Home / बिचित्र संसार (page 5)

बिचित्र संसार

बिएमडब्लु कारभन्दा महँगो घोडा, १ करोड ८० लाखमा बिक्यो घोडा

horse_sale

एउटा घोडाको मूल्य कति होला ? भारतमा एउटा घोडा पौने २ करोड रुपैयाँ भन्दा बढिमा बिक्री भएको छ ।

राजस्थानको पाली जिल्लामा मारवाडी नश्लको प्रभात नामको उक्त घोडा नारायणसिंह आकडावासले १ करोड ११ लाख भारुमा किनेका हुन् । ११ वर्षको उक्त घोडा भंवर सिंह राठौरले पाल्दै आएका थिए ।

घरजग्गा तथा खानी व्यवसाय गर्ने धनाढ्य नारायण सिंहले यसअघि मारवाडी नश्लकै दुइवटा पोथी घोडा पालेका थिए । जब उनले प्रभात घोडाको बारेमा सुने त्यसलाई जतिसुकै मूल्य चुकाएर भएपनि किन्ने निधो गरे ।

पाैने दुइ करोड मूल्यको उक्त घोडाका लागि नारायणले दुईथरी तबेला तयार पारिसकेका छन् । एउटामा बस्ने र अर्कोमा चर्ने । बेलायती शैलीमा उसका लागि पानीको पोखरी बनाइएको छ ।

घोडाको रेखदेखका लागि ३ कर्मचारी नियुक्त गरिएको छ । बिहानको नाश्तामा घोडालाई अंकुरित चना तथा जौँ को पिँडो दिइन्छ  र त्यसपछि मर्निंग वाक गराइन्छ । त्यसपछि गहुँको चोकर, मकै, सोयाबिन जस्ता खानेकुरा दिइन्छ । दिउसो हरियो घाँस खान दिइन्छ र मालिस गरिन्छ । बेलुकीमा घिउ, सख्खर, हरियो घास, दाना तथा हलेदो मिसाएको दुइ किलो दुध खान दिइन्छ ।

घोडालाई दिनहुँ स्याम्पुले उसको गर्धन लगायतका ठाउँका रौँ नुहाइन्छ । यो घोडालाई फार्म हाउसमा राखिएको छ, ता की यसले अन्य घोडीहरुलाई गर्भिणी गराओस् र प्रजननमा पनि काम आओस् ।

फ्रान्सकी हेरी नामकी महिलाले यो घोडालाई एक वर्षदेखि तालीम दिइरहेकी छिन् । आफुले यस्तो सुन्दर र चम्किलो घोडा दुनियामा कतै नदेखेको हेरी बताउँछिन् ।

यो घोडाले भारतका विभिन्न ठाउँमा भएका घोडा प्रतियोगिताको उपाधि पनि जितिसकेको छ । सायद यो घोडा दुनियामा सबैभन्दा महंगो घोडा हुनसक्छ । एजेन्सी

दुनियाकै सेक्सी महिला पुलिस, जसको हातबाट आफूलाई पक्राउन चाहन्छन् अपराधी

 

adrin-calesger_german-police

दुनियामा को मुर्ख होला, जसले आफुलाई कुनै पुलिसले पक्रियोस् भन्ने चाहन्छ । तर जर्मनीमा भने मानिसहरु भने एक जना पुलिस अधिकारीको हातबाट आफुलाई पक्राउन चाहन्छन् ।

भलै नपक्रिउन्, कम्तीमा ती पुलिसले आफुलाई नजर त लगाइदिउन् भन्ने ठान्छन् ।

हो, जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एडि्रएन कोलेसजर यस्ती महिला प्रहरी हुन् जसको हातबाट आफुलाई पक्राउनका लागि अपराधीहरुबीचमा पनि हानथाप हुन्छ ।

कोलेसजरको सुन्दरतामा पुरुष अपराधीहरु समेत यति धेरै नतमस्तक छन् की उनको हातबाट पक्रिइने सपना देख्छन् ।

कतिपय सर्वसाधारण तथा जिन्दगीमा कहिल्यै अपराध नगर्नेहरुले पनि सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्दछन् । उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम विपरित तिव्र गतिमा गाडी चलाउने, कतै गाडी ठोक्काइदिने जस्ता काम गर्दछन् ता की सो अभियोगमा ती महिला पुलिसले उनीहरुलाई पक्रियुन् ।

पदले वरिष्ठ अधिकृत भएपनि कोलेसजरको उमेर जम्मा ३१ व्र्षको छ । उनका सुन्दर तस्वीरहरु इन्स्टाग्राममा निकै चर्चित छन् । उनले दैनिकजसो आफ्नो तन्दुरुस्त तथा फिट जिउडालका फोटा इन्स्टाग्राममा अपलोड गर्छिन् । सोसल मिडियामा उनका एक लाखभन्दा धेरै फलोअर्स छन् ।

यी ३१ व्र्षे सुन्दरी पुलिसका २८ वर्षे ब्वायफ्रेण्ड पनि छन् र उनले ब्वायफ्रेण्डलार्इ भरपूर समय दिन्छिन् । जिमखानामा नियमित रुपमा धाउने उनले आफ्नो ढाड र हिपको स्वास्थ्यमा विशेष ख्याल गर्छिन् ।

८ सय रुपैयाँ दिनुस् एक दिन जेलभित्रको मज्जा लिनुस

women-in-jail

के तपाइँलाई अपराध नगरीकनै जेलमा बस्ने इच्छा छ ? सायद जेलमा बस्ने इच्छा कसलाई पो होला र ? अझ पैसा तिरी तिरीकन जेलमा बस्न को जाला ?

तर जिन्दगीमा जेलबासको अनुभव हासिल गर्न नपाएका हरुका लागि जेलको बास केवल कल्पनाको विषय हो र कसै कसैलाई जेलभित्र एक दिन भएपनि बसेर अनुभव गर्न पाए हुन्थ्यो भन्ने लाग्नसक्छ । यस्तो इच्छा भएका हरुका लागि अब भारतमा इच्छापूर्तिको व्यवस्था गरिएको छ ।

भारतको तेलंगानास्थित मेडक जिल्लामा रहेको एक पूरानो जिल्ला जेलले यस्तो व्यवस्था गरेको हो ।
जस अनुसार जेलका कोठाहरु इच्छुक मानिसहरुलाई २४ घण्टाका लागि भाडामा दिइनेछ । यसका लागि प्रति कोठा ५ सय भारु तिर्नुपर्नेछ ।

५ सय भारु तिरिसकेर जेलबासको लागि नाम दर्ता गराइसकेपछि पूरै एक दिन पूर्ण कैदीको रुपमा जेलभित्र बस्न पाइनेछ ।

चोट लाग्दा पनि नदुख्ने दुनियाकै एकमात्र बालिका, जसलाई न निद्रा लाग्छ, न त भोक

bionic-girl

तस्वीरमा देखिएकी यी बालिका देख्नमा त अरु सामान्य बालबालिका झैँ लाग्छिन् । तर यिनी यस्तो रोगबाट पीडित छिन् जसका कारण उनलाई न त निद्रा लाग्छ, न त भोक नै लाग्छ ।

जिउमा जति ठूलो चोट लागोस्, उनलाई फिटिक्कै दुख्दैन । डाक्टरहरुले ओलिविया फ्रान्सवर्थलाई बायोनिकको उपाधि दिएका छन् भने उनकी आमाले स्टिल बाट बनेकी छोरीको उपमा दिएकी छिन् ।

बेलायतको हडर्सफिल्डकी बासिन्दा ओलिवियालाई भोक लाग्दैन, निद्रा पनि निकै कम लाग्छ । तिन दिनमा केवल एक पटक मात्र सुत्छिन्, त्यो पनि मुस्किलले ।

डाक्टरहरुका अनुसार ओलिवियामा क्रोमोजोम सिक्स डिलिसन डिसअर्डर भन्ने वंशाणुजन्य रोग छ । ओलिविया विश्वकै एकमात्र मानिस हुन् जसलाई यो रोगका तिनवटै लक्षण देखिएका छन्, भोक, निद्रा र पीडाको महसुस नहुनेे ।

जन्मेको केही महिनादेखि नै अलिवियामा यस्तो समस्या देखिएको उनकी आमा बताउँछिन् । उनी शिशु छँदा समेत कहिल्यैपनि रुँदैनथिन् । सुत्न पनि नसुत्ने । ४ वर्षकी हुँदासम्म कपाल पनि राम्रोसँग आएको थिएन । खाना खान पटक्कै मन गर्दिनन् । केवल मिल्क शेक मात्र पिउने र निकै कर गर्दामात्र चिकेन नुडल्स खाने ।

एकपटक उनी नराम्रोसँग लडिन् । उनको ओँठमा गहिरो चोट लाग्यो । निकै डरलाग्दो चोट लाग्दा समेत उनलाई दुखेन, आँखाबाट आँशु आएनन् ।

नदुख्ने समस्याका कारण छोरीलाई जे सुकै हुँदापनि आफुहरुलाई थाहा नहुने अलिवियाकी आमा बताउँछिन् । नियमित रुपमा औषधोपचारका कारण अलिवियाले अहिले केही खान थालेकी छिन् र निद्रा पनि बढेको छ । डाक्टरहरुका अनुसार उनको वशाणुजन्य रोगको पूर्ण उपचार सम्भव छैन । तर यो रोगका लक्षणहरुलाई केही मात्रामा नियन्त्रण गर्न भने सकिन्छ ।

यस्तो ढुंगा, जसलाई फुटाउँदा रगत निस्किन्छ

stone_blood

पृथ्वीमा कैयौँ प्रकारका ढुंगा पाइन्छन् । तर सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् ।

तर कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ ? सायद छैन होला । तर यो साँचो हो की यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन की यो पत्थरको मासु समेत निकै महंगोमा बिक्रि भैरहेको छ ।

चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । यो पथ्थरलाई एथगचब ऋजष्भिलकष्क नामले चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् मानिसहरु । कारण, यो पत्थरभित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ ।

अाखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुदि्रक जिव हो ।

जसले स्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।

२०७३ भदौ १० गते १०:१० मा प्रकाशित

घरमा पाइने माउसुली बिएमड्ब्लू कारभन्दा महंगो ! जान्‍नुस कसरी

एजेन्सी/भाद्र ८ , काठमाडौं । हामी प्राय आफ्नो घरको भित्तामा माउसुली देख्‍ने वित्तिक्कै भगाउनेतिर सोच्छौ। तर हामीलाई थाहा छ की हामरो घरमा पाइने माउसुली कत्ति महंगो छ भनेर ? यसको मूल्य बिएमड्ब्लू कारभन्दा महंगो छ। विश्व बजारमा यसको मूल्य करीब ६३ लाख ९७ हजार ६ सय २० रुपैँयाँ बढी रहेको छ। यो माउसुली विशेषगरी नेपाल र भारतको जंगलमा पाइने गर्दछन्। यस्तै नेपाल-भारत सीमामा यसको अवैध तस्करी हुने गरेको छ। तस्करीका क्रममा धेरै तस्करीहरु समातिएका पनि छन्।
तर तपाई सोच्दैहुनुहुन्छ होला यसको फाइदा के हुन्छ। यसलाई किन यति धेरै मूल्यमा तस्करहरुले बिक्री गर्छन? किनकी माउसुलीलाई बिरामीको परम्परागत उपचारको औषधि बनाउन प्रयोग गर्ने गरिन्छ। खासगरी डायबेटीज, एड्स, क्यान्सरलगायतका रोगमा माउसुलीले अचुक रुपमा औषधिको काम गर्दछ। यही कारण यसको माग विश्वभर रहँदै आएको छ। विशेष गरी चीनमा एक परम्परागत बजारमा यसको माग निक्कै धेरै छ। यही कारण यसलाई विदेश पठाउन तस्करहरु सक्रिय रहेका हुन्छन्।
यसका साथै नेपालर भारतबाहेक माउसुली इन्डोनेसिया, बंगलादेश तथा फिलिपिन्समा पाइने गरिन्छ। तर यसको मात्रा अब नेपाल -भारतको तुलनामा अन्य देशमा घट्दै गइरहेको छ। जंगलको तीव्र फडानी र जनसंख्या वृद्धिका कारण यसको लोप र तस्करी पनि दिनानुदिन बढ्दै गएको छ। यसको तस्करी हुनबाट बचाउन अहिलेसम्म कुनै पनि देशमा सतर्कता अपनाइएको पाइँदैन। (को सहयोगमा)

बाँदरविरुद्ध प्रशासनमा उजुरी

भाद्र ७, २०७३- कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्किंदै थिए । उनलाई बाटामा बाँदरले खुट्टामै समातेर लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्लबल्ल छिमेकी भाइले देखेपछि लखेटे ।

कुन्तादेवी ४ का मनकुमारी तामाङले ५ पाथी मकैको बीउ छरेकी थिइन् । समयमा पानी परेर लहलहाउँदै आएको मकैबाट यसपालि निकै आशा गरेकी थिइन् । पाक्न लागेको मकैबारीमा एक दिन बाँदरको हुलै पसेछ । बजारबाट फर्किएर बारीमा पुग्दा एक घोगा पनि मकै देखिनन् । उनी बारीको बीचैमा बसेर ग्वाँ–ग्वाँ रोइन् ।

बाँदरको सास्तीबाट हैरान भएका कुन्तादेवी र ज्यामिरेका दर्जनभन्दा बढी किसान आइतबार जिल्ला प्रशासनमा डेलिगेसन आए । ‘कि त भोकले मान्छे मर्नुपर्‍यो, कि त बाँदर मर्नुपर्‍यो । दुईमा एक त हुनैपर्ने भयो ।’ डेलिगेसन लिएर आएकी हेमकुमारी तामाङले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई भनिन्, ‘दुवैलाई बचाउने हो भने राज्यले किसानको क्षतिपूर्ति दिनुपर्‍यो ।’

केही वर्ष अघिसम्म बाँदर कस्तो हुन्छ भनेर हेर्न दुई घण्टाको बाटो लगाएर फागुनेटार पुग्ने गाउँलेहरू अहिले आफ्नै गाउँमा आएका बाँदरबाट हैरान छन् । पहिले एक–दुईवटा मात्र देखिएका राता बाँदर आजकाल कम्तीमा पनि ५ सयदेखि १ हजारको हुलमा आउने गरेको ज्यामिरेका दानबहादुर बानियाँले बताए ।

‘बाँदरकै दु:खले गर्दा आफ्नो बारी अधियाँ कमाउन दिएँ,’ बानियाँले भने, ‘हिजोआज अधियाँ गर्नेकहाँ अन्न लिन जाँदा त बाँदरले खाएर अन्नै छैन भनेर रित्तो पो फर्काउँछन् ।’ घर भित्रैबाट अन्नबाली र फलफूल लान थालेपछि किसानहरू यसलाई स्थायी रूपमा धपाउने वैकल्पिक उपायको खोजीमा लागेका हुन् । ढुंगा र फुसको छाना उक्काएर बाँदर घरभित्रै पस्ने गरेको स्थानीयको गुनासो छ । मान्छेलाई आक्रमण गर्ने डर बढेपछि झनै यसको नियन्त्रण गर्न गाह्रो भएको हो । प्रजिअ अधिकारीले बाँदर मार्न अनुमति दिन नमिल्ने बताए । ‘बाँदरविज्ञसँग सल्लाह गरेर केही न्यूनीकरण गर्न सकिएला,’ उनले भने, ‘यसको नियन्त्रणको जिम्मेवारी वन कार्यालयको हो ।’

निकुञ्ज र संरक्षण क्षेत्रमा हो भने किसानको क्षति भएको बाली सम्बन्धित क्षेत्रले दिनुपर्ने प्रावधान छ । वन ऐनअनुसार बाँदर बढी बस्ने सामुदायिक वनहरूले यसको क्षतिपूर्ति दिनुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत खिलानाथ दाहालले बताए । तर वन समूहसँग क्षतिपूर्ति दिने हैसियत नभएपछि बाँदर नियन्त्रण अहिलेको मुख्य चुनौती बनेको छ । दुई वर्षअघि रामपुरका किसानहरूले समेत तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई बाँदर नियन्त्रणका लागि बन्दुक चलाउन दिनुपर्ने भन्दै लिखित निवेदन बुझाएका थिए । पटक–पटक प्रहरी र प्रशासनमा उजुरी र गुनासो परे पनि यसलाई गम्भीर रूपमा नलिइएको किसानको गुनासो छ ।

 

सरकारी अधिकारी भन्छन्ः अब महिलालाई १४ सेकेण्डसम्म घुर्नेलाई मुद्दा

rishiraj

विचरा अभागी पुरुषहरु अब कुनै महिलालाई १४ सेकेण्डसम्म पनि घुरेर हेर्न नपाउने भएका छन् । आधा मिनेटको आधा समयसम्म महिलालाई घुरेमा पनि उनीहरुमाथि मुद्दा चल्न सक्नेछ र जेलको हावा खानुपर्ने हुनसक्छ ।

चिन्ता नलिनुस् यो नियम हाम्रो देशमा भने होइन । भारतको केरलाका एक वरिष्ठ अधिकारीले यस्तो बताएका हुन् । अन्तशुल्क आयुक्त ऋषिराज सिंहका अनुसार यदि केरलामा कुनैपनि पुरुषले महिलालाई १४ सेकेण्ड भन्दा धेरै समयसम्म घुरेको पाइएमा उस विरुद्ध मुद्दा दर्ता हुन सक्नेेछ ।

कोच्चीमा चार्टड अकाउन्टेन्टहरुको एक समूहलाई महिला सुरक्षाको विषयमा प्रवचन दिएको बेला सिंहले यस्तो बताएका छन् । साथै उनले महिलाहरुले आत्म सुरक्षाका लागि मार्सल आर्ट सिक्नुपर्ने पनि बताए ।

वरिष्ठ अधिकारीको यस्तो भनाइको तिव्र आलोचना भएको छ । उच्च अदालतका एक वकिलले यसरी १४ सेकेण्ड महिलालाई घुर्दैमा कसैमाथि मुद्दा हाल्ने कानून नै नभएको हुँदा अधिकारीको भनाइ बेतुकको रहेको बताएका छन् । केरल सरकारका एक मन्त्रीले पनि सिंहको भनाइको आलोचना गरेका छन् ।

पत्रकारले भैँसीको अन्तरवार्ता लिए पछि – – – – – (भिडियो सहित)

यो रिपोर्ट टेलिभिजनमा प्रशारण हुँदा स्टुडियोमा रहने पत्रकार त मुस्कुराए नै हेर्नेहरु पनि पेट मिचीमिची हाँस्नुको विकल्प थिएन ।

पाकिस्तानी पत्रकार अमीन हाफिज अहिले इन्टरनेटमा निकै चर्चामा छन् । उनी चर्चामा आउनुको खास कारण छ । वास्तवमा उनले पत्रकारिता क्षेत्रमा यस्तो कृत्य गरेका छन् जो अहिलेसम्म कुनैपनि माइकालाल पत्रकारले गर्न सकेको थिएन ।

पाकिस्तानी टेलिभिजन जिओ टिभीका यी संवाददाताले भैँसीको अन्तर्वाता लिएर किर्तिमानी काम गरेका छन् । उनले भैँसीसँग अन्तरवार्ता लिँदा आफुले प्रश्नमात्र गरेनन् प्रश्नमा भैँसीले दिने मौन उत्तरलाई आफ्नो भाषामा अनुवाद गरेर झनै रोचक बनाएका छन् ।

टेलिभिजनमा लाहोर सहरमा मानिसलाई सडक पार गर्नका लागि बनाइउका आकासे पुलहरुमा मानिस भन्दा धेरै जनावरहरु आवतजावत गर्ने गरेको विषयमा हाफिजले एक रोचक रिपोर्ट तयार पारेका छन् ।

सुरक्षित रुपमा सडक पार गर्नका लागि बनाइएका आकाशे पुलहरु पैदल यात्रुले प्रयोग कम गर्ने गरेको र असुरक्षित रुपमा बाटो काट्ने गरेको तर गाइभैँसीले भने आकाशे पुलका सिँढी समेत चढेर पुल पार गर्ने गरेको सन्दर्भलाई जोड्दै उनले आकाशे पुल पार गरेको भैँसीको अगाडि गएर माइक तेर्साउँछन् र सोध्छन्, ई आकाशे पुलको सिँढी चढ्न सजिलो लाग्यो कि गाह्रो ?

जवाफमा भैँसी बाँ…. गर्छ । तर उसको त्यो आवाजलाई पत्रकारले अनुवाद गर्दछन् । सिँढी चढ्नु तथा ओर्लनु जनावरका लागि सजिलो काम नभएको भनेर भैँसीले भन्न चाहेको उनी बताउँछन् ।

यो रिपोर्ट टेलिभिजनमा प्रशारण हुँदा स्टुडियोमा रहने पत्रकार त मुस्कुराए नै हेर्नेहरु पनि पेट मिचीमिची हाँस्नुको विकल्प थिएन ।

१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएको छैन बच्चा ?

pregnent

मानिसको गर्भावस्था भनेको अधिकतम ९ महिनाकेा हुन्छ । तर चीनमा एक महिला भने १७ महिनादेखि गर्भवती छिन् ।

पत्याउनै गाह्रो पर्ने यो घटना चीनको हुनान प्रान्तको हो । हुनानकी वांग शी नामकी महिला सन् २०१५ को फेब्रुअरीमा गर्भवती भएकी हुन् । उनको गर्भमा रहेको भ्रुण बस्ने साल अर्थात् प्लासेन्टा राम्रोसँग विकशित नभएको हुँदा डाक्टरहरुले सुत्केरी गराउन नमानेको उनको दाबी छ । तर अब छिटै उनी आमा बन्नेवाला छिन् ।

वांगका अनुसार उनको डेलिभरी डेट सन् २०१५ को नोभेम्बरमा थियो । तर जब उनी डेलिभरीका लागि डाक्टरकोमा गइन् तब उनको प्लासेन्टा राम्रोसँग विकास नभएको भनी शल्यक्रिया गर्न डाक्टरले मानेनन् । १४ महिनासम्म पनि डाक्टरहरुले यस्तै भने ।

डाक्टरलाई पर्खिँदा पर्खिँदै गर्भको बच्चा झण्डै डेढ वर्षको हुन थालेपछि भने वांग अब आफै बच्चा जन्माउने तरखरमा छिन्, शल्यक्रिया नगरीकनै ।

वांगले आफु १७ महिनाकी गर्भवती भएको बताएपछि कतिपय डाक्टरहरुले भने यस्तो हुनै नसक्ने दाबी गरेका छन् ।