Home / खेलकुद (page 6)

खेलकुद

माल्दिभ्समाथि शानदार जितसँगै नेपाल फाइनलमा

काठमाडौं: माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
 Nepalai_player_nepal_269157902_398549836_499591617
आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए ।
नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे । विमल घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्र्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए ।
त्यस्तै, ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले नै ६२ औँ र ९० औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे ।
माल्दिभ्सका लागि ना सिद अहमदले खेलको ७५ औं मिनेटमा एक गोल फर्काएका थिए । नेपालले अब फाइनलमा बहराइनको यु–२३ टिमसँग माघ ८ गते शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।
खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । जितसँगै नेपाल १७ वर्षपछि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा प्रवेश गरेको हो । सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा नपुगेको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकातर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए ।
विश्व फुटबलको बरियतामा माल्दिभ्स दक्षिण एसियाको शीर्ष स्थानमा रहँदै १३१ र नेपाल दक्षिण एसियाको पुछारमा १८६ औं स्थानमा छ ।
यसअघि, समूहचरणको पहिलो, दोस्रो र तेस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी, श्रीलङ्कालाई १–० ले पराजित र बङ्लादेशसँग पनि बराबरी खेलेको थियो ।
प्रतियोगिताको समूह ‘बी’ मा सबैभन्दा राम्रो खेलेको माल्दिभ्सले तीन खेलबाट सात अङ्क बनाउँदै समूहको शीर्ष स्थानका साथ सेमिफाइनल प्रवेश गरेको थियो ।
सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुदमा अन्तिम पटक माल्दिभ्सलाई हराएको थियो । त्यसयता प्रत्येक पल्ट नेपालमाथि माल्दिभ्स हावी हुँदै आएको थियो ।

 

एएफसीद्वारा नेपाली यू–१६ फुटबल टोली निलम्बित, १४ हजार ५ सय डलर जरिवाना सहित नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसियो

कार्तिक ९, २०७२- एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली यू–१६ फुटबल टोलीलाई प्रतिबन्ध लगाएको छ । बढी उमेरका खेलाडी खेलाएको भनेर एएफसीले अर्को वर्ष भारतमा हुने यू–१६ च्याम्पियनशिपमा नेपाललाई खेल्न प्रतिबन्ध लगाएको हो । गत वर्ष किर्गिस्तानमा भएको एएफसी यू–१६ छनोटमा नेपाल दोस्रो हुर्दै अर्को वर्ष सेप्टेम्बरमा हुने च्याम्पियनसिपका लागि छनोट भएको थियो । Capture469

नेपालले किर्गिस्तानमा जोर्डनलाई २–१ र घरेलु टोलीलाई ४–२ ले पराजित गरेको थियो । अन्तिम खेलमा ओमानसँग पराजित भए पनि नेपाल ५ उत्कृष्ट उपविजेता भएर च्याम्पियनसिपमा छनोट भएको थियो । नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसिएको छ । कार्वाहीपछि नेपालले खेलेको खेलहरुमा विपक्षीलाई ३–० को नतिजा दिइएको छ । क्वालालम्पुरको होटल मेजेस्टिकमा भएको छैटौं एएफसी अनुशासन समितिको बैठकले यो निर्णय गरेको एएफसीले जनाएको छ ।

उपप्रधानमन्त्री थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

६ कात्तिक, काठमाडौं ।

उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गरेका छन ।

परराष्ट्रमन्त्री थापाले विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधिकारी र खेलप्रेमीप्रति बधाई ज्ञापन गर्दै विजयादशमीका दिन १९ वर्षमुनिका क्रिकेट खेलाडीले मलेसियामा हासिल गरेको सफलताबाट राष्ट्रवासीलाई हर्षित तुल्याएको र मुलुकको गरिमा बढेको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिहीबार बधाई दिँदै क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको र क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल ३ विकेटले विजयी, यू १९ विश्वकपका लागि छनोट

कार्तिक ५, २०७२- आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो ।  मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा 22102015022150cricket-nepal-600x0आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । पहिलो विकेट मात्र ९ रनमा गुमाएको आयरल्याण्डको पारीलाई मध्यक्रमका ब्याट्स्म्यानहरुले सम्हालेका थिए । आयरल्याण्डका लागि ग्रे म्याक्लिन्टकले ४५, एन्ड्य्रु अस्टिनले ४४ र लोरकन टकरले ३३ रन बनाएका थिए । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो । १८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका प्रारम्भिक ब्याट्स्म्यान सन्दिप सुनारलाई पहिलो बलमै गुमाएको थियो । सन्दिपले हिजो बुधबार आयरल्याण्डसँगकै खेलमा ८५ रन बनाएका थिए । अर्का ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७ रन बनाए । उनले हिजोको खेलमा ७५ रन बनाएका थिए । यस्तै नेपाल नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए । नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए । बुधबार आयरल्याण्ड सँगै भएको खेलमा कसिलो बलिङ गरेका प्रेम तामाङ भने आज चलेनन् ।    प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

आयरल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आयरल्यान्डमाथि ८ विकेटको शानदार जित दर्ता गराएको छ ।Nepal U-19 cricketers and officials pose for a group photo after the farewell ceremony in Kathmandu on Tuesday. Photo: THT

मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा बुधबार आयरल्यान्डले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको १८५ रनको लक्ष्य नेपाली टिमले ४२.५ ओभरमै भेट्टाउन सफल भयो ।
आयरल्यान्डले दिएको गतिलो लक्ष्य पछ्याएको नेपालले ४८ बल बाँकी रहेको अवस्थामा २ विकेट गुमाउँदै १९० रन बनाएपछि ८ विकेटको सानदार जित दर्ता गर्न सफल भएको हो ।
नेपालको विजययात्रा जारी राख्ने क्रममा आयरल्यान्डविरुद्द्ध सन्दिप सुनार र सुनिल धमलाले विस्फोटक पारी खेले ।
ओपनर सुनिल धमलाले १२१ बलको सामाना गर्दै ७५ रन बनाउन सफल भए। उनीसँगै क्रिजमा जमेका सन्दिप सुनारले ११९ बलको सामना गर्दै नेपालका लागि सर्वाधिक ८५ रनको स्कोर गर्न सफल भए।
ओपनरहरु जम्न सफल भएपछि नेपाली किशोरहरुले आयरल्यान्डको गतिलो लक्ष्य पनि पार गर्न सफल भए ।
नेपालका लागि नटआउट रहेका राजु रिजालले १६ र योगेन्द्रसिंह कार्कीले ४ रन जोड्न भ्याए । आयरल्यान्डका लागि रोरी एन्डर्सले एक विकेट लिन सफल भए ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि एरोन जिलेस्पीले आयरल्यान्डका लागि नटआउट रहँदै ९१ बलमा सर्वाधिक ५८ रन जोडे । त्यसैगरी ज्याक टेक्टरले ५३ बलमा ४६ रन बनाउन सके ।
टोम स्टन्टनले ३०, ग्यारी म्याकक्लिन्टकले २७ र एन्ड्रयु अस्टिनले १३ रन जोड्न सफल भए ।
नेपालका लागि प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी ललित राजवंशीले २ विकेट र सुशील कँडेलले एक विकेट लिए ।
यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्न सफल भएको थियो ।
आजको खेलमा आयरल्यान्डलार्इ पराजित गरेपछि नेपालले ८ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो जित निकालेको थियो ।