Home / राशिफल / आज को राशिफल वि.सं. २०७३ साल फागुन २३ गते। सोमवार। इश्वी सन् २०१७ मार्च ६ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– नवमी, २७:२९ बजेउप्रान्त दशमी।

आज को राशिफल वि.सं. २०७३ साल फागुन २३ गते। सोमवार। इश्वी सन् २०१७ मार्च ६ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– नवमी, २७:२९ बजेउप्रान्त दशमी।

वि.सं. २०७३ साल फागुन २३ गते। सोमवार। इश्वी सन् २०१७ मार्च ६ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– नवमी, २७:२९ बजेउप्रान्त दशमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविपक्षीहरूको चलखेल बढ्नाले काममा चुनौती आउला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। स्वास्थ्यगत कमजोरीले पनि काममा जुट्न नसकिएला। चिताएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविचारले धेरैलाई आकर्षण गर्ने बेला छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बोलीको भरमा काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकेही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। शोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। तापनि प्रयत्न गर्दा चिताएको काम सम्पादन हुनेछ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआयआर्जनका स्रोत बढ्नेछन् भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। तर ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले आँटेका काममा बाधा पुर्याउलान्। प्रतिफल अनिश्चित रहे पनि पछिका लागि गरिएको लगानीले भने अवश्यै फाइदा दिलाउनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअवसर प्राप्त भए पनि तत्काल ठूलो उपलब्धि नहुन सक्छ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला। पहिले आशा देखाउनेहरूबाटै धोका पाइएला। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्नेछ। कमजोरीले पनि सताउन सक्छ। लक्ष्य प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रसिद्धि पनि बढ्नेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिँदा फाइदा हुनेछ। भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। पहिले आस मारेको कामले उत्साह जगाउनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविभिन्न भौतिक साधन प्राप्त हुनेछन्। व्यापारमा मनग्य लाभ लिने समय छ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। फाइदा नहुने काममा जुट्नुपर्ला। अधिकारका लागि संघर्षमा उत्रनुपर्ने हुन सक्छ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएलान्। काम र व्यवसायमा धेरै फाइदा उठाउन नसकिएला। तापनि नियमित काम सम्पादन हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिस्पर्धा गर्ने सहपाठीहरू पछि पर्नेछन्। चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले समाजमा प्रतिष्ठा दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट मनग्गे लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हिम्मत जगाउनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। तापनि पहिलेका कमजोरी सच्याउने मौका छ। टाढिएका आफन्तसँग आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ हुनेछ। तर महत्वाकांक्षी योजना बढ्नेछन्। आलस्य गर्दा समयमा फाइदा उठाउन नसकिएला। मन दु:खी भए पनि कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। शुभचिन्तकको भावना बुझ्ने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)
(Visited 1 times, 1 visits today)
x

Check Also

आज को राशिफल वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २९:१९ बजेउप्रान्त तृतीया।

वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ...