Home / अन्तर्राष्ट्रिय खबर / भारतका ५९ कमाण्डो एकैपटक बेपत्ता !

भारतका ५९ कमाण्डो एकैपटक बेपत्ता !

एजेन्सी । भारतमा अचानक एकसाथ ५९ कमाण्डो बेपत्ता भएका छन् । श्रीनगरमा आफ्नो तालिम सकेका उनीहरु बेपत्ता भएपछि निकै हल्लीखल्ली मच्चिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

फाइल तस्वीर

केन्द्रीय रिजर्ब प्रहरी बल (सीआरपीएफ) काउण्टर नक्सल एलिट युनिट कोब्राका ५९ कमाण्डो सामूहिक रुपमा बेपत्ता भएका हुन् । उनीहरु आइतबार राति मुगलसराय स्टेशनबाट बेपत्ता भएको समाचारमा जनाइएको छ ।

पाँच साता लामो आधारभूत तालिम लिएर फर्किएका उनीहरु पहिलो पोष्टिङ बिहारको नक्सल प्रभावित क्षेत्रमा जानुपर्ने थियो । उनीहरु कोही आफ्नो घर कोही अन्यत्रै गएको समाचारमा उल्लेख गरिएको छ ।

उनीहरुले आफ्नो टोलीको कमाण्डरलाई जानकारी नदिएकाले उनीहरुसँग स्पष्टीकरण साेध्ने तयारी गरिएकाे छ ।

 

x

Check Also

गोर्खाल्याण्ड आन्दोलनबाट डरायो सरकार, दार्जिलिङका सबै सञ्चारमाध्यम बन्द

इलाम, ६ असार । अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर ...