Home / दुर्घटना (page 4)

दुर्घटना

इलामको माइखोलामा डुङ्गा डुब्यो, ८ जनाको मृत्यु मृतक ८ वटै यात्रुको शव भेटियो

dunga-650x370

भद्रपुर, २८ असोज । इलामको दानाबारी–९ स्थित माइखोलामा आज दिउँसो २ बजे थुप्रै यात्रु सवार एक डुङ्गा डुबेको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।

नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ । अहिले झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले निगरानी राखिरहेका छन् । रासस

इलामको माइखोलामा डुंगा दुर्घटना, पाँचको शव भेटियो

danabari-dunga-accident

२८ असोज, इलाम । इलामको माइखोलामा यात्रुबाहक डुंगा दुर्घटना भएको छ । चणडलघाट दोभानमा डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परी केही यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।

दुर्घटना स्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको इलाम प्रहरी प्रमुख एसपी सुशील कुमार यादवले जानकारी दिए । उनका अनुसार मृतकमध्ये २ पुरूष, २ महिला र १ बच्चा छन् । त्यस्तै ३० जनाको जीवितै उद्धार गरिएको छ ।

तर, दुर्घटना अझै कति यात्रु हराएका छन् भन्नेबारे एकीन नभएको एसपी यादवले बताए । उद्दारमा सहयोग गर्न एसपी यादव नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै छ ।

दानाबारी ८ पाल्टार, तारेभीरबाट नदी तरेर महमार्इ जाँदै गरेको डुंगा दुर्घटना भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। दशैं मान्न जाने र फर्किनेहरु दुर्घटनामा परेका हुन् ।

दानाबारीबाट सशस्त्र प्रहरी, स्थानीय प्रहरी चाैकीका सुरक्षाकर्मी र स्थानीयकाे टोली घटनास्थलमा उद्धार गरिरहेको इलाम प्रहरीले जनाएको छ । डुंगामा झण्डै ५० देखि ६० जना यात्रु यात्रारत रहेको स्थानीयले बताएका छन् ।

के कारण दुर्घटना भएको हो भन्ने खुलेको छैन ।

प्रशासनको हेलचेक्र्याइँ

यति ठूलो दूर्घटना हुँदा पनि इलामको जिल्ला प्रशासनलाई थाहा छैन । सीडीयो र अन्य कर्मचारीहरु दशैं मनाउनै व्यस्त छन् । घटनाबारे सोध्दा प्रशासनका कर्मचारीहरु यथार्थ विवरण आफूलाई थाहा नएको बताउँछन् ।

इलामको सदरमुकामबाट महमाई वा दानाबारीतिर आउन भौगोलिकरुपमा कठिन छ । त्यो ठाउँमा पुग्न इलाम सदरमुकामभन्दा झापाबाट छिटो र सहज हुन्छ ।

वर्षाले पूर्वी पहाडको जनजीवन अस्तव्यस्त

यसैवीच दशैंका बेलामा परेको झरीले पूर्वी नेपालको जनजिीन अस्तव्यस्त बनेको छ । पहाडका बाटाघाटाहरु भत्किएर सवारी साधन चल्न नसक्ने अवस्थामा पुगेका छन् ।

इलामको दानाबारीबाट झापा आउने बाटोमा मोटरसाइकल समेत चल्न मुस्किल परेको स्थानीय बताउँछन् । एक स्थानीयका अनुसार तीन दिनअघि महामाई एरियामा पहिरो जाँदा यात्रुहरुको मोटरसाइकल समेत पुरिएको थियो ।

मेची अञ्चलको पहाडमा मात्रै नभएर भारतको दार्जीलिङमा पनि वर्षाले बिजोग बनाएको छ । दशैं मनाउन आफन्तका हिँड्ने नेपाली मूलका भारतीय नागरिकहरु पनि अलपत्र परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

ट्रकले ठक्कार दिँदा मोटरसाइकल चालकको मृत्यु

२८ असोज, काठमाडौं । नवलपरासीम भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा युवकको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आईरहेको ना ५ ख ४०२९ नम्बरको को ट्रकले बिपरित दिशा तर्फ जादै गरेको ना १४ प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी देउराली गाबिस २ निवासी २७ वर्षीय दिपेन्द्र कुमालको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते कुमालको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो । ट्रक र ट्रकचालक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बस र कार ठोक्किँदा एकको मृत्यु, चार घाइते

२७ असोज, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १६१७ नंको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार नवलपरासी प्रसौनी–२ का ४० वर्षीया नारायणी अधिकारीको मृत्यु भएको हो ।

उनको मुख र टाउकामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा प्रसौनी–२ का ४५ वर्षीय हडी अधिकारी, पाल्पा मदनपोखरा–६ की ३६ वर्षीया मीरा क्षेत्री, पाल्पा मदनपोखराकै कार चालक ३५ वर्षीय नारायण बस्याल र बसमा सवार मुगुकी सरस्वती चापागाईं रहेका छन् । घाइतेको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

झापाको विर्तामोडमा बस जुद्धा ६५ घाइते

विर्तामोडः झापाको विर्ताामोडको पञ्चकन्या अगाडि दुई बस जुध्दा ६५ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमाको विर्तामोड खण्डमा बुधबार बिहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ ।

बुधबार विहान काँकरभिट्टाबाट दमक जाँदै गरेको ना ५ ख ६५६१ नम्बरको बस विपरित दिशाबाट आएको ना ५ ख १८९८ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेकामध्ये ४ यात्रु र काँकरभिट्टाबाट दमक जाँदै गरेको बसका चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

गिरीका अनुसार अर्का बसका चालक इलाका प्रहरी कार्यालय विर्तामोडको सम्पर्कमा रहेका छन् । घाइते सबैको विर्तामोडका अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।

घाइतेमध्येका १६ जनाको विर्ता सिटी अस्पतालमा, ६ जनाको कञ्चनजंघा अस्पतालमा, १० जनाको मनमोहन अस्पतालमा र ३३ जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ ।

झापाका इन्सपेक्टर जनार्दन घिमिरेका अनुसार तिब्र गतिका कारण दुई बस जुधेका हुन् ।

अपडेट – बुर्तिबाङ जाँदै गरेको रात्रि बस एकाबिहानै याम्दामा दुर्घटना

bus-accident-baglung-650x488

पोखरा, १७ असोज । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत कास्कीको याम्दामा रात्री बस दुर्घटना भएको छ ।

काठमाडौंबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस सोमबार बिहान करिव ५ः५० बजे दुर्घटनामा परेको हो ।

ग१ख ६१६९ नम्बरको बस याम्दी पुल नजिकै सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका यात्रुहरूको उद्धार भइरहेको छ । दुर्घटनासम्बन्धी बिस्तृत विवरण आउन बाँकी छ । (तस्बिर र समाचार सौजन्य समुन्द्र पौडेल)

 

भिरबाट लडेर दुईको मृत्यु

१६ असोज, बझाङ ।

भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

पाराकाट्ने गाविस–४ थलाराका ३३ वर्षीय मदन साउद र ७० वर्षीय मनवीर साउदको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रक्सी खाएर घर जाने क्रममा उनीहरु भिरबाट लडेका बताइएको छ । मृतकको शव परीक्षणका लागि भैरवनाथ स्वाथ्य चौकीमा ल्याइएको छ ।

लालमटियामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

फाइल फोटो

फाइल फोटो

दाङ, १४ असोज । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत लालमटियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति पौने दस बजे लु १२ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घाइते हुनेमा कपिलवस्तु जिल्ला पिपरा– ४ घर भएका चालक २४ वर्षीय चिन्तु कुर्मी र सोही ठाँउका २३ वर्षीय अनीष खान घाइते भएका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर छ ।

घाइते दुबै जनालाई उपचारको लागि कपिलवस्तु पठाईएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

 

धरानको भानुचौक छेउमा आगालागी,नियन्त्रणको प्रयास जारी

14454000_1142448795841015_1583276699_o-1024x576
धरान /धरान –९ स्थित पुतलीलाईनमा अकस्मात आगलागि भएको छ । पुतलीलाईनमा रहेको कबिन बिक्री केन्द्र छेउमा रहेको छाप्रिबाट आगलागि सुरु भएको जनाइएको छ । आगो नियन्त्रण्मा लिन धरान उपमहानगरपालीकाका तिनओटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रण गर्न प्रहरी र सर्बसाधरण समते जुटेको घटनास्थलमा रहेका हाम्रा सहकर्मि उपेन्द्र चाम्लिङले जानकारी दिएका छन् । आगलागिबाट थप क्षति हुन नदिन प्रयास भईरहेको उनले जानकारी दिएका छन् ।ग्यास लिक भएर आगोलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।

अपडेटः धादिङ बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो ६ घाइतेलार्इ काठमाडाैं ल्याइयो

११ असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । घाइतेमध्ये ६ जनालार्इ उपचारका लागि काठमाडाैं ल्याइएको छ ।

Dhading-Accidentसदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १३ र महिला ४ जना रहेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।

अनलाइनखवरसँग कुरा गर्दै एसपी खत्रीले दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ६ जनालार्इ डाइनेष्टिक एयरको हेलिकप्टरबाट उद्दार गरी काठमाडाैं पठाइएको जानकारी दिए ।

गम्भीर घाइते रहेका अन्य दुर्इ जनालार्इ लिन नेपाली सेनाको हेलिकप्टर पठाइएको उनले जनाए ।

एसपी खत्रीले भने, ‘बस २७ जना लिएर सदरमुकामबाट छुटेको रहेछ, बाटाेमा केहि यात्रु थपिएको हुनसक्छ ।’

दुर्घटनास्थलमा अहिले शव संकलन कार्य भइरहेको छ ।

मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।

कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।