Home / रास्ट्रिय खबर / एमालेको केन्द्रीय कमिटीमा २० जना मधेसी र थारु थपिए २०७ सदस्यीय केन्द्रीय कमिटी, मधेसी र थारुको संख्या ३७ पुग्यो

एमालेको केन्द्रीय कमिटीमा २० जना मधेसी र थारु थपिए २०७ सदस्यीय केन्द्रीय कमिटी, मधेसी र थारुको संख्या ३७ पुग्यो

UML-Mechi-Kali

२१ फागुन, झापा । नेकपा एमालेले अकस्मात रुपमा केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक प्रवेश गराएको छ ।

 

मेची-महाकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो ।

शुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।

यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव र रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने  तेली पर्सा र बैठा सर्लाहीका हुन् ।

त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, रञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई  केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेकाे छ ।

एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित १८५ सदस्यीय थियो । २० जना थपिएपछि अब केन्द्रीय कमिटी २०५ सदस्यीय बन्न पुगेको छ । यसअघि केन्द्रीय कमिटीमा मधेसी र थारुको प्रतिनिधित्व १७ जना मात्रै रहेकोमा अब ३७ पुगेको छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती फोटो फिचर

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ...