Home / भिडियो (page 5)

भिडियो

सिधा कुरा प्रधानमन्त्री संग आज को यो नयाँ भाग – १४

साउन ८ , शुभबिहानी

देस अहिले सरकार  परिबर्तन को  खेल मा चुर्लुम्म डुबेको  छ  भनौ  कि अहिले बर्तमान सरकार  संग  गठबन्धन गरेको माओबादी ले आफ्नो  समर्थन फिर्ता  लिय पछी अहिले  नेतृत्व मा  रहेको सरकार अल्पमत मा  परेको  छ  | उता  नेकपा माओबादी  को अधक्ष्य पुष्प कमल दाहाल प्रधान मन्त्रि बन्न  को  लागि  बिभिन्न  दल  हरु  संग गठबन्धन बनाउन  मा  बेस्त  छन जसलाई  साथ्  नेपालि  कांग्रेश लगाएत  मदेशबादी  दल  हरु  ले  गर्ने निधो भै सकेको छ  भने एता  नेकपा  एमाले का अधक्ष्य तथा बर्तमान प्रधान मन्त्रि के पी सर्मा  ओली बिदेशी  को  चलखेल बाट सत्ता परिवर्तन गराउन चाहेको र माओबादी  र  नेपालि  कांग्रेश  लाइ  गोटी बनाएर आफ्नो  सरकार  माथि  असक्षम बनाउन  खेलेको खेल  लाइ  प्रतिकार गर्न देश  को  स्वाभिमान लाइ  बचाई राख्न  को  लागि  जस्तो सुकै अवस्था को   सामना  गर्न  पनि  तयार  रहेको दाबि  गरिरहेका छन् | यिनै  बिषय  हरु मा  रहेको  आज  को  प्रधान मन्त्रि  संग  सिधा  प्रस्न को १४ औ भाग हेर्नुहोस  |

भिडियो हेर्नुहोस

संसदमा अविश्वासको प्रस्तावमाथि छलफल जारी (लाइभ हेर्नुहोस्) आर्थिक बिधेयक बहुमतले अस्विकृत

संसदमा अविश्वासको प्रस्तावमाथि छलफल जारी (लाइभ हेर्नुहोस्)

  • आर्थिक बिधेयक बहुमतले अस्विकृत

बिजुक्छेको खुलासाः भारतले प्रचण्डलाई भनेको माने देश खतरामा, नमाने ज्यान खतरामा

काठमाडौं, ७ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आफूलाई जेल हाल्न खोजिएको र आफू असुरक्षित भएको वताउँदै आउनु भएको छ । मंगलवार पनि एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई जेल लैजाने थाहा पाएर सरकार छोड्नु परेको वताउनु भएको थियो ।SnapShot
अध्यक्ष प्रचण्डले यसो भनिरहेकै बेला अर्काे कम्युनिस्ट पार्टी नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले यो कुरा आफूले पनि प्रचण्डलाई सुनाएको वताउनु भएको छ । सगरमाथा टेलिभिजनलाई दिएको अन्तरवार्तामा बिजुक्छेले ‘हिन्दुस्तानले भनेको माने देशलाई नोक्सान हुने नमाने आफ्नै ज्यान जाने खतरा’मा रहेको र यो कुरा आफूले उहिल्यै प्रचण्डलाई भनेको वताउनु भएको छ । सगरमाथा टेलिभिजनका लागि जिवराम भण्डारीले नेमकिपा अध्यक्ष विजुक्छेसँग लिएको अन्तरवार्तामा यस्ता कुरा वताइएको छ ।
० यो सरकार कांग्रेस र माओवादीको इच्छाले होइन हिन्दुस्तानको इच्छाले ढाल्न लागिएको हो । यो आरोप होइन घटनाले पुष्टि गरेको छ ।
० जतिबेला नाकाबन्दी लगाइएको थियो, त्यसबेला वालुवाटारमा सर्बदलीय बैठकका लागि बोलाउँदा म गएको थिएँ । प्रधानमन्त्री केपी ओली, प्रचण्डजी र म गरी हामी तीनजना थियौं । प्रचण्डजीले भन्नुभयो, अब अलिअलि लचकता देखाउनु पर्यो नत्र जनता वालुवाटारमा आउँछन् । मैले भनेँ– किन आउँछन् जनता वालुवाटार ? सरकारले नाकाबन्दी गरेको हो ? बरु तपाईं यो सरकारको सबैभन्दा कमजोर बिन्दु हो । पछि अरु नेताहरु पनि बैठकमा आउनु भयो । उहाँले जुन हिसावले भन्नु भएको भए पनि त्यो गलत कुरा थियो ।
० मैले माओवादीलाई ट्रोजन हर्स पहिल्यै भनेको हुँ । अहिले त्यो पुष्टि पनि हुँदै गएको छ । प्रचण्डका गतिविधिको परिणाम उहाँले अब भोग्नु पर्छ । प्रचण्डले मात्रै भोग्नु पर्ने भए हुन्थ्यो, देशले भोग्नु पर्ने भयो यही छ दुःखको कुरा ।
० म एउटा कुरा सम्झाउन चाहन्छु– नेपालमा गृहयुद्ध(तत्कालीन जनयुद्ध) चलिरहेकै बेला भारतमा मैले प्रचण्डजीलाई भेटेको थिएँ । बाबुराम पनि सँगै हुनुहुन्थ्यो । त्यसबेला मैले उहाँलाई भनेँ– तपाईंले गलत बाटो लिनु भयो । अब हिन्दुस्तानले भनेजस्तो गर्नुहुन्छ भने देशलाई घाटा हुन्छ । हिन्दुस्तानले भनेजस्तो गर्नुहुन्न भने ज्यानको खतरा छ । अव तपाईंले दुइटामा एउटा रोज्नु पर्ने हुन्छ । सिधा सपाट भाषामा मैले भनेको । उहाँ चुप लागेर बस्नु भो, जवाफै दिनु भएन । म साह्रै कम बोल्ने मान्छे । स्थिति त्यस्तो भएर मात्रै मैले वताइदिएको हुँ ।
० हिजो उहाँहरुले उठाएको बन्दुकको कमाण्ड उहाँको हातमा छैन । त्यसैले उहाँ बारम्बार भन्नुहुन्छ– मलाई खतरा छ । उहाँले त्यत्रो सुरक्षा माग्नु भाछ, खोइ हामी त्यसै हिंडेका छौं केही खतरा छैन । देश र जनताको अहितमा काम गरेको छैन त्यसैले हामीलाई खतरा छैन ।
० उहाँले के काम गर्नु भो त्यस्तो ? सायद उहाँलाई राती निद्रा आउँदैन होला । पिएर सुत्नुहुन्छ भन्ने सुन्छु । २४ सै घन्टा अलर्ट बस्नु पर्ने मान्छे त्यसरी चिन्तित भएर बस्नु अप्ठ्यारो कुरा हो नि । त्यसैले जे काम गरेका छौं त्यो हामीले भोग्दै जानु पर्छ । उहाँको कामको परिणाम हो यो ।
० सरकार छोड्दा प्रचण्डले हामीले यी यी नीतिमा मिलेर सरकार बनाएका थियौं, यी यी नीतिमा मतभेद भयो भनेर सरकारबाट बाहिर आउनु भएको त होइन नि । स्पष्टै छ, उहाँहरुले त्यो कुरा जनताको सामुन्ने भन्नु भएन गर्नु भएन ।

 

भिडियो हेर्नुहोस्:

source : chakrapath

नेपाली राजनीतिमा भारतलाई उछिन्दै चीन, यस्तो नयाँ रणनीति रच्दै भारत

नेपालको राजनीतिमा चीन प्रत्यक्ष भूमिकामा उत्रिएको भन्दै भारतमा भय र सतर्कता बढेको छ। नेपालमा सरकार टिकाउने र ढलाउने खेलमा चीन प्रत्यक्ष संलग्न हुन थालेको भारतको बुझाइ छ। पछिल्ला केही समययता नेपाली राजनीतिमा चीन अभूतपूर्व सक्रिय रहेको भन्दै भारत त्यसको काउण्टरमा उत्रने तयारीमा देखिन्छ। नेपाल मामिलाका जानकार भारतीय सेनाका पूर्व रथी अशोक मेहताले यसको स्पष्ट खुलासा गरेका छन्। भारतीय प्रभाव खुम्चिदै र चीनको हस्तक्षेप बढ्दै गएको निष्कर्षसहित भारतले नयाँ रणनीति सोँचेको मेहता बताउँछन्।

मेहताले चीन निकटमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विस्तारै भारतको नजिक पुगेका खुलासा गरे। ‘प्रचण्डजी नयाँ उभारिएर आएको नेता हो, उहाँले अहिले बल्ल संसदीय अभ्यास र परराष्ट्र सम्बन्धबारे बुझ्दै हुनुहुन्छ,’ मेहताले ‘नागरिक शो’मा खुलस्त भनेका छन्, ‘अहिलेको सरकार भारतमैत्री थिएन अब बन्ने सरकार भारतमैत्री हुनेछ।’ उनले अबको सरकार कसरी भारतमैत्री हुन्छ भन्ने आधारहरु पनि खुलाएका छन्।
हेर्नुहोस् नागरिक शोः

‘तेरी स्वास्नी पोईला गै’ गीतले महिलामाथि दमन गरेको आरोप (भिडियो सहित)

गोविन्द बस्नेत,
कहिले बुढी नक्कली मा परि त कहिले भैसी साटेझैँ बुढी साट्न मिल्ने भए भन्दै गीत गाएका पाण्डे लाइ यसपाली स्वास्नी पोहिल गइ नामक गीत गाउदा दीदी बहिनि को आरोप खप्न बाध्य भएका छन् ।

काम को सिलसिला मा विदेश या घर परिवार छोडेर बाहिर बस्न बाध्य भएका दाजु भाइले यो गीत सुन्दा कसैको घरमा आफ्नै श्रीमति माथि शंका र कसैको त घरबार नै बिग्रिन सक्नी आरोप लगाइन पाल्पा निबासी एक महिला ले ! तर गाएक भन्छन कलाकार ले देश का वास्तविक र यथार्थ क’रा गीत संगीत मा समाबेस गर्दा आपत्ति जनाउन पर्नी खासै देख्दैन यो गीत लेत गलत गर्नी महिला लाइ संदेश दिएको र श्रीमती बाट टाडा रहनी दाज’ भाई लाई पोइसा मात्र सबै थोक होइन परिवार को चाहना बुज्नु र यस्तै बाटो मा हिड्ने श्रीमती माथि पहिलेनै सझक रहन सन्देश दिएको बताए !

गाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजि मा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलक मा कामको खोजि मा बाहिर रहेका श्रीमान का श्रीमती अर्कै केटा संग पल्कनि द’ख गरेर कमाएको पोइस मोज र मस्ती मा उढाउनि गरेका सत्य घटना हाम्रो समाझ मा धरै हेर्दै र भोग्दै आएका छोउ यस्तै वर्तमान परिस्थिथि लाइ कथा बस्त’ लाइ समेटी बनाइएको गीत सार्जा्निक गरे का थिए चर्चित गाएक नमराज पाण्डे ले ।

सदै भलो चाहनी बाब’ आमाको भरोसा नगर्दा श्रीमती बिग्रेको र घरबार नै तसनस भएका घटना सुन्दा परदेसी दाजु भाई को मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो ।

सोहि गीत समय सान्दर्बिक र संदेश म’लक छ नमराज पाण्डे को लय र सब्द मा बनेको यो गीत मा नमराज पाण्डे र नुर गरुङ ले आवाज दिएका छन् ।

स्मरण रहोस पोहोर सालको तीज मा पनि भैसी साटेझैँ गीत गाउदा विवाद मा आएका थिए ।

प्रधानमन्त्री संग सिधा कुरा भाग १३ , (Ep. 13)

Sidha Kura PM Sanga – सिधा कुरा प्रधानमन्त्री संग, (Ep. 13)

पेरुदेखि नेपालसम्म लुटपाट र चोर्न आईपुगेका लुटेरा समुह नेपालको एयरपोर्टमा पक्राउ भिडियो सहित

SnapShot

पेरुदेखि नेपालसम्म लुटपाट र चोर्न आईपुगेका लुटेरा समुह नेपालको एयरपोर्टमा पक्राउ  हेर्नुहोस  यो  भिडियो  न्युज

के डा.गोविन्द केसी पागल हुन् एक चर्काचर्की वहस ? भिडियो आफ्नु काम गर्दै नगर्ने र माफियाबाट संचालित डा.केसी कसरी इमान्दार ?

अख्तियार प्रमुख लोकमान कार्की र डाक्टर गोबिन्द केसी बीच भएको संघर्षले चर्को विवादको रुप लिदै गएको छ |यसले सबै  क्षेत्रलाई प्रभावित पार्दै छ यसै बीच न्युज २४को  इस्यु अफ डेको कार्यक्रममा अख्तियारका प्रबक्ता कृष्णहरि पुस्करले एक कदम  अगाडी बढेर अझै पागल र इमान्दार नभएको ब्यक्ति भन्दै  डाक्टर गोबिन्द केसीलाई  नै आरोप लगाउदै |

प्रधानमन्त्री कांग्रेसमाथि खनिए, काग्रेसकै कार्यक्रममा गएर यसरि थर्कमान पारे | हेर्नुहोस भिडियो

काठमाडौं टावर निर्माण सुरु, यसरी रुप फेर्दैछ पुरानो बसपार्कले (भिडियोसहित)

kathmandu-tower-5

१६ असार, काठमाडौं । कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु भएको छ । निर्माता कम्पनी जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले निर्माण सुरु गरेको हो ।

अत्याधुनिक सुविधासहित बन्न लागेको टावरको निर्माणका लागि जग खन्ने काम प्रारम्भ भएको छ । टावरको गत कात्तिक महिनामै उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

टावर निर्माणका लागि भारतबाट अत्याधुनिक निर्माण उपकरण आइपुगेलगत्तै कम्पनीले पुरानो बसपार्कमा काम सुरु गरेको काठमाडौं महानगरपालिकका सूचना अधिकारी महेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।

टावर निर्माणका लागि झण्डै २ महिनाअघि नै पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । तर, भारतबाट समयमै उपकरण नआएपछि काम अघि बढ्न सकेको थिएन ।

‘बुधबार राति भारतबाट आवश्यक उपकरणहरु आएका छन्’ काफ्ले भने-‘त्यसलगत्तै त्यसको परीक्षण प्रयोग गर्दै टावर निर्माणका लागि काम सुरु भएको छ ।’

अबको तीन वर्षभित्र काठमाडौं टावरले आफ्नो डिजाइनअनुरुपको स्वरुप पाउनेछ । त्यसपछि निर्माण कम्पनीले २७ वर्ष सञ्चालन गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ।

हरेक विकसित शहरको पहिचानका लागि एउटा भ्युटावर पहिचानका रुपमा स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यो टावर बनाउन लागिएको हो ।

kathmandu tower (1)
टावरको डिजाइन इञ्जिनियर विष्णु पन्थीले गरेका हुन् । १ सय ३१ मिटर उचाइको टावर २९ तला अर्थात १ सय ३१ मिटर अग्लो हुनेछ ।

अत्याधुनिक बस टर्मिनलसहित निर्माण हुने टावरमा होटल, रेष्टुरेन्ट, फिटनेश हल, सेमिनार हल, सिनेमा हल, स्वीमिङ पुल, सपिङ सेन्टरहरु रहनेछन् । यसमा झण्डै ८ हजारभन्दा बढी नेपालीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

kathmandu tower (7)
अहिलेसम्म टावरको १२ तला मात्रैको नक्सा पास भएको छ । बाँकी १७ तलाको नक्सा पासका लागि शहरी वस्ती विकास मापदण्डलाई परिमार्जन गर्ने तयारी छ ।

भूकम्पपछि लागू भएको मापदण्डले शहरी क्षेत्रमा निर्माण हुने टावरहरु १२ तलामा भन्दा माथिको बनाउन रोक लगाएको छ । तर, भूकम्पप्रतिरोधी शहरी टावरहरु निर्माण गर्दा २९ तलासम्म निर्माण गर्न सकिने गरी मापदण्ड संशोधन गर्न स्थानीय विकास मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ ।

अहिले पास भएको नक्साकै आधारमा निर्माण अघि बढाउने र ६ महिनाभित्रै डिपीसीको काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ । २३ रोपनी जग्गा रहेको पुरानो बसपार्कको ४० प्रतिशत भू-भाग टावरले ओगट्ने छ । ६० प्रतिशत भाग खुला रहनेछ । भवनमा ईटाको प्रयोग नगरी क्रंक्रिट र स्टिलको मात्रै प्रयोग गर्ने निर्माण कम्पनीले जनाएको छ ।

kathmandu tower (4)
काठमाडौं टावर दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा १२ तलाको भवन बनाउन महानगरले स्वीकृति दिएको छ । पहिलो चरणको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणको काम सुरु हुनेछ ।

टावर निर्माणका लागि ६ देखि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्ष अगाडि नक्सा तयार पार्दा ५ अर्बको अनुमान गरिएको थियो । अहिले बजार भाउ बढेको हुँदा २ अर्ब थपिने अनमान गरिएको हो ।

टावरमा तीन तला पार्किङ हुनेछ । अन्डरग्राउन्ड र बेसमेन्टमा बसहरु पार्किङ गरिनेछ भने माथिल्ला दुईतलामा साना गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरिनेछ । यसले गर्दा अहिले भइरहेको बसपार्क मासिने छैन र अझ अत्याधुनिक हुनेछ ।

kathmandu tower (3)
पार्किङभन्दा माथिको भाग व्यावसायिक प्रयोजनमा लगाइने छ । टावरको २० तलामाथि स्वीमिङ पुल हुनेछ । यसका साथै मल्टिप्लेक्स सिनेमा हल, होटल, रेष्टुरेन्ट तथा गेमिङ जोन पनि हुनेछन् ।

सबैभन्दा माथिको भाग दृश्यावलोकनका लागि छुट्याइने भएको छ । उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा टावरमा आन्तरिक तथा वाह्य पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ । साथै यसले काठमाडौंको सौन्दर्यसमेत बढाउने दाबी महानगरपालिकाको छ ।

भिडियो हेर्नुहोस् 

source :onlinekhabar