Home / रास्ट्रिय खबर / आयल निगमले बढायो खाना पकाउने ग्यासको मूल्य

आयल निगमले बढायो खाना पकाउने ग्यासको मूल्य

१९ माघ, काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढौको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।

 

पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन ।

भारतीय आयल कर्पोशरनले मूल्य बढाएर पठाएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै तेलको मूल्य न नबढाइएको उनले बताए । ‘उपभोक्तालाई रहात दिन कै लागि तेलमा मुल्य बढाइएकाृ छैन’ खड्काले भने ।

यसअघि नै निगमलाई डिजेलमा प्रतिलिटर ३. १७ रुपैयाँ प्रतिलिटर घाटा थियो ।

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...