Home / भिडियो

भिडियो

कपनमा स्वास्थ्यमन्त्री गगन थापामाथि दुर्व्यवहार (भिडियोसहित)


३० बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान कपनमा एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका छन् ।

 

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताए ।

एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो ।

मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यहीक्रममा उनलाई एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी र गालीगलौजका साथै गाडीमा ढुंगा प्रहार गरेका थिए ।

एकजना समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका हुन् ।

जोरधाराबाट हृयाण्ड बल ग्राउण्ड हुँदै निस्कने क्रममा मन्त्रीको गाडीमा पछाडिबाट ढुंगा हानिएको प्रहरीले जनाएको छ ।

मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए ।

लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए ।
एमाले कार्यकर्ता उज्ज्वल दाहालले मन्त्री थापा चढेको गाडीलाई अगाडिबाट रोक्न खोज्दा उनी चढेको मोटरसाइकल सडकमा पल्टिएको थियो । एमाले कार्यकर्ता दाहालको खुट्टामा सामान्य चोट लागेको छ ।

काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरवा पर्ने एक आफन्तहरुलाई भेटेर फर्कने क्रममा जोरधारा पछाडि आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कंदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले थापामाथि दुर्व्यवहार गरेको मन्त्री थापाका सहयोगीले बताए ।

सो घरबाट थापा बाहिरिएपछि नीलोपुलमा केही एमाले कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानीय कांग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए ।

थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए। बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले प्रतिक्रिया दिए।

थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडि नलागी ३१ गतेको चुनावमा लाग्न आग्रह गरे।

स्थितिलाई भड्काउन केही अवाञ्छित गतिविधि गर्ने प्रयास भएको उल्लेख गर्दै थापाले आफ्नो क्षेत्रका सबैहरुलाई संयमित हुन आग्रह पनि गरे ।

Harke Haldar 21 December 2016 (Ep. 296) हर्के हल्दार भाग – २९६

नेपालि टेली कमेडी सिरियल हर्के हल्दार भाग – २९२

नेपालि हास्य टेली सिरियल हर्के हल्दार को आज को नया भाग हेर्नुहोस

हाक्का हाक्की अव पक्का पक्कि भाग – ६८

अमेरिका पुगेका प्रेम बानियाँले दिए ३ करोड नेपालीको मुटु छुने कडा भाषण (भिडियो)

अमेरिका पुगेका प्रेम बानियाँले दिए ३ करोड नेपालीको मुटु छुने कडा भाषण (भिडियो हेर्नुहोस )

नेपाली कमेडी टेली सिरियल हर्के हल्दार भाग – २८७

नेपाली कमेडी टेली सिरियल हर्के हल्दार भाग – २८७ आज को  नया  भाग  हेर्नुहोस

हर्के हल्दार – २८६

नेपालि कमेडी टेली सिरियल हर्के हल्दार – २८६ औ भाग

हाक्का हाक्की नेपाली कमेडी टेली सिरियल भाग ६३ दसैँ बिशेष

नेपालि कमेडी टेली सिरियल हाक्का हाक्की भाग – ६३ हेर्नुहोस

नेपालि कमेडी टेली सिरियल दिठा साब – १७२

१५ असोज ,

कान्तिपुर टेलिभिजन बाट हरेक हप्ता सनिबार ९ बजे राति आउने हास्य टेली श्रीन्खला दिठा साब भाग – १७२ को आज को शृंखला मा बिशेष त दसैँ लाइ लक्षित गरेर कमेडी भिडियो बनाइ एको छ | जसमा नखेल्नु जुवा तास धन को नास जीवन को बनि बास भन्ने उखान लाइ चरितार्थ पार्न खोजिएको छ भने अर्को तिर दिठा ले फाइल नहेरी सहि गर्दा भस्टचार को मुद्दा मा अख्तियार ले समाएको छ बाकि हेर्नुहोस यो भिडियो बाट >…

लामो समय पछी स्वेता खड्का मिडिया मा ( भिडियो सहित )

१४ असोज , शुभबिहानी

डेढ बर्ष अघि अाँसुकाे सागरमा डुबी रहेकी नायिका श्वेता खड्का नयाँ उत्साहका साथ दाेस्राे जीवन बाँची रहेकी छिन् | श्री कृष्ण र स्वेता द्वारा अभिनित नेपालि फ्लिम कोहिनुर  को रिलिज संगै स्वेता खड्का  का सहयात्री श्री कृष्ण श्रेष्ठ  ले  यो संसार छोडेका थिय | आफ्नो श्रीमान  को मृतु संगै सोक मा डुबेकी नाईका स्वेता खड्का लामो  समय  पछी मिडिया  मा आएकी  छिन | हेर्नुहोस कान्तिपुर टिभी बाट सुमन संग  को  यो अन्तर्वार्ता  |

शुभबिहानी . कम को मोबाइल एप डाउनलोड गर्न को लागि  यहाँ  क्लिक गर्नुहोस >>> SHUBHABIHANI.COM