Home / मनोरंजन

मनोरंजन

‘प्रचण्ड-केपी’को भैलीः मुखर्जी आउलान् आँगन, खोलानाला माग न…

१४ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रेक्षालयमा लक्ष्मीपूजाको दिउँसो बेग्लै माहौल देखियो । झकिझकाउ बत्ती र हलभरि भरिभराउ मान्छे । राजनीति, कलाकारिता, साहित्य र विभिन्न पेशागत क्षेत्रका गन्यमान्य व्यक्तिहरुदेखि सर्वसाधारणको घुइँचोले ‘प्रज्ञा-सिस्नुपानी देउसी’लाई जोश थपेको थियो ।

हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालका कवि-कलाकारहरुको देउसी भाकापछि उनीहरुका लागि सिदा र दक्षिणा बोकेर मञ्चको दुई कुनाबाट दुई नेता प्रकट भए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली ।

सुरक्षागार्डसहित झुल्किएका दुई नेता खासमा सक्कली प्रचण्ड र ओली थिएनन् । मनोज गजुरेल प्रचण्डको भेषमा र सीताराम कट्टेल ‘धुर्मुस’ ओलीको भेषमा ठाँटिएका थिए ।

sisnu-pani-deusi-bhailo

उनीहरुलाई मञ्चमा हेरेर रमाइलो मानिरहेको दर्शकदीर्घाको अग्रभागमा सक्कली प्रचण्ड र ओली पनि थिए । आफ्नै नक्कली अवतार देखेर दुवै नेता मुस्कान पोखिरहेका देखिन्थे ।

सक्कलीकै जस्तो भेषभूषा, हाउभाउ र बोलीचालीमा देखिएका नक्कली प्रचण्ड र ओली देउसी-भैलीमा दोहोरी खेल्न कस्सिए ।

ओलीले भट्याउन सुरु गरे –
‘हे, मुखर्जी आउलान् आँगन, खोलानाला माग न । हे भैंसी ब्यारो, गाई थारो राम्ररी बान्दिऊँ थैलो ।’
सरकार प्रमुखका रुपमा छिमेकी देशका राष्ट्रपतिलाई स्वागत गर्न लागिरहेको आफूलाई सेकेपछि प्रचण्ड पनि के चुप लाग्थे ! उनले जवाफ फर्काए –
‘हे उत्तरतिर फर्केर दक्षिणतिर झर्केर । दुःख पाइस् मंगले, मने निश्चित रुपमा आफ्नै ढंगले ।’

फेरि ओलीले थपे –
‘हे छानामाथि घिरौंला, कति जित्छौ हेरौंला । हे देउवाजीको दया भया, नत्र काशी गया ।’

प्रचण्डले आफ्नै शैलीमा कुम हल्लाउँदै बूढी औंला घुमाउँदै भट्याए –
‘जसले दिन्छ मने पाथी, तिनै मेरा साथी । मने कुकुर भुकिरहन्छ, लम्किरहन्छ मने निश्चित रुपमा हात्ती ।’

राजनीतिक वृत्तमा व्यङ्ग्यको खानी भनेर कहलिएका ओली प्रचण्ड सामु अझै घोचपेचकै मुडमा देखिए, ‘हे एउटाले अर्कालाई बोक्यौ, कुर्सीको मिति तोक्यौ । कुरा बुझिनँ मैले, चुनाव गर्छौ कैले ?’

यसपछि नक्कली प्रचण्डलाई के बोलूँ के भनूँ भयो । जवाफ फर्काउनुपर्ने परिबन्दमा भैलोको भाकामा यत्तिकै गुनगुनाउँछन्, तर ओठ टम्म बाँधेर ।

दुई नेता नक्कली अवतार लिएर मञ्चमा पस्दा सक्कली नेताद्वयबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई झल्काउने गरी ‘निर जहिले रिसाउने’ गीत बजेको थियो । देउसी भाका विसर्जन हुँदा ‘यसपालि त घरबार होला कि’ गीतमा दुवै जना हात समाएर छमछमी नाच्दै नेताहरुले आपसी तिक्तता भुल्दै मिलेर बढ्नुपर्ने सन्देश दिइएको थियो ।

नेपाली चलचित्रमा नयाँ रेकर्ड, ‘छक्का पञ्जा’ को ५१ औ दिन

chhaka

१३ कात्तिक, काठमाडौं । नेपाली चलचित्र जगतमा ‘छक्का पञ्जा’ ले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । गत भदौ २१ बाट प्रदर्शनमा आएको यो चलचित्र आज १३ कात्तिकसम्म पनि दर्शकको आकर्षण बन्न सफल भएको छ ।

आज १३ कात्तिकमा ५१ औं दिन पुगेको उपलक्ष्यमा निर्माण टिमले बैण्ड बाजा बजाएर खुसी साट्नुका साथै पशुपतिमा पुजा अचर्ना गरेका छन् ।

चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, नम्रता सापकोटा, वर्षा राउतलगायतको टिम पशुपतिमा पुजा गरेर विभिन्न हलहरूमा पुगेका छन् । बाजा बजाउदै विभिन्न हल पुगेका चलचित्रको टिमले हल सञ्चालक, दर्शक र शुभेच्छुकलाई धन्यवाद दिएका थिए ।

नेपाली चलचित्रको इतिहासमा प्रदर्शन र व्यापारको हिसाबले ५१ औं दिन मनाउने यो नै पहिलो चलचित्र मानिएको छ । यो चलचित्रले १५ करोड बढीको विजनेश गरिसकेको वितरकले बताएका छन् ।

वर खोज्दै भिसा गर्ल

21102016024314mampi-copy-600x0

कार्तिक ५, २०७३-

उमेर भन्न नमिल्ने, उचाइँ ५ फिट ८ इञ्च, शिक्षा म्यानेज्मेन्टमा स्नातकोत्तर, हालको बसाइ अमेरिकाको न्युयोर्क, जन्मस्थान भद्रपुर, झापा माम्पी घोषको बायोडाटाबाट अहिलेलाई यत्ति मात्र साभार गर्न मिल्छ, किनभने उमेर, तलब आदि नसोध्नु रे ।

 

कान्तिपुर टेलिभिजनबाट विगतमा प्रसारण भएको ‘द पवनकली शो’ की दोस्री पवनकली हुन्— माम्पी घोष । बंगाली परिवारकी माम्पी अब बल्ल विवाहको मुडमा छिन् । दसैंका बेला देश फर्किएकी अमेरिकी ग्रिनकार्ड होल्डर माम्पीले दसैंभरि नेपालमा आफू सुहाउँदो वर खोजिन् ।

 

माम्पीले आफूभन्दा अलिकति अग्लो, पढाइ सकेसम्म आफूजति नभए व्यवसायी भए पनि हुने, सकेसम्म आफूले राम्रो कमाउने वरको खोजी गर्न थालेको एक वर्ष भैसकेको छ । ‘भनेजस्तो केटा पाउन गाह्रो रहेछ ।’ माम्पीले अनौपचारिक हुँदै भनिन् । कोही छन् त सिंगल माम्पीसँग मिंगल हुन चाहने ?

 

दीपकराज फिल्ममा व्यस्त हुने, धुर्मुस सुन्तली टेलिभिजनमै फर्किने

snapshot

काठमाडौं । फिचर फिल्ममा व्यस्त हुन थालेका दीपकराज गिरी फेरि टेलिभिजनमा फर्किने मुडमा छैनन् । हास्य सिरियलको क्षेत्रमा उधुम मच्चाएको ‘तीतो सत्य’को क्रेज क्रमशः कम हुँदै गएपछि उनले सिरियलको काममा पूर्णविराम लगाएका छन् ।

‘तीतो सत्य’को क्रेज कम हुँदै गएपछि मैले बन्द गरें र फिल्मतिर लागेँ, अब फिचर फिल्ममै व्यस्त हुन्छु’ गिरीले भने, एउटै चिज वर्षौंसम्म प्रशारण गरिरहँदा दर्शकलाई बोर हुन्छ ।’

उनको बनाएको फिचर फिल्म छ एकान छ, वडा नम्बर-६ र अहिले प्रदर्शन भइरहेको छक्कापञ्जाले हलमा उधुम मच्चाइरहेको छ । दीपकलाई लाग्छ ‘हरेक फिचर फिल्म यसैगरी चल्छ भन्ने होइन’

आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर फिल्म बनाएको धारणा राख्ने दीपकराज दर्शकलाई सन्तुष्ट बनाउन प्रयाशरत हरेको बताउँछन् । तर, सिरियलको हकमा नयाँ के गर्ने भन्ने भेउ पाएका छैनन् । उनकै भनाइलाई मान्ने हो भने ‘तीतो सत्यमा गर्ने जति गरिसकियो अब बाँकी केही छैन ।’

नेपाल टेलिभिजनवाटै प्रशारण भएको तीतो सत्य, मेरीबास्सै, जिरेखुर्सानी अहिले बन्द छ । यी सिरियल बन्द भएपछि किरण केसी र शिवहरि पौडेलको निर्देशनमा निर्माण भएको ब्रेकफेल र केदार घिमिरे ‘माग्ने बुढा’ र वील्सन बिक्रम राई ‘तक्मे बुढा’ ले सुरु गरेको खासखुसले पनि प्रशारणलाई निरन्तरता दिन सकेन ।

कुमार कट्टेलको समूहले निर्माण गरेको भद्रगोलको पनि पुरानै एपिसोड हेरेर चित्त बुझाएका छन् दर्शक । हाकाहाकी पछिल्लो समय नियमित प्रशारण भए पनि आम दर्शकलाई सन्तुष्ट बनाउन सकेको छैन ।

टेलिभिजनवाट प्रशारण हुने ‘हर्के हल्दार’ मा विविधता आउन नसकेको गुनासो बढिरहे पनि हर्के हल्दारले आफ्नो शैली परिवर्तन गर्न सकेको छैन ।

नेपाली च्यानल हेर्ने बानी पार्‍यो

टेलिभिजन च्यानलमा मेघा हिन्दी सिरियलको दबदबा रहेका बेला सुरु भएको थियो तीतो सत्य । हिन्दी सिरियल हेरेर मनोरञ्जन लिने दर्शकलाई नेपाली च्यानल हेर्न वाध्य पार्ने काम तीतो सत्यले नै गरेको थियो ।

तीतो सत्य प्रशारण भएपछि नै जिरे खुर्सानी र मेरी बास्सैलगायत अन्य हास्य सिरियल सुरु भए । छुट्टाछुट्टै बार प्रशारण हुने सिरियलप्रति दर्शकको आकर्षण बढ्दै गयो ।

daman-and-jitu

जिरे खुर्सानीका निर्देशक जितु नेपाल भन्छन् ‘हास्य सिरियलको क्रेज अहिले पनि उस्तै छ । राम्रो सिरियल बनायो भने दर्शकलाई फेरि पनि तान्न सकिन्छ ‘ ।

नेपाल टेलिभिजन कर्मचारीको आन्तरिक किचलो र मिडिया हबले समयमा पैसा नतिरेका कारण जिरे खुर्सानी बन्द गर्न वाध्य भएको धारणा राख्ने जितु समय मिल्नेबित्तिकै सिरियल बनाउन सुरु गर्ने योजनामा छन् । ‘हामीलाई चिनाएकै टेलिभिजनले हो, हामी कहिल्यै पनि टेलिभिजनलाई बिर्सन सक्दैनौं’ जितुले भने ।

हाम्रोजस्तो समाजमा हास्य सिरियलको महत्व हरेक दिन बढ्छ भन्ने लाग्छ उनलाई । नेपाली समाजले वर्षौदेखि अभाव झेलेको धारणा राख्ने जितु दिनभरिको तनाब भुल्नका लागि पनि एकछिन हास्य सिरियल हेरेर दर्शकले मनोरञ्जन लिने धारणा राख्छन् । ‘तनावमा रहेका दर्शकलाई एकछिन भए पनि हामीले मनोरञ्जन दिएको छौं’ जितुले भने ।

सिरियल बन्द भएपछि स्टेज कार्यक्रममा सक्रिय जितुले साथी भाइले बनाएका केही फिल्ममा अभिनय गरे पनि तत्काल फिचर फिल्म निर्माण गर्ने योजना बनाएका छैनन् । ‘म त अझै टेलिभिजन कुरिरहेको छु । फिचर फिल्मको कुनै सम्भावना छैन’

फेरि सिरियलमै

भूकम्प पीडितका लागि बस्ती निर्माणमा जुटेका सीताराम कट्टेल ‘धुर्मुस’ पनि समाजसेवाको एउटा अध्याय पूरा गरेपछि सिरियलमै फर्किने योजनामा छन् । ‘सधैं समाज सेवा गरेर जीवन चल्दैन । म सिरियलमै फर्किनेछु’ उनले भने ।Dhurmus-suntali

हास्य सिरियलले नेपाल टेलिभिजनमा प्राण भर्ने काम गरेको दाबी गर्ने सीताराम अहिले प्राण उडेकोमा दुःखी छन् । ‘हास्य सिरियल त टेलिभिजनको प्राण हो, अहिले प्राण रोक्ने काम भएको छ । यस्तो हुनुहुँदैन’ उनले भने ।

#अनलाइन खबर

चेत कुमारी बनिन् पहिलो मिस विश्वकर्मा

आश्विन १६, २०७३-

02102016022519miss-biswokarma-600x0
पहिलो मिस विश्वकर्माको ताज सोलुखुम्बुकी चेतकुमारी विश्वकर्माले पहिरिन सफल भएकी छिन् ।

१३ जना सहभागि रहेको उक्त प्रतियोगितामा भावना लाम्गादे फस्ट रनर अप तथा सुजान शाह शंकर सेकेन्ड रनर अप विजेता चयन भएका थिए । परिवर्तनका लागि हाम्रो आवाज भन्ने मूल नारा सहित क्रियटिभ इनसाइट मिडिया प्रा.लि.ले मिस विश्वकर्मा आयोजना गरेको हो ।

प्रतियोगितामा वेष्ट वाक मोनिका विश्कर्मा, वेष्ट ड्रेस रिता घतान, मिस पपलुर सर्मिला सुनार, भ्युअर च्वाइस उमा विश्वकर्मा, मिस टयालेन्ट स्वीकृति विश्वकर्मा, मिस फ्रेन्डसीप दीपकिरण लामगादे, वेष्ट स्पिच विनिता विश्वकर्मा, वेष्ट स्माइल रेश्मा विश्कर्मा, मिस पर्सनालिटी विपना रिजाल र मिस पक्चुअलिटिमा दीपा सुनार उत्कृष्ट चयन भएका थिए ।

 

कपिल शर्मा र इरफान खानलाई तीन वर्ष जेल सजायँ !

capture

हाँस्यकलाकार कपिल शर्माको समस्या बढ्दैछ । बम्बे म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले कपिल शर्मा र अभिनेता इरफान खानविरुद्ध मुद्दा दर्ता गरेको छ । बीएमसीका विरुद्ध ट्वीट गरेपछि कपिल शर्मा आफ्नै जालमा फस्दै गरेको भारतीय संचार माध्यमले बताएको छ ।

बीएमसीले अवैध निर्माणको विषयमा रिपोर्ट दर्ता:
बीएमसीले भारतको गोरेगांवस्थित डीएलएच एन्क्लेवमा ९ र ५ औं मञ्जिलमा बस्ने इरफानका विरुद्ध ओशिवारा पुलिस थानामा एफआइआर दर्ता गराएको छ । बीएमसीका अनुसार यो भवन अवैध रुपले निर्माण गरिएको हो । बीएमसीले गोरेगांवस्थित यो भवनको १५ औं फ्ल्याटमा गडबडी भएको जानकारी पाएको छ । यी १५ फ्ल्याटहरुको निर्माणमा थुप्रै नियमहरु उलंघन गरेको बताइएको छ ।

इरफान खान र कपिल शर्माको बढ्नेछ मुश्किलः
यो एफआरआइ पी साउथ वार्डका सब इन्जिनियर अभय जगतापले गरेका हुन् । यो एफआइआर महाराष्ट्र रिजनल टाउसन प्लानिङ एक्टको सेक्सन ५३(७) को आधारमा गरिएको हो । यो सेक्सनमा फ्ल्याट मालिकलाई अनधिकृत निर्माण विरुद्ध नोटिस दिइएको छ । यो धाराको अनुसार आरोपीहरुले एक महिनादेखि तीन वर्षसम्मको जेल र २ हजारदेखि ५ हजार जरिवाना हुनसक्छ । यो भवनको यी फ्ल्याटमा अनधिकृत तरिकाले डक्टिङ, कमन पेसेज र पार्किङको निर्माण गरिएको छ ।

कपिल शर्माको ट्वीटपछि बढ्यो समस्याः
ओशिवारा पुलिस थानामा बीएमसीले १२ जुलाईमा एफआइआर गराउनका लागि केही दस्तावेज जम्मा गराएका थिए । यो प्रक्रिया २४ अगस्टसम्म चल्यो । म्युनिसिपल कमिशनर अजय मेहताका अनुसार गणेश उत्सव पछि यो एफआइआरका बाँकी कारवाही गरिनेछ । स्मरण रहोस्, हाँस्यकलाकार कपिलले गत शुक्रबार बीएमसीका विरुद्ध ट्वीट गरेका थिए ।
यो पनि पढ्नुहोस्ः

ट्वीट पछि कपिल शर्माको घरबाहिर टाँसियो बिएमसीको नोटिस, २४ घण्टाभित्र बताउनुपर्नेछ घुस लिनेको नाम

भ्रष्टाचारको शिकार बने कपिल शर्मा, मोदीलाई सोधे, ‘के यहि हो तपाईंको ‘अच्छे दिन’’ ?

आफ्नै आरोपमा फसेपछि कपिल शर्माले भने, ‘भ्रष्टाचारका विरुद्ध रिस मात्र पोखेको हुँ’

अस्कर अवार्डका लागि नेपालबाट ‘कालो पोथी’ छनोट

‘पशुपति प्रसाद, कालो पोथी र को आफ्नो’को त्रिपक्षिय भिडन्तबाट चलचित्र ‘कालो पोथी’ विश्वकै प्रसिद्ध ‘अस्कर अवार्ड’का लागि छनोटमा परेको छ ।
विदेशी भाषी सर्वोत्कृष्ट छनोट समिती (नेपाल)ले चलचित्र ‘कालो पोथी’लाई अस्कर अवार्डमा सहभागी गराउने निर्णय गरेको हो ।kalo-pothi

अवार्डका लागि पुग्ने स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरुमा रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुती पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतीको कलात्मक बनोट आदिलाई ध्यानमा राखेर यो बर्षको सफल चलचित्र ‘कालो पोथी’ अस्कर अवार्ड अन्र्तगत रहेको ‘विदेशी भाषी चलचित्र’को विधामा प्रतिस्पर्धा गर्नका लागि नेपालबाट छनोट भएको हो ।

सन् २०१७ मा विश्वकै प्रतिष्ठित ‘अस्कर अवार्ड’को ८९ औ श्रृङ्खला आयोजना हुनेछ । मुगुको एक गाउँमा बस्ने २ जना बालक र उनीहरुको रोचक कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

नेपालि कमेडी खास खुस भाग – २२

युवायूवतीको पोखियो जवानी पुल पार्टीमा यसरी (भिडियोसहित फोटोहरु पनि)

भनिन्छ नि एक पटकको जिन्दगी रमाईलो गरी बिताउनु पर्छ । सायद, पोखरामा आयोजना भएको पुल पार्टीमा धेरै यूवायूवती यही सोचका साथ मस्ती गरे । ‘येलो पूल पार्टी सिजन-३’मा यूवायूवतीले रमाइलो गरे ।

Capturepool

लेभल नेक्स्टले रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलसँगको सहकार्यमा होटल फुलबारीमा गत शनिबार येलो पुल पार्टीको आयोजना गरेको हो । होटल फुलबारीको स्विमिङ्ग पुुलमा गरीएको पार्टीमा हजार भन्दा बढाी युवायूवतीहरु उपस्थित थिए ।
पार्टीमा डीजे आशिष र कोन्मेले युवायूवतीहरुलाई स्वणिर्म आनन्दका साथ नचाइएको थियो । बेलुका ६ बजेबाट सुरु भई राती ११ बजे सम्म पार्टी संचालन भएको थियो

 Capturepollss11

Capture

pokhara-pool-party-1818

चर्चामा पश्चिमेली थेगोले भरिएको तीज गीत ‘मिर्मिजालैमा’

News-teej-song-1-57b701507e5df8.76326012

यो तीजमा रट्टै
भाइ आएमा चट्टै माइत जाने मन छ
मिर्मिजालैमा ।
पोहोर साल रट्टै गइन मत चट्टै
आएन भाइ लिन
मिर्मिजालैमा ।
तीजलाई लक्षित गरेर सुमन सागरजंग केसीले ल्याएको गीत हो यो । उनको गीतको नाम ‘मिर्मिजालैमा’ दिएका छन् । विगत केही वर्षदेखी तीजको गीत गाउने क्रममा देखेका विकृतिको कारण अवाक भएर आफूले यस्तो गीत निकालेको उनको भनाइ छ ।

सुमन भन्छन्, ‘गीत भनेको सभ्य, शिष्ट र सांस्कृतिक पहिचान बोकेको हुनुपर्छ । तर आजकालका गीतहरु मनपरी भएकाछन् ।’ त्यस्तै, तीजका गीत यसरी पनि गाउँन सकिन्छ है भन्ने खालको सन्देश दिनलाई पनि आफूले यो गीत ल्याएको उनको तर्क छ ।

उनले रट्टै, चट्टै पश्चिमा थेगो लगाएर तीजको गीत गाएकाछन् । यो गीतमा परम्परागत पश्चिमको थेगोहरु लगाएको केसीले बताए । ‘हामीसँग निकै राम्रा संस्कृतिछन्, राम्रा कुराको अनुसरण गर्नुपर्छ । राम्रा कुरालाई स्थान दिनुपर्छ,’ उनले भने ।

उनले पहिला नै लोक गीत, कमेडी गीत,  पप गीत गाइसकेका छन् । तीज गीत भने उनको पहीलो हो । गीतमा उनलाई टीका पुनले साथ दिएकी छन् भने शब्द शान्ता पन्थीले दिएकी हुन् । लय भने चिरन्जिवी अर्थालले दिएका हुन् ।

वी मानव आर्ट स्टुडियोको संचालक रेहका केसीको गीतको भिडियोमा आमा समूहका कलाकारले अभिनय गरेकाछन् ।