Home / खेलकुद (page 2)

खेलकुद

नेपाल एसिया कपमा छनोट बधाई छ नेपालि महिला खेलाडी हरु लाइ

nepali-cricket-team-5802068e77a823-35967260

काठमाडौं: विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्ग शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८५ रन बनाएको थियो । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले हराई दिएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिया कप खेल्ने भाग्य जुरेको हो ।

एसिया कप आगामी नोभेम्वर र डिसेम्वरमा महिनामा थाइल्यान्डमा हुनेछ । एसिया कपमा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश, आयोजक थाइल्यान्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल महिला विश्वकप २०१७ को एसियाली छनोटमा दोस्रो भएकोले एसिया कप खेल्न पाएको हो । एसियाली छनोट खेलमा थाइल्यान्ड १० अंक सहित शिर्ष स्थानमा रहँदै कोलम्बोमा हुने विश्व कप ग्लोबल छनोट खेलका लागि छनोट भएको छ ।

यस स्पर्धामा नेपाल ६ अंक जोड्दै दोस्रो भयो । नेपालले खेलेका ६ खेलमा तीन जित र तीन हारको नजिता आत्मसाथ गरेको थियो ।

महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त

womens-cricket-nepal

२८ असोज, काठमाडौं । नेपाली टोली आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौट प्रतियोगिताबाटै बाहिरिएको छ ।

चार टोली सम्मिलित एशियाली छनौट प्रतियोगितामा तेस्रो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपालले चीन र हङकङलाई पराजित गरेपछि अन्य तीन खेलमा पराजित भएको थियो ।
आज हङकङ क्रिकेट क्लवको मैदानमा भएको खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एक खेल अगावै विश्वकप छनौटको अर्को चरणमा पुग्न असफल भएको हो ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको थाइल्याण्डको ८ अंक छ । थाइल्याण्ड समूसह बिजेता बन्दै अर्को चरणमा पुग्ने लगभग निश्चित बनेको छ । नेपालको चार अंक छ ।

समूहको अन्तिम खेलमा जित हासिल गरेपनि नेपाल अर्को चरणमा पुग्न असफल हुनेछ । एशियाली छनौटको शीर्ष एक टोलीले मात्र विश्वकप क्वालिफायरमा स्थान बनाउनेछ ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य थइल्याण्डले १८ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । थाइल्याण्डको जितमा चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ४ तथा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले २-२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय सय ८ रन बनाएको थियो । नेपालकी नेरी थापाले अविजित ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ रन जोडिन् । कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहिन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले चीनसँग खेल्नेछ ।

नेपालको हङकङमाथि रोमाञ्चक जित (फोटो फिचर )

आश्विन २७, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा विहीबार आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

कउलुन क्रिकेट क्लबमा टस जितेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७५ रनको स्कोर बनायो । घरेलु टिमलाई १७.४ ओभरमा ६९ रनमा अलआउट गर्दै नेपाली महिला टिमले एसियाली छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । डबल लिगको आधारमा आयोजित छनोटमा यसअघि नेपालले चीनलाई मंगलबार २० रनले हराएको थियो ।

नेपालले सुरुका दुई खेलमा भने हङकङसँग ६ विकेट र थाइल्यान्डसँग ३ विकेटको हार बेहोरेको थियो । मंगलबारकै अर्को खेलमा चीनले शीर्षस्थानको थाल्यान्डलाई तीन विकेटले पराजित गरेपछि छनोट प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । एसियामा शीर्षस्थानमा रहने टिमले विश्वव्यापी छनोटमा अवसर पाउनेछ । लगातार दोस्रो जितसँगै नेपालले पनि शीर्षस्थानमा रहदै ‘ग्लोबल क्वालिफाइर’ खेल्ने संभावना कायमै राख्यो ।

एसियाली छनोटमा तीन जित हात पारेको थाइल्यान्ड ६ अंकसहित शीर्षस्थानमा छ । समान ४–४ अंक जोडेपनि राम्रो नेटरनरेटको आधारमा नेपालभन्दा अगाडि रहेको हङकङ दोस्रो स्थानमा यथावत् रह्यो । चौथो खेलमा आएर पहिलो जित हात पारेको चीन २ अंकसहित अन्तिम स्थानमा छ । अब नेपालले शुक्रबार हङकङ क्रिकेट क्लबमा थाइल्यान्ड र मिसन रोड मैदान, मोङ कोकमा शनिबार चीनसँग खेल्नेछ ।

‘प्राविधक रुपमा र खेलाडीको व्यक्तिगत कौशलको आधारमा सबभन्दा बलियो टिम नेपाल हो,’ नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजु बस्न्यातले भने, ‘हामीले हङकङसँग हात पारेको जित र चीनले थाइल्यान्डलाई पराजित गरेपछि एसियाली छनोटमा शीर्षस्थानको होड खुला भएको छ । लगातार दुई जितसँगै टिममा आत्मविश्वासी बन्दै गएको छ । अब ठूलो अन्तरले दुई खेल जित्दै ग्लोबल क्वालिफाइरमा पुग्न चाहन्छौं ।’

करुणाको अलराउन्ड प्रदर्शन
करुणा भण्डारीले अलराउन्ड प्रदर्शन गरेपछि हङकङविरुद्ध नेपालको जित संभव भएको हो । आठौं नम्बरमा ब्याटिङ गरेकी उनले नटआउट १९ रनको योगदान गरिन् । उनले २७ बल खेल्दै दुई चौका प्रहार गरिन् । अघिल्लो खेलमा बलिङ गर्ने अवसर नपाएकी उनले विहीबार चार ओभरको स्पेलमा १७ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । उनी वुमेन अफ दि म्याच पनि घोषित् भइन् ।

‘हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं तर हामीलाई आफ्नो बलिङ राम्रो छ भन्ने थाहा थियो । सबैले राम्रो बलिङ गरेपछि जित संभव भयो । यसले अझ राम्रो खेल्न उत्साहित बनाएको छ, आत्मविश्वास बढाएको छ,’ करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेकी करुणाले भनिन्, ‘सबैले थोरै–थोरै रन जोडेपनि राम्रै स्कोर बन्छ, जुन हङकङविरुद्ध देखियो । अब अर्को खेलमा पनि मिहिनेत गरे राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

नेपालले नौ रन जोडासम्म सीता रानामगर, काजोल श्रेष्ठ र अघिल्ला खेलमा भरपर्दा देखिएकी निर्मला शाहीलाई गुमाइसकेको थियो । इन्दु वर्मा (१५ रन) र ज्योती पाण्डे (११ रन) ले चौथो विकेटको लागि २० रनको साझेदारी गर्दै नेपाललाई २०–४ को संघर्षरत् अवस्थामा पुऱ्याएका थिए । नेरी थापा (१० रन) र सरिता मगर (५ रन) रनआउट भएपछि नेपाल ४७–६ को स्थितिमा पुगेको थियो ।

कप्तान रुबिना क्षेत्री पनि ४ रन बनाएर पवेलियन फर्केकली थिइन् । हङकङका चान का मानले तीन र किनु गिलले दुई विकेट लिएर नेपाललाई सामन्य स्कोरमा रोकेका थिए ।

रुबिनाले नेचुरल यिपलाई १ रनमा बोल्ड गरेपछि तेस्रो ओभरमा हङकङ ९–१ को अवस्थामा पुगेको थियो । तर, निर्मलाको बलमा विकेटकिपर ज्योतीले केरी चानलाई १८ रनमा आउट गरेपछि हङकङले सातौं ओभरमा दोस्रो विकेट गुमाएको थियो । त्यसबेला ३३ रन जोडेको हङकङ बलियो स्थितिमा थियो । त्यसपछि भने उसले उस्तै लय कायम राख्न सकेन । नेपाली बलिङसामु हङकङका ब्याटसउमन क्रिजमा टिक्न सकेनन् र उसले ४४ रन जोडासम्म ६ विकेट गुमायो ।

१३ रन बनाएर इनिङ्स सम्हाल्न प्रयासरत कप्तान मरिका हिललाई सरिता मगरले निर्मलाको सहयोगमा पिचबाट हटाइन् । अन्त्यतिर ६ रन जोडेकी चान का मानलाई सवनम राईले एलबीडब्लु धरापमा पारेपछि नेपालले १४ बल बाकी छंदै हङकङलाई ६९ रनमा सीमित पार्दै रोमाञ्चक जित हात पारेको हो । सीताले दुई तथा रुबिना, सबनम र निर्मलाले एक–एक विकेट हात पारे ।

सबै तस्बिरहरु: ओमप्रसाद गुरुङ

 

नेपालले चीनलाई २० रनले हरायो चिन माथि नेपाल को ७ बर्ष पछी सफलता

nepali-cricket-57fcb908e3c5b2-39424082

काठमाडौँ: आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले चीनलाई २० रनले हराएको छ ।

लगातार दुई खेलमा हारेको नेपालले तेस्रो खेलमा नेपालले चीनमाथि जित निकालेको हो । हङकङको कोवलुनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनायो।

नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन् । यस्तै निर्मला कुमारी शाहीले १४ तथा ज्योती पाण्डेले १० रन बनाइन् ।

९६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ८ विकेटेको क्षतिमा ७५ रनमात्रै बनायो । चीनकी वु जुएनले ११ तथा जोउ मिएओ र लि यिङयिङले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी सीता राना मगरले तीन तथा सबनम राईले दुई विकेट लिइन् ।

पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले र दोस्रो खेलमा थाइल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगका आधारमा भैरहेको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनोट प्रतियोगितामा भाग लिन पाउनेछ ।

प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् ।

विश्वकप क्रिकेट एसियाली छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित

nepali-cricket-57fa4dfb835468-46494557

काठमाडौँ: आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोटको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।

मिसन रोड मैदानमा आइतबार भएको पहिलो खेलमा नेपाली टोली आयोजक हङकङसँग ६ विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ७७ रन मात्रै बनायो ।

सुरुवात नै खराब गरेको नेपालका लागि निर्मला कुमारी शाहीले १८, कप्तान रुबिना क्षेत्रीले १२ तथा रश्मि चौलागाईंले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हङकङले ७८ रनको लक्ष्य १६ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । हङकङका लागि जि वान यिपले ३३ तथा याश्मिन दस्वानीले १३ रन बनाइन् । नेपालकी निर्मला कुमारी शाहीले दुई विकेट लिइन् ।

प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ ।

नेपालमाथिको प्रतिवन्ध ९ महिनाभित्र हट्ने, सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

१८ भदौ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको आगामी नौ महिनाभित्र प्रतिवन्ध हट्ने बताएको छ । यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसIcc-ceo-press-meetक्ने उसको लक्ष्य छ ।

आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार पत्रकार सम्मेलन गरी सल्लाहकार समिति गठनको जानकारी दिएका हुन् ।

समितिमा रहनेहरुको नाम भने दुई साताभित्र घोषणा गरिने छ । यसको नेतृत्व अहिले अमर शेखले गर्नेछन् । आइसीसीका तत्कालीन ग्लोबल डाइरेक्टर टिम एण्डरसनको स्थानमा अर्को व्यक्ति आएपछि उनले यसको नेतृत्व गर्नेछन् ।

सल्लाहकार समितिमासरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारबाला पक्ष रहनेछन् । र, यसले क्यानको वर्तमान विधान पुनरावलानेकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आइसीसीलाई सुझाव दिने रिचर्डसनले बताए ।

सरकारले भने क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव गरेको छ । आइतबार विहान प्रधानमन्त्रीसहितको छलफलमा खेलकुदमन्त्रीले आइसीसीसामू यो प्रस्ताव राखेका थिए । र, आइसीसी यसप्रति सकारात्मक रहेको मन्त्री श्रीपाइलीले अनलाइनखबरलाई बताए ।

आईसीसीले नयाँ चुनावलाई मदत गर्ने सीइओ रिचर्डसनले बताए । उनले भने, जुन २०१७ मा नेपालमा क्रिकेट नर्मल हुने गरी काम गर्छौं । नयाँ कमिटी आएपछि मात्र निलम्बन हट्छ ।’

नेपाली क्रिकेटमा विवाद देखिएपछि आईसीसीले झण्डै चार महिनाअघि निलम्बन गरेको थियो ।

इंग्ल्यान्डका कप्तान इयान मोर्गनले सोधे– नेपालको म्याच कहिले छ ? इंग्ल्यान्डलाई सुशनको गुगली

03092016111816Sushan-1000x0

भाद्र १८, २०७३- न्युक्वुविरुद्ध शनिबार उनीहरूकै मैदानमा सटरडे लिगमा उत्रिँदा नेपालका युवा स्पिनर सुशन भारीको जोस छुट्टै हुनेछ । दुई महिनाअघि इंग्ल्यान्ड गएका उनले सोमबार पृथक् अनुभव बटुलेका थिए, जुन सम्भवत: उनले जीवनभर भुल्ने छैनन् ।

नेपाल क्रिकेट खेलाडी संघको पहलमा सुशन कोर्नवाल क्रिकेट लिगका लागि फालमाउथ क्रिकेट क्लबबाट खेल्न इंग्ल्यान्ड गएका थिए । उनले फालमाउथबाट ७ म्याच खेलिसकेका छन् । त्यसमा दुई वर्षाले बिथोलेको छ । ५ दिनअघि भने उनले पाकिस्तानसँगको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको तयारी गरिरहेको इंग्ल्यान्डका ब्याट्सम्यानलाई बलिङ गर्न पाएका थिए ।

फालमाउथका प्रशिक्षक सिन हुपरले २२ वर्षे सुशनलाई त्यो अवसर मिलाइदिएका थिए । इंग्ल्यान्ड र पाकिस्तानबीचको उक्त खेल नर्टिङघमको ट्रेन्टब्रिजमा भएको थियो । हुपरलाई नर्टिङघममा रहेका आफ्ना साथीले नेपालमा अन्तर्राष्ट्रिय खेलाडी छ, स्पिन बलिङ गर्छ
भनेपछि आफूलाई इंग्ल्यान्डको क्याम्पमा बलिङ गर्न बोलाइएको सुशन बताउँछन् । इंग्ल्यान्डका ब्याट्सम्यानलाई सुशनले २ घन्टा बलिङ गरेका थिए ।

इंग्ल्यान्डले उक्त खेलमा ४ सय ४४ रन बनाएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएको थियो । एलेक्स हेल्सले १ सय ७१ रन बनाई इंग्ल्यान्डबाट सर्वोच्च स्कोर बनाउने कीर्तिमान बनाएका थिए । जोस बटलरले २२ बलमै अर्धशतक बनाएका थिए । यो इंग्ल्यान्डका ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा तीव्र अर्धशतक हो ।

‘हेल्सले नेट्समा ब्याटिङ सकाइसकेका थिए । त्यसपछि मैले इयान मोर्गन, जेसन रोय, बटलर, बेन स्टोक्स र मोइन अलीलाई बलिङ गरेको थिएँ । मोर्गनलाई आउट पनि गरें । त्यहाँको अफिसियलले राम्रो छ अभ्यास गरिरहनु भने,’ सुशनले भने, ‘मोर्गनले नेपालको म्याच कहिले छ भनेर सोधे ।’
मोर्गनले आयरल्यान्डको कप्तानी गर्दै सन् २००६ मा नेपालविरुद्ध श्रीलंकामा आईसीसी यू–१९ विश्वकपमा खेलेका थिए । उनले ८६ रन बनाए पनि आयरल्यान्डसँगको खेल नेपालले ६० रनले जितेको थियो । शरद भेषावकरको नटआउट ८२ रनमा नेपालले कोलम्बोमा भएको उक्त खेलमा ८ विकेट गुमाई २ सय ३४ रन बनाएको थियो ।

कोर्नवाल क्रिकेट लिगमा ९ टिम छन् । पाँचौं स्थानमा रहेको सुशनको टिमले २ खेल खेल्न बाँकी छ । शनिबार न्युक्वुसँग खेलेपछि फालमाउथले अर्को शनिबार सेन्ट जस्टसँग घरेलु मैदानमा खेल्नेछ । त्यसपछि सुशन सेप्टेम्बर १२ मा नेपाल फर्किनेछन् । बुटवल कालिकानगर घर भएका सुशनले इंग्ल्यान्डमा क्लब क्रिकेट क्लब खेल्ने क्रममा ९ विकेट लिइसकेका छन् ।

सुशनले २०१३ मा मलेसियामा एसीसी यू–१९ कप र यूएईमा एसीसी यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । सदावहार खेलाडी शक्ति गौचनका ‘चेला’ सुशन वैशाखमा काठमाडौंमा भएको नामिबियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलमा नेपाली टिममा परेका थिए । तर दुवै खेलमा उनले खेल्न पाएका थिएनन् । नेपाली टिममा उनकै गुरु शक्तिसहित वसन्त रेग्मी र सन्दीप लामिछानेको स्पिन बलिङमा दबदबा छ । ‘राष्ट्रिय टिममा एक पटक परियो, खेल्न पाइएन । अब खेल्ने हिसाबमै टिममा आउँछु । अहिले इंग्ल्यान्डको अनुभव बटुलेको छु, चाँडै राष्ट्रिय टिममा आउँछु जस्तो लागेको छ,’ सुशनले भने, ‘प्रदर्शन राम्रो गरे टिममा आउन सकिन्छ । तर अहिलेको स्थितिमा सजिलो भने छैन ।’

 

टोकियो विमानस्थलबाट गैरखेलाडी बेपत्ता

cricket-toli-of-nepal-57c0ec8c5dea59.96723070

काठमाडौं: मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुईजना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाट अन्यत्रै लागेको स्वदेश फर्किएका खेलाडीले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जबाफमा समेत गैरखेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् ।

‘हामी सात खेलाडी र हामीले चिनेका दुई अफिसियल विमानस्थलबाट होटेल पुग्दा अन्य नौजनामध्ये दुई मात्रै हामीसँग थिए । बाँकी सातजना बाटोबाटै हराइसकेका थिए’, जापान पुगेर फर्किएकामध्ये एक खेलाडीले नाम नलेख्ने सर्तमा भने, ‘उनीहरूमध्ये केही विमानस्थलबाटै गायब भएका थिए । दुईतीनजना भने बाटोमा गाडी रोकेर निस्किएका थिए ।’ ती खेलाडीका अनुसार विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल खेल्न आएनन् भने टोलीको जापान बसाइमा उनीहरूसँग दोस्रोपटक भेटसमेत भएन ।

टोलीसँगै बसेका दुई गैरखेलाडीले भने जापानका स्थानीय टोलीविरुद्ध तीन खेलमध्ये दुई खेल खेलेका थिए । ती खेलमध्ये एकले दुई खेल तथा अर्का एकले एक खेल मात्रै खेलेका थिए । ती दुईजना पनि खेल समाप्त भएपछि टोलीसँगै नेपाल फर्किएनन् । प्रतियोगिता खेल्न गएकाहरू बाटैबाट गायब भएपछि टोलीसमेत अपूरो बनेको थियो । त्यसैले अन्तिम दुई खेलमा टोली व्यवस्थापक बनेर गएका किरण राणाले खेल्नुपरेको थियो ।

त्यसअघि नै जापानमै रहेका राष्ट्रिय टोलीका पूर्वखेलाडी राजकुमार प्रधान र उनले बोलाएका अन्य साथीले समेत नेपाली टोलीबाट प्रतियोगिता खेलेका थिए ।

सँगै गएका खेलाडी बाटोबाटै हराए पनि टोली व्यवस्थापनले सोधखोज नगरेको देखिएको छ । नेपाली टोलीसँगै गएका नेपाली सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनी तथा यू १९ राष्ट्रिय टोलीका खेलाडी प्रेम तामाङ, सौरभ खनाल, रामनरेश गिरी, फजलुर रहमान, अमित श्रेष्ठ र राष्ट्रिय खेलाडी सोनु तामाङ भने नेपाल फर्किएका छन् । उनीहरूसँगै टोली प्रशिक्षकका रूपमा गएका सुन्दर थापा क्षेत्री र व्यवस्थापकका रूपमा गएका किरण राणा पनि फर्किएका छन् ।

खेलाडीकै रूपमा लगिएका अन्य नौजना भने टोलीसँगै नफर्किएपछि सरोकारवाला निकायले त्यसको छानबिन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जापान खेल्न गएकोबारे खेलाडीसँग लिखित स्पष्टीकरण सोध्न प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएको छ भने युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पनि आन्तरिक छानबिन सुरु गरेको बताएका छन् । मैत्रीपूर्ण खेल खेल्ने टोली गत १५ जुलाईमा जापान गएको थियो ।

नेपाली खेलाडीलाई प्रतियोगिताबारे झुक्याइएको खुलेको छ । राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडीलाई भारत, बंगलादेशलगायत देशबाट समेत टोली आउने र प्रतियोगिता भव्य हुने बताइएको थियो । यद्यपि खेलाडीले उनीहरूलाई भनिएजस्तो प्रतियोगिता नभएको बताएका छन् । ‘जापान जानुभन्दा पहिले हामीलाई ठूलो प्रतियोगिता हुँदैछ । भारत, बंगलादेशलगायत ठूला देशबाट समेत राम्रा टोलीहरू आउँछन् भनिएको थियो’, ती खेलाडीले भने, ‘तर जापानमा हामीलाई भनिएजस्तो प्रतियोगिता भएन । अन्य कुनै पनि देशका टोली आएनन् । हामी जापानको मध्यम खालको टोलीसँग खेलेर फर्कियौं ।’

जापानमै लुकेको आशंका गरिएका नौ गैरखेलाडीलाई समन्वय कसले गरेको थियो भन्ने अझै खुल्न नसके पनि राष्ट्रिय टोलीका खेलाडीलाई भने आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिका सचिवसमेत रहेका किरण राणाले पहल गरेको खेलाडीले बताएका छन् । ‘हामीलाई किरण सरले नै प्रतियोगिताका बारेमा बताउनुभएको थियो । हामी कसैले पनि हामी सात खेलाडी र किरण सरबाहेक अन्यलाई चिनेका थिएनौं’, एक खेलाडीले भने, ‘किरण सरकै प्रस्तावमा हामी प्रतियोगिता खेल्न जापान गएका हौं ।’ टोलीसँगै नेपाल फर्किएका राणा भने हाल अमेरिकामा छन् ।

यसैबीच क्रिकेट खेलाडीका रूपमा गैरखेलाडीलाई जापान लगी छाडिएको बारे छानबिन गर्न क्रिकेट खेलाडी संघ र नेपाली क्रिकेट समर्थक समाजले सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय टोलीका कप्तान तथा क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले नेपाली क्रिकेट परिवारलाई स्तब्ध बनाएको र नेपाली क्रिकेटको सम्मानमा आँच पुर्‌याएको उल्लेख छ ।

‘क्रिकेट खेलाडीका रूपमा गैरखेलाडीलाई जापान लगी छाडिएको आशयको समाचार सार्वजनिक भएको छ । यस्तो घटनाले नेपाली क्रिकेट परिवारलाई निराश तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घटनाले नेपाली क्रिकेटको मर्यादामा आँच पुर्‌याउने काम गरेको छ । त्यसैले यस्ता घटनामाथि छानबिन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।’ खेलाडी संघले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी पठाउनेबारे क्यान वा अन्य सम्बन्धित निकायले नियमन गर्नुपर्ने धारणासमेत अघि सारेको छ ।

यस्तै नेपाली क्रिकेट समर्थक समाजले समेत विज्ञप्ति जारी गरेर घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । ‘क्रिकेटका नाममा गैरखेलाडी विदेश लानु र उतै छाडिएको घटना क्षमायोग्य छैन’, अध्यक्ष भानुभक्त सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनामा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न हामी सरकारसमक्ष अनुरोध गर्दछौं ।’

क्रिकेटका नाममा ‘मानव तस्करी’

cricket-toli-of-nepal-57bf9641c87355.81366496

छानबिन गर्न खेलकुदमन्त्री र आईसीसीको निर्देशन

काठमाडौंः जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएको टोलीमा केही गैरखेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै छाडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ ।

यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएका छन् । गत १५ जुलाईमा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित १८ सदस्यीय टोली जापान लिएर गएको थियो ।

जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा मैत्रीपूर्ण खेल खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यू १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ, सौरभ खनाल, फैजल खान, रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए ।

मैत्रीपूर्ण खेलका लागि जापान गएकामध्ये सातैजना खेलाडी र अन्य दुई पदाधिकारी पाँच दिनको बसाइपछि नेपाल फर्किएका थिए । टोलीसँगै जापान गएका अन्य नौजना भने आफूहरूसँग नेपाल नफर्किएको एक खेलाडीले बताए ।

‘हामी १५ दिनको प्रवेशाज्ञासहित मैत्रीपूर्ण खेलका लागि जापान गएका थियौं तर हामी सात खेलाडी र दुईजना पदाधिकारी पाँच दिनपछि नेपाल फर्कियौं’, ती खेलाडीले भने, ‘खेल्न भनेर गएका अन्य नौजना भने हामीसँग फर्किएनन् ।’

ती खेलाडीका अनुसार जापान गएका अन्य नौमध्ये दुईजनाले मात्र त्यहाँ मैत्रीपूर्ण खेल खेलेका थिए । एकजनाले दुई खेल खेले भने अर्का एकजनाले एक खेलमात्र खेलेका थिए । ‘एक दिनमा बिहान र बेलुका गरी दुई खेल खेलाइएको थियो । त्यसमा हामी सातजनाबाहेक अन्य नौजनामध्ये दुईले मात्रै खेले ।

एकजनाले दुई खेल र अर्का एकले एक खेलमात्र खेले’, उनले भने, ‘अहिले जापानमै रहेका पूर्वराष्ट्रिय खेलाडी राजकुमार प्रधान र अन्य उतैका खेलाडीले पनि हाम्रो टोलीबाट खेलेका थिए ।’

खेलाडी भन्दै टोलीसँग गएका नौजनालाई आफूहरूले नचिनेको ती खेलाडीले बताए । ‘उनीहरूलाई हामीले त्यसअघि कहिल्यै देखेका थिएनौं । एउटै टोलीको ड्रेस लगाएर गए पनि उनीहरू को हुन् भन्ने हामीमध्ये कसैले थाहा पाएनौं ।

ती नौजनासँग जापान पुग्दासम्म पनि हाम्रो बोलचाल भएन’, उनले भने, ‘हामी सातजना खेलाडी पहिले नै विमानस्थल पुगेका थियौं । अन्य खेलाडीबारे सोध्दा आउँदैछन् भन्ने जबाफ पायौं । केही समयपछि जिउडाल नै नमिलेकाहरूलाई खेलाडी भनेर हाम्राअगाडि ल्याइएको थियो ।’

पछिल्लो समय नेपाली क्रिकेटको नियमनकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) नै आईसीसीबाट निलम्बनमा परेपछि आलोचित बनेको नेपाली क्रिकेटसँग जोडिएर सार्वजनिक भएको पछिल्लो घटनाप्रति खेलाडीहरूसमेत गम्भीर देखिएका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्कालगायत खेलाडीले पछिल्लो समय जापान गएर फर्किएका सातजना खेलाडीसँग उक्त विषयमा छलफल गरिरहेका छन् । उनीहरूले जापानमा भएको मैत्रीपूर्ण खेलमा कप्तानको भूमिका निर्वाह गरेका सिद्धान्त लोहनीलगायत खेलाडीसँग लिखित जबाफसमेत लिइसकेका छन् ।

खेल्न भनेर जापान गएका अन्य नौजना हामीसँग फर्किएनन् ।

आईसीसीका एसिया हेर्ने विकास निर्देशक बन्दुला वार्नपुराले सोही विषयमा नेपाली खेलाडीसँग स्पष्टीकरण सोध्न राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएका छन् । सोहीअनुसार खेलाडीसँग लिखित जबाफ मागिएको बताइएको छ । क्यान निलम्बनमा परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापक तोकिएका बन्दुला नेपाली टोली हेर्ने आईसीसीका विशेष प्रतिनिधि पनि हुन् ।

‘बर्नापुराले जापान खेल्न गएका खेलाडीसँग प्रशिक्षकको हैसियतमा स्पष्टीकरण सोध्न निर्देशन दिएका छन्’, टमाटाले भने, ‘त्यसअनुसार नै सम्पर्कमा आएका केही खेलाडीसँग स्पष्टीकरण सोधिसकिएको छ र अन्यसँग पनि सोधिनेछ ।’

यसैगरी खेलकुदमन्त्री दलजित श्रीपालीले समेत उक्त घटनाबारे उजुरी आएकाले त्यस सम्बन्धमा आफूले आन्तरिक छानबिन सुरु गरेको बताएका छन् । ‘खेलाडीका नाममा केहीलाई जापान लगेर छाडिएको भन्ने सूचना मैले पाएको छु । त्यसबारे उजुरीसमेत आएको छ’, मन्त्री श्रीपालीले अन्नपूर्णसँग भने, ‘त्यो घटनामा विशेष अनुसन्धान हुन्छ र सत्यतथ्य पत्ता लगाई संलग्नमाथि कडा कारबाही गरिनेछ । खेलकुद भनेको मानवतस्करी गर्ने अखडा होइन ।’

जापानमा खेलाडीले बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबकै जर्सी लगाएर खेलेका थिए । उक्त क्लबका प्रतिनिधि सुन्दर थापाले भने टोलीसँग नफर्किएका नौजनाका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

ती नौजनालाई आयोजकले नै जापान लगेको दाबी पनि उनले गरे । ‘जापान क्रिकेट संघका पदाधिकारीले मसँग कुरा गरेका थिए । सोहीअनुसार हामीले राष्ट्रिय टोलीका सात खेलाडी लिएर गएका थियौं । हामी प्रतियोगिता खेलेर पाँच दिनमै फर्कियौं’, उनले भने, ‘तर अन्यबारे हामीलाई जानकारी छैन । उनीहरू आफ्नै तरिकाले गएका हुन् ।’

नेयमारको पेनाल्टी गोलसँगै ब्राजिलले फुटबलमा स्वर्ण जित्यो

Brazil-win-mens-football-g

५ भदौ, काठमाडौं । नेयमारको विजयी पेनाल्टीसँगै जर्मनीलाई हराउँदै ब्राजिलले रियो ओलम्पिक अन्तरगत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।

पाँच पटकको विश्व विजेता ब्राजिलले ओलम्पिकको फुटबलमा स्वर्ण जितेको यो पहिलो पटक हो ।

घरेलु टोली ब्राजिलले जर्मनीलाई पेनाल्टीमा ५-४ ले हरायो । र, दुई वर्ष अघि विश्वकपको सेमिफाइनलमा व्यहोेरेको ७-१ को हारको बदलासमेत लिएको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुट आउटमा जर्मनीका निल्स पिटरसनको प्रहार ब्राजिलका किपरले रोके ।

ब्राजिलका लागि कप्तान नेयमारले विजयी गोल गरे ।