Home / राशिफल (page 5)

राशिफल

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २९ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर १४ तारिख। नेपाल संवत् ११३७ थिंलागा।

वि.सं. २०७३ साल मंसिर २९ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर १४ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– प्रतिपदा, २८:०९ बजेउप्रान्त द्वितीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसाहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनतले मनग्य धन तथा सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमेहनत गर्दा अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्व निखार्नुका साथै आकर्षण बढाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआम्दानीका स्रोत बढ्नाले मनग्य आम्दानी हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कममात्र भेटिनेछन्। फाइदाका पछि लाग्दा साथीभाइसँग सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने देखिए पनि कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। पहिलेको सामान्य मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली(व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornरकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसाझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २८ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर १३ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष।

वि.सं. २०७३ साल मंसिर २८ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर १३ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– चतुर्दशी, ८:३३ बजेदेखि पूर्णिमा ३०:१६ बजेउप्रान्त प्रतिपदा।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअरूको मर्म ख्याल गर्दागर्दै आफैंलाई समस्या आउन सक्छ। विभिन्न अवसर आए पनि काम समयमा सम्पादन नहुनाले पछि परिएला। सहयोगी तथा शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपहिलेको योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। सहयोगीहरू कमै भेटिनेछन् भने थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। अध्ययनमा पनि अलि पछि परिने समय छ, मेहनत गर्नुहोला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकेही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। तर तत्काल लाभ उठाउँदा भविष्यमा नोक्सान हुने देखिन्छ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसानो प्रयत्नले राम्रो आम्दानी दिलाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि राम्रै लाभ मिल्नेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएको काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। तर अनुचित ठाउँमा खर्च हुन सक्छ, सञ्चित धन उपयोग गर्नुपर्दा सजग रहनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoटाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। धेरैले साथ दिनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioछिटै अरूको विश्वास जितेर फाइदा उठाउन सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सोख तथा विलासी प्रवृत्तिले भने खर्च बढाउला। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा वैधानिक प्रावधानले अप्ठ्यारो पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू पनि प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। आँटले काम बन्नेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यम लाभदायक रहनेछ। स्थायी सम्पत्ति जोड्ने समय छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अधैर्य व्यवहारले गोपनीयता बाहिरिन सक्छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, व्यवसाय तथा पशुपालनमा समस्या बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। प्रतिकूल सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुहोला। (नेपाली पात्रो)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २७ गते। सोमबार। इश्वी सन् २०१६ डिसेम्बर १२ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व।

वि.सं. २०७३ साल मंसिर २७ गते। सोमबार। इश्वी सन् २०१६ डिसेम्बर १२ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– त्रयोदशी, १०:५४ बजेउप्रान्त चतुर्दशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा चिताएको फाइदा नउठ्न सक्छ। तपाईंको आत्मविश्वास कमजोर हुने समय छ। अद्यावधिक सूचनाको अज्ञानताले पछि परिएला। आगन्तुकले पनि अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। तापनि मेहनत गर्दा छिट्टै लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiखर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। दिगो काममा लगानी गर्ने मौका जुट्नेछ। तर लाभांश बाहिरिनाले अर्थअभाव भने देखा पर्नेछ। साँझदेखि भैपरी अाउने समस्याले पनि चिन्ता बढाउन सक्छ। अरूका लागि धन खर्चनुपर्ला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoजिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सामाजिक नेतृत्व गर्दै प्रतिनिधिमूलक यात्रा गर्ने अवसर जुट्न सक्छ। पछि फाइदा हुने काम हात पार्ने मौका छ। दाम, नाम र इनाम हातपार्न सकिनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआवेशमा निर्णय लिँदा समस्यामा परिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा अरूले साथ दिनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआँटले काम बन्नेछ भने बुद्धि लगाउँदा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सहपाठीहरूलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। पुरानै समस्याले अप्ठ्यारोमा परिएला। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिवारमा असमझदारी बढे पनि मेहनतले बिस्तारै फाइदा दिलाउनेछ। (नेपाली पात्रो)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २६ गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर ११ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व

वि.सं. २०७३ साल मंसिर २६ गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर ११ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– द्वादशी, १३:१६ बजेउप्रान्त त्रयोदशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामान्य लाभ भए पनि श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत गुम्न सक्छ। लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। शुभचिन्तकहरूको साथ लिएर काममा जुट्नुहोला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा निकै फाइदा हुनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraरमाइलो क्षणमा समेत अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। वादविवादमा परिनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। बाध्यताका काममा अलमलिनुपर्ला। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनतले राम्रै प्रतिफल दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसुखद समाचारले दिन उत्साहपूर्ण रहला। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ उठाउन सकिनेछ। सन्तान वा अनुयायीको साथले आँटेको काममा हिम्मत जगाउनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसमयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपाली पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २५ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर १० तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व।

वि.सं. २०७३ साल मंसिर २५ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर १० तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– एकादशी, १५:३१ बजेउप्रान्त द्वादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविभिन्न अवसरले पछ्याए पनि भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसमयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। प्रयास गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदाकै समय छ। तर रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउला। सरसापटमा पनि धन बाहिरिने समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। मनग्य आम्दानी नहुनाले आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाममा बलजफ्ती गर्दा समस्या आउन सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। तापनि परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। अतिथिका रूपमा सत्कार समेत प्राप्त हुनेछ। व्यापारले फाइदा दिलाए पनि वादविवादले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आफ्नै लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसाझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइ टाढिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा असमझदारी बढ्न सक्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesवचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ।। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपाली पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २४ गते। शुक्रबार। इश्वी सन् २०१६ डिसेम्बर ९ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व।

वि.सं. २०७३ साल मंसिर २४ गते। शुक्रबार। इश्वी सन् २०१६ डिसेम्बर ९ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– दशमी, १७:३७ बजेउप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusउठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। दिगो फाइदा हुने काममा लगानी बढाउन पनि सकिनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपुरुषार्थी काम प्रारम्भ हुनेछ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले समस्या निम्त्याउनेछन्, साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको सहयोग जुटाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी समेत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गर्दा प्रशस्त फाइदा हुनेछ। उपहारले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मनमा आनन्द मिल्नेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। वादविवादले समस्या निम्त्याउने देखिएकाले सजग रहनुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसमय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। यात्राको प्रक्रियाले खर्च बढाउनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुखद समाचारले उत्साह जगाउनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध बिस्तारै समाप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मत गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। तर महत्वाकांक्षी योजना भने पूरा नहुन सक्छ। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्न सक्छन्, सतर्क रहनुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउलान्। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान पनि दिलाउनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २३ गते। बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर ८ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व।

वि.सं. २०७३ साल मंसिर २३ गते। बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर ८ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– नवमी, १९:२८ बजेउप्रान्त दशमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा सोचेजति फाइदा नहुन सक्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न भौतिक साधनहरू जुट्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र व्यापारमा पनि राम्रै लाभ हुनेछ। ऋणमोचन हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो काममा लगानी बढाउन सकिनेछ। गरिएका कामको उचित मूल्यांकन हुनाले प्रसन्नता मिल्नेछ। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiठूलो भागको आशा राख्दा अवसर गुमाउनुपर्ने स्थिति आउन सक्छ। नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरूका लागि जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoदिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा हुनेछ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusरोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। मेहनत गर्दा अध्ययनमा पनि प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २२ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर ७ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व।

वि.सं. २०७३ साल मंसिर २२ गते। बुधबार। इश्वी सन् २०१६ डिसेम्बर ७ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– अष्टमी, २१:०० बजेउप्रान्त नवमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesरकम अभावले आजको योजना स्थगित हुन सक्छ। काम सम्पादन भए पनि फल अनिश्चित रहला । ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। तत्काल आम्दानीको आशा नराख्नुहोला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। पछिका लागि गरिएको लगानीले भने अवश्यै फाइदा दिनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। जसको उपकार गरिन्छ, उसैबाट धोका पाइनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसानो त्रुटिले पनि समस्या निम्त्याउला। श्रमपूर्वक समर्पित हुँदा समेत कामको मूल्य उठाउन नसकिएला। बन्दै गरेको काम स्थगित हुन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। मेहनत गर्दा उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिएला। आफनो मेहनतबाट अरूले फाइदा उठाउलान्। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। धैर्य एवं विवेकले काम लिने चेष्टा गर्नुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसमयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउला। नतिजाका लागि काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमनको डरले सताए पनि परिस्थितिले साथ दिनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। ईर्ष्या गर्नेहरू पनि सहयोगीका रूपमा देखा पर्नेछन्। बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा पशुधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धी हुन सक्छन्। सोखले खर्च बढाउनेछ। कृषि तथा पशुपालनमा लगानी बढ्नेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। अरूको विश्वास गर्दा धोका पाइनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornठीक समयमा सही निर्णय लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आँटले काम लिँदा फाइदा हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। रमाइलो यात्राका साथै विशेष समारोहमा भाग लिने मौका छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusहिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसुरुमा खर्च लागे पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर २१ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर ६ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व।

वि.सं. २०७३ साल मंसिर २१ गते। मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर ६ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, २२:०९ बजेउप्रान्त अष्टमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesलाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिस्थिति असहज देखिन्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अरूको समेत जिम्मेवारी वहन गर्नुपर्दा थकित भइनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। रोकिएका काम दोहोर्याउन समय पर्खनुहोला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपहिलेका समस्या दोहोरिन सक्छन्। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएला। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। तापनि पहिलेका कमजोरी सच्याउने मौका छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। मनको डरले सताए पनि परिस्थितिले साथ दिनेछ। सहयोगीहरू बढ्नेछन् भने आफ्नासँगको भेटघाटले आनन्द दिलाउनेछ। कृषि तथा पशु व्यवसायबाट पनि लाभ हुनेछ। एकान्तमा मन रमाउनेछ। रचनात्मक काममा रुचि बढ्नेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसमयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। फजुल खर्च बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा आंशिक लाभ मिल्नेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक कार्यमा रुचि बढ्नेछ। विचार तथा अभिव्यक्तिले ख्याति बढाउला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। (नेपाली पात्रो)उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपाली पात्रो

आज को राशिफल वि.सं. २०७३ साल मंसिर १९ गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर ४ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– पञ्चमी, २३:०६ बजेउप्रान्त षष्ठी।

वि.सं. २०७३ साल मंसिर १९ गते। आइतबार। इश्वी सन् २०१६ डिसेम्बर ४ तारिख। नेपाल संवत् ११३७ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– पञ्चमी, २३:०६ बजेउप्रान्त षष्ठी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। विशेष जिम्मेवारी हात पार्ने मौका छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiस्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सानातिना घरेलु काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। लेनदेन तथा हिसाबकिताबमा पनि होसियार रहनुहोला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिवेश उल्लासमय रहे पनि आफ्नो समय कमजोर देखिन्छ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। बाध्यतासामु निरीह बन्नुपर्ला। परिस्थितिवश आफन्तजन टाढिन सक्छन्। दाम्पत्यमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहे पनि खर्च हुने डरले मन पिरोल्नेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoशुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraनजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। काम बिग्रने डरले सताउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
स्रोत : नेपालि पात्रो