Home / राशिफल (page 4)

राशिफल

आज को राशिफल वि.सं. २०७३ साल पुस १३ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर २८ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:३८ बजेउप्रान्त औंसी।

वि.सं. २०७३ साल पुस १३ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर २८ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:३८ बजेउप्रान्त औंसी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहँदै विश्राम गर्नुहोला। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुने देखिन्छ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। दौडधुपमै समय बित्नेछ र चिताएको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआत्मीयजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। सामान्य खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम समेत बन्नेछन्। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoस्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमेहनत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। दौडधुपमै समय बित्नेछ र चिताएको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज ओ राशिफल वि.सं. २०७३ साल पुस १२ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर २७ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, ८:३८ बजेउप्रान्त चतुर्दशी।

वि.सं. २०७३ साल पुस १२ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर २७ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, ८:३८ बजेउप्रान्त चतुर्दशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesशरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। काममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक नतिजा प्राप्त हुनेछ। बाध्यात्मक परिस्थिति पार लगाउन सकिनेछ। काममा श्रम परे पनि मूल्यांकन राम्रै हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन्। भौतिक साधन प्राप्त हुनेछ। अरूको भर पर्दा काम अधुरो रहला। आफैं प्रयत्न गर्दा काममा आयआर्जन पनि राम्रै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकेही समय लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धाले हिम्मत जुटाउला। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। केही चुनौतीहरू देखिनेछन् तापनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसमयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजनामा समय पर्खनुहोला। सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। पशु र कृषिबाट सामान्य लाभ हुनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअसंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लाभांश कममात्र मिल्नेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। आलोचकहरूले सताउनेछन् भने सहयोगीहरू टाढिन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने देखिन्छ। विगतको श्रमबाट लाभ हुनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्व निखार्दै धेरैको आकर्षण बन्न सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने स्थिति आउन सक्छ। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। आम्दानी रोकिनाले आजको योजना स्थगित हुन सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकीर्तिमानी काम गर्ने समय छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesश्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्लान्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्नुहोला, लगनशीलताले पछि उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल पुस १० गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर २५ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वादशी, ३०:२८ बजेउप्रान्त त्रयोदशी।

वि.सं. २०७३ साल पुस १० गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर २५ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वादशी, ३०:२८ बजेउप्रान्त त्रयोदशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesदिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। श्रमको मूल्य थोरै मात्र प्राप्त होला। अप्ठ्यारो पर्दा सहयोगीहरू जुटाउने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusहिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। जिम्मेवारी भने बढिरहनेछन्। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ।प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि अस्वस्थताले कमजोरी अनुभव हुनेछ। काममा ढिलासुस्ती होला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoनयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। छोटो समयमा उपलब्धि हात पार्न सकिनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoधेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले अलि निराश तुल्याउन सक्छ। तापनि खिन्न मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसमयमा काम सम्पादन नहुँदा चिताएको फाइदा उठाउन नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। मध्याह्नदेखि अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिवारजनबाट टाढिनुपर्ला। आर्थिक अभावले सताउन सक्छ। आकस्मिक समस्याले खर्च गराउला। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। मध्याह्नपछि चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। आफन्तसँगको भेटघाटले मन रमाउनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिने सम्भावना छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मध्याह्नदेखि मेहनत गर्दा आम्दानी बढ्नेछ। तर, लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआँटेको काम तत्काल गर्न नसकिएला। अरूका लागि समय खर्चनुपर्ला। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। आफ्नै कमजोर मानसिकताले पछि परिनेछ। चुनौती देखिए पनि मध्याह्नपछि सकारात्मक नतिजा प्राप्त होला। कर्मयोग बलियो रहनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मेहनतले लक्ष्यमा पुर्याउनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। समय निकै संघर्षपूर्ण रहनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल पुस ९ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर २४ तारिख। नेपाल संवत् ११३७ थिंलागा।

वि.सं. २०७३ साल पुस ९ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर २४ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– एकादशी, २८:१८ बजेउप्रान्त द्वादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनतले राम्रै प्रतिफल दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आफ्नाले सहयोग नगर्दा अवसर फुत्किएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्ला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आगन्तुकले अलमल्याउन सक्छन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअरूलाई प्रभावित पारेर काम बनाउने समय छ। भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रयत्न गर्दा जिम्मेवारी पाइनेछ तर फाइदा कम हुनेछ। पुरानो गतिले काम बिग्रन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख मात्र पाइनेछ। सामान्य अवसर प्राप्त भए पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाला । धेरैलाई फाइदा हुने काम गर्न नसकिएला। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesगरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। घरेलु समस्यामै अल्झनुपर्ला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल पुस ६ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर २१ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– अष्टमी, २३:२५ बजेउप्रान्त नवमी।

वि.सं. २०७३ साल पुस ६ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर २१ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– अष्टमी, २३:२५ बजेउप्रान्त नवमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा प्रगति गर्न नसकिएला। व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति अविश्वास बढ्नेछ। काम बिग्रने डरले सताउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोग लिँदा चिताएको काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerउद्योग तथा व्यापारमा मनग्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। पुरानो समस्यासमेत सुल्झाउन सकिनेछ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाममा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आफ्ना कमजोरीप्रति अरूले आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। चिताएको काममा बाधा पुग्नेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ। तर, खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। समयमा काम सम्पादन नहुँदा चिताएको फाइदा उठाउन नसकिएला। प्रतीक्षित नतिजा कमजोर होला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraव्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornशुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको सहयोग जुटाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी समेत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusलेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल पुस ५ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर २० तारिख। नेपाल संवत् ११३७ थिंलागा।

वि.सं. २०७३ साल पुस ५ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर २० तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– सप्तमी, २२:४० बजेउप्रान्त अष्टमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहडबडले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिवारमा असमझदारी बढे पनि मेहनतले बिस्तारै फाइदा दिलाउनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा चिताएको फाइदा नउठ्न सक्छ। आफ्नो आत्मविश्वास कमजोर हुने समय छ। अद्यावधिक सूचनाको अज्ञानताले पछि परिएला। आगन्तुकले पनि अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। तापनि मेहनत गर्दा छिट्टै लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoखर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा होला। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioजिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआलोचकहरूबाट सावधान रहनुहोला, मेहनत गर्दा कीर्तिमानी काम गर्ने समय छ। केही चुनौती देखिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि फाइदा हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौतीसमेत सामना गर्नुपर्ला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)

आज को राशिफल वि.सं. २०७३ साल पुस ४ गते। सोमबार। इश्वी सन् २०१६ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३७ थिंलागा।

वि.सं. २०७३ साल पुस ४ गते। सोमबार। इश्वी सन् २०१६ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– षष्ठी, २२:२६ बजेउप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। आँटले काम बन्नेछ। नयाँ योजना सुरु गर्न केही समय पर्खनुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। अहिले मेहनत गर्दा पछिलाई फाइदा हुने देखिन्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकृषि, व्यवसाय तथा पशुपालनमा समस्या बढ्नेछ। पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। प्रतिकूल सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुहोला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काममा सानोतिनो समस्या आउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoहिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। शुभचिन्तकहरूले आफ्ना कमजोरी औंल्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटले काममा बाधा पुर्याउला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकेही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। तर तत्काल लाभ उठाउँदा भविष्यमा नोक्सान हुने देखिन्छ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमेहनतले आम्दानी बढाउनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउनेछ। तर साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिए पनि भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। धेरैले साथ दिनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesथोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल पुस ३ गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– पञ्चमी, २२:४४ बजेउप्रान्त षष्ठी।

वि.सं. २०७३ साल पुस ३ गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– पञ्चमी, २२:४४ बजेउप्रान्त षष्ठी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थिति अलि संघर्षपूर्ण रहनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा राम्रो हुने देखिन्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। तर आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलीको गलत अर्थ लाग्नाले विवाद बढ्ने सम्भावना छ। व्यापारमा लाभांश कममात्र प्राप्त हुनेछ। विगतको श्रमबाट भने फाइदै हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने देखिन्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरी औंल्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। मौकाको फाइदा उठाउन नसकिएला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा फाइदा हुन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। आयस्रोत बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। मौका आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आस देखाउनेहरूले धोका दिन सक्छन्। विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिएला। आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा हुनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकाम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर थमाउन सक्छ। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornहडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। यसका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल पुस २ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर १७ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, २३:३० बजेउप्रान्त पञ्चमी।

वि.सं. २०७३ साल पुस २ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर १७ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, २३:३० बजेउप्रान्त पञ्चमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesकोसिस गर्दा रोकिएको व्यवसायले गति लिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफन्तको सहयोग जुट्नाले समस्याबाट मुक्ति मिल्नेछ। टाढिएका साथीभाइसँग पुनर्मिलन हुनेछ। तर, ईर्ष्यालु मन भएकाहरूबाट सजग रहनुहोला। कृषि तथा व्यापारमा थोरै लाभ भए पनि दिगो फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसानोतिनो समस्याले आँटेको काममा बाधा पुग्न सक्छ। गलत हिसाबकिताबले आम्दानी रोकिनुका साथै अनावश्यक विवाद निम्त्याउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी होला। तथ्य वस्तु पत्ता लगाउने चेष्टा गर्नुहोला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerहिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजना अघि बढाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। ठूलै फाइदाको आश्वासन पाइए पनि यथार्थमा लाभ भने कमै मिल्नेछ। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअवसरको खोजीमा केही दौडधुप र खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट मनग्य लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअवसरवादीहरूले फसाउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअरूका समस्यामा चासो लिँदा अाफैंलार्इ धोका हुन सक्छ। जसको उपकार गरिन्छ, उसैबाट धोका पाइनेछ। विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिएला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् भने सामान्य मित्रता पनि दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले मेहनतको तारिफ गर्नेछन्। प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusशरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनजिककासँग असमझदारी बढ्नाले काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादमा अघि नबढ्नुहोला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसमय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अधिकार र प्रतिष्ठाका लागि जोखिम उठाउनुपर्ला। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्राको प्रक्रियाले खर्च बढाउला। प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर ३० गते। बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर १५ तारिख। नेपाल संवत् ११३७ थिंलागा।

वि.सं. २०७३ साल मंसिर ३० गते। बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर १५ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वितीया, २६:१६ बजेउप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमेहनतले विशेष अवसर दिलाउनेछ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoश्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraनसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। धेरैले मेहनतको तारिफ गर्नेछन्। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। सामान्य मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusदिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र आँटेको काममा फाइदा उठाउन सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। (नेपाली पात्रो)