Home / स्वास्थ्य (page 5)

स्वास्थ्य

यसरी चुरोटको हानी कम गर्न सकिन्छ

fruits-lemon-orange-57b96072733165.18215698

एजेन्सीः तपाईं चुरोट तान्नु हुन्छ ? चुरोटले तपाईंको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सकेसम्म चुरोट त्याग्नुहोस् । चुरोटबाट बच्नका लागि पहिलो उपाय त्याग्नु नै हो ।

चुरोटमा पाइने निकोटिनको कुलत रसायनले धेरैलाई चुरोट छोड्न गाह्रो हुन्छ । चुरोटको सिधा असर मांशपेशी, स्नायु कोष र स्मरण शक्तिमा पर्छ । यसरी संवेदनशील अंगमा प्रहार गर्ने चुरोटको निकोटिनले रक्तचाप र मुटुको चालमा समेत असर गर्छ । विशेष गरी चुरोट तान्नाले रक्तचाप र मुटुको चाल बढ्छ ।

चुरोट तान्नेहरुलाई कुलत छोड्न अत्यन्त गाह्रो हुन्छ । त्याग्नु नै उपयुक्त उपाय भए पनि त्याग्न नसक्नेले हानी कम गर्ने उपाय अपनाएमा स्वास्थ्यमा सामान्य सुधार आउन सक्छ । हानी कम गर्ने वैज्ञानिक विधि छैन । घरायसी विधि नै उपयुक्त हुने गरेको छ । चुरोटले शरीरमा निकोटिनको मात्र बढाउने हुनेले त्यसलाई कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसका लागि सबैभन्दा उपयुक्त फलफूल सुन्तला हो । चुरोटबाट हुने हानी कम गर्न सुन्तला सँगै ब्रो काउली, अदुवा, पालुंगो, गाजर, कागती, अनार खानु उपयुक्त हुन्छ ।

प्रशस्त सुन्ताला खाएमा निकोटिनको तलतल कम हुन्छ भने ब्रो काउलीमा भिटामिन सी र बी पाइन्छ । यसले फोक्सोलाई निकोटिनले गर्ने असरबाट केही हदसम्म जोगाउछ । धेरैले विभिन्न औषधिका रुपमा प्रयोग गर्ने अदुवाले समेत शरीरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्ने गर्दछ । अदुवाले निकोटिनबाट शरीरमा उत्पन्न हुने विकारलाई नियन्त्रण गर्न सहयोग गर्छ । त्यत्तिमात्र नभई अदुवाले रक्तनलीमा हुने विषादीलाई समेत हटाउन महत्वपूर्ण काम गर्छ ।

भान्सामा धेरै प्रयोग हुने गाजरमा भिटामिन सी र भिटामिन एले मानिसलाई मानसिक स्फूर्ती प्रदान गर्दछ । धुम्रपानबाट शरीरमा कम भएको भिटामिन सी र एबाट हुने असरबाट गाजरले जोगाउने गर्छ । सँगै, कागती समेत धुम्रपानबाट हुने असर कम गर्ने महत्वपूर्ण फल हो । कागतीले निकोटिनका कारण छालामा देखिएको रोगलाई कम गराउछ । कागतीमा पाइने भिटामिन सीले निकोटिनसँग जुद्धने क्षमताको विकास गर्छ । एजेन्सीको सहयोगमा

कानको यो भागमा औँलाले दबाब दिदाँ के हुन्छ?

चिल्लो नखानु, कार्बोहाइड्रड कम, प्रोटिन बढि भएको खाने कुरा खानु, कसरत तथा योगा अनेक गर्दा पनि तौल नघट्दा चिन्ता बढ्नु स्वभाविक हो। शरिरको स्वास्थ्यको लागि यी कुरा अवश्य फाइदाकारी छन्। तथापी अर्को एक उपाय पनि छ सहजै तौल सन्तुलन गर्ने। एक्युप्रेसर।

कसरी?acupressure-Ear-Pointकान नजिक रहेको एउटा प्रेसर पोइन्टले भोक नियन्त्रण गर्न सहयोग गर्छ। च्यापु सुरु हुने स्थान नजिक औला राख्नुस्। च्यापु चलाउनुस्, कानको नजिक रहेको तस्बिरमा देखाइएको स्थान नजिक जहाँ नेर च्यापु बढी चलेको लाग्छ, करिब १ मिनेट दैनिक औँलाले दबाउनुस्।

घुडाँ भन्दा तलknee-Reflex-Points-to-Control-Diabetes
पाचन प्रक्रिया सहज गर्न घुँडा भन्दा करिब २ इन्च तल औलाले दबाब दिनुस्। खुट्टा चलाउँदा जहाँ नेर मसल्स चलेको अनुभव हुन्छ, दैनिक करिब २ मिनेट सो स्थानमा औलाले दबाब दिनुस्। यसले मधुमेह नियन्त्रणमा समेत सहयोग गर्दछ।

डाक्टरले सक्दैनौँ भने, गहुँत पिएर बाँचेँ

san-660x330

सन्तोष खनाल २४ वर्षका भए । दाङसिङ–८ नुवाकोट स्थायी घर भएका उनी काठमाडौंमा बस्छन् । बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी कलेजमा तेस्रो वर्षमा अध्ययनरत छन् । सन्तोषको विषय हो– इलेक्ट्रिकल इन्जिनियरिङ । सन्तोष आज जुन धरातलमा छन्, उनकै भनाइमा यो दोस्रो जीवन पाउदाको परिणाम हो । किनभने, डाक्टरले त एक दशकभन्दाअघि नै उनको मृत्युको मिति तोकिदिएका थिए । सानै छँदा ब्लड क्यान्सरले पीडित सन्तोषको उपचार गर्दागर्दै डाक्टर थाके, तर बाँच्ने उनको आत्मविश्वास कहिल्यै थाकेन । र, क्यान्सरविरुद्ध जित हासिल गरिछाडे । आखिर यो चमत्कार भयो कसरी ? नयाँ पत्रिकाका प्रवीण देवकोटासँग सन्तोषले अनुभव सुनाए : सुरुमा जन्डिसजस्तो लक्षण ०५८ सालको कुरा हो । त्यतिखेर म ११ वर्षको थिएँ । ५ पास भएर भर्खर ६ कक्षामा भर्ना भएको थिएँ । एक्कासि जन्डिसको जस्तो लक्षण देखियो । शरीरमा पहेँलोपन बढ्दै गयो । थकाइ निकै लाग्थ्यो । लामो समय हिँडेपछि पेटको भित्रपट्टि नमीठोगरी दुख्थ्यो । पिँडुला बाउँडिन्थ्यो । घर–छिमेकमा निष्कर्ष निकाल्नुभयो, सन्तोषलाई जन्डिसले नै यस्तो गरेको हो । गाउँकै जडीबुटी औषधि बनाएर खुवाउन सुरु गर्नुभयो । जेठदेखि मलाई समस्या देखिन सुरु भएको थियो । साउनसम्म घरेलु उपचारको प्रयास भयो । तर, बिसको उन्नाइस भएन । तीन महिनापछि काठमाडौं मलाई स्मरण भएसम्म घरबाट काठमाडौं आएको साउनको २४ गतेजस्तो लाग्छ । बुबाले कान्ति बाल अस्पताल पुर्‍याउनुभयो । इमर्जेन्सी वार्डमा राखेर मेरो उपचार प्रक्रिया सुरु गरियो । हेमोग्लोबिन २.५ मात्रै रहेछ । ब्लड चढाउनुभयो । बायोप्सी रिपोर्टका लागि मासुको भाग विदेश पठाइयो । बेलायत पठाइएको थियो भन्ने पछि मात्रै सुनेको थिएँ । क्यान्सर भएको थाहा भयो एक हप्तापछि बायोप्सी रिपोर्ट आयो । रिपोर्टमा ब्लड क्यान्सर देखिएछ । मेरो उपचारमा लागेको कान्तिका डाक्टरहरूले यो जानकारी गराउनुभयो । ११ वर्षको भइसकेकाले म धेरैजसो कुरा बुझ्थेँ । अरूले गरेको कुरालाई चासो दिएर सुन्ने सानैदेखिको बानी पनि थियो । बुबा पनि हरेक कुरा मसँग लुकाउनुहुन्नथ्यो । काठमाडौं ल्याउनुअघि पनि मलाई साथै राखेर घरमा सल्लाह गर्नुभएको थियो । क्यान्सर भएकोबारे पनि जानकारी गराउनुभयो । क्यान्सरबारे थाहा थिएन क्यान्सर रोगबारे भने मलाई त्यतिवेला थाहा थिएन । ज्यान नै लिने रोग हो भन्ने सोचेको पनि थिइनँ । यो कुरा त बुबाले पनि भन्नुभएको थिएन, आत्तिन्छ भनेर होला । शरीरमा ब्लड चढाउने काम जारी थियो । दुई पाउन्ड चढाएपछि तत्कालका लागि म तन्दुरुस्त भइसकेको थिएँ । शरीरमा तागत पलाएको अनुभव गरिरहेको थिएँ । शरीर फुर्तिलो हुँदै गएपछि त मैले रोग निको भएको अड्कल काटिरहेको थिएँ । उपचार छाडेर घर फर्कियौ मेरो परिवार मध्यम वर्गको थियो । पैसाको अभाव थियो । शरीर स्फूर्त भएपछि उपचार छाडेर हामी नुवाकोट नै फर्कियौँ । उपचार गर्नुपर्छ भन्ने डाक्टरको राय थियो । तर, उपचार खर्च महागो पर्ने भएकैले अस्पताल छाड्न बाध्य भयौँ । डेढ महिनापछि फेरि काठमाडौं अस्पतालबाट घर फर्किएको डेढ महिनासम्म मलाई कुनै असहज महसुस भएन । त्यसपछि भने रोगले च्याप्न थाल्यो । बुबाले फेरि कान्तिमै ल्याउनुभयो । असोज २६ गतेजस्तो लाग्छ, दसैँको नवमीको दिन थियो । केमोथेरापी सुरु गर्नुभयो म निकै ग्रस्त भइसकेको थिएँ । दुई पाउन्ड रगत चढाइदिनुभयो । केमोथेरापी पनि सुरु गर्नुभयो । दुई पाउन्ड चढाएपछि एक महिनाजति रगत दिनुभएन । तर, त्यसपछि मात्रा मिलाउँदै पटक–पटक गरेर २५ पाउन्ड रगत चढाइयो । यसपछि भने रगत दिन नपर्ने भयो । तीन वर्ष उपचार गर्नुपर्ने भन्ने थियो । दुई वर्षसम्म केमोथेरापी भयो । औषधिले साइड इफेक्ट केमो थेरापीका लागि भारत र चीनबाट औषधि आउने रहेछ । मलाई सुरुदेखि भारतीय प्रोडक्ट दिइएको थियो । तर, खोइ के कारण हो,एक्कासि भारतीय औषधि अभाव भएछ । अनि चिनियाँ प्रोडक्ट दिन थालियो । यो औषधि चलाउन थालेपछि साइड इफेक्ट देखियो । एकदमै टाउको दुख्ने भयो । एउटा आँखामा पनि समस्या देखिन थाल्यो । डा. रुपा राना, डा. कैलाश शाह र डा. प्रकाश तिवारीको टिमले मेरो उपचार गरिरहेको थियो । उहाँहरूकै रोहबरमा औषधि गरिएको थियो । ब्रेन ट्युमर पनि भएछ साइड इफेक्ट देखिएपछि रेडियोथेरापी गर्नुपर्ने भयो । तर, यो सुविधा कान्तिमा रहेनछ । झन्डै साढे दुई वर्षजति कान्तिको उपचारपछि चिकित्सकले भक्तपुर क्यान्सर अस्पताल रिफर गर्नुभयो । नक्सालको एक क्लिनिकमा एमआरआई गराइयो । एमआरआई रिपोर्ट लिएर भक्तपुर क्यान्सर अस्पतालमा पुग्यौा । डाक्टरले रिपोर्ट हेर्नुभयो । ब्रेन ट्युमर पनि भएको बताउनुभयो । धेरै नबाँच्ने डाक्टरको घोषणा भक्तपुर क्यान्सर अस्पतालमा मेरो रिपोर्ट हेर्ने डाक्टर त्यसै दिन बेलुका विदेश जाने तयारीमा हुनुहुँदो रहेछ । उहाँ हतारमा देखिनुहुन्थ्यो । उहाँबारे धेरै बुझ्ने मौका पनि मिलेन । उहाँको नामसमेत थाहा भएन । रिपोर्ट हेरेपछि उहाँले बुबालाई एक्लै राखेर भन्नुभएछ, ‘बच्चा अब धेरै दिन बाँच्दैन, २० दिन कट्न पनि मुस्किल देखिन्छ । शरीरभर क्यान्सर फैलिसकेको छ, रिपोर्टमा ब्रेन ट्युमर पनि देखिन्छ । उसको इच्छा पूरा गरिदिनू, मन लागेको खान–लाउन दिनू ।’ यो कुरा भने बुबाले मलाई त्यतिवेला भन्नुभएन । बुबाले त मलाई औषधि खाँदै गएपछि ठीक हुन्छ भनेर आश्वासन दिनुभएको थियो । फेरि फर्कियौ नुवाकोट अस्पतालले भर्ना लिन मानेनछ । बुबाले घरमै गएर औषधि खाने भन्दै मलाई नुवाकोट फर्काउनुभयो । डाक्टरले दुखेको कम गर्न मोर्फिन (पेनकिलर) दिनुभएको थियो । डाक्टरले मृत्युको मिति घोषणा गरेको मलाई थाहा थिएन । बाँचुन्जेल पीडा नहोस् भनेर मोर्फिन दिएको पनि पत्तो थिएन । तर, मैले रोग निको हुने औषधि हो भन्दै नियमित मोर्फिन सेवन गरेँ । गल्दै गएपछि लख काटेँ म एक्कासि थला परेँ । शौच जान पनि सक्दिनथेँ । मैले लख काट्न थालेँ, उपचार सम्भव नभएर घर फर्काइएछ । ‘बिस्तारै ठीक हुन्छ’ भन्ने बुबाको वचनमा पनि मलाई विश्वास लागेन । तर, बाँच्ने आशा मरिसकेको थिएन । त्यतिखेर दिन काट्ने साथी भनेकै रेडियो थियो । खुबै सुन्थेँ । रेडियोमा जब विज्ञापन सुनेँ रेडियो पर्यावरण सुनिरहेको थिएँ । एउटा आयुर्वेदिक औषधालयबारे विज्ञापन बज्यो । ब्रेन ट्युमर, क्यान्सरलगायत रोगको उपचार गरिन्छ भन्ने खालको विज्ञापन थियो । विज्ञापनले मलाई तान्यो । औषधालयको नामभन्दा पनि फोन नम्बर टिप्नतिर केन्द्रित भएँ । काठमाडौं थापागाउँ ठेगाना र फोन नम्बर टिप्न भ्याएँ । नाम टिप्न पनि भ्याइनँ, न त सम्झिन नै । नयाँ औषधि सेवन सुरु औषधालयको नाम र ठेगाना बुबालाई दिएँ । बुबा काठमाडौंमै हुनुहुन्थ्यो । अंकल र बुबा त्यहाँ पुगेर औषधि ल्याइदिनुभयो । दुई प्रकारका औषधि थिए । यार्सागुम्बा, पाँचऔँले, त्रिफला चूर्णलगायत एकथरी थिए भने । जौको जमरा, गाईको गहुँत, नीमको पातलगायत पनि थिए । यार्सागुम्बा गाईको दूध र महमा भिजाएर दिनमा एउटा खाने, पाँचऔँले घोटेर पाँच ग्रामजति दिनमा एकपटक, त्रिफला चूर्ण बिहान र बेलुका खाने गरी दिइएको थियो । मैले एक महिनासम्म नियमित खाएँ । यसले शरीरमा शक्ति दियो । त्यसपछि यो खान छाडेँ । जौको जमरा, गहुँत, नीमपत्ता र तुलसीको पात भने लामो समयसम्म खाएँ । छरेको सातौा दिनको जौको जमराको जुस, गाईको गहुँत, तीनवटा नीमपत्ता र सातवटा तुलसीको पत्ता मिलाएर बनाएको एक–एक गिलास जुस बिहान र बेलुका नियमित सेवन गरेँ । यो औषधि सुरुमा नपच्ने रहेछ । दिसा लागिरहने हुने रहेछ । तर, आत्तिनुपर्ने रहेनछ । पछि, खाँदै गएपछि आफौ ठीक हुने रहेछ । ६ महिनासम्म यो औषधिले पनि समस्यालाई बिसको उन्नाइस बनाएन । ६ महिनापछि मात्रै बिस्तारै प्रभाव देखाउन थाल्यो । यो औषधिको काम नै यस्तै रहेछ । ६ महिनापछि रोग ठीक हुँदै गएको अनुभव गर्न थालेँ । औषधि सेवन गरेको एक वर्षपछि हल्काफुल्का हिँड्न सक्ने भएँ । शरीरमा तागत आएपछि फेरि ६ कक्षामै भर्ना भएर पढाइलाई निरन्तरता दिएँ । ब्लडमा क्यान्सर देखिएन बिरामीले थलिएको ४ वर्ष भइसकेको थियो । म १६ वर्षको भइसकेको थिएँ । धेरै नै आराम महसुस भएपछि फेरि कान्ति बाल अस्पताल आयौँ । यसअघि उपचार असम्भव रहेको निष्कर्ष निकालेर पठाइएको मलाई तन्दुरुस्त भएरु अस्पताल आएको देख्दा डाक्टरहरू छक्क पर्नुभयो । उहाँहरूको बुझाइमा त म त्यो वेलासम्म मरिसकेको हुनुपथ्र्यो । अस्पतालमा फेरि एकपटक ब्लड टेस्ट गर्न सल्लाह दिनुभयो । ब्लड टेस्ट गरायौँ । रिपोर्ट नर्मल आयो । डाक्टरहरूले रोग निको कसरी भयो भन्नेबारे चासो राख्नुभयो । मैले घटनाक्रम बताइदिएँ । अहिले कुनै समस्या छैन गाईको गहुँत, जौको जमरा, नीमपत्ता र तुलसीको पात मिश्रण गरिएको औषधि ३ वर्षजति नियमित खाएँ । अहिले पनि कहिलेकाहीँ खाने गर्छु, तर नियमित होइन । कुनै रोग नभए पनि यो औषधि खाँदा फाइदै गर्छ ।

#NAYAPATRIKA

स्क्रब टाइफसबाट यसरी टाढा रहने

Scrub-Tyephas-57b67764d04672.93525200

काठमाडौं: संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो ।

नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो ।

चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्‌यो ।

बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ ।

मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । ‘पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ’, टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।’

ढिलै भए पनि आफूमा देखिएको रोग उपचार हुने अस्पतालमा आएको र बाँच्ने आशा जागेको उनले बताइरहँदा अन्य दुईजना बिरामी पनि सोही समस्याबाट थला परेर उपचार गरिरहेका थिए । नेपालमा गत वर्ष पहिलोपटक पुष्टि भएको स्क्रब टाइफस रोगबाट मृत्यु हुने र बिरामी पर्नेको संख्या बढ्दो छ । समयमै उपचार नभएमा मुटु, फोक्सो, मस्तिष्कजस्ता संवेदनशील अंगमा क्षति भएर ज्यान जान्छ । त्यति बेला धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका ११ जनामध्ये ६ जना बालबालिकाको ज्यान गएको थियो ।

स्क्रब टाइफसले धनगढीमा पनि दुई महिलाको ज्यान लिएको थियो । टाइफाइड, डेंगुलगायत रोगसँग मिल्नेखालको ज्वरो आएका बिरामीलाई औषधिले काम नगरेपछि ती बिरामीको रगतको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्क्रब टाइफस देखिएपछि थप पुष्टिका लागि थाइल्यान्ड पठाइएको थियो ।

त्यहाँबाट रोग पुष्टि भएर आएपछि महाशाखाले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई स्क्रब टाइफस उपचारको तरिकाबारे तयार पारिएको निर्देशिकाअनुरूप उपचार गर्न निर्देशन दिएको थियो ।

तर पनि जनचेतनामूलक कार्यक्रम विस्तार नहुँदा र स्थानीय स्वास्थ्य संस्थामा रोग परीक्षणका लागि उपयुक्त व्यवस्था नहुँदा अन्य अनगिन्ती रोगले आक्रान्त पारिरहेका बेला नयाँ रूपबाट देखा परेको यो रोगले मानिसलाई सास्ती दिएको छ । धनजनको क्षति उत्तिकै भएको छ । स्थानीयस्तरमै परीक्षण सुविधा नहुँदा चिकित्सक बिरामीको रगतको नमुना काठमाडौं पठाउन बाध्य छन् ।

टाइफसबाट संक्रमित हुनेको संख्या ९१ पुगेको छ । पूर्वी तराईमा धेरै देखिएको उक्त रोग अझै फैलिनसक्ने अनुमान चिकित्सकको छ । हाल यो संक्रमण संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, इलाम, धादिङ, चितवन, नुवाकोट, सुर्खेत, मकवानपुर, सिन्धुली, सर्लाही, कास्की, गोरखा, बारा, बर्दिया, दाङ, राजधानी काठमाडौंलगायत २० जिल्लाभन्दा बढी स्थानमा छ ।

गत वर्ष यो संक्रमण संखुवासभा, भोजपुर, धनकुटा, सिराहा, कैलाली, रामेछापमा देखिएको तथ्यांक छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ट्रोपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाका अनुसार भूकम्प प्रभावित जिल्लाबाट आएका बिरामीमा पनि स्क्रब टाइफस पुष्टि भएको छ । संक्रमण फैलिएपछि मानिसमा कडा ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्तो लक्षण देखा पर्छ ।

दुई वा त्योभन्दा धेरै यस्तो लक्षण देखिएमा स्वास्थ्य जाँच गराइहाल्नुपर्ने उनको सल्लाह छ । ‘धेरै ढिलो उपचार गर्न आउँदा संक्रमित बिरामीको मृत्यु भइरहेको छ’, बास्तोलाले भने, ‘यो रोगको लक्षण अन्य रोगसँग पनि मिल्दोजुल्दो हुने भएकाले अल्मलिएर बस्नु हुँदैन । समयमै पुष्टि भएमा औषधि खाएर निको हुन्छ र यसले जटिल रूप लिन पाउँदैन ।’

स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, अंगमा क्षति र मिर्गौला फेल हुने, निमोनियाको संक्रमण देखिने, छारेरोग, सुस्त हुनेजस्ता समस्या देखिन्छन् । चिकित्सकका अनुसार स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाउँमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइने गरेको छ । वर्षायाममा सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो कीराले टोक्ने खतरा रहन्छ । स्क्रब मानिसबाट मानिसमा सर्ने रोग भने होइन ।

रोगका लक्षण

-कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने
-टाउकोमा धेरै दुखाइ हुने
-श्वासप्रश्वासमा समस्या पैदा हुने
-जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने
-खोकी लाग्ने
-पेट दुख्ने र पखाला लाग्ने
-शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु

स्क्रब टाइफसबाट बच्ने उपाय

-घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने
-लामो बाउला भएको कपडा लगाउने
-मुसाबाट टाढै रहने
-सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने ।
-त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने ।
-असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने

उपचारविधि

यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ ।

नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।

पेट घटाउन सुत्नुअघि अपनाउनुहोस पाँच तरिका

 

दुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्‌याउन सकिरहेको हुँदैनन् ।
ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुभयो भने तपाईंलाई केही राहत अनुभूति हुनेछ ।

सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्

ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।

खाना अघि सुप खाने

हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।

खुर्सानी खानुहोस्

खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा सकेसम्म पीरो खुर्सानी खाने बानी गर्नुहोला ।

ग्रीन टी पिउनुहोस्

धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन । यद्यपी बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाई सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ ।

तनाव नियन्त्रण

तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्नेबेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।

मोटोपना अव्यवस्थित खानपिन तथा शारिरीक कसरतको अभावमा बढ्ने भएकाले तपाईले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ भने स्वस्थ रहन शारिरीक कसरतको पनि आवश्यकता छ ।

यौन शक्ति बढाउने घरेलु उपाय

sex-power-57b1441195a0f3.81914884

यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ । जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन् । त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् ।

साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ । अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ । दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त कुनै पनि स्वास्थ्य समस्या आउँदैन । त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ । त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।

तुलसी
१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् । तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ ।  दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।
लसुन
दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस । यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।
जायफल
जायफल अर्थात जायदानालाई नियमित सेवन गर्नाले पनि यौन दुर्वलता टाढा भाग्छ । बिहान सबेरै एक ग्राम जायदानाको धुलोलाई पिउने पानीमा घोलेर दैनिक सेवन गरेका केही दिनमा तपाईंमा परिवर्तनको महशुस हुनेछ ।
दालचिनी
दुई ग्राम दालचिनीको धुलोलाई दैनिक बिहान दूधसँग घोलेर पिउने गर्नुभएका यौन दुर्वलताको समस्या समाधान हुनेछ ।
खजुर
बिहानी समयमा दुई दाना खजुरलाई नियमित खाने गर्नुहोस् । अथवा उक्त खजुरलाई घ्यूमा भुटेर त्यसमा अलैची, सख्खर हालेर त्यसमा दूघ मिसाएर सेवन गर्नुभएमा यौन दूर्वलता हट्नुका साथै यौन शक्ति बढ्नेछ ।

दाँतको क्यान्सरबाट जोगिन के गर्ने ?

नेपाल डेन्टल एसोसिएसनले विश्व मुख तथा दन्त स्वास्थ्य दिवसका अवसरमा आज  आयोजना गरेको कार्यक्रममा दन्त चिकित्सकले सर्वसाधारणलाई दाँतको क्यान्सरबाट जोगिन सल्लाह दिएका छन् । सो एसोसिएसनले प्रत्येक वर्ष २० मार्चमा विश्व मुख तथा दन्त स्वास्थ्य दिवस मनाउने गर्छ ।

डा सेन्छेमा लिम्बूले विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनमा विश्वमा ९० प्रतिशत मानिस सोसम्बन्धी रोगबाट पीडित रहेको बताउँदै प्रत्येक दिन नियमित रूपमा दुई पटक ‘ब्रस’ गरी दाँतलाई सरसफाइ गर्न र दक्ष चिकित्सकसँग परामर्श लिन सल्लाह दिए।

 

सिद्धि पोलिक्लिनिकका डा मधु श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै  स्वस्थ्य दाँत, गिजा र मुखले मानिसलाई सधँै स्वस्थ्य राख्ने हुँदा पीडित वर्ग र  समुदाय त्यसतर्फ संवेदनशील बन्नु पर्ने बताए।

डा प्रतीक श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यमा समयमै सचेत नभएमा गिजा पाक्ने, दाँत झर्ने लगायत समस्या आउने र त्यसले मुखको क्यान्सरसमेत हुन सक्ने खतरा रहेको उल्लेख गर्दै मद्यपान तथा मिठाइजन्य खानपिनमा नियन्त्रण गरिएमा धेरै समस्या समाधान हुने बताए।

 

दन्त चिकित्सकले गैरकानुनी रूपमा चलाइएका मुख तथा दन्त स्वास्थ्य केन्द्र बन्द गर्न माग गरेका छन् ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा सुदीन शाक्यले पछिल्लो समयमा अनधिकृत रूपमा दन्त परीक्षण सञ्चालन हुन थालेकाले त्यस्ता व्यक्ति तथा संस्थालाई कानुनी कारबाहीको माग गर्दै सर्वसाधारणलाई नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त स्वास्थयकर्मीसँग मात्र उपचार गराउन पनि आग्रह गर्नुभयो ।

पानी पिएर १० दिनमा ५ किलो घटाउने तरिका

पानी जीवनका लागि कति महत्वपुर्ण चीज हो भनिरहनु पर्दैन। अब पानी पिएर नै तौल घटाउने सकिने तरिकाहरु पनि सार्वजनिक भएका छन्। बेलायतकी वेलनेस तथा फिटनेस विशेषज्ञले शाउना वाकरले ‘वाटर थेरापी’का विषयमा कयौं प्रयोग गरिन्। उनले धेरै प्रयोगका निचोड निकाल्दै पानी नै पिएर १० दिनमा ५ किलोसम्म तौल घटाउन सकिने दाबी गरेकी छिन् ।उनी भन्दछिन- प्रत्येक व्यक्तिको खाने र सुत्ने बानी र तौरतरिकामा फरकपन हुन्छ त्यसैले नतिजामा केही अन्तर पर्न सक्दछ ।वास्तवमा कसरी घटाउँछ पानीले तौल ? पढ्नुस तल।

जब शरिरमा पानी पर्याप्त मात्रामा पुग्छ,शरिरका अंगहरुले सही तरिकाले काम गर्दछन्।  जब अंगहरुले सही तरिकाले काम गर्दछन, शरिरको मेटाबोलिजमको राम्रो हुन्छ। जति मेटाबोलिजम बढि हुन्छ त्यती नै तौल घट्छ।weight loss by water therapy

 

धेरै पानी पिउनाले क्यालोरी बर्न गर्ने क्षमता पनि बढ्छ। विज्ञानमा यसलाई रेस्टिङ  एनर्जी एक्सपेण्डिचर भनिन्छ। एक अध्ययनका अनुसार पानी पिएको १० मिनेट भित्रै रेस्टिङ इनर्जी एक्सपेण्डिचर २४ देखी ३० प्रतिशत सम्म बढ्छ ।यसरी जति धेरै पानी, त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता बढ्दै जान्छ।

कसरी र कुन समयमा पिउने पानी ?

 

१. बिहान उठ्ने बितिकै खाली पेटमा डेढ गिलास पिउनुस। यसले तौल घटाउन सहयोग गर्दछ।सातै दिमागलाई शक्ति दिन्छ र दिनभर सक्रिय राख्दछ।

 

 

२. चिया वा कफि पिउनु अघी आधा वा एक गिलास जरुर पिउनुस। यसले शरिरमा चिया वा कफिका कारण हुने एसिडिटीबाट बचाउँछ र तौल कम गर्न सहयोग गर्दछ।
३.खान खानु भन्दा आधा घण्टा एक गिलास पानी पिउनुस। यसले भोक कम हुन्छ । ओभरइटिङबाट बच्न सकिन्छ र तौल घट्न सहयोगी हुन्छ।
४.सुत्नु भन्दा केहि समय पहिले पानी पिउनुस। यसले राती केही खाने मन हुँदैन ।साथै विहान शरिरबाट टक्सिन्स बाहिर निकाल्न पनि सहयोग गर्दछ। रातमा खानु राम्रो मानिन्न।

 

५.एकै चोटी धेरै पानी पिउनु भन्दा थोरै थोरै गरेर दिनमा ८-१० पटक पानी पिउनिुस। यसले शरिरमा पानी कम हुन दिँदैन्
६.जुस, सफ्ट ड्रिङक सट्टा पानी नै पिउनुस। यसले शरिरमा सुगरको मात्रा कम गर्न र तौल घटाउन मद्दत मिल्छ।
७. खाना खाइसकेपछी वा कुसमयमा भोक लागेमा तातो पानीलाई चिया जसरी पियममा पनि भोक  हुन्छ र तौल घटाउन सहयोग हुन्छ.

यी ९ खानाले चट्टै पार्छ रुघा खोकी

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको लागि घरमै उपचार सम्भव छ। यहाँ केही घरेलु खानेकुराको बारेमा चर्चा गरिएको छ जसले यी रोगहरुबाट बचाउँछ।fever runny nose 20196779

१. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई-दुई चम्चा खानुस्।

२. एक कप पानीमा २-४ ल्वाङ, २-४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एक-एक चम्चा कागतीको रस र मह मिसाएर दिनको २-३ पटक पिउनुस्।

यस्तो हुन्छ लामो समय एउटै अन्डरवेयर लगाउँदा

३. गाँजर नियमित खानुस्। यसमा भिटामिन ए, सी र एन्टीअक्सीडेन्टसले निकै फाइदा पुर्याउँछ। गाँजरको रसमा २ चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।

४. दुई चम्चा अंगुरको रसमा दुई चम्चा मह मिसाएर दिनको तीन पटक पिउनुस्।

५.हिंङमा थोरै पानी मिसाएर पेस्ट बनाउनुस्। यसलाई छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुस्। आधा चम्चा हिगंको धुलो, १ चम्चा अदुवाको धुलो र दुई चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।

६. बिहान उठेपछि काँच्चो लसुनको ३-४ केस्रा चपाएर खानुस्। यसको एन्टी ब्याक्टेरियल विशेषता कफ र खोकी निकोपार्न सहयोगी हुन्छ।

७. मनतातो दुधमा केही दाना मरिच र एक चम्चा मह मिसाएर सुत्ने समयमा पिउनुस्।

८. खुर्सानी अनि मसाला भएको खानाले पनि जम्मा भएको कफबाट मुक्ति दिलाउँछ।

मैथुन र सम्भोगबीच के फरक ? – डा. सुमनराज ताम्राकार

९. तातो सूप (चिकेन वा खसी) पिउनुस्।

यो  पनि पढ्नुस >>

ठूलो आन्द्राको क्यान्सर बारे जानीराखौं नेपालमा बढ्दैछन् ठूलो आन्द्राको क्यान्सरका बिरामी

यस्तो हुन्छ लामो समय एउटै अन्डरवेयर लगाउँदा

सफा नगरिएका अडरवेयरले छाला चिलाउने गर्छ। अन्डरवेयर फोहोर हुँदा यसले व्याक्टेरिया जम्मा पार्छ। पसिना, मरेका कोष अनि बाहिरी फोहोर जम्मा भएपछि चिलाउने मात्र होइन यसले अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउँछ।underware male female

चिलाउने अनि चर्याउँने

अन्डरवेयर फोहोर हुँदा पनि परिवर्तन नगर्दा छाला चिलाउन थाल्दछ। अत्याधिक छाला चिलाउँदा इन्फेक्सन भइ चर्याउने अनि थप समस्या निम्तिने गर्छ।

दुर्गन्ध
विज्ञान भन्छ, अन्डरवेयरमा एक ग्रामको दशौं भाग ब्याक्टेरिया हुन्छन्। गुप्ताङ्ग छोप्ने यी लुगामा यतिका ब्याक्टेरियाले छोटो समयमै दुर्गन्ध निकाल्न सुरु गर्छ।

यिस्ट इन्फेक्सन
यिस्ट र ब्याक्टेरिया ओसिलो वातावरणमा छिटो फैलिन्छ। फोहोर भइसकेको अन्डेवेयर वा नसुकेको अन्डरवेयरमा यिस्ट पैदा हुन्छ। अझ बिशेष गरि महिलाहरुले यस्तो अन्डरवेयर लगाउँदा गुप्ताङ्ग भित्र इन्फेक्सन हुने निकै खतरा रहन्छ।

जुम्रा
गुप्ताङ्ग वरिपरिका रौं काट्नु स्वास्थ्यको दृष्टीले निकै स्वस्थकर मानिन्छ। दैनिक अन्डरवेयर परिवर्तन गर्नु अत्यावश्यक हुन्छ। गुप्ताङ्ग वरिपरि ओसिलो वातावरण हुन दिनु हुदैन। निकै फोहोर अन्डरवेयर र गुप्ताङ्गको सफाई नहुँदा जुम्रा पर्ने समस्या निम्तिन समेत सक्दछ।