Home / बिज्ञान प्रबिधि (page 2)

बिज्ञान प्रबिधि

ग्राहकलाई अपिल, ‘हाम्रो फोन नकिन्नुहोस्’

A Samsung Electronics Co. Galaxy Note 7 smartphone is submerged in water to demonstrate the water-resistant capability of the device during a media event in Seoul, South Korea, on Thursday, Aug. 11, 2016. Samsung's large-screen Galaxy Note 7 smartphone can be unlocked with an iris-scanning camera. Photographer: SeongJoon Cho/Bloomberg via Getty Images

सामसङ इलेक्ट्रोनिक्सले संसारभरी आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट सेभेन तत्कालका लागि नचलाई यथाशिध्र परिवर्तन गर्नका लागि अपिल गरेको छ । स्मरण रहोस्, सामसङ ग्यालेक्सी नोट सेभेनमा चार्जको क्रममा आगो लाग्ने र पड्कने थुप्रै घटना सार्वजनिक भएको छ । त्यसपछि कम्पनीले आफ्नो फोनलाई फिर्ता लिने घोषणा गरेको छ ।

सामसङले आइतबार आफ्नो वेबसाइटमा एक बयान प्रकाशित गर्दै संसारभरीका ग्राहकलाई ग्यालेक्सी नोट सेभेन स्विच अफ गरी फिर्ता दिएर यसलाई परिवर्तन गर्न आग्रह गरेको छ । सामसङले सेवा केन्द्रबाट अस्थायी रुपमा प्रयोग गर्नका लागि सामसङको अन्य फोन लिनसमेत आग्रह गरेको छ ।

साससङ इलेक्ट्रोनिक्स अमेरिकाका प्रसिडेन्ट टिम ब्याक्स्टरका अनुसार नोट सेभेनको अर्को मोडल जारी नभएसम्म प्रयोगकर्ताहरुले अर्को फोन पाउने जानकारी दिए । अर्को फोन सार्वजनिक नगरेसम्म फोन नकिन्नसमेत आग्रह गरेको छ ।

यसअघि अमेरिकी सरकारले पनि उपभोक्ताहरुलाई सामसङ ग्यालेक्सी नोट सेभेन तुरुन्त स्विच अफ गरी फिर्ता गर्न आग्रह गरेको थियो ।

सामसुङको नोट-७ विमानमा प्रयोग गर्न नपाइने

सामसुङले भर्खरै लञ्च गरेको ग्यालेक्सी नोट ७ मा ब्याट्री पड्किने समस्या देखा पर्यो। संसार भरि कयौं ठाउँमा नोट ७ को ब्याट्री पड्किएको समाचार आए।

यही प्रसंगमा भारतले सरकारले विमानमा आईफोन प्रयोग गर्ने प्रतिबन्धनै लगाएको छ। भारतको नागरिक उड्यन महानिर्देशनालयले विमानमा नोट ७ प्रयोग गर्न र चार्ज गर्नबाट यात्रु र विमान कर्मचारीलाई रोक लगाएको छ।Samsung Galaxy Note 7

यसै गरि संसारका अन्य ठाँउमा पनि संवेदनशील स्थलमा नोट ७ प्रयोग नगर्न आग्रह गरिएको छ।

लञ्च भऐको केहि समयमै नोट ७ को  ब्याट्रीमा समस्या देखा परेको थियो। ब्याट्री धमाधमक पड्कन थालेपछी सामसुङले ढिलो नगरिकन बिक्री रोक्यो भने बिक्री भइसकेका फोन फिर्ता लिने निर्णय गर्यो।

झापाली विद्यार्थी भन्छन्, ‘सरकारले अनुमति दिए नेपालभर ‘वाइफाइ’ प्रवाह गर्न सक्छौं’ सुरुङ्गालाई ‘वाइफाइ जोन’ बनाए प्लस टू का विद्यार्थीले

सधै विभिन्न संघसंस्थाको औपचारिक कार्यक्रम र विवाह, ब्रतबन्धका अवसरहरुले भरिभराउ हुने ‘कनकाई अतिथि सदन’मा विहीबार भने वेग्लै दृश्य देखियो ।

विद्यार्थी खचाखच थिए । जिल्लाका विभिन्न क्षेत्रबाट आएका हुन्, ती विद्यार्थी । शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तिको पनि उत्साहजनक उपस्थिति थियो । युवा वर्गको पनि बाक्लै सहभागिता थियो ।

लाग्थ्यो- कुनै ठूलै सभा गरिँदैछ । या त कोही चर्चित व्यक्ति भाषण दिँदैछन् ।

तर, न त त्यो कुनै सभा थियो । त न त्यहाँ कोही भाषण गर्न नै उपस्थित थिए । कार्यक्रमको उद्घाटनमा न त दिप प्रज्जवलन गरियो, न त रिबन नै काटियो ।

वास्तवमा स्थानीय विद्यार्थीहरुले बनाएको विज्ञान तथा प्रविधिसँग सम्बन्धित उपकरणहरुको प्रदर्शनी हेर्न आएकाहरुको भीड थियो त्यो ।

र, कार्यक्रमको उद्घाटन पनि कोठामा जडान गरिएको सिएफएल बत्तीलाई अनलाइनबाटै बालेर गरियो । उपस्थित दर्शक तीन छक खाए ।

यति मात्र होइन, कनकाई उच्च मावि, सुरुङ्गाको कक्षा १२ मा विज्ञान सङ्काय अन्तरगत अध्ययन गर्ने दिनेश ओलीको नेतृत्वमा रहेको समूहले बनाएका अन्य विभिन्न उपकरणहरुको प्रयोग दर्शकहरुलेे चाख मानेर हेरे ।

समूहले उद्घाटनमै देखाएको रोचक प्रविधिबाट उत्साहित भएका दर्शकहरु एकपछि अर्को गर्दै उपकरणहरु सार्वजनिक भइरहँदा अझ चासो दिइरहेका देखिन्थे ।

औपचारिक रुपमा प्रर्दशनी सुरु भएपछि पहिले देखाइयो- नानो इन्टरनेट सर्भर ।

जसको माध्यमबाट सभाहलको ३ किलोमिटर वरिपरि निःशुल्क इन्टरनेट ‘सर्फ’ गर्न मिल्यो ।

जवजव टोलीका नेतृत्वकर्ता ओली यो उपकरणको उपयोगिताको बारेमा भन्दै जान्थे, विद्यार्थीबाट तालीको वषर्ा हुन्थ्यो ।

‘यो उपकरणलाई व्यापक बनाउने हो भने कनकाई नगरपालिकालाई नै ‘फ्रि वाइफाइ जोन’बनाउन सकिन्छ’, नेतृत्वकर्ता ओलीले कार्यक्रममा आफ्नो उपकरणको बारेमा जानकारी दिँदै भने, ‘यसले हाम्रो समाजलाई डिजिटल बनाउने छ ।’

 

कसरी काम गर्छ ‘नानो’ इन्टरनेट सर्भरले ?

विद्यार्थीहरुले बनाएको ‘नानो इन्टरनेट सर्भर’ बाट नेटवर्क प्रवाह भएपछि उपस्थित अवलोकनकर्ताहरुको आ-आफ्नो एन्ड्रोइड सेटमा ‘वाइफाइ अन’ गर्न लगाइयो ।

मोवाइलमा ३ वटा वाइफाइ सिग्नल देखियो, ‘ओली वाइफाइ’, ‘सुरुङ्गा सर्भर’ र ‘सुरुङ्गा’ । तीनमध्ये कुनै एकमा कनेक्ट गर्न भनियो ।

कनेक्ट भयो । र, प्रोजेक्टरमार्फत एउटा ‘वेव लिङ्क’ देखाइयो । जुन लिङ्कभित्र गएपछि देश विदेशका समाचार, सूचना, गीत, अडियो, भिडियो लगायत देखियो ।

साथै, त्यसबाटै च्याट गर्न मिल्ने प्रविधि पनि रहेछ । सबैले यो नेटवर्क कनेक्ट गरेर दिइएको लिङ्क खोलेपछि त्यस नेटवर्कभित्र निःशुल्क फोन, एसएमएस र च्याट गर्न सकिन्छ ।

यति मात्र होइन, त्यहीँबाट सुरुङ्गाको मौसमको विवरण समेत देखाइयो ।

अन्य ३ उपकरण

विद्यार्थीहरुले अन्य तीन उपकरणको पनि सफल परिक्षण गरी देखाए । विज्ञान तथा प्रविधिसँग सम्बन्धित ती उपकरणहरुले उपस्थित सबैको ध्यान खिच्यो ।

देखाइएका अन्य उपकरणहरुमा स्मार्ट लाइटिङ सिस्टम, उच्च सतर्कता सुरक्षा प्रणाली र मौसम स्टेशन प्रविधि थिए ।

स्मार्ट लाइटिङ सिस्टमकै प्रयोगबाट कार्यक्रम उद्घाटन गरिएको हो । यो सिस्टममा ‘रिले स्वीच’ को प्रयोग गरिएको छ । माइक्रो कन्ट्रोलरमा ‘प्रोग्रामिङ’ गरेर तयार पारिएको हो यो उपकरण ।

कन्ट्रोलरलाई चलाउन अनलाइन या मोबाइलबाट सिग्नल दिनुपर्छ । र, हामीले चाहे बमोजिमको बत्ती बाल्न सक्छौं ।

त्यस्तै, उच्च सतर्कता प्रणालीले कोही व्यक्ति यो उपकरण राखिएको ठाउँमा आएर केही सामान उठाउँछ वा चलाउँछ भने सूचना दिन्छ ।

त्यहाँबाट वेग्लै आवाज निस्किन्छ । यसरी यो उपकरणले मानिसलाई सर्तक बनाउँछ ।

विद्यार्थीहरुले स्थानीय स्रोत र साधनको प्रयोगबाट मौसम स्टेशन पनि बनाएका छन् । जसको माध्यमबाट सुरुङ्गाको मौसम बारे सम्पूर्ण विवरण पाइन्छ ।

यो विवरणलाई विद्यार्थीहरुले आफूहरुको नेटवर्कमा दैनिक ‘अपलोड’ गराइराख्छन् ।

नाष्टका अनुसन्धानकर्ताको पनि प्रस्तुति

प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि अनुसन्धानकर्ता सुमन पौडेल पनि उपस्थित थिए ।

उनले दिनेश ओलीलाई प्राविधिक विषयमा पनि सहयोग गरेका थिए । उनैले दिनेशलाई प्रविधिको विषयमा प्रशिक्षण दिएका हुन् ।

उनले स्मार्ट स्कुल सिस्टमको देखाए । विद्यार्थी विद्यालयमा आए नआएको दैनिक विवरण अभिभावकलाई एसएमसमार्फत जानकारी दिने यो उपकरण शिक्षा क्षेत्रको लागि ज्यादै उपयोग देखियो ।

‘डाटवेस’ मा कुनै विद्यालयका विद्यार्थीहरुको विवरण राखियो । साथै, उनीहरुको अभिभावकको फोन नम्बर र इमेलसहितको जानकारीको रेकर्ड पनि सङ्ग्रह गरियो । र, प्रत्येकलाई एक/एक वटा स्मार्ट कार्ड दिइयो ।

उनीहरुले त्यो कार्डलाई आफ्नो कक्षा कोठामा प्रवेश गर्ने वित्तिकै एउटा डिभाइसमा एकछिन देखाए । र, भित्र छिरे ।

त्यसको एकदेखि तीन मिनेटभित्र अभिभावकको फोनमा आफ्नो छोरा/छोरी कक्षा कोठामा प्रवेश गरेको जानकारी आयो । इमेलमा पनि सोही व्यहोराको सन्देश आयो ।

‘यो प्रविधिले अब अभिभावकहरुलाई आफ्नो छोराछोरीको निगरानी गर्न सजिलो हुने रहेछ’, शिक्षक तीर्थराज खरेलले भने, ‘अब छोराछोरी के गर्दैछन् भन्ने सबै जानकारी अभिभावकहरुले घरमै बसेर पाउने भए ।’

सरकारले अनुमति दिए नेपालभर

अहिले ३ किलोमिटरको क्षेत्रमा सीमित वाइफाइको यो उपकरणलाई सरकारले अनुमति दिए नेपालभरि नै सञ्चालन गर्न सकिने टोलीका नेतृत्वकर्ता विद्यार्थी ओली दावी गर्छन् ।

उनीले सबैबाट सहयोग प्राप्त भए चाँढै कनकाई नगर क्षेत्रभरि यसलाई विस्तार गर्न सकिने बताए ।
विद्यार्थीहरुले प्रयोग गरेर देखाएका ‘नानो इन्टरनेट सर्भर’ उपकरण विश्वको लागि नौलो नभए पनि नेपालको हकमा भने नयाँ भएको नास्टका प्रतिनिधि पौडेलको भनाइ छ ।

उता, विद्यार्थीहरुले तयार पारेको यो प्रविधिलाई अझ धेरै क्षेत्रफलमा फैलाउन सकिने हो भने यसबाट ठूलो लाभ लिन सकिने कुरालाई मध्यनजर गर्दै आफूहरुले सहयोग गरेको कार्यक्रम संयोजक ज्ञान ज्योति युवा क्लबका अध्यक्ष नविन सेढाईँले बताए ।

यी ३ वटा उपकरण बनाउन १ लाख २५ हजार रुपैयाँ खर्च भयो । कनकाई उच्च मावि, ज्ञान ज्योति युवा क्लब र स्थानीय संघसंस्थाहरुको सहयोगमा यो रकम सङ्कलन गरिएको हो ।

स्रोत  : अनलाइन खबर

नासाले सार्वजनिक गर्यो वृहस्पतीका नयाँ तस्वीर

jupiter_picture_juno_credit_nasa

अमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका नयाँ तस्वीर सार्वजनिक गरेको छ ।

जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु नासाले जारी गरेको हो । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ । यसअघि वृहस्पती ग्रहका कुनैपनि तस्वीरमा यस्ता बादल देखिएका थिएनन् ।

गत जुलाई ५ मा वृहस्पतीको कक्षमा स्थापित भएसँगै जूनो नाम स्याटेलाइट पहिलोचोटी बृहस्पतीको नजिक नजिक पुगेर उक्त ग्रहका विभिन्न खाले तस्वीर तथा अनय जानकारीहरु संकलन गरेको छ ।

बृहस्पतीको उत्पत्ति तथा विकाशका साथै सौर्यमण्डलको रहस्य पत्ता लगाउनका लागि नासाले जूनो नामक भुउपग्रह प्रक्षेपण गरेको थियो । बृहस्पतीको कक्षमा रहँदा यो स्याटेलाइटले ग्रहको बनावट, तापक्रम, गति लगायतका तथ्यहरु पत्ता लगाउनेछ ।

यसले वृहस्पतीमा रहेको ठूलो धब्बा तथा त्यहाँ उठ्ने तुफानहरुका बारेमा पनि जानकारी संकलन गर्नेछ ।
जूनो अहिले एक अण्डाकार मार्गमा घुम्दै बृहस्पतीको नजिकबाट गुज्रिरहेको छ । यसलाई वृहस्पतीको एकपटक परिक्रमा गर्न ५३ दिन लाग्दछ ।

सन् २०१८ को फेब्रुअरीमा जूनो बृहस्पतीमै नष्ट हुनेछ । त्यसअघि सम्म यसले यो ग्रहका बारेमा विभिन्न महत्वपूर्ण जानकारी जुटाउने विश्वास वैज्ञानिकहरुको छ ।

बजारमा आउँदैछन् यी ६ इलेक्ट्रोनिक कार, एक पटक चार्ज गरेपछि कुँद्छ ५०० किलोमिटर

बजारमा इलेक्ट्रोनिक गाडीको चर्चा बढ्न थालेका छन्। धुवाँ कम, प्रदुषण कम अनि गाडी चलाउने उर्जाको लागि डिजेल पेट्रोल नचाहिने, चार्ज गरे सरर गुड्ने, सन २०२० सम्म जनरल मोटर्स र फक्सवागन जस्ता कम्पनीहरुले विशुद्ध इलेक्ट्रोनिक कार बजारमा ल्याइसक्नेछन्।

टेस्ला मोडल ३tesla model 3 2456677यो कारको निर्माण २०१७ को अन्त्य देखि सुरु हुनेछ। यो कार एक पटक चार्ज गर्दा ३२१ किलोमिटरसम्म गुड्ने छ। यसले छ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको स्पीड लिन सक्ने छ।

मर्सेडीज-बेन्जmercedez 3492507सन् २०१८ सम्म मर्सेडीज-बेन्ज कम से कम एउटा इलेक्ट्रोनिक कार लञ्च गर्ने लक्ष्यकोसाथ हिडेको छ। मर्सेडिज-बेन्जको प्यारेन्ट कम्पनी डेमलरसंग पहिले देखिने दुई इलेक्ट्रोनिक कार छ। यो कम्पनी आगामी पेरिस मोटर शोमा ५०० किलोमिटर प्रति चार्ज कुद्ने कारको प्रोटोटाइप पेश गर्ने सुरमा छ।

भोल्भोvolvo 5494527भोल्भोका सीईओ हकन सेमुल्सन अनुसार उनको कम्पनीले सन् २०२० सम्म ग्लोबल सेलमा १० प्रतिशत हिस्सा इलेक्ट्रोनक गाडीले लिनेछ। सन् २०१९ सम्म कम्पनीले पहिलो इलेक्ट्रोनिक कार पेश गरिसक्नेछ।‍ कम्पनी २४० किमी प्रति चार्ज कुद्ने कार बनाउने तयारीमा छ।

फराडे फ्युचरfarade future 6166927आगामी चार वर्षमा फराडेले इलेक्ट्रोनिक कार बजामा ल्याउने बताएको छ। कम्पनीका सीईओ टेक इनसाइडले केही वर्षमा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रोनिक कार बनाइसक्ने बताएका छन्।

पोर्सेporse 712757पोर्सेले आफ्नो मिशन ई कन्सेप्ट कार सन् २०२० सम्म बनाउन सुरु गर्नेछ। यो कार एक पटक चार्ज गरेपछि ५०० किलोमिटरसम्म गुड्नेछ र १५ मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ। यसले ३.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्नेछ।

जनरल मोटर्सgeneral motors 8156217
जनरल मोटर्सले घोषणा गरेको छ कि उसले पहिलो सस्तो र लङ रेन्ज कारको निर्माण गर्नेछ। यो कारण २०१६ को अन्तसम्म उपलब्ध हुनेच। यसको रेन्ज प्रति चार्ज ३२१ किलोमिटर हुनेछ।

भेटियो पृथ्वी जस्तै अर्को ग्रह, बैज्ञानिक भन्छन्- एलियन पनि हुन सक्छन्

१०  भदौ, एजेन्सी ।

बैज्ञानिकहरुले पृथ्वी समावेश रहेको सौर्यमण्डल भन्दा बाहिर नयाँ ग्रह फेला पारेका छन् । यो ग्रह अहिले सम्म खोजिएको ग्रह मध्ये सूर्यबाट सबैभन्दा नजिक छ । आकार सानो भएपनि यो ग्रह सूर्यबाट सबैभन्दा नजिक छ ।

यसले सूर्यको सबैभन्दा निकट दुरीमा रहेको तारा प्रोक्सिमा सेन्चुरीलाई घुम्ने बैज्ञानिकहरुले बताएका छन् । खगोलशास्त्रीहरुले लामो समय देखि प्रोक्सिमा सेन्चुरी तारामा एक ग्रह रहेको अनुमान गर्दै आएका थिए ।

nasa new planet

बुधबार प्रकाशित जर्नल नेचरको रिपोर्टका अनुसार यो ग्रहमा एलियन्सको अस्तित्व रहेको सम्भावना समेत छ । सूर्यबाट करिव ४ दशमलव २५ प्रकाश वर्ष टाढा रहेको ग्रहलाई अहिले ‘प्रोक्सिमा बी’ भन्ने नाम दिइएको छ । यसले प्रोक्सिमा सेन्चुरीलाई ११ दिनमा १ पटक घुम्छ ।

 

द वासिङ्टन पोष्टका अनुसार यो ग्रह पृथ्वीको तुलनामा १ दशमलव ३ गुणा ठूलो छ । सूर्यबाट सबैभन्दा नजिक रहेको यो ग्रहमा विकिरणको मात्रा उच्च छ । यसको बाहिरी सतको तापमान ४० डिग्री फरेनहाइट हुन्छ ।

new planet found

यो ग्रहको बारेमा अहिले सम्म प्राप्त जानकारी अनुसार यो ग्रह पृथ्वी, बुध र मंगल जस्तै पर्वतहरु मिलेर बनेको छ । यसमा अनुमान गरिए जस्तै पृथ्वीका गुणहरु भएमा अन्य प्राणीहरुको अस्तित्व समेत हुने अनुमान बैज्ञानिकहरुको छ । यस विषयमा बैज्ञानिकहरुले खोजि गररहेका छन् ।

कहीँ आफ्नो जिमेल लगआउट गर्न बिर्सनुभएको त छैन ? यसो गर्नुस्

computer

कहिलेकाहीँ हामीले अरु कसैको स्मार्टफोन वा ट्याबलेटमा आफ्नो जिमेल अकाउन्ट लगइन गरेका हुन्छौँ ।

कहिलेकाहीँ साइबर क्याफेमा गएर समेत लगइन गरिन्छ र लगआउन गर्न भुलिएको हुन्छ । यसरी आफ्नो अकाउन्ट लगआउट गर्न बिर्सनु खतरनाक हुन्छ किनकी कसैले तपाइँको अकाउन्ट खोल्न सक्छ र तपाइँका महत्वपूर्ण जानकारी प्राप्त गर्नसक्छ ।

यस्तोमा जुन ठाउँमा गएर आफ्नो जिमेल अकाउन्ट लगइन गरेको हो सोही ठाउँमा पुनः गएर लगआउट गर्न कहिलेकाहीँ असम्भव पनि हुनसक्छ । तर चिन्ता नगर्नुस् तपाइँले कुनैपनि ठाउँमा लगइन गरेको आफ्नो जिमेल अकाउन्ट घरमै बसेर लगआउट गर्न सक्नुहुन्छ ।

यसका लागि आफ्नै घरको कुनै ल्यापटप वा डेस्कटप कम्पइुटरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् ।

जुन पेज आउनेछ त्यसमा स्क्रल गरी पेजको सबैभन्दा तल जानुहोस् ।  त्यहाँ दायाँतर्फ तपाइँले एउटा जानकारी देख्न सक्नुहुन्छ जहाँ अन्तिम पटक तपाइँले कहाँ आफ्नो इमेल अकाउन्ट लगइन गर्नुभएको थियो भन्ने देखाउँदछ ।

त्यसका साथै तपाइँले उक्त ठाउँमा आफ्नो अकाउन्ट लगआउट गर्नुभयो की भएन भन्ने पनि जानकारी दिइएको हुन्छ । त्यहीँ साइन आउट अफ अल सेसन नामक अप्सन हुन्छ । सोही अप्सनमा क्लिक गर्नुभयो भने तपाइँले जहाँसुकै लगइन गरेर साइन आउट गर्न बिर्सिएको आफ्नो जिमेल अकाउन्ट साइन आउट हुन्छ । र, तपाइँले ढुक्कको सास फेर्न पाउनुहुनेछ ।

बिबिसी हिन्दि को सहयोग मा

हेडफोनमा R र L किन लेखेको हुन्छ ?

हेडफोन लगाएर गीत सुन्न रमाइलो हुन्छ । आजकल सबैको कानमा हेडफोन देखिन्छ । तर तपाइँले ख्याल गर्नु भएको छ ? हेडफोनमा R र L लेखेको हुन्छ ।

पक्कै गर्नु भएको छ होला । तपाइँलाई लागेको होला R भनेको राइट अर्थात दायाँ र L भनेको लेफ्ट बायाँ हो । तर कुरा त्यतिमा सीमित छैन ।

headphone

हामीले म्युजिक सुनेको बेला फरक कानमा फरक फरक म्युजिक आउने गर्छ । तपाइँ भिडियो हेरिरहनु भएको छ र भिडियोमा कारको बायाँपट्टी कोइ आउँदै छ भने त्यो म्युजिक तपाइँको बायाँ कानमा पहिले आउँछ । दायाँ पट्टी भएका गतिविधीको साउण्ड दायाँ पट्टी आउँछ ।

त्यति मात्र होइन साउण्ड सिष्टममा बायाँ पट्टी हुने सेन्सर बायाँ कानमा हुने हेडफोन र कानका सुन्ने कोशिका सँग म्याचिङ हुन्छ भने दायाँ तिरको भागमा पनि त्यसरी नै मिलाइएको हुन्छ ।

 

राइट र लेफ्ट गलत कानमा परेमा साउण्ड मिक्स हुने हुन्छ । यसले गर्दा तपाइँ साउण्ड क्लियर सुन्न सक्नु हुन्न ।

 

पाइलटले यात्रुलाई कहिल्यै नभन्ने ६ कुरा

विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन्। यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन्। विमानमा सवार हुँदा पाइलटले यात्रुसंग लुकाउने केही कुरा यहाँ चर्चा गरिएको छ।plane cabin pilot 416716

१. व्यावसायिक विमानमा कुनै एक इन्जिन खराब हुँदा पनि सुरक्षित तवरले उड्न सक्छ। त्यसैले पाइलटले कहिल्यै पनि विमानको इन्जिन बिग्रेको बारे यात्रुलाई जानकारी गराउँदैनन्।

२. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्। प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ।

३. यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ।

४. फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देश ध्यानसंग सुन्नु।

५. हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्।यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन्।

नासाको जुनो भूउपग्रह वृहस्पतिमा पुग्यो

577bb6a00b8b30.19763297

एजेन्सी: नासाले पठाएको जुनो भूउपग्रह सबैभन्दा ठूलो गृह वृहस्पतिमा प्रवेश गरेको छ। पाँच वर्षको अथकप्रयासपछि सौर्य परिवारमा रहेको ठूलो ग्रहमा जुनो भूउपग्रहरले सफलतापूर्वक प्रवेश पाएको नासाले जनाएको छ।

नासाका अनुसार ‘जुनो भूउपग्रह’ वृहस्पतिको कक्षमा पुगेको ३५ मिनेटमै इन्जिनमा आगो लागेको थियो। त्यो जलेको पूरै भाग पृथ्वीमा सोमबार आइपुगेपछि ‘जुनो भूउपग्रह’ वृहस्पतिमा पुगेको प्रमाणित भएको थियो।

 

View image on Twitter

‘जुनो भूउपग्रह’ वृहस्पतिमा पुगेपछि नासाको कन्ट्रोल रुममा कार्यरत वैज्ञानिकहरुले खुसियाली मनाएका छन्। उनीहरुले अमेरिकाको अर्को जन्म भएको बताएका छन्।

नासाका प्रशासन प्रमुख चार्ली बोल्डनले भनेका छन्, ‘स्वतन्त्रताको खुसी हामी कहिलेकाहीँ मनाउँछौ । जुन वृहस्पतिमा पुगेको दिन आज अमेरिकाको पुनर्जन्म भएकोले ठूलो खुसी भित्रेको छ।’

उनका अनुसार जुनोले वृहस्पतिमा पुगेपछि त्यहाँको वातावरणबारे अनुसन्धान गर्ने, नयाँ कुराको खोजी गर्ने र विकिरणको अवस्थाबारेमा पत्ता लगाउने मात्र नभइ यसको उत्पति र हाम्रो सौर्यप्रणाली सञ्चालनबारे खोज गर्नेछ। यसका साथै जुनोले प्राप्त गरेको सम्पूर्ण सूचना आफ्नो ल्याब्रोटोरी कन्ट्रोल रुममा पठाउने नासाले जनाएको छ।

यता, ‘जुनो भूउपग्रह’ का प्रोजेक्ट म्यानेजर रिक निब्याकेनले ‘जुनो भूउपग्रह’ वृहस्पतिमा पुगेर उत्कृष्ट काम गर्ने दाबी गरेका छन्। उनले भनेका छन्, ‘जुनोले राम्रो काम गर्नेछ, जसरी तपाईँले आफू चढेको गाडीलाई सही बाटोमा लिएर जानुहुन्छ।’

उनका अनुसार यो उपग्रह वृहस्पतिमा जानु नै सबैभन्दा गौरवको विषय हो । उनले आफ्नो टीमलाई अनुसनधानको काम गर्न त्यतिकै चुनौती पनि उत्तिकै रहको छ। उनले भनेका छन्,’हामी वैज्ञानिकहरुले खोजिरहेको र जान्न चाहेको विषयबारे चाँडै नै जानकारी दिनेछौँ।’

उनका अनुसार अर्को महिना, ‘जुनो’ मिसन र वैज्ञानिकको टीमले संयुक्तरुपमा यसको कामको मूल्यांकन गर्नेछ। यसका साथै वैज्ञानिक उपकरणहरुबारेमा पनि अनुसन्धान हुनेछ।

नासाले सन् २०११, अगस्ट महिनामा ‘जुनो स्पेशक्राफ्ट’लाई फ्लोरिडाबाट १ अर्ब १० करोड अमेरिकी डलर खर्चमा पठाएको थियो।