Home / राशिफल / वि.सं. २०७३ साल माघ २५ गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी ७ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– एकादशी, १२:५० बजेउप्रान्त द्वादशी।

वि.सं. २०७३ साल माघ २५ गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी ७ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– एकादशी, १२:५० बजेउप्रान्त द्वादशी।

वि.सं. २०७३ साल माघ २५ गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी ७ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– एकादशी, १२:५० बजेउप्रान्त द्वादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसहयोगीहरू जुट्नाले काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्नाले पराक्रम र उत्साह बढ्नेछ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusव्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मेहनत गर्दा रोकिएका काम सम्पादन हुनेछन्। विशेष समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। तर द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्लान्। वादविवादले आँटेका काममा बाधा पुर्याउन सक्छ। काम र पठन–पाठनमा उपलब्धि हातपार्न समय पर्खनुहोला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। ठूलै फाइदाको आश्वासन पाइए पनि यथार्थमा लाभ कम मात्र मिल्नेछ। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। तापनि मेहनत गर्दा बिस्तारै लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। केही खर्च भए पनि काममा लगानी बढाउन सकिनेछ। प्रयास गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमेहनतको सन्तोषजनक प्रतिफल प्राप्त नहुन सक्छ। तापनि आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। अस्थायी पेसाबाट फाइदा हुनेछ। लगानीको तुलनामा थोरै लाभांश देखिए पनि प्रयत्न गर्दा पछिका लागि फाइदा हुनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। अवसरले लक्ष्यमा पुर्याउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशेष भेटघाटले दिन रमाइलो रहनेछ। कीर्तिमानी काम गर्ने समय छ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई मनग्गे फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रसिद्धि पनि बढ्नेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। धैर्यसाथ कर्तव्यपरायण बन्नुहोला, लगनशीलताले पछि उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू पनि प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। सामान्य खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनत गर्दा रोकिएको काम समेत बन्नेछ। अरूले आँट्न नसकेको काम आफूलाई लाभदायक बन्न सक्छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। काम बिग्रने डरले सताउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। (नेपाली पात्रो)
x

Check Also

वि.सं. २०७३ साल फागुन ६ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १७ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– षष्ठी, ९:२६ बजेउप्रान्त सप्तमी।

वि.सं. २०७३ साल फागुन ६ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १७ तारिख। नेपाल संवत् ...