Home / बिचित्र संसार (page 3)

बिचित्र संसार

डोनाल्ड ट्रम्पजस्तै माछा सोसल मिडियामा भाइरल (भिडियोसहित)

चिनियाँ सोसल मिडियामा अहिले डोनाल्ड ट्रम्प माछा चर्चामा छ । माछा मार्नेहरुले जालमा पारेर समातेको एउटा माछाको मुखाकृतिको बारेमा रोचक बहस चलेको छ र त्यसलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग तुलना गरिएको छ ।

ठूलो र फुलेको मुख सहितको उक्त माछाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । यो को जस्तो देखिन्छ ? भन्ने शीर्षकमा अपलोड गरिएको उक्त भिडियो अनलाइनमा आउने बित्तिकै मानिसहरुले त्यो ट्रम्प जस्तै रहेको कुरा ठम्याइहाले । अनि ट्रम्पजस्तै मुख भएका अन्य जनावरहरुका फोटोहरु पनि एकाएक अपलोड गर्न थाले ।

भिडियो हेर्नुहोस् 

भिडियोमा मछुवारहरु आफूले समाएको उक्त माछोको बारेमा छलफल गरिरहेका छन् । उक्त माछोको जिउमा पहेँलो चिन्हहरु, ठूलो मुख तथा नाकजस्तो आकृति समेत रहेको छ ।

छटपटाइरहेको उक्त माछाको मुख खुल्ला हुनुका साथै स्वास फेर्ने गिल्स पनि हल्लिरहेको देखिन्छ एक मिनेटको उक्त भिडियोमा ।

चिनिया भिडियो सेयरिंग साइट मियाओपाइमा गत डिसेम्बर ६ मा शेयर गरिएको उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

donald-trump-and-birddonald-trump-and-animaldonald-trump-and-corn

परस्त्रीसँग सल्किने लोग्नेलाई यसरी दिइन् पत्नीले सजाय (भिडियो सहित)

china-sex

चीनमा एकजना पुरुषलाई आफ्नी पत्नीको आँखा छलेर अर्कै महिलासँग सल्किनु निकै महंगो सावित भएको छ । परस्त्रीसँग सल्किने लोग्नेलाई उनकी पत्नीले गतिलो सबक सिकाइन् ।

सजायँ स्वरुप ती महिलाले लोग्नेलाई आफ्ना ब्रा र पेन्टी लगाइदिइन् । टाउकोमा स्यानिटरी प्याड टाँसिदिइन् अनि घुँडा टेकेर बस्न लगाइन् । अनि लोग्नेलाई क्यामराको अगाडि आफ्नो गल्तीका लागि माफी माग्न लगाइन् ।

लोग्नेलाई यस्तो पहिरन तथा आसनमा राखेर पत्नीचाहीँ ओछ्यानमा बसेर लोग्नेको मोबाइल चेकजाँच समेत गरिन् । यसो गरिरहँदाको भिडियो समेत खिचेर त्यसलाई इन्टरनेटमा अपलोड गरेपछि त्यो निकै नै लोकप्रिय बनेको छ ।

भिडियोमा गुलाबी रंगका ब्रा र पेन्टी लगाएर बसेका पुरुषले माफी माग्दै भनेका छन्  मैले गल्ती गरेँ, अब यस्तो कहिल्यै गर्दिन । अबदेखि कुनै अरु महिलासँग कुरा पनि गर्दिन ।

यो गाउँका सबै मानिस छन् लखपति, तर कंगाल बनेर गाउँ छाड्नुपर्छ

कुनै गाउँ तथा सहरमा सबै मानिस धनाढ्य हुँदैनन् । कोही धनी तथा कोही गरीब हुन्छन्, स्वभाविक रुपमा । तर चीनमा यस्तो गाउँ छ जहाँका सबै मानिस लखपति छन् । तर गाउँ छाड्दा बित्तिकै उनीहरु कंगाल बन्दछन् ।

china-1पूर्वी चीनको जिगांशू प्रान्तस्थित हुक्सी गाउँको कथा हो यो । यो गाउँमा कोहीपनि मान्छे गरीब छैन । किनकी गाउँमा बस्नका लागि धेरै शर्तहरुको पालना गर्नुपर्दछ । यहाँ हरेक व्यक्तिको वार्षिक आम्दानी झण्डै डेढ लाख रुपैयाँ जति हुनैपर्छ र हरेक परिवारको डेढ करोडको हाराहारीमा बैक ब्यालेन्स । सबै गाउँलेहरुलाई सरकारले नै गाडी तथा घर उपलब्ध गराएको छ । तर यदि यहाँ बसोबास गर्ने कोही मानिस गाउँ छाडेर बसाइ सर्न चाह्यो भने आफ्नो सबै धनसम्पत्ति छाडेर खाली हात जानुपर्छ । अर्थात् लखपति मान्छे कंगाल भएर गाउँ छाड्नुपर्छ ।

सन् १९६१ म पत्ता लागेको यो गाउँमा कैयन् गगनचुम्बी भवन, कम्पनी, होटल जस्ता तमाम संरचना छन् । गाउँमा केही चिजको पनि कमी छैन । सामाजिक नियम कानून पनि कडा छ । सन् २००३ मा आर्थिक वृद्धिसँगै यो गाउँ पूरै चीनमा चर्चाको विषय बनेको थियो ।

हेरौँ सबै जनता लखपति रहेको हुक्सी गाउँका केही तस्वीरchina5china4china3china2

 

विश्वमै अनौठो मुद्दा मरेपछि जितिन् बालिकाले !

एजेन्सी । बेलायतमा एक बालिकाले आफू जिवित छँदै अदालतमा हालेको अनौठौ मुद्दा मरेपछि जितेकी छिन् । असाधारण क्यान्सर पीडित १४ बर्षीया बालिकाले आफ्नो मृत्यु पछि लासलाई फ्रिज गरेर राखिदिन माग गरेकी थिइन् ।

craonix1उनकी आमा उनको अन्तिम इच्छाको समर्थनमा थिइन् भने बाबु त्यसको बिपक्षमा । त्यसैले उनले अदालतमा मुद्दा हालिन र कानुनी लडाइँ जितिन् । उनको गएको अक्टोबरमै मृत्यु भइसकेको बीबीसीले जनाएको छ । अदालतले उनको लासबारे अन्तिम निर्णय गर्ने अधिकार उनको आमालाई नै दिएको हो ।

craonix

फैसलापछि उनको लासलाई फ्रिज गर्न अमेरिका लगिएको छ । यसरी लासलाई फ्रिजिङ गरेर राख्नुलाई क्रायोनिक भनिन्छ । यस प्रक्रियामा लासलाई शून्य देखि माइनस १ सय ३० डिग्री तापक्रममा राखिन्छ जसले गर्दा मस्तिष्क सुरक्षित राख्न सहयोग पुग्छ । यसमा पुरै शरीरलाई फ्रिज गरिएको हुन्छ ता कि लामो समयमा रोग निको भइसकेपछि मान्छे बाँच्न सक्ने संभावना रहन्छ ।

मर्ने बेलामा ति बालिकाले आफ्नो मुद्दा हेर्ने न्यायाधीशलाई चिठ्ठी लेखेर आफू लामो समय सम्म बाँच्न चाहेको भन्दै भनेकी थिइन्, ‘म जमिनमा गाडिन चाहन्न ।’ न्यायाधीश पीटर ज्याक्सन उनलाई अस्पतालमा भेट्न जाँदा उनले यो चिठ्ठी दिएकी थिइन् ।

craonix2

चिठ्ठीमा उनले भनेकी थिइन्, म भर्खर १४ बर्षको भएँ, म मर्न चाहन्न, तर म मर्ने वाला छु, तैपनि म लामो समय जिउन चाहन्छु, जुन क्रायोनिक्स प्रक्रियाबाट मात्रै संभव छ । उनले आफूलाई लागेको क्यान्सर भविष्यमा ठिक हुने र पुनर्जीवन पाउने आशा चिठ्ठीमा लेखेकी छिन् । जानकार हरुका अनुसार यदि सबै उपचार सफल भएमा उनले पुनर्जीवन पाउन दुई सय वर्ष लाग्न सक्छ ।

 

न्यायाधीस पीटरले आफ्नो फैसलामा भनेका छन्, क्रायोनिक्स सही हो या गलत यो फरक विषय हो तर आमा र बाबु बीच छोरीको लासलाई के गर्ने भन्ने विषय चाहिँ महत्वपूर्ण मानेर फैसला गरिएको हो । उनले यस्तो प्रकृतिको मुद्दा विश्वकै पहिलो भएको हुन सक्ने पनि बताएका छन् ।
के हो क्रायोनिक्स ?
क्रायोनिक्स एक विवादित प्रक्रिया हो । अहिले मानिसहरुलाई यो विषयमा धेरै जानकारी छैन । यसमा लासलाई फ्रिज गरेर राखिन्छ र फेरि जीवीत हुन सक्ने संभावान रहन्छ । यो सुविधा अमेरिका र रुसमा मात्रै छ । जहाँ लासलाई नाइट्रोजनमा धेरै कम तापक्रममा सुरक्षित राखिन्छ । यो प्रक्रियाका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

अनलाइनमा आफैंलाई विक्रीका लागि राखिन् चिनियाँ युवतीले

kaiyo

चीनमा एक युवतीले आफैंलाई बिक्रीका लागि अनलाइनमा राखेकी छिन् । उनले यसरी आफैंलाई बेच्न खोज्नुको कारण भने दर्दनाक छ ।

चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीमा राखेकी हुन् । उनले सबैभन्दा बढि बोली लगाउनेले आफूलाई किन्न सक्ने उल्लेख गरेकी छिन् । चीनमा लोकप्रिय सामाजिक सञ्जाल वि च्याटमा उनले आफूलाई चाँडोभन्दा चाँडो खरिद गर्न आग्रह गरेकी छिन् ।

कैयोले आफैंलाई बेच्नुपर्ने वाध्यतामा पुग्नुको कारण हो उनकी आमाको बिमारी । उनलाई आमाको उपचारका लागि पैसा चाहिएको छ । विपन्न परिवारकी जेठी छोरी कैयोले पैसा जुटाउने कुनै उपाय नभेटेपछि आफैंलाई विक्रीमा राखेकी हुन् । बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने कैयोले बताएकी छिन् । उनले आफ्नो फोन नम्बर पनि सेयर गरेकी छिन् ।

गरिबीको कारणले आफ्नो पढाई पूरा गर्न नसकेकी कैयो परिवारको भरणपोषणका लागि थुप्रै ठाउँमा मजदुरी गर्छिन् । उनकी आमालाई स्किन क्यान्सर भएको छ । उनलाई हाल गान्झाउ अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनको उपचारका लागि साढे तीन लाख युआन मागेको छ । यति धेरै पैसा उनको परिवारसँग छैन ।

कैयोले गरेको विज्ञापनमा धेरै समाजसेवी संस्थाहरुको ध्यानाकर्षण भएको छ । एउटा एनजिओले उक्त विज्ञापनको आधिकारिकता पुष्टि गरिसकेपछि कैयोलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । गोंग यी पाई नामको एनजिओका संस्थापक हुआङ की-लिंगले कैयोको आमाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफ्नो संस्थाले व्यहोर्ने बताए ।

यो हो दुनियाकै महँगो तरकारी, किलोको ५० हजार रुपैयाँ

gucchi-mosrum

तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला ।

दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी हो, गुच्छी च्याउ ।

नेपालका समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइने तर खासै महत्व नपाएको गुच्छी च्याउ भारतमा भने सुनको भाउमा बिक्ने गरेको छ ।खासगरी हिमाचल, कश्मीर लगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्दछ ।

भारतीय सचार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गणले युक्त छ ।

भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् । यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड सम्मै रहेको छ ।

सुतेको समयमा स्वास फेर्न समेत बिर्सिन्छिन् यी बालिका

baby

मानिसले चाहे जतिसुकै महत्वपूर्ण कामहरु गर्न किन नभुलोस् तर स्वास फेर्न भने नमरुन्जेल बिर्सिँदैन । तर यो दुनियामा एकजना यस्ती बालिका छिन् जसले साँच्चिकी स्वास फेर्न पनि भुल्छिन् । बेलायतको डेरहाममा बस्ने माइकल र काइली राम दम्पतिकी छोरी फ्यालिसिटी राम नामकी ती बालिकाले राति सुतिसकेपछि बेला बेलामा स्वास फेर्न भुल्छिन् ।

बिचरा ती बालिकाकी आमाको रातिको काम भनेको छोरीको निगरानी गरिरहनु नै हो, ता की छोरीले स्वास फेर्न नरोकुन् र लगातार स्वास फेरिरहुन् । यदि स्वास फेर्न रोकियो भने त बच्चीको ज्यानै जाने खतरा हुन्छ ।

ती बच्चीको स्वास फेर्न भुल्ने समस्यालाई चिकित्साको भाषामा अब्स्ट्रक्टिभ स्लीप एपनिया भनिन्छ । डाक्टरहरुका अनुसार यो रोग भएका बालबालिकामा सुतेको समयमा घाँटी फुल्दछ । जसका कारण स्वासनली संकुचित हुन्छ र स्वास बन्द हुन जान्छ ।

जब सुतेको समयमा यी बच्चीको स्वास बन्द हुन्छ तब उनकी आमा कायलीले कृत्रिम स्वासप्रस्वासको माध्यमबाट छोरीको स्वास प्रस्वासलाई पुनः सुचारु ग्र्दछिन् । रातभरमा कम्तिमा २० पटक ती बच्चीको स्वास रोकिन्छ ।

 

बालिका सानो उमेरकी भएको हुँदा उनलाई नियमित रुपमा स्वासप्रस्वास गराउने मेसिन प्रत्यारोपण गर्न पनि सकिएको छैन र अहिलेसम्म डाक्टरहरुले कृत्रिम स्वासप्रस्वासको प्राथमिक उपचार विधि लगायतका तरिकाहरुमै केन्द्रित भैरहेका छन् ।

लण्डनमा आएको त्यो रक्सीको सुनामी, जसले ८ जनाको ज्यान लिएको थियो

समुद्रमा आउने सुनामीको बारेमा सुनिएकै हो, जुन निकै भयानक हुन्छ र धनजनको क्षति गर्दछ । तर समद्रमा सुनामी आउँदा पानीको छाल उर्लिएझैँ जब कहीँ बियरको सुनामी आउँछ तब स्थिति के होला ? साँच्ची पियक्कडहरुलाई त मालामाल होला, किनकी बियरको छालमा लहरिँदै सोमरस पान गर्न पाइने ।

beer-floodहुनत बियरको सुनामी आउने कुरा कुनै बहुलठ्ठीपूर्ण कल्पना मात्रै लाग्नसक्छ तपाइँलाई । तर यो कुनै ठट्टा होइन । विश्वमा एउटा ठाउँ यस्तो छ जहाँ कुनैबेला बियरको भयंकर सुनामी आएर आसपासका क्षेत्र समेत तहसनहस पार्यो र १५ फिटसम्म अग्लो बियरकोे छालले केही व्यक्तिको ज्यान समेत लियो ।

यो बेलायतको घटना हो । सन् १८१४ को अक्टोबर १७ मा लण्डनको सडकहरुमा हेर्दाहेर्दै १५ फिट अग्लो बियरको छाल आयो । उक्त बियरको भयंकर सुनामीले पूरै बेलायतलाई हल्लाइदियो ।

त्यसदिन लण्डनको सडकमा १४ लाख ७० हजार लिटर बियर बगेको थियो । एउटा बियर कारखानामा भएको दुर्घटनापछि यति ठूलो परिमाणमा बियर पोखिएर सडकमा बग्दा सुनामी नै आएको थियो ।

ल्ण्डनको सेन्ट जायल्समा रहेको बियर उत्पादक कम्पनी द हर्स शू ब्रअरीको कारखानामा २२ फिट अग्लो काठको बियर राख्ने ट्यांकी थियो । उक्त बियर ट्यांकीको किला खुस्किएसँगै त्यसमा रहेको ३५ हजार ब्यारल तातो बियर पोखियो । बियरले कारखाना भत्काउँदा कारखानामा आगालागी भयो र अरु बियर ट्यांकीमा पनि विस्फोट भयो । विस्फोट यदि भयानक थियो की कारखाना ध्वस्त पार्दै बाहिर निस्किएको तातो बियरको सुनामीका कारण लण्डनका सडकमा १५ फिट सम्म अग्लो छाल उठ्यो ।

३ लाख २० हजार ग्यालेन जति बियर सडकमा बग्यो । बियरको सुनामीले एक बालिका सहित  ८ जनाको ज्यान लिएको थियो । कैयन् घरहरु बियरले बगायो ।

इो दुर्घटना यति भयंकर थियो की दुर्घटनाबाट बौरिन लण्डनलाई कैयन् महिला लाग्यो । एजेन्सी

यी हुन् विश्वकै सबैभन्दा हट गणित शिक्षिका (फोटोफिचर सहित)

worlds-hottest-maths-teacher-1

स्कुलमा पढाउनेे सुन्दर शिक्षिकाहरुमा तन्नेरी छात्रहरुको आँखा पर्नु अस्वभाविक होइन । तर एकजना शिक्षिका यस्ती छिन् जसमाथि केवल उक्त विद्यालयका छात्रहरुको मात्र होइन सबैको आँखा लागेको छ । ती शिक्षिका दुनियाकै सबैभन्दा सुन्दर गणित शिक्षिकाको रुपमा सोसल मिडियामा छाइरहेकी छिन् ।

बेलायतको मिनिस्कमा बस्ने ओक्साना नेभेसेलाया पेशाले गणित शिक्षिका हुन् । तर उनी आफ्नो शिक्षण कलाका कारण नभै आफ्नो हट फिगर तथा सुन्दरताका कारण चर्चाको शिखरमा पुगेकी छिन् ।

worlds-hottest-maths-teacher-2ओक्सानाले हालै आफ्नो मलेसिया भ्रमणका केही तस्वीरहरु सोसल मिडियामा शेयर गरिन् । ती तस्वीर यति भाइरल बने की तस्वीरहरुमा कमेन्ट तथा लाइकको बाढी नै आयो ।

आफ्नो एक हट फोटोमा उनी सनबाथ गरिरहेको अवस्थामा देखिएकी छिन् । जसमा उनले बिकिनी लगाएकी छिन् । मानिसहरुले उनको उक्त तस्वीर खुबै रुचाएका छन् |

सोसल साइटमा यी तस्वीर भाइरल बनेसँगै ओक्सानालाई विश्वकै सबैभन्दा सुन्दर र हट गणित शिक्षिका भन्न थालिएको छ । विश्वका मानिसहरुले आफ्ना तस्वीर मन पराएकोमा र आफुलाई दुनियाकै हट शिक्षिका भनेकोमा उनी मख्ख छिन् ।worlds-hottest-maths-teacher-3worlds-hottest-maths-teacher-4worlds-hottest-maths-teacher-5

संवेदनशील अंगमा बोल्ट कटर लगाउनु पर्ने यो कस्तो आपत्त !

boltcutters

यौनसाथीको उत्तम विकल्पको रुपमा सेक्स टोयहरु बजारमा छ्याप छ्याप्ती पाइन्छन् । त्यस्ता खेलौना यौन सामाग्रीको प्रयोगका थोरै सावधानी अपनाउन नसक्दा धेरै मानिसहरु अस्पताल पुग्न बाध्य छन् । यस्तै भएको थाइल्याण्डका एक पुरुषलाई ।

सेक्स टोयको प्रयोगको असावधानीका कारण थाइल्याण्डका एक पुरुषको लिंगमा अड्किएको रिङ निकाल्न बोल्टकटरकै प्रयोग गर्नु परेको छ ।

उनले सेक्सटोयको प्रयोग घरमै बसेर गरिरहेका थिए । प्रयोग गर्दा पीडा भएपछि उनले थाहा पाए कि उनको लिंगमा त रिङ अड्किरहेको रहेछ । उनले निकाल्ने प्रयास गरे तर, सकेनन् ।

उनले आकस्मित सेवामा सम्पर्क गरे र एम्बुलेन्समार्फत अस्पताल पुगे ।

boltcutters-1तस्वीरमा देखिएजस्तै अस्पतालमा २ फिट लामो बोल्टकटर र एक हेक्साको सहायताबाट लिंगमा घुसेको रिङ निकालियो । उनको अपरेसन चल्दै गर्दा उपचारका संग्लग्न चिकित्सकहरुले पनि आफ्नो हाँसो रोक्न संघर्ष गर्नुपरेको थियो । तीस बर्षीय पुरुषको परिचय गोप्य राखिएको छ ।

स्वयम्सेवी उद्धारकर्ता जाकचाई बानयेनसाकुलका अनुसार ती पुरुषले घरमै सेक्स गेमका क्रममा आफ्नो लिंगमा त्यो धातुको औंठी घुसाएका थिए । उनले थपे, ‘म यकिन हुन सकिरहेको छैन कि उनले यो रिङ कुनै पसलबाट किने कि कुनै ग्यारेजमा भेट्टाए ।’

‘तर यो रिङ उनले आफ्ना लिंगअनुसार नापेका थिएनन् । रिङ लिंगमा घुसाइसकेपछि जव उनको लिंग उत्तेजित भयो र रिङ भित्रै नराम्रोसँग अड्कियो ।’ उनले भने, ‘उनी निक्कै चिन्तित थिए । उनले अस्पतालको आकस्मिक सेवामा खवर गरेका थिए र स्वयम्सेवी उद्धारकर्ताले उनलाई अस्पतालसम्म लान सघाएका थिए । उनी निक्कै पीडामा रहेको देखिन्थे ।’

उद्धारकर्ता बानयेनसाकुलका अनुसार अस्पतालमा डाक्टरले लिंगबाट रिङ छुटाउनका लागि सुरुमा तेलको प्रयोग गरेका थिए । तर भएन ।
डाक्टरहरुले रिङ छुट्याउनका लागि सावुनपानीको झोल पनि प्रयोग गरे । यो उपाय अपनाउँदा पीडितले निक्कै पीडा महशुस गरे तर, रिङ बाहिर निस्केन ।

यतिसम्मकि डाक्टरले हेक्साको प्रयोग गरेपनि एक छेउ पनि लगाउन सकेन । त्यसपछि अन्तिम उपायको रुपमा बोल्ट कटर प्रयोग गरियो । लिंगसँगै रिङको तल्लोपटि धातु राखेर बोल्ट कटरले रिङ काटियो र लिंगबाट छुट्याइयो ।

त्यो धातुको रिङ यति बलियो थियो कि लिंगबाट त्यसलाई छुटाउन डाक्टरहरुलाई तीन घण्टा लागेको थियो । लिंगलाई उत्तेजित बनाइराख्नका लागि पुरुषहरुले सेक्स रिङको प्रयोग गर्छन् ।

भाग्यबस कुनै चोट लागेको छैन र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।