Home / रास्ट्रिय खबर / प्रचण्डलाई ओलीको चेतावनी: ‘मैले भिडौं भन्न मिलेन, सम्हालिएर बोल्नुस्’

प्रचण्डलाई ओलीको चेतावनी: ‘मैले भिडौं भन्न मिलेन, सम्हालिएर बोल्नुस्’

१९, माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सम्हालिएर बोल्न चुनौती दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले वासिएलको एकता भेलामा प्रचण्डले हिजो बोलेको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।

फाइल तस्बिर

प्रचण्डले ओलीप्रति संकेत गर्दै, ‘राष्ट्रवादका नाममा दक्षिण पन्थी हावा चल्दैछ’ भन्दै वाइसियललाई त्यसका विरुद्ध सक्रिय हुन आग्रह गरेका थिए । ‘अब उग्रबामपन्थ नटिक्ने भो, राष्टबादले देश सक्ने भयो भन्ने डर उहाँ (प्रचण्ड) मा देखियो, ओलीले भने, मैले आउनुस् न त भिडौं भन्न मिलेन, सम्माहलिएर बोले राम्रो हुन्थ्यो ।’

संसदको सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिने परम्परा तोडेको प्रति पनि ओलीले ब्यङ्ग्य गरे । यत्रो शक्ति भएको बेला माओवादीले प्रतिपक्षी भन्ने कुरा राख्नुहुँदैन, ब्यङ्ग्य गर्दै ओलीले अगाडि भने, अब बाँकी एउटा प्रमुख प्रतिपक्षी दलको नेता पनि उहाँहरुले नै लिए हुन्छ ।

उनले वुद्धिजीवी भनौंदाहरुले जथाभावी बोल्दा देश संकटमा परेको भन्दै मुसाको कथा सुनाए ।’मुसाले कुतुर कुतुुर लुगा काटेन भने उसको दाँत बढ्छ काम लाग्दैन तर थोत्रा मैला काम नलाग्ने लुगा काटेपनि त हुन्थ्यो सुट नै काट्छ, बुद्धिजीवीप्रति कटाक्ष गर्दै ओलीले भने, वुद्धिजीवीको पनि वुद्धिमा धार लाउनु पर्छ तर देशलाई नोक्सान नहुनेगरी धार लाए राम्रो हुन्थ्यो।’

 

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...