Home / स्वास्थ्य (page 3)

स्वास्थ्य

अव महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने !

७ असोज, एजेन्सी ।

बैज्ञानिकहरुले अव महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने सम्भावना बढ्दै गएको बताएका छन् । मुसामा गरिएको एक अध्यनबाट यस्तो सम्भावना दिएको बैज्ञानिकहरुको भनाइ छ ।

केवल शुक्राणुको मद्दत लिएर यो परीक्षण गरिएको थियो । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित शोधको निष्कर्षमा भविष्यमा बच्चा पाउनका लागि महिलाको आवश्यकता नपर्ने सम्भावना औल्याइएको छ ।

sperm ovam

बाथ युनिभर्सिटीका बैज्ञानिकहरुले एक अनषेचित अण्डाको प्रयोग गरेर रसायनको मद्धतबाट नक्कली भ्रुण पैदा गरेका थिए । यो नक्कली जिवित भ्रुणमा आम कोशिकामा जस्तै विभाजन हुने पक्रिया देखियो ।

शोधकर्ताहरुले मुसामा सफल भएको यो परीक्षण मानिसमा पनि सुदुर भविष्यमा लागु हुन सक्ने बताएका छन् ।

 

यो प्रक्रियामा कुनै पनि शुक्राणुबाट भ्रुण पैदा गर्नका लागि महिलाको आवश्यकता पर्दैन । भ्रुण उत्पादनका लागि रसायनको प्रयोग गर्न सकिने बैज्ञानिकहरुको आशा छ ।

‘ब्लु बल्स’ अर्थात उत्तेजित हुँदा पुरुषको अण्डकोष दुख्ने समस्याको २ उपाय

‘ब्लु बल्स’ यौन असन्तुष्टीको शारीरिक नतिजा हो। यौन उत्तेजना बढेको बेला पुरुषको अण्डकोष अत्याधिक दुख्ने, अनि कतिपय केशमा अण्डकोष सुन्निने अनि रंग पनि गाढा भए ब्लु बल्स समस्या भएको बुझ्न सकिन्छ। यस्तो अधिकांस पुरुषहरुले भोग्ने गरेका छन्।man-with-hand-over-crotch-1715714

अधिकांस समय यौन उत्तेजना चरम हुँदा पनि शारीरिक सम्पर्क भएन वा वीर्य स्खलन हुने मौका पाएन भने अण्डकोष दुख्ने गर्छ।

यौन अगंमा रगतको दवाव कम नहुँदा यस्तो समस्या हुन्छ। भलै यो विषयमा विस्तृत विवरण भेटिदैन तर यो समस्याबाट बच्न यौन अंगमा रगतको दवाव  कम गराउनु पर्छ।

यसको लागि उत्तेजना भएपश्चात यौन सम्पर्क हुने वातावरण नमिले हस्तमैथुन गर्नु सबैभन्दा उपयुक्त हुन्छ। यो गर्दा वीर्य स्खलन हुन्छ, लिङ्गमा रगतको दवाव कम हुन्छ अनि ब्लु बल्स हुन पाउँदैन।

अर्को उपाय भनेको केही गह्रौ वस्तु उचाल्ने वा कसरत गर्ने ताकि रगतको प्रवाह शरिरको अन्य अंगमा बढोस्।

तौल घटाउँछ अनि डण्डिफोर भगाउँछ, अनारका सेवनका १० फाइदा

अनार सेवनले बढ्दो उमेरसंगै देखिने समस्या कम गर्छ र जवान रहन मद्दत गर्च। यो फाइबर, भिटामिन सी र एन्डिअक्सिडेन्टको राम्रो स्रोत हो, जसले कमजोरी हुन दिदैन र मुटुसम्बन्धि समस्याबाट पनि बचाउँछ।pomegranate 71815911

१. अनारले शरिरको फ्याट कम गर्छ र तौल कम गर्न मद्दत गर्छ।
२. अनारको जुसमा अधिक फाइबर हुन्छ। दैनिक अनार वा यसको जुस सेवनले पाचन प्रक्रिया ठिक रहन्छ साथै कब्जियत हुन पाउँदैन।

३. अनारले शरिरमा कोलस्टोरको स्तर नियन्त्रणमा राखि मुटुको समस्याबाट बचाउँछ।

४. यसमा अधिक पाइने भिटामिन ईले अनुहारमा चाउरी कम गर्छ।

 

५. अनारमा भिटामिन ए प्रशस्त पाईन्छ। आँखाको ज्योतिको लागि अनार खानुस्।

६. यसमा पाइने आइरनले शरिरमा रगतको कमी (एनीमिया) हुन दिदैन।

७. अनारमा पाइने भिटामिन सीले शरिरमा उर्जा दिन्छ साथै कमजोरी हुन दिदैन।

८. अनारमा पाइने एन्टिअक्सीडेन्टस्ले डन्डिफोर कम गर्न पनि सहयोग गर्छ।

९. अनारको जुस पिउँदा रोग प्रतिरोध क्षमता बढ्छ।

१०. अनारले मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ।

छिटो गर्भवती हुन अपनाउनुस् यी ५ पोजिशन

एजेन्सी । कसैै महिलामा गर्भ छिट्टै हुन्छ भने कसैमा केही खरावीका कारण धेरै सुस्त तरिकाले हुन्छ । यसका धेरै कारण छन्, जसरी स्पर्मको कमी वा पर्याप्त संख्यामा स्पर्म नहुन वा स्पर्मका अंडाअणु संग मिल्न नसक्नु पनि हो ।

स्पर्मको कमी हुनु त त्यो आफ्नो ठाउँमा छदैछ । तर कहिलेकाहीं पुरुषको गुप्तांगबाट निकल्ने स्पर्म र महिलाको शरिरबाट निस्किने अंडाणुहरु आपसमा नमिल्नु पनि हो ।

गुप्तांगबाट निकल्ने विर्य केवल २४ घण्टा मात्रै जीवित रहन्छ भने नारी शरिरमा ३ देखि ५ दिन सम्म जिवित रहन्छ । यदि स्पर्म र अण्डा सहि समयमा एकआपसमा मिल्न सकदैन भने त्यो अवस्थामा गर्भ रहन सक्दैन् ।

अब प्रश्न उठ्छ, यो समस्यालाई कसरी तह लाउनु सकिन्छ ?

यसको जवाफ सेक्सको राम्रो पोजिसन अपनाउन पर्छ । कयौं पटक पोजिसन नमिल्नाले पनि स्पर्म गलत ठाउँमा जमा हुन्छ जसल गर्दाे गर्भ रहन सक्दैन् ।

त्यहि भएर गर्भ रहने सेक्स पोजिसनले नै आफ्नो अहंम भुमिका खेल्छ ।

पढ्नुहोस सेक्सका अति राम्रा पोजिसनको बारेमा जसले सजिलै गर्भ रहन सक्छ ।

मिसनरी पोजिसन

गर्भवती रहनको लागि मिशनरी पोजिसन सबै भन्दा राम्रो पाजिसन हो । यसमा संभोग गर्ने बेला पुरुषमाथि र महिला तल भएर गर्छन् । यस पोजिसनको फाइदा पेनिस धेरैभित्र सम्म प्रवेश गर्न पाउँछ र स्पर्म गर्भासयसम्म जाने टिशु ग्रीवा वा सर्वक्सको धेरै नजिक जमा हुन्छ ।

कम्मर माथि उठाएर

यसमा महिलाको शरिरको तल सिरानी राखेर कम्मर माथि उठाएर गरिन्छ । यो पोजिसन पनि निकै फाइदा जनक हुनसक्छ । किनभने यो स्थितिमा पूरुष द्धारा जति सीमेन रिलिज हुन्छ, त्यो स्त्री सर्विक्स सम्म सजिलै पुग्छ र वहाँबाट अण्डाणुहरुको सम्पर्कमा आउँछ ।

डगी स्टाइल

डगीस्टाइल लाई पनि गर्भको राम्रो पोजिसन मानिन्छ यसमा पनि स्पर्म सर्विक्स नजिक नै जान्छ ।

बगलमा लेटगरेर

पार्टनरलाई बगलमा लेट गरेर गर्ने पोजिसनलाई पनि परिक्षण गर्नु सक्नु हन्छ । यसमा पनि सर्विक्स नजिक नै जाने सम्भावना हुन्छ ।

आर्गेजम

रिसर्च अनुसार यो पाजिसनमा सेक्सको सम्बन्ध हुँदैन तर स्त्री अर्गेजमको कारणले संकुचन हुन्छ जसमा स्पर्मलाई सर्विक्स तिर धकेलिन्छ ।

 

छोटा पहिरन लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ ( यौन मनोविज्ञान )

भाद्र २८ , २०७३-

म ३३ वर्षीय विवाहित पुरुष हुँ । मलाई छोटा पहिरन तथा स्वीमिङ ड्रेस लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ र त्यसबाट यौन उत्तेजनासमेत महसुस हुन्छ । यस्तो कुरा विवाहपछि हट्छ कि जस्तो लाग्थ्यो तर हटेन । म श्रीमतीसँग भने सन्तुष्ट छु, तर मलाई किन यस्तो भएको होला भनेर दुविधा हुन्छ ? कृपया मेरो समस्याका बारेमा प्रस्ट पारिदिनुहोला ।  मि. 

snapshot

तपार्इंले अनुभूति गरेको कुरामा तपाईंको मनमा विभिन्न दुविधा भएको महसुस भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपार्इंमा उब्जिएको दुविधा पछि गएर मनोरोगमा परिणत हुन सक्छ । पछि गएर महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंको दुविधाले चाहिँ तपाईंको दैनिक जीवनलाई असर गर्न थाल्छ ।

 

त्यसले श्रीमतीसँगको सम्बन्धमा पनि असर पार्न सक्छ । तपाईंको कुराअनुसार अहिलेसम्म तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो छ, त्यसैले तपार्इंले हाल महसुस गर्नुभएको दुविधा अनि महिलाप्रतिको आफ्नो अनुभूति आफ्नी श्रीमतीसँग बाँड्न सक्नुहुन्छ ।
पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख एवं पुस्तकहरूमा चर्चा हुने गरेको पाइन्छ । ती लेखमा पुरुष नै महिलाभन्दा बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख भएको देखिन्छ । पुरुषहरूमा यसरी बढी यौन उत्तेजना हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गिक भूमिकाको अपेक्षा तथा यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ । यो विषयमा धेरैले चर्चा गरिरहने हँुदा यससम्बन्धी अनेकन् अनुसन्धान पनि भएका छन् ।
टपटेन रिभ्यू डटकमअनुरूप गएको वर्ष ४० करोड वयस्कले पोर्नाेग्राफी वेबसाइट हेरेका थिए, जसमध्ये ७२ प्रतिशत पुरुष तथा २८ प्रतिशत महिला भएको बताइएको छ । विभिन्न प्रोयोगात्मक अध्ययनले महिलाभन्दा पुरुषमा देखेर हुने यौन उत्तेजना बढी हुने कुरा बताइए पनि त्यस्तो किन भएको हो भन्ने कुराचाहिँ अझै अनुसन्धानकै विषय रहँदै आएको छ ।
अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने दृश्य देखाइएको थियो र दुवैमध्ये कसमा बढी उत्तेजना हुन्छ भनेर यौन उत्तेजना मापन गर्ने यन्त्र जडान गरिएको थियो । त्यस क्रममा यन्त्रको प्रयोगमार्फत उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह, मुटुको गति, रक्तचाप, यौनाङ्गको प्रतिक्रिया कति हुन्छ भनेर मापन गरिएको थियो । यसरी गरिएको अनुसन्धानले महिला तथा पुरुष दुवैमा एकै किसिमको प्रतिक्रिया अनि यौन उत्तेजना पनि बराबर भएको पाइयो ।
उक्त अनुसन्धानले महिला र पुरुष दुवैमा देखेर हुने यौन उत्तेजना र दृष्टि क्षमता बराबर हुने कुरालाई पुष्टि गर्‍यो । धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छा अभिव्यक्त गर्ने कुरालाई पापका रूपमा लिइन्छ त कतै त्यो सामाजिक रूपमा स्वीकार्य हुँदैन । कतिपय समाजमा यदि महिलामा यौनइच्छा जागृत भयो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौनइच्छा व्यक्त गर्दैनन् । त्यसैले पनि कतिपय लेख वा पुस्तकले महिलामा देखेर हुने यौन उत्तेजनाको क्षमताका बारेमा ठोस रूपमा उल्लेख गर्न नसकेका होलान् ।

 

तपार्इंले बुझ्नैपर्ने अर्को कुरा के हो भने तपाईंमा छोटा पहिरन वा स्वीमिङ ड्रेस लगाएका महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो ? तपाईंले यसमा पनि प्रस्ट हुनु आवश्यक छ । यदि त्यस्ता महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ र यसले तपाईंको करियर एवं व्यक्तित्वमै आघात पुर्‍याउन सक्छ । आफ्नो समस्याको पहिचान समयमै गर्न सके तपाईंलाई सजिलो हुनेछ । साप्ताहिक

 

‘एक हजार १२७ फिजियोथेरापी सेवाबाट लाभान्वित’

२७ भदौ, काठमाडौं । भूकम्प अतिप्रभावित जिल्लाका एक हजार १२७ जनाले फिजियोथेरापी सेवा लिएर लाभान्वित भएका छन् ।

Psysiotherapyस्वास्थ्य मन्त्रालय, अपाङ्गता रोकथाम तथा पुनःस्थापना शाखा/कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा ह्याडिक्याप इन्टरनेसन नेपालले आज आयोजना गरेको ‘भूकम्प अतिप्रभावित जिल्लाका पुनःस्थापनाका लागि सहयोग सेवा सिकाइ गोष्ठी’मा एक हजार १२७ ले सेवा लिएर लाभान्वित भएको बताइएको हो ।

विगत १४ महिनादेखि भूकम्प प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङका जिल्ला अस्पताल तथा दोलखास्थित जिरी अस्पताल र चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रका साथै काठमाडौँस्थित नेसनल ट्रमा सेन्टरमा फिजियोथेरापी सेवा उपलब्ध गराइएको ह्याडिक्याप इन्टरनेसनलले जनाएको छ ।

सो संस्थाले विभिन्न सात स्थानमा फिजियोथेरापी÷पुनःस्थापना एकाइको स्थापनाकालदेखि हालसम्म जम्मा चार हजार ६१७ जना चोटपटक, हिँडडुल गर्न कठिनाइ भएका र अपाङ्गता भएका व्यक्ति सेवा लिएर लाभान्वित भएको सो संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, संस्थाले चार हजार ४२८ जना बिरामी तथा तिनका एक हजार ४२८ जना सहयोगीलाई पनि बिरामीको हेरचाह तथा पुनःस्थापनाको फाइदाबारे अभिमुखीकरण गराएको छ ।

हालसम्म सात फिजियोथेरापी÷पुनःस्थापना एकाइमार्फत ५५२ थान अपाङ्गता भएका व्यक्तिलाई दैनिक जीवनयापनमा सहयोग गर्ने ह्विलचियर, वैशाखीलगायत विभिन्न सहयोगी सामग्री वितरण गरेको स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा. वासुदेव पाण्डेले बताए ।

उनले भूकम्पपश्चात् घाइते भएका व्यक्तिमा थप जटिलता हुन नदिन र हिँडडुल गर्न सक्षम बनाउनका लागि सञ्चालित परियोजनाअन्तर्गत फिजियोथेरापी तथा पुनःस्थापना सेवा कार्यको उपलब्धि तथा सिकाइ प्रस्तुत गर्न गोष्ठीको आयोजना गरेको जानकारी दिए ।

कार्यक्रममा भूकम्पका बेला मात्र नभएर अन्य बेलामा पनि फिजियोथेरापी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र दैनिक सवारी दुर्घटनाबाट हुने घाइतेका लागि पनि सो सेवा आवश्यक रहेको बताए ।

म दुब्लो हुनुमा हस्तमैथुनको कुनै भूमिका छ ? यौन जिज्ञासा र समाधान

भाद्र २६ , २०७३-

म १८ वर्षीय युवक हुँ । मैले दुई वर्षअघिदेखि हस्तमैथुन गर्न थालेको हुँ । अहिले पनि गर्छु । एक हप्ताअघि मैले आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गरेको थिएँ, तर यौनसम्पर्क गर्न थालेको पाँच मिनेट पुग्दा–नपुग्दै वीर्य स्खलन भयो, जसले गर्दा मैले पर्याप्त मात्रामा यौनसन्तुष्टि प्राप्त गर्न सकिनँ, न मेरी गर्लफ्रेन्डले नै आनन्द प्राप्त गर्न सकिन् । के यो शीघ्र पतन हो ? हो भने यसको समाधान बताइदिनुहोला । म दुब्लो हुनुमा हस्तमैथुनको कुनै भूमिका छ ?
५८४१

05092016042114bhadra-copy-600x0
शीघ्र स्खलन के हो ? 
तपार्इंलाई थाहै होला, मानव यौन प्रतिक्रिया चक्रका चार चरणमध्ये ‘चरमसुख (यचनबकm)’ को चरणमा पुगेको हाराहारीमै वीर्य स्खलन हुन्छ । यौनसुख शारीरिक तथा मानसिक दुवै प्रक्रियाको जटिल सम्मिश्रणबाट प्राप्त हुन्छ भन्ने कुरा पनि मैले यहाँ भनिरहनु नपर्ला । यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा बाह्य तथा आन्तरिक कारणहरूमा भर पर्छ । यो कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन ।
प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै समयमा वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कवाट प्राप्त गर्ने सुख प्राप्त नहुने कुरा सत्य नै हो ।
कतै यो शीघ्र स्खलन हो कि ? 
सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपयले सामान्य समयसीमामै वीर्य स्खलन हुने भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो
लाग्न सक्छ ।
तपाईंको सन्दर्भमा यो घटना एकपल्ट मात्र भएको बुझिन्छ । यस्तो घटना एक–दुई पल्ट भैहाल्यो भन्दैमा आफू शीघ्र स्खलनको समस्याबाट ग्रसित भएको मान्नु पर्दैन । फेरि तपाईंले पाँच मिनेटजतिको समय भन्नुभएको छ । लिङ्ग योनिमा प्रवेश गराएपछि वीर्य स्खलनसम्मको यो समयलाई सामान्य नै मान्नुपर्छ । माथि पनि भनियो, यो निरन्तर रूपमा भएर दुवैका लागि समस्या हुनुपर्‍यो ।
यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता (उभचायचmबलअभ बलहष्भतथ) ले समस्या थप बढाउँछ ।
आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा देखा पर्न थाल्यो भने मात्र समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैले गर्न सकिने केही उपाय :
 यौनसम्पर्क गर्ने क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।
पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।
यौनसम्पर्क गर्ने क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा सुरु गर्ने ।

 

    कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

 

पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा मिल्छ ।

 

अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा यसको प्रयोग गर्दा शीघ्रस्खलनलाई कम गर्न मद्दत मिल्छ । अभ्यस्त हुन निकै लामो समय लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणको अभ्यास यो समस्या समाधानको अर्को उपाय हो ।

 

दुब्लो हुनुमा हस्तमैथुको भूमिका 
कतै हस्तमैथुनले हानी गर्छ कि ? धेरैमा चासो र चिन्ता हुन्छ । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो । यौन सम्पर्क गर्दा यौन अङ्गहरू एक–आपसमा घर्षण गराइन्छ । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो ।

 

त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । तपाईंको दुब्लोपनसँग यसको प्रत्यक्ष सम्बन्ध छैन, त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिनु नै बेस हुन्छ ।

 

हस्तमैथुन एउटा स्वाभाविक कुरा हो । यस विषयमा अनेक भ्रम भए पनि यसले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समय दुरुपयोगबाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमण पनि हुन पाउँदैन ।

साभार : साप्ताहिक पत्रिका

 

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

liver-fat-problem-291232412

जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ ।

वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा डा विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ ।

सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने उनको भनाइ छ ।

उनि भन्छन्, ‘‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’’

उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ ।

यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ ।

भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताए ।

उनले कलेजो बिग्रदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण देखिने पनि बताए ।

गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ ।

डा शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताउँछन् ।

यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ ।

यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा शर्माले सल्लाह दिए । रासस

अल्जाइमरबारे जनचेतनाको कमी

कल्पना पौडेल

१८ भदौ, काठमाडौँ।

वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहुँदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ ।alzheimer 135954010

बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा हुने लक्षण ठान्ने गरेकाले बिरामी र परिवारलाई समस्यामा पार्ने गरेको छ । बुढेसकालमा लाग्ने डिमेन्सिया समूहको अल्जाइमर रोग पाँच प्रतिशतमा देखिने चिकित्सक बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालका ज्येष्ठ नागरिक विशेषज्ञ डा रमेश कँडेल यो ज्येष्ठ नागरिकमा लाग्ने कडा किसिमको बिस्तारै बढ्ने मानसिक रोग भएको बताउँछन् । डिमेन्सियाले सोच्ने, विचार गर्ने, योजना बनाउनेजस्ता महत्वपूर्ण मानसिक क्षमता घटाउँदै लैजाने उनको भनाइ छ ।

खासगरी मधुमेह, मष्तिष्कमा क्यान्सरजन्य रोग, मष्तिस्क ज्वरो र थाइराइडका बिरामीलाई यो रोगको खतरा अझ बढी हुने डा कँडेलले बताए ।

अल्जाइमर विस्मृति समाज नेपालका अध्यक्ष डा गौरीशङ्करलाल दास अन्य रोगका लागि सरकारले खर्च गरे पनि ज्येष्ठ नागरिकलाई लाग्ने यो रोगप्रति ध्यान पुग्न नसकेको बताउँछन् । उनले भने, “सरकारले अन्य रोगको उपचारका लागि विभिन्न व्यवस्था गरेको छ तर ज्येष्ठ नागरिकमा देखिने यो रोगलाई अझै पनि नजरअन्दाज गरेको छ ।”

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका उपाध्यक्ष मदनदास श्रेष्ठ यो रोगबाट पीडित बिरामी रोग लागेपछि धेरै समयसम्म बाँच्न सक्ने भए पनि त्यसका लागि परिवारको सहयोग चाहिने बताउँछन् ।

अल्जाइमरको चरम अवस्थामा कसैलाई पनि नचिन्ने, आफ्नो वरिपरि भइरहेको कुरा र आफ्नाबारे समेत बिरामीलाई थाहा हुँदैन । हेल्पएज इन्टरनेसनल नेपालका खिमराज उपाध्यायले नेपालमा हालसम्म यस्ता बिरामी र तिनका परिवारका लागि कुनै सेवा सुविधा नभएका कारण पनि बिरामीले अपहेलना सहनु परेको बताए ।

उनले भने, “जनचेतना अभाव र स्वास्थ्य सेवाको अपहुँचका कारण डिमेन्सिया रोगबारे अधिकांश नेपाली अनभिज्ञ भएकाले यसबारे सबैलाई जानकारी गराउन आवश्यक छ । परिवारले यस रोगका बारेमा बुझेमा मात्र आफ्ना बिरामी आमाबालाई हेर्न सक्छन् । अन्यथा यसले परिवारलाई पनि थप तनाबमा पारेको छ ।”

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव शङ्करप्रसाद पाठकले अल्जाइमर रोगका बारेमा जनचेतना जगाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, “यस विषयमा के के गर्न सकिन्छ भन्ने विषयमा यस क्षेत्रमा काम गर्नेले ठोस कार्यकमको कार्ययोजना बनाई ल्याएमा मन्त्रालय सहयोग गर्न सकारात्मक छ ।”

हरेक वर्ष सेप्टेम्बर २१ मा विश्व अल्जाइमर दिवस मनाइन्छ । यसको थालनी सन् १९९४ मा स्कटल्यान्डको एडिनबरा सहरमा भएको थियो । अल्जाइमर्स डिजिज इन्टरनेसनलको आह्वानमा मनाइने यो दिवसमा विश्वभरिका जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यस वर्ष पनि ‘मलाई नबिर्स’ भन्ने नाराका साथ यो सेप्टेम्बर महिनाभर अल्जाइमर दिवस मनाउन लागिएको छ । डिमेन्सिया बुढेसकालको लक्षण नभएर स्मृतिसम्बन्धी रोग हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१० मा विश्वभर तीन करोड ५६ लाख मनिस डिमेन्सिया रोगले ग्रस्त रहेको बताएको छ ।

सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष ७७ लाख डिमेन्सियाका नयाँ बिरामी देखिने गरेका छन् । यो आँकडानुसार प्रत्येक चार सेकेन्डमा संसारमा एक व्यक्तिमा डिमेन्सिया रोग लाग्ने गर्छ ।

नेपालमा सन् २०१३ सम्ममा ७८ हजार वृद्धवृद्धामा यो रोग लागेको एक तथ्याङ्कले देखाएको छ । यो रोग लागेका मानिसमा स्मरणशक्ति कमजोर हुने, शरीर गल्दै जाने, उदासीनताको सिकार हुने जस्ता लक्षण देखिन्छ । रासस

पाठेघरमा समस्या हुँदा यौन सम्पर्क गर्न हुन्छ ?

भाद्र १७, २०७३- म २३ वर्षीया विवाहित महिला हुँ । मेरो पाठेघरमा समस्या भएकाले डाक्टरले यौनसम्पर्क नगर्नु भन्नुभएको छ, तर मेरो श्रीमान् मलाई मुखमैथुन र गुदा मैथुनका लागि आग्रह गर्नुहुन्छ । त्यसमा असमर्थता व्यक्त गर्दा उहाँ रिसाउनुहुन्छ । अब मैले के गर्दा उपयुक्त होला ?

 

पाठेघरको समस्या
तपार्इंले चिकित्सकले यौनसम्पर्क नगर्नु भन्नुभएको कुरा गर्नुभएको छ, तर आफ्नो पाठेघरमा भएको समस्या बताउनुभएको छैन । आफ्नो पाठेघरको समस्याका बारेमा विस्तृत जानकारी दिनुभएको भए तपाईलाई चिकित्सकले किन त्यसो भन्नुभएको हो भन्ने सन्दर्भमा विस्तृत रूपमा केही भन्न सकिन्थ्यो । प्राय:जसो यौनसम्पर्क पीडायुक्त हुने वा संक्रमण सर्ने वा यौनसम्पर्क गर्दा रक्तश्राव भएको स्थिति र केही अवस्थामा चिकित्सकले केही समयका लागि यौनसम्पर्कबाट परहेज गर्न भनेका हुन सक्छन् । यस्तो स्थिति विरलै मात्र हुन्छ जसमा जीवनभर यौनसम्पर्क राख्न परहेज गर्ने सल्लाह दिइयोस् ।

 

चिकित्सकको दायित्व जीवनभर यौनसम्पर्क नराख्ने सल्लाह दिनुभन्दा पनि रोगको सही निदान र त्यसको उपचार गर्नुतिर हुन्छ । अर्को पक्ष के पनि छ भने कतिपय स्थितिमा महिला आफैंले यौनसम्पर्क राख्न चाहँदैनन् । यसका पनि अनेक कारण हुन सक्छन् । यौनसम्पर्क पीडायुक्त हुनु यसको प्रमुख कारण हो । किन यौनसम्पर्क पीडादायक हुन्छ भन्ने विषयमा केही चर्चा गरौं ।

 

पीडादायक यौनसम्पर्क
सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायक हुन पुग्छ । पीडादायक तथा अप्ठ्यारो यौनसम्पर्कलाई चिकित्सीय भाषामा म्थकउबचभगलष्ब भनिन्छ । यौनसम्पर्क पीडायुक्त हुनुका शारीरिक एवं मानसिक कारण हुन सक्छन् । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् । अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ ।
त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिद्वार वा द्यबचतजयष्लिुक न्बिलम को संक्रमण पनि पीडाको कारण हुन सक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि महिलाका लागि यौनसम्पर्क पीडादायक बन्न सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारणले शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा पाठेघरमा मासु बढ्नु जस्ता अन्य खराबी पनि यौनसम्पर्कलाई पीडादायक बनाउने कारण बन्न सक्छन् ।

तपाईंले पाठेघरको समस्या भन्नुभएको छ, त्यो के हो ? पहिले त्यसको निदान गर्नु आवश्यक छ । अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई ख्बनष्लष्कmगक भनिन्छ । धेरैजसो अवस्थामा भय वा डर नै यसको कारण हुन्छ । कतै तपार्इंलाई यौनसम्पर्क राख्न नै डरलाग्ने स्थिति त छैन भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।
समाधानका कुरा 
विवाहित जीवनको एउटा महत्त्वपूर्ण पक्ष यौनसुख प्राप्ति हो । दम्पतीबीच यो सुख प्राप्तिको अपेक्षा गरिन्छ । जीवनसाथीलाई यौनसुख प्राप्त गर्ने कार्यमा सहयोग गर्नु दायित्व पनि हो । यौनसुख प्राप्त गर्न नपाएको स्थितिमा वैवाहिक जीवनको जग नै कमजोर बन्न पुग्छ । यहाँ एउटा राम्रो कुरा के छ भने तपाईंको श्रीमान्ले तपाईंसँग आग्रह गर्नुभएको छ, न कि जबरजस्ती ।

तपाईंबाट यौनसुख नपाएर उहाँ हतास हुनुभन्दा पहिले नै तपाईले आफ्नो शारीरिक स्थिती, आफ्नो जीवन शैली अनि श्रीमान्को यौनेच्छा प्राप्तिजस्ता सबै कुरामा ध्यान पुर्‍याएर विवेकपूर्ण कदम चाल्नुपर्छ । तपाईंको शारीरिक स्थिति ठीक छैन भने चिकित्सकसँग दुवै जना सँगै गएर सरसल्लाह गर्न सक्नुहुन्छ । केही गरी यौनसम्पर्क राख्न नसकेका कारणले सम्बन्धमै चिसोपन आएर वैवाहिक जीवन टुटयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।
संसारमा मुख वा गुदा मैथुन गरेर यौनआनन्द लिनेहरू प्रशस्त छन् । तपाईंहरू दुवै जनाले सहज रूपमा लिन सक्नुभएको स्थितिमा मुख वा गुदा मैथुन गर्दा केही बेफाइदा छैन, तर एक जनालाई मन नपरेको स्थितिमा भने कुरा अर्कै हुन सक्छ । तपार्इंलाई मुख मैथुन वा गुदा मैथुन गर्न मन लाग्दैन भने त्यो कुरा पनि श्रीमान्लाई भन्नुपर्छ र उहाँलाई यौनसुख प्राप्त गर्न के गर्दा मद्दत पुग्छ बुझ्नु आवश्यक हुन्छ ।

 

तपाईले हस्तमैथुन गर्ने कार्यमा सहयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक वैकल्पिक यौनसुख प्राप्त गर्ने उपायमा तपाईंको स्तन, जाँघ वा काखी आदिमा लिङ्ग घर्षण गराई यौन सुख प्राप्त गर्न सहयोग गर्नु सकिन्छ ।
अपेक्षित रूपमा यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा कुनै व्यक्तिलाई रिस उठ्नु स्वभाविक हो । तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के भने रिसाएर तपाईंहरूको समस्या समाधान हुँदैन । तपाईंहरूबीचमा यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवै जना समाधानका लागि प्रयासरत हुनुपर्छ ।

 

कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौनसुख प्राप्तिका लागि योनि–लिङ्ग यौनसम्पर्क एक मात्र उपाय होइन । यौनसुख प्राप्त गर्न विभिन्न यौन क्रियाकलाप गर्न सकिन्छ । अन्तमा तपाईंको पाठेघरको मूल समस्या के हो पत्ता लगाई त्यसको उपचार गर्न पनि नबिर्सनुहोला ।

साप्ताहिक पत्रिका