Home / बिचित्र संसार (page 4)

बिचित्र संसार

संवेदनशील अंगमा बोल्ट कटर लगाउनु पर्ने यो कस्तो आपत्त !

boltcutters

यौनसाथीको उत्तम विकल्पको रुपमा सेक्स टोयहरु बजारमा छ्याप छ्याप्ती पाइन्छन् । त्यस्ता खेलौना यौन सामाग्रीको प्रयोगका थोरै सावधानी अपनाउन नसक्दा धेरै मानिसहरु अस्पताल पुग्न बाध्य छन् । यस्तै भएको थाइल्याण्डका एक पुरुषलाई ।

सेक्स टोयको प्रयोगको असावधानीका कारण थाइल्याण्डका एक पुरुषको लिंगमा अड्किएको रिङ निकाल्न बोल्टकटरकै प्रयोग गर्नु परेको छ ।

उनले सेक्सटोयको प्रयोग घरमै बसेर गरिरहेका थिए । प्रयोग गर्दा पीडा भएपछि उनले थाहा पाए कि उनको लिंगमा त रिङ अड्किरहेको रहेछ । उनले निकाल्ने प्रयास गरे तर, सकेनन् ।

उनले आकस्मित सेवामा सम्पर्क गरे र एम्बुलेन्समार्फत अस्पताल पुगे ।

boltcutters-1तस्वीरमा देखिएजस्तै अस्पतालमा २ फिट लामो बोल्टकटर र एक हेक्साको सहायताबाट लिंगमा घुसेको रिङ निकालियो । उनको अपरेसन चल्दै गर्दा उपचारका संग्लग्न चिकित्सकहरुले पनि आफ्नो हाँसो रोक्न संघर्ष गर्नुपरेको थियो । तीस बर्षीय पुरुषको परिचय गोप्य राखिएको छ ।

स्वयम्सेवी उद्धारकर्ता जाकचाई बानयेनसाकुलका अनुसार ती पुरुषले घरमै सेक्स गेमका क्रममा आफ्नो लिंगमा त्यो धातुको औंठी घुसाएका थिए । उनले थपे, ‘म यकिन हुन सकिरहेको छैन कि उनले यो रिङ कुनै पसलबाट किने कि कुनै ग्यारेजमा भेट्टाए ।’

‘तर यो रिङ उनले आफ्ना लिंगअनुसार नापेका थिएनन् । रिङ लिंगमा घुसाइसकेपछि जव उनको लिंग उत्तेजित भयो र रिङ भित्रै नराम्रोसँग अड्कियो ।’ उनले भने, ‘उनी निक्कै चिन्तित थिए । उनले अस्पतालको आकस्मिक सेवामा खवर गरेका थिए र स्वयम्सेवी उद्धारकर्ताले उनलाई अस्पतालसम्म लान सघाएका थिए । उनी निक्कै पीडामा रहेको देखिन्थे ।’

उद्धारकर्ता बानयेनसाकुलका अनुसार अस्पतालमा डाक्टरले लिंगबाट रिङ छुटाउनका लागि सुरुमा तेलको प्रयोग गरेका थिए । तर भएन ।
डाक्टरहरुले रिङ छुट्याउनका लागि सावुनपानीको झोल पनि प्रयोग गरे । यो उपाय अपनाउँदा पीडितले निक्कै पीडा महशुस गरे तर, रिङ बाहिर निस्केन ।

यतिसम्मकि डाक्टरले हेक्साको प्रयोग गरेपनि एक छेउ पनि लगाउन सकेन । त्यसपछि अन्तिम उपायको रुपमा बोल्ट कटर प्रयोग गरियो । लिंगसँगै रिङको तल्लोपटि धातु राखेर बोल्ट कटरले रिङ काटियो र लिंगबाट छुट्याइयो ।

त्यो धातुको रिङ यति बलियो थियो कि लिंगबाट त्यसलाई छुटाउन डाक्टरहरुलाई तीन घण्टा लागेको थियो । लिंगलाई उत्तेजित बनाइराख्नका लागि पुरुषहरुले सेक्स रिङको प्रयोग गर्छन् ।

भाग्यबस कुनै चोट लागेको छैन र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

लाइभ शो मै पत्रकारले खुस्काइदिए अभिनेत्रीको छातिको कपडा

स्पेनमा एक टेलिभिजन कार्यक्रममा एकजना महिला अभिनेत्रीलाई लाजमर्नु भएको छ ।

spani-tv-showटेलिभिजनमा लाइभ कार्यक्रम चलिरहेको बेला कार्यक्रम संचालकले ती अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै कार्यक्रममा उपस्थित अन्य व्यक्ति तथा टेलिभिजन हेर्नेलाई समेत …..लाई भन्दा देख्नेलाई लाज भनेझैँ भयो ।

लाइभ टिभी शो चलिरहेका बेला कार्यक्रम संचालकले योला ब्याररोकल नामकी ती महिला अभिनेत्रीको कपडा खुस्काइदिए । जसका कारण अभिनेत्रीको एउटा वक्ष बाहिरै देखियो । अभिनेत्रीले हत्त न पत्त खुस्किएको टप्स माथि सासेर नांगो वक्ष ढाकिन् र आश्चर्यभाव प्रकट गरिन् । उनको कपडा खुस्किएर स्तन देखिएसँगै टेलिभिजनमा हाँसो गुन्जिएको सुन्न सकिन्छ र अन्य उपस्थित मानिसहरु पनि छक्क परेको देखिन्छ ।

कार्यक्रम प्रस्तोताले कुराकानीकै क्रममा त्यसरी अभिनेत्रीले छातिको लुगा खुस्काइदिने काम जानीजानी गरेका हुन् वा अन्जानमै त्यस्तो गल्ती भयो भन्ने चाहीँ खुलेको छैन ।

प्रस्तोताले आफुमाथि त्यस्तो हरकत गरेर आफ्नो बेइज्जत गरेपछि रिस र लाजले रातोपिरो हुँदै ती अभिनेत्री उठेर हिँडिन् । उनीसँग ती कार्यक्रम प्रस्तोता तथा टेलिभिजनका अन्य मानिसहरुको समेत सवाल जवाफ भएको सुन्न सकिन्छ । सायद उनीसँग माफी माग्दै कार्यक्रममै बस्न आग्रह गरिएको हुनसक्छ ।

एकजना अर्का प्रस्तोताले उनलाई धेरै आग्रह गरेपछि उनी बल्ल पुनः कार्यक्रममा सहभागी हुन राजी भएर कुर्सीमै फर्किएको भिडियोमा देख्न सकिन्छ । यो भिडियो निकै भाइरल बनेको छ र ४ लाख भन्दा धेरैले हेरिसकेका छन् ।

यी हुन् निर्वस्त्र भएर बिरामीको उपचार गर्ने डाक्टर युवती, एकपटक जाँचेको १० हजार

अस्पतालमा उपचारका गराउनका लागि विरामीहरुको भिड लाग्नु स्वभाविकै हो । तर एउटा अस्पताल यस्तो छ जहाँ मानिसहरु उपचार गराउने निहुँमा एकजना डाक्टरसँग भेट गर्नकै लागि मरिहत्ते गरिरहेका छन् । नगरुन् पनि किन ती डाक्टरले आफु नांगै भएर बिरामीको चेकजाँच तथा उपचार गर्ने गर्छिन् ।

nude-doctorअमेरिकाको न्यूर्योककी मनोचिकित्सक २४ वर्षीया साराह ह्वाइटले साँच्चिकै हंगामा मच्चाएकी छिन् ।

उनी आफ्नो विशेष एकल अस्पतालमा आफुसँग उपचारका लागि आउने पुरुष बिरामीहरुको अगाडि निर्वस्त्र भएर चेकजाँच तथा उपचार गर्ने गर्छिन् ।

यी सुन्दरी डाक्टरले निर्वस्त्र भएर बिरामीको उपचार गर्ने गरेको खबर फैलिएसँगै पुरुष विरामीहरुको भिड लाग्ने गरेको छ ।

साराहका अनुसार उनले विश्वका महान मनोवैज्ञानिक चिकित्सक फ्रायडको सिद्धान्त अनुरुप बिरामीको उपचार गरिरहेकी छिन् । यो त्यस्तो थेरापी हो जसको माध्यमबाट पुरुषहरुको यौन कुण्ठा बाहिर निस्किन्छ ।

यद्यपि उनले संचालन गरिरहेको अस्पताल भने अनलाइनमा मात्रै छ । अर्थात् उनले अनलाइनमार्फत नै निर्वस्त्र भएर बिरामीसँग कुराकानी गर्ने तथा वेबक्याम बाट भिडियो कल मार्फत बिरामीको चेकजाँच र उपचार गर्ने गर्छिन् । उनी भिडियो कलबाटै बिरामीसँग शिघ्र सम्बन्ध स्थापित गर्दछिन् जसका कारण पुरुषहरु उनीसँग आफ्नो यौन कुण्ठाहरु खुलेर व्यक्त गर्दछन् ।

पुरुष बिरामीहरुको यी सुन्दरी डक्टरको निर्वस्त्र उपचार तथा परामर्शलाई खुबै मन पराएका छन् । साराहको जाँच शुल्क पनि निकै महंगो छ । एकपटक उपचार गरेको उनी झण्डै साढे १० हजार रुपैयाँ बराबरको रकम अशुल्छिन् ।
उपचारको यो तरिका सोेशल मिडियामा पनि खुबै भाइरल बनिरहेको छ ।

सहवास गर्न अस्विकार गर्ने पुरुषलाई कारवाही !

एजेन्सी

विश्वमा यस्ता केही ठाउँहरु छन् जहाँ महिलाहरुको वर्चस्व रहेको छ । यी महिलाहरु पुरुषमाथि निर्भर हुँदैनन् । इण्डोनेसियामा पनि एउटा यस्तो आदिवासी समुदाय छ जसमा मातृसत्तात्मक व्यवस्था छ ।

tribe_indonesiyaत्यहाँ महिलाहरुलाई पूर्ण स्वतन्त्रता रहेको रहेको छ । महिलाहरु एकसाथ खुलेआम धेरै पुरुषसँग यौन सम्बन्ध कायम गर्न सक्दछन् ।

महिलाहरु आफुले चाहेको पुरुषलाई सम्भोगका लागि अफर गर्छन् । जुन पुरुषले महिलाको अफर अस्विकार गर्दछन् त्यस्तो पुरुषलाई महिलाहरु यस्तो कारवाही गर्छन् जसको कल्पना सम्म पनि गर्न सकिँदैन ।

इण्डोनेसियाको पपुवा प्रान्तमा बस्ने ट्रोबियान्ड आदिवासीमा महिलाहरुलाई विशेष अधिकार छ । यो समुदायका महिलाहरु आफ्नो मन परेको पुरुषसँग हरेक प्रकारको सम्बन्ध बनाउन स्वतन्त्र हुन्छन् ।
महिलाहरुले सेक्सका लागि प्रस्ताव गर्ने पुरुष ती महिलासँग सेक्स गर्न बाध्य हुनुपर्छ ।

यदि कोही पुरुषले महिलाको यौन आकांक्षा पूरा गर्न अनिक्षा प्रकट गर्यो वा अफर अस्विकार गर्यो भने उसले निकै बेइज्जतीपूर्वक सजायँ भोग्नुपर्छ । महिलासँग यौनसम्पर्क कायम गर्न अस्विकार गर्ने पुरुषमाथि महिलाहरुले पिसाब फेरिदिन्छन् । महिलाहरुलाई आफ्नो प्रस्ताव अस्विकार गर्ने पुरुषमाथि पिसाब फेरिदिएर कारवाही गर्ने स्वतन्त्रता छ ।

उक्त आदिवासी समुदायमा हरेक वर्ष याम नामक पर्व मनाइन्छ । त्यस क्रममा महिलाहरु झाडीमा लुकेर पुरुषहरुसँग यौन सम्पर्क कायम गर्नका लागि रिझाउँछन् । अ।नि उक्त पर्वमा मात्रै पुरुषलाई सेक्सका लागि महिला छान्ने अधिकार हुन्छ ।

उक्त पर्वको बेला पुरुषहरु झाडीकै आसपास घुम्दछन् । त्यसक्रममा झाडीमा लुकेका महिलामध्ये जो मन पर्छ उनैसँग सम्भोगका लागि झाडिभित्र छिर्न पाउँछन् । मन नपरेको महिलासँग सेक्स गर्नुपर्ने बाध्यता त्यस एक दिन भने पुरुषहरुलाई हुँदैन ।

जब आकाशबाट पानीसँगै माछा वर्षिन थाले

fish

भारतको राजस्थानस्थित भरतपुरमा हालै अचानक आकासबाट माछा खस्न थाले । आकाशबाट माछा वषिर्न थालेपछि मानीहरुमा हगामा मच्चिन थाल्यो । मानिसहरुले सुरुमा त केही मेसो पाएनन् । तर पछि चाल पाए की आकाशबाटै वर्षाको पानीसँगै माछाको पनि वर्षा भएको रहेछ ।

भरतपुर जिल्लाको रुपबास इलाकामा बिहिबार राति भएको वर्षाका क्रममा आकासबाट मासु पनि र्झन थाले । मानिसहरुले आफ्नो घरको छानोमा पनि केही खसेको आवाज सुने । पछि हेर्दा त आफ्नो आँगन, छत तथा सडकमा समेत माछाको विस्कुन देखियो ।

यद्यपि आकासबाट माछा खसेको यो पहिलोपटक होइन । यसअघि पनि कैयन् ठाउँमा यसरी वर्षाको पानीसँगै माछा खसेको घटना सार्वजनिक भएको थियो । मुम्बइ पूणे राजमार्ग तथा आन्ध्रप्रदेशमा पनि यस्तै घटना भएको थियो ।

तर वैज्ञानिकहरुले भने यस्तो घटनालाई सामान्य रुपमा लिन्छन् । समुद्रमा आउने तिव्र गतिको तुफानका क्रममा उक्त तिव्र गतिको हावाले समुद्रमा भएका माछा तथा अन्य जिवहरुलाई उडाएर लैजान्छ । हावाको गति कम नहुन्जेलसम्म ती जिवहरु ऋाकाशमै तैरिन्छन् । हावाको गति कम भएसँगै भने माछा तथा अन्य जिवहरु ज्मिनमा खस्दछन् ।

छोराको बिहेमा बाबुआमालाई गाडीमा बाँधेर सहर परिक्रमा

आफ्नो छोराको बिहे बाबुआमाका लागि निकै ठूलो खुसीको अवसर हो । तर त्यहीँ छोराको बिहेमा बाबुआमालाई बाँधेर सहर परिक्रमा गराइयो भने के होला ?

marridgeसायद यदि नियतबस कुनै छोराले आफ्नो बिहेमा बाबुआमालाई बाँधेर सहर परिक्रमा गरायो भने त त्यो भन्दा ठूलो अपमान के पो होला र ? तर आखिर संस्कार र परम्परा नै यस्तो भएपछि चाहीँ कसैको केही लाग्दो रहेनछ ।

हो चीनमा यस्तै परम्परा छ । जहाँ छोराको बिहेमा बाबुआमालाई डोरीले गाडीमा बाँधेर सडकमा हिडाएर सहर घुमाइन्छ, जबकी त्यो गाडी बेहुलो छोराले नै चलाएको हुन्छ । यसरी बेहुलाको बुवालाई बाँधेर सहर परिक्रमा गराउने परेडमा थुप्रै मानिस सहभागी हुन्छन् ।

चीनको हेनान प्रान्तमा रहेको यो अनौठो परम्परा सुन्नेलाई नै निकै दयालाग्दो छ । यसरी छोराले गाडीमा बाँधेर सहर परिक्रमा गराइरहँदा ती गाइगोरुजस्तै बाँधिएर लुरुलुरु हिँडिरहेका बुवा आमालाई उनीहरुका साथी तथा आफन्तले खिसिट्युरी गरेर तथा जिस्काएर हैरान बनाउँछन् ।

तर यसरी बाँधिएर सडकमा घुम्दा तथा दुनियाले जिस्काउँदा पनि बेहुलाका मातापिताले पटक्कै दुख मान्दैनन् । परम्परा निभाउन पाउँदा आनन्द मान्छन् ।

यस्तो जेल, जहाँ जानका लागि मानिसहरुले सोर्सफोर्स लगाउँछन्

jail1

जेलको हावा खान कसलाई मन पर्छ र ? जेलको नाम सुन्दैमा जिरिंग हुन्छ जिउ । अपराध गरिसकेपछि पनि जेल जान नपरोस् भनेर मानिसहरुले कस्ता कस्ता तिकडम गर्छन् भन्ने कुरा हामीले देखे सुनेकै हो ।

तर यदि कोही मानिसले जेल जानबाट बँच्नका लागि होइन कुनै जेलमा कैदी हुनका लागि ठूलै सोर्सफोर्स लगाउनुपर्ने अवस्था आयो भने के होला ?

जेलमा जानका लागि सोर्सफोर्स ? यो त्यति पत्यार लाग्ने कुरा भएन । तर सत्य हो । भारतको मध्यप्रदेशस्थित होसंगाबाद जिल्लामा एउटा यस्तो जेल छ जसमा बस्नका लागि कैदीहरु हृारगुहार गर्दछन् । यो जेलमा बस्नका लागि कैदीहरुले ठूला ठूला नेताहरुको सोर्सफोर्स लगाउँछन् । जेलमा २५ जना कैदी अट्छन् । तर जेलमा बस्न पाउँ भनेर २ सय भन्दा बढिले आवेदन गर्दछन् ।

वास्तवमा यो जेलमा जानका लागि कैदीहरु मरिहत्ते गर्नुको कारण चाहीँ यो खुल्ला जेलभित्र व्यवसाय तथा जागिर गर्ने राम्रो सुविधा छ । कतिपय कैदी त यहीँ जेलभित्र बसेर व्यवसाय गर्दै लखपति समेत बनिसकेका छन् ।

मध्यप्रदेशमा रहेको यस प्रकारको खुल्ला जेल यो पहिलो हो । यो जेलमा जानका लागि कैदीहरुबीचमा हानथाप र ठूलाबडाको सोर्सफोर्स र दबाब हुने भएपनि यहाँ कुनै सोर्सफोर्स लाग्दैन र जेलले नै कस्ता कैदीलाई राख्ने भन्ने छनोट गर्दछ ।

खासगरी बाध्यताबस अपराधको दलदलमा फसेका कैदीहरुले यहाँ स्थान पाउँछन् । साथै परिवार भएका र कैद सजाय भुक्तानी हुनै लागेका कैदीहरुले प्राथमिकता पाउँछन् ।

हाम्रो शुभबिहानी एप आफ्नो अन्दोरिड मोबाइल मा  डाउनलोड गर्नुहोस >> SHUBHABIHANI.COM

धनाढ्यले किनिदिए कुकुरलाई ८ वटा आइफोन

dog_iphone

यो दुनियाका धनाढ्यहरुले कहिलेकाहीँ गरीबहरुको खिल्ली उडाउँछन् । गरीबलाई सहयोग गर्न उनीहरुको हात अघि बढ्दैन तर फजूलमा अनावश्यक खर्च गरी चर्चा बटुल्ने धृष्टता गर्दछन् । एकजना चिनिया धनाढ्यले यस्तैगरेका छन् ।

आइफोन सेभेन किन्नु भनेको धेरैका लागि केवल सपना मात्र हुनसक्छ । उच्च मूल्यका कारण धेरैले चाहेर पनि आइफोन सेभेन किन्न सक्दैनन् । तर चीनमा भने एउटा कुकुरसँग ८ वटा आइफोन सेभेन छन् ।

सेप्टेम्बर ७ मा लन्च भएको आइफोन सेभेन गएको शुक्रबारबाट विश्वका २५ देशमा बिक्रि सुरु भएको छ । यसको मूल्य झण्डै एकलाख रुपैयाँबाट सुरु हुन्छ । त्यसैले पनि धेरै नेपालीहरुका लागि यो फोन आकाशको फल हुने पक्का छ । तर चीनमा एक कुकुरका लागि उसका मालिकले एउटा होइन ८ वटा आइफोन सेभेन खरीद गरिदिएका छन् ।

चिनिया संचारमाध्यमहरुका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति वांग जियानलिनका छोराले आफ्नो कुकुर कोकोका लागि ८ वटा आइफोन सेभेन किनिदिएका हुन् ।

२३ अर्ब डलर सम्पत्तिका मालिक वांगका छोराले आफ्नो पाल्तू कुकुरका लागि आइफोन सेभेनका अलावा एप्पलको स्मार्ट घडी लगायतका ग्याजेट पनि किनिदिएका छन् ।

सोसल मिडियामा अर्बपतिको उक्त भाग्यमानी कुकुरको फोटो भाइरल बनेको छ । फोटोमा कुकुरको सामुन्ने आइफोन सेभेनको थुप्रो छ । अझ रोचक कुरा त के भने चीनमा यो कुकुर साँच्चीकै सेलिब्रेटीको रुपमा रहेको छ । सोसल मिडियामा यसका १९ लाखफलोअर्स छन् ।

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ ।brazilian-family_1473514345-jpeg

ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

एजेन्सी

पाइपबाटै घरघरमा बियर

beer

असोज ७  । जर्मनीमा घर, घरमा ग्याँस मात्र होइन बिएर पनि पुर्याउने गरिन्छ । जर्मनीको सिको गरेर अन्य केही देशमले पनि आफ्ना नागरिकलाई यस्तो सुझाब दिएका छन् । जर्मनीको बियर निकै लोकप्रिय मानिन्छ । वर्षमा एक पटक विसाल बियर फेष्टिबल हुने गर्दछ ।

जसमा भाग लिन संसार भरबाट मानिस त्यहाँ पुग्ने गर्दछन् । त्यसकुरालाई ध्यानमा राखेर जर्मनीमा घर घरमा पाइपबाट बियर पुर्याउने व्यवस्था मिलाइएको हो । बियरको तलतल लागे बार वा रेष्टुरेष्ट धाउनु नै पर्देन । घरमै पाइपबाट बियर पानी जस्तै थापेर खान पाइन्छ ।

सुरुमा रुसी नागरिक आन्द्रेय एरेमिव नाम गरेका एक युवकको पसलबाट घरसम्म व्यक्तिगत पाइपलाइन बिछ्याएका थिए । यसबाट प्रेरित भएर जर्मनीमा पाइप राख्न मन गर्ने सबैका लागि पाइपलाइन बिछ्याइएको छ