Home / दुर्घटना / अपडेटः जाजरकोटमा बस दुर्घटना, २०को मृत्यु, दर्जनौं घाइते

अपडेटः जाजरकोटमा बस दुर्घटना, २०को मृत्यु, दर्जनौं घाइते

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए ।

 

जाजरकोटका प्रमुख जिल्ला  अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २० भन्दा बढी छ । दर्जनौं घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए ।

जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाको भीरबाट बस पासागाड खोलामा खसेको छ ।

बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको शर्माले बताए ।

घटनामा धेरै जना हताहती भएको र उनीहरुको सनाखत नभएको शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

Loading...
x

Check Also

death-584ea9ec03dae0-67679997

टिपरको ठक्करबाट मृत्यु

कावासोतीः नवलपरासीको वेणीमणिपुर गासिव–६ सर्दीमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीयवासी ३५ वर्षीय सुरेश काउछा ...