Home / यौन स्वास्थ

यौन स्वास्थ

योनिद्वार वरिपरि पलाएको मासु कसरी हटाउने स्वास्थ जानकारी

मङ्सिर १२ , २०७४-

म २५ वर्षीया अविवाहित युवती हुँ । मैले कसैसँग यौनसम्पर्क गरेकी छैन । चार–पाँच महिना अघिदेखि मासिक श्राव ८–१० दिन पछि सरिरहेछ । ममा पीडालगायत अन्य कुनै पनि समस्या छैन । केही दिनअघि मेरो योनिद्वार वरिपरि मासु पलाएको पाएँ । उक्त मासु बाहिरी भागमा मात्र नभएर भित्रैबाट पलाएजस्तो लाग्छ । कहिलेदेखि यस्तो भएको हो भन्ने कुरा पनि पत्तो भएन । मैले यस्तो समस्याका सम्बन्धमा आजसम्म कुनै माध्यमबाट पनि जानकारी पाएकी छैन । यस्तो कसरी हुन्छ ? के यसका लागि शल्यक्रिया नै गराउनुपर्छ कि औषधीले ठीक हुन्छ ?

  – ७६१९१

 

योनिको मासु 

महिलाको प्रजनन अङ्गका तन्तुमा असामान्य वृद्धि हुन सक्छ । यस्तो वृद्धि डिम्बाशयमा पनि देखा पर्न सक्छ । त्यसैगरी पाठेघरमा पनि यसरी तन्तुको असामान्य वृद्धि हुन सक्छ भने पाठेघरको मुखमा पनि । त्यसैगरी योनि र भग क्षेत्रका तन्तुमा पनि असामान्य वृद्धि देखा पर्न सक्छ । विशेष गरेर योनि र भग क्षेत्रमा हुने मासुको पिण्ड अर्थात् टयुमर विभिन्न किसिमका हुन्छन् । यसमध्ये केही हानि नगर्ने किसिमका हुन्छन् भने अर्का थरी क्यान्सरजस्तो क्षति गराउने किसिमका हुन्छन् । तरुण व्यक्तिमा प्रजनन अङ्गको क्यान्सरको कुरा गर्दा उनीहरूमा डिम्बाशय तथा पाठेघरको क्यान्सर तुलनात्मक रूपमा कमै भएको पाइन्छ । योनिमा मासु पलाउने एक प्रमुख कारण यसको अथकत हो । यी खासै हानि नगर्ने किसिमका सिस्ट भएकाले खासै लक्षण नदेखिने हुन सक्छ, त्यसैले अकस्मात् परीक्षण गर्दा वा त्यस्तै परिस्थितिमा यो भए–नभएको थाहा पाइँदैन ।

योनिमा देखिने यस्ता सिस्ट योनिको तन्तुबाटै निस्किएका हुन सक्छन् भने मूत्रनली वा वरिपरिको तन्तुवाट सुरु भएका पनि हुन सक्छन् । यस्ता सिस्ट विभिन्न किसिमका हुन्छन । सबैभन्दा बढी पाइने mullerian cyst ४४ प्रतिशतमा, epidermal inclusion cyst अथकत २३ प्रतिशतमा, Gartner’s duct cyst ११ प्रतिशतमा, Bartholin’s gland cyst ७ प्रतिशतमा तथा endometriotic type ७ प्रतिशतमा हुन सक्ने अनुसन्धानहरूले बताएका छन् । यसबाहेक अन्य केही  cyst पनि हुन्छन् । यस्ता प्रकारका  cyst हाम्रो जीवनको तेस्रो तथा चौथो दशकमा बढी देखिन्छ ।

– :Mullerian cyst : शरीरको मध्यरेखामा पाइने यो सिस्ट ठूलो नभएसम्म उपचारको आवश्यकता पर्दैन ।

– Epidermal inclusion cyst : यी cyst एकै स्थानमा सीमित एवं नदुख्ने किसिमका हुन्छन् ।

– Gartner’s duct cyst : योनिको भित्ताको दायाँ वा बायाँतिर केही अघिल्तिर पलाउँछ ।

– Bartholin’s gland cyst : Bartholin’s glands सानो भगोष्ठमुनि हुन्छ । यो महिलाको भगक्षेत्र विशेष गरी ठूलो भगोष्ठमा सबै भन्दा बढी हुने cyst हो । खासै हानि नपुर्‍याउने यो cyst प्रजजन उमेरका महिलामा हुन्छ ।

-Endometriotic type : विरलै देखिने यो सिस्ट पहिचान गर्न बिरामीको पूर्ण विवरण लिनुका साथै विभिन्न किसिमका परीक्षण गराउनुपर्ने हुन्छ ।

तपाईंलाई के भएको होला ?

तपाईंले दिनुभएको सीमित जानकारी अनि कुनै परीक्षण गर्ने अवसरको अभावमा तपाईंलाई के भएको होला भन्न सकिने स्थिति भएन । ती cyst के–कस्ता किसिमका हुन्, त्यसको निक्र्यौल गर्नु आवश्यक छ । तपाईंको योनिद्वार अनि भगक्षेत्रमा मुसा आएका हुन सक्छन्, तर तपाईंले भित्रतिरबाटै आएको भन्नुभएकाले सम्भवत: त्यो मुसा होइन । तपाईंले भन्नुभएको योनि तथा भग क्षेत्रमा भए पनि यी अन्य प्रजनन अङ्गबाट सुरुवात भएका हुन कि वा कतै यी हानि पुर्‍याउने अर्थात् अर्बुद रोग हो भनेर छुट्टयाउनु पनि आवश्यक हुन्छ ।

तपाईंले महिनावारी ढिलो हुने कुरा पनि गर्नुभएको छ । डिम्बाशयमा आएको खराबीदेखि अन्य कुनै पनि हार्मोनमा आउने उतारचढाव त्यसको कारण हो कि भनेर पनि हेर्नुपर्छ । यसको शारीरिक परीक्षणमा यो योनि वा भगक्षेत्रको कुन स्थानमा अवस्थित छ, टाँसिएको छ वा चलाउन मिल्छ, दुख्छ कि दुख्दैन, सम्म तथा चिल्लो किमिसको छ कि छैन अनि लचिलो छ कि कडा छ जस्ता कतिपय कुरा हेर्नुपर्ने हुन्छ । त्यसबाहेक गति rasonography, पिसाब फेर्दाफेर्दैको परीक्षण, CT scan वा MRI जस्ता परीक्षणसमेत गराउनुपर्छ ।

समाधानका लागि के गर्ने ? 

सर्वप्रथम त माथि भनिएझैं तपाईंले आफ्नो योनिमा पलाएको मासु के हो र यो कस्तो प्रकृतिको हो भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । त्यसकै आधारमा तपाईंको उपचार वा समाधानको कुरा अघि बढ्छ । त्यसैले तपाईंले स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी उहाँको परीक्षण एवं सरसल्लाहमा अघि बढ्नुपर्ने हुन्छ । चिकित्सकले परीक्षणपछि उपचार आवश्यक पर्ने–नपर्ने निक्र्यौल गरेर मात्र उपचार अघि बढाउँछन् । यस्तो पलाएको मासु बढेर असजिलो, पीडा वा संक्रमण भए उपचारको आवश्यकता पर्न सक्छ ।

साप्ताहिक बाट साभार

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ? यस्तो बेला के गर्नुपर्छ ?

14122016012000dr-rajendra-bhadra-copy-600x0

तपार्इंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने विषयमा कुरा गरौं
महिलाले कसरी यौनसुख कसरी प्राप्त गर्छन् ? 
मानव यौन प्रतिक्रिया चक्रको चार चरणमध्ये उत्तेजनाको चरण (भ्हअष्तझभलत एजबकभ, एक्साइटमेन्ट फेज) अनि एबितभबग एजबकभ (प्लाटो फेज) पार गर्दै तेस्रो चरण चरमसुख (इचनबकm एजबकभ, अर्गाज्म फेज) पुग्दा नै हामीले यौनसुख प्राप्त गरेको अनुभव गर्छाैं । त्यसपछिको अन्तिम चरण भने च्भकयगितष्यल एजबकभ (रिजोलुसन फेज) हो, जसमा शरीर पुरानै अवस्थामा फर्कन्छ ।

महिलाले विभिन्न किसिमले यौन उत्तेजनालाई निरन्तरता दिँदै जान सक्छन् । यसका लागि महिलाले आफ्ना विभिन्न यौन संवेदनशील अङ्गको घर्षण–मर्दन गर्छन् । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर हो । तपाईंलाई थाहै होला, ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । त्यसैगरी योनि अर्को महत्वपूर्ण अङ्ग हो । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । तपार्इंले के कुरा बुझ्न जरुरी छ भने सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग अर्थात् पाठेघरतिरको भाग होइन कि बाहिरतिर एक तिहाइभाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ, अर्थात् ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ जतिको यौनसंवेदनशील भागको घर्षण गर्न पर्याप्त हुन्छ ।
योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ एवं अग्रभागमा रहेको mयलक खभलभचष्क (जहाँ यौनकेशहरू पाइन्छ) भाग पनि यौन संवेदनशील हुन्छ । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तीघ्रा, नाभी क्षेत्र आदि अङ्गहरू पनि यौन संवेदनशील हुन्छन् । पुरुषको तुलनामा महिलाले यौन सुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गको अधिकतम प्रयोग गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत उत्तेजित हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।
के महिलाले यौनसन्तुष्टि प्राप्त गर्न लामो लिङ्ग नै चाहिन्छ ? 
धेरैजसो पुरुषमा लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौन सुख प्रदान गर्न सक्छु कि सक्दिन भन्ने विषयमा हुन्छ । यसमा गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने–दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले यस्तो भएको हुन्छ । पौरुषत्वसँग जोडिए पनि कतिपय व्यक्तिको सोचविपरीत लामो लिङ्गबाट बढी यौन सुख दिन सकिने वा लिन सकिने भन्ने चाहिँ होइन ।
यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य कुराहरू बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षणका लागि लिङ्ग नै आवश्यक छ भन्ने होइन । जहाँसम्म लिङ्ग–योनि मैथुनको प्रश्न छ, यो सानो होस् वा लामो यसको घर्षणबाट यौनसुख प्रप्त गर्न सकिन्छ । यदि पुरुषले हातले लिङ्गलाई समाएर गरिने हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौन सुख लिन सकिने कुरामा ढुक्क भए हुन्छ ।
हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनअनुसार यौनसम्पर्कका बेला महिलाले पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिएको कुरा पनि उल्लेख छ । कहिलेकाहीं यौन क्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्य जस्तै— ‘अझै भित्र पसाऊ’ कै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कारण छैन । अब त पक्कै बुझ्नुभयो होला कि लिङ्ग एकहदसम्म सानो भए पनि यौनसुख मज्जाले लिन वा दिन सकिन्छ ।
के गर्नुपर्ला ? 
प्रश्नका आधारमा तपाईं महिला भएको संकेत मिल्छ । तपार्इंले यो प्रश्न नै किन गर्नुभयो स्पष्ट छैन । अब तपार्इंले बुझिसक्नुभयो होला, महिलाले यौनसुख प्राप्त गर्न लामो लिङ्गको आवश्यकता पर्दैन ।
सामान्यत: चरम सुख प्राप्त गर्न महिलालाई पुरुषको तुलनामा केही बढी समय लाग्ने भएकाले यौन क्रियाकलापमा संलग्न हुने सन्दर्भमा पर्याप्त पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ । महिला–पुरुष दुवैले साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यकता पनि छैन, पालोपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।
अन्तमा, के भनौं भने अर्को व्यक्ति, उसको अङ्ग वा क्रियाकलाप तपाईंको यौनसुख प्राप्तिमा सहयोगी मात्र हुन सक्छ, यौनसुख तपाईं स्वयंले खोज्ने वा प्राप्त गर्ने हो । जस्तो कि कसैले राम्रो दृश्य देखाउन सहयोग गर्न सक्छ, तर त्यो रमणीय दृश्यको आनन्द त व्यक्ति आफैंले प्राप्त गर्ने हो ।

स्रोत : साप्ताहिक

यौन जिज्ञासा- म २२ वर्षीया विवाहित महिला हुँ ।,,,, कतै श्रीमान्को साथीले हाम्रो तन्नामा झारेको वीर्यमाथि मैले मैथुन गरेकै कारण म गर्भवती भएको त होइन?

म २२ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । मेरो श्रीमान्को उमेर २८ वर्ष छ । विवाहदेखि नै हामीबीच असुरक्षित यौनसम्पर्क हुँदै आए पनि श्रीमान्ले वीर्य बाहिर फ्याँक्नुहुन्थ्यो । गत वैशाखदेखि हामीले बच्चा पाउने रहरले वीर्यलाई भित्रै स्खलित गर्न थाल्यौं । म मंसिर १ गते महिनावारी भएको ६ दिनपछि हामीले लगातार यौनसम्पर्क गर्यौं । उक्त महिना १४ गते मात्र यौनसम्पर्क भएन अनि हामीले २६ गतेपछि यौनसम्पर्क राख्न छोड्यौं, किनभने महिनावारी हुने दिन आउनुअघि यौनसम्पर्क राख्दा चाँडै महिनावारी हुन्थ्यो । श्रीमान्सँग वैशाखदेखि नियमित सम्पर्क हुँदा गर्भमा बच्चा बसेन, एकै पटक मंसिरपछि गर्भ रह्यो ।
मेरो समस्या के हो भने श्रीमान्सँग वैशाखदेखि नियमित यौनसम्पर्क गर्दा गर्भ बसेन, तर मलाई के शंका लागेको छ भने एक दिन मेरो श्रीमान्को साथीले हामी नभएका बेला हाम्रो तन्नामा वीर्य झारेर गए भन्ने मलाई शंका छ । किनभने सोही दिन मैले श्रीमान् घरमा नभएको मौका छोपेर हस्तमैथुन गरे । मेरो श्रीमान्का अनुसार उसको मोबाइलमा अश्लील चलचित्रहरू छन् । कतै श्रीमान्को साथीले हाम्रो तन्नामा झारेको वीर्यमाथि मैले मैथुन गरेकै कारण म गर्भवती भएको त होइन ? तन्नामा झरेको शुक्रकीटबाट कति समयसम्ममा गर्भवती हुन सकिन्छ कि सकिँदैन ?  च.

महिलाको गर्भवती हुने सम्भावना

कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । मुख्य रूपमा पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण रहन मुख्य रुपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ ।
यौनसम्पर्कका बेला पुरुषको वीर्यस्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।
शुक्रकीटसँग मिलन हुन महिलाको पनि डिम्ब निस्किएको हुन जरुरी छ । सामान्यत: महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । सामान्यत: डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अंगभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले सबैभन्दा बढी सम्भावना भएको समय मानिन्छ ।
सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो वा चाँडो हुन्छ भने यो सम्भावनामा पनि फरक पर्छ । तपाईंले महिनावारी कति–कति समयमा हुन्छ भनेर नखुलाउनु भएकाले यसै भन्न सकिने कुरा भएन ।

शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ ?
तपाईंलाई थाहै होला, पुरुषबाट निस्कने वीर्यमै शुक्रकीट हुन्छन् । शुक्रकीटलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वीर्यमा उचित पोषण वा वातावरण मिल्ने किसिमले पानी तथा अन्य रसायन हुन्छ । हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ । कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ ।
सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ । कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ । यहाँ प्रयोगशालामा चिस्याएर शुक्रकीटलाई जोगाएर राख्ने आधुनिक प्रविधिअन्तर्गत शुक्रकीट बाँच्ने कुरा गर्न सान्दर्भिक भएन ।

गर्भ रहेको होला त ?
गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्ने कुरा बुझि नै सक्नुभयो । बाह्य वातावरणमा योनिमा शुक्रकीट बढी बाँचे पनि डिम्ब निष्कासनको नजिकका दिनमा बाहेक योनिको वातावरण अनि पाठेघरको मुखको रस पनि सर्वोत्कृष्ट रहँदैन ।
उहाँ यौन चलचित्र हेर्नु वा नहेर्नुको तपाईं गर्भवती हुने वा नहुने कुराको कुनै सम्बन्ध छैन । तपार्इंको श्रीमान्को साथीले तपाईको बिछयौनामा हस्तमैथुन गरेको कुरा पनि शंका मात्र हो । उक्त कुराले त्यहाँ पक्कै आलो वीर्य थिएन भन्ने बुझिन्छ । फेरि तपार्इंले हस्तमैथुन गर्दा पनि उक्त वीर्य योनिमा राख्नुभएको पक्कै होइन होला । दुवै जनाले लुगा लगाएर यौनांग घर्षण गर्दा पुरुषको वीर्य स्खलन भएर महिलाको योनिमा वीर्य नपर्दासम्म गर्भ रहने सम्भावना हुँदैन ।
तपार्इं आफैंले उक्त तन्नामा बसेर वा सुतेर हस्तमैथुन गर्दा त्यो वीर्य तपार्इंको योनिभित्र पर्ने सम्भावना पनि देखिँदैन । माथि भनिएझैं डिम्ब निष्कासनको समय पनि मिल्नुपर्यो र शुक्रकीटमा योनिबाट यात्रा गर्दै पाठेघरको मुख, पाठेघर अनि डिम्ब वाहिनी नलीसम्म पुग्ने क्षमता राख्नुपर्यो । तपार्इंको सन्दर्भमा तन्नामा कसैले वीर्य झारेको शंकादेखि तपाईंको गर्भसम्मको तालमेल मिलेको देखिँदैन । फेरि तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुरा पनि तपाईंलाई थाहै होला ।
श्रीमान्सँगको नियमित यौनसम्पर्कबाट नभै यसरी गर्भ रह्यो होला भनी अनावश्यक चिन्ता लिनु उचित होइन । यहाँ चर्चा गरिएको भन्दा फरक कुरा भए कुरा अर्कै हो । साप्ताहिकबाट – डा. राजेन्द्र भद्रा

उनको अरू नै कुनै यौन साथी छ कि जस्तो लाग्छ

करुणा कुँवर

29092016035846karuna-copy-600x0

आश्विन १६ , २०७३- म ३६ वर्षको भएँ । विवाह भएको सात वर्ष भयो । हाम्रो केही वर्षको प्रेमपश्चात् विवाह भएको हो । मलाई सम्झना भएसम्म हामीबीचको २० देखि २५ पटकसम्मको यौनसम्बन्ध निकै रोचक एवं आनन्ददायक थियो । हिजोआज उनी धेरै कर गरेपछि मात्र यौनसम्बन्धका लागि तयार हुन्छिन् ।

सुरु–सुरुमा मलाई आश्चर्य लाग्थ्यो र त्यसका लागि म आफैलाई दोषी मान्थे । उनको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थें, तर धेरै समय बितिसक्दा पनि केही सुधार नभएकाले अबचाहिँ उनको अरू नै कुनै यौन साथी छ कि जस्तो लाग्छ र यस विषयमा खुलेर सोध्दा उनी झर्किंदै छैन मात्र भन्छिन् । यो समस्याका कारण म सधैं चिन्तामा छु । यो मेरो समस्या हो कि मेरी श्रीमतीको ?

तपाईंको प्रश्न पढ्दा तपाईंहरूबीच धेरै समयदेखि यौनसम्बन्धमा मतभेद छ जस्तो बुझिन्छ । एकातिर यौनसम्बन्धमा कमी आएको र अर्कातिर शंका उत्पन्न भैरहेको देखिन्छ, तर शंका पहिले उत्पन्न भएको हो कि यौनसम्बन्धमा कमी पहिले आएको हो भन्ने कुरा खुलस्त रूपमा बुझिदैन ।

तपाईंको जिज्ञासाअनुसार यदि तपाईंहरूबीचको समस्या तपाईंले आफ्नी श्रीमातीको अन्य कुनै यौन साथी छ कि भन्ने शंकाका आधारमा सिर्जना भएको हो र यकिनका साथ त्यसको कुनै प्रमाण छैन भने यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आरओसीडी) भनिन्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार (आरओसीडी) कुनै एक पार्टनर अर्को रिलेसनमा छ भने त्यसको सीधा असर यौनसम्बन्धमा र वैवाहिक सम्बन्धमा पर्छ । तपाईंले उल्लेख गरेको समस्या हेर्दा तपाईंहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउन जरुरी छ ।
एल्भिस प्रेसली भन्छन्, ‘हाम्रो सम्बन्धको बीचमा शंका छ भने हामी दुईबीच सपनाको विकास गर्न सक्दैनौं । रोबर्ट रेडिल तथा रोबर्ट ब्रिङ्गलका अनुसार शंका धेरै भएको सम्बन्धमा चिन्ता, असुरक्षा, ईष्या र मनोबलमा कमी हुन्छ । शंकाको तह बढ्दै जाँदा आफ्नो पार्टनरको फोन जाँच गर्ने, कता गएको हो भनेर पछयाउने जस्ता काम पनि हुन थाल्छन् र सम्बन्ध थप बिग्रन्छ ।

अर्को थाहा पाउने पर्ने कुरा हरेक व्यक्तिको यौनइच्छा र चाहना फरक–फरक हुन्छ । कुनै व्यक्तिले एउटै पार्टनरसँग वर्षौंसम्म उत्तिकै र उस्तै खालको यौनचाहना राख्न सक्छ र उनीहरूलाई एउटै पार्टनरसँग यौनसम्पर्क गर्दा मात्र आनन्द प्राप्त हुन्छ । तपार्इंले उल्लेख गरेजस्तो समस्या सबै पुरुषमा हुँदैन ।

अनुसन्धानकर्ता विल्सनले १९८१ मा पुरुषमा एउटा अनुसन्धान गरे । जसअनुसार पुरुषमा नयाँ पार्टनरसँग यौनसम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँगको यौनसम्पर्कमा नआएको पाइयो । त्यस्तै अनुसन्धान महिलामा पनि गरियो, तर महिलामा त्यस्तो समस्या निकै कम पाइयो ।
धेरै जोडीहरू जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापहरू भैरहने अनुन्धानहरूले देखाएका छन् । तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ ।

तपाईंले उहाँमा वा आफैंमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तपाईं र तपाईंकी श्रीमतीले एक–अर्कासँगको सम्बन्ध कसरी राम्रो बनाउने तथा तपाईंको यौनइच्छा कसरी पूरा गर्ने भन्ने विषयमा गम्भीर छलफल गरी ठोस निर्णय लिन जरुरी हुन्छ ।

यदि माथि उल्लेखित विधिले पनि काम गरेन भने तपाईं र तपाईंकी श्रीमतीले मनेविद् वा मनोचिकित्सकसँग भेट्ने हो कि ? तपाईंको शंकाकै कारण समस्या उत्पन्न भएको हो भने तपाईं आफैंले विज्ञबाट जँचाउनु आवश्यक छ ।

शुभबिहानी . कम एप आफ्नो  मोबाइल मा  डाउनलोड गर्नुहोस >>shubhabihani.com