Home / रास्ट्रिय खबर / स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन पक्राउ

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन पक्राउ

२१ फागुन, काठमाडौं । स्वयम्भूको भगवानपाउमा प्रहरी र अपहरकारीबीच गोली हानाहान भएको छ । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

केही दिनअघि बौद्धबाट नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ अपहरणमा परेका थिए ।

 

अपहरणकारीले ६ लाख फिरौती मागेपछि रकम बुझाउने क्रममा अपराध महाशाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोजेको थियो । तर, अपहरणकारीले प्रहरी टोलीमाथि नै गोली चलाएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।

उनका अनुसार प्रहरीले घुँडाभन्दा मुनी गोली हानेर दुर्गा तामाङलाई पक्राउ परेको छ । उनको साथबाट सिक्सर पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ ।

अपरेशनका क्रममा सचिन खवास र वीरबहादुर तामाङ पनि पक्राउ परेका छन् । प्रहरीले अपहरणमा परेका तीन जनाको शकुशल रिहा गराएको छ ।

अपहरणकारी समूहमा ७ जना रहेको प्रहरीको अनुमान छ । अन्य सदस्य त्यस क्षेत्रमा लुकेको आशंकामा प्रहरी टोलीले खोजी जारी राखेको छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती फोटो फिचर

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ...