Home / स्वास्थ्य (page 10)

स्वास्थ्य

जानी राखौ : महिलाका लागि सेतोपानी बग्ने समस्या कति खतरनाक ?

काठमाडौँ– अहिले नर्सिङ पढिरहेकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उनी मात्र होइन उनका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उनले कुनै उपचार गराएकी छैनन् ।

किन उपचार नगराएको भन्ने प्रश्नमा उनको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उनलाई जानकारी पनि छैन ।

महिनावारी हुने समयमा लगातार सेतोपानी बग्ने समस्याले ४१ वर्षीया रीना थापालाई पनि सताएको छ ।

निरन्तर योनीबाट सेतोपानी बग्ने समस्या भएपछि ४४ वर्षीया रीता शर्माले लज्जावती झारलाई पिँधेर खाएको बताइन् ।

धेरै महिलालाई यस्तो समस्या भए पनि उनीहरु चिकित्सककहाँ जान लजाउने भएकाले यिनको उपचार हुन नसकेको बताउँछन् प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल ।

उनले महिलामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्येको एक ‘योनीबाट सेतोपानी बग्ने’ पनि भएको बताए ।

कतिपयले यसलाई सामान्य रुपमा लिएका हुन्छन् त कतिपयले खतरनाक मानेका हुन्छन् ।

स्त्रीरोग विशेषज्ञ तथा प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतम सेतोपानी बग्दैमा आत्तिइहाल्नुनपर्ने तर सेतोपानी बग्छ र त्यो गन्हाउँछ भने त्यसबेलाचाहिँ सतर्क भई स्वास्थ्य परीक्षण गराइहाल्नुपर्ने सुझाव दिन्छन् ।

उनले भने – ‘‘सामान्यतः कुनै पनि महिलाको भित्र फूल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले यो सामान्य प्रक्रिया हो । यदि पोल्दैन, दुख्दैन, गनाउँदैन भने धेरै आत्तिइहाल्नुपर्दैन । तर सेतोपानी जाँदा साह्रै गन्हाउँछ वा प्याड नै लगाएर हिडँनुपर्ने भयो वा चिलाउने पोल्ने भयो भने त्यस्तो बेलामा उपचार गर्नुपर्दछ ।’’

तीस वर्ष पुगेको महिला छन् भने पाठेघरको मुखको जाँच प्याप स्मेर गर्नुपर्छ । अझ सुविधा छ भने ‘लिक्युड बेस साइल्कोजी’ बाट जाँच गर्नु झन् राम्रो हुन्छ । त्यसमा सामान्य नतिजा आयो भने सेतोपानी आएर केही हुँदैन ।

कहिलेकाहीँ पाठेघरको भित्र नै ट्युमर वा क्यान्सर भएरै सेतोपानी बगेको हो कि भन्ने पनि हुनसक्छ । त्यस्तो बेलामा चिकित्सकलाई देखाउनुपर्छ । देखाउँदा सामान्य रहेको नतिजा आए सेतोपानी पछि आफैँ रोकिएर जान्छ ।

तर यस्ता समस्याबाट बच्न सरसफाइमा पनि ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो समस्या बढ्दै गएमा अन्य खतरा नआओस् भनी चिकित्सककोमा गई जाँच गराउनुपर्दछ । आफैँले घरायसी उपचार पद्धति अपनाउनुको साटो स्त्री रोग विशेषज्ञकोमा गई उपचार गराउनु भरपर्दो हुन्छ ।

 

योनीबाट किन बग्छ सेतोपानी ?

काठमाडौँ । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन ।
किन उपचार नगराउनुभएको हो भन्ने प्रश्नमा उहाँको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उहाँलाई जानकारी पनि छैन ।
महिनावारी हुने समयमा लगातार सेतोपानी बग्ने समस्याले ४१ वर्षीया रीना थापालाई पनि सताएको छ ।
निरन्तर योनीबाट सेतोपानी बग्ने समस्या भएपछि ४४ वर्षीया रीता शर्माले लज्जावती झारलाई पिँधेर खाएको बताउनुभयो ।
धेरै महिलालाई यस्तो समस्या भए पनि उनीहरु चिकित्सककहाँ जान लजाउने भएकाले यिनको उपचार हुन नसकेको बताउनुहुन्छ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवाल ।
उहाँले महिलामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्येको एक ‘योनीबाट सेतोपानी बग्ने’ पनि भएको बताउनुभयो ।
कतिपयले यसलाई सामान्य रुपमा लिएका हुन्छन् त कतिपयले खतरनाक मानेका हुन्छन् ।
स्त्रीरोग विशेषज्ञ तथा प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतम सेतोपानी बग्दैमा आत्तिइहाल्नु नपर्ने तर सेतोपानी बग्छ र त्यो गन्हाउँछ भने त्यसबेलाचाहिँ सतर्क भई स्वास्थ्य परीक्षण गराइहाल्नुपर्ने सुझाव दिनुहुन्छ ।
उहाँले भन्नुभयो – ‘‘सामान्यतः कुनै पनि महिलाको भित्र फूल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले यो सामान्य प्रक्रिया हो । यदि पोल्दैन, दुख्दैन, गनाउँदैन भने धेरै आत्तिइहाल्नु पर्दैन । तर सेतोपानी जाँदा साह्रै गन्हाउँछ वा प्याड नै लगाएर हिडँनुपर्ने भयो वा चिलाउने पोल्ने भयो भने त्यस्तो बेलामा उपचार गर्नुपर्दछ ।’’
तीस वर्ष पुगेको महिला हुनुहुन्छ भने पाठेघरको मुखको जाँच (प्याप स्मेर) गर्नुपर्छ । अझ सुविधा छ भने ‘लिक्युड बेस साइल्कोजी’ बाट जाँच गर्नु झन् राम्रो हुन्छ । त्यसमा सामान्य नतिजा आयो भने सेतोपानी आएर केही हुँदैन ।
कहिलेकाहीँ पाठेघरको भित्र नै ट्युम वा क्यान्सर भएरै सेतोपानी बगेको हो कि भन्ने पनि हुनसक्छ । त्यस्तो बेलामा चिकित्सकलाई देखाउनुपर्छ । देखाउँदा सामान्य रहेको नतिजा आए सेतोपानी पछि आफैँ रोकिएर जान्छ ।
तर यस्ता समस्याबाट बच्न सरसफाइमा पनि ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो समस्या बढ्दै गएमा अन्य खतरा नआओस् भनी चिकित्सककोमा गई जाँच गराउनुपर्दछ । आफैँले घरायसी उपचार पद्धति अपनाउनुको साटो स्त्री रोग विशेषज्ञकोमा गई उपचार गराउनु भरपर्दो हुन्छ । रासस

योनिमार्ग किन चिलाउँछ ? उपचारका लागि के गर्ने ?

काठमाडौं । सेतो पानी बग्ने तथा योनिमार्ग चिलाउने समस्या धेरै महिलामा हुन्छ । यो समस्या अविवाहितलाई पनि हुनसक्छ तर विवाहित वा यौनसम्पर्क गर्ने महिलाहरूमा बढी हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिन्छ ।Mahila-Ses

सामान्यतः ट्राइकोमोनास भन्ने जीवाणुले योनिमार्गमा गरेको संक्रमणका कारण यस्तो समस्या देखापर्छ । त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्याक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने हुनसक्छ ।

गर्मीमा पसिना आउने र फन्जाईको वृद्धि सजिलै हुने भएकाले पनि यस्तो भएको हुनसक्छ । यसबाहेक पिसाबसम्बन्धी संक्रमणका कारण पनि यस्तो भएको हुनसक्छ ।

यस्ता समस्याबाट जोगिन सरसफाईमा पर्याप्त ध्यान पुगाउनुपर्छ र सधैं सफा, नरम एवं सुतीको अन्डरगार्मेन्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

 

अमृत हो तीते करेला, खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

एजेन्सी । गर्मी बढेसँगै करेलाको सीजन सुरु हुन्छ ।tite-karela-650x392

औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक छ । मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् । करेलाले घामबाट पनि बचाउने बताइन्छ ।

थाहा पाउनुस् करेलाका फाइदाहरुः

– खानामा रुचि बढाउँछ ।

– छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।

– खाएको कुरा राम्ररी पचाउँछ ।

– पेटसफा राख्दछ ।

– कब्जियत हुन दिँदैन ।

– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।

– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।

– मधुमेह रोगीलाई

– इन्सुलिनको काम गर्छ ।

– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, -हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।

– तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

– औषधिको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

– तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।

– साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।

– मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

– तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।

– आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

– तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

– बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

– तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

– तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग -स्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।

अन्य उपयोगिता: तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

 

गर्मीमा अण्डा खानु राम्रो कि नराम्रो ?

जाडो महिनामा मानिसहरु अण्डाको सेवन धेरै नै गर्छन् । तर गर्मी मौषममा भने अण्डाबाट टाढा रहने चलन देखिन्छ । किन भने अण्डालाई पनि गर्मी खानामा लिने गरिन्छ । तर वास्तविकता भने त्यस्तो छैन ।

egg-ready-to-eat

गर्मीमा अण्डा खानु राम्रो कि नराम्रो ?

अण्डामा विभिन्न पोषक तत्व पाइन्छ । खासगरी प्रोटिन भरपुर हुने अण्डा स्वास्थ्यका लागि लाभदायक नै छ ।

कतिपय शोधले नियमित अण्डा खाँदा मुटुको रोगको खतरा कम हुन्छ । तर खासमा कुरा मात्र यत्तिमा रोकिँदैन । अण्डाको पहेँलो भाग खान हुने कि नहुने भन्ने विषयमा धेरै अघि देखि वहस हुँदै आएको छ ।

तर अण्डा गर्मीमा खाने कि नखाने ?

यो प्रश्नको जवाफमा चिकित्सकहरु भने गर्मीमा अण्डा नखाने भन्ने कुरा एउटा मिथक मात्र भएको बताउँछन् । अण्डामा गर्मी गराउने तत्व रहेपनि गर्मीमा अण्डा खाँदा कुनै घाटा नहुने चिकित्सकहरुको भनाइ छ ।

नियमित अण्डा खाने बानी छ ? यो पढेपछि छोड्नु हुन्छ

बरु गर्मीमा पनि अण्डा सेवनका विभिन्न फाइदा भएको उनीहरुको भनाइ छ । गर्मी मौषममा अण्डा खाँदा तातो हावा लू बाट बँचिने समेत उनीहरुको भनाइ छ । गर्मीमा शरीरमा आवश्यक पर्ने फ्लुएडको मात्रा पनि यसले सन्तुलित राख्ने चिकित्सकहरुले बताएका छन् । गर्मीमा महसुस हुने थकान मेटाउनका लागि पनि अण्डा सेवन सहायक मानिएको छ ।

कति खाने अण्डा
दिनमा कतिवटा अण्डा सेवन गर्ने भन्ने प्रश्न पनि अनुत्तरित छ । चिकित्सकहरुले गर्मी मौषममा २ वटा भन्दा बढि अण्डा सेवन उपयुक्त नहुने बताएका छन् । गर्मीमा अण्डाको सेवन बढी भएमा पाचनमा समस्या हुन सक्ने बताइन्छ ।

पत्ता लाग्यो यौन सन्तुष्टिबारे नयाँ तथ्य, जान्नुस् र आनन्द लिनुस्

एजेन्सी । गाँस, बास र कपास मानव जीवनका अति आवश्यक तत्व हुन् ।

त्यसमा यौन पनि थपिएको छ । जसका बारेमा विभिन्न खोज तथा अनुसन्धान भइरहेका छन् । यसक्रममा भर्खरै सकिएको एउटा अनुसन्धानले यौन स्वास्थ्यबारे नयाँ तथ्य पत्ता लगाएको छ ।

उसो त यौन स्वास्थ्यमा सन्तुष्टि अति आवश्यक छ । खासमा यौन भनेको सन्तुष्टि नै हो । बच्चा जन्माउने प्रक्रिया त निश्चित उमेरमा मात्र हुन्छ । तर, सन्तुष्टिका लागि जीवनभर यौन सम्बन्ध राख्ने गरिन्छ ।

यसक्रममा सन्तुष्टिका लागि महिला र पुरुषको मनसँगै शरीरको जोश पनि आवश्यक हुन्छ । त्यो जोश एउटा निश्चित समयमा हुने गर्दछ । त्यो समय नै अहिलेको अनुसन्धानमा पत्ता लागेको हो । विज्ञहरुको अनुसन्धान रिपार्ट अनुसार राति तथा बिहान होइन यौन सम्पर्कका लागि अपरान्ह तीन बजेको समय सबैभन्दा उत्तम हुन्छ ।

बेलायती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि सहवासको सबैभन्दा उत्तम समय भनेको दिउसोको ३ बजे हो । यद्यपी यो समयमा धेरै मानिस आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ र धेरैका लागि यो समयमा सहवास गर्नु सम्भव नहुन पनि सक्छ ।
तथापि यदि मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्ने हो भने दिउसो तिन बजेको समयमा गरिने सहवास सबैभन्दा आनन्ददायी तथा उत्तम हुने विज्ञको भनाई छ । उनका अनुसार दिउसोको यो समयमा महिलाको जिउ सर्वाधिक फुर्तिलो तथा सशक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ ।

त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ । त्यसैले ३ बजेको समय सहवासमा सन्तुष्टिको लागि सबैभन्दा उपयुक्त समय हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।

तथापि महिला पार्टनरको पनि आनन्द वा दुबैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन ।

विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउसो सहवास गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न सकिनेछ ।

 

डन्डीफोर हटाउने ७ सामान्य घरेलु उपाय

सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह

Effective-Natural-Remedies-For-Acne-Scarsमहले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

 

 

ल्वाङ

cloves-620x250डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

केराको बोक्रा
670px-Treat-Acne-With-Banana-Peels-Step-2-Version-2केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

 

कागतीको रस

Lemon-150x150डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

 

 

चन्दन पाउडर

chandan-150x150

चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

 

बाफ लिने

home-remedies-for-pimples-steam-150x150

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

 

 

गोलभेँडा

tomato-150x150

गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

 

 

 

जाडोयाममा रुघाखोकीबाट बच्ने पाँच उपाय

एजेन्सी । जाडो मौसम सुरु भएको छ र यो मौसममा अनेकौं रोग र समस्याहरु पनि साथै आउने गर्छन् । यिनीहरुमा कफ (रुघाखोकी) पनि एउटा हो । खोकी लाग्नुको एउटा ठूलो कारण हो टाउको, खुट्टा, छाती र कानमा लाग्ने चिसो हावा ।cough-1-650x433

रुघाखोकीबाट बच्ने उपायहरु यसप्रकार छन् । जसमा खानाका परिकारमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ :

१) जाडो मौसममा मानिसहरुलाई रुघाखोकीको समस्या हुनु सामान्य जस्तै भएको छ । जाडोमा अधिकांश मानिसहरुको डाइट(मोटोपना) बढ्छ । त्यसकारण ती परिकारको सेवन गर्नबाट बच्नुपर्छ जसले रुघाखोकी लाग्छ । रुघाखोकी पानी र चिल्लो पदार्थको प्रतीक हो । आयुर्वेदमा खोकीलाई भारी, जाडो, मृदु, चिल्लो, मीठा र स्थिर आदि गुणबाट युक्त मानिएको छ । शरीरमा सिगान बग्ने समस्या धेरै समयसम्म रहन्छ, र कैयौपटक एकदमै पीडा पनि हुन्छ ।

२) दूधबाट बनेको बस्तुहरु नखानुस् किनकि नाकबाट सिगान धेरै बग्छ । जाडोमा सिगान बग्न नदिन यो उत्तम उपाय हो । चिल्लो पदार्थ भरिएको बस्तु, जस्तै घ्यू, मक्खन तेलको प्रयोग नगर्नुस् ।

३) धेरै सेलरोटी, पुरी र चिल्लो पदार्थयुक्त खाना नखानुस् । यसमा धेरै चिल्लो हुन्छ जसले शरीरमा जलन पैदा गर्छ र इम्यून सिस्टम कमजोर हुन्छ । यस्तोमा शरीर चिसोको खोकीसँग लड्न सक्दैन् । मीठो र भारी पदार्थहरुको अधिक सेवन गर्दा पनि खोकीको समस्या हुन्छ ।

४) फास्ट फूड र प्रोसेस्ड फूड अर्थात पकाउँदै प्याकेटमा बन्द फूड त जाडोयाममा मात्र नभई हर स्थितिमा मानव शरीरका लागि प्रतिकुल हुन्छ । यसले मानव शरीरमा नोक्सान गर्छ भने पोषक तत्व पनि हुँदैन् । उल्टै इम्यून सिस्टम खराब हुने खतरा अझै बढछ । त्यसैले यो नखानुस् ।

५) मदिरा पनि यो स्थितमा अझै खतरनाक साबित हुन्छ । मदिरामा रहेका तत्वले शरीरलाई इन्फेक्शनसँग लड्ने क्षमता कमजोर बनाइदिन्छ र साथै डीहायड्रेट (पानीलाई सुख्खा) पनि गरिदिन्छ । जबकि खोकीमा शरीर पूरै तरिकाबाट हायड्रेटेड रहनुपर्छ अर्थात शरीरमा पानी र तरलता बनिरहनुपर्छ ।

 

दाँत सम्बन्धि १२ भ्रम १२ सत्य जानिराखौ

– डा.मुस्तफा मन्सुरीteath2

मुख हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । हाम्रो शरीरको मुख्यद्वार पनि हो र हाम्रो शरीरको सधैँ फोहोर रहने अंगमध्येको एक पनि हो । यहाँ सामान्यतया जतिखेर पनि लाखौं किटाणु रहिरहन्छन् । यी किटाणुलाई नर्मल फ्लोरा भनिन्छ । यसले सामान्यतया हामीलाई केही हानि गर्दैन । तर जब हाम्रो रोग प्रतिरोधात्मक क्षमता घट्छ वा हामीले दाँत तथा जिब्रो सफा नगरेको खण्डमा यी किटाणुको संख्या एकदमै बढेर आउँछ र विभिन्न खतरनाक रोग लाग्न सक्छ । यी किटाणु सजिलै हाम्रा मुख्य अंग मुटुदेखि मिर्गाैलासम्म पुगेर विभिन्न खतरनाक रोग निम्त्याउन सक्छन् । जस्तै ः हृदयघात, मधुमेह, बच्चा तुहिनेलगायत रोग ।
नेपाली जनमानसमा पाइने केही महत्वपूर्ण अन्धविश्वास निम्न प्रकार छन् :

१) दाँतको उपचार एकदमै महँगो हुन्छ ।
– दाँतको उपचार गराउनु एउटा महत्वपूर्ण लगानी गर्नु हो । जसले हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानेकुरा चपाउनका लागि दाँत नभई नहुने अंग हो । यसको उपचार गराउनाले दाँतको दुखाइबाट छुटकारा पाउनुका साथै हृदयघात, मिर्गाैलाका रोग, मधुमेह, मुखको दुर्गन्धवाट बचाउने अनि सुन्दरता बढाउने, राम्रो नोकरी, राम्रो सम्बन्ध तथा खुसी प्रदान गर्न मद्दत गर्छ । नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्डजस्ता देशमा भन्दा एकदमै सस्तो छ ।

२) दाँतको उपचार गराउँदा हुन सक्ने डर (डेन्टलफोबिया) ।
– अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हुँदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई (लोकल एनेस्थेसिया) लगाइसकेपछि दुखाइको अनुभव हुँदैन । यतिमात्र होइन कि आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर निदाउने (जनरल एनेस्थेसिया) अवस्था बनाएर पनि केही सर्जरी गरिन्छ । अतः दाँतको उपचार गराउँदा दुखाइ हुन सक्छ भनेर डराउनु हँुदैन । समयमै दन्तचिकित्सककहाँ गई उपचार गराई मुख तथा दाँतको रोगबाट हुन सक्ने दुःख तथा समस्याबाट बच्न सकिन्छ ।

३) दाँत दुखेपछि मात्र चिकित्सक कहाँ जाने ।
– प्रायः मानिस दन्तसडन सुरु भइसकेको अवस्था थाहा हुँदाहुँदै पनि दन्तचिकित्सककहाँ उपचारका लागि जाँदैनन् । दाँत दुख्न थालेपछि मात्र समस्या भएको बुझ्छन् । कतिपय त दुखाइ सहनै नसक्ने नभएसम्म उपचारका लागि जाँदैनन् । बिरामीले समयमै दन्तचिकित्सककहाँ गएर आफ्नो मुख तथा दाँतको उपचार गराउनुपर्छ । समयमै उपचार गराउनाले दाँतलाई दन्तसडनबाट बचाउन सकिन्छ तथा अरु मुख तथा दाँतको रोगबाट हुन सक्ने समस्याबाट समयमै जोगिन सकिन्छ । नियमित रुपमा कम्तीमा तीन, तीन महिनाको अन्तरालमा दन्तचिकित्सककहाँ गई आफ्नो मुख तथा दाँत जँचाउनु र दन्तचिकित्सकको सल्लाह अनुसार दाँत सफा (स्केलिङ) गराउनु तथा अरु उपचार गराउनुलाई उत्तम हो ।

४) दाँत फुकालेपछि आँखा कमजोर हुन्छ र दिमागमा असर गर्छ ।
– यो नेपाली जनमानसमा विद्यमान मुख्य अन्धविश्वास हो । आँखा र दाँतलाई फरक फरक नशाले हाम्रो मस्तिष्कसँग जोडेको हुन्छ । दाँत फुकालेमा आँखा कमजोर हुन्छ भन्नु वा दिमागमा असर गर्छ भन्नु एउटा भ्रम मात्र हो । अतः यो कुरा सत्य होइन र डराउनु हुँदैन ।
५) दाँत दुखेका बेला फुकाल्नु हँुदैन ।
– धेरै जसो मानिस दाँत दुखिरहेका बेलामा दाँत निकाल्न नहुने भ्रम लिएर दुखाइ सहेर बस्छन् र दुखाइ कम होस् भनेर पर्खिबस्छन् । दुखाइ कम भएपछि मात्र दन्तचिकित्सककहाँ पुग्छन् । त्यसरी दुःख सहेर बस्नु हुँदैन र जतिसक्दो चाँडो दन्तचिकित्सककहाँ जँचाउन जानुपर्छ ।

६) दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लेर आउँछ तथा सिरिंग हुने समस्या हुन्छ र दाँत फाटिन्छ ।
– यो एउटा भ्रम मात्रै हो । दाँत सफा एउटा अल्ट्रासोनिक मेसिनले गरिन्छ जसले कम्पनद्वारा दाँतमा जमेर बसेका फोहोरलाई हटाउँछ । यो कुनै धारिलोे मेसिन होइन, त्यसैले यसले दाँत खिइँदैन । मानिसले सिरिंग सिरिंग केही दिनका लागि अनुभव गर्न सक्छ तर त्यो जमेको फोहर सफा भएपछि फलस्वरुप दाँतको जराको भाग देखिन गएर भएको हो । जुन कि त्यही फोहोरु जमेर गिजा तल–तल जरातिर सर्नुको कारणले भएको हो । त्यो फोहोर नै सफा भएपछि दाँतहरुबीच खाली–खाली ठाउँको महसुस गरेर फाटेको जस्तो लाग्नु भ्रममात्र हो । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन । दाँतमा जमेका फोहोर किटाणुको घर हो, त्यो नियमित रुपमा तीनदेखि छ महिनाको अन्तरालमा दन्त चिकित्सकको सल्लाहअनुसार सफा गराइरहनुपर्छ । यसो गर्नाले दाँतलाई समातेर राख्ने हाड तथा गिजा स्वस्थ रहन्छ र यसले मुखको दुर्गन्धको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

७) गुलियो खानेकुरा खायो भने मात्र दन्तसडन हुन्छ ।
– हामीले खाएको खानेकुरा जुन दाँतमा अड्किन्छ, त्यसलाई किटाणुहरुले खाएपछि बनाएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सड्ने हुन्छ । खानेकुरामा पाइने कार्बोहाइडे«ट र किटाणुको अन्तरक्रियाले त्यो अम्ल उत्पादित हुन्छ । गुलियो खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । अतः चकलेट र मिठाइजस्ता खानेकुराले दन्तसडनमा बढी भूमिका खेल्छ तर अरु खानेकुरा पनि भात, रोटी, आलु वा अरु तरकारीमा पनि कार्बोहाइडे«ट पाइन्छ र यी खानेकुराले पनि दन्तसडन गराउन भूमिका खेल्छ । अतः खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी हुन्छ ।

८) दुधे दाँत अन्ततः झर्ने नै हो । त्यही भएर दुधे दाँतको वास्ता गर्नु अनावश्यक हो ।
– प्रायः आमाबुबा आफ्नो बच्चाको दन्त सड्न हुँदाहुँदै पनि दाँत भर्न चाहँदैनन् । यो सोचेर कि यी दुधे दाँत अन्ततः झरेर स्थायी दाँत त्यो ठाउँमा आई नै हाल्छ । यदि दन्तसडन भएर केही गरी संक्रमण भयो र सुन्निएर आयो वा दुख्यो भने त्यो दाँत बचाउनुभन्दा पनि निकाल्ने पक्षमा देखिन्छन् । दन्त चिकित्सकको सल्लाह अनुसार दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान चपाउन मद्धत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झ¥यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर आउने हुन्छ । जसले गर्दा दन्तसडन र गिजासम्बन्धी रोग लाग्ने सम्भावना बढेर आउँछ र ती दाँत मिलाउन पछि अर्थोड्रोन्टिक उपचार तथा सर्जिकल उपचार गर्नुपर्ने हुँदा खर्च पनि निकै लाग्छ । अतः दुधे दाँतको पनि महत्व बुझेर त्यसको हेरचाह र उपचार गरी समयसम्म बँचाउन सके राम्रो हुन्छ ।

९) सबै दाँत झरेपछि मात्र दाँत हाल्ने ।
– प्रायः मानिस एक–दुइटा दाँत झरेको खण्डमा त्यहाँ दाँत नहालीकनै अरु दाँत पनि झर्ने बेलासम्म पर्खिन्छन् । सबै दाँत एकैचोटि हाल्ने भनेर बस्छन् । यी भ्रम प्रायः जसो बुढापाका उमेरका मानिसमा विद्यमान देखिन्छ । यदि हाम्रो एउटा दाँत झरेर गयो भने पनि त्यो ठाउँमा नक्कली दाँत हाल्न सकिन्छ र हाल्नुपर्छ । अचेल त दाँत रोप्ने (इम्प्लान्ट) प्रविधिको विकाससँगै दाँत राख्न झनै राम्रो भएको छ । समयमै दाँत हालेपछि हाड तथा गिजा सुकेर जाने प्रक्रिया सुरु हुन्छ र हाडको मात्रा राम्रो भएपछि लगाएको दाँत राम्ररी अड्ने हुन्छ । दाँत झरेर खाली भएको ठाउँको विपरीत जव्रामा रहेको दाँत माथि सर्ने तथा छेउछाउको दाँत पनि सरेर खाली ठाउँतिर आउँछ । यसले गर्दा हाम्रो सामान्य रुपले दाँत जुड्ने प्रक्रिया बिग्रिन्छ र फलतः टेम्पोरोमान्डिबुलर जोर्नीेको समस्या हुन सक्ने खतरा हुन्छ । अतः हाम्रो कुनै दाँत केही गरी झर्न गएको खण्डमा सक्दो चाँडो त्यो ठाउँमा दाँत हाल्नुपर्छ ।

१०) दन्तसडन बच्चामा बढी सम्भावित रोग हो ।
– बच्चाहरु जन्मजात रुपमा दन्तसडनको सम्भावित हुने होइन । यो रोग बच्चामा अधिक मात्रामा देखिनुको कारण हो कि उनीहरु आफ्नो दाँत राम्ररी माझ्न सक्दैनन् । उनीहरुलाई हामीले राम्ररी दाँत माझ्न सिकायौं र उनीहरुले राम्ररी आफ्नो मुख तथा दाँत सफा राख्न सके भने यो रोग धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । बच्चाहरुलाई घुमाउरो विधि (फोन्स मेथड) सिकाउन सजिलो हुन्छ र उनीहरुका लागि सिक्न पनि सजिलो हुन्छ । अतः दन्तसडन बच्चादेखि बूढासम्म सम्भावना बोकेको रोग हो र यसको सम्भावनालार्इृ मुख, दाँत तथा जिब्रोको नियमित र प्रभावशाली तरिकाले सफा गर्नाले घटाउन सकिन्छ ।

११) गिजाबाट रगत आयो भने दाँत माझ्नु हुँदैन ।
– मानिसहरु गिजाबाट रगत आउन थालेपछि दाँत माझ्नै बन्द गरिदिन्छन् । यो सोचेर कि रगत खेर गइरहेको छ । तर त्यो सबै गिजाको संक्रमण भएर सुन्निएर निम्त्याएको अवस्था हो । यो सबै राम्ररी दाँत नमाझेर जमेका फोहोरमा रहेका किटाणुको संक्रमणको उपज हो । यस्तो अवस्थामा दाँत हल्का रुपले राम्ररी सवैतिर माभ्mनुपर्छ र दन्तचिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।

१२. दन्तचिकित्सक दाँतसम्बन्धी मात्र हो ।
– धेरैजसो मानिस दन्तचिकित्सक भन्नेबित्तिकै दाँतसम्बन्धी मात्र बुभ्mछन् । तर यो सही बुझाइ होइन । दन्तचिकित्सकहरु दाँत मात्र नभई पूरा मुख, गिजा, जिब्रो, अनुहार, तल्लो र माथिल्लो जव्रा टेम्पोरोमान्डिबुलर जोर्नी, मुखको क्यान्सर, ओठ तथा तालु काटेको वा खुडेको आदि सबैका विशेषज्ञ हुन् ।

यी सबै अन्धविश्वासले गर्दा हामी सक्षम उपचारबाट वञ्चित भइरहेका छौं । जनमानसलाई यो भ्रमबाट निकाल्न सकियो भने दन्त उपचारमा लाग्ने समय र खर्चलाई न्यूनीकरण गर्न सकिन्छ तथा यसबाट मानिसहरुले भोग्नुपर्ने दुःख र समस्याबाट बच्न सकिन्छ । स्वास्थ्य खबरबाट

 

निको पार्न सकिन्छ नपुसकता

सन् १९९० तिर मानिसहरु नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) बारेमा एक्दमै कम कुरा गर्थे । लाज र डरका कारण कुरा गर्न अप्ठेरो मान्न प्रवृति थियो । तर १९९८ देखि भियग्राको उत्पादन सुरू भएपछि यो अवस्थामा नाटकीय परिवर्तन आयो । त्यसअघिसम्म नपुसंकता पालेर बेडरूमा खुम्चिनेहरू डाक्टरसम्म पुग्ने वातावरण बन्यो । त्यसपछि विश्वभर दसौ लाख डाक्टरहरुले करोडौ पुरुषहरुलाई यो औषधीबाट नपुसंकता र त्यस सम्बन्धी समस्याहरुको उपचार गरिसकेका छन् ।spermatozoid_oocyte_recognition_mechanisms

सन् २००३ मा एफ.डि.ए.ले अरु दुइ वटा औषधीलाई मन्यता दिएपछि नपुुसंकताको उपचार गराउने लहर अझै बढेर गयो । केहीले त यसलाई दोस्रो यौनक्रान्तिको रुपमा व्याख्या गरे । ती औषधिमध्ये पहिलो चै महिलाहरुलाई बच्चा जन्माउनमा रोक्न मद्दत गर्ने औषधी थियो । दुबै औषधीहरुले, मानिसहरुको यौन व्यबहार र उनीहरुको यौन सम्बन्धीको सोचाईमा समेत ठूलो परिवर्तन ल्याईदिए । अझै पनि समाजमा नपुसंसकताको विषय खुल्ला वहसको विषय भने बनेको छैन् । सन् २००३ मा ५० बर्ष भन्दा माथीको पुरूषहरूमा गरिएको एउटा अध्ययनअनुसार ७४ प्रतिशत भन्दा बढी पुरुषहरुलाई नपुसंकताको समस्या हुँदाहुदै पनि यस बारेमा खुलेर कुरा गर्न असजिलो मानिरहेका थिए । पछि उनीहरुलाई उपचार गरिसकेपछि मात्र अलिकता कुरा गर्नमा हिचकिचावट कम भएको पाईएको थियो ।

यदि तपाईंलाई पनि नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) सम्बन्धी समस्या छ भने यो बारेमा राम्ररी जान्नु उपयुक्त हुन्छ । धेरै मदिर सेवनपछि वा दुःखको अवस्थामा भावनत्मक चापले गर्दा यदि लिङमा कडापन (ईरेक्सन) हुन सकेन भने त्यो नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) होईन । न त स्खलन भै सकेपछि तुरुन्त सम्भोगको लागि तयार हुन नसक्नु नपुसंकता हो । प्रायः गरेर पुरुषहरुलाई जीवनमा एक चोटि इरेक्सनको समस्या हुन्छ नै ।

यौनसम्पर्कको लागि मन हुँदाहुँदै लामो समयसम्म लिङमा कडापन न आउनु, र भए पनि सम्भोगको लागि प्रयाप्त समयसम्म इरेक्सन नहुनुलाई नपुन्सक्ता (इरेक्ताईल डिस्फन्क्सन) भनिन्छ । यस्तो अवस्थामा लिङमा प्रयाप्त मात्रामा कडा नहुनु, भैसके पनि छिट्टै नरम हुने गर्दछ । यो समस्या दिनानुदिन बढ्दै जान्छ र हुँदा हुँदा, इरेक्सनकोलाई धेरै समय लिने गर्दछ । कुनै बेला उत्तेजना पहिले पहिलेको जस्तो कडा हुदैन वा स्खलन हुनु भन्दा अगावै कडापन जान्छ । यदि यस्तो समस्याहरु प्रायः गरेर हुँदै गयो भने डाक्टरसँग सल्लाह गर्नु बेस हुन्छ ।

नपुसंकताको धेरै करणहरु हुन्छन । धेरैजसो समयमा लिङमा हुने धमनीहरुमा हुने अवरोधले नपुसंकता हुन्छ । यी समस्याहरु मुटुमा पनि हुने गर्दछ जस्ले गर्दा हृदयाघात समेत हुनसक्छ । वास्तवमा पुरुषहरुमा नपुसंकतासम्बधी समस्या देखिएमा ३० प्रतिशत जतिमा मुटुको समस्या पनि हुन्छ । अरु कारणहरुमा – औषधी, रोग, दुर्घटना र प्रोस्टेत ग्रन्थीको शल्यक्रिया आदि हुन । चिन्ता, वैवाहिक समस्याहरु, र उदासिनताको रोग (डिप्रेसन) हरुले पनि यी समस्याहरू हुनसक्छ । पहिले पहिले नपुसंकतालाई मानसिक समस्या भनेर चिनिन्थ्यो । केही हदसम्म चिन्ता र राम्रो गर्न सक्दैन की भन्न डरले यस्तो समस्या आउन सक्छ ।

तर ७० प्रतिशत जति पुरुषहरुमा शरीरिक कारणहरु जस्तै रगत र स्नायुहरुको समस्याले गर्दा हुने गर्दछ । यी शारीरिक समस्या मधुमेह, मृगौलाको समस्या, प्रोस्टेटको समस्या, मोटोपना, धमनी र स्न्यायुहरुको सम्स्या र अत्यधिक मदिर र चुरोटको सेवनले गर्दा हुन्छ । कहीलेकाँही शरीरिक र मानसिक समस्या दबैले गर्दा हुन सक्छ । जे जस्ता कारणहरुले नपुसंकता भए पनि यी समस्याहरुको भरपर्दो समाधानहरु छन् । पुरुषहरुले आफ्नो वजन मात्र घटाए पनि धेरै मद्दत गर्छ । यदि औषधीले काम गरेन भने इन्जेक्सन र व्याकुम उपकरणहरु पनि छन् । उपयुक्त भरपर्दो उपचार बिधी खोज्नु पहिलेको भन्दा अहिले धेरै सजिलो भाई सकेको छ ।

हाम्रो देशमा कुनै पनि यससम्बन्धी अध्ययन नभएको हुनाले, यहाँको अवस्था कस्तो छ भनेर किटान गर्न गार्हो छ, तर अमेरिकन इउरोलोजीकल एसोसिएसनको अनुमान अनुसार २ दशमलव ५ करोड जति अमेरिकन पुरुषहरुमा यो समस्या छ । धेरै मानिसहरुमा भ्रम पनि छ की बढ्दो उमेरसँगै नपुसंकता पनि बढ्दै जान्छ, तर त्यस्तो होईन । यद्यपी, पुरुषहरुमा पाईने, तेस्तोस्तेरोन (जुन यौनकार्यको लागि आवस्यक हुन्छ) भन्ने हर्मोन बढ्दो उमेरसंगै शरीरमा घट्दै गए पनि त्यसको शरीरमा हुनु पार्ने सामान्य तह भई राखेको हुन्छ । बढ्दो उमेरसंगै शरीरमा धेरै परिवर्तन हुन्छन्, तर पनि नपुसंकता किन हुन्छ भनेर किटान गरेर भन्न सकिदैंन ।

कहिलेकाही नपुसंकता बिभिन्न रोगहरुले गर्दा पनि हुन्छ या ती रोगहरुमा प्रयोग हुने औषधीको नरम्रा असरहरुले गर्दा हुन्छ । तर स्वास्थ्य खानेकुरा, व्यायाम, परहेज र वजनलाई सामान्य अवस्थामा कायम रखेमा, ती रोगहरु जस्तै – उच्च रक्तचाप वा मधुमेहहरुलाई रोक्न र निको पार्न सकिन्छ । स्वास्थ्य जीवन व्यतित गरेमा वैवाहिक यौनसम्बन्ध पनि पछिसम्म कायम रहन्छ । एउटा अध्ययन अनुसार, ५० प्रतिशत देखि ८० प्रतिशत स्वास्थ्य जीवन बिताईरहेका ७० बर्र्षका आधा जति महिला पुरुषहरु प्राय गरेर दिनहुँ र आधाले कम्तिमा हपताको एक चोटि यौनसम्पर्क गरेको पाईएको छ । बढ्दो उमेर जस्तै ८०–९० बर्र्षको उमेरमा पनि पुरुषहरुमा यौनइच्छा र इरेक्सन युवावस्था जतिकै पनि भेटिएको छ । यी कुराहरुले पनि के जनाउँछ भने यौन भनेको – ‘प्रयोग गर्नुस् वा गुमाउनुस्’ भन्ने भनाईसँग दाज्न मिल्छ ।

यसको उपचार औषधीद्धारा गरिन्छ तर, सबैलाई औषधी ले नै हुन्छ भन्ने छैन् । यो कसरी भएको हो भन्ने करण पत्ता लगाई समयमा उपचार गरेमा नपुसंकता निको पार्न सकिन्छ । यो कसरी भएको हो भनेर थाहा पाउनको लागि फरक प्रविधि र सीपको आवश्यक्ता पर्दछ । यो सम्बन्धी समस्या छ भन्दैमा भियाग्रा खाईहाल्नु हुदैन, भियग्राको आफ्नै नराम्रा असरहरु पनि छन् । नपुसंकतासम्बन्धी कुनै पनि समस्या देखिएमा डाक्टरसँग राम्रोसँग छलफल गरेर उपचार गराउनु बेस हुन्छ । स्वास्थ्य खबर बाट ।