Home / खेलकुद (page 4)

खेलकुद

अभागी स्वीस पेनाल्टीमा चुक्यो, पोल्याण्ड क्वार्टरफाइनलमा

poland-1

स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका जाकाको प्रहार फ्रेममै परेन । स्वीस टिमलाई नकआउट चरणसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जाका पि्र क्वार्टरफाइनलमा भने खलनायक झै देखिए ।

स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । तर, पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५-४ को जित दिलाए ।

यसअघि खेलमा पोल्याण्डले ३९ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातमै गोल गर्ने राम्रो मौका गुमाएको उसका लागि जाकुब ब्लासचिकोस्कीले गोल गरे ।

दोस्रो हाफदेखि विपक्षीमाथि लगातार आक्रमणको योजना बुनेको स्वीस टिमले खेल सकिन ८ मिनेटमात्र बाँकी छँदा बराबरी गोल फर्कायो । उसका लागि साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गरे ।

९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन ।

खेलमा स्वीस टिम पटक पटक अभागी सावित भएको थियो । स्वीस प्लेयर वान भर्सेस वानमा समेत चुके भने केही प्रहार बारमा लागेर फर्किएको थियो ।

‘रोनाल्डोले पोर्चुगललाई युरोको फाइनलमा पुर्‍याउन सक्छन्’

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले आफ्ना आलोचकलाई फेरि एक पटक गतिलो जवाफ दिएका छन् कि युरो २०१६ को फाइनलसम्म उनले पोर्चुगलको नेतृत्व गर्न सक्छन् । यो भनाइ उनकै टोलीका अर्का स्टार नानीको हो ।Nani

पोर्चुगलका कप्तान रोनाल्डोले दुई गोल र १ गोलका लागि सहयोग गरेपछि बुधबार राति हंगेरीसँग बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको थियो । यति गरेपछि ३१ बर्षीय रियल मड्रिड सुपरस्टार रोनाल्डो युरोकपको पछिल्लो चार संस्करणमा गोल गर्ने एकमात्र फुटबलर पनि बने । साथै पोर्चुगिज टोलीबाट १२९ खेलमा ६० गोल पुर्‍याए । रोनाल्डोले पोर्चुगलका लागि पछिल्लो २९ खेलमा २३ गोल गरेका छन् ।

सुरुवाती दुई खेलमा खराव प्रदर्शनपछि रोनाल्डो आलोचित बनेका थिए । अझ केहि अश्वाभाविक प्रदर्शनपछि त झन उनी विवादितपनि बनेका थिए ।

तर, हंगेरीमा देखाएको ‘वान म्यान’ प्रदर्शनले उनी लयमा फर्केको संकेत देखिएको छ । उनका पूर्व म्यानचेस्टर युनाईटेड टिममेट नानीका अनुसार पोर्चुगललाई युरोको फाइनलसम्म पुर्‍याउन उनले आफ्नो लय कायमै राख्नु जरुरी छ ।

नानीले भोलि हुने क्रोएशिया बिरुद्धको खेलपछि पोर्चुगलका लागि १०० क्याप जित्दैछन् । नानीले भने, हामी सबैले क्रिष्टियानोलाई चिनेका छौं, उसले खेलको हरेक मिनेटमा जे पनि गर्न सक्ने सामर्थ्य राख्छ । म शतप्रतिशत विश्वस्त छु कि उसले धेरै भन्दा धेरै गोल गर्नेछ । र उसले सक्छ पनि ।’

नानीले थपे, ‘उसको बारेमा अरुले जेसुकै भनुन्, उ शानदार खेलाडी हो । हरेक समय उसले कठिन क्षण गुजारेको छ । मानिसहरुको आलोचनालाई उसले हंगेरीबिरुद्धको खेलमार्फत गतिलो जवाफ दिएको छ ।’

फर्नाण्डो सान्तोषको टोली पोर्चुगलले समूह चरणमा आइसल्याण्ड र अष्ट्रियसँग पछि पर्दै समूहको तेस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको थियो । तर, नानी रोनाल्डोको प्रभाव मात्र गोलसँग तुलना गर्न नहुने मान्यता राख्छन् ।

नानी भन्छन्, ‘मेरो विचारमा उ जहिलेपनि सकारात्मक सोच लिएर खेल्छ र टोलीलाई जिताउन सँधै प्रयासरत हुन्छ ।’ फेनरबाचे फर्वाड नानीले थपे, ‘मलाई कहिल्यै लाग्दैन कि उसले गोल गर्न नसक्नुको अर्थ उसले राम्रो नखेल्नु हो । पूरै टिमकै हकमा यस्तै हो । हामीले समूहका सुरुवाती दुई खेलमा पनि उत्कृष्ट खेलेका थियौं ।

नानीले अगाडि भनेका छन्, ‘जरुर, म पनि समूह चरणमा हाम्रो प्रदर्शन लाई लिएर निराश थिए कि हामीले ३ अंकमात्र जोड् सक्यौं । तर, अहिले यो मानेमा खुसी छौं कि हामी दोस्रो चरणमा पुगेका छौं र हामीले अगाडिका खेलहरुका बारेमा सोच्नुपर्छ ।’

समूहको दोस्रो भएको भए पोर्चुगलले अन्तिम १६ मा इंग्ल्याण्डको साामना गर्ने सम्भावना बलियो थियो । तर आइसल्याण्डले अष्ट्रियाबिरुद्ध अप्रत्यासित जित निकालेपछि पोेर्चुगल र इंग्ल्याण्डको भेट टरेको हो । समूहमा तीन अंक ल्याएर तेस्रो हुँदै उत्कृष्ट चार टोलीभित्र रहेर नकआउट चरणमा छनौट भएको पोर्चुगलले शनिबार लेन्समा क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।

नानीले भने, ‘म तपाईंहरुसँग साँचो कुरा गर्छु कि यहाँ आउनुअघि हाम्रो लक्ष्य निक्कै ठूलो थियो । हामीले भनिसकेका छौं हामी प्रतियोगिता जित्न चाहन्छौं । जो सँग हामी प्रतिस्पर्धा गर्छौं हामी उनीहरुलाई जित्न सक्छौं भन्ने मान्यता हाम्रो हो । प्रतिस्पर्धी जोसुकै होउन त्यो ठूलो कुरा होइन ।’ नानीले थपे, ‘त्यसैले क्रोएशिया विरुद्धको खेलपनि हाम्रा लागि चुनौति हो । उनीहरुले हामीभन्दा एकदिन धेरै आराम गर्न पाएका छन् तर, हामी व्यवसायिक छौं ।’

रोनाल्डोको छायाँमा परेेर पनि नानीले यस युरोमा दुई गोल गरिसकेका छन् । ‘म जव राष्ट्रिय टोलीबाट मैदानमा उत्रन्छु हरेकपटक आफ्नो शतप्रतिशत योगदान दिन्छु, म सँधै अरुलाई सहयोग गर्न रुचाउँछु ।’ नानीले भने, ‘कहिले अरुले भन्दा म राम्रो खेल्छु कहिले मैलेभन्दा अरुले राम्रो खेल्छन् । तर अहिले म राम्रो लयमा छु, यसकारण म खुसी छु । मलाई आशा छ कि पोर्चुगिज टोलीलाई मेरो प्रदर्शनले अगाडि पुर्‍याओस् ।’

source : onlinekhabar

अर्जेन्टिना र चिलीबीच कोपा अमेरिकाको उपाधि भिडन्त

काठमाडौंः कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिकालागि फेरि पनि डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् ।

बिहीबार बिहान अमेरिकाको सिकागोमा भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो ।576b548243b772.57243041

स्टेडियम रहेको क्षेत्रमा चलेको ठूलो आँधीहुरीका कारण दोस्रो हाफको खेल तीन घन्टासम्म रोकिएको थियो । दोस्रो हाफमा पनि चिलीले पहिलो हाफकै नतिजालाई कायम राख्न सक्दा अर्जेन्टिनासँगको उपाधि भिडन्त पक्का गर्यो ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अमेरिकामाथि ४–० को नतिजा निकाल्दै फाइनल यात्रा पक्का गरिसकेको छ ।

चिलीलाई फाइनल पुर्याउन खेलको सातौं मिनेटमा एरानग्वुइजले सातौं मिनेटमा पहिलो गोल गरे ।

त्यसको चार मिनेट नबित्दै चिलीले जाजे फ्युन्जालिडाको गोलमा अग्रता दोब्बर बनायो । पहिलो हाफमा गरेको दुई गोल नै चिलीलाई जितका लागि पर्याप्त भयो ।

दोस्रो हाफको ५७ औं मिनेटमा कार्लोस सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित कोलम्बिया झन दबाबमा परेको थियो । तनावपूर्ण खेलमा रेफ्री दुबै देशका नौ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए ।

घरेलु भूमिमै भएको अघिल्लो संस्करणको उपाधि चिलीले अर्जेन्टिनालाई हराउँदै उचालेको थियो । त्यसयता भएका भिडन्तमा भने अर्जेन्टिना विजयी हुँदै आएको छ ।

कोपा अमेरिकाको समूह चरणकै खेलमा पनि अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गर्न सफल भएको थियो ।

यी दुई देशबीच कोपा अमेरिकाको सयौं संस्करणको उपाधिका लागि आइतबार अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

अर्जेन्टिना सन् १९९३ देखिको ठूलो उपाधिको खडेरी टार्न तथा गत सिजनको बदला लिने गरी मैदानमा उत्रिने छ भने चिलीले उपाधिका रक्षाका लागि खेल्नेछ ।

नयाँ एकदिवसीय लिगको प्रस्ताव, नेपालले टप १० टेष्ट टिमसँग खेल्न सक्ने !

५ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ ।

जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दशसहित १३ देशको सहभागिता रहनेछ र, १३ औं टिमको रुपमा नेपाल प्रमुख दाबेदार छ ।
यो प्रस्ताव आईसीसीको अब हुने बाषिर्क साधारणसभामा पेश हुनेछ र त्यहाँबाट पास भए २०१९ बाट लागू हुनेछ ।

टेलिग्राफका अनुसार प्रस्तावित लिगमा १० शीर्ष टेष्ट टिम रहनेछ । यस्तै अफगानिस्तान र आयरल्याण्डे पनि खेल्ने पक्का जस्तै छ । १३ औं टिम एशोसिएट नेशनबाट हुनेछ ।

यो लिग तीन वर्षको हुनेछ र यो अवधिमा सबै देशले एक अर्कासँग होम एण्ड अवेका आधारमा खेल्नेछन् । प्रस्तावित योजना अनुसार हरेक टिमले तीन म्याचको सिरिज खेल्नेछन् । यस आधारमा हरेक टिमले तीन वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन् ।

लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ र, त्यसको विजेता एकदिवसीय लिगको विजेता हुनेछ । यसलाई हरेक चार वर्षमा हुने विश्वकपको तयारीका रुपमा समेत हेरिएको समाचारमा जनाइएको छ  । यदि यो प्रस्ताव पारित भएमा स्वत छनोट हुने र विश्वकपमा सहभागी हुने प्रणाली बस्नेछ ।

लिगमा पुछारमा रहने टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घटुवा हुनेछ । यदि यो प्रस्ताव पास भएमा अफगानिस्तान र आयरल्याण्डको क्रिकेट विकासमा ठूलो फ्ड्को हुनेछ ।

१३ औं टिमका रुपमा नेपालको सहभागितामा भने केही प्रश्न रहेको क्रिकइन्फोले जनाएको छ । आईसीसीलाई नेपालमा बढ्दो क्रिकेटको लोकपि्रयता राम्ररी थाहा छ । र, त्यही आधारमा नै नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिइएको छ ।

अब एकदिवसीय लिगमा आफ्नो स्थान सुरक्षित गर्न विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रदर्शन सुधार्न जरुरी छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड्स छ । नेपाल भने छैटौं स्थानमा छ । यदि नेपाल यो लिगमा रेलिगेशनमा परेमा यो एकदिवसीय लिग खेल्ने सम्भावना कम हुनेछ ।

टेलिग्राफले भने एकदिवसीय लिगमा १३ औं स्थानको दाबेदार स्कटल्याण्ड पनि भएको बताएको छ ।

अल्बानियालाई हराउँदै फ्रान्स नकआउट चरणमा

२ असार, काठमाडौं । खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मदतमा अल्बानियालाई हराउँदै फ्रान्स युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।Griezmann

बिहीबार विहान भएको खेलमा आयोजक फ्रान्सले अल्बानियालाई २-० गोल अन्तरले हराएको हो । लगातार दोस्रो जितसँगै फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ ।

फान्सेली प्रशिक्षकले आफ्ना दुई स्टार ग्रिजम्यान र पल पोग्बोलाई बेच्नमा राखेका थिए । पहिलो खेलमा उत्कृष्ट गोल गरेका पयेटलाई आक्रमणको जिम्मा दिए ।

तर, अल्बानियाको डिफेन्सका अगाडि फ्रान्सलाई निकै अाक्रामक खेल प्रस्तुत गर्‍यो । पोग्बा पहिलो हाफको अन्तिममा मैदान प्रवेश गरे भने ग्रिजम्यान ६८ औं मिनेट ।तर, गोलका लागि भने घरेलु टोलीले अन्तिम मिनेटसम्म कुर्नु परेको थियो ।

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा फ्रान्सका ग्रिजम्यानले गोल गरे । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर पयेटले गोल गरे र फ्रान्स २-० ले विजयी भएको छ ।

यसअघि दोस्रो हाफको सुरुमा नै अल्बानियाको प्रहार पोष्टमा लागेको थियो भने ग्रिजम्यानले विस्थापित गर्नु अघि ओलिभर जिरउडको प्रहार पनि बारमा लागेको थियो ।

समूह बिजेता बन्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं: कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गरेको छ।
बोलिभियामाथि सहज जित निकालेको अर्जेन्टिना समूह ‘डी’ का तीनै खेल जितेर समूह बिजेता बन्दै नौ अंकका साथ अमेरिकामा जारी कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।argentina_reach_copa_quarter_final_281445956
अर्जेन्टिनाको सहज जितका क्रममा खेलको १३ औं मिनेटमा पाएको फ्री किकलाई एरिक लमेलाले जाली चुमाएका थिए । उनले डी बक्सभन्दा बाहिर करिब २५ यार्ड टाढाबाट हानेको बल बोलिभियाको पर्खाल चिर्दै जाली चुम्न पुगेको थियो।
कप्तान लियोनेल मेसीलाई पहिलो हाफ बेन्चमा राखेको अर्जेन्टिनाले पहिलो गोल गरेको दुई मिनेटमै अर्को गोल थप्यो।उसका लागि पिएसजीका स्ट्राइकर लाभेजीले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ३२ औं मिनेटमा लाभेजीले पोस्टतर्फ हानेको बललाई भिक्टोर क्युएस्टाले जालीतर्फ छिराउन सफल भए। दोस्रो हाफको शुरुवातमै गोन्जालो हिग्वाइनको स्थानमा छिरेका कप्तान लियोनेल मेसीले भने स्कोर गर्न सकेनन्।
समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चिलीलाई २-१ ले हराएको अर्जेन्टिनाले दोस्रो खेलमा पनामालाई ५-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।
आजै भएको यही समूहको खेलमा चिलीले पनामालाई ४-२ ले पराजित गर्दै समूहमा दोस्रो स्थान पक्का गरी कोपा अमेरिकाको क्वार्टफाइनलमा पुग्न सफल भएको थियो।

 

Watch WWE ExtremeRules 2016 5/22/16 Online

part – 2

PART – 3

मेस्सीको प्रेरणामा बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

१० जेठ, काठमाडौं । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । साथै उसले यो सिजन स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुबै जितेको छ ।

Barcelona-2सोमबार विहान भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोलको मदतमा सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोना ३६ औं मिनेटमा नै १० खेलाडीमा सिमित भएको थियो । उसका जाभियर मासेरानोले रातो कार्ड पाए ।

तर, बार्सिलोनाले रक्षात्मक खेेलेन । पहिलो हाफसम्म सर्जिओ बुस्केट सेन्टर ब्याकमा आए । त्यसपछि मिडफिल्डर राकिटिकले म्याथुलाई अर्को सेन्टर ब्याक जेरार्ड पिकेसाग सहकार्य गर्न दिए र बार्सिलोनाका तीन फवार्ड मेस्सी, स्वरेज र नेयमार मैदानमै रहे ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो । अन्तिमतिर सेभियाका बानेगाले पनि रातो कार्ड पाए र दुबै टीम १० खेलाडीमा सिमित रहृयो ।

थपिएको ३० मिनेटको खेलमा भने बार्सिलोना हाबी भयो । ९७ औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले दिएको उत्कृष्ट पासमा उनले सहज गोल गरे ।

खेलको अन्त्यतिर सेभियाका कारिको मार्टिनले पनि रातो कार्ड पाए । लगतै नेयमारले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

आर्मीसँग भारत ४–० ले पराजित

विराटनगरः त्रिभुवन आर्मी क्लब पाँचौं मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोरङको उर्लाबारी स्थित प्रस्तावित शालबारी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टिम भारतको कञ्जनजंघा फुटबल क्लबमाथि आर्मीले स्पष्ट जित निकालेको हो ।
गोल्डकपमा पहिलो पटक सहभागि भएको आर्मीले ४–० गोल अन्तरले कञ्चनजंघालाई निराश बनाउँदै सनसनीपूर्ण जित निकालेको हो । आर्मीले मध्यान्तर अघि र पछि दुई–दुई गोल गरेको थियो ।
नवयुग श्रेष्ठको ह्याट्रिकसँगै आर्मी सहज जित निकालेको हो । खेलको १५ औँ मिनेटबाट गोलको वर्षा सुरु गरेको थियो । टंक बस्नेतले मिलाइदिएको बललाई १५ औँ मिनेटमा नवयुगले गरेको प्रहारले जाली चुम्दा खेलमा आर्मीले अग्रता लिएको थियो ।
खेलको सुरुदेखिनै दबावमा परेको कञ्चनजंघाले एउटा पनि जवाफी गोल फर्काउन सकेन । आर्मीका स्ट्राइकर भरत खवासको १७ औँ मिनेटमा गोल गर्ने अवसर प्राप्त गरे पनि उनको प्रहारले पोष्ट देख्न सकेन ।
खवासका लागि २० आंै मिनेटमा टंक बस्नेतले गोल गर्ने अर्को अवसर जुराइदिएपनि कञ्चनजंघाका गोलरक्षक नाम्तु मुजुम्दारले विफल पारिदिए ।
कञ्चनजंघाले २५ औँ मिनेटमा खेललाई बराबरीमा पु¥याउने राम्रो अवसर गुमायो । राज सुब्बाको हेड प्रहार आर्मीका गोलरक्षक सुशील श्रीवास्तवले विफल पारिदिँदा कञ्चनजंघा चुक्यो ।
४० औं मिनेटमा सन्तोश तामाङको फ्रि किकको मद्दतले आर्मीका कप्तान भरत खवासले गोल गर्दै आप्mनो टिमको अग्रता दोब्बर बनाए ।
दुई जना अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको कञ्चनजंघाले मध्यान्तरपछि पनि सुधारिएको प्रदर्शन गर्न सकेन ।
आर्मीको पनि स्ट्राइकर नवयुग र भरत खवासको पटक–पटकको प्रहार असफल भयो । ६४ औँ मिनेटमा नवयुगको प्रहार पोलमा ठोक्किएर फर्किएको रिबाउण्ड बललाई विमल रानाले नियन्त्रणमा लिएर अर्को प्रहार गर्दा आर्मी ३ गोलले अघि बढ्यो । ८४ औँ मिनेटमा नवयुगले चौथो गोल थपेर आर्मीको जित सुनिश्चित गराए ।
प्रतियोगिताको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास घोषित भए । आर्मीले शनिबारको दोस्रो सेमिफाइनल खेलमा बीआरसी भुटानसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजक मदन भण्डारी स्पोटर््स एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

 

ओलम्पिकमा छनोटबिनै आफूखुसी खेलाडी

फेरि पनि एनओसीको मनोमानी
काठमाडौं: अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले फेरी पनि छनोट प्रतियोगिता बिना नै आफूखुसी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन लागेको पुष्टि भएको छ। त्यसले अन्य प्रतिभावान खेलाडीमाथी अन्याय त भएकै छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बेईजत हुने खतरा पनि बढेको छ।
 NOC_Nepal_316876589
एनओसीले यसै बर्षको ५ देखी २१ अगष्टमा ब्राजिलको रियो दी जेनेरियोमा हुन लागेको ओलम्पिक खेलकुदमा एथलेटिक्सका दुई खेलाडीलाई सहभागी गराउँदै छ। जसमध्ये महिलातर्फ राष्ट्रिय प्रतियोगितामा समेत निक्कै कमजोर प्रदर्शन गरेकी खेलाडीलाई पठाउन लागिएको छ। एनओसीले रियो ओलम्पिकमा महिलातर्फ संगिता खड्का र पुरुषतर्फ पाँच हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका हरि रिमालको नाम पठाएको छ।
एनओसीले रिमाललाई नेपाल एमेच्योर एथलेटिक्स संघको सिफारीसमा ओलम्पिकमा पठाउन लागेको हो। तर संगितालाई भने एनओसीले आफ्नै खुसीमा ओलम्पिकमा पठाउन लागेको छ। रियो ओलम्पिकमा संगिताले प्रतिस्पर्धा गर्दैछिन् भन्ने बारे एथलेटिक्स संघलाई समेत जानकारी छैन।
संगिताको राष्ट्रिय प्रतियोगितामा निक्कै कमजोर प्रदर्शन छ। ओलम्पिक छात्रबृत्तीमा अभ्यास गरिरहेकी आर्मी स्कुलकी संगिताले हालै भारतको सिलोङ र गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेकी थिइन्। तर उनी शीर्ष तीनभित्र पनि पर्न सकिनन्।
साग खेलको छनोटमा समेत राम्रो प्रदर्शन गर्न नसकेकी संगितालाई एनओसीले राम्रा खेलाडीलाई पाखा लगाउँदै ओलम्पिकमा सहभागी गराउन लागेको हो। चिनमा भएको यूथ ओलम्पिकमा प्रतिस्पर्धा गरेकी संगितासँग सिनियर स्तरका ठूला प्रतियोगिता खेलेको अनुभवसमेत छैन। आफूलाई समेत जानकारी नदिई संगितालाई ओलम्पिक खेलकुदमा सहभागी गराउने निर्णय भएको थाहा पाएपछि एथलेटिक्स संघका पदाधिकारी नै असन्तुष्ट बनेका छन्।
एनओसीले रियो ओलम्पिकका लागि एथलेटिक्स संघलाई १२ औं साग खेलकुदमा गरेको प्रदर्शनका आधारमा एक पुरुष खेलाडीको नाम पठाउन पत्राचार गरेको थियो। सोही अनुसार संघले रियो ओलम्पिकका लागि १२ औं सागमा सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका हरि रिमाललाई सिफारीस गरेको हो।
हरिले १२ औं सागको पाँच हजार मिटर दौडमा कांस्य पदक जितेका थिए। ओलम्पिकमा पठाउने महिला खेलाडीबारे भने संघलाई केही सोधिएको थिएन। संघका महासचिव सुनिल राजवंशीले महिला खेलाडी बारे आफूहरुसँग नसोधिएको बताए।
साग खेलको छनोटमा समेत राम्रो प्रदर्शन गर्न नसकेकी संगितालाई एनओसीले राम्रा खेलाडीलाई पाखा लगाउँदै ओलम्पिकमा सहभागी गराउन लागेको हो।
‘एनओसीले हामीलाई पुरुष खेलाडीको मात्र नाम पठाउन भनेको थियो। उनीहरुले भने अनुसारको मापदन्ड अनुसार हामीले हरिको नाम पठाएका हौं’, महासचिव राजवंशीले भने, ‘महिला खेलाडीको बारे हामीलाई कुनै जानकारी दिइएन।’
एनओसीले ओलम्पिकका लागि महिलातर्फ संगिता र पुरुषतर्फ हरिको नाम यसअघि नै पठाइसकेको छ। यद्यपि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको टुंगो लाग्न बाँकी रहेको प्रतिकृया दिए। ‘पुरुषतर्फ हरिको नाम आएको छ तर, खेलाडीको नाम टुंगो लाग्न बाँकी छ’, उनले अन्नपूर्णसँग भने।
एनओसीकै महासचिव लामा टेन्डी शेर्पाले भने ओलम्पिकमा पठाउने एथलेटिक्स खेलाडीको नाम टुंगो लागिसकेको जानकारी दिए। ‘रियो ओलम्पिकका लागि एथलेटिक्सबाट एक पुरुष र एकजना महिला खेलाडीको नाम तय भइसकेको छ’, सहासचिव शेर्पाले भने।
अन्तर्राष्ट्रि ओलम्पिक कमिटी (आईओसी) ले छनोट प्रतियोगितामा आवश्यक समय (क्वालिफाईङ टाईम) पूरा गर्न नसकेका सबै देशलाई दुई खेलमा दुईदुई खेलाडी सहभागी गराउन बिशेष कोटा दिने गर्छ, जुन वाईल्ड कार्डभन्दा फरक कोटा हो। एनओसीले सोही कोटामार्फत संगिता र हरिलाई ओलम्पिकमा पठाउन लागेको हो।
स्रोतका अनुसार संगितलाई एनओसीले कुनै पनि अवस्थामा रियो ओलम्पिकमा सहभागी गराउने भएको छ। ‘रियो ओलम्पिकका लागि एथलेटिक्समा नेपालबाट संगिता र हरिको नाम गइसकेको छ’, स्रोत भन्छ, ‘एनओसीले संगितालाई जुनसुकै अवस्थामा पनि रियो ओलम्पिकमा सहभागी गराउने छ।’
एनओसीले आफुखुसी खेलाडी पठाउन एथलेटिक्स संघलाई छनोट प्रतियोगिता गर्ने अवसर समेत दिएन। संघका महासचिव राजवंशीले एनओसीले १२ औं सागलाई आधार बनाएर खेलाडी पठाउन भनेकाले सोहीअनुसार नाम पठाइएको जानकारी दिए।
ओलम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट प्रतियोगिता नगरिनु खेलाडीमाथीको ठूलो अन्याय हो। प्रायः खेलाडीले ओलम्पिक खेलकुदमा सहभागीता जनाएपछि मात्रै आफ्नो खेल जीवनले सार्थकता पाएको अनुभव गर्छन्। तर एनओसीकै कारण अनुभवी र क्षमतावान खेलाडीले सो अवसरका लागि प्रयास समेत गर्न पाएनन्।
एथलेटिक्सलाई नजिकबाट नियाली रहेकाहरु खुला छनोट प्रतियोगिता गर्ने हो भने संगिताभन्दा राम्रा खेलाडी धेरै निस्कने ठोकुवा गर्छन्। हरिको इभेन्टमा समेत अन्य धेरै खेलाडीले बलियो दाबेदारी प्रस्तुत गर्न सक्ने उनीहरुको दाबी छ। ‘दुई महिनाअघि मात्रै भएको छनोटमा चारपाँचजना खेलाडी संगिताभन्दा उत्कृष्ट निस्किएका थिए। अहिले पनि त्यो अवस्थामा कुनै परिवर्तन आएको छैन।
उनीभन्दा राम्रा धेरै खेलाडी छन्’, एथलेटिक्सका एक बरिष्ठ प्राबिधिक भन्छन्, ‘हरिको इभेन्टमा पनि उनलाई बलियो टक्कर दिने धेरै खेलाडी छन् तर, छनोट प्रतियोगिता नै नहुनु बिडम्बना हो।’
यसैगरी आगामी जुन २ देखि ६ तारिखसम्म भियतनाममा आयोजना हुने एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको विषयलाई लिएर पनि चलखेल भएको स्रोतको दाबी छ।
‘च्याम्पियनसिपमा तीन दर्जनभन्दा बढी स्पर्धा समावेश गरिएको छ तर, नेपालबाट भने एक सय र आठ सय मिटर दौड तथा ज्याभलिन थ्रोमा मात्र खेलाडी पठाउने तयारी हुँदैछ। यीनै तीन स्पर्धाबाट एक वा दुई खेलाडी पठाउने पक्का छ’, स्रोत भन्छ, ‘यही तीनवटा स्पर्धालाई आधार बनाएर शनिबार छनोट प्रतियोगिता गराइने भएको छ।’
महासचिवको असन्तुष्टी
एथलेटिक्स संघमा काम गर्ने वातावरण नभएको भन्दै महासचिव शुनिल राजबंशी असन्तुष्ट बनेका छन्। उनले सोही कारण देखाई दुई महिनाअघि राजिनामा दिएका थिए। हालै बसेको बोर्ड बैठकमा सबैले आग्रह गरेपछि उनी तत्कालका लागि काममा त फर्किएका छन् तर, परिस्थिती नसुध्रिए पद त्याग्ने पनि बताउँछन्।
‘हामी एथलेटिक्स खेललाई अघि बढाउन आएका हौं तर, यहाँ काम गर्ने वातावरण भएन। काम गर्ने भन्दा पनि असहयोग गर्ने बढि निस्किए। त्यसैले राजिनामा दिएको थिएँ’, महासचिव राजबंशीले भने, ‘तर अध्यक्षसहित अन्य साथीहरुले आग्रह गरेपछि राजिनामा दिने निर्णय अहिलेलाई स्थगित गरेको छु।’ उनले संघले छिट्टै कार्यक्रम ल्याउने र त्यो कार्यक्रमअनुसार काम नभए पदमा नबस्ने बताए छन्।