Home / बिचित्र संसार

बिचित्र संसार

ट्वाइलेटबाट निस्किएको सर्पले महिलालार्इ डसेपछि…

सायद अब उनले आफ्नै घरको ट्वाइलेटमा दिसा बस्दा पनि दुईपटक सोँच्नेछिन् । आखिर पर्नु पिर जो परेको छ उनलाई ।

थाइल्याण्डमा एक ४२ वर्षीया महिलालाई आफ्नै घरभित्रको ट्वाइलेटमा दिसा गरिरहेको बेला ट्वाइलेटभित्रैबाट निस्केको सर्पले डसेको छ, त्यो पनि मलद्धार क्षेत्रमै ।

 

फनारन चैबुन नामकी ती महिलालाई आफ्नै घरको ट्वाइलेटको बाउलमा लुकेर बसेको अजिंगरले डसेको हो ।

सर्पले डसेपछि उनी तत्कालै फायाथी अस्प्तालमा भर्ना भइन् । उनलाई डस्ने सर्प अजिंगर भएको पत्ता लागेपछि डाक्टरहरु ढुक्क भए र उनलाई एन्टी भेनोम औषधि चलाएनन् । किनकी अजिंगर विषालु हुँदैन । तर अजिंगरको टोकेको ठाउँको घाउको भने उपचार गरियो ।

आफ्नो घरको भुइँतलामा एउटा प्वाल रहेको र त्यहीँबाटै अजिंगर छिरेको हुनसक्ने उनले बताएकी छिन् । यो घटनापछि उनकी १५ वर्षीया छोरी घरमा बस्नै डराएकी छिन् । एजेन्सी

बाँदरको सेल्फी पुग्यो माथिल्लो अदालतमा

एक इण्डोनेसियाली बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा पुगेको छ ।

अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यस विषयमा सुनुवाई गर्दैछ ।

 

संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै मुद्दाको वादी पक्षको रुपमा रहेको जनावर अधिकारकर्मी संस्था पेटाले पुनरावेदन अदालतमा अपिल गरेको थियो ।

उक्त सेल्फीको प्रतिलिपि अधिकार सम्बन्धित बाँदरकै हुनुपर्ने दाबी पेटाको छ ।

स्मरण रहोस् इण्डोनेसियाको सुलावेसीस्थित जंगलमा सन् २०११ मा एक बाँदरले खिचेको सेल्फीको प्रतिलिपि अधिकारका विवाद निकै चर्चित बन्दै आएको छ ।

बेलायती फोटोग्राफर डेभिड स्लेटरले जंगल घुम्ने क्रममा भुइँमा राखेको क्यामरा बाँदरले भेट्टाएपछि त्यसलाई चलाउँदै गर्दा आफ्नै सेल्फी खिच्न पुगेको थियो । बाँदरले खिचेका अनेक फोटाहरुमध्ये उसको दाँत देखाएर मुस्कुराइरहेको सेल्फी निकै सुन्दर थियो र फोटोग्राफर डेभिडले आफूले खिचेका प्राकृतिक तस्वीरहरुको संग्रह वाइल्डलाइफ पर्सनालिटी नामक पुस्तकमा उक्त बाँदरको सेल्फीलाई समावेश गरेका थिए । अमेरिकाको एक नीजि प्रकाशक संस्थाले उक्त पुस्तक प्रकाशन गरेको थियो ।

उनले आफ्नो क्यामराले खिचेको उक्त तस्वीरमा आफ्नो प्रतिलिपि अधिकार समेत सुरक्षित गरिसकेका छन् । तर यस विषयमा विरोध जनाउँदै पेटाले उक्त फोटोको प्रतिलिपि अधिकार फोटो खिच्ने बाँदरकै हुनुपर्ने माग गरी सन् २०१५ मा मुद्दा हालेको थियो, अमेरिकामा ।

यदि अमेरिकी पुनरावेदन अदालतले बाँदरका पक्षमा फैसला गरेमा प्रतिलिपि अधिकार बाँदरको नाममा दिइएको यो पहिलो घटना हुनेछ ।

एजेन्सी

सेक्सपछि ‘भर्जिन’ बन्न यस्तो पनि गर्छन् युवतीहरु (एउटा खोजमुलक रिपोर्ट)

यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार
मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रुपमा मान्छु र यसकारण निकै दुःखी छु ।’- उनले भनिन ।

हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौं । जहाँ महिला रोग विज्ञहरु छन् । गुलाबी रङको वेटिङ रुममा महिलाहरु निकै धैर्यताका साथ प्रतिक्षा गरिरहेका छन् ।

ट्युनिशियामा जब युवतीको विवाह हुन्छ, तबसम्म उनीहरु भर्जिन भएको विश्वास गरिन्छ । यसैकारण यहाँ भर्जिनिटी फेरि हासिल गर्नका लागि ‘हाईमन’ लगाउने कारोबार निकै फस्टाएको छ ।

यास्मिनले नक्कली हाइमन लगाएको बताइन् । एक सानो मेडिकल प्रक्रियाबाटै महिलाको गोप्य अंगमा हाइमन जोड्ने गरिन्छ । हाइमन एक प्रकारको झिल्ली जस्तो हुन्छ, त्यसलाई चिकित्सकहरुले जोड्ने गर्छन् । हाइमनलाई पुनः जोड्नु भर्जिनिटीलाई फिर्ता ल्याएको रुपमा लिने गरिन्छ ।

यास्मिनको दुई महिनापछि बिहे हुँदैछ । त्यसैले २८ बर्षीया यास्मिनलाई आफू भर्जिन नभएको चिन्ता छ । कतै श्रीमानले उनी भर्जिन भएको शंका पो गर्ने हुन कि भनेर चिन्तित देखिन्छन्, यास्मिन ।

‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ,’ उनी भन्छिन्, ‘वा मेरा श्रीमानलाई यसबारे शंका नहोस् ।’

दबाब

ट्युनियसामा कतिपयको बिहे हुनासाथ डिभोर्स हुने गरेको घटना बाहिर आउन थालेको छ । त्यसको मुख्य कारण पुरुषले आफ्नी श्रीमती भर्जिन नभएको शंका गर्ने गरेको देखिएको छ ।

यास्मिन जन्म एक उदार परिवारमा जन्मेकी थिइन् । र, केहीबर्ष विदेशमा पनि बसेकी थिइन् । उनलाई डर छ कि उनका हुनेवाला जीवनसाथले उनका अतितका यौन सम्बन्धका बारेमा शंका लाग्यो भने विवाह टुट्नेछ ।

‘मेरो एक पुरुषसँग अफेयर थियो ।’, यास्मिनले भनिन्, ‘त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीका विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्छ र त्यसले कस्तो परिस्थिति ल्याउँछ ।’

‘यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो अफेयर सम्बन्धबारे भविष्यका श्रीमानलाई भनेँ भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’,- चिन्तित हुँदै उनले भनिन् ।

यास्मिनले हाइमन लगाउन करिब ४ सय अमेरिकी डलर (४० हजार रुपैँया) तिरिन् । यो लगाउन आधा घण्टाको समय लाग्छ ।

फेरि हाइमन लगाउन आधा घण्टाको समय लाग्छ । यही हाइमन लगाउन यास्मिनले केही महिनादेखि पैसा बचाएर राखेकी थिइन्, जुन उनको परिवारलाई समेत थाहा छैन् ।

यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन्, जसको नाम हो डा. रशिद । डा. रशिदले एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।

डा. रशिदका अनुसार, पुनः हाइमन राख्न आउनेमध्ये ९९ प्रतिशत त्यस्ता महिला हुन्छन् जो आफ्नो परिवार र आफन्तको इज्जत जाने कुरामा डराएका हुन्छन । यास्मिनकै जस्तो बढी उमेर भएका युवतीहरुले आफूहरु भर्जिन भएको लुकाउन चाहन्छन् ।

यद्यपि, हाइमन बिभिन्न कारणले टुट्ने गर्छ, सेक्सका कारणले मात्रै हैन् । तर पनि महिलालाई गलत तरिकाले अपराधी ठहराइन्छ र उनीहरुमाथि विवाह पूर्व सेक्सको आरोप लगाइन्छ ।

‘गाइनाकोलोजिस्टले हाइमनलाई पुनः राखिदिने गर्दछन् । यो कुनै अपवाद होइन । यहाँ कुनै पनि डाक्टरले यसो गर्दैनन् । म निजी रुपमा यस्तो गर्छु किनभने म ती मानिससँग सहमत छैन जसले भर्जिनिटीलाई पवित्र मान्छन् । म भन्छु कि यो सबै पुरुष प्रभुत्व हो र म यसकाविरुद्ध युद्ध जारी राख्नेछु ।’- डा. रशिदले भने ।

भर्जिन नभए सम्बन्ध विच्छेद

ट्यूनिशिया उत्तरी अफ्रिकामा यस्तो देश हो, जहाँ महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ । तर, धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ । ट्युनिशियाको डिभोर्स नियममा यो प्रावधान पनि छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले डिभोर्स दिन सक्छन् ।

समाजशास्त्री सामिया एलुमी भन्छिन- ‘ट्युनिशियाको समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रुपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं । महिलाको कामुकता र उनीहरुको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोषौँ टाढा छ ।’

एउटा सरकारी विश्वविद्यालयमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेन आउने बर्ष बिहे गर्दैछन् । मैले उनलाई सोधेँ – ‘के तिमी तिम्रो हुनेवाला श्रीमतीको भर्जिनटीको बारेमा वास्ता गर्छौ कि गदैनौँ ?’

तर, उनले जबाफ दिए- ‘यो मेरो लागि धेरै भन्दा धेरै महत्वपूर्ण छ ।’

‘यदि मलाई विवाहपछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्दिन । म यसलाई धोकाको रुपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’- इशेनले भने ।

इशेन नजिकै बसेका उनका साथीले भने ट्युनिशियाली परम्पराका कारण महिलाले प्रताडना झेल्नुपरेको बताए । ‘यो पाखण्ड मात्र हो मेरो लागि,’ उनले भने, ‘यदि पुरुषले विवाहपूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने महिलालाई मात्रै किन कठघरामा खडा गरिनुपर्ने ?

सेहम हसैनी, बीबीसी

गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना, आइरिस युवकको मृत्यु

थाइल्याण्डमा एउटा त्राशदीपूर्ण कार दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए ।

मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् । उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्किएइकोसमाचारमा जनाइएको छ ।

 

दुर्घटनामा कार ड्राइभर र दुई थाई युवती सख्त घाइते भएका छन् । दुईमध्ये पछाडि सिटमा बसेकी युवती पुरै नग्न अवस्थामा थिइन् भने मालोन कम्मरमुनी नग्न अवस्थामा उद्दार टोलीले भेट्टाएको थियो ।

थाइल्याण्डको चियाङ राई रोडमा उक्त कार पोलमा ठोक्किएर फनफनी घुमेको र झर्‍यापझिरिप भएको सीसीटीभी फुटेजमा देखिएको छ । तत्कालै उद्धारकर्ताहरु आएर चारै जनालाई त्यहाँबाट निकालेका थिए ।

मालोनको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर र अगाडि सिटमा बसेकी युवती सख्त घाइते भएका छन् । नग्न युवती सामान्य घाइते भएकी छन् । तीनै जनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमान् र श्रीमती नै वेश्यावृत्ति धन्दामा, ग्राहकसँगै पक्राउ परे

काठमाडौं, ३१ जेठ । श्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त अखडामा जाने ग्राहक झापाका मोदबहादुर कार्कीलाई पनि महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी कारबाही अघि बढाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दुई साताअघि पक्राउ गरी उनीहरूविरुद्ध मानव वेचविखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगन्ज वृत्तका डिएसपी गोबिन्द पुरीले बताए ।

उनीहरूले गोरखाका तीन किशोरीलाई जागिर लगाइदिने भन्दै उक्त गेस्ट हाउसमा राखेर जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए । २० वैशाखदेखि २ जेठसम्म आफूहरूलाई वेश्यावृत्तिमा लगाइएको उनीहरूले बताएका छन् । १० जेठमा उजुरी परेपछि प्रहरीले गेस्ट हाउसमा छापा मारी चारजनालाई पक्राउ गरेको हो ।

५६ मिनेटमा पैदलै घुमेर सकिन्छ यो देश

पैदल हिँडेरै केही मिनेटमै एउटा पूरै देश घुम्न सम्भव होला ? सुन्दैमा अचम्म लाग्नसक्छ, एउटा यस्तो देश पनि छ दुनियामा जुन ५६ मिनेटमा पैदलै घुमेर सकिन्छ ।

फ्रान्स नजिकै रहेको मोनाको नामक देश दुनियाको दोश्रो सानो देश हो । यो देश फर्मुला वान कार दौड, ग्लामरस क्यासिनो, शुन्य आयकर, सुरक्षा तथा सुविधा अनि चौबिस घण्टे बजारका लागि चर्चित छ । यो देशको क्षेत्रमा केवल १.९५ वर्ग किलोमिटर छ । त्यसैले १ घण्टा भन्दा पनि कम समयमा पैदलै हिँडेर यो देश पूरै घुम्न सकिन्छ ।

भुमध्यसागरको उत्तरी मध्य तटमा अवस्थित यो देशको तिनवटा दिशाको सिमा फ्रान्ससँग जोडिएको छ । यहाँ संवैधानिक राजतन्त्र छ । यो देशका सबै मानिस करोडपति छन् । यो देशको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ ।

स्मरण रहोस् विश्वको सबैभन्दा सानो देश चाहीँ भ्याटिकन सिटी हो । जसको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर रहेको छ । जुन मोनाको भन्दा निकै सानो हो ।

एजेन्सी

यो हो विश्वकै पहिलो नग्न बस्ती

विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ? पत्यार नलाग्न सक्छ, यस्तो निर्वस्त्र वस्ती दुनियामा सबैभन्दा पहिले छिमेकी देश भारतमा बसेको हो ।

 

झण्डै १२५ वर्ष पहिले अर्थात् सन् १८९१ मा भारतको मुम्बई नजिकै रहेको थाणेमा विश्वकै पहिलो न्युडिस्ट कोलोनी अर्थात् नग्न बस्ती बसेको थियो ।

उक्त नग्न बस्तीको नाम थियो, द फेलोसिप अफ द नेकेड ट्रस्ट । संस्थापक थिए, चाल्र्स एडवार्ड गार्डन क्रार्फड । उनी तत्कालीन न्यायाधीश पनि थिए ।

एडवर्ड कारपेन्टर नामका व्यक्ति चाहीँ भिक्टोरियाकालीन बेलायतमा कर्मी थिए । उनलाई गे गुरु पनि भनिन्थ्यो । भारतका रविन्द्रनाथ टेंगोरसँग उनको दोस्ती भयो । एडवर्डले चाल्र्सद्धारा लिखित चारवटा पत्र फेला पारे । जसमा चाल्र्सले आफुले खोलेको फेलोसिप अफ नेकेड ट्रस्टको नाम उल्लेख गरेका थिए ।

यो न्युडिस्ट क्लब निकै सानो थियो । जसमा तीनजना सदस्य थिए । चाल्र्स क्रार्फड, एन्ड्रू र केलग काल्डरवुड । चाल्र्स एक विदुर थिए भने अन्य दुईजना एक मिसनरीका छोराहरु । पछि एक अर्की महिलाले पनि यो न्युडिस्ट क्लबको सदस्यता लिन चाहेकी थिइन् तर दिइएन ।

चाल्र्सले आफ्नो पत्रमा लेखेका छन्ः हामीले दुई दिनको विदा कपडा नलगाइकन मनाउँथ्यौँ । बिहानदेखि रातिसम्म नांगै बस्थ्यौं । त्यसक्रममा घरका कामदारलाई पनि विदा दिन्थें ।

तर त्यसको एकवर्ष भित्रैमा चाल्र्सले एथेल नामक एक महिलासँग पुनर्विवाह गरेर रत्नागिरी गए । त्यसपछि उक्त निर्वस्त्र वस्ती बन्द भयो ।

एजेन्सी

अब रक्सीको बोतल बोक्नै परेन, चिनले बनायो वाइन राख्ने लेडिज ब्याग

वाइन पारखी महिला मित्रहरु, तपाइँको विन्ती सायद सुनियो क्यारे । त्यसैले यस्तो लेडिज ब्याग बनाइएको छ जहाँ दुई गिलास वाइन खन्याउन सकिन्छ ।

 

द बेल्ला विटा नामक उक्त लेडिज पर्समा वाइन खन्याउने एउटा धारो छ भने ब्यागभित्र झण्डै डेढ लिटर वाइन अट्ने कोठा छ ।

यो वाइन ब्यागलाई ७७ डलर मूल्इ तोकिएको छ । फेसन र स्टाइलमा ध्यान दिने वाइनका पारखी युवती तथा महिलाहरुको हितलाई ध्यानमा राख्दै यो ब्यागको डिजाइन गरिएको हो ।

बेला बिटाका सर्जक हुन् गुनर ह्यामरबेक र मेरिसा चाइना । अमेरिकाको एरिजोनामा रहेको बेला बिटा कम्पनी खासगरी वाइन तथा फूडका लागि प्याकिङ र एसेसरिज डिजाइन गर्ने गर्दछ ।

वाइन ब्याग चाहीँ यसको सबैभन्दा पछिल्लो सिर्जना हो । वाइनका पारखीहरुले कहीँ डुल्ज जाँदा यो झोलाको माथिल्लो भागमा रहेको प्वालबाट वाइन खन्याउनेछन् र आफुले चाहेको बेला झोलाको मुनिपट्टि रहेको धारो खोलेर वाइन ग्लासमा थापेर वाइन पिउन सक्नेछन् । हेरौँ यो गज्जबको वाइन ब्यागका केही तस्वीरहरु एजेन्सी

हेर्नुस् यस्तो छ कुकुरको क्याटवाक (फोटो फिचर)

र्याम्पमा सुन्दरी मोडेलहरु क्याटवाक गरेको त देख्नुभएकै होला । तर रुसमा भने युवतीहरु होइन कुकुरहरु क्याटवाकमा उत्रिए ।

रुसका पिटर्सबर्गमा भएको वाषिर्क पहिरन परेडमा एक सय भन्दा धेरै कुकुरहरु विभिन्न पहिरनमा सजिएर सडकमै क्याटवाक गरे ।

कुकुरहरुले अनेक खालका परम्परागत पहिरनहरु समेत लगाएका र केही पहिरनको धार्मिक अर्थ पनि थियो ।

एउटा कुकुर चाहीँ चर्चित फिल्म पाइरेट्स अफ क्यारेबियनको पात्र क्याप्टेन ज्याक स्प्यारोको स्वरुपमा थियो ।

कतिपय कुकुर टाउकोमा टोपी लगाएर क्याटवाकमा ओर्लिए भने कतिपयले फूलका गुच्छारुपी पहिरनमा सजिएका थिए । एउटा कुकुर तिब्बती पहिरनमा थियो भने एउटा चाहीँ गाइजस्तै रुपरंगको पहिरनमा ।

भ्यासिलेभ्स्की टापुमा शनिवार भएको उक्त समारोहमा कुकुरहरुको लर्को झण्डै २४ मिटर लामो भएको थियो ।

महिलालाई किन दिइँदैछ उठेरै पिसाब गर्ने तालिम ?

training

महिलाहरुका लागि सार्वजनिक शौचालयको प्रयोग साँच्चीकै कष्टकर हुन्छ । सार्वजनिक शौचालय फोहोर हुने हुनाले बसेर पिसाब फेर्नुपर्ने महिलाका लागि संक्रमण तथा जिउमा फोहोर लाग्ने जोखिम हुन्छ । त्यसैले धेरै महिलाहरु सार्वज्निक शौचालयमा पिसाब नगरी पिसाब रोकेरै बस्न जाती मान्छन् ।

महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।

 

समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ ।

यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले आफ्नो मुत्रांगमा राखेर पिसाब फेर्न सक्दछन् । यसरी फेरेको पिसाब उक्त नली हुँदै ट्वाइलेट सम्म पुग्दछ । प्रयोग गरिसकेपछि यो नलीलाई फ्याँक्न सकिन्छ । यो नलीको प्रयोगपछि महिलाहरुलाई फोहोर शौचालयमा पिसाब गर्नका लागि समेत बस्नुपर्ने बाध्यता हुनेछैन ।

विज्ञहरुका अनुसार लामो समयसम्म पिसाब रोक्नुपर्ने बाध्यताका कारण विश्वका करोडौँ महिलाहरु मूत्रनलीको संक्रमणबाट ग्रसित हुने गर्दछन् । यदि महिलालाई उठेरै पिसाब गर्न मिल्ने उक्त नलीलाई कम मूल्यमा उपलब्ध गराउन सकियो र यसको प्रयोग व्यापक बनाइयो भने महिलाहरुमा युटीआइको समस्या निकै कम हुने बताइएको छ ।
एजेन्सी