Home / स्वास्थ्य (page 4)

स्वास्थ्य

कब्जियतबाट जोगिन पानी पिउनुहोस्

Drinking-water-57c8f6f4336c63.31358349

हामीले खाएको खाना राम्रोसँग पच्नुपर्छ । खाना राम्ररी पाचन भयो भने त्यसबाट शक्ति प्राप्त हुन्छ । हामीले खाँदा नपचेको बाँकी पदार्थ ठूलो आन्द्रामा गएर जम्मा भएको हुन्छ । हामीले खाएको खाना राम्ररी निष्कासन भएन भने कब्जियत हुने हो ।

कब्जियत भनेकै अन्य रोगहरूको जन्मदाता हो । कब्जियतकै कारण थुप्रै रोग लाग्छन् । कब्जियत हटाउन अनेक उपचार विधि छन् । सहज र घरमै आफैंले गर्नसक्ने पहिलो उपचार भनेको प्रशस्त मात्रामा पानी पिउनु हो । यो सजिलो, सुलभमात्रै होइन प्रभावकारी विधि पनि हो । बिहान उठेपछि एक लिटर सकेसम्म मनतातो पानी पिउनु उत्तम हुन्छ । हामीले यसरी पिएको पानीले पेटमा रहेको फोहोर वस्तु पखालेर निकाल्न सघाउँछ । बिहानको पानी ठोस पदार्थ, चिया, कफी नखाएर पिउनुपर्छ । यसरी पिएको पानीले मानिसलाई मूत्र विकार, ग्यास्ट्रिकबाट पनि बचाउँछ ।

सामान्य कारणले आँखा, पैतला जलन हुने, पत्थरी र मिर्गौलासम्बन्धी रोग हुनबाट समेत बिहानको पानी सेवनले बचाउँछ । टाउको दुख्ने समस्या, पिसाब पोल्ने समस्या र रगत शुद्ध गर्न पनि यसले सघाउँछ । पानीले स्मरण शक्ति बढाउन र कालोपोतो हटाउन पनि भूमिका खेल्छ । प्रशस्त पानी पिउनाले मुहार उज्यालो बनाउनुका साथै चाउरीपन रोक्न र छाला कोमल बनाउन पनि सहयोग गर्छ ।

स्वास्थ्यविज्ञको सुझावलाई मान्ने हो भने एकजना वयस्कले दिनमा चारदेखि पाँच लिटर पानी पिउनु राम्रो मानिन्छ । खाना खानुभन्दा एक घन्टापहिले र खाएको दुई घन्टापछि मात्र पानी पिउनु लाभदायक मानिन्छ । खाना खाइरहँदा सकेसम्म पानी पिउनु राम्रो होइन, अझ टाढाबाट ‘आँ’ गरेर त पानी पिउनै हुँदैन । गिलासमा मुख जोडेर पानी पिउने गर्नाले पानी श्वासनलीमा जाने खतरा हुँदैन । साँझको बेला खाना खाएको एक घन्टापछि मात्र पानी पिउनुपर्छ । सुत्ने बेला मनतातो पानी पिएर सुतेमा मन्द टाउको दुखाइ कम हुनुका साथै मीठो निद्रा लाग्छ ।

प्यास लागेको अवस्थामा चिया, कफी, अन्य पेय पदार्थ पिउनु थप कब्जियत निम्त्याउनु हो । पानी नै पिउनु उत्तम हुन्छ । मानिसको शरीरमा ५० प्रतिशत खाना, २५ प्रतिशत पानी र २५ प्रतिशत पेट खाली हुनुपर्छ । खाना खाँदा थोरै अझ खान इच्छा हुँदाहुँदै छोडिदिनु उत्तम हुन्छ । खाना खाने बेला कोचीकोची खानु हुँदैन । पेट केही खाली छोड्नुपर्छ ।

यस्तो अवस्था भएका व्यक्तिले माछा पटक्कै खानुहुँदैन

कुशल श्रेष्ठ

माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ। त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ।Who should not eat fish

यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

१. माछा खान नजान्नेका लागि

सर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ। त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।Who should not eat fish (2)

यदि माछाको काँडा घाँटीमा अड्किएर समस्या भएको छ भने तुरुन्तै केरा खाएका राहत पाउन सकिन्छ। उपलब्ध छ भने लालीगुराँसको फूल चपाएर निल्दा पनि माछिकाँडाको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

२. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि

माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ। जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ।

विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ। नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन।

३. मधुमेह (सुगर) भएकाहरूका लागि

अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ। माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ। तर यो यथार्थ हो कि कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ। कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ। कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ। तर १५० भन्दा कमि सुगरको मात्रा भएकाहरूलाई भने यसले अधिक असर गर्दैन।

४. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि

माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ। सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ।

तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ। तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ। यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तै; यूरीया, अमोनिया र अमिनो एसिड।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ। यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन।

त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन्।

५. पेटको समस्या भएकाहरूका लागि

माछाको मासुमा पचाउन मिल्ने फाइबर र कार्बोहाइड्रेटको अनुपस्थिती हुने हुनाले पेटको समस्या हुनेहरूको लागि माछा हानिकारक हुन जान्छ। तैपनि हेलचेक्र्याईँ गर्दै खाएमा, पेटको क्यान्सर समेत हुने विज्ञहरू बताउँछन्।Who should not eat fish (3)

६. मोटोपना भएकाहरूका लागि

हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुनै-कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ।

*महत्वपूर्ण नोट*

माथि उल्लेख गरिएका व्यक्तिहरूका लागि माछा हानिकारक हुन्छ। साथै अन्यले बुझ्नु आवश्यक छ कि माछाको मासु दिनदिनै र धेरै खाने कुरा होइन। यसको अधिक सेवनले जस्तोसुकै निरोगी व्यक्तिलाई पनि अस्पतालको शैय्यामा जानुपर्ने अवस्थाको सिर्जना हुन सक्दछ।  साधारण प्रौढ व्यक्तिले हप्तामा १ चोटि भन्दा बढि माछा सेवन गर्नु अनुचित हुने देखिएको छ। तर यसको मात्रा शरिरको तौल र उचाइ अनुसार पनि फरक पर्दछ। त्यसलगायत ५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई २ हप्तामा १ पटक मात्रै माछा खुवाउनु उचित हुन्छ।

के हेल्मेट लगाउँदा कपाल झर्छ ?

बाइक वा स्कुटर चलाउँदा अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम छ । सुरक्षाको लागि पनि हेल्मेट महत्वपूर्ण हुन्छ । तर यही हेलमेट तपाइँको कपाल झर्ने कारण बनिरहेको ठान्ने गर्नु भएको हुन सक्छ ।

हालै गरिएको एक अध्यनले धेरैले हेलमेटलाई कपाल झर्ने कारण मान्ने गरेको देखाएपनि विशेषज्ञहरुले भने यसलाई अस्वीकार गरेका छन् ।

helmet hair

हेलमेट लगाउँदा आउने पसिनाले कपालमा नकारात्मक असर पर्ने र त्यसकै कारण कपाल झर्ने मानिसहरु ठान्छन् । तर यो केवल मिथक मात्र रहेको विशेषज्ञहरुले बताएका छन् ।

कपाललाई बाहिरी अक्सिजनको नभएर शरीरबाट प्राप्त हुने अक्सिजनको आवश्यकता मात्र हुने हुँदा हेल्मेट लगाउँदा त्यस्तो कुनै असर नगर्ने उनीहरुको भनाइ छ ।

तर फोहोर हेल्मेट वा टोपीले भने यस्तो समस्या ल्याउन सक्ने बताइएको छ । हेल्मेटलाई नियमित सरसफाइ गरेर मात्र लगाउन विशेषज्ञहरुको सुझाव छ ।

जिम जान थाल्नुभयो? जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्

कुशल श्रेष्ठ

यदि जिम जाने सोँच्नुभएको छ र आफ्नो शरीरमा हृष्टपुष्ट अनि सुसंगठित बनाउने इच्छा राख्नुभएको छ भने सुरुमा ‘जिम जानुहोस्’। पहिला एक हप्तासम्म गएर विचार गर्नुहोस्। गएर हलुका व्यायाम गर्नुहोस्, थोरैथोरै तौल उचाल्नुहोस्। हप्ताको सातै दिन जाने प्रयास गर्नुहोस्। यदि तपाईँले त्यति गर्न सक्नुभयो र अझै पनि गर्ने इच्छा बाँचेको छ भने बल्ल कतिबेला के-कस्तो खानेकुरा खाने भन्ने बारे सोँच्नुहोस्।

यो कुराको अवगत गराउनु जरुरी हुन्छ, किनभने जिम गएर कसरत गर्नु सोँचेको जस्तो सजिलो हुँदैन। सुरुको १/२ हप्तासम्म तपाईँले एकदमै बढि पीडा सहनुपर्ने हुन्छ। तपाईँको मांशपेसीमा खलबली मच्चिन थाल्छ, जसको कारण तपाईँको दैनिकी अप्ठ्यारोमा पर्न सक्दछ। समस्या यहिँनेर आउँछ। अधिकांशले यस्तो पीडा सहन नसकी बीचमै जिम जान छाडिदिन्छन्।

खैर, त्यो कुरा छाडिदिऊँ!

जिम जान थालेपछि तपाईँले आफ्नो शारीरिक सरसफाई र स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। विहानमा उठ्ने बानी, खानेबानी अनि सुत्ने बानीमा पनि थोरै परिवर्तन ल्याउनुपर्ने हुन्छ।

सर्वप्रथम, पाईँले कुन बेला जिम जाने सोँच्नुभएको छ? विहान या साँझमा? स्वास्थ्य विशेषज्ञहरूको सल्लाह अनुसार, आफूलाई जुन समय उचित हुन्छ अथवा जुन समयमा नियमित व्यायाम गर्ने बानी बसाल्न सकिन्छ, त्यहि समयमा व्यायाम गर्नु उचित हुन्छ। तरपनि हालै भएको एक अध्ययनबाट साँझको समयमा शारीरिक कसरत गर्नु फलदायी हुन्छ भन्ने पत्ता लागेको छ।

खानेबानी

नियमित जिम गर्न थालेपछि तपाईँको शरीरको पौष्टिक आवश्यकता पनि अलि भिन्न हुँदै जान्छ। त्यसमाथि गुणस्तरयुक्त सन्तुलित भोजनले तपाईँलाई जिममा चाहिने जाँगर र शक्तिको आपूर्ती गर्दछ।

विहानको खाजा

यदि शरीरलाई हृष्टपुष्ट गराउन चाहनुहुन्छ भने विहानको ब्रेकफास्ट खान कहिल्यै पनि छुटाउनुहुँदैन। जिम चाहे जुनसुकै समयमा गएपनि विहानको खाजा सबैको लागि महत्वपूर्ण हुन्छ। विहानको समयमा तपाइँको शरीरमा सुगरको मात्रा कमि हुन्छ, जसको कारण शरीरले पर्याप्त ऊर्जा उत्पन्न गराउन सकेको हुँदैन। विहानको खाजाले त्यो गुमेको ऊर्जालाई फिर्ता ल्याउन मद्दत गर्दछ र ‘मायोक्लिनिक.कम‘का अनुसार, विहानको खाजा खान छुटाउँदा मोटोपनाको समेत खतरा बढ्दछ।Morning Breakfast

  • विहानको खाजामा प्रोटिन मिसाउनुहोस्, जसले विहानको खाना नखाउञ्जेलसम्म पेटलाई भरि राख्दछ र मांशपेसीलाई बलियो बनाउन मद्दत गर्दछ।
  • अण्डा चना खानुहोस्।
  • दूधचिया नपिउनुहोस्, यसले ग्यास्ट्रिक बढाउँदछ। तर सादा दूध पिउँदा त्यसबाट क्याल्सियम पाउन सकिन्छ।
  • बदाम खानुहोस्।
  • अवोकाडोको आधा भाग खानुहोस्।
जिम जानुभन्दा पहिला
  • व्यायाम गर्नुभन्दा ठीक अगाडि कहिल्यै पनि केहि पनि नखानुहोस्, यसले कसरत गर्नेबेला अल्छी बनाउँदछ र पेटलाई असर पुग्न सक्दछ।
  • तथापी, व्यायाम गर्नेबेला शरीरमा ऊर्जाको सञ्चार गराइराख्नको लागि जिम जानुभन्दा १ घण्टाअगाडि केहि खानु उत्तम हुन्छ।
  • कार्बोहाइड्रेट्स खानुहोस्, जसले प्रशस्त ऊर्जा दिन्छ र पचाउन सजिलो हुन्छ।
  • थोरै भात खाँदा त्यसबाट पर्याप्त कार्बोहाइड्रेट्स पाउन सकिन्छ।
  • कार्बोहाइड्रेट पाइने खानेकुरामा अन्नको आँटा, आलुको तरकारी, गेडागुडी, दाल आदि पर्दछन्।
  • विहान बाँकी रहेको आधा भाग अवोकाडो खानुहोस्। त्यसलगायत अन्य रसिलो फलफूल खानुहोस्।

Bench Press

जिम गएर आएपछि

कसरत पछि खानेकुरा पनि कसरत अघि खानेकुरा जस्तै महत्वपूर्ण हुन्छ। व्यायाम गर्दा तन्किएका मांशपेसी र तन्तूहरूको मर्मत गर्न अनि पसिनाबाट बाहिर निस्किएको तरल पदार्थलाई पुनःप्राप्त गर्न जिमबाट आएको आधा घण्टापछि र २ घण्टाभित्रमा केहि खाइहाल्नुपर्दछ। त्यसैले;

  • फेरि कार्बोहाइड्रेट खानुहोस्, जसले शरीरबाट गुमेको ऊर्जालाई फिर्ता ल्याउँदछ।
  • उसिनेको आलु र उसिनेको भात खानु सबैभन्दा उत्तम हुन्छ।
  • हरीयो सागपात खानुहोस्। धनियाँ नछुटाउनुहोस्, यसले शरीरभित्रका प्रणालीहरूमा जम्मा भएका विषाक्तहरूलाई सफा गर्दछ।
  • प्रोटिनको लागि ब्रोकाउली र माछा खानुहोस्।
  • रसिलो फलफूल र दही खानुहोस्।
पानीको महत्व

जिम जाँदा पहिलासाथमा पानीको बोत्तल लैजानुहुन्थेन भने अब देखि लैजाने गर्नुहोस्। व्यायाम गर्दा अत्याधिक पसिना निस्कने गर्दछ, जसको कारण शरीरमा पानीको कमि हुन बेर लाग्दैन। यदि व्यायाम गर्दा तपाईँको पसिना निस्किँदैन भने बुझ्नुहोस् कि तपाईँको शरीरमा पहिल्यैदेखि पानीको मात्रा कमि भएको छ।Woman Drinking Water During Workout

फेरि पानी पिउने भन्दैमा एकैचोटिमा धेरै पिउनु पनि खतरनाक हुन सक्छ। व्यायाम गर्दा ४/५ मिनेटको अन्तरमा थोरैथोरै पानीले घाँटी भिजाउने गर्नुपर्छ। व्यायाम नगर्दा पनि शरीरमा पानीको कमि हुन दिनुहुँदैन।

महत्वपूर्ण नोट– दिनदिनै कडा व्यायाम गर्दा अनि प्रोटिन, कार्बोहाइड्रेट तथा चिल्लो पदार्थ जस्ता पौष्टिक तत्वहरूको सेवन गर्दा रगतमा विभिन्न किसिमका विषाक्त पदार्थहरू जम्मा भएर मृगौला अनि पित्तथैली तर्फ लम्किन थाल्दछ, जुन पत्थरीमा परिणत हुँदै जान्छ। त्यसैले विहान उठ्नेबित्तीकै १ गिलास चिसो पानीमा ३/४ थोपा कागतीको रस चुहाएर २ गिलास पानी पिउने बानी बसाल्नुहोस्। यसले दिनैभरी तपाईँको शरीरमा स्फूर्ती कायम राख्दछ भने पसिनाको माध्यमबाट विकार तत्वहरू बाहिर पठाउँदछ।

यो पनि हेर्नुहोस्-

के तपाइँ लाइ उच्च रक्तचाप छ ? जान्नै पर्ने कुरा

 

Manometer-57bfd9d9140737.23273638

आधुनिकीकरणसँगै संसारमा नयाँनयाँ स्वास्थ समस्या देखिँदै गएका छन् । रक्तचाप अर्थात् ब्लडप्रेसर यसैको एउटा उदाहरण हो । पहिले आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या हाल प्रशस्तै देखिन थालेको छ । कतिपय २०-३० वर्षका युवाले समेत यसको नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये दुई, तीन प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

बदलिँदो जीवनशैलीसँगै मानिसहरूमा विलासको रहर बढेको छ । मीठोमीठो खानुपर्ने, मांसाहारी खाना बढी रुचाउने, रक्सी, सुर्तीजन्य नशाको सेवन, मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिँदै गएको देखिन्छ । फलस्वरूप हृदयाघात, प्यारालाइसिस् (मस्तिष्कघात), मिर्गौला तथा आँखामा क्षति आदि ह्वात्तै बढेको छ ।

ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका, भोगेकाले मात्रै बुझेका हुन्छन् । ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभर खानुपर्छ रे, साइडइफेक्ट गर्छ रे ! जस्ता अनेकौं भनाइ सुनिन्छन् । औषधि नखाई सधै हाई ब्लडप्रेसर लिएर हिँड्दा के कस्ता खतरा हुन्छन् भन्नेमा खासै ध्यान दिइएको देखिँदैन ।

औषधि किन खाने ?

ब्लड पे्रसर उच्च भएका बिरामी सबैमा लक्षण देखिनैपर्छ भन्ने हुँदैन । कसैलाई माथिको (सिस्टोलिक) प्रेसर १५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने हुनपुग्छ । कोहीमा २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छ । बिरामीहरू प्रायः अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाई भएर पनि लक्षण नदेखिनु लक्षण देखिने प्रेसरभन्दा खतरनाक हुन सक्छ ।

लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउन सक्छ । लक्षण नदेखिए पनि निरन्तर हाई प्रेसरले शरीरका अंगमा पुर्‍याउने क्षति पुर्‍याई नै रहेको हुन्छ- विशेषगरी मुटु, मिर्गाैला, आँखा र मस्तिष्कमा । यस्ता बिरामीमा एकैचोटि हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा आउने गरेको भेटिएको छ । ब्लडप्रेसर समयसमयमा जँचाइरहनु आवश्यक छ । भविष्यमा हुन सक्ने क्षतिबाट बच्न औषधि सेवन गर्नु आवश्यक छ ।

औषधि सधैं खानुपर्छ रे !

अरू समस्याका लागि औषधि खान खासै डराउँदैनन् तर ब्लडप्रेसरको औषधि भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्न सक्ने नोक्सानीबारे पर्यात ज्ञान नभएकाले नै मानिस हच्केको हुन सक्छ ।

हुन त, ब्लडप्रेसर धेरै हाई नभएको र शरीरका अंगमा क्षति नपुगिसकेको अवस्थामा पहिलोपल्ट देखिएको ब्लडप्रेसरका लागि केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर घटाउने कोसिस गर्न सकिन्छ । तर, यस्ता उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन । खानामा नुन, चिल्लोको मात्रामा कमी, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने गर्नाले फाइदा हुन्छ ।

औषधि बन्द गर्न मिल्छ ?

औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लडप्रेसरलाई नियन्त्रणमा राखेर शरीरका अन्य अंगमा क्षति पुग्नबाट यसले बचाइरहेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाहबमोजिम खानामा सावधानी अपनाउँदा, नियमित व्यायाम आदि गर्दै गएमा ब्लडप्रेसर घट्दै जान सक्छ । बारम्बार नाप्दा पनि आवश्यकभन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम गर्ने वा औषधि नै बन्द पनि गर्न सकिन्छ ।

किड्नी खराब गर्छ रे नि !

‘साइडइफेक्ट’ सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मिर्गाैला खराब गर्छ । खानेकुराको पनि आफ्नै किसिमको साइडइफेक्ट हुन्छ । चिनी, गुलियो धेरै खाए मोटोपना बढ्छ, नुन धेरै भए प्रेसर बढ्छ । चिल्लो धेरै खाए रगतमा कोलेस्ट्रोल बढ्छ र त्यसबाट मुटुरोगको खतरा हुन्छ ।

तर, यसो भनेर खानेकुरै नखान त सकिँदैन । ब्लडप्रेसरका औषधिको पनि आफ्नै किसिमका साइडइफेक्ट छन् । तर, ती सबै साइडइफेक्ट सधैं सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइडइफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०-३० वर्ष लगातार औषधि सेवनपछि देखिन्छन् ।

साइडइफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइडइफेक्टले गर्ने क्षतिबाट जोगिन सकिन्छ । तर, साइडइफेक्ट गर्छ भनेर औषधि सुरु नगरी सधैं ब्लडप्रेसर हाई लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मिर्गौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्नेजस्ता भयानक असर हुन सक्छन् ।

रक्सी, चुरोट छोड्नुपर्छ र ?

रक्सी, चुरोट, सुर्ती सेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षतिबाहेक केही गर्दैन । धूमपान गर्ने मानिसलाई हाई ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सरलगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ ।

जाँड, रक्सी खाँदा हामीमध्ये कतिजनाको एउटा सीमामा रहेर खाने बानी छ ? मैले देखेको ब्लडप्रेसरका धेरै बिरामीमध्ये पाँच प्रतिशतमात्र संयमी भेटेको छु । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै भूमिका रहन्छ । केही अध्ययनमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरका बिरामीले नपिउनु नै ठीक हुन्छ ।

अधिकांश मानिस रक्सी भनेको ह्विस्कीमात्रै हो भन्ने ठान्छन् । तर बियर, वाइन, रम, जिन, भोड्का, ब्रान्डी यी सबै रक्सीकै वर्गमा पर्छन् । फरक यत्ति हो यर, वाइन आदिमा अल्कोहलको मात्रा कम हुन्छ, अरूमा बढी ।

किन प्रेसर घट्दैन

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, ओजन, साथमा रहेको अरू समस्या, खानपान, व्यक्तिले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुईतीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि । ब्लडप्रेसरको औषधि कति मात्राको खाने भन्ने व्यक्तिपिच्छे फरक हुन्छ ।

ब्लडप्रेसरको औषधि कुनै २.५ मिलिग्रामबाट सुरु हुन्छ, कुनै २५ बाट त कुनै २० बाट । एउटा किसिमको औषधिको २.५ मिलिग्राम बराबर अर्को किसिमको औषधिको २५ मिलिग्राम पनि हुन सक्छ । २५ मिलिग्राम भन्दैमा एकदम ‘हाई डोज’ भन्ने बुझ्नुहुँदैन ।
के गर्नु बिजनेस म्यान परियो, साँझ त यसो बस्नै पर्‍यौ नि !

व्यापारी व्यवसायी धेरैको निहुँ यही हुन्छ । ‘बिजनेस’ पनि चलाउनै पर्‍यो, बिजनेस चलाउन पार्टीको मन राख्नैपर्‍यो । अनि मन राख्न यसो बसिदिनैपर्‍यो । यता पैसा उठाऊ, उता झगडा गर, यता सामान सप्लाई, उताबाट सामान छुटाऊ, बिहान उठेदेखि फोन, यता जाऊ, उता जाऊ बेलुकी अफिस छुटेपछि पार्टीसँग मिटिड, राति घर आयो, नसुतुन्जेल फेरि फोन ।

उठ्नेबित्तिकै उही दैनिकी । सधैं तनावपूर्ण वातावरण, आरामको कमी, शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जाँचको कमी भएपछि तिनमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्छ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन्, स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा पाउँछन् तर पनि स्वास्थ्य परीक्षणका लागि समय छुट्ट्याउन सक्दैनन् । मेरो घर छेउको दाइलाई अलिअलि प्रेसर छ भन्थ्यो, आज त हिँड्दाहिँड्दै ढलेछ, अब त औषधि सुरु गर्नै पर्ने भयो ।

कतिपय अवस्थामा बिरामी जतिसुकै सम्झाउँदा पनि औषधि सेवन गर्न राजी हुँदैनन् । तर, जब छरछिमेकमा, आफन्तमा कोही ढलेको, प्यारालाइसिस भएको, हृदयाघात भएको अथवा कसैको स्वास्थ्यमा ब्लडप्रेसरको असर परेकोे प्रत्यक्ष देख्छन् त्यसपछि बिरामी पूर्ण तनावमा आउँछन् र जतिसक्दो छिटो औषधि सुरु गरिदिन डाक्टरलाई अनुरोध गर्छन् ।

खुट्टा सुन्निनु

माथि भनिएजस्तै ब्लडप्रेसरको औषधिका पनि केही साइडइफेक्ट हुन्छन् । कुनै औषधि खाँदा खुट्टा सुन्निने समस्या हुन सक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिनेभन्दा कम गराउन सक्छ । ब्लडप्रेसरकै कुनै औषधिले सुक्खा खोकी लाग्ने गर्छ ।

स्वाँस्वाँ सुरु भएको हुन सक्छ । कुनै औषधिले मिर्गौलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधिले लोग्ने मानिसको लिंगको उत्तेजनामा कमी, यौनेच्छामा कमी आउने आदि समस्या पनि गर्न सक्छ । ब्लडपे्रसरको औषधि सुरु गरेपछि पहिले नभएका समस्या देखापरेजस्तो लागे डाक्टरसँग सम्पर्क राखिहाल्नुपर्छ । साइडइफेक्ट औषधि खानासाथै सबैलाई सधैं हुने चाहिँ होइन ।

निरन्तर जाँच

धेरै बिरामी औषधि सुरु गरेपछि शरीर आराम भएको महसुस भएमा नियमित औषधि खाइरहे पनि डाक्टरसँग वर्षौंसम्म जाँच गराउँदैनन् न त पटकपटक रक्तचाप जँचाएरै हेर्छन् । कारण सोध्दा औषधि सुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँ समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता बहाना बताउँछन् । नियमित औषधि खानेलाई औषधिको साइडइफेक्ट पनि हुन सक्ने जोखिम रहन्छ । नयाँ समस्या केही नभए पनि डाक्टरसँग नियमित कम्तीमा ६ महिनामा एकचोटि जाँच गराउने गरे हुन सक्ने क्षतिबाट जोगिन सकिन्छ ।

के के जाँच नियमित गर्ने

प्रेसरका बिरामी तथा प्रेसरको औषधि खाने बिरामीले रगतमा सुगरको मात्रा, हेमोग्लोबिनको मात्रा, मिर्गौला तथा पिसाबको जाँच तथा कोलेस्ट्रोलको जाँच कम्तीमा ६ महिनामा नियमितरूपमा गरिरहनुपर्छ । साथै ईसीजी, इको जाँच, मुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहो¥याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे नरहेको पनि पत्ता लाग्छ ।

जाँच प्रविधि

समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसँगै ब्लडप्रेसर नाप्ने मेसिन, मोबाइल एप्लिकेसनहरू अचेल सजिलै उपलब्ध हुन थालेका छन् । तर, अस्पतालहरूमा भने एनोरोइड मेसिन नै बढी प्रयोगमा आउँछन् । यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मेसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा तुरुन्तै दोहोर्‍याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक देखिएको, सुनिएको छ ।

यस्ता मेसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिनेभन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मीकहाँ फेरि नापेर ‘कन्फर्म’ गरेको राम्रो हुन्छ । कोही कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधैं एकदम नर्मल भेटिने तर डाक्टर, नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक बढ्ने समस्या हुन्छ ।

डाक्टरहरूले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाई ब्लडप्रेसरका बिरामीमध्ये करिब २० प्रतिशत समूहमा यो समस्या देखापर्ने अध्ययनमा देखिएको छ । साँच्चिकै हाई हो वा इफेक्टमात्रै हो भन्ने पहिचान गर्न २४ घन्टा मेसिन लगाएर ब्लडप्रेसरको अध्ययन गर्ने एबीपी मेसिनको सहयोग पनि लिइन्छ ।

नुन मुखमा हालेकै छैन

ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नुनको मात्रा कम गर्न भनेका हुन्छन्, बन्द गर्न होइन । नुन कम गर्ने भनेको नुन भएको धेरै किसिमको परिकार नखाने भनेको हो । शरीरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नुन हो । त्यसभन्दा बढी ब्लडप्रेसरका लागि ठीक हुँदैन । केही मात्रामा नुन त शरीरका लागि पनि चाहिन्छ । नुन चटक्कै बन्द गर्नाले शरीरमा अन्य समस्या हुन सक्छ । नुन चटक्कै बन्द गर्न हुँदैन ।

दिनहुँ करेला ?

कति बिरामी औषधि नखाने तर करेला, मेथी, नीमको पात, घिउकुमारी खाने, आयुर्वेदिक उपाय गर्ने, योग, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपर्छ । माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन तर यी सबै गरे पनि ब्लडप्रेसर नाप्दै पनि गर्नुपर्छ । र, ब्लडप्रेसर नियन्त्रण भएन भने औषधि त खानै पर्छ ।

औषधि खाए डिप्रेसन !

एउटा वर्गको मानिसमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी पाइन्छ भन्ने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो हो तर पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पर्छ । कुनै रोगका बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्द, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने हुँदैन ।

अनि यो भनेको यसो होला भन्दै अनुमानमा अर्थ लगाउँदै त्यस विषयमा लेखिएका कुनै रोगका लक्षण आफैंलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्नेजस्ता निराशावादी सोचको विकास हुने आदि समस्या पनि पाइएको छ । त्यसैले कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुरा प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । हैन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ ।

कुनै कुनै व्यक्तिमा डाक्टरलाई जाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टरकहांँ गएपछि केही न केही देखाइहाल्छन्, यो नखानू, यो नगर्नू भन्छन्, औषधि खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ त भन्ने खालको सोचले उनीहरू जाँच नै गराउँदैनन् । यो राम्रो बानी होइन ।

ब्लडप्रेसरको नकारात्मक असरबाट जोगिन व्यक्ति स्वयं आफ्नो स्वास्थ्यका विषयमा सचेत हुनु जरुरी छ । साधारणतया ४० वर्षको वरिपरि पुगेपछि दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सुर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने जस्ता नियम पालना गर्नैपर्ने हुन्छ । उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगले छुन थाल्छन् । लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।

महिलाले पुरुषको वीर्य स्खलन भएको थाह पाउछन् ?

महिलाको योनि तथा पाठेघरको मुखको संवेदनशीलता 
महिलाको यौनांग तथा प्रजनन अंगको कुरा गर्दा योनिको चर्चा धेरै हुन्छ । प्रजनन अंगको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अंग, जसलाई Cervix uteri वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौं । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौं र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौन संवेदनशील अंग अर्थात् यौनांगले यौनसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा घर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।

सामान्यत: हामीले बुझिआएको कुरा के हो भने योनि यौन संवेदनशील अंग हो । यसको घर्षणबाट यौन उत्तेजना प्राप्त हुन्छ, तर योनिको बाहिरी एकतिहाइ भागमा मात्र यस्ता स्नायु हुने भएकाले उक्त क्षेत्र मात्र यौन संवेदनशील हुन्छ, न कि सम्पूर्ण योनि । महिलाको यौन तथा प्रजजन अंगको स्नायुलाई विशेषत: दुई किसिममा भाग लगाउन सकिन्छ, जसमध्ये एकलाई Somatic भने अर्कोलाई visceral भनिन्छ । Somatic प्रकारका स्नायु भएको अंगबाट आएका सन्देश स्पष्ट (accurate, localized) हुन्छन् भने visceral किसिमको अंगबाट आएका सन्देशहरू अस्पष्ट (impresize and non-localized) हुन्छन् । योनिको भित्री दुईतिहाइ भाग, पाठेघरको मुख, पाठेघर, डिम्बवाहिनी नली, डिम्बाशय अनि वरिपरिका अंगहरूमा visceral किसिमका स्नायु हुन्छन्, जसले गर्दा त्यहाँ आउने सन्देश त्यति स्पष्ट हुँदैनन् ।

यौन चरमसुखको कुरा

यौन प्रतिक्रिया चक्रको सन्दर्भमा उत्तेजनाको चरण (Excitement Phase), Plateau Phase (प्लाटो फेज), चरमसुख (Orgasm Phase) र Resolution Phase (रिजोलुसन फेज) हुन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशी खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा स्वर्गीय आनन्द भन्छौं ।

पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अंगहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

 

के महिलाले वीर्य स्खलन भएको थाहा पाउँछन् ? 
माथिको कुराबाट तपाईंले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आएजस्तो अनुभूति गरेका हुन्छन् ।

वीर्य स्खलन योनिबाहिर वा भग क्षेत्रमा भएको स्थितिमा राम्रैसँग थाहा पाउने स्थिति हुन्छ । गुदा मैथुन गर्दा मलाशयमा वीर्य स्खलन हुँदा भित्री योनिमा गरिएको भन्दा राम्रोसँग थाह पाउने स्थिति हुन सक्छ अनि मुखमैथुनमा वीर्य स्खलन हुँदा त थाहा पाइने भैहाल्यो ।
यौन चरमसुख प्राप्त हुने हाराहारीमा श्वास–प्रश्वास बढ्नेदेखि मांसपेशीमा संकुचन आउने अनि पुरुषले आनन्द प्राप्त गर्दा फरक किसिमको आवाज निकाल्ने अनि लिंग भित्र–बाहिर गर्ने कार्य रोक्ने जस्ता कतिपय कुरा गर्छन् । योनिभित्र नै वीर्य स्खलन भएको कुरा स्पष्ट थाहा नभए पनि यी कुराका आधारमा पनि महिलाले पुरुषको वीर्य स्खलन भएको
थाहा पाउँछन् ।

 

माउथवासले जोगाउन सक्छ यौन रोग गोनोरियाबाट !

ganoriya1

लण्डन– दैनिक रुपमा एकपटक माउथवासको प्रयोग गरी मुख कुल्ला गर्नाले गोनोरियाबाट जोगिन सकिने एक अध्ययनले देखाएको छ।

एक अध्ययनका अनुसार मानिसले नियमित मुख कुल्ला नगर्दा विभिन्न रोगका किटाणु हप्तौंसम्म उसको मुखमा हुने सम्भावना हुने जनाएको छ। यस्ता खाले किटाणुमा गोनेरियाका जस्ता यौन संक्रमित रोगसमेत हुने गरेको अध्ययनकर्ताले जनाएका छन्। अध्ययनका अनुसार अहिले मानिसहरु असुरक्षित मुखमैथुन गर्नेे भएकाले एक व्यक्तिको रोग अन्य मानिसमा सर्ने सम्भावना हुने जनाएको छ।

अध्ययनकर्ताले भनेका छन्, ‘गोनोरिया एक यौन रोग हो जुन असुरक्षित यौन क्रियाकलापबाट देखा पर्ने रोग हो यसका किटाणुहरु लिङ्ग र योनीमा तथा मुखमा रहने भएकाले असुरक्षित यौनसम्पर्क तथा असुरक्षित मुखमैथुनबाट सजिलै एक मानिसबाट अर्को मानिसमा सर्ने सम्भावना धेरै हुन्छ।

बेलायतको सरकारी स्वास्थ्य सस्थाले जारी गरेको नयाँ तथ्याङ्कका अनुसार सन् २०१२ देखि २०१५ का बिचमा मात्र गोनोरियाबाट संक्रमित मानिसको संख्या ५३ प्रतिशतले बढेको छ। विगतमा बेलायतमा गोनोरियाबाट संक्रमित हुनेको संख्या २६ हजार ८ सय ८० रहेकोमा अहिले उक्त संख्या बढेर ४१ हजार १ सय ९३ रहेको छ।

त्यहाँका चिकित्सकहरुले कोहिकोहि  मानिसा गोनोरिया रोग लागिसक्दा समेत कुनै लक्षण देखा नपर्नसक्ने बताउँदै रोगको शंका लागेमा विर्य तथा पिसाब परीक्षण गर्न सुझब दिएका छन्। उनीहरुले एक पटक गोनोरियाबाट संक्रमित भई निको भएका मानिसमा समेत यो रोग पुर्न दोहोरिन सक्ने बताए।

हाल अध्ययनकर्ताहरु दैनिक माउथवासको प्रयोग गरि नियमित मुख कुल्ला गर्नाले गोनोरीयाको संक्रमण सर्नबाट रोक्न सक्ने बताउदै यस विषयमा थप अध्ययन भैररहेको जनाएका छन्।

आँखा तेजिलो बनाउन के गर्ने ? के नगर्ने ? थाहा पाई राखौं !

आँखालाई सधैं तेजिलो सफा र स्वास्थ्य बनाई राख्न तलदिएका कार्यहरु पुरा गरौँ –
– बिहान उठेर सफा पानी आँखामा छ्याप्ने ।
– आँखा क्रमशः कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।
– एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।
– बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५/२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमशः बढ्दै जान्छ ।
– तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।
– पालक, बन्दाकोभी, हरियो सागसब्जी र पहेँलो फलफूलजस्ता भिटामिन–एयुक्त खानेकुरा सकेसम्म बढी खाने । यस्ता फलफूल र तरकारी खानाले रतन्धो लाग्ने जोखिम पनि कम हुन्छ ।
– एक/दुइटा गाजर दिनहुँ खाने । गाजरको रस निकालेर खाना खाएको एक घण्टापछि पिउने बानी बसाल्ने ।
– नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।
– १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।
– सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।
– बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।
– आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।
– राति ओछ्यानमा पल्टिएर नपढ्ने ।
– आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।
– भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।
– पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

के हो ग्यास्ट्रोएन्टेराइटिस ? कसरी बच्ने?

20082016090905health-main-1-1000x0

भाद्र ६ , २०७३- हाम्रो मुलुकमा बर्सेनि करिब एक लाख व्यक्तिलाई प्रभावित गर्ने र सयको हाराहारीलाई मृत्युको मुखमा पुर्‍याउने ग्यास्ट्रोएन्टेराइटिसको समस्या अचेल मेचीदेखि महाकालीम्म फैलेको छ ।

‘स्टमक फ्लु’ र ‘खाद्य विषाक्तता’ समेत भनिने यो संक्रमण वैशाखदेखि सुरु भए पनि भदौको अन्त्यसम्म जारी रहने भएकाले यसबाट बाँच्न विशेष सतर्कता अपनाउनु आवश्यक पर्छ ।

मुख्य रूपमा प्रदूषित खाना र पानीका कारण वर्षेनी गर्मी/वर्षा याममा मुलुकमा यो संक्रमण देखिने गरेको इपिडिमियोलजी विभागका प्रमुख डा. गुणनिधि शर्मा बताउँछन् । उनका अनुसार ग्यास्ट्रोएन्टेराइटिसको मुख्य कारण खाद्य पदार्थ र पानी दिसाले संक्रमित हुनु हो ।

ग्यास्ट्रोएन्टेराइटिस भनेको भाइरस, ब्याक्टेरिया, परजीवी आदिले गर्दा आन्द्राको सतह सुन्निनु हो । ब्याक्टेरिया, भाइरस, तिनको विषाक्त पदार्थ, परजीवी, खाना वा औषधिमध्ये कुनै वस्तुको विपरीत प्रतिक्रियाका कारण हुन्छ यो संक्रमण । यति मात्र नभएर, नयाँ खानाको प्रतिक्रियास्वरूपसमेत यो समस्या देखिन सक्छ ।

सामान्य भाषामा भन्ने हो भने यो आन्द्रा, पेटको संक्रमण र सुन्नाइ रहेको वरिष्ठ पेट रोग विशेषज्ञ डा. प्रदीप यादव बताउँछन् । भाइरसबाट हुने ग्यास्ट्रोएन्टेराइटिस जाडो याममा बढी देखिन्छ ।

यादवका अनुसार हाल अमिबा, ब्याक्टेरिया लगायत कारणले हुने ग्यास्ट्रोएन्टेराइटिस नै बढी देखिने गरेको हो । अहिले देखिएको यो रोग हुनुको मुख्य कारण प्रदूषित खानपान नै हो ।

बढी गर्मी र वर्षा ग्यास्ट्रोएन्टेराइटिसको जीवाणु फस्टाउने अनुकूल समय हो । यसैले यो मौसममा यो संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ ।

शरीरमा जीवाणु प्रवेश गरेको चार देखि ४८ घन्टाभित्र यो रोगको लक्षण देखिने उल्लेख गर्दै डा. यादव भन्छन्, ‘यसअन्तर्गत पखाला र वान्ताका माध्यमले शरीरमा लवण र खनिज पदार्थको कमी हुन्छ ।’

ग्यास्ट्रोएन्टेराइटिस उपचार नगर्दा स्वास्थ्य सम्बन्धी जटिलतासमेत देखिन सक्छ । कुनै–कुनै केसमा बिरामीलाई कडा डिहाइड्रेसन (पानीको कमी) भएर एक्युट रेनल फेल्योर (मृगौलाले काम गर्न छोड्नु) समेत हुन सक्ने स्थिति औंल्याउँदै डा. यादव भन्छन्, ‘यस्तो अवस्थामा बिरामीलाई डायलासिस गराउनुपर्ने अवस्थासमेत आउन सक्छ ।’

यति मात्र नभएर कहिलेकाहीं रक्तचापमा कमी आएर मृत्युसमेत हुन सक्छ । राजधानीमा समेत ग्यास्ट्रोएन्टेराइटिसका बिरामीहरूमा पनि समयमै अस्पताल नपुगेपछि डायलासिस गराउनुपर्ने, रक्तचापको कमीले मृत्यु लगायत जटिल समस्या देखिने गरेको औंल्याउँदै यादव भन्छन्, ‘सहजै अनुमान गर्नुस्, दुर्गम क्षेत्रमा ग्यास्ट्रोएन्टेराइटिसले गर्दा कतिसम्म असहज स्थिति देखिने गरिएको होला ।’

चिकित्साकर्मीले ग्यास्ट्रोएन्टेराइटिसको प्रकार पत्ता लगाउन दिसा परीक्षण गर्छन् । यसको उपचार यो संक्रमण हुने कारणमा निर्भर गर्छ ।

तर यसको उपचार अन्तर्गत तरल पदार्थको अत्यधिक उपयोगसँगै ओरल रिहाइड्रेसन साल्ट (ओआरएस) को सेवन गर्नुपर्ने डा. यादव बताउँछन् । ओआरएसलाई बोलचालको भाषामा जीवन–जलसमेत भनिन्छ ।

उपचार अन्तर्गत ओआरएसले बनाइएको पानी खुवाइन्छ, वान्तासमेत हुनेहरूमा नसाबाट माध्यमले पानी चढाइन्छ । यस्तै यसको स्वरूप हेरेर एन्टिबायोटिक आदि औषधिसमेत दिने गरिन्छ ।
ग्यास्ट्रोएन्टेराइटिसले पखाला हुन थाले सामान्यत: चिकित्सकलाई जँचाउन जानुभन्दा अघिदेखि नै ओआरएस सेवन सुरु गर्दा बिरामीलाई फाइदा नै हुने गर्छ । यसले शरीरमा पानीको कमी भएर हुने मृत्यु लगायतका अन्य जटिल समस्या हुने जोखिम कम हुन्छ ।

कडा ग्यास्ट्रोएन्टेराइटिस प्राणघातक हुन्छ । कहिलेकाहीं सामान्य समस्या गराउने खालको यो संक्रमण आफैं निको हुनेसमेत हुन्छ । तर यो समस्या कडा रूपमा देखिए वा बूढापाका, मधुमेही, दीर्घरोगी, बालबालिकामा भए जोखिम नलिएर तुरुन्त अस्पताल पुग्नु नै उपयुक्त हुन्छ ।

संक्रमणको आशंका भए :

  •     शरीरमा पानीको कमी हुन नदिन प्रशस्त तरल पदार्थ सेवन गर्नुस्
  •     पेटलाई व्यवस्थित हुन दिन केही घन्टाका लागि खाना बन्द गर्नुस्
  •     सजिलै पच्ने खाद्य पदार्थ सेवन गर्नुस्
  •     दूध वा दुग्ध उत्पादन उपयोग नगर्नुस्
  •     कफी, रक्सी, सुर्ती, बोसो भएका पच्न गार्‍हो हुने पदार्थ उपगोग नगर्नुस्
  •     काँचो फल र सब्जी नखानुस्
  •     पर्याप्त आराम गर्नुस्

चिकित्सककहाँ कतिखेर जाने ?

  •     ज्वरो १०१ डिग्रीभन्दा बढी आए
  •     उभिँदा बेहोसीजस्तै अनुभव भए
  •     पेट एकदमै दुखे
  •     मतिभ्रमको स्थिति देखिए
  •     दुई दिनभन्दा बढी समय वान्ता भए
  •     पखालामा रगत आए

बचाउ

  •     स्वच्छ खाना मात्र खानुस्
  •     सडकछेउका असुरक्षित खाद्य पदार्थ नखानुस्
  •     उमालेको, क्लोरिन वा आयोडिनले शुद्घ पारिएको पानी मात्र खानुस्
  •     नियमित व्यायाम गर्नुस्
  •     पोषक तत्त्व सेवन गर्नुस्
  •     नियमित रुपमा साबुनपानीले हात धुनुस्

लक्षण

  • पेट दुख्नु
  • दिसा पातलो हुनु
  • वाकवाकी/वान्ता हुनु
  • जीउ गल्नु
  • कमजोरी हुनु
  • रिँगटा लाग्नु

 

यसरी चुरोटको हानी कम गर्न सकिन्छ

fruits-lemon-orange-57b96072733165.18215698

एजेन्सीः तपाईं चुरोट तान्नु हुन्छ ? चुरोटले तपाईंको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सकेसम्म चुरोट त्याग्नुहोस् । चुरोटबाट बच्नका लागि पहिलो उपाय त्याग्नु नै हो ।

चुरोटमा पाइने निकोटिनको कुलत रसायनले धेरैलाई चुरोट छोड्न गाह्रो हुन्छ । चुरोटको सिधा असर मांशपेशी, स्नायु कोष र स्मरण शक्तिमा पर्छ । यसरी संवेदनशील अंगमा प्रहार गर्ने चुरोटको निकोटिनले रक्तचाप र मुटुको चालमा समेत असर गर्छ । विशेष गरी चुरोट तान्नाले रक्तचाप र मुटुको चाल बढ्छ ।

चुरोट तान्नेहरुलाई कुलत छोड्न अत्यन्त गाह्रो हुन्छ । त्याग्नु नै उपयुक्त उपाय भए पनि त्याग्न नसक्नेले हानी कम गर्ने उपाय अपनाएमा स्वास्थ्यमा सामान्य सुधार आउन सक्छ । हानी कम गर्ने वैज्ञानिक विधि छैन । घरायसी विधि नै उपयुक्त हुने गरेको छ । चुरोटले शरीरमा निकोटिनको मात्र बढाउने हुनेले त्यसलाई कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसका लागि सबैभन्दा उपयुक्त फलफूल सुन्तला हो । चुरोटबाट हुने हानी कम गर्न सुन्तला सँगै ब्रो काउली, अदुवा, पालुंगो, गाजर, कागती, अनार खानु उपयुक्त हुन्छ ।

प्रशस्त सुन्ताला खाएमा निकोटिनको तलतल कम हुन्छ भने ब्रो काउलीमा भिटामिन सी र बी पाइन्छ । यसले फोक्सोलाई निकोटिनले गर्ने असरबाट केही हदसम्म जोगाउछ । धेरैले विभिन्न औषधिका रुपमा प्रयोग गर्ने अदुवाले समेत शरीरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्ने गर्दछ । अदुवाले निकोटिनबाट शरीरमा उत्पन्न हुने विकारलाई नियन्त्रण गर्न सहयोग गर्छ । त्यत्तिमात्र नभई अदुवाले रक्तनलीमा हुने विषादीलाई समेत हटाउन महत्वपूर्ण काम गर्छ ।

भान्सामा धेरै प्रयोग हुने गाजरमा भिटामिन सी र भिटामिन एले मानिसलाई मानसिक स्फूर्ती प्रदान गर्दछ । धुम्रपानबाट शरीरमा कम भएको भिटामिन सी र एबाट हुने असरबाट गाजरले जोगाउने गर्छ । सँगै, कागती समेत धुम्रपानबाट हुने असर कम गर्ने महत्वपूर्ण फल हो । कागतीले निकोटिनका कारण छालामा देखिएको रोगलाई कम गराउछ । कागतीमा पाइने भिटामिन सीले निकोटिनसँग जुद्धने क्षमताको विकास गर्छ । एजेन्सीको सहयोगमा