Home / बिज्ञान प्रबिधि (page 4)

बिज्ञान प्रबिधि

विश्वको सबैभन्दा डरलाग्दो अनि महंगो धातु, १ ग्रामको मुल्यले १०० देश किन्न सकिने,

सुनको मुल्य लगातार झर्दै छ। महंगो धातु भएको कारण सुनको माग पनि बढ्दो छ। व्यक्ति देखि देशले पनि आफ्नो सम्पत्तिको हिस्सा सुनको रुपमा सुरक्षित राख्ने गर्छन। तर यो सुनेर औनोठो लाग्ला कि विश्वका महंगो धातुमा सुन पर्दैन। विश्वमा त्यस्ता धातु छन्, जसको नाम कम सुनिन्छन् तर निकै महंगो हुन्छन्। त्यस्तैमा एक धातु हो, ‘एन्टीम्याटर’। एन्टीम्याटरको एक ग्रामको मुल्य करिब ६.२५ लाख करोड डलर पर्न आउँछ।Capture266

के हो एन्टीम्याटर

वैज्ञानिकहरुको अनुसार, एन्टीम्यार एक पदार्थ हो जसको अणु भित्र हेरक चीज उल्टो हुन्छ। सबै पदार्थ अणु (atom) मिली बनेको हुन्छ‍। प्रत्येक अणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ। सामान्य अणुमा ‘पोजेटिभि’ चार्जको न्युक्लियस र नेगेटिभ चार्जको इलेक्ट्रोन हुन्छ। तर एन्टीम्याटरको न्युक्लियस नेगेटिभ चार्ज को र इलेक्ट्रोन पोजेटिभ चार्जको हुन्छ। यसलाई इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ।

एन्टीम्याटरको शक्ति

सैद्धान्तिक तवरमा करिब आधा किलो एन्टीम्याटर, संसारकै सबैभन्दा ठुलो हाइड्रोजन बम भन्दा बढी शक्तिशाली हुन्छ। तर यसबाट उपयोगी उर्जा प्राप्त गर्न निकै ठुलो मात्रामा एन्टीम्याटर आवश्यक पर्छ। नाशाको प्रवक्ताको अनुसार १ मिलीग्राम एन्टीम्याटर बनाउन करिब ४०० लाख रुपैयाको आवश्यक पर्छ। अनुसन्धान गर्नको निमित्त १ मिलीग्राम पर्याप्त हुन्छ तर यसको व्यावसातिक उपयोग गर्नको लागि भने निकै खर्च लाग्ने हुन्छ।

कहाँ बाट आउँछ एन्टीम्याटर

एन्टीम्याटरलाई काल्पनिक तत्वको रुपमा बुझिदै आएको छ। बिसौं सताब्दीमा यसको खोज गरिएको थियो। अन्तरिक्षमा पनि सानो सानो टुक्रामा एन्टीम्याटर हुने गर्छ। सामान्य पर्दाथमा प्रोटोन, इलेक्ट्रोन र न्युट्रोन हुन्छ। त्यसरी नै एन्टीम्याटरमा एन्टीप्रोटोन, एन्टीइलेक्ट्रोन र एन्टीन्युट्रोन हु्छ। एन्टीम्याटरलाई प्रयोगशालामा बनाउँदा वैज्ञानिकहरुले अन्य पदार्थसंग मिसाएर थोरै परिवर्तन गर्ने गर्छन्। ताकि यसको प्रयोग इन्धनको रुपमा मात्र गरियोस। यो अन्तरिक्ष यानको इन्धन र परमाणु हतियार बनाउनको लागि पनि प्रयोगमा ल्याउन सकिने हुन्छ।

के छ विशेषता

१ ग्राम एन्टीम्याटर बेचेर विश्वका करिब १०० वटा साना देशहरु किन्न सकिन्छ। १ ग्रामको करिब ६.२५ लाख करोड डलर पर्न आउँछ। यसरी हेर्दा एन्टीम्याटर संसारकै सबैभन्दा महंगो धातु हुन आउँछ। एन्टीम्याटर जहाँ बनाइन्छ त्यहाँ संसारकै सबैभन्दा कडा सुरक्षाको व्यवस्था हुन्छ। सुरक्षा घेरा निकै कडा हुन्छ। केही खास व्यक्ति बाहेक एन्टीम्याटरसम्म अन्य पु्ग्न सक्दैनन्।

किन महंगो हुन्छ एन्टीम्याटर

एन्टीम्याटर बनाउन प्रयोग हुने प्रविधि निकै महंगो छ। १ मिलीग्राम एन्टीम्याटर बनाउन करिब ४०० लाख रुपैया लाग्छ। परमाणु हतियार, मेडिकल इमेजिंग, अन्तरिक्ष यानको इन्धन आदि कार्यमा एन्टीम्याटर प्रयोग हुन्छ।

प्रकृतिमा एन्टीम्याटर

सौर्य प्रणाली भन्दा बाहिरबाट आउने धेरै शक्ति भएका विकिरणहरुले गर्दा विभिन्न थरीका एन्टीम्याटर बन्छन। सन् २०११ जनवरीमा अमेरिकन एस्ट्रोनोमिकर सोसाइटीले गरेको एक अनुसन्धानमा चट्याङ पार्ने बादलको माथी यस्ता एन्टीम्याटर बन्ने थाह भएको थियो। पर्याप्त तापक्रम भए जुनसुकै वातावरणमा पनि एन्टीम्याटर पैदा हुन्छ।

– See more at: http://www.zoomnp.net/archives/7712#sthash.wlt4FuHL.XP07SSvT.dpuf

मंगल ग्रहको ढुङ्गामा देवताको आकृति भेटियो!?

मंगल ग्रहको ढुङ्गामा देवताको आकृति देखिएको विषयले फेरी एक पटक चर्चा पाएको छ।

सोमबार, नाशाको मार्स अपर्चुनिटी रोभरले पठाएको यो तस्बिरमा एसिरियन जातीका मानिसले ज्ञानको देवता मान्ने नावुको अनुसारसंग मिल्ने आकृति फेला परेको छ। यो तस्विर अपर्चुनिटी रोभरले मंगल ग्रहको ‘कन्सेपसिवन क्रेटर’मा खिचेको थियो।

mars stone alien (1)

आज भन्दा करिब ४ हजारवर्ष पहिलेको प्राचिन जाती एसिरियनले सो बखत नै अन्तरिक्षमा यात्रा गर्ने गरेका थिए। सोही बखत आफ्ना देवताको मुर्ति मंगलमा छोडी आएको कथा रहिआएको छ।

mars stone alien (3)

तस्बिर खिचिएको मंगल ग्रहको कन्सेपसिवन क्रेटरको वरिपरि ढुङगामा खोपिएका अन्य आकृतिहरु भेटिएका कारण वैज्ञानिकहरुको पनि रहस्यमा छन्।

mars stone alien (4)

अपर्चुनिटी रोभरलाई मंगल ग्रहको वातावरणको बारेमा थप जानकारी खोज गर्न नाशाले प्रयोग गरिरहेको छ। नाशा भने, यसरी अन्जान ठाँउमा विभिन्न आकृति देखिनु दिमागको खेल मात्र भएको बताउँछ, जसलाई ‘परेइडोलिया’ पनि भनिन्छ।

पछिल्लो महिना मंगल ग्रहको एक पहाडमा ठुलो बुद्धको मुर्ति देखिएको भन्दै चर्चा गरिएको थियो।

युएफओ साइटिङस् डेलीका स्कट सी वारिङ भन्छन्, ‘नाशा सत्य बताउन चाहदैन, किनकी सत्य बताउँदा पत्ता लागेको जानकारी र प्रविधी पनि सार्वजनिक गर्नुपर्ने हुन्छ।’

तर वैज्ञानिकले एलियन जीवनको प्रमाण लुकाउन खोजेका छैनन्, भन्छन् नाशाको रोभर प्रोजेक्टमा काम गर्ने अश्विन भसाभडा।

मंगल ग्रहमा कुनै समय जीवन थियो भन्ने तथ्यमा भने वैज्ञानिकहरु पनि सकारात्मक देखिन्छन्। त्यहाँको वातावरणमा आएको अचानकको परिवर्तनले मंगलग्रह जीवन विहिन भएको वैज्ञानिकहरुको अनुमान छ। तर पृथ्वीबाट मंगल ग्रहमा र मंगल ग्रहबाट पृथ्वीमा बसोबास गर्न मानिसहरु आउने भन्ने कथामा मात्र सिमित छ।

गुगलमा खोजेर उपचार गर्दछन् ९० प्रतिशत डाक्टर

सुन्दैमा यो कुरा अनौठो तथा अपत्यारिलो लाग्नसक्छ । तर सत्य केे हो भने एसियाका ९० प्रतिशत डाक्टरहरु गुगल लगायतका इन्टरनेट सर्चको आधारमा विरामीको उपचार गरिरहेका छन् । एशियाभर भएको अध्ययनले यस्तो खुलासा गरेको हो ।Doctor

रेफरेन्स ड्युरिंग टि्रटमेन्ट एण्ड सर्जरीले गराएको अध्ययन अनुसार डाक्टरहरुले विरामीको उपचारका क्रममा बिरामीको रोग तथा उपचारका विधिका विषयमा गुगलमा सर्च गर्दछन् । यसलाई डिजिटल क्रान्ती भन्ने की मेडिकल क्षेत्रको असक्षमता ?

अध्ययन अनुसार डाक्टरहरुले एक दिनमा कम्तिमा पनि ६ पटक इन्टरनेटमा आफ्नो पेशा सँग सम्बन्धित प्रोफेसनल सर्च गर्दछन्, इन्टरनेटमा । ५८ प्रतिशत फिजिसियनहरु कम्प्युटरमा इन्टरनेट र्स गरेरै उपचार गर्दछन् । १४ प्रतिशत डाक्टरहरु भने प्रकाशित माध्यममा भर पर्दछन् ।

अध्ययनबाट के खुलासा भएको छ भने हरेक तिन जनामा एक जना डाक्टरले बिरामीको उपचारका बेलामा हातमा मोबाइल फोन वा ट्याब्लेट बोक्ने गर्दछन् र केही समस्या हुने बित्तिकै सम्बन्धित रोग तथा त्यसको उपचारका विषयमा ग्याजेटमा इन्टरनेट सर्च गरिहाल्छन् ।

 

हेर्नुस् यी अनौठा ग्याजेट

हाम्रो जिवनमा स्मार्ट ग्याजेटहरुको ठूलो भूमिका रहँदै आएको छ । विश्वमा दैनिक रुपमा नयाँ नयाँ ग्याजेट लन्च भैरहेका छन् । जसमध्ये केही हाम्रो जिवनमा निकै काम आउँछन् भने कतिपयले हाम्रो कामलाई सजिलो बनाउँछन् । हामीले निकै साधारण सोँचिएका तथा नजरअन्दाज समेत गरिने कामहरुलाई समेत सहज बनाउनका लागि विभिन्न ग्याजेट बनाइएका छन् । यस्तै अनौठा ग्याजेटहरु यस्ता छन् :

Tag-GPS-plus
ट्याग जिपिएस प्लस :

घरपालुवा जनावर खासगरी कुकुर बिरालोलाई ट्रयाक गर्नका लागि यो ट्याग जिपिएस प्लस निकै उपयोगी हुन्छ ।

यसमा थर्मोमिटर पनि जडान गरिएको हुन्छ जसले घरको कुकुर बिरालोको सरीरको तापक्रम पत्ता लगाउनेछ । यो जिपिएस ट्याग लगाएमा मूल्यवान कुकुर हराउने जोखिम कम हुन्छ र हराएमा पनि कहाँ पुगेको छ भनेर खोज्न सकिन्छ । यसको मूल्य ८५ पाउण्ड पर्ने र यो वर्षको अन्त्यसम्ममा बजारमा आउने बताइएको छ ।

Logbar-Ring

लगबार इंक औँठी

यदि तपाइँको मोबाइलमा म्यासेज आउँदा तपाइँको औँठी भाइब्रेट गर्छ वा औँठीले रिमोट कन्ट्रोलको रुपमा काम गर्छ ।

जब तपाइँले औँला हल्लाएर नै टेलिभिजनको च्यानल चेन्ज गर्न सक्नुभयो भने कस्तो लाग्ला ? हो अब यो काल्पनिक कुरा यथार्थ बन्दैछ । लगबार इंक कम्पनीले यस्तो ब्लुटुथवाला औँठी बनाएको छ जुन अरु जो सुकै ब्लुटुथवाला ग्याजेटसँग कनेक्ट हुनसक्छ । ८५ पाउण्ड मूल्यवाला यो औँठी रिमोठ छिटै बजारमा आउने बताइएको छ।

Sony-light

सोनी लाइट डिभाइस स्पिकर

सोनी लाइट डिभाइस स्पिकरले आवाजका साथसाथै प्रकाश पनि पैदा गर्छ । स्मार्टफोनबाट पनि नियन्त्रण गर्न सकिने यो डिभाइसलाई तपाइँ आफ्नो कोठाको सिलिंगमा लगाउन सक्नुहुन्छ वा टेबुलमा डेकोरेटिभ ल्याम्पको रुपमा पनि सजाउन सक्नुहुन्छ । अनि एक पन्थ दुइ काज भनेझैँ यसबाट गित संगीत सुन्ने र बत्ती बाल्ने दुबै गर्न सक्नुहुन्छ ।

Tween-Wash

ट्वीन वास

तपाइँलाई यदि कपडा धुने समयमा समस्या हुन्छ, सादा र रंगीन कपडा भिन्नाभिन्नै धुने झण्झट छ भने यसका लागि एउटा समाधानको उपाय आएको छ । एउटा यस्तो वासिंग मेसिन आउँदैछ जसमा एकै समयमै तपाइँले अनेक रंगका कपडा धुन सक्नुहुन्छ ।

एलजीका टि्वन वास वासिंग मेसिन देख्दा सामान्य भएपनि यसभित्र सादा र रंगीन कपडालाई छुट्टाछुट्दै सफा गर्नेगरी छुट्टाइएको हुन्छ ।
BMWI-3
बिएमडब्लु आइ थ्री

छिटै बिएमडब्लु आइ थ्री सेल्फ पार्किंग कार आउँदैछ जुन आफै पार्क हुन्छ । कारलाई पार्किंग एरियाको बाहिरै छाडेर आफ्नो बाटो लागे हुन्छ यो आफै पार्किंगमा गएर पार्क हुन्छ । लेजर स्क्यानर प्रविधिको सहायताले यो कार आफ्नो पार्किंगको सही ठाउँमा गएर अडिन्छ । यो कार निर्माण भएर संचालनमा आउन केही समय लाग्ने बताइएको छ ।
Walkman

आइकोनिक वाकम्यान एनडब्लु जेडएक्स टू

कुनै जमानामा बजारमा आफ्नो रवाफ कायम राख्न सफल आफ्नो वाकमेनलाई सोनी कम्पनीले पुनः ल्याएको छ । यसमा हाइ डेफिनेसन अडियो प्लेयर छ भने एकसाथ १० हजार गित स्टोर गर्न सकिन्छ । यसले हाइ रिजोलुसन अडियो मोबाइल भन्दा धेरै गुणा राम्रो आवाज पैदा गर्छ । यसको स्टोरेज क्षमता १२८ जिबी तथा ब्याट्री ब्याकअप ६० घण्टा हुन्छ ।

Aasus-Jen-Phone

एसस जेनफोन टू

एन्ड्रोइड फाइभ ललिपप ओएस मा चल्ने एसस जेनफोन टू मोबाइल फोर जिबी र्याम भएको विश्वको पहिलो स्मार्टफोन हो । यसमा ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । साथै ६४ बिट इन्टेल २.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १३ मेगापिक्सेल रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा लगायतका फिचर्स रहेका छन् ।

 

रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।Pendrive

युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।

रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।

उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।

यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।

यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने | एजेन्सी