा पिनको आधारमा पैसा निकाल्ने गरेको सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालले बताए ।

यिनीहरुले नेपालबाट कति पैसा निकाले खुल्न सकेको त छैन तर पक्राउ परेकाहरुको साथबाट १० हजार युरो, तीन लाख नेपाली रुपैयाँसँगै २५ हजार डलर पर्ने घडी प्रहरीले बरामद गरेको छ ।

कसरी अपनाउने सुरक्षा ? 

धेरै पैसा बोकेर हिँड्दा जोखिम हुने भएकाले धेरै बैंकका ग्राहकहरुले एटीएम कार्ड प्रयोग गर्छन् । कार्डमात्रै बोके पुग्ने र चाहिएका बेला आवश्यक रकम झिक्न मिल्ने भएकाले बैंकहरुले पनि ग्राहकहरुलाई लक्षित गरी जतिसक्यो धेरै एटीएम बुथ स्थापना गरेर सुविधा दिँदै आएका छन् । तर, नेपालको बैंकिङ सुरक्षा चुनौतिपूर्ण बनेको सीआइबीका प्रमुख डिआइजी नवराज सिलवाल बताउँछन् ।

using-atm-card

‘यसअघिका घटनाहरुमा विदेशीहरुको डाटा चोर ल्याउने र नेपालबाट पैसा चोरी गरेका घटनाहरु थिए । तर अहिले नेपालीहरुको पनि डाटा चोरी गर्ने गिरोह सक्रिय हुन थालेको भेटियो । यसले नेपालको ३५ लाख एटीएम कार्डहरुलाई जोखिममा पारेको छ,’ डिआइजी सिलवालले भने ।

आधुनिक उपकरण प्रयोग गरेर नेपालका एटीएम प्रयोगकर्ताको डाटा चोरेर विदेश पठाउने र उतैबाट पैसा चोरी गर्ने गिरोह सक्रिय छ । नेपालमा अर्काको एटीएमबाट पैसा चोरी गर्न पूर्वी युरोपको गिरोह सक्रिय भैरहेको सीआइबीको अनुसन्धानबाट खुलेको छ । सीआइबीले पनि बुल्गेरिया, रोमानिया, टर्की लगाएतका देशका नागरिकहरुलाई निगरानी गर्न थालेको छ ।

एटीएम हृयाकरको अन्तराष्ट्रिय गिरोह नेपालमा सक्रिय हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आफूले प्रयोग गरिरहेको एटीएमको पिन नम्बर तत्काल परिवर्तन गर्न डिआइजी सिलवालको सुझाव छ ।

त्यसैगरी आफूले प्रयोग गर्ने एटीएम बुथहरुमा कुनै अस्वाभाविक उपकरण छ कि छैन हेर्ने, आफ्नो खाताबाट पैसा निकालिएको छ कि छैन भन्ने थाहा पाउन मोबाइल एलर्ट राख्ने र आफ्नो एटीएम कार्ड अरुलाई नदेखाउने गर्न पनि सकिन्छ ।

भारत र युरोपमा पनि गिरोह सक्रिय

एटीएम हृयाकर नेपालमा मात्रै होइन, भारत र युरोपमा समेत सक्रिय छ । ह्याकरको निसानामा परेपछि केही दिन अघि मात्रै भारतमा ३२ लाखभन्दा बढी एटीएम कार्डहरु रद्द गरिएको र न्युजिल्याण्डमा एक लाख अमेरिकी डलर चोरी भएको इन्भेष्टमेन्ट बैंकका उपमहाप्रवन्धक बिजेन्द्र सुवाल बताउँछन् ।

उनले भने, ‘यस्ता गिरोह युरोपदेखि अमेरिकासम्म सक्रिय छन् । हामीले सुरक्षा सतर्कता अपनाउँदा रोमानियाका नागरिकहरु पक्राउ परे । त्यसैले हामी आफै सतर्क हुनुपर्ने देखिएको छ ।’

उनले सबै एटीएम प्रयोगकर्ताहरुलाई तत्काल आफ्नो पिन नम्बर परिवर्तन गर्न पनि सुझाव दिए ।

बोरामा प्याक गरिएको अवस्थामा भेटियो महिलाको शव, खुलेन पहिचान

२० कात्तिक, काठमाडौं । भक्तपुरकेा बोडेमा एक महिलाको शव भेटिएको छ । प्यास्टिकको बोरामा प्याक गरेर फालिएको अवस्थामा शव भेटिएको हो ।

deathभक्तपुर प्रहरीका अनुसार मृतकको पहिचान पनि हुन सकेको छैन । बोडेस्थित रिशर्व पेट्रोल पम्पबाट मुलपानीतर्फ गुम्बोटोल हरियाली बस्ने जाने आरोलो बाटो नजिकको झाङ्गमा प्यास्टिकको बोरामा प्याक गरेर फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको टोउकामो चोट लागेको छ । रातो सुइटर र खैरो पाइन्ट लगाएकी मंगोलियन जस्तो देखिने उनी करिव २५/२६ वर्षको भएको प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

 

 

स्रोत : अनलाइन खबर

गाडिएको अवस्थामा शिशुको शव फेला, आमाले नै हत्या गरेको आशंका

1478311286baby1

पर्वत, कात्तिक २० । पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको छ ।

हत्याको आशङ्कामा अनुसन्धानका लागि मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिए। रासस

 

२७ जुवाडे पक्राउ, ८ लाख रुपैयाँ बरामद

1478069085gambling

चितवन, कात्तिक १७ । जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट आठ लाख ६५ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको छ ।

भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट पाँच लाख ३१ हजार ८ सय २५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु तीन लाख ३४ हजार १४५ बरामद भएको छ ।

प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताए । उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ । (रासस)

मोरङ को उर्लाबारीमा दुई किशोरको हत्या

murder_by_knife-5817efd7d5aa34-23690548

उर्लाबारीः मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।

राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षका दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षका सनम गुरुङको हत्या भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए ।

घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस

जिविस कर्मचारीदेखि सिंगापुरे लाहुरेसम्म ‘आतंककारी’ संगठनमा चौकी र बैंक आक्रमणको योजना बनाउने समूह यसरी समातियो

mangolian-national-force

मंगोल मुलबासी राष्ट्रिय फोर्सका सदस्यहरु

८ कात्तिक, काठमाडौं । उपत्यकाका विभिन्न विद्यालयमा बम आतंक चलाउने एक समूहलाई पक्राउ गरेको एक साता नवित्दै प्रहरीले त्यस्तै आतंककारी शैलीको एक सशस्त्र समूहलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विषेश ब्युरोले पाँच दिनदेखि चलाएको विशेष कारबाहीमा हतियार तथा विष्फोटक पदार्थसहित ‘मंगोल मुलबासी राष्ट्रिय फोर्स’ नामको भूमिगत समूहको नाइकेसहित १३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ थान कटुवा पेस्तोल, २ थान रिभल्वर, १२ राउण्ड गोली, सैन्य दस्ता, कम्ब्याड ड्रेस र केही विष्फोटक पदार्थ समेत बरामद भएको छ ।

यसरी भयो कार्वाही

केही दिन अघि भक्तपुरको मनोहरा खोलाको किनारस्थित सुकुम्बासी बस्ती केही व्यक्तिहरु शंकास्पद अवस्थामा रहेको सूचना विषेश ब्युरोमा पुगेको थियो । विशेष ब्युरोेले सूचनाको आधारमा सुकुम्बासी बस्तीमा निगरानी बढायो । निगरानीको क्रममा गत बुधबार सुकम्बासी बस्तीमा रहेको एक घरमा छापा मार्दा दुई थान कटुवा पेस्तोलसहित पाँचथरका सचिन्द्र पालुङवा लिम्बु भन्ने शशी लिम्बु पक्राउ परे ।

लिम्बुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेपालका पश्चिम र पूर्वीक्षेत्रमा सैन्य दस्तासहित संगठित भैरहेको ‘मंगलबासी राष्ट्रिय फोर्स’ नामको भूमिगत समूह सक्रिय भैरहेको खुलेको हो ।

mangolian-force

सोमबार सार्बजनिक गरिएकाहरु

लिम्बु पक्राउ परेलगत्तै थप कार्वाही गरेको विषेश ब्युरोले बिहीबार भक्तपुरकै विभिन्न स्थानबाट संगठनका प्रमुख भनिएका उपेन्द्र घर्तीमगर, पूर्वक्षेत्रीय प्रमुख भनिएका ताप्लेजुङ सिकौचीका पृथ्वीनारायण लिम्बु र मध्यक्षेत्रीय प्रमुख भनिएका रामेछापका टेम्डी शेर्मालाई पक्राउ गरेको थियो ।

त्यस्तै सुवास राई भन्ने खोटाङका सुवास चन्द्र किराँती पनि भक्तपुरबाट पक्राउ परेका छन् भने सिन्धुपाल्चोकबाट रविन श्रेष्ठ पक्राउ परेका छन् । उता रोल्पामा पाँच जना पक्राउ परिसकेको प्रहरी बताउँछ । संगठनको हेडक्वाटर भनिएका प्रमुख नेताहरुसँगै अन्य सदस्यहरु पनि पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता भनेको छ ।

भूमिगत समूहबाट बरामद हतियार र विष्फोटक पदार्थहरु

भूमिगत समूहबाट बरामद हतियार र विष्फोटक पदार्थहरु

जिविसको कर्मचारीदेखि सिंगापुरे लाहुरेसम्म आतंककारी संगठनमा

विशेष ब्युरोको कार्वाहीमा परेका १३ जनामध्ये कोही जिल्ला विकास समितिका कार्यालय सहयोगीदेखि सिंगापुरका पूर्वप्रहरी समेत रहेको खुलेको छ ।

भूमिगत समूहमा रहेर आपराधीक गतिविधि गरेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका रविन श्रेष्ठ जिल्ला विकास समिति सिन्धुपाल्चोकका कार्यालय सहयोगी भएको डीआइजी बमबहादुर भण्डारीले बताए । पश्चिमबाट आएका सदस्यहरुले उनकै घरमा सेल्टर लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै पूर्वी क्षेत्रीय प्रमुख भनिएका पृथ्वीनारायण लिम्बु सिंगापुरका पूर्वप्रहरी भएको पनि भएको खुलेको छ । लामो समय सिंगापुर प्रहरीबाट अवकाश पाएका लिम्बुले पूर्व क्षेत्रमा संगठनलाई आवश्यक विष्फोटक पदार्थदेखि गि्रनेटसम्म सप्लाई गर्ने गरेको भण्डारीले जानकारी दिए ।

चौकी आक्रमणको असफल प्रयास

प्रहरीका अनुसार रुकुमलाई आधार इलाका बनाएर २०७२ सालमा यो सैन्य दस्ता गठन भएको थियो । मंगोल नेशनल फोर्स, मंगोल मुलबासी फोर्स (किराँत)र संयुक्त जातीय मुक्ति मोर्चाबीच एकता भएर ‘मंगोल राष्ट्रिय फोर्स’ गठन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विषेश ब्युरो प्रमुख डीआइजी भण्डारीका अनुसार यो समूहसँग एक सय चार जना सदस्य छन् । यो समूहले केही महिना अघि रोल्पास्थित एक चौकीमा आक्रमणको प्रयास गरेको थियो ।

सुरक्षाको कारण प्रहरी चौकीको नाम खुलाउन नचाहेका डीआइजी भण्डारीले भने ‘ आक्रमण गर्ने योजनासहित रातको १ बजे यो समूह चौकी पुगेको थियो । त्यसक्रममा उनीहरुले सरुमा ढुंगा हानेर प्रहरीको सतर्कता पत्ता लगाएका रहेछन् तर प्रहरी चनाखो देखिएपछि भागेको देखिन्छ ।’

mangol-mulbasi-rastriya-force

भूमिगत समूहबाट बरामद सामाग्री

रोल्पामा प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएपछि मध्यक्षेत्रका कमाण्डर भनिएका टेम्डी शेर्पाको योजनाअनुसार यो समूह सिन्धुपाल्चोकको चौकीमा आक्रमण गर्ने योजना बनाएर गएको थियो । त्यहीक्रममा सूचना चुहिएपछि आपराधिक समूहको हेडक्वाटर नै पक्राउ परेको डीआइजी भण्डारीले बताए ।

यो समूहले अन्य बैंक तथा वित्तीय संस्थाहरु लुट्ने योजना पनि बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पूर्वलडाकुको तालिम, जनअदालत गठन

मंगोल मुलबासी राष्ट्रिय फोर्सलाई माओवादी पूर्वलडाकुहरुले सैन्य तालिम दिएको पाइएको छ ।

डीआइजी भण्डारीका अनुसार पूर्वलडाकु बिमल विकले यो समूहका सदस्यहरुलाई तालिम दिने गरेका थिए ।

प्रहरीले फेला पारेका तस्वीरहरुमा लडाकू शैलीमा सैन्य पोशाकमा तालिम लिइरहेका व्यक्तिहरु देखिन्छन् ।

रुकुमलाई आफनो सुरक्षितस्थल बनाइरहेको भूमिगत समूहले रोल्पामा भने जनअदालत समेत गठन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जनअदालतबाट उनीहरुले विभिन्न मुद्दा मामिला मिलाउनेदेखि जरिवाना तिराउनेसम्मको काम गरिसकेका थिए ।

द्वन्द्वकालको हतियारले चुनौती थप्योः डीआइजी भण्डारी

राजनीतिक संगठनको नाममा विभिन्न अपराधिक समूहले सुरक्षा चुनौति थप्न थालेको प्रहरीको विश्लेषण छ । पछिल्लो समय भूमिगत समूहसँग भेटिएका हतियारहरु थप चुनौतिपूर्ण बन्न थालेको विषेश ब्युरो प्रमुख डीआइजी भण्डारीको विश्लेषण छ ।

उनले भने, ‘नेत्रविक्रम चन्ददेखि सिके राउतसम्मको समूह अतिवादी हो । यिनीहरुले अहिलेसम्म हतियारको प्रयोग गरेका छैनन् तर अन्य भूमिगत समूहले राजनीतिको नाममा हतियार देखाउन थालेका छन् । यो हाम्रोलागि चुनौतिपुर्ण छ ।’

द्वन्द्वकालमा हराएका भनिएका हतियारहरु यार्सा गुम्बा लुट्ने अपराधीदेखि पूर्वलडाकुहरुको हातसम्म पुगेकाले त्यसलाई निस्तेज पार्न प्रहरी थप सक्रिय भैरहेको डीआइजी भण्डारीको भनाइ छ ।

स्रोत : अनलाइन खबर