Home / बिज्ञान प्रबिधि (page 3)

बिज्ञान प्रबिधि

भर्ना मापदण्ड सफ्टवेयरमा

असार १०, २०७३- उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ भर्ना हुन तोकेको मापदण्ड– विपरीत विद्यार्थी भर्ना गरिए रजिस्ट्रेसनमा समस्या आउने जनाएको छ ।24062016080845software-1000x0

परिषद् बोर्डले विषय, न्यूनतम जीपीए र ग्रेडको आधार यसअघि नै सार्वजनिक गरिसकेको छ । ‘परिषद्ले तोकेको यो आधारमा उच्च माविहरूले विद्यार्थी भर्ना लिनुपर्ने हुन्छ,’ परिषद्का सदस्यसचिव नारायण कोइरालाले भने, ‘यदि कसैले नबुझेर वा झुक्किएर आधारविपरीत भर्ना लिएको भएमा सफ्टवेयरबाट स्पष्ट हुनेछ ।’ विद्यार्थीले उच्च माविमा जम्मा ६७ विषय छानेर पढ्न पाउने छन् ।

‘कति जीपीए र ग्रेड प्राप्त गरेका विद्यार्थीले कुन–कुन विषय पढ्न पाउने भन्ने आधार बनेसँगै सफ्टवेयरको विकास भइसकेको छ,’ सदस्यसचिव कोइराला भन्छन्, ‘कसैले झुक्काएर फाराम भराए वा भरेको भए पनि छानविन गर्नुपर्दैन, सफ्टवेयर सिस्टमले देखाउँछ ।’ परिषद्को देशभरिमा ११ क्षेत्रीय कार्यालय छन् । उच्च माविले ती कार्यालयमार्फत विद्यार्थी भर्ना भएको रजिस्ट्रेसन गराउने छन् । यदि कुनै विद्यार्थी आधारविपरीत विषय भरेको पाइएमा विषय परिवर्तन गर्नुपर्ने हुन्छ ।

 

फोन नआउँदा पनि घण्टि बजेजस्तो, भाइब्रेसन आएजस्तो महशुस हुन्छ?

कहिलेकाहिँ तपाईँलाई खल्तीमा राखेको मोबाइ
लबाट भाइब्रेसन आएको अनि घण्टि बजेको जस्तो लाग्न सक्छ, तर जब मोबाइल झिकेर हेर्नुहुन्छ, कुनै फोन अथवा मेसेज आएको हुँदैन, यस्तो किन हुन्छ?

चिन्ता नलिनुहोस्- तपाईँ पागल हुनुभएको छैन। केहि नहुँदा पनि मोबाइल भाइब्रेट गरेको जस्तो लाग्नु वास्तवमा स्वाभाविक कुरा हो।Phantom Vibration

हालै भएको एक खोजबाट करीब ८९ प्रतिशत मानिसहरूले १ हप्तामा कम्तीमा १ पटक आफ्नो मोबाइलबाट यस्तो “दैवी भाइब्रेसन’ सुन्ने गरेको पाइएको छ

 

“हामी सँधै यस्ता भाइब्रेसन र सिग्नल सुन्न आतूर हुन्छौँ, जसले मेसेज अथवा फोन आएको सूचीत गराउँदछ।”, प्रमुख अनुसन्धानकर्ता मिसेल ड्रुइन भन्छिन्- “यदि कुनै महत्वपूर्ण कामको लागि तपाईँले कसैको सन्देशको आश गरिराख्नुभएको छ भने, त्यस्तो सिग्नल सुन्ने गरिन्छ।”

कसैको सन्देशको प्रतिक्षा गर्दा अनि कामकाजको थकान र तनावले गर्दा हामीले आफ्नो मोबाइलबाट यस्तो आवाज आएको कल्पना गर्ने उनले बताइन्।

यस्ता झुटा नोटिफिकेशनबाट हैरान हुनुहुन्छ भने, मिसेल भन्छिन्- “हरेक दिन केहि घण्टा तपाईँ आफ्नो फोनबाट टाढै बस्नुहोस् अथवा स्वीच अफ गरेर राख्नुहोस्, केहि दिनमा फरक पाउनुहुनेछ।”

अन्तर्राष्ट्रिय बजारमा आईफोन ओरालोतिर

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा एप्पल आईफोनको बजार घट्नेक्रम देखिएको छ। सन् २००३ देखि निमार्ण थालेर मोबाइलमा क्रान्ति ल्याउने कम्पनीले १३ वर्षमा पहिलो पटक यसरी बजार गुमाएको हो। Iphone_going_to_Loss_584210970
युरोपको बजारमा आफ्नो आधिपत्य नै जमाएको आईफोनले एक वर्षको अवधिमा २० प्रतिशत बजार अंश गुमाएको छ। २०१४ पछि पहिलो चोटी आईफोनको स्टक भ्यालु घटेर सय डलरभन्दा कम भएको छ।
घरेलु बजारमा पनि आईफोन सामसङभन्दा निकै पछि छ। हुवावेको आक्रामक बजार प्रवद्र्धनको असर पनि आईफोनको व्यापारमा परेको छ। चीनमा उत्पादित चिनिया“ र भारतीय ब्रान्डको पनि बजारमा उल्लेख्य उपस्थिति छ।
आधिकारिक बिक्रेता नियुक्त नगरी नेपालमा उल्लेख्य व्यापार गरिरहेको एप्पले केहीअघि आधिकारिक बिक्रेता पनि घोषणा गरेको थियो। तैपनि बजारमा प्रतिस्पर्धा चर्को छ। सन २०१६ को दोस्रो त्रैमासमा एप्पलको राजस्व १३ प्रतिशत घटेको छ।
‘यसको प्रमुख कारण आईफोनको व्यापार घट्नु हो’ कम्पनीले भनेको छ। उसले सन २०१६ को दोस्रो त्रैमासमा ५० करोड ५६ (५०.५६ बिलियन डलर) लाख डलरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ८ करोड कम हो। सन २००३ बाट व्यापार सुरुवातदेखि निरन्तर व्यापारमा छलाङ मार्दै आएको कम्पनीले पहिलो पटक यसरी व्यापार गुमाएको हो।
यो वर्ष आईफोनको बिक्री झन्डै १० लाख घटेको छ। कम्पनीले सन २०१६ को दोस्रो त्रैमासिकमा ५१ लाख २ (५१.२ मिलियन) हजार आईफोन बेचेको छ। जुन २०१५ को यही अवधिको तुलनामा १० लाख कम हो।
कम्पनीले सन २०१५ को दोस्रो त्रैमासमा ६१ लाख २ लाख (६१.२ मिलियन) आईफोन बेचेको थियो। यो वर्ष कम्पनीको त्रैमासिक नाफामा पनि कमी आएको छ। कम्पनीको त्रैमासिक नाफा १३ करोड ५ लाख डलर (१३.५ बिलियन) बाट घटेर १० करोड ५ लाख डलर (१०.५ बिलियन) मा झरेको छ।
कम्पनीले सन २०१६ को सुरुवातमानै आईफोनको मागमा कमी आएको जनाएको थियो। त्यसको असर दोस्रो त्रैमासिकमा परेको छ। आईफोन स्मार्टफोनको बिक्रीमा आएको कमीले एप्पल कम्पनीमा नै ठूलो असर परेको छ।
यसले गर्दा कम्पनीले इनोभेसनको अर्को क्षेत्रको खोज्नु पर्ने वातावरण सिर्जना भएको कम्पनीले जनाएको छ। यसरी आईफोनको बिक्री घटे पनि सर्भिसमा भने वृद्धि भएको छ। आईफोनको एप्पल स्टोरबाट डाउनलोड गर्ने, एप्पल प्ले, एप्पल म्युजिको प्रयोगमा भने २० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
 चीनमा आईफोनको व्यापार स्वाट्ट घटेका कारण कम्पनीको कुल व्यापार घटेको हो। यो वर्ष चीनमा आईफोनको बिक्री २६ प्रतिशत घट्यो। चिनियाँलाई देखाइने सामग्रीमा आधारित सर्भरमा भण्डारण गर्नुपर्ने गरी चीनको इन्टरनेट कानुन लागू भएपछि आईफोनलाई धक्का लागेको हो।
आईफोनको आफ्नै मेलल्यान्ड छ। साथै बढ्दो डलरको भाउलाई पनि आईफोनको बिक्रीमा कमी आउनुको अर्को कारण हो। डलरको भाउ बढ्दा आईफोन महँगो भयो। अर्को कारणका रूपमा आईफोन र एफबीआई सँगको केषलाई पनि लिइएको छ।
पाकिस्तानी मूलका एक अमेरिकी र उनका छिमेकीले सन् २०११ र १२ मा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा माध्यमिक विद्यालयमा गरेको आक्रमणमा प्रयोग गरिएको आईफोन ह्याकका सफ्टवेयर निमार्णका लागि आईफोनसँग आग्रह गरेको थियो।
कम्पनीले आईफोन कसैले पनि ह्याक गर्न नसक्ने भन्दै त्यसलाई अस्विकार गर्यो। तर एफबीआईले एप्पललाई गतल सावित गर्दै आईफोन ह्याक गर्यो र आतङ्ककारीलाई समाउन सफल भयो। यसले पनि ग्राहकको आईफोनप्रतिको विश्वासमा कमी आएको अनुमान गरिँदैछ।
आईफोनले यसरी गुमाउँदै गएको बजारलाई लिएर कतिपयले हार्डवएर निमार्णको स्वर्ण युगको अन्त्य भएको जनाएका छन्। सन २००३ मा आएफोनको निमार्ण हुँदा हार्डवेयर निमार्णको दुनियाँमा स्वर्ण युगको विकासका रूपमा लिइएको थियो।
उत्कृष्ट हार्डवेयर निमार्णको निरन्तरतामा आईफोनले एप्पल वाचको निमार्ण गर्यो। त्यस पछिको समयमा भने हार्डवेयर निमार्णमा कुनै ठूलो सफलता हात पर्न सकेको छैन्। विज्ञले स्मार्टफोनको बजार बिन्दु यो भन्दामाथि नरहेको बताउँछन्।
उनीहरूका अनुसार स्मार्टफोनको बजार एउटा बिन्दुमा पुगिसकेको छ र अब त्यो भन्दा माथि अर्को बिन्दु छैन। पछिल्लो समय स्मार्टफोन कम्पनीले निमार्ण गरेको फोनलाई मध्यनजर गर्दा विज्ञको यो भनाइ गलत छैन।
अहिले बजारमा एकपछि अर्को स्मार्टफोन आए पनि तात्विक फरक भेटिन छाडेको छ। पछिल्लो समय आएका स्मार्टफोनमा पहिलेको तुलनामा स्क्रिनको साइज बढाउने, मेमोरी बढाउने, बनावटमा केही हेरफेर गर्ने, र्याम बढाउने भन्दा अन्य ठूलो परिवर्तन पाइँदैन्।
आईफोनले २०१६ मा मात्र कम्पनीकै सबैभन्दा सस्तो फोनका रूपमा ‘५ एसई’ ल्याएको छ। भारत लागायत तेस्रो विश्वका ठूला बजारका लागि ल्याइएको यो आईफोनले व्यापारमा केही मद्दत गर्नसक्ने आकलन गरिएको छ।
उसले आफ्नो बजार विस्तारका लागि विकसित राष्ट्रमा आफ्नै ब्रान्ड स्टोरको निमार्ण गर्ने समेत योजना बनाइरहेको छ। बजार बिस्तार कै विषयमा एप्पल कम्पनीका लगानीकर्ता डेनियल आइभ्सले नयाँ स्थानमा आफ्नो बजार विस्तार गर्न त्यहाँको एउटा कुनै प्रख्यात ब्रान्डलाई आफ्नो कम्पनीमा गाभ्न÷अधिग्रहण गर्न पर्ने बताएका छन्।
आईफोनले गुमाएको बजारको विषयलाई लिएर माइक्रोसफ्टाका पूर्वसीईओ स्टेभेन बलमेरले ‘आईफोनमा राम्रो इमेल सिस्टम नभएकाले मानिस बिस्तारै ब्याकबेरीतर्फ मोडिन सक्ने संकेत गरेका छन्। तर आईफोनले आगामी दिनमा बजारमा ल्याउन तयार गरिरहेको आईफोन ७ बिना हेडफोन ज्याक आउने आँकालन गरिएको छ।
यसले आईफोनको बजारलाई माथि उठ्न मद्दत गर्ने देखिन्छ। तर, यसले हेडफोन निमार्ण कर्ताले आफ्नो बजारबारे भने सोच्नु पर्ने हुन सक्छ। इन्फोयुरोपको बजारमा आफ्नो आधिपत्य नै जमाएको आईफोनले एक वर्षको अवधिमा २० प्रतिशत बजार अंश गुमाएको छ।

 

चीनबाट आउँदै तीब्र गतिको इन्टरनेट, भारतको एकाधिकार तोडियो

नेपाल–चीनबीच जोडियो अप्टिकल फाइबर
काठमाडौं: दुरसञ्चार प्रविधिबाट भारतसँगको मात्रै परनिर्भरता अब तोडिने भएको छ । नेपाल टेलिकमले रसुवागढीस्थित नाकामा चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग अप्टिकल फाइबर जोड्न सफल भएपछि भारतको विश्वजगतसँग दुरसञ्चारबाट जोडिन भारतसँगमात्रै निर्भर नेपालको विकल्प खुल्ला भएको हो । opticl-fiber-internet_Nepal-China_992902547
काठमाडौंबाट बिच्छ्याइएको अप्टिकल फाइबरलाई रसुवागढी नाकाबाट चाइना टेलिकम्युनिकेशनसँग जोड्न सफल भएपछि अब नेपालले चीनबाट तीब्रगतिको इन्टरनेट ल्याउन सक्ने भएको हो ।
यसले नेपाल र चीनबीचको साझेदारी र सम्बन्ध त मजबुत हुने नै छ अर्कातिर नेपाली उपभोक्ताले तीब्रगतिको इन्टरनेट र डाटा सेवा लिन सक्ने भएका छन् ।
‘हामीले रसुवागढीस्थित नेपाल–चीन नाकामा दुई देशबीच तीन दिनअघि अप्टिकल फाइबर कनेक्ट गर्न सफल भएका छौं’, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अप्टिकल फाइबर कनेक्ट भएपछि अब हामीले चीनबाट व्यवसायिकरुपमा तीब्र गतिको इन्टरनेट ल्याउन सक्नेछौं । यो अप्टिकल फाइबर काठमाडौंबाट, धादिङको गल्छी हुँदै रसुवाको धुन्चेबाट रसुवागढीसम्म पुर्याए जोड्न सफल भएका छौं ।’
रसुवागढी नाकाबाट नेपाल टेलिकम र चिनियाँ सरकारको स्वामित्यवमा रहेको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकापसमा जोडिनुअघि नै दुबै मुलुका प्राविधिकले फाइबरको सफल परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा दुबै कम्पनीका प्राविधिकरु रसुवागढी नाकाबाट काठमाडौं र चीनको राजधानी बेइजिङतर्फ ब्यान्डविथ आदानप्रदान गर्न सफल भएपछि दुई देश फाइबरबाट औपचारिकरुपमा कनेक्ट भएका हुन् ।
‘हामीले यसअघिबाटै दुई देशबीच फाइबर कनेक्ट स्थापित गर्न आवश्यक प्राविधिक सामान दुबै नाका र राजधानीमा तयार गरिसकेका छौं’, वैद्यले भनिन्, ‘नेपाल टेलिकमले यसै महिनाभित्र नेपाल–चीन र भारतबीच सिधै डाटा आदानप्रदान गर्ने पूर्वाधार तयार गरिसक्नेछ ।’
प्रवक्ता वैद्यले नेपाल–चीनबीच फाइबरबाट सम्बन्ध स्थापित भइसकेकपछि डाटा र आवाजको गुणस्तरमा धेरै सुधार हुने बताइन । ‘नेपाल टेलिकमले चीनसँग फाइबरटबा सम्बन्ध स्थापित गरी तीब्रगतिको इन्टरनेट ल्याउन सबै पूर्वाधा र प्रक्रिया पुरा गरिसकेको छ’, उनले भनिन्, ‘चीनबाट ल्याइने इन्टर नेट उच्च गतिको र सस्तो हुने भएकाले डाटा सेवा सस्तो हुनेछ भने भ्वाइस म्यासेज तथा भिडियो कलको गुणस्तर पनि बढ्नेछ ।’
चाइना टेलिकम्युनिकेसनसँग जोडिएको नेपाल टेलिकम अब फाइबरमार्फत सिधै एसियाकै दुई ठूला ग्लोबल डाटा सेन्टर रहेको हङकङसँग जोडिने छ । यसले नेपाली उपभोक्ताले अब एक महिनामै तीब्र गतिको इन्टरनेट चलाउन पाउने नेपाल टेलिकमको दाबी छ ।
‘अब नेपाल सिधै चीनमार्फत हङकङको डाटा सेन्ट र भारतमार्फत सिंगापुरको डाटा सेन्टरबाट विश्वव्यापी इन्टरनेट सञ्जालमा जोडिनेछ’, नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘यसले गर्दा यही जुन महिनापछिबाट इन्टरनेट सेवा सस्तो र तीब्र गतिको हुनेछ । चीनसँगको सम्बन्धले अब हामी गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सिधा जोडिएका छौं ।’
भारतको बाटो हुँदै सिंगापुरको डाटा सेन्टरमार्फत जोडिएको नेपाल अब हङकङको डाटा सेन्टरसँग जोडिनुको अर्थ भनेको गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सीधा जोडिनु हो ।
चीनसँग जोडिनका लागि नेपाल टेलिकमले धादिङको गल्छीबाट करिब ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ ।
नेपाल टेलिकमका अनुसार रसुवागढी नाका २०७२ वैशाखको भूकम्पले धेरै क्षति भएकाले त्यहाँ रहेको पूर्वाधार टिमुरेमा सार्न केही समय लाग्नेछ । रसुवागढीमा अझै पनि पहिरो खस्ने सम्भावना भएकाले त्यहाँको पूर्वाधारलाई टिमुरेमा सारिसकेपछि जुलाईबाटै टेलिकमले चीनसँग इन्टरनेटको व्यवसायिक कारोबार थाल्ने भएको छ ।
नेपाल र चीनले गत मार्च २० देखि २७ गतेसम्म नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा इन्टरनेट कनेक्टिभिटीबारे सम्झौता गरेका थिए ।

 

इन्टरनेट विस्तारमा चीनले सघाउने सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्‍याइने

जेष्ठ १७, २०७३- मुलुकका सबै सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने सरकारी योजनालाई चीनले सहयोग गर्ने भएको छ । उसले सहयोगको प्रतिबद्धता जनाउदै सरकारसँग विस्तृत प्रस्ताव माग गरेको हो ।30052016085451internet-1000x0

‘चीनले सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्‍याउने योजनामा चासो देखाएको छ,’ सञ्चार मन्त्रालयका सहसचिव सुरेश अधिकारीले भने, ‘हामीसँग प्रस्ताव मागिसक्यो ।’ उनका अनुसार, चीनियाँ दूतावासका अधिकारीको एक टोलीले सञ्चार मन्त्रालयमा आएरै सरकारी योजनामा सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । उनीहरुले औपचारिक माध्यमबाट प्रस्ताव पठाए आफुहरु योजनाका लागि भौतिक एवं प्राविधिक सहयोग गर्न तत्पर रहेको बताएका थिए । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पनि सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र सामुदायिक स्वास्थ्य केन्द्रमा नि:शुल्क इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । यसका लागि माइक्रो वेभ ट्रान्समिसनबाट सेवा दिइने बजेटमा उल्लेख छ ।

चिनियाँले चासो देखाएपछि मन्त्रालयले परराष्ट्रमार्फत औपचारिक प्रस्ताव पठाउने तयारी गरेको छ । ‘हामीले प्रस्ताव बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएका छौं,’ अधिकारीले भने, ‘प्राधिकरणबाट आएपछि परराष्ट्रमार्फत पठाउछौ ।’ सञ्चारले शिक्षा र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा प्रस्तावलाई पूर्णता दिने उनले बताए । ‘इन्टरनेट सेवा विस्तार हाम्रो क्षेत्रमा भएपनि यसमा शिक्षा र स्वास्थ्य मन्त्रालयको भुमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘हामीले दुवै मन्त्रालयसँग पनि समन्वय गरेर प्रस्ताव पठाउछौं ।’

चीनले विद्यालय, उच्च मावि, क्याम्पस र स्वास्थ्य केन्द्रमा इन्टरनेट जोड्न लाग्ने उपकरण, कम्प्युटर, सोलार प्यानलगायतका पूर्वाधारलाई आवश्यक वस्तु सहयोग गर्न चासो देखाएको हो । दुई वर्षअघि आएको ब्रोड ब्यान्ड नीति र एक वर्ष अघि आएको सूचना तथा सञ्चार नीतिमा पनि आगामी चार वर्षभित्र सबै सामुदायिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।

सरकारले ग्रामिण दूरसञ्चार कोषको रकम खर्च गरेर योजना कार्यान्वयन गर्न लागेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले एक महिनाअघि नै ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न इच्छुक सामुदायीक विद्यालयसँग आशयपत्र समेत माग गरिकेको छ ।

ब्रोडब्यान्ड नीतिले ‘कनेक्ट अ स्कुल कनेक्ट अ कम्युनिटी’ कार्यक्रम लागू गर्ने रणनीति लिएको छ । यो नीतिले सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको हो । यसैगरी सूचना तथा सञ्चार नीतिले भने सामुदायीक विद्यालयमा इन्टरनेट सहित आधारभुत सञ्चार सुविधा विस्तार गर्न राष्ट्रव्यापी कार्यक्रम तर्जुमा गरि लागू गर्ने उल्लेख छ । यसैगरी हरेक गाविसमा सूचना केन्द्रको व्यवस्था गर्ने योजना पनि नीतिले अघि सारेको छ ।

 

विश्वकै गणितिय झण्डा, नेपालको राष्ट्रिय झण्डा

SnapShot

‘सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।’ नेपालको संविधान २०७२ को धारा ८ मा नेपालको झण्डालाई यसरी चिनाइएको छ। विश्वमै भिन्न रहेको नेपालको राष्ट्रिय झण्डा सबैभन्दा रोचक पनि छ।

यो विश्वकै एक मात्र त्यस्तो राष्ट्रझण्डा हो जुन आयतकार अनि वर्गाकार छैन। समानान्तर तान्दै, लम्ब खिच्दै, वृत बनाउँदै गणितिय विधिको प्रयोग गरि झण्डा कसरी बनाउने भनि संविधानमै उल्लेख गरिएको छ।

नेपालको संविधान २०७२ को अनुसुचि १ मा नेपालको झण्डा बनाउन ३ पेजमा विधि निर्धारण गरिएको छ। यो विधि पछ्याउँदा सजिलै दुई त्रिकोण सहितको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको आकार भएको झण्डा सजिलै बनाउन सकिन्छ। झण्डामा भएका प्रत्येक आकार गणितले यसरी परिभाषित गर्न सकिने नेपालको झण्डा विश्वकै सबैभन्दा गणितिय झण्डा हो।

गणित, गणितका तथ्य तथा रोचक प्रश्नको जवाफ दिने युट्युव च्यानल नम्बरफाइलको यो भिडियो हेर्नुस्

सूर्यमा कालो दाग देखियो, अझै केही दिन रहने

८ जेठ, काठमाडौं । बिहीबारदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने भएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ ।sun-1

सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड हुने गरेकोमा अहिले दाग देखिएको ठाउँमा करिब एक हजारदेखि १५ सय डिग्री सेन्टिग्रेड कम भएको हुनसक्ने उनको भनाइ छ ।

सूर्यबाट निस्किने पदार्थ पृथ्वी नजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ । ‘सूर्यमा चुम्बकीय गतिविधिले गर्दा तापक्रममा हुने परिवर्तनले गर्दा देखिएको ए आर २५४६ नामको सो दागलाई हामीले पनि नियमित अवलोकन गरिहेका छौं, उनले भने ।

सूर्यमादेखिएको दाग खुल्ला आँखाले पनि देख्न सकिने भएपनि त्यसरी हेर्न हुँदैन । सुरक्षित चश्माबाट भने हेर्न सकिने छ । कसैलाई हेर्ने चाहना भएमा गौशालास्थित समाजको कार्यालयमा राखिएको टेलिस्कोपबाट हेर्न सकिने प्रबन्ध मिलाइएको छ ।

इन्टरनेट नै चलाउन नदिने यि कस्ता देश ?

एजेन्सी ।मानिसको जीवनमा ईन्टरनेट अत्यावश्यक चिज बनिसकेको छ। इन्टरनेट विना मानिसको जीवन असम्भव जस्तै छ । तर विश्वमा यस्ता देशहरु पनि छ जहाँ प्रख्यात सामाजिक संजाल र सर्च इन्जिनहरु प्रतिवन्धित छन् । अमेरिका र विश्वका विभिन्न स्थानमा सर्वर बनाएर आफ्नो अधिपत्य बढाएको फेसबुक र गुगलको पहुँच आफ्नो देशमा नबढोस भनेर चीनले बाईडु नामको सर्च इन्जिन बनाएर चलाएको छ भने सामाजिक संजालको रुपमा उनीहरुले विच्याट सम्म चलाउन दिएका छन् ।

उत्तर कोरियामा चार प्रतिशतले मात्र इन्टरनेटमाथि पहुँच राख्छन् ।

सिरियामा सरकारविरुद्ध लेख्ने वेबसाइट तत्काल बन्द गरिन्छ । इरानामा मानव अधिकारका सम्बन्धमा लेख्ने वेबसाइटमाथि प्रतिबन्ध छ भने साउदी अरबमा मुस्लिम विरोधी वेबसाइट प्रतिबन्धित छन् ।
इन्टरनेटमाथि प्रतिबन्ध लगाउने केहि देशहरु

इरान
इरानका ब्लगर सरकारी कर्मचारी, धर्म र राजनीति नेतृत्वका विरुद्ध बोल्ने कोशिस गर्छन् । ब्लग चलाउन चाहनेले उसको सांस्कृतिक पहिचान र पूर्ण विवरण रजिस्टर गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

सिरियामा सरकारको प्रोपोगाण्डा गर्ने र मानवअधिकारका विषयमा लेख्न वेबसाइटमाथि प्रतिबन्ध लाग्ने गर्छ । सिरियामा सन् २००९ को निर्वाचनताका फेसबुक बन्द गरिएको थियो ।
साउदी अरब
एक अध्ययनका अनुसार साउदी अरबमा चार लाख बढी वेबसाइट बनेका छन् । साउदीमा मुस्लिम विरोधी वेबसाइट सबै बन्द गरिएको छ । जहाँ प्रोनोग्राफी सम्बन्धी वेबसाइटमा समेत प्रतिबन्ध लगाइएको छ ।

चीन
चीनमा संसारकै सबैभन्दा बढी इन्टरनेटमा प्रतिबन्ध लगाउने नियम छ । शक्तिमा भएका र पार्टीका उच्च व्यक्तिले इन्टरनेटमा सहजै पहुँच राख्छन् । त्यहाँका सर्वसाधारणले संसारभरका वेबसाइट भिजिट गर्न पाउँदैनन् ।

चीनमा अधिकांश सामाग्री फिल्टर गरेर मात्र हेर्न सकिन्छ । त्यहाको सरकारले गुगल र फेसबुकलाई बन्द गरेको छ । तर, उसले गुगल जस्तै सर्च इन्जिन र फेसबुक जस्तै सामाजिक सञ्जाल बनाएको छ ।

चीनमा ब्लगमा समेत प्रतिबन्ध लगाइएको छ । चीनले तिब्बतीय र ताइवानी स्वतन्त्रा सम्बन्धी क्रियाकलाममा प्रतिबन्ध लगाएको छ । त्यस्तै, इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रताका कुरा र प्रपोगाण्डा गरेर लेख्न पाइदैन ।
उत्तर कोरिया
उत्तर कोरियामा कुल जनसंख्याको चार प्रतिशत जनतामात्र इन्टरनेटको पहुँचमा छन् । चार प्रतिशतले चलाउने इन्टरनेटमा समेत ठूलो प्रतिबन्ध छ । इन्टरनेट पहुँचमा भएकाले समेत उनीहरुले चाहे अनुसारका वेबसाइट भिजिट गर्न पाउँदैनन् ।

सबै वेबसाइट उत्तर कोरियाली सरकारको नियन्त्रणमा हुन्छन् । अझ रोचक कुरा त के छ भने उत्तर कोरियामा ब्लग चलाउन अनुमती नै छैन । जहाँ विश्वमै अति लोकप्रिय मानिएको फेसबुक जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ ।

सिरिया
सिरियामा उत्तर कोरिया र चीन भन्दा अलि फरक प्रतिबन्धको व्यवस्था छ । जहाँ जुन वेबसाइट र ब्लगले सरकारका विरुद्ध लेख्छन् ति तत्काल बन्द हुन्छन् ।

जहाँ साइबर चलाउनेले छुट्टै पहिचानसहितको परिचय पत्र बनाउनु पर्छ । साइबर सञ्चालकले समय तोकेर मात्र चलाउन पाउने व्यवस्था छ । राज्यको नियम र कानुन अनुसार मात्र इन्टरनेटको पहुँचमा रहेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

 

ल्यापटप चार्जरको टुप्पामा हुने त्यो गोलो लाम्चो डल्लो के-को लागि हो, थाहा छ?

सबै ल्यापटप अनि कुनै-कुनै मोबाइलको चार्जरको टुप्पातर्फ एउटा सानो गोलो र लाम्चो, सिलिण्डर आकारको डल्लो परेको डिभाइस हुन्छ। के तपाईँलाई थाहा छ, त्यो के-को लागि हो?

अधिकांशले त्यसलाई काम नलाग्ने भन्छन्, तर कम्प्यूटर प्रेमी र प्रविधीका पारखीहरू भन्छन् कि ‘होइन, त्यो एकदमै महत्वपूर्ण अङ्ग हो!’

Small-Cylindrical-thing-on-a-laptop-charger-2

चार्जरको टुप्पामा हुने त्यो सिलिण्डर आकारको डिभाइसलाई ‘फेराइट बीड’ (Ferrite Bead) भनिन्छ, जुन एक किसिमको ‘इण्डक्टर’ (Inductor) हो, जसले विद्युतीय तारहरूमा आएका उच्च आवृत्तीका विकार (high frequency noise) हरूलाई दबाउने काम गर्दछ।

मतलब, यसले AC पावर लाइनबाट आएको अनि तार आफैले टिपेको विकारलाई ल्यापटपको संवेदनशील अङ्गहरूबाट छुट्याउँदछ र ल्यापटपलाई सुरक्षित राख्दछ।

उक्त डिभाइसमा फेराइट सेरामिक्स (ferrite ceramics) राखिएको हुन्छ। यो त्यहि रसायनिक पदार्थ हो, जुन कफी कप बनाउन प्रयोग गरिन्छ। यसले विद्युतीय तरङ्गमा उत्पन्न भएका विकारहरूलाई कब्जा गरेर राख्दछ र केवल ल्यापटपलाई चाहिने तरङ्गलाई मात्र वारपार गराउँदछ। यसलाई विद्युतीय भाषामा ‘EMI filters‘ पनि भनिन्छ।Small Cylindrical thing on a laptop charger (1)

अब कसैले तपाईँलाई त्यो सानो डल्लाको काम के हो भनेर सोध्यो भने मज्जाले भनिदिनुहोस् कि त्यो नभैदिएको भए तपाईँको ल्यापटप पड्केर जलेर खरानी भैसक्थ्यो।

भूकम्प जाने सूचना मोबाइलबाट यसरी थाहा पाउनुस

Myshake_Mobile_Ap_985698511

एजेन्सी: अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ ।
‘माईशेक’ नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त रहन सक्नुहुन्छ नै यो एपले धनमाल र ज्यानमा क्षति हुनबाट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो स्मार्टफोनको मोशन सेन्सरको मद्दतबाट धर्तीको तल भइरहने कुनै पनि हलचललाई पत्ता लगाउन सक्छ । फोन तपाईंको ब्याग या गोजीमा हुँदा पनि यसले सजिलै जुनसुकै समयमा काम गर्न सक्छ ।
यस प्रोजेक्टलाई चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीलाई बताए अनुसार एप बनाउनेले हजारौं फोन प्रयोगकर्ताको मद्दतमा एक डाटा नेट्वर्क खडा गर्न चाहन्छन्, जसले आउनेवाला भूकम्पबाट सावधान रहन चेतावनी पनि दिन सक्नेछ । यस एपलाई  ‘माईशेक डट बर्कले डट ईडीयु’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
‘यो एप तपाईंको फोनकके ब्याकग्राउन्डमा चुपाचाप काम गरिरहन्छ। जब कुनै भूकम्प आउँछ, यसले त्यो सूचना दिन्छ ।यो सूचना हाम्रो सर्भरलाई पठाउनेछ’, एलनले भने, ‘सर्भरबाट हामी भन्न सक्छौं कतै भूकम्प आइरहेको छ। त्यतिमात्र होइन कति शक्तिशाली भूकम्प आयो भन्ने पनि पत्ता लाग्छ ।’
उनले अगाडि भने, ‘भविष्यमा हामी यो जानकारी आफ्ना प्रयोगकर्तालाई पठाएर उनीहरुलाई सचेत गराउन सक्छौं, घरबाट बाहिर जानुअघि भूकम्पबारेमा जानकारी लिनुस् ।’
यो एपले हिँडडुल गर्दा वा अन्य सामान्य हलचलबाट हुने कम्पन र भूकम्पपको कम्पनलाई पनि छुट्याउन सक्ने गरी बनाइएको छ ।
खतरनाक ढंगले जमीनमा आएको हलचललाई केन्द्रबाट शुरु भएर ठूलो भूकम्प बनिनसक्न केही समय लाग्ने गर्छ । यसैबीच यो एपको मद्दतमा मानिस कुनै सुरक्षित जग्गासम्म पुग्न सक्ने बताइएको छ ।
एलेन भन्छन्, ‘केही सेकेन्डक चेतावनी नै सबैथोक हो, जो भूकम्पका क्रममा तपाईंलाई भगाउन र ज्यान बचाउनका लागि पर्याप्त हुन्छ । ‘अहिलेसम्म यो एपबाट १० किलोमिटरको दायरामा पाँच रिक्टर स्केलसम्मको भूकम्पको जानकारी दिन सक्षम छ ।
बर्कले सिस्मोलोजिकल ल्याब्रोटरीका वैज्ञानिकका अनुसार पछिल्लो यो एपको मद्दतमा ज्यान जाने संख्यामा कम्तिमा पनि ५० प्रतिशत कमी ल्याउन सकिन्छ ।