Home / बिचित्र संसार (page 12)

बिचित्र संसार

सुनै सुनको कपडा लगाउनेको नाम गिनिज बुकमा दर्ज

gold-shirt

आखिर सुनैको कपडा लगाएपछि दुनियामा किर्तिमान राख्नका लागि अरु केही पौरख गर्नु पर्दोरहेनछ । भारतका एक धनाढ्य व्यापारी तथा नेताले सुनै सुनको कपडा लगाएर विश्वकिर्तिमान कायम गरेका छन् ।

गोल्डेन म्यानको नामले चर्चित भारतको महाराष्ट्रस्थित नासिक जिल्ला निवासी व्यवसायी तथा नेता पंकज पारखको नाम अन्ततः गिनिज बुकमा दर्ज भएको छ ।

गत मंगलबार पारखको नाममा किर्तिमानी प्रमाणपत्र जारी भएको हो । ४७ वर्षका पारखले दुनियाको सबैभन्दा महंगो सुनको शर्ट पहिरिएका छन् । उनको शर्टको मूल्य सन् २०१४ को अगष्टको भाउ अनुसार नै ९८ लाख ३५ हजार भारु छ । अहिलेको मूल्यमा भने योे शर्टको मूल्य १ करोड ३० लाख भारु अर्थात् २ करोड नेपाली रुपैयाँ भन्दा बढि पर्दछ ।

गार्मेन्ट उद्योगी तथा स्थानीय नेता पारख नासिक जिल्लास्थित येयोला सहरका उपमेयर पनि हुन् । उनलाई गिनिज बुकमा नाम लेखाएको सुनको शर्टको तौल ४.१० किलोग्राम छ ।

यो बहुमूल्य शर्टका अलावा पारखसँग एउटा सुनको घडी, धेरै सुनका सिक्री, औठी, एउटा सुनको मोबाइल कभर तथा सुनकै फ्रेम भएको चश्मा पनि छ । यी सबै गरेर उनीसँग कुल १० किलो सुन छ ।

आफ्ना सबै सुनका चिज पहिरिएर सहरको सडकमा निस्किँदा उनले एउटा रिभल्वर लिएर हिँड्छन् । साथै सुरक्षाका लागि निजि सुरक्षाकर्मी पनि सँगै लग्दछन् ।

पारखले दुइ वर्ष पहिले आफ्नो ४५ औँ जन्मदिनको अवसरमा सुनको शर्ट तयार पारेका थिए । आफुलाई स्कुल अवस्थादेखि नै सुनप्रति प्रेम रहेको र सो प्रेम समय बित्दै जाँदा शौखमा परिणत भएको उनी बताउँछन् ।

यी हुन् प्रेमिकासँगै महिनावारी हुने युवक ! बिचित्र खवर

मासिक चक्र महिलामा मात्र हुन्छ । रजश्वलाका बेला कतिपय महिलालाई पेट दुख्ने लगायतका समस्या देखा पर्दछन् । तर रजश्वलाको पीडा केवल महिलामा मात्र होइन पुरुषमा पनि हुँदोरहेछ ।mahinabaari

सायद हरेक महिना रजश्वला हुने महिलालाई जस्तो दुखाई सहनुपर्ने पुरुषको बारेमा अहिलेसम्म सुनिएको थिएन । बेलायतका जर्ज फेलोज नामका २२ वर्षीय युवकले आफुलाई मासिक रुपमा रजश्वलाको पीडा महसुस हुने गरेको बताएका छन् ।

आफ्नी गर्लफ्रेण्ड एमबर मे एलिससँग लिभिंग टुगेदरमा छन् फेलोज । जब एलिस रजश्वला हुन्छिन् र उनलाई तल्लो पेट दुख्न थाल्दछ तब फेलोजलाई पनि साँच्चीकै पेट दुख्दछ ।

पछिल्लो ३ वर्षदेखि उनलाई महिनावारी रुपमा यस्तै हुने गरेको छ । गर्लफ्रेण्ड रजश्वला भएका बेला आफ्नो पनि तल्लो पेट तथा गुप्तांग लगायतका क्षेत्रमा दुखाइ महसुस हुने गरेको उनी बताउँछन् ।

दुखाइ कहिलेकाहीँ यति बढि हुन्छ की उनले कलेज विदा लिएर घरमै बस्नुपर्छ । उनलाई गर्भवती भएकी महिलामा जस्तै मूडमा परिवर्तन हुने, सरीरमा चिडचिडाहट उत्पन्न हुने तथा रिस उठ्ने जस्ता अनुभुति पैदा हुने उनी बताउँछन् ।

आफु रक्तश्राव विना मासिक रुपमा रजश्वला हुने गरेको उनको दाबी छ । उनले आफ्नो समस्याका बारेमा डाक्टरहरुलाई पनि बताए तर डाक्टरहरुले यो वास्तविक शारीरिक समस्या नभएको र मनोवैज्ञानिक समस्या भएकाले उपचार नभएको बताए । डाक्टरहरुका अनुसार उनमा त्यो वास्तविक रजश्वलाको पीडा होइन । आफ्नी गर्लफ्रेण्ड निकै आत्मीय सम्बन्ध तथा समर्पण भएका कारण प्रेमिकालाई पीडा हुँदा उनलाई पनि त्यस्तै महसुस भएको हो ।

अनलाइनखबरबाट

छोरीसँग घात गरी यी आमाले हुनेवाला ज्वाईसँग अवैध सम्बन्ध राखेपछि…

एजेन्सी । प्रेमको नशाले न आमा देख्छ न छोरी, त समय देख्छ, न त उमेर नै ।

mom-3

यस्तै भएको छ लण्डनकी २२ वर्षीय चेल्सी होपरको जीवनमा । ३७ वर्षीय केविन स्कटसँग उनको अफेयर सुरु भएको थियो । दुबै एकदमै धेरै नजिकिए । दुबै एक अर्कासँग विहे गर्न चाहन्थे, तर केविन उनीभन्दा १५ वर्ष जेठा थिए । उनलाई डर थियो उनकी आमा जैक्लीन यो सम्बन्धलाई अस्वीकार गरिदिने छिन् । तैपनि उनले केविनलाई आमासँग भेटाइन जहाँ उनकी आमाले विहेको मञ्जुरी दिइन् ।

mom-2

अब चेल्सी आफ्नो नयाँ जिन्दगीको सपना देखिरहेकी थिइन् भने यता विस्तारै विस्तारै उनलाई आफ्नी आमा र केविनको व्यवहारमा परिवर्तन आएको महसुस भयो । एक दिन उनले केविनको फेसबुकमा कुनै महिलाको म्यासेज देखिन । खोलेर पढ्दा उनको होसै उड्यो किनकि त्यो म्यासेज उनकै आमाको थियो । म्यासेजमा जैक्लीनले केविनलाई तिमी विस्तरा तताउन पर्फेक्ट रहेछौं । मजा आयो लेखेकी थिइन् ।

छोरीले विहे गर्ने सपना सजाएका बेला आमाले भने केविनबाट आफ्नो विस्तरा नै तताइसकेकी रहेछिन् ।

mom-1

चेल्सी जब आफ्नी आमालाई सम्बन्धबारे सोध्न पुगिन तब झुठ बोलिन । तर, आमा जैक्लीनको झुट धेरैबेर टिकेन, रंगेहात समातेपछि झगडा गरिन । त्यसपछि प्रेमी केविनलाई सोध्दा केविनले उनीमाथि हातै उठाए ।

समाचार अनुसार प्रेमी र आमासँग झगडा परेर सम्बन्ध टुटेपछि चेल्सीले आत्महत्याको प्रयास गरिन् । तर, उनलाई उनका अन्य साथीहरुले त्यहाँ पुगेर बचाए र अस्पताल पुगाए ।

 

माइत गएकी श्रीमतीले शारीरिक सम्पर्क राख्न नमानेपछि…

एजेन्सी । यूपीको लखनउमा श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि एक पुरुषले आवेगमा आएर आफ्नै लिंग काटेका छन् ।

गोरखपुरुको कैंपियरजंगको महराजगञ्ज बस्ने कल्लु नामका पुरुष विगत ४ दिनदेखि गोरखपुरको कैंपियरजंग थाना क्षेत्रको करसहरी गाउँमा आफ्नो ससुरालीमा थिए । साँझको चिया नास्तापछि उनले आफ्नी श्रीमतीलाई कोठामा एक्लै हिड्न आग्रह गरे । तर, उनले मानिनन् । कल्लु बारम्बार उनलाई कोठामा आउन दबाब दिइरहे । श्रीमानको जिद्दीपछि हैरान श्रीमतीले माइती घर नै थर्किनेगरी उनलाई ठूलै स्वरमा थर्काइन् । श्रीमतीले थर्काएको सहन नसकेर आवेगमा आएर कल्लुले नजिकै रहेको चक्कु उठाएर आफ्नै गोप्य अंग लिंग काटिदिए ।

समाचार अनुसार श्रीमानलाई यस्तो घाइते अवस्थामा देखेर श्रीमतीलाई आपत पर्यो र उनले माइतीलाई घटनाबारे जानकारी गराइन् । परिवारले घाइते अवस्थामा उनलाई अस्पताल पुगाए । जहाँ गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।

 

पोर्न फिल्म हेर्ने जागिरको लागि विज्ञापन खुल्यो, तलब मासिक साढे ३ लाख

के तपाइँले कहिल्यै फिल्म हेरेर उल्टै पैसा पाएको थाहा पाउनुभएको छ ? अझ पोर्न फिल्म हेरेर पैसा पाउने भन्ने कुरा त हुनै नसक्ने जस्तो लाग्न सक्छ ।

तर अहिले एउटा यस्तो जागिरको लागि विज्ञापन खुलेको छ जसमा पोर्न फिल्म हेरेबापत लाखौँ रुपैया कमाइनेवाला छ ।

pron

हो, दुनियाको सबैभन्दा सुखी देश मानिएको डेनमार्कको एक बारले पोर्न फिल्म हेर्ने कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । धेरैका लागि यो सपना जस्तो लाग्नसक्छ ।

तर डेनमार्कको अरहसमा रहेको दी हर्नस्लेथ बारले पोर्न फिल्म हेर्ने कर्मचारी भर्ना गर्न लागेको छ  । यो जागिरमा छनोट हुने कर्मचारीले हप्तामा २० घण्टासम्म पोर्न फिल्म हेर्नुपर्नेछ ।

कर्मचारीलाई एउटा छुट्टै आरामदायी कोठाको व्यवस्था गरिनेछ जसमा एउटा कम्प्युटर, पोर्न फिल्मका थुप्रै सिडी तथा पोर्न साइटका लगइन एड्रेस पनि दिइनेछ ।

भाग्यमानी कर्मचारीले महिनाको झण्डै साढे ३ लाख रुपैयाँ बराबरको तलब पाउनेछन् । दरखास्त दिने उमेद्धार १८ वर्षभन्दा माथिको, खुल्ला हृदयको तथा अनुभवी हुनुपर्नेछ ।

उक्त बारका संस्थापकका अनुसार विज्ञापनले तहल्का नै मच्चाएको छ र ठूलो संख्यामा दरखास्त परेका छन् । हजारौँले फेसबुक तथा इमेलबाट निवेदन दिइसकेको बारले जनाएको छ । यो जागिरमा छनोट भएको कर्मचारीको पद पोर्न जे अर्थात् पिजे हुनेछ ।

आखिर उक्त बारले किन पोर्न फिल्म हेर्ने कर्मचारी भर्ना गर्दैछ भन्ने कुराको जवाफ ऊसँग पनि छैन । तर यस्तो विज्ञापन गर्नु उसको चर्चा कमाउने एउटा शैली हुनसक्छ ।

अन्धो प्रेमले चिनेन नाता : बहिनिको सिउदोमा दाजुले सिन्दुर हालेपछि …………

काठमाण्डौ ५ मंसिर । भारतको मध्यप्रदेशको छतरपुर जिल्लाको एक गाउँमा शनिबार बिहान एक प्रेम जोडी विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् । उनीहरु दुवैको गम्भीर अवस्थामा छतरपुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।fr

कसरी भयो यस्तो  ?

मूलचन्द कुशवाह (२१) र उनका मामाकी छोरी राजकुमारी (१९) बीच करिब २ वर्षदेखि प्रेम चलिरहेको थियो । मूलचन्द्र छतरपुरदेखि करिब १५ किलोमिटर टाढा मऊसहानियामा बस्थे । राजकुमारी त्यहाँभन्दा करिब ८० किलोमिटरको दुरीमा उत्तरप्रदेशको दूर चरखारी भन्ने स्थानमा बस्थिन् । शुक्रबार राजकुमारी मुलचन्द्रको घरमा आएकी थिइन् ।

उनीहरु शनिबार बिहानै घरबाट निस्किएर घुम्नका लागि भन्दै म्युजियमतर्फ गएका थिए । उनीहरु दुवै जनाले म्युजियमको पछि बसेर संगै जिउने मर्ने कसम खाए । मुलचन्द्रले राजकुमारीको माग अनुसार उनको सिउँदो भरे । दुवैजनाले आफ्ना हातमा एक अर्काको नाम लेखे । तर उनीहरु एक अर्काबीचको पारिवारिक सम्बन्ध र विवाहलाई लिएर चिन्तित थिए ।

दुवै जनाले भावनामा बगेर बिष खाए । सोही स्थानमा रहेका मानिसहरुले मुलचन्द्रको परिवारलाई जानकारी दिएपछि बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । उनीहरु दुवै जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । नेपाल शन्देसबाट

 

यो हो ११ करोडको भैँसी

एउटा भैँसीको मूल्य कति पर्ला ? ५० हजार देखि लाख, डेढलाख सम्म । तर यो दुनियामा ११ करोड मूल्य पर्ने भैँसी समेत छन् भन्दा अचम्मै नपर्ने कुरा भएन ।Buffalo

भारतको हैदरावादमा हरेक वर्ष आयोजना हुने सरदार उत्सव मेला नामक भैँसी मेला यो पटक विशेष रह्यो । कारण, मेलामा यसपटक एउटा यस्तो भैँसी ल्याइयो जसको मूल्य सुन्दा डरै लाग्छ । मुर्रा जातको त्यो भैँसीको मूल्य ७ करोड भारु तोकिएको थियो ।

११ करोड नेपाली रुपियाँ भन्दा बढि मूल्यको त्यो बहुमूल्य भैँसी हरियाणाबाट ल्याइएको हो । स्मरण रहोस् हैदरावादका यादव समुदायले हरेक वर्ष दिपावलीका अवसरमा भैँसी उत्सव मनाउने गर्छन् । जसलाई दुन्नापोथुला पांडुगाको नामले पनि चिनिन्छ ।

यो उत्सवमा भाग लिनका लागि भारतका विभिन्न ठाउँबाट मानिसहरुले आ आफ्ना भैँसी लिएर आउँदछन् । भैँसीलाई फूलमाला पहिराएर सिँगारिन्छ । साथै भैँसीको परेड पनि खेलाइन्छ ।

 

जब एयरपोर्टमा पोर्न फिल्म चल्न थाल्यो…

पोर्चुगलको लिस्वन एयरपोर्टमा हालै एउटा अनौठो तथा लज्जाजनक घटना भयो जसका कारण केही बेर …लाई भन्दा देख्नेलाई लाज भयो र सबै मानिस स्तब्ध भए ।

लिस्वन एयरपोर्टमा रहेको ठूलो टेलिभिजन स्क्रिनमा अचानक पोर्न फिल्म चल्न लागेपछि त्यहाँ रहेका मानिसहरुका एकाएक पसिना छुट्न थाले । यद्यपि टिभी स्क्रिनमा केही मिनेटका लागि मात्र पोर्न फिल्म चलेको थियो, तर केही क्षणभित्रमै एयरपोर्टमा हल्लीखल्ली मच्चियो । बिहान ३ बजे यो घटना भएको हो ।

एयरपोर्टमा पोर्न फिल्म चलेपछिको त्यहाँको रोचक अवस्थालाई एक विमान यात्रीले आफ्नो क्यामरामा कैद गर्न भ्याए । उनले उक्त भिडियो यु ट्युबमा पोष्ट गरेपछि त्यसले थप तहल्का मच्चाएको छ ।

एयरपोर्टका प्रवक्ताले अनुसार टेलिभिजनमा कुनै पोर्न फिल्मX नचलाइएको भन्दै टेलिभिजनमा स्थानीय एक च्यानल खोल्दा त्यसमा सफ्ट पोर्न प्रशारण भैरहेको हुँदा सोही प्रशारण देखिन गएको बताएका छन् ।

 

पेट्रोल सभापति, ग्यास प्रमुख अतिथि डिजेल र मटि तेल अतिथि

Capture

कार्तिक १४, २०७२- शनिबार बनेपामा अचम्मको दृश्य देखियो । अतिथि आसन ग्रहण गराउन राखिएका कुर्सीमा पेट्रोललाई सभापतिको आसनग्रहण गराइयो । ग्यासको सिलिण्डर प्रमुख अतिथि बन्यो । मिनिरल वाटरको बोतलमा भरिएको डिजेल विशेष अतिथि र मट्टितेल अतिथिको रुपमा रहे । जारी इन्धन अभावको सांकेतिक विरोध र सरकारको ध्यानाकर्षण गर्न आयोजित देउसी भैलोको दृश्य हो । श्रीकृष्ण म्युजिक प्रालिको आयोजना भएको कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटा, गायक रामहरि न्यौपाने, श्रवण रिमाल र शर्मिला श्रेष्ठले देउसीको भाकामा इन्धन उपलब्ध गराउन नसकेकोमा सरकार, दल र तीनका नेतालाई व्यङ्ग्य मिश्रित भावमा अनुरोध गरे ।

ए भन मेरा भाइ हो….. भन्दैनौं

के कति खान्छौ…. खाँदैनौं

म मागी दिउँला.. चाँहिदैन

के चाहिन्छ भन… इन्धन देऊ

इन्धन अभावले जनजीवन प्रभावित हुँदा सरकारको ध्यानाकर्षण गर्न कार्यक्रम आयोजना गरिएको गायक न्यौपानेले जानकारी दिए । देउसी गाउँदै उनीहरुले सरकारसँग बाँच्न पाउने अधिकार, शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, रासायनिक मल, बिउ मागेका थिए ।

दैनिक साढे दुई किलो खुर्सानी खान्छन् खुर्सानीका राजा

अचम्म लाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडी छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउँमा एउटा त्यस्ता मानिस बस्छन् जसले दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले उठ्नासाथ खुर्सानीले दाँत माझ्छन् । त्यसपछि ब्रेकफास्ट, लन्च र डिनरमा समेत खुर्सानी नै खान्छन् । उनले सञ्चामाध्यमलाई अन्तरवार्ता दिदैँ आफू स्पाईसी खानाको प्रेमी रहेको र खुर्सानी आफ्नो सदाबहार आहार रहेको बताएका छन् ।king-of-chillies2
उनी मासु वा अण्डा बीना खाना खान सक्छन्, तर खुर्सानी बिना कहिल्यै खाना खान सक्दैनन् । भन्छन्, धेरै मानिस बिहानै उठेर दाँत माझ्छन् । तर म आफ्नो सासलाई ताजा राख्न खुर्सानी खान्छु । मेरा लागि खुर्सानी बिनाका कुनै पनि खाना स्वदविहान हुन्छन् । उनले आफैँ विभिन्न आठथरीका खुर्सानी रोपेका छन् । दश वर्षअघि उनी खुर्सानीप्रति आशक्त भएका थिए । त्यतिबेलासम्म उनी धेरै खुर्सानी खादैँन थिए । उनको छोरा दुर्घटनामा परेपछि उनले अस्पतालमा १० हजार युआन बिल बुझाउनुपर्यो । त्यसपछि उनीसँग खाना खानका लागि पनि पैसा हुन छाड्यो । गरिबीका दिनमा उनी एकपटक सडकमा हिड्दैँ गर्दा वहोश भए । त्यसपछि उनले आफ्नो छोराको उपयुक्त स्याहार गर्नुअघि आफैँ स्वस्थ रहनुपर्ने आवश्यकता बोध गरे ।
उनले पैसा जोगाउन रेस्टुरेन्टमा गएर दुईवटा कचौरामा खुर्सानीको धुलो मात्रै मगाएका थिए । त्यसमा पानी मिसाएर खाँदा उनको पेट भरियो । तर उनको पेटमा केही गडबढी देखिएन । त्यसपछि उनले आम व्यक्तिको तुलनामा आफूले धेरै स्पाईसी खाना पचाउन सक्ने अनुभव गरे । स्वास्थमा खुर्सानीको प्रभाव राम्रो देखिएपछि उनी बिस्तारै यसतर्फ आर्कषित भए । अहिले उनी दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । दैनिक खाना खाने बेला बाहेक खाजा खाँदा तथा फुर्सदको समय काट्न पनि उनी खुर्सानी नै खान्छन् ।

एक पटक रेस्टुरेण्टमा खाना खान जाँदा उनले खुर्सानीको बोतल नै रित्याइदिए । त्यसपछि रेस्टुरेण्ट मालिकले उनीमाथि खुर्सानी चोरेको आरोप समेत लगाएका थिए । पछि उनले आरोपलाई गतल प्रमाणित गर्ने क्रममा रेस्टुरेण्टमा म्यानेजरकै सामून्न अर्को एक बोतल खुर्सानी मगाएर पुरै खाइदिए । उनको यो व्यवहारले सबै छक परेका थिए । उनी भन्छन्, डाक्टरले म अन्य मानिसजस्तै सामान्य रहेको बताएका छन् । मसँग कुनै सुपर पावर छ्रैन् । मलाई खान मनपर्छ र म धेरै खान्छु । सन् २००९ मा खुर्सानी खाने प्रतियोगिता जितेपछि उनलाई हुनान सरकारले खुर्सानीको राजा घोषणा गरेको थियो ।एक पटक रेस्टुरेण्टमा खाना खान जाँदा उनले खुर्सानीको बोतल नै रित्याइदिए । त्यसपछि रेस्टुरेण्ट मालिकले उनीमाथि खुर्सानी चोरेको आरोप समेत लगाएका थिए । पछि उनले आरोपलाई गतल प्रमाणित गर्ने क्रममा रेस्टुरेण्टमा म्यानेजरकै सामून्न अर्को एक बोतल खुर्सानी मगाएर पुरै खाइदिए । उनको यो व्यवहारले सबै छक परेका थिए । उनी भन्छन्, डाक्टरले म अन्य मानिसजस्तै सामान्य रहेको बताएका छन् । मसँग कुनै सुपर पावर छ्रैन् । मलाई खान मनपर्छ र म धेरै खान्छु । सन् २००९ मा खुर्सानी खाने प्रतियोगिता जितेपछि उनलाई हुनान सरकारले खुर्सानीको राजा घोषणा गरेको थियो ।