Home / राशिफल / आज को राशिफल वि.सं. २०७३ साल फागुन ९ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी २० तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– नवमी, १५:४२ बजेउप्रान्त दशमी।

आज को राशिफल वि.सं. २०७३ साल फागुन ९ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी २० तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– नवमी, १५:४२ बजेउप्रान्त दशमी।

वि.सं. २०७३ साल फागुन ९ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी २० तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– नवमी, १५:४२ बजेउप्रान्त दशमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले मात्र काम सफल नहुन सक्छ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। समस्या दर्साउँदा आफन्तले पनि साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सफल भइनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसमयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतीहरूका लागि दिन निकै फाइदाजनक रहनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअवसरले पछ्याए पनि परिस्थितिले अलमल्याउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर रहनेछ भने दिगो कामलाई केही समय पर्खनुहोला। पहिलेका सहयोगीहरू नजुट्नाले कामको चाप बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बौद्धिक प्रतिस्पर्धामा उत्रनुपर्दा गुरुजनको मार्गदर्शन लाभदायक रहनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। सामूहिक काममा बाधा पुग्नेछ भने साथीभाइ टाढिने डरले सताउन सक्छ। आफ्नाले सहयोग जुटाउनुको सट्टा धोका दिन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मेहनतले विशेष अवसर दिलाउनेछ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको आलोचना गर्दा आफैंलाई हानि होला। असंयम व्यवहारले शुभचिन्तकहरू टाढिन सक्छन्। व्यापारमा त्यति समय दिन नसकिएला। लाभांश कममात्र मिल्नेछ। पहिलेका सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा मनग्य समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम अनायासै दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च होला। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य नमिल्न सक्छ। कमै फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमिहिनेतले अवसर दिलाउनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesफाइदा नहुने काममा जुट्नुपर्ने अवस्था देखिन्छ। स्वास्थ्य कमजोर रहनाले समयमा काम सम्पादन गर्न विलम्ब हुनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य थोरै पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका लागि महत्वपूर्ण समय बित्न सक्छ। प्रयास गर्दा सामाजिक जिम्मेवारी बढ्नेछन्। सेवामूलक काम गर्दा प्रतिष्ठा प्राप्त हुनेछ। (नेपाली पात्रो)
x

Check Also

आज को राशिफल वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २९:१९ बजेउप्रान्त तृतीया।

वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ...