Home / बिचित्र संसार (page 10)

बिचित्र संसार

जन्मियो अनौठो बच्चा, जन्मिने बित्तिकै बस्न थाल्यो

भारतमा एउटा अर्को अनौठो घटना भएको छ । बिहार राज्यको पूणिर्या जिल्लास्थित पहाड टोलमा रहेको मीरगन्ज अस्पतालमा हालै एउटा अद्भुत बच्चा जनिमएको छ । उक्त बच्चा जन्मिनेबित्तिकै टुसुक्क बसेको छ ।bhir-purniya-child-

जन्मिने बित्तिकै बच्चा बसेको देखेर त्यहाँका डाक्टर तथा नर्स सबै आत्तिए  र वरिष्ठ डाक्टरहरुलाई खबर गरे ।

यस्तो अनौठो खबर सुनेसँगै वरिष्ठ डाक्टरहरु पनि उक्त अद्भुत बच्चा र उसको आमालाई हेर्न गए । एक कान दुइ कान मैदान हुँदै खबर फैलियो र अस्पतालमा एकाएक ठूलो भिड जम्मा भयो बच्चा हेर्नेहरुको ।

स्थानीय चहबज्जा गाउँका ऋषि कुमारकी श्रीमती शान्ति देवीले शुक्रबार बिहान अस्पतालमा यस्तो बच्चा जन्माएकी हुन् । बच्चाको अनुहार तथा टाउको निकै अनौठो छ ।

टाउकोको माथिल्लो भागमा रातो मासुको डल्ला बाहिर निस्केको छ र अनुहार पूरै रातो छ । बच्चाका आँखा पनि भ्यागुताका जस्तै बाहिर निस्किएका छन् ।

समागम गर्दा गर्दै युबकको भाँचियो लिंग !

सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक।
भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको जर्नलमा जनाइएअनुसार भारतका डाक्टरहरूले खतरनाक पारामा लिंग फ्य्राक्चर भएको केसको सामना गरेका छन्। सेक्सका क्रममा एक युवकको लिंग बीचमा भाँचिएर खप्टिएजस्तै अवस्थामा पुगेको जर्नलमा जनाइएको छ।
‘म आक्रामक पारामा तीव्र गतिमा सेक्स गरिरहेको थिएँ। त्यत्तिकैमा तलतिरबाट ‘कडक्क’ गरेको आवाज आउने र बेस्कन दुख्ने एकसाथ भयो। यसो हेरेको त मेरो लिंग भाँचिएर फोल्डजस्तै भएको रहेछ,’ ती युवकलाई उद्धृत गर्दै जर्नलमा भनिएको छ।
त्यसपछि ती युवक अस्पताल पुगेका थिए। अस्पताल पुग्दा उनको लिंग मसिनो र कालो भइसकेको थियो। ‘उनको अवस्थालाई मेडिकल साइन्समा ‘एगप्लान्ड डिफर्मिटी’ भनिन्छ, जहाँ लिंगमा भएका दुईमध्ये एक ट्युब भाँचिन्छ र लिंग उत्तेजित गराउने गरी रक्तसञ्चार हुन पाउँदैन। भाँचिएको ठाउँ जडान गर्ने कामसमेत भइसकेको छ,’ जर्नलमा भनिएको छ।
सेक्सका क्रममा लिंग भाँचिएको घटना बेलाबेलामा आउने गर्छ। खासगरी महिला माथि र पुरुष तल भएर सेक्स गर्दा होश पुर्‍याइएन भने लिंग भाँचिने जोखिम बढी हुने डाक्टरहरूको भनाइ छ।
नागरिक न्युज

रक्सीको नशामा सिंहसँग हात मिलाउन गएपछि…

यो दुनियाका कोही मानिस विचित्रकै हुन्छन् । केही समय पहिले भारतमा एकजना जँड्याहासँग हात्ति डराएर भागेको र जँड्याहाले जंगली हात्तिलाई लखेटेको समाचार आएको थियो ।man-in-zoo

दक्षिण अमेरिकी देश चिलीमा आत्महत्या गर्नका लागि एक युवकल नांगै चिडियाखानाको सिंहको खोरमा हाम फाल्दा दुइवटा सिंहलार्य नै गोली हान्नुपरेको समाचार हिजो मात्र अनलाइन खबरमा पढ्नुभएकै छ । अहिले फेरि अर्को यस्तै खबर आएको छ ।
भारतको हैदरावादस्थित नेहरु चिडियाखानमा रक्सीको नशाले चूर भएका एक मानिस पोथी सिंहसँग हात मिलाउन भन्दै सिंहको खोरभित्र छिरेका छन् ।

राजस्थानको सीकर जिल्लाका मुकेश नामका ती ३५ वषर्ीय युवक सुरक्षाकर्मीहरुको चेतावनीका बाबजुत सिंहलाई राखिएको ठाउँको पर्खाल पार गरेर भित्र छिरेर सिंहिनीसँग हात मागिरहेका छन् । धन्न सिंहले उनलाई तत्कालै आक्रमण गरेन र उनलाई सुरक्षित रुपमा बाहिर निकालियो ।

चिडियाखानाका अनुसार त्यहाँ भित्र राधिका नामको पोथी सिंह थियो । सिंहको रेखदेख गर्ने आर पपैया नामका व्यक्तिले सिंहको ठाउँमा घुसेका मुकेशलाई सुरक्षित साथ बाहिर निकाल्न सफल भए । मुकेशले सिंहिनीसँग हात मागिरहेको थियो र आफ्नो हात अघि बढाएको थियो । उक्त सिंह पनि मुकेशतर्फ अघि बढिरहेकेा थियो । तर पपैयाले तत्कालै सिंहलाई अन्तै मोडिदियो र मुकेशको ज्यान जोगियो ।

मुकेशलाई बाहिर ल्याइसकेपछि जाँच गर्दा ऊ रक्सीकेा नशाले चूर भएको पाइयो । उसलाई पुलिसको जिम्मा लगाइएको छ ।
रेलवेको जागिर गर्ने मुकेशमाथि घुसपैठको मुद्धा दायर गरिएको छ ।

एक युवतीको शरीरको छालामरेर निस्केको धुलो दुई बाल्टिन !

एजेन्सी, एक युवतीको शरीरको छालाबाट निस्केको धुलो जम्मा गर्दा सात महिनामा दुईवटा जार भरिएको छ । २७ बर्षकी ब्रियना बानोसको अनुहार टाउको तथा शरीरका अंगबाट छाला मरेर निस्कने धुलोले दुईजार भरिएको छ ।face-dust

उनले चिकित्सकको गलत उपचारले यस्तो समस्या भएको दावि गरेकी छन् । उनी भन्छिन्, ‘मलाई स्टेरोइड क्रिम लगाउन भनियो जसले समस्या निको हुनु भन्दा झनै बल्झायो ।’

बानोसले अनुहार तथा शरीरका विभिन्न अंगबाट निस्कने धुलो भ्याकुमको सहायताले एक ठाँउमा थुपार्छिन । त्यसरी थुपारेको धुलो सात महिनाको अवधीमा दुईवटा जार भरिने गरी भएको बताइन ।

इक्वेजेमा नामक छालाको समस्याबाट पिडित ब्रिनियालाई लगभग तीन वर्षसम्म स्टेरोइड क्रिमप्रयोग गर्ने सुझाव डाक्टरहरुले दिएका थिए । सुझावअनुसार उनले स्टोरोइड क्रिमप्रयो गर्न थालिन् तर एक दिन स्टोरोइड गर्न बिर्सिदा उनको छालाबाट धूलो आएजस्तो भयो । उनलाई शंका लागेर स्टोरोइड क्रिम प्रयोग बन्द गरिन् । तर छालाबाट मृत धूलो पैदा हुने क्रम झन् बढन् थाल्यो ।

उनले दैनिक आफ्नो कपडा, ओछ्यानबाट मृत छालाको धूलो टक टक्याउन पर्ने अवस्था आयो । कपाल खस्ने समस्या पनि देखिन थालेपछि टाउको पनि मुडुलो पार्न बिबश भइन् ।

यही क्रममा करीव सात महिनामा उनले आफ्नो छालाको धूलो दुई जार संकलन गरिन् । करीव एक वर्ष सम्म उनी कोठाबाट बाहिर निस्कने सक्ने अवस्थामा थिइनन् । हिड्दा चल्दा अथवा केही काम गर्दा समेत छाला खुइलिएकी धूलो निस्कने गथ्र्यो ।

परीक्षण गर्दा यो बै पछाडिको कारण स्टेरोइड क्रिम हो भन्ने देखियो । उनको छालाको समस्या हटाउन स्टेरोइड क्रिम प्रयोग गरियो तर यो क्रिम प्रयोग गर्न बन्द गर्दा छालाले प्रतिक्रियामा जनाई यस्तो समस्या आएको पुष्टि भयो । स्टेरोइड क्रिमको यहि प्रतिक्रियाको खतराको बारेमा जनचेतना जगाउन उनले मृत छालाको धूलो संकलन गरेको बताईन् ।
briyana-banos

करीव एक वर्षपछि अहिले आएर उनको यो समस्या आफै बिस्तारै ठिक हुँदै गएको छ । पुरै छाला खुइलिने समस्या अहिले शरीरका केहीभागमा मात्र सिमित भएको छ । र उनी अहिले आफ्नो दैनिक क्रियाकलापमा भागलिन सक्ने भएकी छिन् ।

जब सोनु निगमले भिखारी बनेर सडकमा गाउन थाले (भिडियो सहित)

 

भारतको मुम्बइस्थित व्यस्त सहरमा हालै एकजना नयाँ भिखारी देखा पर्यो । हार्मोनियम साथ सडमा उत्रिएको उक्त भिखारीको स्वर गज्जब राम्रो थियो । त्यसैले सडक छेउँमा बसेर उसले गाउन थालेपछि गीत सुन्नेको ठूलो भिड जम्मा भयो ।

कालो चश्मा गाएको, दाह्रीजुँगा नखौरेको, झुत्रे जस्तो देखिने उक्त भिखारी गायकको गीत सुन्न झुम्मिएका मानिसहरुले गाउने क्रममा नै उसलाई विभिन्न कुरा सोधे । खाना खायौँ भनेर सोधे र उसले गाएको गित रेकर्ड पनि गरे ।

एकजना बटुवाले त भिखारी गायकलाई १२ रुपैयाँ भारु भिख दिएर पनि गए । मानिसहरु त्या भिखारी गायकको स्वरमा यति मग्न भए कि त्यो मान्छे भारतको चर्चित गायक हो भन्ने कुराको सुइाको पाएनन् ।

भिखारी गायकको रुपमा सडकमा उत्रिएका मान्छे थिए उनै चर्चित गायक सोनु निगम । सोनु निगम हालै मुइबइको जुहु इलाकामा भेष बदलेर सडकमा आए । सडकको किनारमा बसेर गीत गाउन सुरु गरे ।

उनको गीत निकै मिठो लागेपछि मानिसहरु सुन्नका लागि झुम्मिए । तर मानिसहरु गीतमा यति मग्न भए की त्यो मान्छे सोनु निगम हो भन्ने चिन्न सकेनन् । अनुमान गर्नै सकेनन् । कसैले त मलाई चिन्छ की भन्ने आशंका उनमा थियो । तर अहँ, कसैले चिनेन ।

वास्तवमा चर्चित यु ट्युब च्यानल बिइंग इण्डियाको एक अभियानका रुपमा सोनु यसरी भिखारीको भेष बनाएर सडकमा उत्रिएका थिए ।

सडकमा गाएको उनको रोडसाइड उस्ताज नामको भिडियोमा सोनुले कल हो ना हो देखि लिएर विभिन्न लोकप्रिय गित गजलहरु गाएको देख्न सकिन्छ ।

जब सुन्दरता नजिकै कुनै कुनामा भएको बेला इण्डियनहरुले सुन्दरताप्रति कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा पत्ता लगाउन सोनु निगमलाई सडकमा झारिएको बिइंग इण्डियाले जनाएको छ ।

हेरौँ भिडियो

जहाँ महिलालाई भित्री वस्त्र लगाउन मनाही छ

समाचारको शीर्षक पढ्दैमा तपाइँ छक्क पर्नुभयो होला । अहिलेको दुनियामा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।

तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न त उनीहरुलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै ।Females-Are-Not-Allowed-To-Wear-Undergarments

यति भनिसकेपछि महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडिएका कुनै देशहरुमा होला भन्ने लख काट्नुभयो होला । तर होइन । दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ ।

अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ ।

महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ ।

अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ ।

सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने  र  सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

 

७० वर्षकी महिलाले बच्चा जन्माइन्, ७९ वर्षका वृद्ध बाउ बने

महिनावारी सुकेपछि महिलाहरुले प्राकृतिक रुपमा बच्चा जन्माउन असम्भव हुन्छ र सामान्यतया ४५।५० वर्षमा महिलाको महिनावारी सुक्दछ । तर भारतकी एक महिलाले भने ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्व किर्तिमान कायम गरेकी छिन् ।

bachhaभारतको हरियाणास्थित एक निसन्तान क्लिनिकमा टेस्टट्युब प्रविधिबाट हालै ७० वर्षकी दालजिन्दर कौरले छोरा जन्माएकी हुन् ।

यति बुढो उमेरमा सन्तानको के रहर जाग्या होला ? भन्ने मानिसहरुलाई जवाफ दिँदै उनले आफु बच्चा पाउनका लागि खासै बुढो नभएको भन्दै छोरो आएसँगै परिवारले पूर्णता पाएको बताइन् । नवजात छोराको नाम अरमान राखिएको छ ।

७९ वर्षमा बाउ बन्न सफल भएका मोहिन्दर सिंह गिलले आफुहरु बुढा भएका कारण छोराको हेरचाह कसले गर्ला भनेर चिन्तित नभएको भन्दै इश्वरले सबै चिज हेर्ने बताउँछन् ।

हरियाणाको नेसनल फर्टिलिटी एण्ड टेस्टट्युब सेन्टरमा जन्मिएको उक्त शिशु जन्मिँदा २ केजी तौलको थियो । गत अपि्रल १९ मा उक्त शिशु जन्मिएको र हाल ऊ स्वस्थ रहेको बताइएको छ ।

४६ वर्षअघि बिहे गरेको दम्पत्तिले यो उमेरसम्म आइपुग्दा समेत बच्चा नजन्मिएपछि सन्तानको माया मारिसकेको थियो । तर आफुहरुको प्रार्थना इशवरले सुनेको र आफुहरुलाई सन्तानलाभ भएको भन्दै उनीहरुले खुसी मनाइरहेका छन् ।

प्रार्कतिक तवरले गर्भाधान हुन नसकेपछि निरास जिवन बिताएका उनीहरुले सन् २०१३ देखि बच्चाको आशामा टेस्टट्युब बेबी केन्द्रमा धाउन थालेका र्थिए । दुइपटक उनको पाठेघरमा गर्भाधान गर्ने प्रयास असफल भएपनि गत जुलाइमा कृत्तिम गर्भाधान सफल भएको थियो ।

७० वर्षको उमेरमा बच्चा जन्माउने दालजिन्दर विश्वमा सबैभन्दा पाको उमेरमा आमा बन्ने महिला बन्न सफल भएकी छिन् । यसअघि यो उपाधि भारतकै राजोदेवी लोहानको नाउँमा थियो । उनले पनि ७० वर्षकै उमेरमा बच्चा जन्माएकी थिइन् ।

ऋण तिर्न नसक्दा साहुलाई आफ्नै श्रीमती सुम्पिएपछि…

Marriage

एजेन्सी । तपाईले ऋण तिर्न नसकेको खबर त सुन्नुभएकै होला तर, यस्तो पहिलोपटक भएको छ कि एक व्यक्तिले साहुको पैसा फिर्ता गर्न नसकेपछि आफ्नै श्रीमती र बालबच्चा सुम्पिएका छन् ।

घटना भारतस्थित नालन्दा जिल्लाको नारजपुरको गाउँको हो । यहाँका हिमांशु प्रसाद सुमन नामका युवकले आफ्नो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए । त्यसपछि सुमनले एक युवतीसँग प्रेम गरे र उनैसँग विहे पनि गरे । तर, यो प्रेम सम्बन्धको समयमा उनले लिएको ऋणको ब्याज पनि बढ्यो । साहुले जब उनीसँग साहु ब्याजसहित ऋण फिर्ता मागे तब उनले आफ्नी श्रीमती र दुई सन्तानलाई ऋणको बदला दिने प्रस्ताव गरे जसलाई साहुले स्वीकार गरे ।

दुबैको सहमतिमा सुमनले आफ्नी श्रीमतीको विहे साहु सवान कुमारसँग गरिदिए । र बच्चाका साथ श्रीमतीलाई अन्माएर पठाए । यो घटना पुरै इलाकामा जंगलमा आगो लागेजसरी फैलिरहेको छ । तर, गाउँलेहरु यस्तो लज्जित कार्यप्रति बोल्न मानिरहेका छैनन् ।

ऋणको बहानामा श्रीमतीबाट मिल्यो छुटकारा

समाचार अनुसार ऋण लिनेदिने चक्करमा साहु सावन कुमार सुमनको घर आउजाउ गरिरहन्थे । स्थानीयहरुको भनाई अनुसार साहु सावन कुमार र सुमनकी श्रीमतीबीच निकटता बढ्दै थियो । सुमनले ऋण तिर्ने बहानामा यो खेल खेले जसले उनको ऋण पनि चुक्ता भयो र श्रीमती र सावनकुमारको सम्बन्धबाट पनि उनले छुटकारा पाए ।

 

अब यो स्मार्ट गहनाले महिलालाई बचाउनेछ हिंसाबाट

यौनहिंसाका धेरैजसो घटनामा या त महिलाले आफ्नो सुरक्षा नै गर्न पाउँदैनन्, या त ज्यान बचाएर भाग्ने कोसिस गर्दछन् ।
हिंसाको डरले घरभित्रै बसेर पनि भएन, तर मनमा भने सधै डर पालेरै हिड्नुपर्छ ।leaf_safer1

तर अब भने एउटा गहनाले महिलाको यो त्रासलाई दूर गरिदिनेछ । जसलाई प्रयोग गर्ने महिलाहरु यौन हिंसा वा दुव्र्यवहारबाट बच्न सक्दछन् ।

भारतको नयाँदिल्लीका विद्यार्थीहरुको एक समूहले आफ्नो पढाइकै प्रोजेक्टको रुपमा यो नयाँ रक्षाकवच गहना बनाएका हुन् ।

राष्ट्रसंघको रिपोर्टमा दुनियामा हरेक तेह्र सेकेण्डमा एकजना महिलामाथि यौनहिंसा हुने गरेको तथा भारतमा हरेक २३ सेकेण्डमा एकजना महिला यौनहिंसाको सिकार हुने गरेको तथ्य देखेपछि उनीहरुलाई महिला सुरक्षामा केही गर्ने आँट जाग्यो ।

भिडभाडयुक्त सहरमा बलात्कार या अपहरणका घटना आइरहन्छन् । यावत् घटनाहरुलाई मध्यनजर गर्दै पाँच जना इन्जिनियर विद्यार्थीहरुले सन् २०१४ मा लिफ वेयरेबल्स नामक गहना प्रोजेक्ट सुरु गरे ।

विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताबाट पुरस्कृत हुँदै उनीहरुले आफ्नो परियोजनाका लागि अढाइ लाख अमेरिकी डलर रकम जम्मा गर्न सफल भए र कम्पनीको लागि सुरुवाती पुँजी तयार पारे ।

उनीहरुको कम्पनीले लकेट, ब्रासलेट, सिक्री तथा साँचोको चेन लगायतका चिज बनाउने गर्छ । ती चिजमा एउटा सानो गोलाकार मेसिन छ, जसको नाम सेफर हो ।

कम्पनीले उत्पादन गर्ने लकेट, ब्रासलेट वा कि चेन प्रयोग गर्ने महिलाले यदि आफुलाई जोखिमयुक्त वातावरणमा पाए भने तुरुन्तै सेफरको बटन दबाउन सक्दछन् ।

यसो गरेसँगै उनीहरुको परिवार वा साथीहरुकोमा खतरा सूचक एसएमएस पुग्दछ । यो डिभाइसमा जोडिएको एपमा जिपिएस कनेक्सन पनि हुन्छ जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो लोकेसन तथा समयको जानकारी पनि दिन सक्दछ

। त्यसैले परिवार तथा मित्रहरुले खतरामा परेका महिलाहरुलाई ट्रयाक गर्न सक्दछन् । डिभाइसमा नजिकैको पुलिस वा अस्पतालको बारेमा जानकारी पनि दिइएको हुन्छ । यो स्मार्ट गहनको मूल्य ३ देखि ५ हजार भारुसम्म तोकिएको छ ।

सुनै सुनको कपडा लगाउनेको नाम गिनिज बुकमा दर्ज

gold-shirt

आखिर सुनैको कपडा लगाएपछि दुनियामा किर्तिमान राख्नका लागि अरु केही पौरख गर्नु पर्दोरहेनछ । भारतका एक धनाढ्य व्यापारी तथा नेताले सुनै सुनको कपडा लगाएर विश्वकिर्तिमान कायम गरेका छन् ।

गोल्डेन म्यानको नामले चर्चित भारतको महाराष्ट्रस्थित नासिक जिल्ला निवासी व्यवसायी तथा नेता पंकज पारखको नाम अन्ततः गिनिज बुकमा दर्ज भएको छ ।

गत मंगलबार पारखको नाममा किर्तिमानी प्रमाणपत्र जारी भएको हो । ४७ वर्षका पारखले दुनियाको सबैभन्दा महंगो सुनको शर्ट पहिरिएका छन् । उनको शर्टको मूल्य सन् २०१४ को अगष्टको भाउ अनुसार नै ९८ लाख ३५ हजार भारु छ । अहिलेको मूल्यमा भने योे शर्टको मूल्य १ करोड ३० लाख भारु अर्थात् २ करोड नेपाली रुपैयाँ भन्दा बढि पर्दछ ।

गार्मेन्ट उद्योगी तथा स्थानीय नेता पारख नासिक जिल्लास्थित येयोला सहरका उपमेयर पनि हुन् । उनलाई गिनिज बुकमा नाम लेखाएको सुनको शर्टको तौल ४.१० किलोग्राम छ ।

यो बहुमूल्य शर्टका अलावा पारखसँग एउटा सुनको घडी, धेरै सुनका सिक्री, औठी, एउटा सुनको मोबाइल कभर तथा सुनकै फ्रेम भएको चश्मा पनि छ । यी सबै गरेर उनीसँग कुल १० किलो सुन छ ।

आफ्ना सबै सुनका चिज पहिरिएर सहरको सडकमा निस्किँदा उनले एउटा रिभल्वर लिएर हिँड्छन् । साथै सुरक्षाका लागि निजि सुरक्षाकर्मी पनि सँगै लग्दछन् ।

पारखले दुइ वर्ष पहिले आफ्नो ४५ औँ जन्मदिनको अवसरमा सुनको शर्ट तयार पारेका थिए । आफुलाई स्कुल अवस्थादेखि नै सुनप्रति प्रेम रहेको र सो प्रेम समय बित्दै जाँदा शौखमा परिणत भएको उनी बताउँछन् ।